Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

खुब ठूलो काम गरेको भनेर दङ्ग परेको? थुक्क!

Posted on July 12, 2012July 13, 2012 by Salokya

फोटो साभारः कान्तिपुर

फोटोमा टोपी लगाएको बजिरसिंह तामाङलाई हेर्नुस् त- कति दङ्ग छ। मख्ख छ। हातमा हत्कडी छ तर निश्चिन्त छ। उसलाई अदालतले १७० वर्षको जेल सजाय सुनाएको छ तर पश्चताप वा चिन्ता त अनुहारमा रत्तिभर नि देखिँदैन। नेपालको न्यायिक इतिहासमै यो सबैभन्दा धेरै अवधिको सजाय हो। मान्छे यति धेरै समय बाँच्दैन। उनको उमेरै ३७ वर्षको छ। नेपालीको औसत आयु ६८ वर्ष हो। १०० वर्ष बाँच्यो भने पनि उसले ६३ वर्ष मात्रै सजाय भुक्तान गर्छ। १०७ वर्षको सजाय त बाँकी नै हुन्छ। पूरै सजाय भुक्तान यो जुनीमा संभव छैन। तर पनि उसले गरेको अपराधको स्तर हेरेर उसलाई यति ठूलो सजाय सुनाइएको हो। ग्वाटेमालामा त नरसंहार गर्ने सैनिकहरुलाई ६ हजार वर्षको सजायको फैसला सुनाइएको थियो। यस्तो फैसलाले त‍ैँले यति ठूलो अपराध गरेको छस् कि अब तँ जेलबाट निस्कन सक्दैनस्, जेलभित्रै मर्छस् भन्ने संकेत गरेको हो। तर उनी त मख्ख पो छन्। अझ क्यामेरा अगाडि ‘जति फोटो खिच्नुहुन्छ खिच्नुस्, मलाई कुनै पछुतो छैन’ भन्दै हाँस्दै जेल गएछन्।

किन यति ठूलो सजाय?
केटी बेच्ने गिरोहका नाइके हुन् यी। भारतको आगराको सहिदनगरमा कोठीसमेत चलाएका छन् यिनले। कति केटी बेचेर उनले भारत पुर्‍याए त्यो लेखाजोखा छैन। यो सजाय भने उनले बेचेका तर भागेर आएका १४ देखि १९ वर्षसम्मकी छ जना किशोरीको उजुरीमा परेको मुद्दामा दोषी ठहर गर्दै सुनाइएको हो। मान्छे किनबेच गर्नु नै अपराध हो। यहाँ त उनले हेर्नुस् त १४ वर्षकी कलिलो उमेरका किशोरीहरुलाई समेत वेश्यालयको नारकीय जीवन बिताउन बाध्य पारेका छन्।

वयस्कले आफ्नो इच्छामा जीविकोपार्जन गर्न बाध्य भएर देहव्यापार गर्नु भनेको अर्को कुरा हो। उनले त जबर्जस्ती उनीहरुलाई त्यसमा लगाउँथे। त्यो पनि जागिर मिलाइदिन्छु, खाडी देशमा पठाइदिन्छु भन्दै झुक्याएर। मान्छेलाई मान्छेको रुपमा हैन, एउटा सामान र पशुको रुपमा किनबेच गर्ने यस्ता चेलिबेटी बेच्नेहरु मानवताविरुद्धका अपराधी हुन्। देशकै बदनाम गर्नेहरु भएकोले राष्ट्रका दुश्मन पनि हुन्।

‘प्रलोभनमा पारेर भारतमा ल्याइने हरेक चेलीको अस्मिता पहिले उसैले लुट्थ्यो। सुरुमा केही दिन आफैंसँग राखेर अघाउन्जेल खेलवाड गरेपछि मात्र कोठीमा लग्थ्यो। हामीलाई पनि यसैगरी खतम पार्‍यो। भनेको नमाने चिर्पट र रबरको कोर्रा खानुपर्थ्यो। रक्तमुच्छेल भइसक्दा पनि छाड्दैनथ्यो। राम्री लागेकी चेलीसँग नाटकी बिहे गरेर आठ-दस महिनापछि कोठी लगेर छाडिदिन्थ्यो। कतिपयलाई त बेचिदिउँ कि मसँग बिहे गर्छेस् भनेर धम्क्याउँदै सुत्न बाध्य बनाउँथ्यो,’ उनैले बेचेकाहरुले दिएको यस्तो बयानले पनि थाहा हुन्छ कुन हदसम्मका अपराधी थिए उनी।

अदालत मै उनी आफैले बेचेकाहरुलाई थर्काउँथे– ‘तिमीहरुलाई मैले जानेको छु। जेलबाट त निस्किउँ तिमीहरूलाई के गर्नुपर्छ मलाई थाहा छ । एक-दुई दिनमा छुट्दैछु, सबैलाई सिध्याउँछु। मेराविरुद्ध बयान दिने सबैलाई ठीक पार्न जानेको छु।’

मुद्दा हाल्ने छ जनामध्ये दुई जनाको मुद्दामा ४०-४० गरेर ८० वर्ष, अर्को दुई जनाको मुद्दामा २०-२० गरेर ४० वर्ष र अर्को दुई जनाको मुद्दामा २५-२५ गरी ५० वर्ष गरी कूल १७० वर्षको जेल सजाय उनलाई तोकिएको हो। २०६४ सालमा बनाइएको मानव बेचबिखन तथा ओसारपसार विरुद्धको ऐनले सजायलाई कडा बनाएको हो।

किन दङ्ग पर्दै हाँसेको होला ?
सामान्यतया सजाय सुनेपछि मान्छे निराश हुन्छन्। चार्ल्स शोभराज जस्ता कुख्यात अपराधी त सजाय सुनेपछि निराश देखिएका थिए। उनलाई त इतिहासकै बढी सजाय सुनाइएको थियो। मृत्युदण्डको प्रावधान नभएको हाम्रो जस्तो देशमा यो हदैसम्मको सजाय हो। तर पनि उनी किन यति प्रफुल्ल त? यस्तो लाग्छ मानौँ ऊ सजायको खिल्ली उडाउँदैछ, छुट्छु भन्ने आत्मविश्वास छ उनमा।

हुन पनि उनलाई सिन्धुपाल्चोकको जिल्ला अदालतले पो सजाय सुनाएको हो त। अब उनले पुनरावेदन गर्नेछन्। यो मुद्दा अञ्चल पुनरावेदन अदालतमा चल्नेछ। त्यसपछि सर्वोच्च अदालतमा मुद्दा चल्नेछ। पैसा प्रशस्त छ, त्यसैले नामी नामी वकिलहरुले शायद उनका मुद्दा लड्ने छन्। अदालतमा न्याय किनबेच हुनेगर्छ, छुटौँला घुस खुवाएर भन्ने आत्मविश्वास पो हो कि ! अथवा जेलभित्रै मज्जाले सुखसुविधा भोगेर बस्छु भन्ने पो हो कि।

पश्चिमी सिन्धुपाल्चोकका सामान्य किसान परिवार जन्मिएर सामान्य लेखपढ गर्न जान्ने उनी ट्याक्सी चालक थिए। भारतमा कोठी चलाएर बस्ने दिदी तारा तामाङले अह्राए अनुसार युवती लिएर पहिलोपटक भारत पुग्दा एक लाख भारु पाएपछि उनले यो काम थालेका रहेछन्। पहिला केटीमात्र बेच्थे, पछि कोठी पनि चलाउन थाले। पैसा त प्रशस्तै कमाएको हुनुपर्छ। पजेरो चढेर गाउँ पुग्थे उनी। शक्तिकेन्द्रहरुको आशीर्वादले उनको अवैध कामलाई कसैले अवरोध गर्न सकेका थिएनन्। अहिले पनि त्यही आशीर्वाद पाउनेमा निश्चित भएको पो हो कि।

यति सजाय पर्याप्त हो ?
कोही थाहा पाउनेले यकिन भनिदिए हुन्थ्यो, तर सुनेको- नेपालको कानुनमा सबैभन्दा ठूलो सजाय जन्मकैद हो। त्यो भनेको २० वर्षको हो। २० वर्षमा रात र दिनलाई दुई दिन र सार्वजनिक विदाका दिनलाई थप दिन मान्ने गरिन्छ रे। यो हिसाबले २० वर्ष जेल सजाय पाएको व्यक्ति त्योभन्दा अघि नै निस्कने स्थिति बन्छ रे। विभिन्न दिवस, पर्वमा कैदीहरुलाई बाँकी सजाय छुट पनि दिने गरिन्छ। जिल्ला न्यायाधीश अनन्तराज डुम्रेले सुनाएको १७० वर्षको जेल सजाय (पुनरावेदन र सर्वोच्चले त्यसलाई सदर गरे) को भुक्तान कसरी हुँदो रहेछ, स्पष्ट छैन।

जेल सजायबाहेक उनलाई जरिवाना र क्षतिपूर्तिको सजाय पनि सुनाइएको छ। हुनत ती किशोरीहरुको जीवनै बर्बाद पारेको क्षतिको के पूर्ति हुनसक्थ्यो र, तर पनि ६ जना मध्ये प्रत्येकले साढे एक लाख रुपियाँ उनले तिर्नुपर्नेछ। अनि जरिवानावापत १३ लाख गरी कूल २२ लाख रुपियाँ तिर्नुपर्नेछ।

मुद्दा हाल्ने चेलीहरु अहिले शक्ति समूहको संरक्षणमा राजधानीमा बस्छन्। शक्ति समूहकी संस्थापक अध्यक्ष चरिमाया तामाङ हुन्। उनी आफै पनि बेचिएर बम्बैमा नारकीय जीवन बिताएर फर्केकी थिइन्। अमेरिकाले हिरो एक्टिङ टु एण्ड मोर्डन डे स्लेभरी अवार्ड २०११ बाट सम्मानित गर्ने क्रममा विदेशमन्त्री हिलारी क्लिन्टनले अंगालो मारेपछि चरिमायाको चर्चा मिडियामा खुबै छाएको थियो।

[पाठकहरु, तपाईँलाई के लाग्छ, बजिरसिंह तामाङ यति ठूलो सजाय पाउँदा पनि किन हाँसिरहेका छन् ? किन पश्चताप छैन भनिरहेका छन् ? यो सजायबारे तपाईँको धारणा के छ ? आफ्ना विचार तल कमेन्टमा लेख्नुहोला। ]

111 thoughts on “खुब ठूलो काम गरेको भनेर दङ्ग परेको? थुक्क!”

  1. Prakash says:
    August 8, 2022 at 4:24 pm

    सम्पादक ज्यु , मुद्दा नम्बर , पूर्ण पाठ केहि त राख्नुस आध्ध्याँन गर्न सजिलो हुने थियो

    Reply
  2. kiran says:
    July 30, 2012 at 11:57 am

    किन खिल्लिन उधओस्त नेपाल सरकारले केनै गर्न सकेको छर/ उसलाई त योसझाये कम लागेकोछ कानुन नभएको लंगडो भएकोछ आफैत देश एस्त आपरधिलाई केसझाए देलार खै नेपाल चेलीको आवाज सुनिदिनेहो भने राणा शासंमा जसरिनै सिधगोली हान्ने कानुन हुनु पर्छ / या फशिको सझाये हुनु पर्छ कसैले कसैको
    जिन्दगि बर्बाध गर्छ भने तेस्लाई पनि कानुनको दएराले भ्य्ये सम्म फाशी सजाए दियोस /या गोलि हनियोस / अनि मात्र नेपालमा जगन्य अपराध हुदैन /नेपाल मापनि

    Reply
  3. damber karki america baltimore says:
    July 19, 2012 at 11:40 am

    नेपाल मा पनि फाँसी दिने कानुन बनाउनु पर्ला |किनकी येस्ता दानब लाई आसिर्बाद दिने रावण पनि छन् हाम्रो नेपाल मा |१७० साल को जेलसजाय हुनु भन्दा पहिले नै रावण को हात सिरमा परेपछि उम्कन पनि सक्छ |फाँसी भय त कामै खतम | एउटा मात्र फाँसी भयो भने येस्ता दानव हरु अलि हच्किन्चन पनि |

    Reply
  4. G.Sari says:
    July 17, 2012 at 7:31 pm

    Nepal needs ‘sentence to death through lethal injection’ for these kind of insane, inhumane devils

    Reply
  5. puku newar says:
    July 17, 2012 at 12:55 am

    खै के भन्नु हौ …मान्छे ले मान्छे बेच्दा…एस्तो लै त सजाय दिनु नै पर्छ…….बिचरा को मन मा त कस्तो भै रा होला नि तर के गर्नु रा बहिरा हास्नु नै पर्यो……..एक त पैसा छ भनेर वास्ता पनि न लागेको होला ……तर मान्छे बेच्ने लै चै तेसै छोड्नु हुदैन ……चय जति नै पैसा को प्रलोवन देखावोस…….हाम्रो चेली हरु पनि सतर्क रहनु होला …पैसा सबै थोक हैन…….विदेश जाने प्रलोवन मा न फस्नु होला……..छोरि मान्छे भए पछि धेरै कुरा मा ध्यान दिनु पर६ ……..अरु त के भन्नु र ……यो मान्छे हास्नु को कारण चै पैसा जति छ केहि दिन मा छु ट छु भनेर होला नि ……

    Reply
  6. Ramesh Neupane says:
    July 15, 2012 at 11:29 am

    साला के के न गरे भनेर मक्ख छ..यस्तालाई मृतुदण्ड दिने कानुन नेपाल मा नि चाहियो….

    Reply
    1. Bikash Shrestha says:
      July 16, 2012 at 4:33 pm

      मृत्यु दण्ड को अभाब ले नै नेपाल मा ठुला अपराधी को हौसला बढेको पक्कै हो /
      अपराधी लाइ माया गर्यो भने अर्को अपराधी जन्मन्छ / त्यो अपराधी लाइ कुनै हालत मा पनि जेल मा राखनु हुदैन / सीधै जमिन मुनि गाड्नु पर्छ /

      Reply
  7. gaman grg says:
    July 15, 2012 at 4:29 am

    नेपाल को जुन अवस्था पहिले देखि रहदै आएको छ त्यो इस्थिती हेर्ने हो भने पैसा ले जे पनि हुदै आएको छ अब यो बजिरे बजिया पनि पैसा छ मा पनि छुटी हाल्छु भन्ने कुरा मा ढुक्क होला नि अब के भन्ने हाम्रो प्रसासन माथि औला नउठाउ भने अपराधी हरु नछुटे हैनन् छुटेका नै छन् पैसा मा यो पनि तेही ताक् मा होला नि ………एस्तो ठुलो अपराधी लै त फाशी नै दिने कानुन हुनु पर्ने हो के गर्नु छैन तेही भएर अपराधी हरु को आट बढेको होला .र मक्ख भएर उल्टो हास्दै हिडेको होला नि चोर ……..दलाल

    Reply
  8. Pradip says:
    July 15, 2012 at 2:20 am

    यस्तैको हास्ने दिन त आयो नि अब !!! सबै मर्ने, ठग्नेको जमात को हाली मुवाली भएको बेलामा / उसले नि आम माफीको कुरा सुनेको होला नि ? यो र ढुंगेल मा के फरक छ र ? एसले चेली बेच्यो, ढुंगेलले मान्छे मरे आखिर दुवै समाजका कुलंकर त हुन् नि !!!

    Reply
  9. lalanath says:
    July 14, 2012 at 10:50 pm

    समयले हरेक कुरामा परिबर्तन ल्याउछ यस्ता यस्ता अपराध हुदा अब त अपराधिबाट सर्बसाधारणलाइ बचाउन नेपालि कानुनमा पनि परिबर्तन आउनु पर्ने हो तर किन नेपालमा ठुला ठुला अपराधीलाई मृत्यु दण्ड हुदैन?????????????????

    नेपालका राजनीतिक पार्टी हरु अपराधिक पार्टीहरु हुन् अब यो मुद्दा मा कसले सोर उठाउने???????????????????????

    Reply
  10. lalanath says:
    July 14, 2012 at 7:23 pm

    हास्नुको अर्थ किन सोधिरहने????????????????????????

    घाम जस्तै छर्लंगै छ कि यहाँ “दाम भए काम बन्छ” दाम त निर्दोस गरिब चेलीहरु बेचेर प्रसस्तै कमाएको छ

    नेपालीहरुमा मानबिय समबेदना नै छैन कानुन बिक्छ इज्जत अनुसासन को खिल्ली उडाईन्छ

    नेपालका कानुनविद हरुले ठुलो ठुलो अपराधीलाई कहिल्यै मृत्यु दण्डको व्यवस्था गरेनन कारण मृत्यु दण्ड को कानुन बनाए मारिनुपर्नेहरुको नामावलीमा पहिलो नम्बर मा नेता पुलिस ब्यापारी हरु आउछन तेही भएर बरु सजायेमा छुट छ

    अब हेर्दै जानुहोला २, ४ दिन तात्तातो छउन्जेल चासो बिस्तारै मोलमोलाई मिलेपछि अनेक बहाना बन्छन अपराधीलाई अबिर्माला लगाएर खुल्ला छोडिन्छ “भगवान दाहिने (पैसा हातमा ) भएपछि कसको के लाग्छ”?????

    Reply
    1. Jhalak says:
      July 14, 2012 at 10:19 pm

      ठिक कुरो|जसले यसबारेमा कारोबार गरेको हुन्छ उसैलाई थाहा हुन्छ|

      Reply
  11. pravin lama says:
    July 14, 2012 at 1:41 pm

    एस्ता बजिर सिङ्ग जस्ता तामांग ले गर्दा हाम्रा समाज मा भएका सम्पूर्ण सिधा सोजा तामांग हरुको ईजेत माटो मा मिल्न गएको छ / तेसैले नेपाल मा भएको सम्पूर्ण तामांग संघ सस्था जो तामांग को बारेमा वकालत गर्छा उहाहरुलाई मेरो यो नेबेदन छ कि .. नेपाल को कुन जिल्ला को तामांग हरु एस्ता अपराध मा लागेका छन् र के कारण ले तामांग युवा हरु एस्तो अपराध मा लागेका हुन् / एसको study गर्ने र अबसेक जनचेतना को कार्यक्रम चलाउनु पर्छा / साएद सिक्ष्क्ष को कमीले पनि एस्तो अपराध मा लागेको हुन सक्छ / हामी आफैले हाम्रो राम्रो समाज बनाउन पर्छ ताकी भोलि आउने पुस्त ले आफु तामांग भएको मा गर्ब गर्न सकोस / अदालत ले गरको निर्णय स्वागत योगे छ /

    Reply
  12. Shiru says:
    July 14, 2012 at 10:25 am

    एस लै त सार्बजनिक स्थानमा दश दिन सम्म बाधेर राखेर सबै महिलाहरुले सकेको कुट्नु पर्छा अनि बल्ल जेल चलान गर्नु पर्छ ㅣ

    Reply
  13. Binaya says:
    July 14, 2012 at 6:52 am

    मलाई चाई त्यो प्रहरी भाई को मुस्कान ज्यादै मादक लाग्यो ! मोनालिसा लाई पनी मात गर्ने अद्भुत मुस्कान ….

    Reply
    1. neerose says:
      July 14, 2012 at 5:11 pm

      गे होला अनि के मादक नलागोस त्!
      आफुलाई थाहा न हुन पनि सक्छ आफु गे भयको, थाहाछैन भने एसो जचाउदा हुन्छ!

      Reply
  14. krish says:
    July 14, 2012 at 3:36 am

    बजिर ले अपराध गर्न आफ्नो भयको बुद्धि प्रयोग गरेर पसिना पनि बगायो, कमायो, मोज-मस्ती गर्यो, यो ठुलो अपराधी हो दुनियाका नजरमा,तर मलाई येस्तालाई सजाय मुक्त गराउन बुद्धि प्रयोग गर्ने वकील, पावर प्रयोग गर्ने नेता र बिबेक बेचीदिने न्यायाधिश अझ ठुला अपराधी हुन् भन्ने लाग्छ./

    Reply
  15. Pradip Lal Shrestha 'लेकाली माइला' says:
    July 14, 2012 at 2:58 am

    नेपाल मा यस्तो बजिरसिंह तामाङ लाई बचाउने मान्छे धेरै छन् .

    Reply
  16. sarita says:
    July 14, 2012 at 2:52 am

    यो मान्छेलाई फासी दिनुनै एकदम बेश हुन्छ.ना रहेगा बास ना बजेगा बासुरी..कुरै सिद्धियो नि .

    Reply
  17. गगने says:
    July 14, 2012 at 2:33 am

    धिक्कार छ!
    कुनै फिल्म सुटिंग गरेकोपो होला जस्तो गरि बढो गौरबका साथ् मुस्काउदै सबैलाई हात उठाउदै बाइ बाइ गरे जसरि हतकडी ले बाधियाको हात उठाई उठाई देखाउदै मस्किदै छ त!
    हुनत यस्ता मानबता र समाज बिरोधि नैतिकताको अतिनै निंच को पाराकास्ट यी अपराध सुन्दैमा मनमा आउछ यस्तालाई तत्काल मृत्युदण्ड दियर कथा कहानी यहि बन्द गरिदिय आनन्दी होंथ्यो!
    तर मृत्युदण्ड उचित सजाय होइन भन्ने मलाइ लाग्छ! कतिपय अबस्थामा यो उचित हुनपनि सक्छ तर यो बजिरे जस्तो घृणित र नि*च अमानविय अपराधलाई मृत्युदण्ड होइन आजीवन श्रम शिबिर उचित हुने छ!
    खुट्टा र हातमा सिक्रिबाधेर यसलाई दैनिक आठ घण्टा हेटौडा काठमान्डौ सुरुंग खन्ने,सडक खन्न वा काथामान्दौको फोहोर उठाउने काम लगाउनु पर्छ!
    यो देशले यस्ता जघन्य र अमानविय पराकास्ताको अपराधका अभियुक्तहरुलाई ज्वाई पालेको जसरि पाल्न छाड्नुपर्छ! यिनीहरुलाई आफ्नै श्रमले खानपर्ने ब्याबस्था हुनुपर्छ! यसो भयमा देश र समाजको निर्माणमा श्रम को सदुपयोग पनि हुने!
    अनि यी अपराधीलाई पनि आफुले गरेको पापको आत्माग्लानी र सजायमा तद्पिनुपर्ने यो नै सर्वथा उचित सजाय हुने छ!
    यो भन्दा अर्को भनेको यसलाई सबैसामु झुन्द्यैनु पर्छ र झुन्ड्याउनु अघि यसलाई ति महिला हरुलाई क्रमैसंग सबैलाई सगुन दिन लगाउने अनि यसको लिंग छेदन गर्नु पर्छ! तेसपछी यसलाई झुन्ड्याउनु पर्छ!

    Reply
  18. Narendra Dai says:
    July 14, 2012 at 12:33 am

    एउटा ट्याक्सी ड्राइभरले अहिले पजेरोमा गाउ जान्छ रे। अदालतले त्यसको सम्पत्तिको छानबिन किन नगरेको? र जम्मा २२ लाख सजाय? सर्वस्व हरण गर्नुपर्ने।

    यो जे सोचेर हासेको भएपनि त्यो यसको मुर्खताको पराकास्ट हो। केहि गरेर यो जेलबाट छुटिहाल्यो भनेपनि आमजनताले यसलाई बाकि राख्नेछैनन। जुन हदसम्म यसले अपराध गरेको छ त्यसको लागि यसले मृत्युदण्डकै सजाय हुनुपर्ने हो। तर यो सजाय यसकोलागि थोरै हो।

    Reply
    1. lalanath says:
      July 14, 2012 at 10:07 pm

      छैन हो छैन कानुन नेपालमा कानुन छैन तेही अलि अलि भएको कानुनमा पनि DISCOUNT हुन्छ कानुन बनाउने नै अपराधि छन् नेपालमा अनि कसैले कडा कानुन बनाउछ आफ्नै खुट्टामा बन्चरो हान्न????

      Reply
  19. Harke says:
    July 13, 2012 at 11:13 pm

    बबुरोराम सरकारले आम माफि दिईहाल्छ भनेर हासेको होला……………!

    Reply
  20. bishal says:
    July 13, 2012 at 11:13 pm

    सालोक्य जी अभैध तरिका बाट हाम्री चेली नेपाल बाट कतार ल्येदै ६
    एक जना भारतीय बुजुर्गा ले नेपाली संग बिहे गरेको६ र कानुनी पर्क्रिया पुरा नगरी नेपाली अगेंट मार्फत लाखौ रुपिया घुस खुवाएर कतार ल्युदै छ म हजुर संग कसरि भेट हुन सक्छु ताकी मतपैलाई एती बेला यो जहाज म येसरी आउदै छ भनेर त्यो रोक्न सकियो भने त एक जना नेपाली चेली गलत बाटो म जान बाट रोकिन्चिन

    Reply
  21. HARI PRASAD LAMICHHANE says:
    July 13, 2012 at 11:00 pm

    अहिले को बिग्रिएको अवस्थामा राजनीतिक शक्ति को प्रयोग गर्दै त्यो बाहिर न निस्कोस भन्ने आश गरौ |

    Reply
  22. madan bajracharya says:
    July 13, 2012 at 10:35 pm

    यो पापी भन्दा ठुलो पापी हाम्रै नेताहरु हुन्”
    भारतको हरायक प्रदेशहरुमा रन्डी बजारहरु छन् र ती बजारहरुमा यसरि नै झुक्यायर बिबस बनायर आफ्नो अस्मिता बेच्न बाध्य बनाईयाका बिचारी सोझा गाउँका केटीहरु लाखौ छन्/

    बास्तव मै भन्ने हो भने यसरि नेपाल बात झुक्यायर तर्सायर बिबस्ताको फाईदा उठायर रन्डी कोठी भित्र यौबन काल सम्म ठुनियाका सबे नेपाली चेलीहरु “नेपाल बात अपहरित चेलीहरु” हुन् र तिनीहरुलाई यस्तो अबस्थामा पुर्याउनेहरु “अपहरणकारी” हुन् भने त्यहा रुँदै कराउंदै गरेका नेपालीलाई उद्धार नगर्न ई हाम्रा नेताहरुको सरकार तिनै “अपहरणकारिहरुको मतियारहरु” हुन्/

    बिदेशमा बिच्चाल्ली पारियाका नेपालीको चित्कार नसुन्ने यस्ता नेताहरु र तिनीहरुको आज सम्मको सरकारलाई जति धिक्कारे पनि कमै हुन्छ/ यो कुरामा नेताहरु मात्रै होईन आफुलाई प्रजावत्सल भन्ने राजाहरु पनि तेतिक्कै घिन लाग्दो नै छ/

    रामशरण महत चुनाव लड्ने जिल्ला नुवाकोतमै छोरी ठुलो भय पछी भारतको रन्डी कोठीमा बेच्ने गन्हाउने परम्परा चलाउँदै आयको गाउँ छ/ २०५५ साल अघि सम्म सुसिल कोईरालाको घर नगिचै गगन गंज भन्ने टोलमा नाबालिक केटिहरु समेतको अस्मिता बेचिने खुला रन्डी टोल थियो/

    भारतको बेस्यालय बात नेपाली चेलीको उद्धार गर्न सरकारी स्तर बात केहि नभय सम्म यो क्रम रुक्दैन/ यस्ता बजिर सिंहहरु जस्ती पापीहरुले यसरीनै फेरी फेरी पनि नेपाली चेलीहरुलाई भारतको बेस्यालय पुर्यौन्दै गर्छ/ यस्ता बजिर सिंग तामांग जस्ता कयौ पापीहरु आज पनि पार्टीको कार्यकर्ता बनेर खुलेआम नेपाल भित्र केटि भारतमा बेचेको पैसाले आरामको जिन्दगि बिताईरहेकै छ/

    अस्ति भर्खर ई नेताहरुले कमैया मुक्ति गरे जस्तै भारतको बेस्यालय पुर्याईयको नेपाली केटीहरुको उद्धार किन गर्दैनन्?

    ई कुराहरुमा हाम्रो सरकार जति दोषी छ त्यो भन्दा दोसी हाम्रो समाज पनि छ/ आफ्नै स्व बिचारले रन्डी बन्न गयाकालाई घृणा गर्यो त् गर्यो तर बिबस बनायर यस्तो पेसामा लगायको आफ्नै छोरी बहिनि प्रति पनि हाम्रो आफ्नै बिचार पनि कम घिन लाग्दो छैन/

    Reply
  23. jivan uprety says:
    July 13, 2012 at 9:41 pm

    कुत्ता ,कमिना,हरामी,लाफुन्गो,डाका,बलात्कारी,मानब तस्करी,दानाब, राक्षस,चोर,
    ए साथी हो !के के पो अरे गालीका शब्दहरु ?यो डाकालाई यी सबै गालीका शब्दहरु पर्याप्त छैन . तपैहरुलाई पनि थाहा भएका गालीका शब्दहरु तल थप्दै जानु होला है!
    हरामी यौन पिपासुलाई ….

    Reply
    1. lalanath says:
      July 14, 2012 at 10:36 pm

      यो मानिस एक्लैलाई मात्र गालि गर्दा अन्याय हुन्छ. यो मानिसको साथमा
      १. हाम्रो नेपालका शाह बंस (जसले सहि सिक्षा रोजगारको अबसर प्रदान गरेन)
      २. तिनका दाहिने हातहरु
      ३. हालका सम्पूर्ण पार्टीहरु का नेताहरु
      ४. र हाम्रो दोंगी समाजका हरेक अगुवा व्यक्ति (कसैले खराब गर्दैछ भन्ने थाहा पाएर पनि चितुवाले पल्लो घरको बाख्रा त खादै रहेछ ठिक्क पर्यो मेरा त सुरक्षित छदै छन् भन्नेहरु ) सबैलाई संसारमा भएजति गालि गर्ने लेख्न मिल्ने जति लेख्ने नमिल्ने जति मन मनै बाट सराप्ने

      थुक्क !!!!!! कुत्ता ,कमिना, हरामी, लफंगा, डाका, बलात्कारी, मानब तस्करी, दानाब, राक्षस, चोर, गधा, BASTARD , मसान, भुत, भ्रस्टचारी, कमिसनखोर, झुट बोलेर सर्बसादरणलाइ झुक्याउने, अनि अरु ………………………………

      Reply
  24. subash says:
    July 13, 2012 at 8:55 pm

    प्रत्यक चेलीहरुलाई एक लाख होइन, दश लाख क्षतिपूर्ति दिनु पर्दछ.

    Reply
  25. Damodar says:
    July 13, 2012 at 8:22 pm

    हाम्रो पैसा ले यसलाई १७० वर्ष किन खुवाएर राख्ने ? येस्ता लै मृत्युदण्ड दिनु पर्छ.

    Reply
  26. aditi says:
    July 13, 2012 at 8:01 pm

    मृत्यु दण्ड आबस्यक छ नेपालमा जघन्य अपराध गर्नेहरुलाइ

    Reply
    1. Nimish says:
      July 14, 2012 at 1:27 am

      मृत्युदण्डको बारेमा मेरा केहि बिचारहरु:
      १ यो केसमा कडा दण्ड दिएर न्याधिशले राम्रो काम गरेका छन् | तर हामीले नेताहरु, न्यायाधिश र पुलिसले भ्रस्ट भएर न्याय प्रणालीलाई कम्जोर पारेको सुनेको र पढेको छौ| नेपालमा न्याय प्रणाली अलिकति कम्जोर छ| कम्जोर न्याय प्रणालीमा नेपाली नागरिकको ज्यान लिनसक्ने अधिकार/शक्तिको दुरुपयोग हुन सक्छ |
      २. न्याय प्रणाली सटिक भएको देशहरुमा पनि निर्दोष हरुले मृत्युदण्डको सजाय पाएर ज्यान गुमएको थुप्रै उदाहरण छन् |
      ३. बजिरसिंह तामाङजस्ता राक्षसको खबरले हामीलाई भावात्मक बनाउछ र हामी कडा दण्डको माग गर्छौ | तर मृत्युदण्ड जस्तो सजायले देश र समाजमा पर्न सक्ने नकारात्मक प्रभावको बारेमा पनि सोच्नु पर्छ|

      Reply
  27. kedar says:
    July 13, 2012 at 7:53 pm

    हाम्रो न्याय प्रणाली भित्रको बिकृति र तेसपछी अनेक बहानामा अपराधीलाई दियिने छुटहरुको धज्जी उदाएको छ यो हाँसोले

    Reply
  28. sima says:
    July 13, 2012 at 7:38 pm

    येसकोअर्थ हो नेपाल को कानुन कति कम्जोर र फितालो६ भन्ने कुरा प्रस्ट हुन६ नेपाल को कानुन बनाई र कागजमा मात्र सिमित ६ जस्तो ठुलो अपराध गरेपनि ठुलो मान्छेको साथ सधै भनेर दुक्का बएको होला नि हैनर?मानबरुपी दानाबलाई कालो मोसो दलेर जुताको मल लगाएर गुमाउनु पर्ने थुक्क तेरो अनुहार नामर्द यसको दिदी पनि कोठी चलाउनेपु रहे६ थुक्क कति सम्म कोठीचलाएर नारीको इज्जत लुटछेस कुनै दिन तेरो पनि दिनऔछ१०७ बर्षको जेल सजाय सुन्ने दिलो चड़ोमात्रहो दि गनेर बसे हुन६ …….

    Reply
  29. Tenzing Gaba says:
    July 13, 2012 at 6:45 pm

    धरोधर्म, यसको मुखमा थुक एक लाख रुपैया दिन्छु भने पनि थुक्दीन

    Reply
  30. sima says:
    July 13, 2012 at 6:29 pm

    त्यसको
    अर्थ हो नेपालको कानुन कति कम्जोर ६ भान्ने बुजिन६.यो चोर दानबले नेपाल कानुनको ख्हिली उडएको हो यsaa

    Reply
  31. Amar says:
    July 13, 2012 at 5:51 pm

    मृत्यु दण्ड भन्ने सजाए, यस्तै पापीहरुको लागि बनाएको हो, तर दुर्भाग्यबश नेपालमा छैन

    Reply
  32. प्रकाश छेर्लुंगे says:
    July 13, 2012 at 5:48 pm

    डाँकाहरु कै त छन् दिन | रंग मात्र फरक हो | कुनै राजनैतिक रंगमा छन् | कुनै पारदर्शी छन् | यदि देश सुधार्ने हो भने यस्ता जुनसुकै रंग रुपी डाँकाहरु लै हदै सम्म होइन मृत्यु दण्ड दिनु पर्छ | कानुन नभय बनाउनु पर्छ | जसले मानब अधिकारको रक्षा गर्दैन तिनीहरुलै मानब अधिरकरले पनि बचाउनु हुदैन | लादेन लै कानुन छैन भनेर बचाउनु भनेको सर्बसाधारण लै मृत्युदण्ड दिनु होइन र ? हत्यारा लै मृत्यु दण्ड नदिने हो र १० वर्ष पछि बाहिर आएपछि सर्बसाधारण लै उसले हत्या गर्यो भने सर्बसाधारणको हत्याको भागीदार को ? उसलाई मृत्यु दण्ड नदिने कानुनले अप्रतक्ष रुप मा निर्दोस लै मृत्यु दण्ड दियो होइन र ?

    Reply
  33. Tamu Phalindra says:
    July 13, 2012 at 4:04 pm

    ऐले उसको आसे-पासे नेता हरुको कत्ति रियल काढे होलान, अबत बिटा पाउने भैयो भन्दै, अनि छिट्टै नछुट्ने त कुरै आएन ! यस्तालाई त सरकारी/जनताको खर्च गराएर राख्नु भन्दा सिध्याउनै पर्छ, नत्र के अर्थ ? तेस्ता १४ बर्षका युवति हरुको जिन्दगि सत्यनास गर्ने पशु लाई पनि अब पक्राउ परेपछि सर्बोच्च अदालत ले पनि बिटाको लागि रियाल नकाडिकन मुटुनै मिचेर न्याय गर्नुई पर्छ न-कि गोप्पे तरिकाले बिटाको कम नगरुन कसमको साथमा ! हेर्दै जौ के गर्छन ! हामी नेपाली संसारको कुना-कुना बाट हेर्दै र सुन्दै गर्ने छौ ! अनि थुक्न नपरोस..!

    Reply
  34. padam bahadur tamang says:
    July 13, 2012 at 3:49 pm

    यसरि चेलीबेटी बेचबिखन गर्ने सबै दलालहरुलाई खोजीखोजी कारबाही गर्न सके नेपालमा पनि दलालहरुको बढदो बिगबिगी त कमसेकम कम हुन्छ होला नि.

    Reply
  35. youbaraj says:
    July 13, 2012 at 3:46 pm

    रमाइलो लागेर होला पुलिस पनि हासेको छ ,

    Reply
  36. kishor gurung says:
    July 13, 2012 at 3:12 pm

    मलाई त के लाग्छा भने यो मान्छेको ठुलै मान्छे संग चिनजान हुनु पर्छा र म छुटी हाल्छु भनेर हासेको हुनुपर्छा काठमाडौँ म बस्ने रार्नितिग्या मान्छे जस्तो हालको ग्रियामन्त्रि बिजय कुमार अनि यस्तै थुप्रै नेताहरु संग चिनजान हुनुपर्छा तेसैले हासेको हुनुपर्छा

    Reply
  37. sachin says:
    July 13, 2012 at 2:25 pm

    शम्भु दाहाल वा त्यस्तै कुनै वकिल हरु ले “अहिले चुप चाप लागेर बस, पुनरावेदन वा सर्बोच्च मा हामि छौ” भनेको हुनु पर्छ …. त्यहि भएर दङ्ग पर्दै “तिमीहरुको जिल्ला अदालत को निर्णय ईईईस्” भनेर हासेको हुनु पर्छ …..

    Reply
  38. rajesh says:
    July 13, 2012 at 2:09 pm

    यो त खेतालो मात्र हो कि यसको ठेकदार अरु कोहि छ जस्तो लग्यो अब यसको ठेकेदारलाइ पनि ठेगान लगाउनु पर्छ

    Reply
  39. Mantra says:
    July 13, 2012 at 2:08 pm

    बजिरसिंहको त्यो हाँसोमा पश्चातापको अनुभूति छैन बरु गर्बको महसुस भएको अनुमान गर्न सकिन्छ/ बजिरसिंहको यो मुहारले नेपालको दण्डहीनतालाइ प्रस्ट्याएको छ/ सायद उसंग बलियो अपराधिक नेटवर्क छ जसले राजनीतिक नेतृत्वलाइ गतिलोगरि प्रभाब पारेको छ/ उसको अनुहारमा देखिएको चमकले हातमा लागेको हत्कडी क्षणिक हो भन्नेकुरामा आफु आत्मबिश्वासी भएको देखिन्छ/ उसले भनेकै रहेछ; उसलाई कुनै पछुतो छैन अपराध गरेकोमा / सायद जेलमा पनि उसले राजसी सम्मान पाउने होला/ त्यो हुनुमा नेपालका अपराधीहरु ठुला शक्तिकेन्द्रहरुको संरक्षणमा हुनु हो/ तिनीहरुलाई दण्ड सजायको कुनै डर छैन र पुरा सजाय भोग्नुपर्छ भन्ने पनि लाग्दैन/ जेलबाटनै बजिरसिंहहरुले ठुला ठुला अपराधिक कार्यहरु सफलता पुर्बक सम्पन्न गर्न सक्छन/ यसर्थमा हेर्दा बजिरसिंह हास्नुमा धन्दा सुरक्षित रुपमा गर्न पाइने भो भन्ने आत्मविश्वास बढ़ेको छ/ नेपालको स्वार्थी राजनीतिक र प्रसाशनिक नेतृत्व नै यसमा सम्पूर्ण रुपमा जिम्मेवार छ/ चरिमायाहरुलाई त बजिरसिंहहरुले सजिलै थलापार्न सक्छन/ त्यसैले बजिरसिंहले लगाएको हत्कडी देखेर हामीहरु जस्ता नागरिक र चरिमाया जस्ता पिडितहरुले खुसिहुने ठाउँ छैन/ तैपनि सकारात्मक सोचाई बनाउनु पर्छ; अदालतको फैसला र निर्णय स्वागत योग्य छ/ पिडितहरुलाइ दिनुपर्ने रकम डेढ लाख भन्दा पनि डेढ करोड प्रतिव्यक्ति भैदिएको भए अथवा अब माथिल्ला (मुख्यत: सर्बोच्च) अदालतले क्षतिपूर्ति रकम बढाएर डेढ करोड प्रतिव्यक्ति बनाइदिने र सरकारले त्यो भराइदिने सुनिश्चितता भैदियो भने आंशिक राहत पाउने थिए ति चेली हरुले/ आशा गरौं बालकृष्ण ढुंगेलको जस्तै नहोस बजिरसिंहको सजाय /

    Reply
  40. Rabindra says:
    July 13, 2012 at 2:06 pm

    उसको हँसाईले उसको दृढ आत्मविश्वास देखाउंछ | मलाई लाग्छ कि त्यहि चेली बेचबिखन गरेर कमाएको पैसा खर्च गरेर माथिल्लो अदालतमा मुद्दा जितिने कुरामा उसको पूर्ण बिश्वास छ | सायद उसलाई यो बारेमा धेरै अनुभब पनि होला, नत्र किन तेत्रो बिधि आत्मविश्वास हुन्थ्यो र | माथिल्लो अदालतहरुले पनि अहिलेकै फैसलालाई सदर गरिदिए भने मात्र वास्तविक रुपमा न्याय पाएको ति बेचिएका चेलीहरुले महसुस गर्लान | नत्र “नेपालको कानुन दैबले जानुन” भन्ने उखानको चरितार्थ मात्र हुन्छ |

    Reply
  41. Sisir says:
    July 13, 2012 at 2:03 pm

    किन एस्तो घटनामा धेरै जसो बेच्ने पनि तामांग र बेचिने पनि तामांग नै हुन्छन …तामांगहरु निकै सिधा र सोझा साझा हुन्थे र अझै छन् पनि तर खै किन हो हिजो आजका तामाङ्ग युवाहरु (खास गरेर सिन्धुपाल्चोक , नुवाकोट , मकवानपुर, धादिंग तिरका ) किन गलत बाटो तिर हिडदै छन् … उदाहरणको लागि पछिल्लो समयका केहि चर्चित अपराधिक घटनाहरु हेरौ न …
    ** आयेल निगममा बम बिस्फोट गर्ने धनकुटे राज कुमार तामांग (उर्फ बिश्वोक्रन्ति , देवराज लामा ), मारिने पनि सबै तामांग थिए …
    ** गच्छदारका दाहिने हात सिन्धुपाल्चोके ३६ बर्से गणेश लामा(तामांग), हत्या हिम्सा, गुण्डगर्दी, हप्ता असुली, जबर्जस्ति ठेक्का पट्टा,रक्त चन्दन तस्करीबाट अरबौका मालिक
    ** चेली बेच्ने यिनै सिखारपुर सिन्धुपाल्चोकका ३७ बर्से बजिर सिंह तामांग र अरु एस्ता सैयोउ चेली बेचबिखन केसमा पनि तामांगहरु नै संलग्न देखिन्छन र जेल सजाय पनि भोग्दै छन् , कैयोउ मुद्दा खेप्दै छन् ..
    ** भारत पुनाको अदालतले गत मार्च महिनामा ३ बर्से जेल सजाय सुनाएका कोठी (बेस्यालय) संचालक रेश्मा तामांग (45), सविता तामांग (28) र अनिता तामांग (45) ,सबै नेपाली
    ** एक महिना अघि नेपाली इतिहाश कै ठुलो परिमाणको 2640 किलो गाजा(कच्चा चरेश) सहित पक्राउ पर्ने धादिंग र मकवानपुरका ५ जनामा [हस्त बहादुर रुम्बा(२९), तिर्थ बहादुर राई(२९), बिरे लामा(२२), चन्द्र बहादुर गोले(२१) र कुमार लामा(२८) ] मध्ये 4 जना तामांग छन् , सबै ३० वर्ष मुनिका …
    ** बैशाखमा नागढुंगा चेकपोस्टमा अदुवाको बोरा भित्र लुकाई राखेको १०१ किलो चरेश सहित पक्राउ परेका धादिंगका ३९ बर्से तोक बहादुर तामांग ,
    ** गत माघ महिनामा १ करोड २० लाख मूल्य बराबरको १.२ किलो हेरोइन सहित सामाखुसीको आफ्नै डेराबाट पक्राउ परेका ३६ बर्से सुपरोन्ग तामांग ,
    ** 1.54 किलो हेरोइन ३ कोरियाली लै जुत्तामा लुकाएर बेचेको अभियोगमा एक महिना अगी सिंगापुरमा २१ वर्ष जेल र २४ कोर्राको सजाय सुनायियेका युबिन्द्र तामांग (२४) , प्रियतम तामांग २४ , अरुण कुमार तामांग ३२ र समसिंह तामांग ४३ ,
    ** गत बर्स थाइलेडंको फुकेट एरपोर्ट कस्टममा झोलामा फल्स बटम बनाई लुकाको ८ किलो चरेश सहित पक्राउ परेका आफुलाई नेपाली भिक्षु भन्ने हिसे छिरिंग तामांग (४२)…
    आदि आदि ..यो सुची निकै लामो बन्छ

    सबै २०-४० बिचका युवाहरु , यो सारै अफसोच पूर्ण कुरा हो, एउटा सिङ्गै युवा पुस्ता गलत बाटामा लागिरहेछ … सायद गरिबी, अशिक्षा, जनचेतनाको कमि र छिटो पैसा कमाउने गलत मनसायको कारणले यो सब भएको होला … ड्रगको करोबरिमा पक्राउ पर्ने यी अधिकाम्स भरिया मात्र हुन् , मुख्य व्यक्ति पक्राउ नै पर्दैन नेपालमा ..
    तर यी बजिर सिंह जस्ता नर पिचासलाई सामान्य कैद सजायले पुग्दैन आजीवन श्रम सिविरमा राख्नु पर्छ र तेसैले ति बेचिएका चेलीबेटीको पालन पोशानको सम्पूर्ण जिम्मा लिनु पर्छ ..

    Reply
    1. Bal Bahadur Bal says:
      July 14, 2012 at 6:57 pm

      शिशिर जी,
      तपाइले तामांग सलंग्न अपराधमा निकै लामो फेहरिस्त बनाउने भएछ| तपाईको “किन” भन्ने प्रश्न गहकिलो अनि सान्दर्भिक छ| यति ठुलो जन्श्रोत सही बाटोमा लाउँन सकेको भए कस्तो हुने थियो होला भनेर कसैले सोचेंन| तपाइले सही पहिचान गरे अनुसार अशिक्षा, उपेक्षा, अवहेलन र उत्पीडन र सीमान्तकृतका परिणाम हुन्| नेपाली जनसंख्याको एउटा ठुलो र ज्यूँदो हिस्सा नै यसरी सीमान्तकृत हुँदै आएको छ|
      म आफै पनि तामांग समुदायको भएको हुनाले र कतिपय रुपमा आफ्नै तवरमा समुदायमा सुधार प्रगति ल्याउने प्रयत्नशील भएकोले यी पंक्तिहरु राखेको छु| इतिहासको कालखण्डको यो घडीमा आइपुग्दा समेत कतिपय तामांग युवाहरुले आफुलाई सीमान्तकृत भएको देख्दा र अरु निकास र बिकाश नदेख्दा नैराश्यपनमा के हामी नेपाली होइनौ भनेर समेत प्रश्न उठाएका छन्| अन्यको तुलनामा तामांग सलग्न भएको जुनै पनि अपराधलाई बढी चढाई मेडियामा प्राधान्यता दिईनु कुनै नंया पूर्वाग्रह होइन| तामांग जातिको समाउने हाँगो प्रशासन र राजनीतिमा कोही छैन भन्दैमा सम्पूर्ण जातिलाई नै आंच पुग्ने गरेर लगातार समाचार सम्प्रेषण गर्नु सट्टा त्यो किन भयो र रोक्न के गरिनपर्छ त्यसबारे बहस गराएर निकास खोजिनु राज्य र नागरिक समाजको दायित्व होइन र? कि भर्खरै बामे सर्न खोजेको तामांग समुदायमा मात्र यो दायित्व लाद्ने हो?
      यसै सन्दर्भमा यो पनि भनिहालौ|
      तामांग जातिले ताम्सालिंग प्रदेशको दृढ चाहना र मांग राखेको छ| यसको कारण जातपातको संकुचित भावनामा ओतप्रोत भएर होइन| वास्तवमा तामांगहरु जातीय
      प्रदेश चाहदैनन्| अहिले सम्म जात्पातले पेलिएर बढ्न नसक्नु र अब फेरी जातीय प्रदेश चाहने तामांग जातिको इच्छा छैन| तामांग जातिले चाहेको स्वायत शासन हो|
      स्वभावले सोझो र जस्तो देख्यो त्यस्तै भन्ने र सबैलाई बराबरी ठान्ने वा समान दृष्टिले हेर्ने तामांगहरु अरु जे जस्तो व्यवस्था आए पनि उपेक्षित भएका छन्|
      तपाइले जसरी तामांग अपराधमा सलंग्न फेहरिस्त बनाउनु भएको छ त्यस्तै गरेर कसरी तामांगहरु इतिहास, विगत र वर्तमानमा अरुलाई विश्वास गर्दा अवहेलित र उपेक्षित भएका छन् त्यसको त्योभन्दा धेरै गुणा लामो फेहरिस्त बनिन सक्छ|
      जाने बुझेका र पढेलेखेका वाग्ले र सुर्य बहादुर थापा घुसखोरी सम्राट वा नातावादी सम्राट भए भन्दैमा उनीहरुका सम्पूर्ण समुदायलाई कलंकित हुने गरेर दोषारोपण गर्दै फेहरिस्त बनाउन उचित नहोला|
      ताम्सालिंगले तामांगको आकांक्षा पुरा होला वा नहोला त्यो त्यसै भन्न नसकिएला तर एउटा कुरा भने शास्वत छ, तामांगहरु आफ्नो स्थिति प्रति सचेत हुन् थालेको पाइएको छ| यसको मतलब कति अहिले सम्म राज्य संचालन र प्रशासनमा हालीमुहाली हुँदै आएकाहरुले र आफ्नो वर्चस्व कायम राख्ने हरुले जति नै दबाउन खोजे पनि यो कुनै न कुनै रुपमा उजागर भएर छाड्नेछ| जसरी शरीर बनिन एउटा अंगको मात्र बिकाश भएर हुँदैन, मलाई लाग्छ त्यसरी नै देशका बिभिन्न जात जातीहरुको समुन्नती बान्छनीय छ| नेपाललाई टुक्राउने भनेर चिन्ता गर्ने र देशलाई अक्छुन्न राख्नपर्छ भन्ने सोच हृदयंगम गर्ने नेपालीले यो कुरा राम्ररी बुझेको हुनपर्छ| नत्र भोलि के होला कसले जान्न सक्छ र? बितेपछी रोएर के काम?
      कि तामांगको बिकाश तामांगले मात्र गरेर हुने हो भन्ने हो? राज्यको दायित्व के हो?
      यति लेख्ने मौका दिनुभो, सदाशयको लागि धन्यवाद|

      Reply
  42. Bikash Shrestha says:
    July 13, 2012 at 1:56 pm

    ओकील बाहेक अरु कसैले बजीरसिंह लाई बचाउदैन / उस्लाई पैसा खाने ओकील ले मात्रै बचाउछ

    Reply
  43. rajesh says:
    July 13, 2012 at 1:54 pm

    यो आपराधि आफ्नो कर्तुत सम्झेर पागल भय जस्तो छ
    बेहोसी मा हसको होला चोर यसलाइ त प्रकाश पनि नछिर्ने कालकोठरी मा आजीवन कैद गर्नु पर्छा

    Reply
  44. tuyoo bhaju says:
    July 13, 2012 at 1:43 pm

    यो बजीरे बजिया हान्स्नुमा ३ वोटा मध्ये कुनै एक कारण हुनु पर्छ .
    १ . गधा-पच्चिसे उमेरले गर्दा ‘ अपराध बोध ‘ नभएकोले
    २. पापको कमाइ घूस दिएर छुट्ने विस्वास भएकोले
    ३.फोटो खिच्दा हाँस्नु पर्छ भनी सिकेको वा बानी परेकोले.

    Reply
  45. Raj Ghimire says:
    July 13, 2012 at 1:29 pm

    यो संग भएको सबै चल र अचल सम्पति सरकारले लिनु पर्छ र एस्लाई मृत्युदण्ड दिनुनै सबैभन्दा सस्तो, र सजिलो न्याय हो!!

    Reply
  46. krishna says:
    July 13, 2012 at 12:55 pm

    यसको कोठी बात कुनैं न कुनै पार्टी मा चन्दा पुग्या हुनु पर्छ , अनुसन्धान राम्ररी गर्नु पर्ने हुन्छ …
    -यसको सम्पती जफत गरेर पीडीत नारी लाइ दिनु पर्छ र बाकी रकम चेलीबेटी बेचबिखन सम्बन्धी काम गर्ने सस्थामा लगाउनु पर्छ/
    -यसलाई फासिहैन तद्पायर जिउन दिनु पर्छ जस्तै – पीडित नारीले दैनीक ५कोर्रा हान्न लगाउने , कडा श्रम गर्न लगाउने ताकी आफुले खाने पैसा कमाओस कम्तिमा /

    Reply
  47. jayan says:
    July 13, 2012 at 12:22 pm

    बिचरा ति अबोध बालिकाहरुको कति सपनाहरु थिए होला, कति इच्छा अनि आकंछ्याहरु थिए होला……ति सबै सपनाहरुको बलात्कार गर्ने यो नीचलाइ यो सजाए पनि कम छI

    Reply
  48. Bishnu Nepali says:
    July 13, 2012 at 12:04 pm

    यो मानब होइन दानब हो | यस्ता दानब हरु नेपालको राजनीतिमा; कर्मचारी तन्त्रमा, ब्यापारमा; पुलिशमा, सेनामा, अदालतमा, एनजीओमा; पत्रकारितामा, विद्यार्थी नेतामा; ट्रेड युनियनमा; ठुला खानदानमा पनि धेरै छन् !

    नेपालका मानब त गाउमा, सहरमा; मिडल इस्टमा; मलेसिया; कोरियामा दुख गरेर बसेका छन् ! समग्रमा भन्दा नेपालमा दानब हरुले जितेका छन् र मानब हरुले हरेक छन् !

    Reply
  49. Bal krishna amgain says:
    July 13, 2012 at 11:44 am

    मेरो विचार मा त उस लाई कुनै ठुलै मान्छे को हात उसको टाउको मा छ जस्तो लाग्छा

    Reply
    1. अनिल says:
      July 13, 2012 at 12:16 pm

      अरु नेपाली चेलीलाइ कोठीमा मरे तुल्य नारकीय जीवन दिएर आफु जन्म कैद भए पनि कमसेकम बाचे भनेर दंग परेको होला।

      Reply
      1. अनिल says:
        July 13, 2012 at 3:28 pm

        http://karobardaily.com/uploads/default/cartoons/wah_mero_aayu.jpg

        Reply
  50. kalpana tamang ramechhap says:
    July 13, 2012 at 11:43 am

    यस्ता कुख्यात डाकालाई फासी दिनु पर६ ताकी उ कहिल्यै अब न्यायालयको खिल्ली उदयरा हास्न नसकोस, यस्ता भुस्याहा कुकुर पालेर नेपालको सम्पति सक्नु भन्दा विकासे काममा लगुना सकिन६ नि ति पैसा जसले तेस्को भात किन्न परोस ……………………..

    Reply
  51. yukta says:
    July 13, 2012 at 11:09 am

    कस्ता कस्ता हत्या, लुटपाट,बलात्कार ,जस्ता जधन्य अपराध गरेर जेल पसेका हरुलाई त नेपाल मा जुन सरकार आए पनि स-सम्मान का साथ माफि दिएर रिहा गरि दिन्छन यसको शिरमा पनि कुनै न कुनै नेता को आशिर्बाद को हाथ होला त्यहि भएर यो अपराधी ढुक्क साथ हासेको होला यस्ता क्रुर अपराधी हरु लाई त कानुन संसोधन गरेर सिधै फाँसी मा झुन्ड़ाई दिनु पर्छ न रहन्छ बाँस न बज्छ बाँसुरी .

    Reply
  52. सैलेश पौडेल,पोखरा says:
    July 13, 2012 at 11:03 am

    यो पनि माओबादी होला … माओबादी सरकार ले मान्छे मार्ने को त मुद्दा फिर्ता लिन्छ , मैले त जाबो बेचेको (अनि फेरी घर पनि आइहाले ), तेसैले माओबादी लाई कानुन लाग्दैन , छुटाई हाल्छ के को पिर भनेर होला /

    Reply
  53. anup_gorkhe says:
    July 13, 2012 at 11:03 am

    यो फोटो लाई “वर्ष फोटो” को पुरस्कार दिनु पर्छ ! १७० वर्ष जेल संजाय पाएर पनि निक्कै हँसिलो मुद्रामा देखिनु अचम्मै भएन र?

    Reply
  54. DEEPAK SHRESTHA says:
    July 13, 2012 at 11:01 am

    अब दिन आयो नि वकिल को. कुख्यात भ्रस्टचारी लाइ अनेक बहानामा म्याद बढाई रहेछ अब यिनको नि सेवा गर्ने होला सो यो दुक्का परेको कुत्ते कस्तो कस्तो जन्मिन्छ मान्छे नि…..\

    Reply
  55. भक्तपुरे says:
    July 13, 2012 at 10:07 am

    हो, नेपाल को सबैभन्दा ठुलो सजाँए भनेको सर्वस्व सहित जन्म कैद हो जुन २० वर्षको हुन्छ | मुलुकी ऐन, दण्ड सजाँयको महलको ८ र १० नम्बरले स्पष्ट भन्छ विभिन्न मुद्दामा धेरै सजाँए भएको खण्डमा सबैभन्दा ठुलो सजाँए गर्नु र अरु साना सजाँए खापिदैन | कुरा येत्ती हो |

    तर आजकल मिडियाले १०० र २०० वर्ष को सजाँए भयो भनेर अतिरन्जित गरिराख्याछन् | येही लहै लहैमा हाम्रो सालोक्यजी पनि लागेको देखियो | धेरै वा विभिन्न मुद्दा एउटई व्यक्तिलाइ लागेको खण्डमा सबै मुद्दाको सजाँए जोड्दा मात्र सैयौं वर्ष को सजाँए देखिन्छ | आखिरमा झ्यालखाना बस्नु पर्ने चै उही २० वर्ष नै हो तेहीपनि राजनीति घुसाएर अगाडी नै छुट्ने कुरा त भनिरहनु पर्दैन |

    Reply
    1. Birkhe says:
      July 13, 2012 at 12:25 pm

      त्यसो हो भने चै कुनै अर्थ रहेनछ. त्यहि कानूनी छिद्र देखेर हासेको हो कि.

      Reply
    2. Sisir says:
      July 13, 2012 at 2:20 pm

      अनि माथि सालोक्य जीले भने जस्तो दिन रात गनेर १० वर्ष भन्दा कम मात्र कैदी हुन पर्ने हो ?? कृपया नेपालमा कैद भुक्तान कसरि हुन्छ कसैलाई जानकारी भए इस्पस्त पर्दिनु होला !!

      Reply
  56. Sam Nepali says:
    July 13, 2012 at 9:50 am

    फासी दिन एस अर्थ मा जरुरि छकी अन्नेथा जेल फोरेर भाग्छ अथवा कुनैनाकुनै तबर बाट उम्किन शक्छ/ एदी उम्केन भनेपनि एस्तो नरपिचास लाई बाचुन्जेल पल्नलाई र रेखदेख गर्न लाई खर्च मात्र हुन्छ र ति निर्दोस बालिका हरुलाई त्रास भइनै रहन्छ उम्केर दुखादिन्छ भनेर . hence my straight forward suggestion is to eliminate such impurities from our society .

    Reply
  57. Uddav Bhandari says:
    July 13, 2012 at 9:30 am

    राजनीतिक पार्टी अथवा प्रहरीमा पौच भयका अपराधी हरु यसरी हास्नी गर्छन . अपराधी लाई छुटौना येस्ता सक्ति केन्द्र हरु पहिलेय्नै सक्रिय भै सकेका हुन्छन तेसकारण अपराधीको मनोबल बढेर येसरी कानुन को खिल्ली उदौछान .

    प्रहरी भनेको अनुसासन को पालक हुन् / मिडिया को अगाडी अपराधी हासेको देखेर प्रहरी पनि हासेको छन् . के प्रहरी को अनुसासन भनेको यस्तो हो . अपराधी र प्रहरी दुवै जना हासेको तस्बिर मिडिया मा देखिदा एस्तो लाग्छ यी दुवै थरि कानुन को मजा लियका छन् /

    Reply
  58. ravi says:
    July 13, 2012 at 9:21 am

    बाबुरामले छुटौना सक्छन है येस्लाई ,,,ख़बरदार ……..

    Reply
  59. काईला छन्त्याल says:
    July 13, 2012 at 8:44 am

    त्यो पापी लाई फांसी िदए पनी तेसले गरेको पाप कत् हुने छैन् !

    Reply
  60. SURENDRA SUBEDI hongkong says:
    July 13, 2012 at 8:43 am

    बालकृष्ण ढुंगेल जस्तै यो मान्छे पनि ठुलै कमरेड को आसिर्बाद मा हासे जस्तो छ/नत्र तेत्रो सात पुस्ता लाई पुग्ने सजाय पाउदा पनि खिसिक्क हासी रहेको छ /

    Reply
  61. Kamal says:
    July 13, 2012 at 8:30 am

    केटि बेच्ने दलाल न हो हासेर हसार केटि फकाउने बानी परेको दलाल, बिचरा पुलिस दाईलाई आपत् हास्ने कि नहास्ने, भोलि जे सुकै होस् अदालतले एक चोटी राम्रै निर्यण उरेको छ

    Reply
  62. ryan says:
    July 13, 2012 at 8:29 am

    नेपालमा अपराधीहरु हासेको, नाचेको , मच्केको अनि उहिहरुकै चर्चा भएको देख्दा नेपाल कतै एमराज को देश नर्क त होइन भन्ने जस्तो भान अब नेपालीहरुलाई नहोला भन्न सकिदैन . पहिला हजुरबाले गालि गर्दा नर्कमा जालास भन्थे अब त नेपाल मै होलास भन्ने बेला पनि आयो.

    Reply
  63. sudip says:
    July 13, 2012 at 8:00 am

    यस्तालाइत प्रतेक दिन नमरेसम्म ब्लेड ठाउँ ठाउँ मा चिरेर नुन खुर्सानी दल्नु पर्छ

    Reply
  64. Ramkrishna Thapa says:
    July 13, 2012 at 7:34 am

    यो त ठुलै नेता(नेपालको) हुने क्वालिटीको मान्छे पो रहेछा त त्यत्रो गल्ति गर्दा र सजाय पाउदा पनि एस्लाई त कुनै ग्लानी नै छैन बा …!

    Reply
  65. gobinda says:
    July 13, 2012 at 7:18 am

    सिधा मृतुदण्ड दिए हुन्छ यस्ता नरपिचास लाइ , अनि अरु नरपिचास ले पनि थाहा पाउन कि चेलीबेटी बेचबिखन भनेको के हो भनेर /

    Reply
  66. Resham says:
    July 13, 2012 at 7:17 am

    येश्ले फिस्स हासेर मुस्कान छाड्नुमा कुनै राजनीतिक हात पक्कै हुनु पर्छ / यो कमरेड पो हो कि/ भोलि अपराध को आममाफी पैर बाहिर निस्कनु बेर हुदैन है/ गाउले पक्कै यो हासोमा दाल मे कुछ काला है भए जस्तो देखिन्छ / सजाय चाही येश्ले पुरा भुक्तान गर्न चाही पर्छ नि कि कसो?

    Reply
  67. Sapna says:
    July 13, 2012 at 6:37 am

    यो न मानब हो नत यसको मानब को हृदैनै छ|तेसैले यसको मन मुटुमा केहि पनि खेद छैन|
    साँची भन्ने हो भने यस्ता निच दनाब्लाई सबैले देख्नेगरी फान्सिमै झुन्ड्याउनु पर्ने हो र तेस्कोलाई सजाए तेतिले पनि नपुग्ने हो|
    तर यो हरामिले तेस्तो पेसा चलाउन कसको सम्रख्स्याँ पाएको रेहेछा, सरकार ले त्यो भएंकर दानबको खोजि गर्न पर्ने हो| ति सम्रख्स्याँ दिनेको सक्ति ह्राश नाभैजेल तेस्ताले फेरी अर्को यो जस्तै दानब जन्माई रहन्छन|

    Reply
  68. krajend says:
    July 13, 2012 at 6:32 am

    प्रतेक सरकारी र गैरसरकारी कार्यालयमा काम गर्ने दिदि बहिनि हरुलाई कर्के नजर लगाउने हाकिम र आफुले नपाए पछी चरित्र हत्या गर्ने कर्मचारी हरु यी भन्दा ठुला अपराधी हुन् तर तिनीहरु कहिलेयी कानून को दायरामा आउदैनन .

    Reply
  69. punya hawaii says:
    July 13, 2012 at 6:01 am

    यो कुनै पार्टिको कार्य कर्ता हुन सक्छ तर यस्ता मानब कलंकको पक्षमा बोल्ने,लेख्ने,वकालत गर्ने र आम माफिको प्रयास गर्ने नेता संमलाई पनि यसरि नै जेलमा सडाउनुपर्छ।अनिमात्र ती चेलीहरुको आत्माले मरेपछि पनि शान्ति पाउँछ।

    Reply
  70. mukti says:
    July 13, 2012 at 5:09 am

    यो मान्छेमा लाज, इज्ज्येत भन्ने कुरा रत्ति भर पनि छैन, भएको भए तेस्तो काम गर्नेनै थिएन | यो हास्नु र नहास्नुको अर्थ छैन | हाम्रो दिमागले एसको दिमागको कुरा देख्ने कुरै भएन , फुलको आखामा फुलाई संसार .. तेसैले उसको हासोलाई हामीले नबुझेको हो |

    Reply
  71. kiran says:
    July 13, 2012 at 4:32 am

    यस लाई त १७० बर्सको सजाय होइन १७० पटक शूट गर्नु पर्छ/ अनि मात्र हाम्रा बेचिएका चेलीहरु को चित्त बुझ्छ/

    Reply
  72. sujan says:
    July 13, 2012 at 4:09 am

    एसको लिङ्ग परिवर्तन गरेर हरेक पल एसको बलात्कार गर्नु पर्छ अनि बम्बइ को कोठी मा फ्याली दिनु पर्छ आजीवन, अनि थाहा पाउनेछ चेलीहरुको पिडा ///

    Reply
  73. sujan says:
    July 13, 2012 at 4:00 am

    येस्ले बेच्नु भन्दा पहिले आफै अबोध चेलीलाई कयौ पटक बलात्कार गर्ने गरेको रहेछ, येस्को त त्यो बलात्कार गर्ने हात या सके “पुरुषत्व चिन्ह” नै काटेर १७० वर्ष सम्म हरेक दिन नुन खुर्सानी दलेर प्रयेस्चित गराउनु पर्छ /

    Reply
  74. Bibekanand Pandey ,Ireland says:
    July 13, 2012 at 3:59 am

    यस्ता पतित , दुष्ट अपराधी लाई त तड्पाई तड्पाई मारिदिनु पर्छ /येत्रो ठुलो अपराध नेपाली ले गर्ला भन्ने त कानून बनाउने ले पनि सोचेका रहेनछन क्यारे कुन्नि !

    Reply
  75. बराल बन्दु says:
    July 13, 2012 at 3:58 am

    यसकेा चेतानाले काम नगरेकेा अबस्था हेा, उसकेा अाफ्नि छेारि सग करणि गर्दा नै उसकेा चेतना गुमिसकेकेा छ जसतेा छ। चेतनसिल मानिसले यस्तेा कसरि गर्न सक्छर , चेतना गुमेर येा राक्षस भै सकेकेा अबस्ता हेा। सबै चेलिकेा सराप लागेकेा छ यसलाइ र अर्केा कुरा यसकि दिदि जेा यसलार्इ केटि मगायर यसलार्इ एकलाख भारू दिएकि थिइ तेसलाइ पनि येा बनिर सिहलार्इ जस्तै सनाय लपन पर्ने हेा।

    Reply
  76. Ujjwal says:
    July 13, 2012 at 3:35 am

    अरुलाई के भन्नी उमेश जी? तपाईंले नै एस्तो मान्छेलाई “उनी” भनेर सोम्बोधन गरेपछी ? एस्तो लेखमा “उनले एस्तो गरे, उनले त्यस्तो गरे” होइन, “उसले एस्तो गर्यो, उसले त्यस्तो गर्यो” भनेर लेख्दा उपयुक्त हुन्छ ! तपाईं को लेखमा सुजाता अथवा कुनै स्त्रीको कुरा गर्दा “उनले एस्तो गरे, उनले त्यस्तो गरे” भनेर लेख्नुभएको पनि देखेको छु उदाहरणको लागी हिजोको बिना मगरको बारेको लेख ! अहिले कुरा उठेको भएर भनिहाले मैले पनि ! “उनी” संग लिङ्ग को पनि ख्याल राख्नु पर्छ ! पुलिंग “उनी” संग “उनले एस्तो गरे, उनले त्यस्तो गरे” हुन्छ भने,स्त्रिलिंगी “उनी” संग “उनले एस्तो गरिन्, उनले त्यस्तो गरिन् हुन्छ !

    Reply
  77. prabesh lama says:
    July 13, 2012 at 3:32 am

    यस्तो अप्रहधि लाई छोड्नुहुन्न यसलाई कुटपिट र हातको अम्लामा करेन्ट लगाएर चेलिबेटी बेच बिखन गर्ने ओशर पशर गर्ने साथी भाईहरु धेरै होला मूल मान्छे भेटेको रहेछ हांगभींगा पत्ता गर्नु जरुरिछ,नेपाली प्रहरी लाई धेरै-धेरै धन्नेबाद दिनुपर्छ जसले बजिरसिंह तामाङ को पक्छेमा बोल्छ त्यो मान्छे बजिरसिंग को १००को १०० गुण अप्रहधि ठहरिन्छ !

    Reply
  78. kalpana bhandari says:
    July 13, 2012 at 3:16 am

    जुन मान्छेमा बिबेक ,चेतना ,इमान्दारिता ,माया ,दया र भावना हुन्छ ति मान्छे हरु ले यस्ता पासविक अपराध गर्न सक्दैन . यस्तो क्रुर अपराध गर्न सक्ने यो मानबरुपी दानबको किरापरेको अनुहारमा के आत्माग्लानी हुनु र यसलाई त सार्बजनिक स्थलमा तडपाई तडपाई ब्लडले चिर्दै नुन खोर्शानी र चुक लगाएर मार्नु पर्छ अनि मात्र ति बेचिएका दिदीबैनीहरुले शान्तिको सास फेर्छन.

    Reply
  79. बिषम नेपाली says:
    July 13, 2012 at 3:10 am

    आफ्नो पार्टीको सभासद जसलाई अदालतले सुनाएको काराबासको सजायलाई आममाफीको सिफारिस गर्ने हाम्रा डा.प्रधानमन्त्रीले यसलाई पनि माफीदिने सिफारिस गर्नेछन र माफी पाउँछु भनेर बजिरशिंह ढुक्क भएको हुनुपर्छ । कतै अपराधिलाई यति धेरै बर्षको सजाय गर्नु प्रतिगमलाई सघाउ पुर्याउनु हो, हाम्रो सरकार र पार्टिले यसको भत्सना गर्छ भन्दै आममाफीकोलागि सिफारिस त गर्ने हैनन !!!! साबधान कानूनब्याबसाईहरु यस्ताको पक्षबाट वकालत गर्ने छैनौ !! अपराधीको कुनै जात, भाषा, धर्म हुदैन । कतै जात, भाषा वा धर्मको नाममा रंग भर्ने काम नगर्नु । अपराध को जात, भाषा र धर्म वा कर्म भनेकै सजाय भोग्नु हो । उसले उचित सजाय पाउनै पर्छ ।

    Reply
  80. neerose says:
    July 13, 2012 at 3:06 am

    सुरा सुन्दरी खानपिन घुमफिर एइसो आराम गर्नुजती मोज गरियो अब के पो चाहियो र भन्याहोलानी, नेपाल न हो अझै चाहे निक्लानलाई कुनै आइतबार कुर्न पर्दैन क्यारे पैसो छदैछ नेता नाइके घिसिया फटाहा जतिनी छदैछ भनेर ढुक्क भै हासेको जस्तो छ!
    तेसैपानी बाहिर पो अब के निक्लानुपर्यो र ढुक्क संग भित्रै बस्यो सुरक्षित पनि भइने खान बस्न पिर पनि गर्नु नपर्ने अब बाचुन्जेल को लागि भनेर मख्ख भा होला!
    अझै यो जीवनलाई मात्रै होइन यसले त अर्को जुनी पाई हालेमा पनि खाना बस्न इन्सुरेन्स गर्या जस्तो भो ल!
    तेसैले खुशी भै मख्ख परि हासेको होला! अझै जेल बात छुतिहाल्यो भने त् नेता बन्ने पक्का छ भनेर सोच्दो होला के!
    खुरुक्क ठामको ठाम्मै सालेलाई तातो पानीमा चोबलेर नामार्दियर के रमिता बने राख्या हो, कानुन कोर्ट थुना जेल भनेर देश र जनताको अझै समय श्रम र धन बर्बाद गरेर!
    यस्तालाई त खुरुक्क एक सिलिन्डर अक्सिजन दिने र खाल्टो खनेर गाडिदिने तांती खलास!

    Reply
  81. dilliram says:
    July 13, 2012 at 2:44 am

    नाबालक बिरुद्ध कुनै पनि अपराध को येस्तई सजाय हुनु पर्छ | म त भन्छु १३, १४ बर्से नाबालक हरु लै बन्दुक दिएर युद्ध मा लगाउने नाइके प्रचण्ड, बाबुराम लाई येस्तई सजाय हुनु पर्छ |

    Reply
  82. Lalit Narayan says:
    July 13, 2012 at 1:51 am

    कतै कामरेड त परेन आम माफीको लागि योग्य ? यो मोरो त्येतिकै त मिसिक्क नहास्नु पर्ने l
    खरदार यो डाँकालाइ उम्कायो भने कुनै पनि बहाना बनाएर l यी जस्ता कुख्यात अपराधीलाई त पुनरावेदन, सर्बोच्च जहाँ निबेदन हलेनी १७० वर्ष मा अझ थपेर कालकोठरीमा जाक्नुपर्छ, कि कसो गाउँले हो?

    Reply
  83. Deep says:
    July 13, 2012 at 1:38 am

    येस्ता जगन्य अपराधीहरुलाई जेल सजायं त जति दिए पनि थोरै नै हुन्छ l मानब अधिकारका नाममा येस्ता अपराधीलाई मृत्यु दण्ड नदिनु अति बिडम्बना हो l पीडितका मानब अधीकार हननलाई पीडकले पूर्णरुपमा क्षतिपूर्ति गर्न सक्ने बाहेकका अपराधहरुमा (जस्तै- हत्या, मानब बेचबिखन, करणी…) अपराधीलाई मृत्यु दण्ड दिने कानुनी व्यवस्था नभए सम्म येस्ता घटनाहरु घटीरहन्छन l

    Reply
  84. Rabin Lama says:
    July 13, 2012 at 1:32 am

    हुनत यसलार्इ मृत्युदण्ड नै हुनुपर्ने हो । तैपनि नेपालको कानूनमा व्यवस्था नभएकोले चेलीहरूले कोठीमा जेजस्तो पीडा भोग्नु पर्याथ्यो त्योभन्दा दोब्बर शारीरिक र मानसिक पीडा सहितको पीडा दिनुपर्छ यो साला राक्षसलार्इ अनि अहिले हाँसेको निस्कन्छ ।

    Reply
  85. sujan says:
    July 13, 2012 at 1:15 am

    यो अपराधीलाई आफ्नो अपराधको कुनै ग्लानी छैन, येस्तालाई फाँसी दिनु नै उपयुक्त छ, नत्र यो आफ्नो पावर लगाएर उम्कन सक्छ /

    Reply
  86. Roshan says:
    July 13, 2012 at 12:56 am

    जसले बजिर शिंह तामांगको पक्षमा बहस गर्छ त्यो वकिल,वकिल होइन त्यो व्यक्ति पनि मानव बेच बिखनमा बजिर सिंह संग समलग्न हुनु पर्छ|यस्ता जघन्य अपराधीको पक्षमा बहस गर्ने वकिल पक्कै पनि राम्रो बिचारको हुन् सक्दैन र त्यसलाई पनि कारबाही गरिनु पर्छ|

    Reply
  87. मन says:
    July 13, 2012 at 12:30 am

    म फाँसी सजाय बिरुद्ध रहे पनि यस्तो जघन्य अवस्थामा फाँसी दिन ठिक ठहर्छ|
    यस्तोलाई सजाय सुनाए देखिनको जेल सजाय पनि नरकीय अवस्थामा भोग्न लगाईंन पर्छ जसले गर्दा अब फेरि यस्तो कुकृत्य गर्ने त् के चिताउने समेत दुस्साहस कसैले नगरोस| बिस्तारै छाला काडेर नुन खुर्सानी छर्न पाए बाउको बिहे देख्ने थियो|

    यो खुंखार महाअपराधी साइको त् हाँस्यो र नाश्यो, यस्तो गम्भीर मुद्दामा त्यो पुलिस पनि हाँस्नुको अर्थ के हो?

    Reply
  88. Milan Kanchha says:
    July 13, 2012 at 12:22 am

    सिन्धुपाल्चोक बाट धेरै चेलीबेटी बेच बिखन भएको छ| यो अपराधी को बिरुद्द मा उजुरु गर्ने र मुद्दा लड्ने चेलीहरु लाई मेरो हृदय देखि नमस्कार छ| यी अपराधीहरुले चेली बेच्नुको साथै देशको नाम समेत बदनाम गर्छ/ इंडिया मा आफ्नै दिदि बहिनि संग गयो भने पनि नराम्रो आखाले हेर्छ| सिमित नेपालीको लागि मात्र राज्यको अनुभूति दिएको नेपाल मा, गरिबी, असिछ्या, र सोझो पनको फाइदा उठाएर मानब बेच्ने लाई जतिसुकै सजाय दिएपनि पुग्दैन| तर उनको हाँसोले नेपालको न्याय व्यवस्था लाई पनि हाँसोमा उदाएको छ| किनभने यस्ता व्यक्ति हरु कति छन् छन् खोइ कसले सजाए पायको ? उसलाई पनि विश्वास छ, पैसाले न्याय किन्न सकिन्छ भनेर! त्यो मोरो अपराधीको हाँसो देखेर, पुलिस समेत जिल्ला पर्यो !!!!!!!!!!!!

    Reply
  89. yogi says:
    July 13, 2012 at 12:15 am

    यसलाई त कैदी हरुको पनि चर्पी मा थुन्नु पर्छ १७० बर्ष….

    Reply
  90. पुष्प says:
    July 13, 2012 at 12:10 am

    नेपाली छोरीचेली बेचबिखन गरेर सिन्धुपाल्चोक जिल्लामात्र होइन, नेपालकै बद्नाम गराउने यस्ता अपराधीलाई यो सजाय पनि कमै हो । हुन त कानूनलाई व्यवसायको नाउँ दिएकै भरमा कानूनकै धज्जी उडाउने वकीलहरू हुञ्जेल यस्ता अपराधीहरूको अनुहार अँध्यारो कसरी होस् ।

    Reply
  91. Subba Vishwakarma says:
    July 13, 2012 at 12:03 am

    थुक्क थुक्क थुक्क थुक्क थुक्क ,तर ढुक्क छ, नेपाली कानून ले उसलाई केहि लच्चारपतो लागौदैना भन्ने ,येस्ता लाई त मुस्लिम कानून नै राम्रो तुरन्त फासी.

    Reply
  92. Bhakta Gurung Boston USA says:
    July 13, 2012 at 12:03 am

    नेपालको कानुनमा मृत्यु दण्ड( क्यापिटल-पनिस्मेंट)को व्यवस्था नभएसम्म, समाजका क्यान्सरको उन्मुलन हुनै सक्दैन… कानुन सबैलाई बराबर र दायरा कडा भएको खण्डमा समाज शान्ति-पूर्ण हुने दोमत छैन ! तर यही समाजमा पारस र धिरेन्द्रहरु पनि थिए जसको पेशा भन्नु नै नारीहरुको बलात्कार गर्नु र हत्या हिंसा गर्नु थियो उनीहरु कानुनका दायरा भन्दा माथि थिए ‘अभियुक्त बजिर सिंह तामांगले पनि नेपाली कानुन, राजनीतिज्ञ, पत्रकार र सिंगो नेपाली समाज लाई व्यंगात्मक हाँसो छर्दै चुनौती दिएका त हैनन्! बिचरणीय छ!

    Reply
    1. shankar says:
      July 13, 2012 at 3:35 am

      के फासीको सजाए हुने देशमा समाजका क्यान्सरको उन्मुलन भा छ र ?

      Reply
      1. Bikash Shrestha says:
        July 13, 2012 at 1:00 pm

        शंकर जी , ठुल ठुला देश हरुमा मृत्यु दण्ड ले पनि कन्सर को उन्मुलन न होला / सानो देश मा त हुन सक्छा नि / अजीबन कराबशको सजाए ले अपराधी उन्मुलन हुदै हुँदैन / जेल भित्र बाट पनि अपराधी क्रिया कालाप संचालन गरिराखेको प्रसस्त पाउछ / मलाई लाग्छ मृतु दण्ड को सजाय अबसेक छ हाम्रो देश मा

        Reply
  93. रोशन बाबु says:
    July 12, 2012 at 11:57 pm

    जोक भनेर मुर्दारले प्रहरी दाईलाई सुद्द हँसाएछ !!

    यस्तालाई त् तड्पाई तड्पाई मार्नु पर्ने के गर्नु कानुन भन्दा माथि जानु भएन !!! अब बाचुन्जेल नेपालको जेलमा अनि मरे पछि नरकमा यमराजले तातो तेलमा डुबाएर तेरो पकौडा बनाउन, तातो झिरले तेरो आँखा र कान प्वाल पारुन… तेरो आत्मा ले कहिले नि शान्ति नपाओस, बजिरसिंह !!!

    Reply
  94. ashok says:
    July 12, 2012 at 11:53 pm

    यो अती सराहनीय कम हो, तर एक-दुइ जनालाई जेल हल्दैमा नेपालमा मानब बेचबिखन रोकिदैन ! हाम्रो समाजमा सरकार र संलग्न संघसंस्थाहरुले जनचेतनामुलक कार्यक्रम ल्याउनु नितान्त आवश्यक छ !

    Reply
  95. mohan pun says:
    July 12, 2012 at 11:47 pm

    उसको यो खुसीमा अचम्म मान्नु पर्दैन किनभने उसलाई पुरैबिस्वास्छ, उ चाडै निस्कन्छ र निस्कन्छपनि, अहिलेको माओबादी सरकारमा जे पनि गर्न सकिन्छ केवल मोटो बित्ता हातमा हुनुपर्यो/ यति धेरै सजायसुनएर के काम? बरु सिधै एक round त्यो अपराधीको दिमाखमा ठोक्दे के फरक पर्थ्योर? उ निस्केर फेरी एहिकाम गर्छ र त्यो बिचरी हरुलाईपनि दुख दिन्छ ….

    Reply
  96. Shankar says:
    July 12, 2012 at 11:38 pm

    अहा कति राम्रो घाटी भएको मान्छे ,येसो डोरी सुर्किनु पारेर झुनदयैदिउ जस्तो लाग्ने |

    Reply
  97. Resham says:
    July 12, 2012 at 10:12 pm

    अपराध पनि यति धेरै गरेछ कि यस्को बिबेक, चेतन, मन, भावना, दिल, समबेदना अरु खोइ के भनौ सबै जोतेको गोरुको काधको सारो भाग जस्तै भएछ / जब यो अवस्था मान्छेको हुन्छ तब उसमा कुनै मानबिय समबेदना बाकी रहदैन / सायद बजिरसिंह को यो मूड पनि येस्तई होला /

    Reply
  98. Ankit says:
    July 12, 2012 at 10:07 pm

    Nepal needs ‘sentence to death through lethal injection’ for these kind of insane, inhumane devils….

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme