Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नोबल विजेता अमर्त्य सेनको मृत्युको झुटो खबरमा यसरी फँसे भारतीय मिडिया

Posted on October 11, 2023 by Salokya

हिजो दिउँसोतिर तपाईँले सामाजिक सञ्जाल नचलाउनुभएको भए ठीकै गर्नुभयो। किनभने त्यहाँ जिउँदै एक जना व्यक्तित्वको मृत्यु भएको झुटो खबर फैलिएर पनि बेलुकासम्ममा जिउँदो बनाइसकिएको थियो।

भारतीय मिडिया यो बतासे खबरमा फँसे पनि नेपाली मिडियाले भने हतार गरेको देखिएन। यद्यपि सोसल मिडियामा भने केहीले श्रद्धाञ्जलि लेख्न भ्याइसकेका थिए। कसरी फँसे त भारतीय मिडिया ?

सबैभन्दा छिटो यो खबर फैलाउने चाहिँ भारतीय समाचार एजेन्सी पीटीआई (प्रेस ट्रस्ट अफ इन्डिया) थियो। पीटीआईले यस्तो एक्समा यस्तो ट्विट गरेको थियो-

न्युज एजेन्सीले नै यस्तो लेखिसकेपछि भारतीय मिडिया किन पछि पर्थे। उनीहरु पनि कुदिहाले।

टाइम्स अफ इन्डियाले यस्तो लेखेर ठोकिदियो-

 

अनि जीन्युजले पनि ब्रेकिङ ठोक्न भ्याइहाल्यो यसरी-

अरु केही मिडियाले पनि यो कुसमाचार दिन भ्याए।

खासमा भएको के थियो त ?

यो वर्ष अर्थशास्त्रका लागि नोबल पुरस्कार क्लाउडिया गोल्डिनलाई दिइएको थियो।

उनकै फोटो र नाम भएको एउटा ह्यान्डलले एक्समा यस्तो लेखेछ-

अहिले त यो ह्यान्डल नै उडिसकेको छ।

मिडिया झुक्किएको यसैमा हो। यसरी लेखिसकेपछि वास्तवमा यो ह्यान्डल क्लाउडियाकै हो कि अरु कसैले नक्कली खाता बनाएर लेखेका हुन् भन्ने तिर उनीहरु गएनन्। न सेनका कुनै परिवारसित नै यसबारे पुष्टि गरे। सीधै नोबल विजेताले यसो लेखे भनेर ब्रेकिङ हान्न हतार गरिहाले। त्यहीँ उनीहरुको गल्ती भयो।

त्यो नक्कली खाता रहेछ। क्लाउडियाको वास्तविक खाता अर्कै रहेछ।

पछि उनकी छोरीले एक्समा ट्विट गर्दै बाबा सकुशल रहेको बताइन्।

Friends, thanks for your concern but it’s fake news: Baba is totally fine. We just spent a wonderful week together w/ family in Cambridge—his hug as strong as always last night when we said bye! He is teaching 2 courses a week at Harvard, working on his gender book—busy as ever! pic.twitter.com/Fd84KVj1AT

— Nandana Sen (@nandanadevsen) October 10, 2023

त्यसपछि धमाधम भारतीय मिडियाले समाचार सच्याउन थाले।

अनि थपियो जिउँदै मान्छेलाई मरेको भन्दै हल्ला चल्नेको सूचीमा सेनको नाम पनि।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme