Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एनसेलको विज्ञापनको भाइरल फोटो : खासमा कुरो यस्तो रहेछ

Posted on December 10, 2023 by Salokya

एनसेलले सबै पत्रिकामा विज्ञापन छापेको एउटा फोटो तपाईँले पनि देख्नुभएको छ ?

एनसेलको अहिलेको काण्डका विषयमा खासमा भएको कुरा के हो भन्ने विषयमा कतै पढ्न पाइन्छ कि भनेर खुब हेरेँ, सबै कुरा खुल्ने गरी कतै केही आएको छैन।

तर हिजो शनिबार एउटा फोटो भने सोसल मिडियामा खुब भाइरल भयो। जसले पनि त्यही फोटो राखेर आफ्ना विचार फेसबुक वा ट्विटरमा पोस्टेका छन्। सबैतिर एउटै देखिने फोटो आएपछि के रहेछ त भनेर खोज्दा यस्तो भेटियो।

हिजो सोसल मिडियामा सबतिर भाइरल भएपछि धेरैलाई लाग्यो, हिजोकै पत्रिकामा अर्थात् शनिबार छापिएको होला यो विज्ञापन।

कसैले पत्रिका भने हेरेका थिएनन्। हुन पनि अचेल पत्रिका कसले किनेर पढ्छ ? 🙂

अहिले सुर्खेतमा छु। यता पनि पत्रिका देखेको छैन। हेरौँ न त के भनेर विज्ञापन छापेको रहेछ एनसेलले भनेर पत्रिकाका इपेपर खोज्न थालेँ।

सबैभन्दा पहिले कान्तिपुर हेरेँ। कान्तिपुरको इपेपरमा भाइरल फोटोमा जस्तो विज्ञापन शनिबारको अङ्कमा नदेखेपछि छक्क परेँ।

लौ न, कान्तिपुरले इपेपरमा चाहिँ विज्ञापन राखेन कि के हो भन्ने लाग्यो

भाइरल फोटोमा नयाँ पत्रिका, काठमान्डु पोस्ट पनि देखियो। त्यसको पनि इपेपर हेरेँ। त्यसमा पनि शनिबारको अङ्कमा देखिएन।

हैन, यो के भएछ भन्ने लाग्यो।

अनि भाइरल फोटोमा भएको पत्रिकामा देखिने समाचार शीर्षक हेरेँ।

शनिबार हैन भने शुक्रबारको पत्रिकामा छ कि भनेर हेरेँ। शुक्रबार पनि छैन रहेछ।

अझ पछाडि गएर बिहीबारकोमा गएर हेरेँ। बल्ल भेटियो। बिहीबारको पत्रिकामा रहेछ यो विज्ञापन छापिएको। एनसेलले आफ्नो फेसबुक पेजमा पनि बिहीबार नै हालेको रहेछ यो विज्ञप्ति।

ल हेर्नुस् त मूलधारे मिडियाको हालत ! बिहीबारको छापिएको कुरा सोसल मिडियाका प्रयोगकर्तासम्म पुग्न तीन दिन लागेछ।

हेर्नुस् प्रमाण-

 

बिहीबारको पत्रिकाको फोटो शनिबार बिहानै कसले फोटो खिचेर हाल्यो, सबले त्यही फोटो राख्दै भाइरल बनाए। सबलाई लाग्यो- शनिबारको पत्रिकामा छापिएको होला।

तीन दिन अघि हुनुपर्ने बहस तीन दिनपछि बल्ल भयो।

एनसेल काण्डको बारेमा थप पछि अर्को ब्लगमा लेखौँला।

 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme