Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नेपालको पासपोर्ट तीन लाख रुपियाँमा बेचिन्छ

Posted on August 25, 2012August 25, 2012 by Salokya

रातो (कूटनीतिक) पासपोर्ट बेचेको अभियोगमा केही पूर्व सभासद्हरु अझै पनि मुद्दा खेपिरहेका छन्। रातो पासपोर्ट अक्सर नेपालीहरुले नै किनेको देखिएको छ। त्यो पनि सहज रुपमा विदेश पस्न पाउने आशामा। यसका लागि ठूलो समूहले सेटिङ मिलाउने गर्छ।  तपाईँहरुलाई लागेको हुँदो हो, रातो पासपोर्टमा सुविधा हुन्छ र त यसको बिक्री हुन्छ। तर त्यसो हैन, रातो मात्र हैन… Continue reading

सरकारको खातामा ५०, कर्मचारीको खल्तीमा १००

Posted on August 24, 2012August 24, 2012 by mysansar

-राजु महर्जन- कुरा हो नापी कार्यालय ललितपुरको। नयाँ घर बनाउन नक्सा पास गर्नको लागि ललितपुर उपमहानगरपालिकाका कर्मचारीले नापी कार्यालयमा गई जग्गाको नक्साको ट्रेस ल्याउनु पर्ने भनेपछि लगनखेलमा रहेको जिल्ला अदालत र मालपोत कार्यालयको बीचमा रहेको नापी कार्यालय पुगियो। कार्यालय समय १० बजे हो। तर त्यहाँका कर्मचारी मध्ये पिउन बाहेक प्रायःसबै ११ बजे पछि मात्र आउने… Continue reading

जर्मनीमा स्कलरसिप खोज्दै हुनुहुन्छ? यो पढ्नुस्

Posted on August 23, 2012August 24, 2012 by mysansar

-सुबर्णबाबु सापकोटा/फ्राइबर्ग,जर्मनी- राम्रो शैक्षिक पृष्ठभूमि र अध्ययन पहिलो प्राथमिकता हुने विद्यार्थीहरुलाई जर्मनी निस्चय पनि एउटा उर्बर भूमि हो। सस्तो र स्तरीय शिक्षा दिने बिश्वका निक्कै थोरै मुलुकहरुमा जर्मनी पनि पर्छ। हरेक बर्ष नेपालबाटै DAAD (Deutscher Akademischer Austausch Dienst) छात्रवृत्तिमा अध्ययन गर्न आउने विद्यार्थीको सन्ख्या भन्दा आफ्नै खर्चमा जर्मनी अध्ययन गर्न आउने विद्यार्थीहरुको सन्ख्या उच्च हुने… Continue reading

खुमबहादुरलाई डिस्काउन्टः १९ लाख रुप्पे र ५ महिना कैद

Posted on August 22, 2012August 22, 2012 by Salokya

सर्वोच्च अदालतले साउन ३० गते नै पूर्व मन्त्री तथा नेपाली काङ्ग्रेसका नेता खुमबहादुर खड्कालाई भ्रष्टाचारी ठहर गर्दै जरिवाना र कैद सजाय तोकेको भए पनि यत्रो दिनसम्म उनी आफ्नै घरमा थिए। यसबीच नेपाली काङ्ग्रेसको केन्द्रीय समितिले उनको पक्षमा एउटा वक्तव्य जारी गर्‍यो र समर्थकहरुले हिजो दाङ जिल्ला बन्द गरे। आज चाहिँ उनी अदालतमा उपस्थित भएका छन्… Continue reading

साना भ्रष्टाचारीले दिएको दुःख

Posted on August 22, 2012August 22, 2012 by mysansar

-गणेश गुरुङ- ठूला भ्रष्टाचारीहरुले दिएको दुःख त तपाईँ हामी सबैलाई थाहै छ। हिजै मात्र खुमबहादुर खड्कालाई सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गरी सजाय दिएकोमा समर्थकहरुले दाङ जिल्ला बन्द गरे। यहाँ म ठूला भ्रष्टाचारीको हैन, साना भ्रष्टाचारीको कुरा सुनाउन गइरहेको छु। यस्ता साना भ्रष्टाचारी, घुसखोरीले तपाईँ हामीलाई एकदमै सताइरहेको हुन्छ। महोत्तरी जिल्लाको जलेश्वरमा राष्ट्रिय वाणिज्य बैँक रहेको… Continue reading

महेश बस्नेतलाई ‘राक्षस’ भन्ने डिएसपीको सरुवा

Posted on August 21, 2012August 21, 2012 by Salokya

फेसबुक स्टायटसमा एमाले भ्रातृ संगठन युवा संघ, नेपालका अध्यक्षलाई सार्वजनिक रुपमा ‘राक्षस’ भने वापत् डिएसपी दीपशमसेर राणाले सरुवा खानु परेको छ। खासमा यो कारबाही त हैन, सरुवा नियमित प्रक्रिया अन्तर्गत नै पर्छ। तर प्रहरीको मुख्य घटना सहायता कार्यदल जस्तो महत्त्वपूर्ण ठाउँबाट ट्राफिक निर्देशनालयमा सरुवा गरिनु अप्रत्यक्ष रुपमा कारबाही नै हो भन्ने चर्चा प्रहरीभित्रै चलेको छ।… Continue reading

यौन दुर्ब्यवहारले निम्त्याएको बर्बादी

Posted on August 20, 2012 by mysansar

-अमृता लम्साल- सन् २०१२ को जुलाई २२ को दिन अमेरिकाको पेन्सेलभेनिया राज्यस्थित युनिभर्सिटी, पेन–स्टेटको बिभर स्टेडियमको हातामा कुनै बेला गर्वका साथ ठड्याईएको जो पेटार्नोको सात फुट अग्लो प्रतिमा निकालेर स्टेडियमको वेयर–हाउसमा थन्क्याईयो। आफ्नो जीवनको ४६ बर्ष कलेज फुटबलको कोच रहेका उनले, पेन–स्टेटलाई आफ्नो नामको पर्याय नै बनाइदिएका थिए। उनले गरेको योगदानको कदर गर्दै सन २०११… Continue reading

बादले भण्डार (क्लाउड स्टोरेज)

Posted on August 20, 2012August 20, 2012 by mysansar

-कमल क्षेत्री- जबदेखि फोटो, डकुमेन्ट, भिडियो र अरु मीडियाहरु डिजिटल भए, यिनीहरुलाई स्टोर गर्न डिजिटल उपकरणहरु नै प्रयोग हुनथाल्यो। जस्तै कम्प्यूटरको हार्डडिस्क, मेमोरी कार्ड, सीडी, डीवीडी, पेन ड्राइभ, आदि। तर यी सबैको १०० % भरोसा भने नहुन सक्छ। तपाईँको मोबाइल पानीमा खस्यो भने ? मेमोरी कार्ड बिग्रिन्छ। कम्प्यूटर हिजो राम्रै बंद गरेको तर आज खोल्दा… Continue reading

हेल्मेट बोकेर बसमा रिङरोड परिक्रमा

Posted on August 19, 2012August 20, 2012 by Salokya

भएको मोटरसाइकल कलंकीको एउटा छेउमा अड्याएर हेल्मेट बोकी कसैले २५ रुप्पे तिरेर बसमा रिङरोड घुम्छ? अस्ति-अस्ति भए मान्छेले ‘पागल’सम्म त स्योर भन्थे होला। अहिले भने अचम्म मान्नुपर्दैन, ‘रहर’ हो यो। काठमाडौँमा शुक्रबारदेखि राति ३ घण्टा नाइट बस चल्न थालेपछि बस चढ्नै छाडिसकेका मान्छेहरु नि यस्तो रहर गरिरहेका छन्। हिजो हामी केही साथीहरु राति यस्तो बसमा… Continue reading

फागुनमा चिट्ठी पठाएर साउनदेखिको काम

Posted on August 18, 2012August 18, 2012 by mysansar

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एउटा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र रहेको छ। यसको काम स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु सञ्चार माध्यममा प्रचारप्रसार गर्नु हो। त्यसै क्रममा यसले नेपाल टेलिभिजनबाट केही कार्यक्रम प्रसारण गर्ने गर्छ। यी कार्यक्रमको प्रभावकारिता बारे बुझ्न एक जना अनुगमनकर्ता राख्‍ने सम्झौता नेपाल टेलिभिजन र केन्द्रबीच भएको रहेछ।

कथाः मेरो सर

Posted on August 18, 2012August 18, 2012 by mysansar

-पी. आर. गिरी- आज फेरि दोश्रो पल्ट मैले उसको मिठो मुस्कान देखें। आफ्नो ह्याण्डब्याग भूइँमा पनि नराखी म उसको कम्मरमा बाँधिन गएँ। म मजाले सल्बलाएँ, उसको घाँटी, ओठ, आँखा, कानमा मेरा ओठहरु लेपिए। केही समय म आफ्नो समुन्द्रमा डुबें; तर उसलाई केही भएन, मेरो स्पर्शले; म मजाले मातिएँ तर ऊ चुपचाप मलाई मिठो मुस्कान दिइरह्यो;… Continue reading

डाक्टर गोविन्द केसीलाई बचाऊ !

Posted on August 18, 2012August 18, 2012 by Salokya

[अपडेट शनिबार दिउँसो ३: अन्ततः नैतिकताको विजय भएको छ। केसीको माग पूरा हुने भएको छ। चिकित्सा शास्त्र अध्ययन संस्थानको डिनमा डा. प्रकाश सायमि नियुक्त भएका छन्। उनी तुलनात्मक रुपमा स्वतन्त्र छविका हुन्। केसीको अनसन तोड्न जुस खुवाउन शिक्षामन्त्री गएका छन्।] त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पतालमा राजनीतिक भागवण्डाबिना वरिष्ठताका आधारमा डिन नियुक्त गर्नुपर्ने मागसहित आमरण अनसन बसेको… Continue reading

यस्तो रह्यो नाइट बसको पहिलो यात्रा

Posted on August 17, 2012August 18, 2012 by Salokya

६ महिना लामो प्रयासपछि आज रातिदेखि सुरु भयो काठमाडौँमा नाइट बस। यो बसमा पहिलो रातै यात्रा गर्ने इच्छा आज पूरा गरेँ। काठमाडौँको भित्री सहरको यात्रा गर्ने बसहरु वीर अस्पतालअगाडिबाट छुट्ने भए पनि आज पहिलो दिन उद्‌घाटन गर्नुपर्ने भएकोले रत्‍नपार्क, शान्ति बाटिकाअगाडिबाट बस छुट्दै थियो। त्योभन्दा अघि एउटा औपचारिक कार्यक्रम थियो-भाषणबाजीको। उपप्रम तथा स्थानीय विकास मन्त्रालयको… Continue reading

काठमाडौँ शहर, अब नाइट बस चल्छ सरर…

Posted on August 16, 2012August 17, 2012 by Salokya

काठमाडौँ शहर नाममात्रको महानगरका रुपमा रहेको तपाईँ-हामी सबैले अनुभव गरेकै हो। वास्तवमा मेट्रोपोलिटन सिटी भन्ने शब्द नै आफैमा लाज मान्नुपर्ने स्थिति थियो काठमाडौँको अवस्था देख्दा। साँझ पर्न पाएको हुँदैन, सार्वजनिक सवारी साधनमा गुन्द्रुक खाँदिए झैँ मान्छे खाँदिनु पर्छ। रात परेपछि त गाडी नै चल्दैन। महँगो ट्याक्सी चढ्नु बाहेक अरु विकल्प हुँदैन आफ्नै सवारी साधन नभएकाहरुलाई।… Continue reading

खुमबहादुर खड्काबारे कङ्ग्रेसले के भन्यो?

Posted on August 16, 2012August 16, 2012 by mysansar

श्रावण ३२, २०६९ प्रेस विज्ञप्ति नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक सभापति सुशील कोइरालाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी.नगर, ललितपुरमा बस्यो। आजको बैठकमा नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु— डा. रामशरण महत, महेश आचार्य, नरहरि आचार्य, पूर्णबहादुर खड्का, बालकृष्ण खाँण, दीपकुमार उपाध्याय, रमेश रिजाल, डा. मिनेन्द्र रिजाल, डा.… Continue reading

जर्मनीमा मेडिसिन पढ्ने विचार गर्नुभा’छ? यो पढ्नुस्

Posted on August 16, 2012August 16, 2012 by mysansar

-विश्वास चाम्लिङ/बोन,जर्मनी- महिनामा लगभग एक दर्जन इमेल र फोन आउँछ र प्रश्न केवल एकै किसिमका हुन्छन्। त्यहाँ त मेडिसिन पनि सित्तैमा पढ्न पाइन्छ रे नि हो? सबैको तुरून्तै जवाफ फर्काउन नसकेपनि ढिलोछिटो लेख्ने गर्छु। तर नेपाली दाजुभाइहरुले नबुझि विदेशिंदा पाउनुभएको हन्डरको समाचार दिनै जसो आइरहेको अवस्थामा म आज यो विषयलाइ पनि समसामयिक ठान्दै सार्वजनिक रूपमा… Continue reading

ठूला मान्छे मुछिएका भ्रष्टाचार कान्डमा यस्तो हुने रैछ

Posted on August 15, 2012August 15, 2012 by mysansar

-नारायण मानन्धर, एन्टी करप्सन एक्सपर्ट- ठूला मान्छेहरु मुछिएका (हाइ प्रोफाइल) भ्रष्टाचारका मुद्दाको टुङ्गो लाग्न कति वर्ष लाग्दो रहेछ ? कस्तो खालको सजाय अदालतले दिने रहेछ ? आउनुस् भर्खरै सर्वोच्च वा विशेष अदालतले फैसला सुनाएका केही मुद्दाहरुको विश्लेषण गरी हेरौँ। १)चिरन्जीवी वाग्ले, पूर्वमन्त्री, नेपाली कङ्ग्रेस मुद्दा प्रक्रियाः अख्तियारले सन् २००० को मार्च १६ मा मुद्दा दर्ता… Continue reading

के-के गुम्यो खुमबहादुर खड्काको?

Posted on August 14, 2012August 14, 2012 by Salokya

सर्वोच्च अदालतका न्यायाधीशद्वय कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको इजलासले आज गरेको फैसलापछि पूर्वमन्त्री खुमबहादुर खड्काको के के गुमेको छ त? – इज्जत (भ्रष्टाचारीको कलंक अब उनको निधारमा सदाको लागि रहनेछ) – करिअर (अबको उनको राजनीतिक करिअरमा विश्राम लागेको छ। भ्रष्ट नेताहरुले नयाँ कानुन ल्याएमात्रै, नत्र त न उनी चुनाव उठ्न पाउँछन्, न मन्त्री, प्रधानमन्त्री लगायत… Continue reading

नेताहरुलाई अदालतले किन माया गर्छ?

Posted on August 14, 2012August 14, 2012 by Salokya

अन्ततः कङ्ग्रेस नेता खुमबहादुर खड्का पनि भ्रष्टाचारी नै ठहर भए। भ्रष्टाचारी भन्यो भने देशभर आन्दोलन चर्काउँछौँ भनेर कङ्ग्रेस नेता र कार्यकर्ताले थर्काउन खोजे पनि अदालतले आफ्नो स्वतन्त्र छवि कायम राख्यो। तर भ्रष्टाचारका मुद्दाहरुमा अदालतका फैसलाहरु हेर्दा नेतालाई किन धेरै माया गर्छ जस्तो लाग्नु स्वभाविक हो। अब हेर्नुस् न, सर्वोच्च अदालतले आज खुमबहादुर खड्कालाई ९४ लाख… Continue reading

खुमबहादुर भ्रष्टाचारी ठहर

Posted on August 14, 2012August 14, 2012 by Salokya

सर्वोच्च अदालते पूर्व मन्त्री तथा कङ्ग्रेस नेता खुमबहादुर खड्कालाई आज भ्रष्टाचारी ठहर गरेको छ। सर्वोच्चले ९४ लाख ७४ हजार १ सय २३ रुपियाँ पदमा रहँदा भ्रष्टाचार गरेको ठहर गर्दै त्यति रकम जफत र त्यति नै रकम जरिवाना गर्ने सजाय सुनाएको छ। त्यसैगरी उनले डेढ वर्ष जेल पनि बस्नु पर्नेछ। एक वर्ष भ्रष्टाचार गरेकोमा र ६… Continue reading

Posts pagination

  • Previous
  • 1
  • …
  • 272
  • 273
  • 274
  • 275
  • 276
  • 277
  • 278
  • …
  • 281
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme