-दामोदर कोइराला-
२४ भाद्र २०५४
आजभोलि मेरो स्वभावमा पनि चिड्को (चिडचिडाहटपन) बढ्दै गइरहेको छ ।
अभावको पीडा त उनले पनि भोगिरहेकी छिन् नि ! खाने मुख थपिए । बेलामा
चेत पसेन । मेरो घरमा पसेदेखि बिचरीले सुख के हो थाहा नै पाइनन् ।
बुहार्तन बाहेक के पो दिन सकें र ? म आज कार्यालयबाट फर्कंदा पर
खर्दार्नी बज्यैका घरमा बज्यैसँग भावनाले रसिला आँखा लिएर कुरा गरिरहेको
देखेँ,मलाई देखेपछि फरक्क फर्किन् । के भएछ र हो कुन्नि ? हिजो अलि बढी
रिसाएछु कि ? बिचरीले पीर पोखून पनिकहाँ र ? पदको खर्दार भए तापनि
भन्सार कर्मक्षेत्र परेकाले सम्पन्नै छन् । छिमेकी हुन, सुखदुःखमा मनका
कुरा पोख्ने ठाउँ त्यै भयो । कहाँ जाउन् त बिचरी ! जेहोस्, भोलि राम्रो
मुखले सम्झउनु– पर्ला ।
२५ भाद्र २०५४
आजभोली उहाँ सानोतिनो कुरामा पनि झडङ्ग रिसाउनुहुन्छ । अस्ति बाबुले
पढेन भनेर पनि मैसँग खनिनुभयो । केटाकेटी हो, पढ्ला नि, सम्झाउनु पो
पर्ने ! चौध–पन्ध्र वर्Èदेखि बेहोर्दै आएको मान्छे पनि आजकाल त पराई पो
हो कि जस्तो लाग्न थालेको छ । हुन त केटाकेटीहरु पनि कुनै गतिला
होलानजस्ता छैनन् । आपसमा खालि मारामार, लुछाचुँडी मात्र गर्छन् । मलाई
त रुवाएरै छाड्ने भए । फेरी हाम्रो भत्केको–बिग्रेको खालि तिनै
खर्दारका खलकले मात्र किन थाहा पाउनुपर्ने होला ? हुनेखाने भएर पनि
भएजस्ता नदेखिने मोराहरु ! पोहोरसम्म फाजिती कि फाजिली कुन्नि केजाति
मुखिया थिए भन्थे, खर्दार भैसके । के खाऊँ के लाऊँ छैन । खै, हाम्रो त
कहिले हुने हो कहिले ?
२५ भाद्र २०५४
घर पनि बिरक्तलाग्दो छ । हँसिलो अनुहार कसैको छैन । दिनभरि
कार्यालयमा खटेर काम ग¥यो, खाजा खाने बेलामा झलझली घर सम्झिनुपर्ने
।आम्दानीले आधा महिनाको खर्च मुिस्कलले धानिन्छ । तैपनि बिचरीले धन्न
खप्न सकेकी छन् । कहिलेकाँही त उनिप्रति दया जागेर आउँछ । तर बिडम्वना !
केही गर्न सकेको होइन । हुन त उनि पनि मसँग आजभोलि त्यति खुलेर
बोलेकी छैनन् । सोध्दा केही भएको छैन’ मात्र भन्छिन्् । अभावमा
पिल्सिँदापिल्सिँदै सिद्घिने भइन् । लाग्छ, आफ्नो अस्थिपञ्जर बोकेर
हिडिरहेकी छन् । यसो अनुहार हे¥यो— खिस्स हांस्छिन्, विवशताको हाँसो;
व्यङ्ग्यबाँण हानेजस्तो लाग्छ मलाई मेरो पौरखप्रति । गएराति ओछ्यानमा
पनि केही बोलिन् । कतै मेरो चरित्रप्रति शङ्का त गरिनन् ? लोग्ने —
मानिस हुँ , बाहिर यसो हाँसखेल त भैहाल्छ तर मेरो सन्दिग्ध आचरण त के
नै छ र ? मात्र एउटा रोग न हों– महिनाको उत्तरार्ध, चरम अर्थअभाव“
भावना ! तलब आउन सात दिन अझै बाँकी छ । गाह्रोसाँघुरो भएको त छैन ?
बाँकी दिन कटिहाल्ला नि ?” यही प्रश्न आउला र जबाफ दिउँला भनेर
बसेजस्तै, सोधाइको जबाफ तुरुन्त फक्र्यो– “ सधैँ यस्तै त हो नि, किन
पिर गर्नुहुन्छ ?” यद्यपि सहानुभूतिको स्वर थियो यो तापनि यस्तो
लाग्यो कि यो महज व्यङ्ग्य हो र तातो झीर बनेर कानमा पसिरहेको छ । आखिर
डेढ दशकको सङ्गतले केही त बुझ्ने बनायो नै, के दिन सकेँ र यस
अन्तरालमा उनलाई ! जेहोस् यस्तो सोचाइको अब कुनै प्रयोजन बाँकी रहेन ।
२६ भाद्र २०५४
हिजोआज उहाँ झन्झन् थकित र चिन्तित– जस्तो देखिनुहुन्छ । हामीहरुकै
पीरले त होला नि ! दुई— चार अक्षर जानेर मात्र नहुने, यसो मैले पनि
जागिरसागिर खाएर उहाँलाई अलिकता मात्र सहयोग गर्न सकेकी भए उहाँको
भारी केही हलुका त हुन्थयो होला नि ! आखिर सम्पन्नता भन्ने कुरा
त भावीद्वारा लेखाएरै ल्याउनुपर्ने रहेछ । तिनओटा सन्तान, हामीजत्तिका
जगिरेलाई खासै बोझ हुनु त नपर्ने हो तर पनि कहाँ के नपुगेर हो खै,
कहिल्यै शान्तिको सास फेर्न पाइएन । खर्दार्नी बज्यैको भाग्यको सानो
अंश मेरोमा परेको भए पनि विधाताको के खोटिने थियो र ?जेहोस्, उहाँ
प्रसन्न भएको देखिरहन पाए मलाई सर्वस्व पाएजत्तिको हुन्थ्यो ।
२७ भाद्र २०५४
आज मनमा कुरा खेलिरहेको थियो । प्रत्यक्ष कारण केही नदेखिए तापनि मन
किनकिन उदास थियो । भावना चिया लिएर आइपुगिन् । मैले विनाप्रसङ्ग
अनायासै सोधे— “भावना ! तिमि मसँग किन टाढाटाढा हुन खोज्छ्यौ ? किन
नजिक पर्न पनि नपरे हुँदो होजस्तो गछ्र्यौ ? कि मसँग अघायौ ?” उनले
तत्कालै प्रतिवाद गरिन्— “आम्मै नि ! के भन्नुभएको ? हजुरसँग अघाउनु ?
अघाउनुपर्छ भने त म त्योभन्दा पहिल्यै यो संसार छाडेर जान्छु नि !
बरु म, यी केटाकेटी पो हजुरको उन्नतिप्रगतिका बाधक भएका छौँ; बोझ भएका
छौँ !” भन्दै रुन थालिन् ।उनि त यही हिनताबोधले पो टाढिएजस्ती भएकी
रहिछिन् ।यसरी मन सफा भयो । मेरा छिमेकी उनै खर्दार बाजेले कुम्ल्याएको
अकुत सम्पत्ति र वैभव पनि मेरो यो क्षणिक आनन्दानुभूतिको अगाडी ज्यादै
होचो भएको महसुस गर्न थालेको छु ।
२८ भाद २०५४
उहाँलाई के भएको हो कुन्नि ? हिजो सहज पारामा कस्तो गहन कुरा
सोध्नुभएको हो ? के बोलुँ के बोलुँ भयो । मेरो त धन्नै बोली नफुटेको । म
उहाँसँग अघाएँ रे ! नजिक पनि जान्न रे ! जबाफ त दिएँ ,के सोच्नुभयो
कुन्नि थाहा भएन । तर महिनाको चार—चार हजार ल्याएर दिँदा पनि राम्रो
घरव्यवहार चलाउन सकिनँ । मीठोमसिनो खुवाएर कहिल्यै मुख फेराउन सकिनँ ।
बाँच्ने धुनमा उहाँको किलकिले नै समाएर झुन्डियौँ, अनि म कसरी स्वागिली
( साखिली ) हुन सक्छु त ? धेरै पटक सोच्दा हामीबीचको यो मनमुटाव–को
मुख्य कारण न्यून आयस्रोत नै हो । उहाँको प्रमोसन भए त यसै पनि तलब बढ्ने
थियो । हामी पनि छिमेकीभन्दा कम हुने थिएनौ । घरखर्च त सुबिस्ताले चल्ने
थियो भन्ने सोचेर प्रमोसनको कुरा सोध्छुसोध्छु भन्यो आजसम्म आँट गरेर
सोध्न सकेकी छैनँ ।
२८ भाद्र २०५४
हिजोको कुराले हामी जोईपोईबीचको भ्रम हटेर गएजस्तो छ । भावना पनि फुरफुर
परेकी छन् । हुन त यो मेरो भ्रम पनि हुन सक्छ । बाहृ्य सुधार केही पनि
भएको छैन । अभाव अझ ठूलो मुख बाएर अगाडि बढ्दै छ तापनि हामीबीचको
अभावजन्य मनोमालिन्यले उब्जाएको गह्रुङ्गोपन विस्तारै हल्का हुँदै
गएर नयाँ स्फूर्ति सञ्चार भएको छ जसको वास्तविक सुखदुःख कुनै वस्तुको
प्राप्ति र अभावमा नभएर भावनात्मक रुपमा आपूmभित्रै हँुदो रहेछ भन्ने
‘दिव्यज्ञान’ खुल्न गयो ।
७ आश्विन २०५४
मैले उहाँसँग सोध्न खोजेको त्यो प्रमोसनको कुरा आजसम्म पनि सोध्न सकेकी छैनँ ।
पहिला पनि पटकपटक सोध्न खोज्दा सकिनँ । आज बिहान पनि उहाँ अफिस जाने बेलामा
त्यै कुरासोध्न खोज्दै भनेकी थिएँ—“एउटा कुरा सोध्नु थियो ।”
“ किन भरे सोधे हुदैन ? जरुरी छ र ?” भन्दै ढिलो भएछ क्यारे हतारिँदै अफिस
जानु– भयो ।अफिसबाट पनि अवेर फर्किनुभयो । खाईवरीसुतिसकेको मान्छेलाई
केके न बितेजस्तो ब्यूझाएर सोध्न पनि भएन । ‘पछि सोधँुला नि’ भनेर निच
मारेँ।
९ आश्विन २०५४
भावनाले अस्ति बिहान के सोध्न खोजेकी थिइन् कुन्नि ?‘ भरे सोधे
हुन्न ?’ भनेँ । त्यसपछि कुनै कुरा निस्केन । मैले बिर्सेपछि उनले झन्
किन सोध्थिन् र ? आज विवाह भएको यतिका वर्ष भयो, कहिल्यै केही सोधेको
होइन । साँच्चै के सोध्न खोजेकी थिइन् कुन्नि ? तिनमा पनि कसरी
जिज्ञासा पलाएछ र सोध्न खोजिन् ? कहिल्यै प्रश्न गर्ने, मनका इच्छा
पोख्ने, आवश्यक रायसल्लाहा दिने गरेको एक झुल्को सम्झनासम्म मसँग छैन ।
बरु जहिले पनि दासीजस्तो अझ भनूँ भने यन्त्रमानवजस्ती चौबिसै
घण्टा एकोहोरो काममा जोतिएकी छन्, जोतिएकी छन् एकतमासले ।
२५ आश्विन २०५४
आज धेरै दिन भयो लेख्न सकेकी छैनँ । यसबीचमा यहाँसँग प्रमोसनको
कुरा सोध्न धेरै कोसिस गरिसकेँ । तर कहिल्यै सोध्न सकिनँ । आज त नसोधी
नछाड्ने निश्चय गरेँ । पहिलापहिला जब सोध्छुसोध्छु भन्यो सोध्ने बेलामा
आँटजति चाल्नाबाट पानी चुहेजस्तो कताकता– बाट चुहेरै सकिन्थ्यो ।
खाजा खान डेरामा नै आउने भएकाले उर्मिला भाउजुले ‘उहाँलाई असाभ्यै मन
पर्छ ’ भनेर पठाइदिनुभएको अनदीको चाम्रे पकाएकी थिएँ । उहाँ अफिसबाट
आउनुभएपछि टक्र्याएँ । मनमनै छिमेकी खर्दार बाजेको सम्पन्नताको कारण उनको
त्यो खर्दारी पद नै भएको अन्तिम निष्कर्ष निकालेर लाडिएर भनेँ—“एउटा कुरा
सोधूँ है ?” “सोध न ! जहिले पनि एउटा कुरा सोधूँ है, एउटा कुरा सोधूँ
है भन्नुपर्छ र ? एउटा कुरा सोध्न पनि किन यति डराएकी ? सोध्ने
कहिल्यै होइन, ल सोध । “मलाई डर लाग्न थालिसकेको थियो । सिधै आँखामा
हेर्न सकिनँ, टाउको निहु¥याएर हाको चुरा खेलाउँदै गोडाको बुढी
औँलाले भुइँ कोट्ट्याउँदै डराईडराई सोधेँ “ होइन ! यो दिव्य
बाह्रवर्षे अफिसरी जागिर खाइसक्दा पनि हजुरको खर्दारमा प्रमोसन हुने
बेला अझै भएन र ?” यति भनेर टाउको उठाएर उहाँलाई यसो के हेरेकी थिएँ
उहाँ त किंकर्तव्यविमूढ भएर मलाई यसरी हेरिरहनुभएको थियो मानौ म
विश्वको आठौँ आश्चर्य हुँ र अनायासै उहाँको अगाडि आइपुगेकी छु ।
२५ आश्विन २०५४
भावनाको आज नितान्त नौलो व्यक्तित्व देखेँ । के प्रश्न गरेकी होलिन्
यस्तो ? यिनी मैले पन्ध्र वर्षदेखि बेहोर्दै आएकी तिनै भावना हुन् त ?
आज मलाई बडो अचम्म लागिरहेको छ । जागिर नै नखाए पनि अफिसरकी स्वास्नी
हुन । अफिसर र खर्दारबीचमा फरक नै छुट्ट्याउन नसक्ने त पक्कै पनि
छैनन् र नहुनुपर्ने हो ! यो अभिव्यक्ति ! उनको स्वाभाविक
अभिव्यक्ति नभएर सोह्रै आना व्यङ्ग्य हो । तर कस्लाइ ?
(गरिमा, मङ्सिर २०५८ मा प्रकाशित)
तपाईँ पनि आफ्ना कथा माइसंसारमार्फत् बाँड्न चाहनुहुन्छ भने पठाउनुस् [email protected] मा
मेरो कथालाई मनपराई दिनु भई आफ्ना अमूल्य सुझाव दिनु हुने सम्पूर्ण साहित्यानुरागी पाठकहरुमा हार्दिक धन्यबाद टक्य्राउंदछु ।
मन छोयो, म त आफैमा डुब्न पुगेछु.
वास्तविक र धेरै जसो सरकारी कर्मचारी हरु को हालत हो यो र जीवन पनि हो,
कथा मा लोग्ने स्वास्नी को मनोबैगानिक संवाद सारै मन पर्यो………बधाई छ यहाँ लै..
“ होइन ! यो दिव्य बाह्रवर्षे अफिसरी जागिर खाइसक्दा पनि हजुरको खर्दारमा प्रमोसन हुने
बेला अझै भएन र ?” – यो प्रश्नले मलाई जस्तै धेरै “म” हरुलाई छोएको हुनुपर्दछ ।
येथार्थ, वास्तविक र धेरै जसो सोझा साझा सरकारी कर्मचारी हरु को हालत हो यो र जीवन पनि हो / लेखक जी लाई धन्यवाद /
साह्रै राम्रो र मिठो सैली धेरै पछी एस्तो राम्रो रचना पढ्न पाइयो | आफ्नै आखा अगाडीको आफ्नै वर पर को जस्तै सरल र मिठासपूर्ण ! कथा भित्र दैनिकी, अनि दैनिकी भित्र यथार्थता ! लेखक महोदयलाइ बधाई !
facebook मा भएको भए सुपर लिकेस भनेर लेखि दिन्थे अति नै मन पर्यो २ जना लोग्ने स्वास्नी को psychological अनि सामजिक कहानी
राम्रो लाग्यो, समाज को वास्तविक चित्रणलाई कथामा रुपान्तरण गर्नु भाकोमा धेरै धेरै बधाईछ |