Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आफ्नै दिवस थाहा नपाउने हाम्रा टिभी पत्रकारहरु

Posted on November 20, 2023November 20, 2023 by Salokya

आज फेसबुक फिड चहार्नुभएको छ र तपाईँका केही साथीहरु कुनै जमानामा टेलिभिजनमा काम गरेका थिए वा अहिले पनि काम गरिरहेका छन् भने एउटा पोस्ट पक्कै याद गर्नुभयो होला- विश्व टेलिभिजन दिवस। उनीहरुले विश्व टेलिभिजन दिवस भन्दै शुभकामना पोस्ट गरिरहेका छन्।

तर, विश्व टेलिभिजन दिवस कहिले हो भनेर सामान्य गुगलसमेत गर्न नजान्दा उनीहरुले एक दिन अगाडि नै शुभकामना दिएको कुरा कसले बताइदिने ? टेलिभिजनकर्मीहरुलाई नै आफ्नो दिवस कहिले हो थाहा रहेनछ। अलि बिल्ला भएन र यो ?

संयुक्त राष्ट्र संघले सन् १९९६ मा विश्व टेलिभिजन मञ्चको आयोजना गरेको थियो र त्यही वर्षदेखि हरेक वर्षको नोभेम्बर २१ मा विश्व टेलिभिजन दिवस मनाउने घोषणा भएको हो।

हेर्नुस् त्यतिबेला महासभाले गरेको घोषणाको कागजात

पूरै डकुमेन्ट हेर्ने भए यता क्लिक गर्नुस्।

तर पत्रकारहरुले यति विधि खोज्न जान्न पनि परेन। सामान्य रुपमा गुगलमा गएर world television day हानेको भए देखाइहाल्थ्यो यस्तो-

अर्थात् विश्व टेलिभिजन दिवस यो वर्ष मंगलबार परेको छ। मिति त उही नोभेम्बर २१ भइहाल्यो।

अनि आज त नोभेम्बर २० पो त। सारा टेलिभिजनकर्मीहरु आजै दिवस मनाइराछन्। अनि भोलि चाहिँ के गर्ने हो ?

हेरौँ केही टेलिभिजनकर्मीका फेसबुक पोस्ट, जसले भोलिको दिवस आजै मनाए।

अब यसलाई सकारात्मक र नकारात्मक दुई पाटोबाट हेर्न सकिन्छ।

सकारात्मक पाटो :

यी टिभीकर्मीहरुले जहिलेसुकै टिभी दिवस मनाउन्, उनीहरुको अधिकारको कुरा हो, तँलाई केको खसखस् ?

शहीद दिवस एक हप्ता मनाइन्छ। टिभी दिवस पनि दुई मनाए त के आकाशै खस्यो ? किन जान्ने हुने ?

हाम्रो दिवस हामी जहिलेसुकै मनाउँ, तपाईँलाई चासोको विषय होइन।

नकारात्मक पाटो :

आफ्नै दिवस कहिले हो भनेर समेत थाहा नपाउनेले समाचार चाहिँ कस्तो बनाउलान् ?

अरुले भन्यो भन्दैमा पत्याएर आफ्नो दिवस गलत दिनमा मनाउनेले अरुले भनेको कुरामा विश्वास गरेर समाचार कस्तो बनाउलान् ?

कसले भन्यो ?

यी हाम्रोपात्रोले-

अब हाम्रोपात्रोले यसपालि कुकुरतिहार र लक्ष्मीपूजा एकैदिन परे जस्तो विश्व टेलिभिजन दिवसको तिथि नेपालमा नोभेम्बर २० मा नै परेको भनेर विज्ञप्ति निकाल्न बाँकी छ। कि कसो ? 🙂

1 thought on “आफ्नै दिवस थाहा नपाउने हाम्रा टिभी पत्रकारहरु”

  1. Suresh says:
    November 21, 2023 at 11:47 am

    Shiva lamsal daju: leader of journalist… tepai ko post ko screenshot Kina aoyeana…?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme