Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विरोधको अनौठो उपाय : ट्वाइलेट तालाबन्दी

Posted on July 19, 2023 by Salokya

विरोधका थुप्रै उपायबारे तपाईँहरुलाई थाहै होला। कोही प्रदर्शन गर्छन्, नारा लगाउँछन्, धर्ना बस्छन्, अनसन बस्छन्। अलि आँटिलो भए आमरण अनसनै बस्छन्। कसैकसैले हाकिमको कार्यकक्षमा तालाबन्दी गर्छन्। तर तपाईँले यस्तो विरोधको कार्यक्रम भने शायदै अहिलेसम्म सुन्नुभएको होला। यो अत्यावश्यक विषयको तालबन्दी हो अर्थात् ट्वाइलेट तालाबन्दी।

विधेयक ‘आग्रा’को, बहस ‘गाग्रा’को : माननीयज्युहरु, हामीलाई लाज भो तपाईँहरुको बहस सुन्दा !

Posted on July 14, 2023 by Salokya

विज्ञ सेवा प्रदान गर्नुपर्ने ‘अप्पर हाउस’ मा हिजो माननीयज्युहरुले गरेको बहस सुन्दा उहाँहरुलाई के भयो कुन्नि, हामी सुन्नेहरुलाई चाहिँ लाज भो। विधेयक आग्राको, बहस गाग्राको भएको थियो। अर्थात् विधेयक थियो इकमर्स सम्बन्धी विद्युतीय माध्यमबाट हुने व्यापारसम्बन्धी  कानुनको। बहस गरे विद्युत अर्थात् इलेक्ट्रिसिटी व्यापारको। ठ्याक्कै हेडलाइनमात्र पढेर धारणा बनाउने र  सोसल मिडियामा कमेन्ट गर्ने जमात जस्तै।… Continue reading

मलामी गएको बेलासमेत नछाडेको ‘विवाद’

Posted on July 13, 2023 by Salokya

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको हिजो निधन भयो। हुन त उनी लामो समयदेखि बिरामी अवस्थामै थिइन्। बहालवाला प्रधानमन्त्रीलाई परेको शोकका कारण हिजो यो विषय मिडियामा पनि धेरै आयो। तर, मलामी गएको बेलासमेत विवादले भने छाडेन। हेर्नुस् त कस्तो विषयमा समेत विवाद भएको !

तपाईँले घुस खुवाउनुभएको छ ? १३ वर्षअघिका १७ ‘घुस अनुभव’

Posted on July 10, 2023 by Salokya

के तपाईँले कहिल्यै कतै घुस खुवाउनु भएको छ? कस्तो अवस्थामा घुस खुवाउनु पर्‍यो? कहाँ खुवाउनु पर्‍यो? नेपालको कुन क्षेत्रमा बढी भ्रष्टाचार छ जस्तो लाग्छ? यो प्रश्न १३ वर्षअघि माइसंसारमा सोधिएको थियो। त्यतिबेला यसको जवाफमा १२५ वटा प्रतिक्रिया आएका थिए। आउनुस् हेरौँ त्यतिबेला कस्ता घुस अनुभव पाठकले सुनाएका थिए, छानिएका केही अनुभव हेरौँ र मनन् गरौँ-… Continue reading

जे लेखे पनि हुने हो आर्थिक पत्रकारितामा ?

Posted on July 6, 2023July 6, 2023 by Salokya

देशमा अरु कुरा नफस्टाए पनि ‘बिट पत्रकारिता’ निकै फस्टाएको छ। त्यही मध्ये एक हो- आर्थिक पत्रकारिता। अर्थ अर्थात् धन देखेपछि महादेवका पनि तेस्रो नेत्र खुल्छ भन्ने त उखानै छ। देशमा लगभग ५ सय जना त आर्थिक पत्रकार नै रहेछन्। यो ठ्याक्कै यति नै भनेर भएको तथ्याङ्क होइन। अनुमानित हो। अनुमान लगाउने एक जना आर्थिक पत्रकारको… Continue reading

ललिता निवास प्रकरणमा समाचार पढ्ने र लेख्नेहरुको अलमल

Posted on July 4, 2023July 4, 2023 by Salokya

गएको असार १२ गते प्रहरीले भाटभटेनीका साहु मीनबहादुर गुरुङलाई पक्राउ गरेको खबरसँगै सेलाइसकेको ललिता निवास प्रकरण फेरि बहसमा आयो। तर जेरी झैँ घुमाइएको कारण अझै पनि यो प्रकरणका समाचार पढ्ने र लेख्नेहरुको अलमल प्रष्टै देख्न सकिन्छ। त्यो दिन भाटभटेनीका साहुसहित सात जनालाई पक्राउ गरेको समाचार आएको थियो सुरुमा। तर त्यही दिन साँझ तीन जनालाई प्रहरीले… Continue reading

उपसभामुखको फोटो काण्ड : पत्रकार ‘बायस’ भएपछि बोल्दै नबोलेको कुरा समाचारमा

Posted on July 2, 2023July 2, 2023 by Salokya

संसदमा सभामुखको मात्र फोटो राखियो, उपसभामुखको राखिएन भनेर उपसभामुख इन्दिरा रानाले असन्तुष्टि जनाइन्। संसदमा सभामुखको मात्र फोटो छ, हाम्रो छैन : उपसभामुख राना ‘भित्र पस्नेबित्तिकै त्यहाँ सम्माननीय सभामुखज्यूको यत्रो फोटो राख्नुभएको छ । हाम्रो त छैन । उपसभामुखलाई वायस गरेको जस्तो पनि लाग्छ । यो कुरा मनन गर्नुपर्छ’ उनले भनिन्। शनिबार अनलाइन मिडियाहरु हेर्नुभएको भए… Continue reading

काखमा हुर्किएर कोखमा आक्रमण, सामान्य ‘गुगल सर्च’ गर्न नजान्दा सूचनाको संक्रमण

Posted on June 30, 2023July 1, 2023 by Salokya

हेडलाइन पढ्दा अलि कस्तो कस्तो लाग्यो ? यो त ‘कान्तिपुर’ले जस्तै हेडलाइनमा ‘राइमिङ’ मिलाउन खोजेको क्या। अचेल कान्तिपुरमा गजब गजबका राइमिङ हेडलाइन पढ्न पाइन्छ नि तपाईँहरुले याद गर्नुभएको छ कि छैन ? केही उदाहरण- ओजका लागि राखिएका क्रान्तिकारी नाम बने बोझ, छायाशक्तिमाथि अनुसन्धान छायामा। त्यस्तै एउटा हेडलाइन बिहीबार पढ्न पाइयो-  काखमा हुर्किएर कोखमा आक्रमण। एक… Continue reading

झण्डै ४ लाख पब्लिक अब बने ‘नागरिक’का लगानीकर्ता, अबको बाटो कस्तो होला?

Posted on June 27, 2023June 27, 2023 by Salokya

अन्ततः साढे ४३ करोड रुपैयाँको आइपिओ बेचेर नेपालको इतिहासमै पहिलो पब्लिक मिडिया कम्पनी बन्न नागरिक दैनिकको प्रकाशन संस्था नेपाल रिपब्लिक मिडिया सफल भएको छ। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफै गएर चिट्ठा निकालेपछि सोमबार आइपिओ बाँडफाँट पनि सकिएको छ। केही समयपछि यो कम्पनीको सेयर दोस्रो बजारमा पनि कारोबार हुन थाल्नेछ। घाटामा रहेको कम्पनी भए पनि… Continue reading

फेरि फैलाइयो निर्मला प्रकरणसम्बन्धी हल्ला : ‘कहानी’ भन्दै ‘समाचार’ लेख्दै

Posted on June 25, 2023June 25, 2023 by Salokya

निर्मला पन्त प्रकरणमा रामबहादुर थापाका छोरा प्रतीक थापाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गर्‍यो। सोसल मिडिया हेर्नुहुन्छ भने यस्तो धेरैले लेखेको तपाईँले देख्नुभएको होला। बलात्कार गरी हत्या गरिएको अवस्थामा किशोरी निर्मलाको शव पाँच वर्षअघि भेटिएको थियो। अहिलेसम्म यो प्रकरणका दोषीलाई कानुनको कठघरामा उभ्याउन सकिएको छैन। अहिले अचानक यो घटना भएका बेला गृहमन्त्री रहेका रामबहादुर थापा ‘बादल’… Continue reading

फ्याक्टचेक : नझुक्किनुस्, क्याप्सुलभित्र फलामको काँटीवाला भाइरल भिडियो सही होइन

Posted on June 24, 2023June 24, 2023 by Salokya

के तपाईँले पनि टिकटकमा बिरामीले खाने क्याप्सुल (औषधी) भित्र फलामका काँटी हुने रहेछ, मेडिकल माफियाहरुले त्यसो गरेको भन्दै क्याप्सुल फुटाउँदै काँटी निकाल्दै गरेको भिडियो देख्नुभएको छ? पख्नुस्, त्यो भिडियोलाई पत्याउनु अघि यो एक पटक पढ्नुस्। अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको यो भिडियोबारे नेपालफ्याक्टचेकले फ्याक्टचेक गर्दा भिडियोमा देखिएको औषधी नेपालमा दर्ता नरहेको र बिक्री गर्न अनुमति… Continue reading

के ‘आदिपुरुष’ फिल्मको डाइलगमा ‘जानकी भारतीय छोरी हुन्’ भनिएको छ?

Posted on June 20, 2023June 20, 2023 by Salokya

अहिले एकदमै चर्चाको विषय हो हिन्दु धर्मग्रन्थ ‘रामायण’मा आधारित भनिएको ‘आदिपुरुष’ फिल्मको डाइलग। फिल्ममा हाम्रो राष्ट्रिय विभूति ‘सीता’लाई भारतीय छोरी हुन् भनिएको छ भनेर अहिले बबाल भइरहेको छ। काठमाडौँ महानगरपालिकाका मेयर भए पनि देशभरबाट सोसल मिडियामा माया पाएका बालेन शाहले अस्ति नै त्यो डायलग हटाउन तीन दिनको अल्टिमेटम दिएका थिए। त्यो पूरा नभएपछि आजदेखि सबै… Continue reading

फ्याक्ट चेक : आँप खाएपछि कोल्ड ड्रिङ्क्स खाँदा मान्छे मर्ने दावी सही होइन- विज्ञहरु

Posted on June 18, 2023 by Salokya

अहिले आँपको सिजन छ। गर्मी पनि बेस्कन छ। यही मौका पारेर अहिले सोसल मिडियामा एउटा पोस्ट भाइरल भएको छ- आँप खाए लगत्तै कोल्ड ड्रिङ्क्स नखानुस्, खाए मान्छे मर्न सक्छ। चण्डीगढमा त मान्छे मरे रे। तपाईँले पनि यस्ता पोस्ट पढ्नु, देख्नु तथा सेयर गर्नुभएको छ? तपाईँले सही नियतले यस्ता कुरा सेयर गर्नुभयो होला। तर वास्तवमा यो… Continue reading

फ्याक्टचेक : रुटिन अफ नेपाल बन्दले फैलाएको एउटा मिथ्या सूचना – टोपबहादुरको सांसद पद खारेज

Posted on June 16, 2023 by Salokya

रुटिन अफ नेपाल बन्द युवा पुस्तामाझ खुब चर्चित छ। यसमा लेखेपछि मात्र पत्याउँछु भन्नेहरु जमात ठूलो छ। तर उसैले आज एउटा मिथ्या सूचना फैलायो। यसको असर फेसबुकका अरु पेजहरु र प्रयोगकर्ता माझ व्यापकै देखियो। ‘पुर्पक्षका लागि जेल चलान हुने आदेश आए सँगै टोप बहादुर रायमझीको सांसद पद खारेज हुनेभएको छ’ लेखेको थियो संक्षेपमा ‘रुटिने’ भनिने… Continue reading

फ्याक्ट चेक : नाम्चेमा गर्मी भएर मान्छे घरबाहिर निस्कनसमेत नसकेको भाइरल समाचार यसकारण गलत

Posted on June 13, 2023June 13, 2023 by Salokya

सगरमाथाको प्रवेशद्वार नाम्चे बजारमा तापक्रम १२ डिग्री पुगेछ जुन १२ वर्षपछि कै सबैभन्दा धेरै हो रे अनि यति गर्मी भयो कि मान्छेहरु घरबाट बाहिरसमेत निस्कन सकेनन् रे। सोसल मिडियामा भाइरल भएको यो समाचार कान्तिपुर टेलिभिजन, कान्तिपुर राष्ट्रिय दैनिक, काठमाडौँ पोस्ट लगायत विभिन्न अनलाइन मिडियाहरुमा समेत आएको थियो। लगत्तै बसन्त खड्का र म फ्याक्ट चेकका लागि… Continue reading

मिडिया सञ्चालकको दादागिरी र अकर्मण्यताको शिकार : सोझा पत्रकार

Posted on June 7, 2023June 7, 2023 by mysansar

भरत कोइराला – संघीय राजधानी काठमाडौंबाट प्रसारण हुने चल्तीको टेलिभिजनमा पोखराबाट काम गर्ने एकजना बहिनीले तलब नपाएको ९ महिना भयो । त्यसअघि उनी पोखराकै एउटा टेलिभिजनमा काम गर्थिन् । महिना बितेपछि तलब हात लाग्थ्यो, आफू र परिवारको गर्जो टारेकी थिइन् उनले । देशभर नाम चलेको टेलिभिजनमा काम गर्ने अवसर पाउँदा उनी पछि हट्ने कुरै भएन… Continue reading

स्वीडेनले सेक्सलाई खेलको मान्यता दिएको भाइरल समाचार यसरी सच्याए नेपाली अनलाइनहरुले

Posted on June 7, 2023 by Salokya

पृष्ठभूमि : स्वीडेनले सेक्सलाई खेलको मान्यता दिएको समाचार नेपालमा भाइरल भयो। खास कुरा के हो नै नबुझी भारतीय मिडियामा आएको समाचारका भरमा नाम चलेका नेपाली अनलाइन मिडियाहरुले यसलाई समाचार बनाए। यसबारे हामीले फ्याक्ट चेक गरी स्वीडिश खेल महासंघ र स्वीडिश सरकारकै भनाई सार्वजनिक गर्‍यौँ। छुटाउनु भएको यहाँ क्लिक गरी पढ्नुस् फ्याक्ट चेक। फलोअप अर्को ब्लग… Continue reading

स्वीडेनमा सेक्स खेलको भाइरल समाचार सेयर गर्नुभएको थियो? हुँदै नभाको ‘समाचार’ लेख्नेका केही कुरा

Posted on June 6, 2023June 7, 2023 by Salokya

अपडेट : ब्लग प्रकाशित भएपछि केही अनलाइनहरुले समाचार हटाएका छन्। विस्तृत विवरण अन्तिममा अपडेट गरिएको छ स्वीडेनमा सेक्सलाई खेलको मान्यता दिइयो र त्यहाँ सेक्स च्याम्पियनसिप हुँदैछ भन्ने खबर केही दिनदेखि सोसल मिडियामा निकै भाइरल भयो। सेक्स विषय नै यस्तै, सबको चासो भइहाल्छ। तर चासो भयो भन्दैमा पोर्न फिल्म हलमा लगाउने कुरा भएन। थोरै पनि ‘कमनसेन्स’… Continue reading

फ्याक्ट चेक : नझुक्किनुस्, स्वीडेनले सेक्सलाई खेलको मान्यता दिएकै छैन

Posted on June 5, 2023June 5, 2023 by Salokya

स्वीडेनले सेक्सलाई औपचारिक रुपमा खेलको मान्यता दियो।  यो दावीसहितका समाचार र सोसल मिडिया पोस्टहरु तपाईँले पनि पक्कै पढ्नुभएको थियो होला। पत्याउनु भएको थियो? नेपालको अनलाइनखबरदेखि रातोपाटी, बाह्रखरीसम्म अनि भारतको टाइम्स अफ इन्डियासम्म छ्यापछ्याप्ती भएको खबर सोसल मिडियामा पनि भाइरल नै भएको थियो। तर हामीले यसबारेमा फ्याक्टचेक गर्दा थाहा भयो कि यो त भ्रामक खबर रहेछ।… Continue reading

राष्ट्रिय जनगणनामा धर्मको तथ्याङ्कले के देखाउँछ ? हेर्नुस् ७ डेटा भिजुअलाइसेन

Posted on June 4, 2023June 4, 2023 by Salokya

प्रत्येक १० वर्षमा हुने राष्ट्रिय जनगणनाको तथ्याङ्क २०७८ सालमै लिइएको थियो। तर यसको पूर्ण नतिजा आउन भने बाँकी नै थियो। अरु विषयको तथ्याङ्क सार्वजनिक गरिए पनि जातजाति, भाषा र धर्मको तथ्याङ्क आउन भने ढिला भइरहेको थियो। अस्ति जेठ १९, २०८० मा बल्ल यसको पनि तथ्याङ्क सार्वजनिक गरियो। त्यसमध्ये धर्मको तथ्याङ्कमा देखिएका केही रोचक तथ्यलाई समावेश… Continue reading

Posts navigation

  • Previous
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • …
  • 276
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme