Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सेक्रेट पढेपछि किन डराए बाबुराम ?

Posted on July 23, 2012July 23, 2012 by mysansar

साउन ३ गते बुधबार। बिहान १० बजे साथी केपी ढुंगाना प्रधानमन्त्री निवास, बालुवाटार गएका थिए। यही हप्ता रिलिज हुने आफ्नो पुस्तक ओपन सेक्रेटको विमोचन गरिदिन निमन्त्रणा दिन। पुस्तकप्रेमी विद्वान प्रधानमन्त्रीका रुपमा चिनिएका बाबुराम भट्टराईले ‘हुन्छ, म आउँछु’ भने। ‘साहित्यप्रति एकदमै रुचि राख्ने मान्छे हुँ। सत्य घटनामा आधारित पुस्तक रहेछ, पढ्छु पनि, कार्यक्रममा आउँछु पनि’ भनेपछि ढुंगाना दङ्ग ! जाँदाजाँदै प्रधानमन्त्रीले फेरि भने, ‘समय मैले बिर्सन सक्छु है, विश्वदीपलाई टिपाएर जानु होला। उनले पुस्तक पनि छाडेर गएका थिए।

त्यही दिन राति प्रधानमन्त्रीका सहयोगीले फोन गरेर यसो पो भने- ‘प्रधानमन्त्री अहिलेसम्म किताब र पत्रपत्रिका विमोचन कार्यक्रममा जानुभा छैन, त्यसैले उहाँ आउन नसक्ने हुनुभो।’

लौ फसाद। उनले स्रोतमार्फत् प्रधानमन्त्री पत्नी हिसिला यमिसित कुरा बुझ्न लाउँदा यस्तो सन्देश पाए- ‘प्रधानमन्त्रीले वचन दिनुभएको हो भने आउनुहुन्छ, सहयोगीले भनेर हुँदैन। म आफै कुरा गर्छु।’

कुरो के भो भनेर बेलुका ८ बजे सम्पर्क गर्दा फोन उठेन। लौ न यो अचानक के भो भनी बाबुरामनिकटमार्फत् बुझ्दा पुस्तकमा विवादित विषय उठान गरेको भएर विमोचनमा आउँदा विवादमा पर्न सक्ने भएर आउन नचाहेको खुल्यो।

आखिर के छ त यो पुस्तकमा ?

बिहीबार सार्वजनिक हुने यो पुस्तक उनले मलाई अहिलेसम्म पढ्न दिएका छैनन्। उनका अनुसार मिर्जा दिलसाद वेगदेखि फैजान अहमदसम्मका ६ हत्याको घटना र त्यसपछि भएका प्रहरी अनुसन्धानमा यो पुस्तक केन्द्रित छ। सबै हत्यामा भारतीय हत्याराको नाम जोडिएको थियो। कोही पनि पक्राउ परेनन्। ‘हत्यापछि प्रहरीले गरेको अनुसन्धानले के के खुलाएको थियो ? त्यो प्रहरी र उच्च प्रशासक, नेता सबलाई ओपन सेक्रेट छ, तर सर्वसाधारणलाई अझै गोप्य’, उनी भन्छन्, ‘यसैलाई खोतल्ने प्रयास हो यो।’

पुस्तक एसएसपी रमेश खरेलले भने पढिसकेका छन्। पुस्तक बारे उनको टिप्पणी यस्तो रहेछ-

छिमेकी राष्ट्रहरूमा आफ्नो स्वार्थविपरीत काम गर्नेहरुको सफाया गर्न शक्तिशाली राष्ट्रहरुले Elimination Squad सम्म तयार गर्न पछि नपरेको कुरालाई यहाँ उल्लेख गरिएको छ। त्यतिमात्र होइन, सङ्गठित आपराधिक गिरोहहरुले पैसाका लागि Contract Killer को रुपमा काम गर्ने र नेपालमा यस प्रकारको कुसंस्कृतिको समेत विकास भइसकेको तथ्य यसमा प्रस्ट पारिएको छ।

विभिन्न देश खासगरी छिमेकी राष्ट्रका भ्रष्ट र आपराधिक पृष्ठभूमिका व्यक्तिले आफ्नो कालो धनलाई सेतो बनाउन एक उर्वर भूमिका रूपमा नेपाललाई प्रयोग गरिरहेको र भूमिगत आपराधिक सङ्गठन (अन्डरवर्ल्ड) ले समेत आफ्नो स्वार्थपूर्तिका लागि स्थानीय आपराधिक एजेन्टहरुलाई ‘युज एन्ड थ्रो’ नीतिअन्तर्गत नेपालमा उपयोग गरिरहेको खुलासा यसमा छ।

नेपाल अन्तर्राष्ट्रिय अपराधीको क्रीडास्थल बनिरहेको र अपराधको सिक्रीमा राजनीतिक पार्टीहरु, प्रहरीप्रशासन, न्यायिक निकाय र स्थानीय अपराधीहरु गाँसिएको उजागर गरिएको छ।

आ–आफ्ना स्वार्थसिद्धिका लागि भारत र पाकिस्तानका खुफिया एजेन्सीहरु नेपालमा सक्रिय रहेको र तिनीहरुको नेपालका राजनीतिक पार्टी, व्यापारिक घराना, बौद्धिक वर्ग, विद्यार्थी र सुरक्षा निकाय विशेषगरी प्रहरीमा पहुँच विस्तार भइसकेको रहस्य पुस्तकले उदाङ्गो पारेको छ।

सीमा अपराध आमनेपालीको टाउको दुखाइको विषय हो। सीमामा कार्यरत नेपालका निजामती कर्मचारी तथा सुरक्षाकर्मीको अकर्मण्यताले अपराधीले चलखेल गर्ने मौका पाइरहेका छन्। यस विषयलाई पनि पुस्तकमा महत्वसाथ उठाइएको छ।

विज्ञान र प्रविधि विकाससँगै मानव समाजसँग अपराधीहरुको समानान्तर नेटवर्क पनि विस्तार भइरहेको र नेपालमा अपराधीको यो नेटवर्कभित्र विशेषगरी आपराधिक चरित्र र पृष्ठभूमिका राजनीतिक नेता, कार्यकर्ता र सुरक्षाकर्मीको समेत संलग्नता रहेको देखिएबाट नेपालमा सङ्गठित अपराधले गहिरोसँग जरो गाडिसकेको र यसको फैलावट व्यापक बनिसकेको तथ्यलाई यसमा केलाइएको छ। यही कारण नेपाल भूमिगत, अर्धभूमिगत तथा खुला आपराधिक सङ्गठनहरुको भूस्वर्ग बनिसकेको यथार्थलाई नकार्न सकिन्न र यो हामी सबैका लागि ‘ओपन सेक्रेट’ हो भन्ने मलाई लाग्छ।

45 thoughts on “सेक्रेट पढेपछि किन डराए बाबुराम ?”

  1. bishnu bastola says:
    July 26, 2012 at 4:55 pm

    राम्रो काम मा किन लग्थेर बाबुराम/४० बुंदे शेर बहादुरलाई त बुझाए बाबुराम ले ,खै त सुस्ता,खुर्दलोटन,कालापानी,जस्ता नेपालको भूभाग भारतले उपभोग गर्दा सम्म तेस्थौका जनतालाई जनता नसम्झी सिट को लागि कान मा तेल हाली सुत्ने,प्रधान मन्त्रीको लागि १० बुधे गर्न,बिप्पा सम्जौता (सम्झौता राम्रो भए नि समय अनुकुल नभएको मा मेरो फरक मत),सुकुम्बासीको नेता भन्न रुचाउने अनि घरको न घाट को बनाउन, बुढीलाई अरु मन्त्रालय मा हात हाल्न लगाउन,छोरीलाई निउक्ति दिलौना,गुट को राजनीति गरौना, जम्बो मन्त्रि मण्डल गठन गर्न, सहमतिको बाहेक अरुको प्रधान मन्त्रि बन्दिन र संबिधान नबनेको खण्डमा एकछिन पनि त्यो पद मा बस्दिन भनि सिट नछोड्ने द्यंगी , खोक्रो राष्तियाको कुरा गर्ने भारत परस्त बाबुराम तिम्रो रुप जनता ले बुझे अब मुस्तांग चडेनी नि चाड प्रदो चडेनी जनता लाई बाल मतलब/

    भारत लाई चिडाउने के गर्थे बाबुराम ले/ त्यहाँ जओस्त मात्र भोलि पद पिलित्त ….

    जय नया नेपाल

    Reply
  2. pathak says:
    July 25, 2012 at 9:40 pm

    मेरो पोल्टाको खाजा भाउजूले दिएर खाएँ. बुढापाकाले भन्थे. छिमेकी ले सुगौली सन्धि देखि आजसम्म जेजति गरि आउन बाटो देखाएको, दिएको सबै घरका भेदिले नै हो. सिवाय एक शासक.
    आफ्नाले खुट्टा तानेपछि, छिमेकीको सहारात लिनै पर्योनी. अनि आफुले भनेको मानेपछि अरुलेभ्नेको पनिता मान्न परेनत? कोशी, गण्डकी र पंचेश्वर को कुरा धेरै सुनियो अबत नौमुरेको पनि कुरा सुन्न थालियो. पहिलाता उत्तर तिर मात्र राइफल बोकेर बस्थे भन्ने सुनिएको थियो. अबत राजधानी लगाएत अन्य ठाउमा समेत बस्दै छन् रे भन्ने सुनिदै छ. यो सबै प्रभु को लिला होइनर?
    कि कसो साथी हो??????????????

    Reply
  3. lalanath says:
    July 25, 2012 at 11:46 am

    नेपालमा रास्ट्रपति, प्रधानमन्त्रीको काम के हो उनीहरुले के गर्ने के गर्न नहुने पनि नियम छैन कि के हो??????????? यो पुस्तक बिमोचन, म: म: पसल उद्घाटन जस्ता काम गर्न प्रम जानुपर्ने बाध्यता नबनाउन हो नाम मात्रका विद्वान (मुर्ख) हरु हो

    Reply
  4. bikash says:
    July 25, 2012 at 7:58 am

    RAW एजेन्ट भए पछि के गर्ने ?? आपत परि हल्छा नि गएपछि.

    Reply
  5. raj ,USA says:
    July 25, 2012 at 12:00 am

    चोर को खुट्टा काट भन्दा चोर ले खुट्टा खुम्चायूछा भन्ने त हाम्रो उखान नै छ नि होइन र ?

    Reply
  6. hem says:
    July 24, 2012 at 11:10 pm

    येस्टो पनि कुरा हुन्छा हैन नेपाली जनता हरु ले कहिले कुरा बुझ्ने हो? अझै पनि पम लै नै सपोट गर्दै छ? के गर्नु र नेपाल त आखिर अन्दर्वाल्ड को खेल्ने ठाउँ न भयो न यो देशको सुरक्षा गण ले केहि गर्न सक्यो न यो देशको सरकार भनौदो बाबुराम चोर ले नै केहि गर्ने?? भारत ले दिन दहाडै आएर हाम्रो देश मा कसैको ज्यान लिन्छ हाम्रो सरकार र सुरक्षा निकाय ट्वाल्ल परेर बस्छा एस्तो पनि कुनै संसार मा हुन्छ? अझै कोइ साथी हरु भन्छन ठिकै गर्यो बाबुराम ले रे ? देशको सम्बन्ध बिग्रन्छ भारतसंग रे? एस्तो भारत परस्त नेता र जनता ले गर्दा त नेपाल एस्तो भएको हो नि? युरोप मा अमेरिका मा अरु देशको नाथे एउटा प्लाने आफ्नो आकाश को भाग मा उडेको देख्दा त छानबिन को लागि क्याप्चर गरेर रखिदिन्छा भने साले भारतीय ले नेपाली लै नेपालको मुटु काठमाडौँ मा देउसी आएर गोलि हानेर भाग्छ नेपाको को पोलिस फोर्स नदेखेको जस्तै गर्छा अनि नेपालको सरकार पनि खै किन हो केको लागि हो ? थाहा पाई पाई चुप लगेर बस्छा एस्तो देशको जनता भएर बस्नु पर्दा मलाई मात्र हैन सर सच्चा नेपाली को मन सारै रुन्छा न त हाम्रो कुनै इज्जत छ न कुनै मान भ्यालु नै छ हाम्रो यो संसार मा? साला अब हामी नेपाली हरु पनि यो संसार मा यो भन्दा बढी हेपिनु हुदैन केहि गर्नु पर्छा एस्तो अन्याय सहनु हुन्न्ना तर आफ्नो हात मा केहि छैन के गर्नु? हामीलाई देश प्रेमी राष्ट्र नायक चाहिएको छ यो बाबुराम त भारत को ज्वाई भन्दा पनि हुन्छ तेही माथि अरु अधिकांश नेता गण देखि लिएर बुद्धिजीवी ठुला ठुला पोस्ट को सबै भारत को नै गुलामी गर्नु ठिक ठान्छन| अब्ब हामी सच्चा राष्ट्र प्रेमी नेपाली हरु ले यो देशको बागडोर लिनु पर्छा नत्र यो देश भारत लै बुझाए हुन्छा|

    Reply
  7. शशांक लामा, न्युयोर्क says:
    July 24, 2012 at 8:02 pm

    प्रधानमन्त्रीले किताब बिमोचन गर्दै हिंडने होइन| पुस्तक बिमोचन त साहित्यिक फाँटकै मानिसले गरेको बेस!

    Reply
  8. देवेन्द्र शर्मा BPKIHS, Dharan says:
    July 24, 2012 at 6:59 pm

    चोर ले सबै भन्दा पहिले खुट्टा तान्छ भन्थे हो कि क्या हो…………

    Reply
  9. गगने says:
    July 24, 2012 at 5:28 pm

    बाबुराम गयानन र नागायर ठिक गरे, जानुपानी हुदैन थियो!
    यस्ता किताब बिमोचन, पाउरोटी उध्योग उद्घाटन, पान पसल प्रवर्दन गर्दै प्रम ले आफ्नो र देशको महत्वोपूर्ण समय खेर फाल्नु हुदैन!
    यिनीहरु त आफ्नो ब्याबसाय गर्ने धुनमा लागे साथै आफ्नो प्रचार पनि हुने ब्याबसाय पनि बढ्ने प्रमलाई बिबादमा तान्न पाय आनन्द पनि आउने कुरामा तल्लिन छन्!
    तर हामीले प्रम पदको सम्बेदनशिलता र उहाको समयको महत्वो अनि देशको बिशिस्ट परिस्थितिको अबलोकन गरि बुझी यस्ताकुराहरुलाई महत्वो नदिदा उचित हुनेछ!
    यो पुस्तक अरु कसैबाट बिमोचन गयाय पनि हुन्छ र बिमोचानै नगरायाका पुस्ताका हरु पनि हामीकहा यथेस्ट छन्!
    आज यिनको पुस्तक बिमोचन मा गयो भोलि फेरी अर्को को कबिता संग्रह प्रकाशित गरि बिमोचन लाइ बोलाउछन पर्सि एउटाको कथा संग्रह निक्लेला अनि अर्को को उपन्यास निकाल्लान अर्कोले आत्मा ग्रन्थ लेख्लान अनि अर्कोले पुराण महात्म्य लेख्लान तिनीहरुले पनि बिमोचन गर्न प्रम नै ताक्लान तिनीहरुको मा जानेकी नजाने?
    डरायो र सरायो भन्ने कुरानै बेतुकको हो!
    बरु आफ्नो किताब बिमोचन गर्न प्रम तक्नेलाई प्रोत्साहन गर्नु भन्दा तिनीहरुलाई ‘बेकुफ तिमेरुको किताब प्रबर्द्वन गर्न प्रम र देशको यस्तो सम्बेदनशील समय खेर फाल्न खोज्छस’ भनेर भनौंन!
    यहा केहि छन् जो प्रमको खेदो खन्न पाय खुबी आनन्द मान्छन माओबादीलाई गालि गर्न पाय बैतर्नी सजिलै तरिन्थ्यो भन्ने ठान्छन! तर देशको अबस्था, हाम्रो राजनीतिको बैचारिक दरिद्रता, देशको बिशिस्ठ भू-राजनीतिक अबस्था र समय आदिको खयाल गर्न सक्दैनन्! अनि गर्न खोज्नेको खेदो गर्न समय नस्ट गर्ने काम गर्न नदिने आदि आदि गर्ने र देश छानी एकै रातमा बनोस रातारात बेलायत अमेरिका नर्बे जस्तो होस् भन्ने आशा र चाहना राख्छन तिनीहरुलाई मुर्ख बाहेक के भन्नु पर्ला र!
    जे होस् बाबुराम गयानन र जानु हुदैन थ्यो! उहा हामि भन्दा जान्ने बुझ्ने प्रबुद्द प्राज्ञ आदि आदि हुनुहुन्छ! जे गर्नु भयो र गर्नु हुन्छ ठिक गर्नु भयो ठिक गर्नु हुन्छ भन्न सक्छु म!
    र यी लेखक हरुलाई सल्लाह दिन चाहन्छु आइन्दा आफ्नो कुनैपनि कृतिको लागि प्रम जस्तो व्यक्तिको समय बर्बाद गर्न तिर नलाग्नुहोला भलै माकुनेको होस् या रामचन्द्र कै हो वा त्यो पदमा ओली नै किन नहोस! बरु रास्ट्रपति को समय ताक्दा तेती फरक पर्दैन होला वा अन्य समय बिताउन हाइ गर्नुपरेका हरु जत्ति पनि छन् हो हामीकहा!
    ज्ञानेन्द्रलाई नै कुरेनी त हुन्थ्यो, पुजा गरि हिदिराखेका छन् र!

    Reply
  10. Ramesh Neupane says:
    July 24, 2012 at 1:24 pm

    भट्टराईले आफ्नो पनि पोल खुल्ने डर ले पो पुस्तक बिमोचन गर्न डरायेका हुन् कि…..??

    Reply
    1. madan bajracharya says:
      July 24, 2012 at 11:17 pm

      भट्टराई कै पोल खोले डरले होईन; आफ्नो र नेपालको धेरै नेता नामको भारतको केटाहरुको “प्रभु” को पोल खुल्ने भय बात पुस्तक बिमोचन गर्न नगयको हो जस्तो देखिन्छ/ आखिर भट्टराई भारतको केटा- नेताहरुको सहमतिको अग्लो कुर्कुच्चो भयको जुटा लगायर आफुलाई अग्लो देखाईरहेको नपर्यो/

      संबिधान बनाउने अमुल्य समय नगर पालिकाको कुचिकारको काम गरेर बिताउनु हुने तर भारत को अतिक्रमण को बारेमा लेखेको कितावको बिमोचन गर्न जान नहुने; त्यो पनि मात्र काम चलाउ पदमा रहेकोले?

      कितावले भारतलाई नाङ्गो पार्यो/बाबुरामले पुस्तक बिमोचन गर्न नगयर आफैलाई नाङ्गो बनायो त् धन्यबाद दिउन नेपालको लालुरामलाई किन कि अर्को किताव लेखेर उजस्तैलाई फेरी फेरी नंग्याई रहने झन्झट कुनै लेखकलाई गर्नु परेन/

      Reply
  11. subu dhungel says:
    July 24, 2012 at 11:19 am

    बाबुरामलाई नै बिमोचन किन गराउनु पर्यो नि ? आफु निकै राम्रो मान्छे जस्तो गर्थ्यो खै के गर्यो र देशकोलागी ? कमसेकम आफु र पार्टीको लागि थोरै हेरेर भएपनि देश र जनताको लागि बढी नै गर्नु पर्थ्यो अरुले गर्न दिएनन् भनेर आफू बच्न खोजेर कहाँ पाइन्छ र जनताहरुले सबै मुल्यांकन गरी सकेका छन नि के सोचेको होला आफूलाई /

    Reply
    1. mahesh says:
      July 24, 2012 at 1:15 pm

      प्रधानमन्त्री ले गर्ने सार्बजनिक काम ले छिमेकी रास्ट्र लाइ के असर गर्दछ त्यो पनि त हेर्न पर्यो नि. भारत लाइ दोष लगाएर वा चाइना लाइ दोष लगाएर वा कुनै रास्ट्र लाइ सोझै दोष लगाएर लेखिएको पुस्तक को बिमोचन कुनै पनि प्रधानमन्त्री ले गर्न हुदेन. यो बाबुराम ले गरेको सहि निर्णय हो. माइ संसार भने कुरै नबुझी गालि गर्ने को अखडा बनेको छ. केहि उदाहरण
      १) कुनै निर्धो त के महाशक्ति रास्ट्र ले समेत दलाइ लामा लाइ भेटुन त चाइना ले के भन्दछ?
      २)” पेलेस्तैनी बच्चा जन्मदा नै रास्ट्र बिहिन भएर जन्मेका हुन्छन” भनेर सार्बजनिक कार्यक्रम मा (२००४) भन्दा चेरी ब्लेअर (टोनी ब्लेअर को श्रीमती) ले इजराइल बात कस्तो कुटनैतिक झाप्पु भेटन पर्यो र अन्तिम मा माफि माग्न पर्यो?
      ३) साथि भाइ को जमघट मा प्रिन्स ह्यारी ले स्वास्तिक भएको लुगा लगाउदा इजराइल ले कस्तो प्रतिक्रिया दियो?
      तेसकारण सार्बजनिक पद अझ त्यो पनि प्रधानमन्त्री जस्तो व्यक्ति ले भारतीय सस्थापन लाइ दोष लगाएको पुस्तक को खुला रुप मा बिमोचन त पाकिस्तानी प्रधानमन्त्री बाहेक कसै ले गर्न सक्देन किन भने उनि हरु युद्द को अवस्था मा नै छन. भारत संग को बढदो व्यापार बिग्रन सक्छ भनेर शायद चिनिया प्रधानमन्त्री नै भएको भए पनि तेसो गर्ने थिएअनन् भने नेपाल को त कुरै छाडी दिउ, बरु हामी ले पनि परिपक्क भएर कमेन्ट गर्ने हो कि?

      Reply
    2. Suraj says:
      July 24, 2012 at 2:48 pm

      Single Person can not handle whole nation I am not a maoist but I am a supporter of Baburam… बाबुराम लाई धन को तेती धेरै लोभ भएको भय उहा ले बरिस्ठ engineer हुदै कमौना सक्नु हुन्थ्यो, I know that he wants to help nation how much he can but other leader of माओबादी, कांग्रेस, एमाले, फोरम, इत्यादी क नेता हरु ले सहयोग नै गरेनन then how could it be possible to handle a whole nation…….

      Reply
  12. SURENDRA SUBEDI hongkong says:
    July 24, 2012 at 10:10 am

    राजनीति गर्ने नेता,व्यापार गर्ने ब्यापारी सबै कुनै न कुनै शक्ति बाट परिचालित भएका ले गर्दा बाबुराम भन्ने चरी पनि अछुतो कहाँ होला र?शंका नै शंका र हल्ला नै हल्ला ले चल्ने हाम्रो देस मा जे पनि हुन् सक्दैन भन्न नै कहाँ सकिन्छ र?बाबुराम पनि डराएर होला पुस्तक बिमोचन मा न गएको /

    Reply
  13. HARKANAMAN SHAHI says:
    July 24, 2012 at 10:00 am

    आफ्नो खाल्टो अरुले खनेको देखेर हो डराएको ! त्यति पनि बुझ्नु पर्दैन..?

    Reply
  14. bkpandey says:
    July 24, 2012 at 6:18 am

    डराउनु पर्यो नि , के के गर्छु देस र जनताको बिकासका लागि भन्ने गर्थे , केहि गरेपनि , तर नेपालको cancer हो कांग्रेस बाट सुरु भएको अन्धाधुन्न भ्रस्टाचार पछी आएको अराजकता को निर्मुल गर्न तर्फ लग्नु पर्छ अब, त्यसको लागी हेल्लो सरकार बाट मात्र हुदैन खुलेआम जनता लाई म यस्तो गर्दै छु , त्यसमा जनता ले के भन्छ , मलाई साथ दिन्छ भनि अगाडी बढ्ने , पार्टी सार्टी गए जहन्नुम ,जनताको पार्टी सुरु गर. २२ बर्से बहुदलीय प्रणाली हटाएर one person one vote हुनु पर्यो , नत्र कहिँ नभएको जात्रा भन्ने जस्तै चुनाब हारेका कुर्सीमा सुपर ग्लु लगाएर बसेका छन्.र छोटो अबधिमा १० पुस्ता लाई पुग्ने धन भ्रस्टाचार गरि कमाई रहेका छन्.अब कहाँ सम्म लाज लाग्ने ग्रिह मन्त्रि टोलीमा फरार कैदी लामा सुटटाई लगाई छाती फुलाएर हिडेको द्रिस्य t .v मा हेर्दा एक स्वाभिमान नेपाली लाई कस्तो दुख लाग्दो हो मलाई जस्तै.डाक्टर साब यो cancer लाई तपाइले जनताको सहयोग मा ठिक गर्नु पर्छ.त्यसपछि अरु भ्रस्टचारी कि जेल मा हुन्छन् या बिदेस भाग्छन . हालको बिहारमा जस्तै ?????

    Reply
  15. योगेश आदी, न्यूयोर्क says:
    July 24, 2012 at 5:30 am

    बाबुरामजी उत्तरको हाँगोमा समातेर दक्षिणको हाँगोमा टेकी आफुलाई दोहोरो सुरक्षित पार्न खप्पिस रहेको ‘ओपन सेक्रेट’ नै हो नि !
    यस्तो मान्छेले कसरी भारती गिरोहको नेपालमा चलखेल सम्बन्धमा लेखिएको ओपन सेक्रेट को रिबन कसरि काट्ने हिम्मत गर्छ त !??

    Reply
  16. Birkhe says:
    July 24, 2012 at 4:44 am

    हामी नेपाली पाखण्ड भैसक्यौ कि भन्ने संका लाग्न थाली सक्यो मलाई त, हामी तिनै मध्येका हौ जो दुइ चार दिन पहिले नेता हरुले रिबन काटेको/बिमोचन गर्न गएको मा बिरोध गर्थेउ, अनि हामी नै उनीहरुलाई तेस्तो काम गर्न उत्प्रेरित गर्दा रहेछौ त? कसैले तर्क गर्ला पुस्तक बिमोचन गर्नु भनेको त राम्रो काम हो नि रिबन काट्न गएको जस्तो हो र? तर मलाई यी दुइ काममा कुनै तात्विक भिन्नता लाग्दैन, राम्रा किताब हरु लाइ पब्लिसिटी को आवस्यकता पर्दैन, यदि पुस्तक को पब्लिसिटी गरिन्छ भने पुस्तक लेखन एउटा ब्यापार हो, न कि समाज/साहित्य सेवा!
    बिडम्बना!! जसलाई हामी बौदिक जमात/व्यक्ति भन्छौ तिनी हरु नै समाजमा कुरीति बसाल्न मद्धत गरि राखेका छन्/ पत्रकार महोदय हरु (सबै होइनन, तर उलेख्य संख्यामा) त येस्मा अरु भन्दा दुइ कदम अगाडी छन् !!
    आक्रोश होइन सुझाबको रुपमा लिनु होला, फेरी पनि कसैलाई चोट पर्न गएमा क्षमा चाहन्छु!!

    Reply
  17. Binod says:
    July 24, 2012 at 3:06 am

    हैन अहिले नेपाल मा क भएको . कुनै सानो कार्यक्रममा नि प्रधानमन्त्री लाइ नै उधघाटन गराउदो रहेछ . प्रम जस्तो जिम्मेवार बेक्ती लाई एस्तो सानो तिनो कार्येक्रम मा अल्झाएर बस्ने समय होइन यो . यो त उनीहरु ले आफ्नो स्वार्थ को लागि आफ्नो किताब , बुसिनेस फस्ताउना एस्तो गरिदैछ .

    Reply
  18. Barmalut says:
    July 24, 2012 at 2:32 am

    किताब का लेखकले किताब बिमोचन गर्न किन प्रधानमन्त्रि नै रोजे ?
    यसमा निम्न कुराको सग्का दिखिन्छ,१ . आफ्नो सान देखाउन ?
    २ .अरुहारु बाट गराउदा लेखकलाइ आफु घटिया बोध हुने प्रस्ट भान देखिन्छ ?
    तेसैले लेखकको सहि लेख छ भने जो कोहि बाट गर्दा पनि केहि फरक पर्दैन कुछ .. कुछ
    होताहे लेखमा …

    Reply
  19. Pradip dongol from AZ says:
    July 24, 2012 at 2:31 am

    Truth is always bitter.

    Reply
  20. Dhir says:
    July 24, 2012 at 12:51 am

    बाबुरामलाई किन बिमोचन गराउन लाउने? अरुले त गरे गरे, हाम्रा सचेत पत्रकारहरुले जानाजानी प्रधान मन्त्रीको मुल्यमा यस्तरी ह्रास ल्याउन खोजेको देख्दा कसलाई के भन्ने? माधव नेपाल प्र म हुँदा जस्तो अरु केही काम नपाएर चाइने नचाइने बिमोचन र उद्घाटन गरिहिडने र समय नष्ट गर्ने उनी होइनन|
    यस्तो बिमोचन गर्ने काम फुर्सददार ओली, सुजाता वा कनक दीक्षित जस्ता बुज्रुगहरुबाट गराए हुन्थ्यो, भाषण पनि छाट्ने मौका मिल्थ्यो, मेडियामा पनि छाउथ्यो र हामीलाई फजुलमा दुईचार सल्लाह पनि उपलब्ध हुने थियो र सके अरुलाई छड्के र पड्के पनि हान्थ्यो|
    यस्तो काम प्रज्ञा प्रतिष्ठान वा सुचना विभागको महानिर्देशकबाट गराए राम्रो हुन्छ| हाम्रो नेपालमा जे पनि ओपन सिक्रेट|

    Reply
    1. पुष्प says:
      July 24, 2012 at 6:44 am

      ‌ओपन सिक्रेट भन्ने अनि, कति न कुनै ठूलै काम गर्याजस्तो पनि गर्ने ! त्यसमाथि जाबो एउटा किताब विमोचन गर्न प्रधानमन्त्री डाक्ने ? यस्तै मतिले गर्दा हो देशलाई अधोगतिमा लाग्ने । जेजस्तो कारण देखाएपनि बाबुराम उक्त कार्यक्रममा नगएर धेरै राम्रो काम गरे ।

      सुशील ‘दा’ बोलाउनुपर्ने मान्छे, सके त रामवरणलाई बोलाउनुपर्ने मान्छेले बाबुरामलाई बोलाएर एकतीरले दुइ निशाना साँध्न खोजेका हुन् कि ? आफ्नो किताब प्रचार गर्न र बाबुरामको छवि धमिल्याउन ।

      Reply
  21. काउचा says:
    July 23, 2012 at 11:37 pm

    लेखक केपी ढुंगाना जी..तपाई प्रधानमन्त्री भन्दा श्रेष्ठ हुनु हुन्छ , यदि डा. बाबुराम जी पनि सच्चा राष्ट्रप्रेमी हुनुहुन्छ भने, बिमोचन किन नगरिदिनु भएको त…कुरा त सधै राष्ट्रिय स्वाधिनताको कुरा गरिरहनु हुन्छ…एकजना भारतीय चर्चित लेखक एस.डी.मुनिले पनि पहिले नै लेखिसकेका छन् कि बाबुराम लगायत नेपाली नेताहरुले भारतको अहित हुने काम कहिले नगर्ने सम्झौता गरिसकिएको खुलाइएको छ ….सायद बाबुराम जी पनि “ओपन सेक्रेट” ले उहाको सेक्रेट पनि पदार्पण हुन्छ भनेर हो कि…के,पी, ढुंगाना जी तपाई को लेख बिमोचन बिना पनि..मजाले सबै पाठकसामु पुग्छन नै …”अकबरी सुनलाई कसी लाउनु पर्दैन”

    Reply
  22. Harke says:
    July 23, 2012 at 11:32 pm

    “एस डी मुनी” ले माओबादी र “र” को अन्तरंग सम्बन्धको बारेमा लेखेको किताब पढेदेखि माओबादी नेताहरु किताब भन्ने बित्तिकै डराउछन क्या !

    Reply
    1. madan bajracharya says:
      July 24, 2012 at 11:29 pm

      हर्केज्यु
      यस दि मुनि जसलाई “भारत आश्रित नेपालको राजनीतिको बिशेसग्य” को रुपमा लिईन्छ र जसले १२ बुंदे सम्झौता समेत ड्राफ्ट बनायको थियो; त्यो यस दि मुनिले मावोबादीको बारेमा किताव लेखेको भनेर तपाईंले बने पछी खोजियो र केहि अंश पढियो पनि/ धन्यबाद हर्केज्यु/

      नेपालको नेताहरु आफ्नै देसको नागरिकको मतमा भरोसा राख्नु भन्दा भारतको लात अंगालेर किन बस्छ भन्ने कुरा नै बुझी नसक्नुछ/ अब मलाई माथिको किताव पढ्ने रहर छ, तर कसरि प्राप्त गर्ने यहि समस्या छ/ गिरिजाले पनि आफ्नो आत्म कथामा बिरेन्द्र हत्या काण्ड भारतले नै गरायको भनेर लेखेको छ भनेर चक्र प्रसाद बास्तोला ले नै भनेको छ/ त्यो गिरिजाको किताव बाहिर नायको पनि सायद तेसै कारणले हो कि/

      अचेल पुरुषलाई महिला बनाउने ईन्जेक्सन पनि बनि सक्यो भन्छ; सायद दिल्ली पुग्ने नेताहरुलाई भारतले कुनै ईन्जेक्सन दियर ल्याउँछ क्यारे जसले गर्दा उनीहरुको ……/

      Reply
    2. पुष्प says:
      July 26, 2012 at 11:42 am

      एसडीमुनिले आफ्नो खुट्टामा आफैंले बञ्चरो हान्छन् र ? खै कस्तो अन्तरंगका बारेमा लेखेहामी पनि पढुँ न !

      Reply
      1. Harke says:
        July 30, 2012 at 7:54 am

        पढ्नुस पढ्नुस….. बरु पुकदालाई थाह न दियिकन पढ्नुस है !
        बुक: Nepal in Transition:
        Publisher: Cambridge University Press
        Print Publication Year: 2012
        Online Publication Date: April 2012
        Online ISBN: 9781139021869
        Hardback ISBN: 9781107005679
        Paperback ISBN: 9781107668980
        Chapter 12 – Bringing the Maoists down from the Hills: India’s Role pp. 313-331
        By S. D. Muni

        Reply
  23. Daya says:
    July 23, 2012 at 11:28 pm

    अहिले भने बाबुरामले ठिक काम गरेछन है।

    Reply
  24. रोशन बाबु says:
    July 23, 2012 at 11:28 pm

    नबिराउनु नडराउनु !! थाहा होला नि |

    Reply
  25. Bikash says:
    July 23, 2012 at 11:11 pm

    अब केपी ढुंगाना पनि कस्तो मान्छे रहेछ??? यस्तो आफ्नै पार्टीभित्र त्यत्रा धेरै र ठुला नेताहरुलाई बिमोचन गर्नु लगाए भईहाल्यो नी, शुसिलदा, शेरे दाई, मानेन भने गनगने थापा जी छँदै छ नी युवा नेता।।।
    अब यही कांग्रेसी पत्रकारहरुले बाबुरामको उछित्तो काढ्ने अनि उसैलाई बिमोचन गर्न दिने? यो त अति भो नी आफ्नै माउ पार्टीलाई किन त्यती अवहेलना गर्या होला यो केपी ढुंगानाले???

    Reply
  26. Bhakta Gurung Boston USA says:
    July 23, 2012 at 11:04 pm

    इंडियाले नेपाललाई एउटा युद्ध भुमि अर्थात् कुरू क्षेत्रका रुप मा प्रयोग गरी रहेको छ ! नेपालका राजनीतिक पार्टीहरु कुरुक्षेत्रको सैन्य कमान्डरहरुको रुपमा र जनताहरु भेडो लडाकुको रुपमा मात्र सिमित छन् ! नेपाली राजनीतिज्ञहरुले जब सम्म स्वतन्त्र र स्वबिबेक लगाएर अगाडी बढ्न सक्दैनन् तब सम्म देशको स्थिति यस्तै कुरुक्षेत्रको रुपमा प्रयोग भई रहनेछ ! अब एउटा मात्र उपाय छ सम्पूर्ण गरिव, जनजाती,दलित तथा सिमान्तकृत वर्गका मानिसहरु मिलेर एउटा बृहत मोर्चा बनाउने र अहिले सम्म भएका पार्टीहरुको भण्डाफोर गर्दै एउटा शक्तिशाली पार्टी निर्माण गर्ने! बल्ल अहिलेसम्म भएका गल्ति कमजोरीहरुलाई सच्च्याउदै अघि बढ्ने यो नै आजको आवस्यकता हो!

    Reply
  27. ashok says:
    July 23, 2012 at 10:59 pm

    सर्बप्रथम, लेखकलाई मेरो तर्फबाट बधाई ! समिक्ष पढेपछि आफुलाई उपयुक्त लागे पुस्तक किनेर पढ़ौला ! मसंग आज एउटा छोटो अनी पुरानो प्रश्न छ, जसको उत्तर मैले जीवनमा कहिल्यै न कसैसंग बुझ्ने प्रयास गरे, न कसैले मलाई बताए ! आज ‘सेक्रेट पढेपछि किन डराए बाबुराम?’ शिर्षकको ब्लग पढेपछि भने यो प्रश्न को जवाफ जान्न आवश्यक ठाने ! लेखक लगायत अन्य जान्नेबुझ्ने पाठकहरुले इमान्दर्पुर्बक र सरल तरिकाले मेरो प्रस्नको उत्तर दिनुभए म ज्यादै आभारी हुने थिए !

    प्रश्न:

    भन्ने बेलामा हामी नेपालीहरु स्वतन्त्र पेसेवार, लेखक, बुद्दिजिबी, बिज्ञ आदी भनेर आफूलाई चिनाउन रुचौछौ, तर सानो काम गर्नु परे नेतासंग नटाँसी केहि गर्न सक्दैनौ, किन होला? एउटा पुस्तक लेखन कति मेहेनत गर्नु पर्छ, म अनुमान गर्न सक्छु ! अब, बाबुरामले नै किन बिमोचन गर्नु पर्यो? अरु विज्ञहरु छैनन्? बाबुरामले पुस्तक बिमोचन गर्दा के हुन्छ? र, नगर्दा के हुन्छ? कसैबाट जानी राख्न पाए कुनै बेला होसियारी अपनाउन सजिलो हुने थियो ! धन्यबात !

    Reply
    1. james says:
      July 24, 2012 at 12:20 am

      किताब लेखेर मात्र हुदैन , लेखेको कुरा हामीलाइ थाहा हुनु पर्यो त्यस्को लागी मिडियाको सहारा चाहिन्छ अनि मिडिया नेताका पछि , फेरी प्रधानमन्त्रिले विमोचन गरे मिडियामा राम्रो कभरेज पाइन्छ अनि पुस्तक छ भनेर धेरैले थाहा पाउछन अनि किन्छन ।

      Reply
  28. Ramesh says:
    July 23, 2012 at 10:37 pm

    बिदेशी प्रभु संग को सम्बन्ध मा असर पर्ला भनेर होला | कुर्शी वाट हटाइनु भो भने उद्घाटन मात्र हैन आफै किताब लेख्ने र सुरुंग युद्ध को खाका नि कोर्नुहुन्छ उहा |

    Reply
  29. बिनोद तिमिल्सिना says:
    July 23, 2012 at 10:24 pm

    १००/२००मा राष्र्टियता बेच्न नहिच्किचाउने प्रहरी र सानो काम गर्दा छिमेकि सँग आफ्नो व्यक्तिगत सम्बन्ध बिग्रन्छ कि भनेर काम गर्न डराउने नेताहरुको यो देश!!!जनतालाई कस्ले गन्छ र????????????

    Reply
  30. sundar regmi says:
    July 23, 2012 at 10:13 pm

    आखिर भारत भक्त न परे बाबुराम दाइ….. खपी नसक्नु भएहोला नि भारत लाई गाली गरेको….
    कुर्शी लाई बचाउनु पनि त छ नि…

    Reply
  31. sandesh says:
    July 23, 2012 at 9:50 pm

    सम्बेदनशील बिसयमा प्रधानमन्त्री सार्बजनिक रुपमा नबोलेकै ठिक | पत्रिका अनि लेखक ले पत्रिकबजी , पुस्तक बाजी गरेकोलाई पनि पुरै नकारात्मक भन्न मिल्दैन , राम्रै दबाब श्रीजना गर्छ | तर सरकार ले कुटनीतिक तरिकाले , डराई डराई भएपनि इंडिया संग कुरा राख्न छोड्नु भएन | तर खै यी बबुरा बाबुराम को केहि हुति छैन जस्तो छ | आफ्नो देशको शान्ति सुरक्ष्या त आफ्नो नियन्त्रण मा हुनु पर्यो नि, बिदेशी सद्वाब, विकास सहयोग , व्यापार भनेको तेस्पची को कुरा हो |

    Reply
  32. Lalit Narayan says:
    July 23, 2012 at 9:30 pm

    यो पुस्तक न साहित्य, न जीवनी, न लोक हित संग सम्बन्धित नै l त्यसैले प्रधान मन्त्रिले नै विमोचन गर्नु पर्ने खालको देखिन मैलेत, प्र म ज्युले नि त्यस्तै ठान्नु भयो कि सायद l

    Reply
  33. Madhab Bhattarai says:
    July 23, 2012 at 9:17 pm

    This is an open secret. नेपाल भनेको भारतीय (बिशिस्ट अधिकार सहित किन कि उनीहरुलाई बढी अधिकार छ हामी माथि) तथा अन्यं बिदेशीहरुको लागि जे मन लाग्छ तेही गर्ने एउटा खुल्ला मैदान (Open Play Ground) भैसकेको छ भनेर कुनै किताब लेख्नु पर्ला र ??? This is very clearly known to all Nepali People. थुक्क हाम्रो दुर्भाग्य !!!!!!!!!

    Reply
  34. द्रोण says:
    July 23, 2012 at 9:06 pm

    धन युद्द ताका आफु हरुलाई हतियार सप्लाई गर्नेको नाउ पनि परेछ कि त्!!
    येसैले भनेको
    ”जब पियाकी नाम आइ ,मे तो अपनी भुल गइ ”

    Reply
  35. Resham says:
    July 23, 2012 at 8:35 pm

    लौ एस्तो अपराध र अपराधीको जालो ले जेलिएको रहस्य को कुरा भएको पुस्तक बिमोचन गर्न जानु डरौनुमा के होला तेस्तो? कतै लहारा तान्दा पहरा गर्जिने हो कि ? के थाहा?

    Reply
  36. Raj says:
    July 23, 2012 at 8:32 pm

    हज्जारौ अपराधको एउटा अपराधी नाइकेले जाबो ६ वटा अपराधको बारेमा बिमोचन गर्न किन डराए होलान? अचम्म छ बा!!!!

    Reply
  37. Suman says:
    July 23, 2012 at 8:09 pm

    controversial book संग आफुलाई जोड्न नचाहेको हुन सक्छ, ठुलो कुरा होइन

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme