Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

टिकटकमाथिको प्रतिबन्ध संविधान प्रदत्त स्वतन्त्रताको गम्भीर उलङ्घन : ३० सरोकारवाला संस्था/व्यक्तिको संयुक्त विज्ञप्ति

Posted on November 13, 2023 by Salokya

नेपालमा लोकप्रिय सामाजिक सञ्जाल टिकटकलाई पूर्ण प्रतिबन्ध लगाउने वि.सं. २०८० कार्तिक २७ गते बसेको नेपाल सरकार, मन्त्रिपरिषद्‌को निर्णयप्रति हामी गहिरो चिन्ता र निराशा व्यक्त गर्दछौं । मन्त्रिपरिषद्को यो निर्णय अत्यन्तै असामयिक र निरङ्कुश रहनुका साथै यसले लोकतन्त्रको आधारभूत सिद्धान्तमाथि गम्भीर प्रहार भएको तथा नागरिक स्वतन्त्रता र विधिको शासनलाई कमजोर बनाउने निष्कर्ष हाम्रो छ ।

अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक प्रत्याभूति कुनै पनि लोकतान्त्रिक समाजको आधारशिला हो, जसले व्यक्तिहरूलाई स्वतन्त्र रूपमा विचार अभिव्यक्त गर्ने तथा सूचनामा पहुँच पाउने मौलिक अधिकारलाई प्रतिबिम्बित गर्दछ । टिकटक लगायतका सामाजिक सञ्जाल प्लेटफर्महरुले नागरिकलाई आफ्नो विचार राख्न, सार्वजनिक बहस गर्न, रचनात्मकतालाई बढावा दिन, साना तथा मझौला उद्यम तथा व्यवसाय प्रवर्धन गर्न तथा मनोरञ्जनकाको लागि प्लेटफर्म उपलब्ध गराउन खेल्ने भूमिका पहिचान गर्न आवश्यक छ । यस्ता डिजिटल प्लेटफर्महरु पछिल्ला दिनहरुमा लोकतान्त्रिक अभ्यासको उत्तम माध्यमको रूपमा स्थापित भएका छन् ।

कुनै सामाजिक सञ्जालको माध्यममा खास कुनै विवादित सामग्रीले उत्पन्न गर्ने समस्या मुलुकको संविधान तथा सैवैधानिक व्यवस्थाको अधीनमा बनेका ऐन तथा कानुनबाट सम्बोधित हुन सक्छन् र यसै अनुरुप सम्बोधन गरिनु पर्छ । तर, यसरी प्लेटफर्म नै बन्द गर्ने निर्णय संवैधानिक तथा विभिन्न समयमा भएको आन्दोलन तथा निर्वाचनबाट प्राप्त जनादेश विपरीत रहने समेत हाम्रो निष्कर्ष रहेको छ । सरकारको यस निर्णयले नेपालको संविधानको धारा १७(२) (क) मा उल्लिखित अभिव्यक्ति स्वतन्त्रता र धारा १९ ले प्रत्याभूत गरेको सञ्चारको हकको संवैधानिक प्रत्याभूति एवं मानवअधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ तथा नेपाल पक्ष राष्ट्र भएको नागरिक र राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय अनुबन्ध, १९६६ को धारा १९ समेतको उल्लङ्घन गरेको छ ।

टिकटकलाई पूर्ण रूपमा प्रतिबन्ध लगाएर सञ्चार र अभिव्यक्तिको यो महत्त्वपूर्ण प्लेटफर्मलाई रोक्ने, नेपाली नागरिकहरूको अनलाइन कुराकानीमा संलग्न हुने, उनीहरूको दृष्टिकोण साझा गर्ने र विश्वव्यापी डिजिटल समुदायमा सहभागी हुने अवसरलाई सीमित गर्ने सरकारको नियत देखिएको छ। यसबाहेक यस्तो प्रतिबन्धले सामग्री सिर्जनाकर्ताहरु र साना तथा मझौला उद्यमहरुको आर्थिक अवसरहरूमा प्रतिकूल असर पारी उनीहरुको व्यवसायिक स्थायित्वमा गम्भीर जोखिम पर्ने देखिन्छ ।

हामी देहाय बमोजिमका सरोकारवाला संस्था तथा व्यक्तिहरु सरकारलाई यस निर्णयमा पुनर्विचार गर्न र अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक रूपमा संरक्षित अधिकारलाई हनन नगरी वैध सरोकारहरु सम्बोधन गर्ने वैकल्पिक उपायहरु खोज्न आग्रह गर्दछौं । टिकटक प्लेटफर्ममा प्रचलित कानुन विपरीतका कुनै गैरकानुनी सामग्री भएमा कानुनी व्यवस्थाको अधीनमा रही उपचार खोज्न तथा संविधानले आत्मसात् गरेको लोकतान्त्रिक मूल्यहरूको संरक्षण गर्दै अन्तर्राष्ट्रिय मापदण्डको अधीनमा रही प्लेटफर्मको जिम्मेवार प्रयोग सुनिश्चित गर्न पहल गर्न हामी सरोकारवाला सबैमा आह्वान गर्दछौं ।

अभिव्यक्ति स्वतन्त्रता, सूचनामा पहुँच, सामाजिक सञ्चार, रचनात्मकता र सांस्कृतिक आदानप्रदानलाई बढावा दिन डिजिटल प्लेटफर्मको परिवर्तनकारी सम्भावनालाई मान्यता दिँदै सार्वजनिक हितको संरक्षण र व्यक्तिगत स्वतन्त्रताको सम्मान आवश्यक छ ।

संवैधानिक अधिकार र नेपालमा जीवन्त डिजिटल परिदृश्यको व्यापक प्रभावलाई ध्यानमा राख्दै हामी देहाय बमोजिमका संस्था तथा व्यक्तिहरु यो निर्णय सच्याउन नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं ।

सरोकारवाला संस्था तथा व्यक्तिहरु
बाबुराम अर्याल, डिजिटल फ्रिडम कोअलिसन, अध्यक्ष
सन्तोष सिग्देल, डिजिटल राइट्स नेपाल, कार्यकारी निर्देशक
उज्ज्वल आचार्य, सेन्टर फर मिडिया रिसर्च नेपाल, पूर्वअध्यक्ष
डा. कुन्दन अर्याल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), अध्यक्ष
इन्द्रप्रसाद अर्याल, नेपाल मानवाधिकार संगठन,अध्यक्ष
संजीब घिमिरे, फ्रिडम फोरम नेपाल, महासचिव
सपना शाही, इन्टरनेट गभर्नेन्स इन्स्टीच्यूट, निर्देशक
लक्ष्मणदत्त पन्त, मिडिया एक्सन नेपाल, अध्यक्ष
प्रवेश सुवेदी, डिजिटल मिडिया फाउण्डेशन, अध्यक्ष
राजन पराजुली, एण्टेना फाउण्डेशन नेपाल, अध्यक्ष
कमला अधिकारी, फोरम फर डिजिटल इक्वालिटी, कार्यकारी निर्देशक
आशिर्वाद त्रिपाठी, एजुकेटिङ नेपाल, अध्यक्ष
आनन्द गौतम, युथ आइजीएफ नेपाल, अध्यक्ष
नारायण अधिकारी, अकाउण्टाविलिटी ल्याब, अध्यक्ष
बबिता बस्नेत, मिडिया एड्भोकेसी ग्रुप, संस्थापक अध्यक्ष
विक्रम श्रेष्ठ, नेपाल इन्टरनेट फाउण्डेशन, अध्यक्ष
प्रा. डा. सुवर्ण शाक्य, सेन्टर फर साईबर सेक्युरीटि रिसर्च एण्ड इनोभेसन (सिएसआरआई), अध्यक्ष
चिरन्जीवी अधिकारी, ईन्फरमेशन सेक्यूरिटी रेस्पोन्स टिम नेपाल, अध्यक्ष
निराजन थपलिया, एमनेष्टी नेपाल, कार्यकारी निर्देशक
शुभ कायस्थ, बडी एण्ड डाटा, कार्यकारी निर्देशक
डा. भूमिराज चापागाईं, शेयरकाष्ट इनिसिएटिभ्स, सह-संस्थापक/ निर्देशक
नवराज ढकाल, नेट फर गुड अलायन्स, संयोजक
अनिल रघुवंशी, चाइल्ड सेफनेट, संस्थापक अध्यक्ष
जीवन भण्डारी, अनलाइन टीभी पत्रकार संघ, अध्यक्ष
श्याम कुमार पोखरेल, संरक्षक समूह नेपाल, निर्देशक
उमेश श्रेष्ठ, माइसंसार डट कम, संस्थापक
विश्वजीत तिवारी, इन्फर्मेशन एण्ड ह्युमन राइट्स रिसर्च सेन्टर, संस्थापक अध्यक्ष
रविराज बराल, मिडिया कुराकानी, संस्थापक सम्पादक
दीपक अधिकारी, नेपाल चेक, सह-संस्थापक
आलोक सुवेदी, मेरोअड्डा, सह-संस्थापक/ प्रमुख कार्यकारी अधिकारी

1 thought on “टिकटकमाथिको प्रतिबन्ध संविधान प्रदत्त स्वतन्त्रताको गम्भीर उलङ्घन : ३० सरोकारवाला संस्था/व्यक्तिको संयुक्त विज्ञप्ति”

  1. Kiran says:
    November 15, 2023 at 9:56 am

    The risk the platform will be used for foreign interference operations by China is now avoided by Nepal

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme