Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

लघुकथाः माया

Posted on July 21, 2012July 21, 2012 by mysansar

-माधव नेपाल (पूर्व प्रम हैन)-

एउटा प्रशिक्षणको क्रममा मधुर र गोपीको भेट भएको हो। मधुर प्रशिक्षक थियो। गोपी प्रशिक्षार्थी थिई। तीसौ जना प्रशिक्षार्थी मध्ये गोपी मधुरसँग नजिक हुन खुब कोशिस गर्थी। तथापि मधुरले खासै चासो दिएको थिएन। तीन दिने प्रशिक्षण सकियो। विदा हुने बेला मधुरले आफ्नो ब्यक्तिगत नम्बर सबैलाई टिपाइदियो। त्यसपछि गोपीको दिनचर्या मधुरलाई फोन गर्ने हुन थाल्यो। कुराकानीसँगै उनीहरुको सम्बन्ध प्रगाढ बन्यो।

यो बीचमा कयौं रात उनीहरुले सँगै बिताए। कहिले मधुर त कहिले गोपीको कोठामा उनीहरु दिनरात लठिन्थे। सुन्धारा र बागबजारको लजका ओछ्यानका तन्ना पनि धेरै पटक कच्याकुच्युक भए। दिनमा दुई पटकसम्म आपसमा भेट नभए उनीहरु एक अर्कालाई शंकाले हेर्थे। मधुरले पनि गोपीलाई श्रीमतीकै रुपमा स्वीकार गरेको थियो। गोपी पनि जीवन भर सँगै बस्न नपाए बाँच्न नसक्ने एसएमएसका अक्षरहरुबाट बताउँथी।


एक दिन मधुरको मोवाइलमा एसएमस आयो “ डियर आइएम प्रेगेनेन्ट ”।
मधुरले बडो खुसीसाथ जवाफ फर्कायो- “गुड आई वान्ट बेबी ”
तर त्यसको जवाफमा गोपीले लेखी “म यसलाई फाल्न चाहन्छु। ”
मधुर छाँगाबाट खसे झैं भयो। उसले यस्तो जवाफको कल्पना पनि गरेको थिएन। उसले मञ्जुर गरेन पनि।

तर, नारी हठका अगाडि उसको पुरुषत्वको केही जोड चलेन। पुलचोकमा रहेको आफ्नो साथीको पोलिक्लिनिकमा गएर गर्भपनको कागजमा सही छाप गरिदियो। अनि फर्कियो, एउटा वैधानिक हत्यारा झैं। उसले गोपीलाई कहिल्यै फोन नगर्ने कसम खायो।

तर, केही दिनपछि नै गोपीले भेट्ने आग्रह गरी। फेरि पुरानै क्रम दोहोरिन थाल्यो।

एक रात करिब नौ बजे गोपीको म्यासेज आयो- “ आइ निड सम मनी प्लिज सेन्ड मी फिप्टी रुपिज्। ”

मधुर केही विसन्चो भएर ओछ्यान परेको थियो। उसको मोवाइलमा ब्यालेन्स पनि थिएन। आफ्नो वास्तविकता उसले दर्शायो। तर,गोपीले उसलाई बहानाको आरोप लगाई।

भोलिपल्ट उसले मधुरको फोन उठाइन। धेरै दिनसम्म यस्तै प्रकृया चलिरह्यो। मधुर गोपीलाई भेट्न उसैकोमा गयो। तर भेट्न सकेन।

एक दिन मधुरको मोवाइलमा म्यासेज अयो “ यू आर फ्री फ्रम मि ”।

23 thoughts on “लघुकथाः माया”

  1. Bino, Italy says:
    July 25, 2012 at 6:41 pm

    कथाको खडेरी परेकै हो त शनिबार साहित्य को लागि? के यो कथाको स्तर माई संसारमा छापिन लायक को छ त? हामीलाई यस्तो आशा थिएन सालोक्य जी

    Reply
  2. Prem Nepal says:
    July 25, 2012 at 11:25 am

    कस्तो अर्थ न बर्थ को कथा ? एस्तो पनि कहिँ कथा हुन६ ? नेपाल को पत्रकार हरुको केहि कम ६ऐन एस्तो त ६,लेखाई छि छि छि …………………

    Reply
  3. bikash birahi says:
    July 25, 2012 at 7:00 am

    एस्तो फोगटिया कथा राख्नु भएन हइ admin जी . २ कक्ष्याको बच्चाले लेखेको जस्तो.

    Reply
  4. robei says:
    July 23, 2012 at 4:58 pm

    धत, यस्तो पत्रु कथा त जिन्दगीमा पढ्न नपरोस |

    Reply
  5. raj kumar sharma says:
    July 23, 2012 at 10:51 am

    माधब नेपाल ज़ी , यो कथा भएन , हुन सक्छ तपाई को व्यथा होला l कथा र व्यथा फरक फरक हुन्छन l यस्तो व्यथा, कथा का रुपमा आगामी दिनमा माई संसार मा पडन नपरोस l

    Reply
  6. yam narayan (dubai) says:
    July 22, 2012 at 7:31 pm

    हैन मित्र हो कथा मात्रै झुर हैन पात्र हरु पनि पुरुष को नाम जस्तो गोपी केटि को नाम छ | केटीको नाम जस्तो मधुर केटा को नाम छ | लेखकले त मेहनत गरेर लेख्नु भएकै होला तर एस्तो झुर कथा MY संसारमा फेरी पढ्न नपरोस |

    Reply
  7. Sachin says:
    July 22, 2012 at 3:51 pm

    यो त कान्तिपुरको कोपिला छापिने कथा जस्तो छ. सल्योक्य जी तपाई को blog follow गरेको बर्षौ भयो तर अहिले सम्म को झुर कथा.

    Reply
  8. Niraj says:
    July 22, 2012 at 11:23 am

    ताइ न तुइको कथा…………..toit

    Reply
  9. Tenjing Gaba says:
    July 22, 2012 at 10:36 am

    प्रकाशित प्रतिक्रियाहरु हेर्दा त् कथाले कसैको पनि मन जित्न नसकेको जस्तो छ/
    आशा गरौ यहाको आगामी कथाले सबैको मन जित्नेछ /

    Reply
  10. Anil says:
    July 22, 2012 at 2:04 am

    कथा नै न पाएर शनीबार लाइ बिदा गर्न हाले जस्तो छ मेरो संसारमा |

    Reply
  11. abhin thapa says:
    July 21, 2012 at 11:35 pm

    अस्ति शुक्रबारको नागरिक साप्ताहिकमा झुक्किएर पढेको बिहान बिहानै; दिनभरी रक्सीको हयांग लागेजस्तो टाउको नै करप्पा समातेर अर्को एक प्याक नालायेसंम छोडेन,
    आज सालोक्यजिको ब्लगमा एस्तो झुर कथा किन पोस्ट भएछ कुन्नि कहिलेइ तेस्तो नहुने फूल बोत्तल ले पनि हयांग नजाने भयो भन्या, एड्बिल खादा नि हुदैन यार !
    माधब ब्रो कथा पढ़देकोमा के पुरस्कार छ हौ?

    Reply
  12. Prithak says:
    July 21, 2012 at 9:21 pm

    अहिले सम्म मेरो संसार मा पढेको कथा मध्धे सबभन्दा झुर कथा / पोस्ट गर्ध अलि राम्रो कथा लेख्नु पर्यो नि /

    Reply
  13. prince says:
    July 21, 2012 at 9:19 pm

    कथाले भन्दानी पाठकहरुको कमेन्टले उत्कृस्ट छन् अनि मलाई त टन्न हसायो |
    मन परेको कमेन्टहरु
    १) यदि यो सत्य घटना भएको भए ठिकै छ | हैन भने लेखक मा यस्तो लेख्नु पर्छ:

    -माधब नेपाल, कक्षा -५, बाल ज्योति स्कूल, काठमान्डू, नेपाल
    २) हेई के छेउ न टुप्पा को कथा पनि………….के के न होला भनेको त केई न केई ……..तत्त्

    ३) माधव नेपाल को भाषण जस्तै भो | अझै मेहेनेत गर्नु पर्यो मित्र | तर प्रयाश गरेको राम्रो छ |

    Reply
  14. Ramesh says:
    July 21, 2012 at 8:24 pm

    यदि यो सत्य घटना भएको भए ठिकै छ | हैन भने लेखक मा यस्तो लेख्नु पर्छ:

    -माधब नेपाल, कक्षा -५, बाल ज्योति स्कूल, काठमान्डू, नेपाल

    Reply
  15. Damodar Dhungel says:
    July 21, 2012 at 8:18 pm

    Is this story ? My god don’t make foolish us man. What happend My sansar too, did not you get any story ??

    Reply
  16. chhewang sherpa says:
    July 21, 2012 at 8:11 pm

    छ्या !

    Reply
  17. JITENDRA says:
    July 21, 2012 at 7:45 pm

    कथाको क शुरु भयपछि था कहाँ पुगेर सक्नु पर्छ भन्ने थाहा पायर लेखेको भय पढ्न पनि रमाइलो हुन्थ्यो, फेरी मेहनत गरेर लेख्न अनुरोध छ .

    Reply
  18. यज्ञमूर्ति तिमिल्सिना says:
    July 21, 2012 at 5:35 pm

    (कथाकारप्रति मेहनतको लेखाईका लागि आभार प्रकट गर्दै) यो कथाले दिन खोजेको सन्देश के हो ? कहाँबाट सुरु भएको कथा कहाँ पुगेर कसरी टुंगियो ? शीर्षक अनुसार कथा बस्तु मिलेको छ कि छैन ? एउटा कथा पाठक केन्द्रीत र लोकप्रिय बन्नका लागि के के कुराको आवश्यक छ । यी कुराहरुमा ध्यान दिई कथालाई फेरि शब्द थपघट गरेर अपडेट गर्दा राम्रो होला ।

    Reply
  19. nischal says:
    July 21, 2012 at 5:35 pm

    जे पायो त्यहि…………..यस्तो पनि कथा हुन्छा???????????

    Reply
  20. Lohani Indra says:
    July 21, 2012 at 4:46 pm

    कथाको title चाँही उल्टो भो माने महोदय. ”निस्ठुरी माया” राख्दा राम्रो हुन्थ्यो.

    Reply
  21. Dipson says:
    July 21, 2012 at 4:46 pm

    माधव नेपाल को भाषण जस्तै भो | अझै मेहेनेत गर्नु पर्यो मित्र | तर प्रयाश गरेको राम्रो छ |

    Reply
  22. sujan says:
    July 21, 2012 at 3:24 pm

    हेई के छेउ न टुप्पा को कथा पनि………….के के न होला भनेको त केई न केई ……..तत्त्

    Reply
  23. kedar says:
    July 21, 2012 at 3:06 pm

    एस्तो कथा त २ कक्षामा पढ्ने बालक ले पनि लक्ष होला | कथा नै न पाएर शनीबार लाइ बिदा गर्न हाले जस्तो छ मेरो संसारमा |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme