Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अनुहार त भ्रममात्र !

Posted on July 19, 2012 by mysansar

-गणेश भट्टराई-

बन्द हुनु नौलो रहेन । बिजुली जाने दिन अंध्यारोमा बस्ने आदत भैसक्यो । ग्यास-तेल लिने लाइनमा नबसे खाएको नपच्ला । चामलको भाउ घट्दैन, कर्मचारीको तलब बढ्दैन । मल सुलभ नभएको चिन्ताले किसानलाई पिरोल्छ, कारखानाका पाट-पुर्जामा भन्सार छुट नपाए भारतीय सामानसँग प्रतिस्पर्धा गर्न नसकिने पिरले उद्ध्योगपती-व्यापारी दुखी छन् । कर्मचारी, किसान, व्यापारीमात्र होईन सबै वर्ग-तप्काका मानिसहरू निरास छन् किनकी समाजमा समस्याको कमी छैन । समस्या जुनसुकै वर्गको किन नहोस् जो कोहिलाई सोध्नुस् – दोष कस्को ? जवाफ सिधा आँउछ – ‘ अनुत्तरदायी र बेइमान नेताहरू ‘। फेरि सोध्नुस् – उपाय त अवश्य होला ? जवाफ फेरि सिधा आँउछ – ‘ अनुत्तरदायी र बेइमान नेताहरूलाई घोक्रेठ्याक लगाउ, देश अवश्य बन्छ’ । हाम्रा नेताजन इमान्दार र उत्तर्दायी छैनन् र हामीले झेलेका अनेकन समस्याका लागि जिम्मेवार छन्, त्यसमा कुनै बिवाद होइन । तर नेतालाई घोक्रेठ्याक लगाउ देश कायापलट हुन्छ भन्ने सोच्नु भ्रम पाल्नु मात्र हो । आजका बेइमान नेताहरूले राजनीतिबाट बिश्राम लिनु पर्छ त्यसमा कुनै प्रश्न छैन तर अनुहार बदल्नु मात्र हामीले झेलेको समस्याको दिगो समाधान हुँदै होईन किनकी आज अनुहार बदलेर मात्र भोलि जन्मने नेता इमान्दार र उत्तरदायी हुन्छन् भन्न कदापी सकिदैंन ।

भनिन्छ समस्या समाधान प्रक्रियाको महत्त्वपुर्ण खुड्किलो भनेको समस्याको प्रमुख कारकको सहि पहिचान हो । बेइमान नेताहरू हामीले झेलेको समस्याका लागि दोषी छन् तर हामीले अनुहारलाई प्रमुख ठानेर समस्याको प्राथमिक कारकको गलत पहिचान गरिरहेछौँ । यसको सहि पहिचानका लागि र समस्याको दिर्घकालिन समाधानका लागि दुई अहम प्रश्नको उत्तर खोज्नु आवश्यक छ – नेतालाई नेता कस्ले बनायो ? र ती नेता कसरी र किन बेइमान र अनुत्तरदायी भए?

नेतालाई नेता कस्ले बनायो? आफूलाई चित्त बुझ्दो चुनाव चिन्हमा छाप हानेको मतपत्र मतपेटिका भित्र खासलेर चुनाव हामीले जितायौँ र हाम्रो नेता चुन्यौँ । उद्घाटन गर्न हामीले बोलयौँ, धागोमा फूल हामीले उन्यौँ । नेताले त फूल मालाका लागि टाउको मात्र थापे र हाँसी-खुशी रिबन काटिदिए । फुस्रो भाषण छाट्न नेताले आमसभा गरे । चर्को घाममा तालु हामीले सेकायौँ । आफ्ना सिद्धान्त र मान्यता भन्दा भावोत्तेजनामा हामीले आफ्नो पखेटा ज्यादा फिजायौँ । हाम्रो समबेदनामा प्रहार गर्न खरिएका नेताले आफ्नो स्वार्थ-पुर्तीका नीम्ति जाल फिँजाय । नेताले चिया-पानीको लोभ देखाए, फाट्ट-फुट्ट मान्छे हामीले कुट्यौँ । नेताले चिल्ला बाणि फ्याँके, लहै-लहैमा इट्टा- ढुङा हामीले फ्याक्यौँ । टायर हाम्रै हातले सल्काए । सडक अझै तातो छ । हाम्रो रगत पनि सेलाएको छैन किनकी देश बिगारेकोमा हामी अझै टाउके नेता तीर धारे हात लगाइ रहेछौँ । एकपटक सोचौँ त – नेतालाई नेता कस्ले बनायो?

दोष हाम्रो हो किनकी हामीले अक्षम ब्यक्तिलाई हाम्रो नेता बनायौँ । र दोष हाम्रो यसकारण पनि हो कि एक प्रकारले हामीले हाम्रा नेतालाई देवत्वकरण गरिदियौँ । हामीले आफ्नो चेतना र स्व-विवेक प्रयोग नगरि नेताका सबै कुरामा हँ मा हँ मिलाईदियौँ । त्यसको गलत फाईदा उठाउँदै नेताले आफ्ना गलत बिचारहरू हामी माझ लाद्न सफल भए र आफ्नो स्वार्थ-पुर्तीका नीम्ति हामीलाई प्रयोग गर्न सफल भए । हामीले नेतालाई आँखा चिम्लिएर विश्वास गर्यौँ र हाम्रा नेताजनले हामीले गरेको विश्वास माथि विश्वासघात गरे, बेइमानी गरे ।

यसले हामीलाई अर्को प्रश्न तर्फ लैजान्छ – हाम्रा नेता किन बेइमान भए ? धेरैले दोष राजनीतिलाई दिन्छन् र तर्क गर्छन् हाम्रो देशको फोहोर राजनीतिमा अभ्यस्थ भएकाले हाम्रा नेताहरू बेइमान भए । राजनीतिशास्त्रको एउटा स्थापित मन्यता छ की राजनीति एउटा फोहोरी खेल हो । हाम्रो कन्तिपुर नगरीमा मात्र होईन संसारभर हेरौँ राजनीतिका प्राय खेल फोहोरी हुन्छन किनकी सिधा औँलाले घिउ कहिल्यै आँउदैन । तर हाम्रो राजनीतिमा खेल मात्र होईन निति दुषित छ, राजनैतीक संस्कार धमिलो छ । त्यही राजनैतीक संस्कारले हाम्रा नेताहरूलाई इमान्दार हुन सिकाएन, उत्तर्दायी बनाएन र दूर देख्न घच्-घच्याएन । अब प्रश्न खडा हुन्छ – कस्ले बनायो यो संस्कार? को हो यसको माली, कस्ले मल-जल गरिरहेछ यसलाई ? उत्तर तितो छ । राजनैतीक संस्कार हाम्रो समाज भन्दा भिन्न कतै उत्पत्ती भएको होईन, न त यो हाम्रो समाज भन्दा भिन्न कतै स्थापित प्रवृतिहरूबाट निर्देशित भएको हो । यो त हाम्रा समाजका सहि र गलत दुबै किसिमका मन्यताहरूलाई अँगालेर बिकसित भएको हो । तर एउटा यथार्थ – यसमा हाम्रा समाजका गलत प्रवृतिहरूको हाली-मुहली छ ।

हाम्रो समाजलाई एक पटक नियालौँ, दूधले कहाँ नुहाएको छ र हाम्रो समाज? कसैले सफलताको सिँढी चढोस् खुट्टा तान्न खोज्ने धेरै निस्किन्छौ । अरुको राम्रो कामको प्रसंशा गर्न सधैं हिच्-किचाउँछौ । चिया पसलमा हुने मिरमिरे गफहरूमा कुरा ठुला हुन्छन् तर काम गर्न सक्ने ताकत र हिम्मत कसैको हुदैन । हामी हाम्रो सामाजिक उत्तरदायित्व निर्बाह गर्न सधैं डग्मगाउंछौ । पैसाको मुख देख्नु मात्र पर्छ , इमान बेच्न पछी नपर्नेहरूको कमी छैन । हाम्रो समाजका पेसाकर्मीहरूलाई हेरौँ । कर्मचारीलाई हाकीम रिझाउँदै फुर्सद छैन, व्यापारी कृत्रिम अभाव सिर्जना गर्न सके भाउ बढ्ला र नाफा कमाउँला भन्ने आशमा तेल- चामल लुकाउन ब्यस्त । कारखानाका मालिक मजदुर ठग्न खोज्छन र मजदुर काम ठग्न । डाक्टरलाई आफ्नो क्लिनिकमा हाजिर बिरामीको स्वास्थ्य भन्दा बढी संख्याको चिन्ता छ । बाटो-घाटो नभत्किए ईन्जिनियरलाई निन्द्रा नपर्ला । पत्रकार पत्रीका बिकाउन तातो समाचार खोजिरहन्छन, भलै त्यो समाचारले समाजमा नकारात्मक असर किन नपरोस ।

सबै कर्मचारी, व्यापारी, मालिक, मजदुर्, डाक्टर, ईन्जिनियर, पत्रकार इमान्दार छैनन्, पक्कै होइन । तर हाम्रो समाजको एउटा महत्वपूर्ण हिस्सा न त आफ्नो समाज प्रति उत्तर्दायी छ न त आफ्नो पेसामा इमान्दार । सबै पेसामा स्थापित यी दुई गलत प्रवृतिहरू – समाजप्रतिको अनुत्तरदायीपन र पेसागत बेइमानी – को संयुक्त र भयानक रूप मात्र हो काठमाडौं र सिङ्हदरबार भित्र मौलाएको राजनैतिक संस्कार । त्यसैले एउटा आम नागरिकले सामाजिक उत्तरदायित्व र पेसागत इमान्दारी बहन गर्ने संस्कार स्थापित नभएसम्म हाम्रो राजनैतिक संस्कारमा लागेको मैलो कहिल्यै हट्नेछैन र हाम्रा नेताहरू सधैं बेइमान र अन्नुतर्दयी रहिरहनेछन । किनकी जब सम्म हाम्रो समाज नितिवान हुन सिक्दैन/सक्दैन तबसम्म राजनीतिमा बिदुर-निती असम्भव प्राय: छ ।

निस्कर्ष? मुहान सफा नगरि नहर सफा हुदैन । जरामा विष सिन्चाइ गरेर अमृत फल टिप्ने सपना नदेखेको बेस् । हामीले झेलेका समस्याका लागि नेताहरू जिम्मेवार छन् र आजका अनुत्तरदायी र बेइमान नेताहरूले राजनीतिबाट सन्यास लिनु पर्छ तर भ्रम नपाले हुन्छ – समस्याको प्रमुख कारक अनुहार होइन र समस्याको दिर्घकालिन समाधान नेता परिवर्तन होईन। नेतालाई त हामीले नेता बनायौँ र राजनैतीक संस्कारले अन्नुत्तर्दयी र बेइमान बनायो । राजनैतीक संस्कारलाई हाम्रो सामाजिक संस्कारले मल-जल गरिरहेछ । त्यसैले हाम्रो समस्याको दिर्घकालिन समाधान भनेको चेतना र स्व-विवेक प्रयोग गरेर हिजोको समिक्षा गर्दै भोलिका लागि जिम्मेवार निर्णय लिने अभ्यास थाल्नु र सिङ्दरबारभित्रको राजनीतिलाई दोषको भारी बोकाउन छाडेर आफ्नो समाजबाट शुद्धिकरण थाल्नु नै हो । अन्तत अब औँला नेता र राजनीति तिर भन्दा ज्यादा आफै तिर र आफ्नो समाज तिर ठडाउने बेला आएको छ । सबैलाई चेतना भया ।

22 thoughts on “अनुहार त भ्रममात्र !”

  1. निमेस says:
    July 20, 2012 at 10:53 pm

    गणेश जी ले लेख्नु भएको कुराहरु त ठिकै हो / बिकृति विसंगतिहरु चुलिदै गएका छन् / शुद्धिकरण जरुरि छ तर शुध्दिकरण कसरि गर्ने? तरिका के हो? शुध्दिकरणको चाहत कसरि जगाउन सकिन्छ जन जनमा? को चाहन्छ शुध्दिकरणको सागरमा डुबुल्की मार्न?
    नेता देखि कार्यकर्ता, हाकिम देखि चौकीदार, साहुजी देखि नोकर आखिर सबैको चाहना नै चोर्ने/ठग्ने भएपछी के हुनसक्छ यो देशमा?
    सबै पैसा र पावरको लागि कुदेका छन् / यसको लागि जो पनि जे गर्न पनि तयार छन् / रोक्ने कोहि छैन, तँछाड मछाड छ /भ्याई नभ्याई छ / भोलि के हुने हो के हुने हो आजै सकेको कुमल्याउँ भन्ने छ / “हातको मैला सुनको थैला के गर्नु धनले; साग र सिस्नु खाएको वेश आनन्दी मनले” लक्ष्मी प्रसाद देवकोटा पनि पक्कै फ्लप हुन्थे होलान अहिलेको बेलामा हुन्थे भने /
    घर अगाडी सडक छ / हरेकले आ-आफ्नो घर अगाडिको सडक बढार्ने हो भने सारा सडक सफा हुन्छ तर उ (घरवाला) समेत उल्टो त्यहीं फोहोर फाल्छ / फोहर फाले वापत कुनै कारबाही हुन्न कसैलाई /
    मूलत – कानून छ कारबाही छैन / नेता छ नेतृत्व छैन, नैतिकता छैन / स्रोत छ कार्य छ कार्यान्वयन छैन / बिचार छ विवेक छैन / सिध्दान्त छ सिस्टम छैन……… /
    सन्तान असल चाहने हो भने अभिभावकको आचरण पनि राम्रो हुनुपर्छ / गुरु असल नभै शिष्य कसरि गतिलो होला? त्यस्तै leader असल नभै कुनै organization वा देश उँभो लाग्दै लाग्दैन / त्यसैले शुध्दिकरण नेतागणको गर्न सक्ने हो भने सर्बत्र शुध्दिकरण हुन थाल्थ्यो /

    लौ न प्रचण्ड र बाबुरामलाइ self शुध्दिकरण अभियानमा सामेल गराउँ!!

    Reply
    1. netra karki says:
      July 25, 2012 at 10:24 am

      पहिला आफै बाट शुरु गरौ. तेसपछी समाज अनि देश. Dont expect others to do the things for you……

      Reply
  2. lalanath says:
    July 20, 2012 at 9:19 pm

    “जरामा विष सिन्चाइ गरेर अमृत फल टिप्ने सपना नदेखेको बेस् । हामीले झेलेका समस्याका लागि नेताहरू जिम्मेवार छन्”

    “आजका अनुत्तरदायी र बेइमान नेताहरूले राजनीतिबाट सन्यास लिनु पर्छ”

    “तर भ्रम नपाले हुन्छ – समस्याको प्रमुख कारक अनुहार होइन र समस्याको दिर्घकालिन समाधान नेता परिवर्तन होईन।”

    भनाइ हरु मार्मिक नै छन्

    Reply
  3. नारायण says:
    July 20, 2012 at 5:39 pm

    भट्टराईजी
    तपाईको लेख समसामयिक नै लाग्यो ।
    जति नेतालाई गाली गरे पनि गर्ने तपाई हामी नै हो । तपाई हामीबाट नै नेताहरुको उत्पत्ति भएको हो । हाम्रो समाज नै चेतनशिल छैन । अर्धचेतन समाजले चुनेको नेता पनि अर्धचेतन नै हुन्छ । त्यसैले चेतनाको बिकास नै समस्याको मुख्य जड हो । “नाईटो दुखेको औषधि टाउकोमा” लगाएर हुदैन के ।

    Reply
  4. Pushpa says:
    July 20, 2012 at 4:52 pm

    सारा समस्याको जढ़ भनेको देश को नीति नियम को फितलो कार्वान्यन . लज्जा.. मैले पनि मेरा दुइ सब्द ब्यक्त गरे.

    Reply
  5. Sapna says:
    July 20, 2012 at 3:54 pm

    गलत काम गर्ने जो सुकै होस् उसको बहिस्कार गर्ने संस्कार बसाल्नु पर्यो| हारेका लै मन्त्रि दिंदा र मन्त्रि हरुले घुस खाँदा, कर्म चरीले घुस खाँदा, ठेकेदार काम बिगर्दा, सिविल इन्जिनीर्ले राम्रो कमै नगरी बजेट सिद्यौदा इनिहरुको बिरोद र सामाजिक बहिस्कार किन हुन सकेको छैन|
    जबसम्म इ समाजका जुका हरुको सामाजिक हिसाब ले घोर निन्दा र बहिस्कार अनि दण्ड हुदैन नेपाल मा अरु केहि हुनेवाला छैन|

    Reply
  6. sudeep says:
    July 20, 2012 at 3:18 pm

    अब त अति नै भयो , भरिएर घाटि सम्म आएपछि पोखीने नोई भयो ., कसोइले त भन्ला भंदोई थियं,.मेरो मनको कुरा भन्दिनु भो गणेस जी ., thanks ,….

    Reply
  7. C.B Rayamajhi says:
    July 20, 2012 at 2:12 pm

    गणेश जी ले लामो लेख को लागि कलम चलाउन जागर चलाएको मा धन्यवाद /
    एस लामो लेख बाट ७ बुंदा को सराम्स निकाल्ने मित्र सरद जी प्रति पनि आभार..//
    १) चिया पसलमा हुने मिरमिरे गफहरूमा कुरा ठुला हुन्छन् तर काम गर्न सक्ने ताकत र हिम्मत कसैको हुदैन ।
    २) कर्मचारीलाई हाकीम रिझाउँदै फुर्सद छैन,
    ३) व्यापारी कृत्रिम अभाव सिर्जना गर्न सके भाउ बढ्ला र नाफा कमाउँला भन्ने आशमा तेल- चामल लुकाउन ब्यस्त ।
    ४) कारखानाका मालिक मजदुर ठग्न खोज्छन र मजदुर काम ठग्न ।
    ५) डाक्टरलाई आफ्नो क्लिनिकमा हाजिर बिरामीको स्वास्थ्य भन्दा बढी संख्याको चिन्ता छ ।
    ६) बाटो-घाटो नभत्किए ईन्जिनियरलाई निन्द्रा नपर्ला ।
    ७) पत्रकार पत्रीका बिकाउन तातो समाचार खोजिरहन्छन, भलै त्यो समाचारले समाजमा नकारात्मक असर किन नपरोस ।
    उल्लेखित ७ बुंदा का कुराहरु विकृत समाज का झलक मात्र हुन्.. समस्या मे रो बिचारमा लामो लेख मा पनि सबै आए जस्तो लागेन .. त्यसमा केहि थप गर्न मन लगेर लेख्दै छु…/
    पहिलो कुरा जनता भनेका को को हुन् तिनको परिभासा खोजौ ….नेपाल सिमाना भित्र बसोबास गर्ने नेपाल को नागरिक हुन योग्य सबै मानिश लाई बृहत अर्थमा जनता भन्न सकिन्छ / प्रजातन्त्र मा बालिक नागरिक जनता मानिन्छन / जनमत लाई विचारधारा र बाद ले प्रभावित पार्दछ / समाजको बनावट समाज मा विकसित हुदै आएको सस्कार,शिक्षा र संस्कृति ले रोल प्ले गरेको हुन्छ / देश मा प्रचलित राजनैतिक सिस्टम को आदर्श प्रयोग ले नेतृत्व को सहि छनौट मा मद्दत गर्दछ / हामी नेपालीलाई अहिले ठुलो भ्रम छ त्यो के भने नेता ले यी सबै विरोधाभास पूर्ण कुराहरु लाई सहि ठाउमा ल्याइदिने छन् नेताहरु आफै समस्यामा छन् .. पर्नाली बसेको छैन पार्टी पार्टी मै विवाद र झगडा छ .. देश क्रान्ति बाट गुज्रेको अवस्था छ … सबै नेपाली बाठा छौ कसै ले कसै को कुरा सुन्ने र विश्वास गर्ने अवस्था छैन …/ हो हामी लाई एती बेला सर्ब मान्य नेता चाहिएको छ जो निस्पक्ष होश .. सर्ब मान्य होश जनताबाट चुनिएको होश.. सत्ता मोह मा नपरोश… सबै नेपाली को चाहना र अहिले सम को सबै त ह र तप्का बाट उठेका बिसे मा निस्पक्ष भएर निर्णय गर्न सकोश ..साएद हामी नेपाली ले खोजेको नेत्रितो
    तेस्तै हो .. तर त्यो हामीले चाहना गर्दै मा हुने होइन …

    Reply
  8. Krishna says:
    July 20, 2012 at 12:16 pm

    पूर्ण सहमत गणेशजी, नेताहरू भनेका हाम्रै उत्पादन हुन्, सधै उनीहरुलाई दोषी देखाएर ”आफु पनि गर्न अघि नसर्ने र अरुलाई मात्र दोषी जिम्मेवार ठान्ने” प्रवृतिले देश कहिले उभो लाग्ला र ? अब सबै युबाहरू मिलेर ‘नेता मात्र खराब भएर देश बर्बाद भयो’ भन्ने एकोहोरो सुगा रटाइ छोडेर केहि गर्नको लागि अघि सर्ने हो कि l नेताहरूलाई असल पाठ सिकाउने हो भने चुनाब भन्दा अर्को बिधि त संसारमा केहि छैन, तेसैले संस्कारगतरूपमा हामी आम जनता परिवर्तन हुनु जरुरि छ र, चुनाबमा असल पार्टी र असल नेता चुन्नु हामि सबैको उत्तरदायित्व हो l सिरूको बिउ रोपेर धान भित्राउने आशा/ कोशिश कसैले पनि गर्नु हुदैन l

    Reply
  9. krishna says:
    July 20, 2012 at 11:17 am

    जनताले भोट नहालिकन हारेका नेताहरु प्रधानमन्त्री, मन्त्रि हुने नियेम भए पछी कसले बिकास गरेर बस्छ, पहिला आफैले टन्न थुपार्छ नि, पछी फेरी चुनाब हारिहाल्छ भनि लतार्दै बस्छ/ अनि जनताले भोट हाली जितेर गएका नेताहरुलाई काम गर्नमा अभरोध पुर्याउछपनि /

    Reply
  10. Bhakta Gurung Boston USA says:
    July 20, 2012 at 9:29 am

    झगडा गर्ने बेला गयो गर्ने र संसारलाई चकित पार्ने बेला आयो नेपाली दाजु भाई,दिदी बहिनीहरु …..! एक जुट हौँ झासे मुसे नेता हरु त्यतिकै एक डाडु पानीमा डुबेर मर्छन् !

    Reply
  11. Hem says:
    July 20, 2012 at 8:15 am

    कसै न कसैलाई त नेता बनाउने पर्यो नि जनताले. भोट नहाली कुर्सीमा नपठाई कस्तो नेता भन्ने कुरा पहिले नै कसरि थाहा पाउछन जनताले?दुनिया कहाँ पुगिसक्यो, नेपाल बाहेकका देशले कस्तो प्रगति गरिसक्यो नेपाल चाही

    Reply
  12. bkpandey says:
    July 20, 2012 at 6:16 am

    गणेस जी को भनाइ १००% सहि हो, तर सबै समस्याको केहि न केहि उपाय बन्छन केहि हद सम्म , तर नेपालको समस्या हल गर्न भ्रस्टचारी लाई कानुन बमोजिम सजाय दिनु पर्ने पहिलो आबस्यकता छ, अनि यो कानुन समस्त नेपाली बराबर लाग्ने हुनु पर्छ. त्यसो भए कति नेताहरु जेलको हावा खाई बस्थें,अनि आसेपासे,कर्मचारी,ब्यापारी,गुन्डा र सबै भ्रस्ट व्यक्ति लाई बिहारमा जस्तै कि जेल भित्र नत्र बिहार बाहिर भाग , त्यस पछी मात्रै नेपालमा सुशासन हुन्छ, नत्र भने सोमालियाको भाई बन्नेछ. बरु पंचायत नै ठिक थियो,काम नगर्ने राजनीति गरि बस्थे,चुनाब हुन्थ्यो , जनताले भोट दिएर गगन थापा लाई जिताएको तर चुनाब हारेकी कुजाता झन्डै प्रधानमन्त्री बनेपछि ,चारबर्स मा पनि संबिधान नबन्ने,यो प्रजातन्त्र,गणतन्त्र ले ति भोका नांगा को नाममा आज सत्तामा दोस्रो पटक आएको छ, तर ति भोका नांगा अझै त्यस्तै छन् भने पछी यो १९९० को राजनैतिक प्रणाली नेपाल जस्तो देसमा काम नलाग्ने रहेछ बरु राजा चाही समस्त नेपाली भोट दिएर माइतीनेपाल वा दिल सोभा दिदि जस्ता लाई बनाउदा हुन् सक्छ नेपालमा हामी नेपाली पहिला त्यस पछी मात्र के जाती भन्नु पर्यो . कहिले सम्म ग्रिह मन्त्रि को टोलीमा वान्टेड क्रिमिनल छाती फुलाएर हिडिराखेको दृश्य news हेरिरहने हो !!!!! बाइस बर्सको अबधिमा नेपालमा प्रजातन्त्र ले के ल्याओ ????? नेपालमा राजा महेन्द्रको दुरदर्सिता कमि छ,तर मलाई लाग्छ नेपालमा पनि त्यस्ता व्यक्ति छन् जसले देस र जनतालाई हामी नेपाली हौ भन्ने गौरब दिन सकोस.

    Reply
  13. wongchhu sherpa says:
    July 20, 2012 at 5:23 am

    कुरा सुन्दा राम्रो लाग्छ तर राम्रो बुज्दा दुख लाग्छ! खै के गर्ने हाम्रो पुरानो सास्कार अनि पुरानो रितिरिवाज ! अनि त्यति मात्रा कहा हो र ? पुरानै बैधानिक शासक वर्ग !अनि आफ्नो पुर्खौली देखि चलेर आएको समाज !

    तर अब देखि यसो गरेर हुदैन ! अब मैले मेरो घरको पुरानो सामाग्रीहरुलाई प्रयोग नगरी, ति सामाग्रीहरुलाई स्न्गग्रलायामा राखेर, नया सामाग्री जुटाई सजिलो र थोरै समयमा सबैको लागि प्रयोगमा आउने सामाग्रीको खोजि गर्नु राम्रो हुन्छ होला!

    ति राम्रो सामाग्रीहरु के होला त् ?

    पुरानो हलोलाइ नया हलो र बूढो गोरुलाई तन्नेरी गोरुमा छानी आफनो दैनिक उपयोगमा ल्याउने समय आएको छ .

    मेरो घरको अबस्था बन्नु भनेको, मेरो परिवारको आब्स्ता बन्नु हो र मेरो परिवारको अबस्था बन्नु भनेको, मेरो गाउको आब्स्ता बन्नु हो र मेरो गाउको अबस्था बन्नु भनेको मेरो देशको अबस्था बन्नु हो र मेरो देश बन्नु नै मेरो जीवन जिउदो रहनु हो र मेरो जिउदो जीवनलाई अरु देशले मलाई नेपाली भनेर बोलाउने हो ! यदि मेरो घर नभएको भए मलाई नेपाली भनेर बोलाउदैन थियोहोला ??

    त्यसैले म भन्छु: मेरो घर मेरो देश, मेरो देश मेरो घर र मेरो प्राण नेपाली हामी सबको घरको छाना नेपाली !!!……..

    सच्याएर पढी दिनु हुने छ भन्ने आस गरेको छु .
    बाकाचोल ९ हरिसे , खोटांग दिक्तेल सगरमाथा

    Reply
  14. krishna says:
    July 20, 2012 at 4:37 am

    म नेपालम़ा हुँदा चिया पकाउन जानेको थिन / अहिले विदेश म़ा भाँडा माज्दा माज्दै कुक भएको छु /के खाम के लाम छैन तर विदेशिन परेको दुख छ // भाँडा माज्दा पनि नेपाल म़ा भ्रस्ट्राचार नगर्ने हाकिम को भन्दा मेरो कमाई १० गुना हुन्थ्यो / मलाई सधैं साह्रै पिरोल्ने प्रस्न हो….. यो फरक किन ???, म नेपाल मा accountant थिए / तर यहाँ भाँडा माज्नु ……मेरो बाध्यता हो कि??? मेरो लाचारीपन ?????

    Reply
    1. wongchhu sherpa says:
      July 21, 2012 at 5:33 am

      म नेपालमा हुदा,म त्यति नेपालीमा कुरा गर्नु मन लाग्दैन थियो तर अहिले म नेपालीमा कुरा गर्नु पाउदा मेरो जिउमा कुनै रोग छ भने, त्यो रोगको उपचार नेपाली भासामा कुरा गर्दा सन्चो हुन्छ \ म नेपालमा हुदा ल्हाखुर जातो,ओखली दिकुती गरि अर्गानिक खाने कुरा बनाएर खान्थ्य र अहिले पनि प्रया जस्तो उस्तै खाने कुराहरु खाने गरको छु \ सानै देखि गर्दै आएको काम अहिले पनि गर्न भने छोरेको छैन किनकि हात मुख जोड्नु मात्रा नभएर आफ्नो जीवन यात्रा पुरा गर्ना र आपनो सस्कारकारलाई जीवित राखना भामे सर्दै छु भन्नु पर्यो चिया पकाउनु जान्नेलाई!

      काम गर्दैमा त्यस्तो नाकारात्मत्क भने हुँदैन हाम्रो मानब समाजमा तर हाम्रो नेपालमा भने त्यसको उल्टो हुन्छ !!! किनभने घरमा बसी नेपाल देख्न्ने पाथाशाला पढे पछि(क देखि ज्ञ्या पढ्नु सक्ने तर ज्ञ्या देखि क पढ्नु नसक्ने) ! चिया पकाउनु नसक्ने तर खाना बनाउनु (कुक) सक्नेहरु अनि पिऊन् को काम नजान्ने तर सोजा सिधा संग भासन दिने !!! अनि आफै मपाई हुने र अर्काको खुटामा हिड्ने !!! मौका(पैसा ) परियो भने आफ्नै खुट्टा पनि भाच्ने !!! अनि धुक्काले शसान गर्ने !!! चिया मागेर भात खाने अनि संबैधानिक शसाकवर्गको चयन गर्ने ???????????? अनि गुन्द्रुक नभएको झोलमा पौडी खेल्न नसके पनि पौडी खेलेर गुन्द्रुक टिप्न खोज्ने खेलाडीहरु ???? यस्तै छन मेरो देसको राज्नितिग्य्या हरु !!!!!!

      Reply
  15. ryan says:
    July 20, 2012 at 4:07 am

    नेपालका नेताहरु देश र जनताका लागि बेइमान होइनन देश को कानुन बेइमान हो . एदी कानुन दरो भैदिएको भए र सबै माथि लागु भैदिएको भए आज जे जस्ता समस्या हरु भोग्नु परिरहेरो छ साएद त्यो हुँदैथ्यो होला . नेपाल को कानुन एउटा चुइगम जस्तो छ एकछिन गुलियो अनि कता फ्याकियो पत्तै छैन . एउटा बिरालो देखेपछि मुसाहरु जसरि डराएर लुक्छन अनि बाहिर निस्किएर बदमासी काम गर्न कोसिस नै गर्दैनन् तेसरी नै कानुन पनि जहिले सम्म यी मुसा नेताहरुको अगाडी बिरालो बन्दैन येस्ता समस्या र लेख हरु अरु धेरै पढ्न र देख्न पाइन्छ .

    Reply
  16. Sharad says:
    July 19, 2012 at 11:16 pm

    Agree! १००%!!
    १) चिया पसलमा हुने मिरमिरे गफहरूमा कुरा ठुला हुन्छन् तर काम गर्न सक्ने ताकत र हिम्मत कसैको हुदैन ।
    २) कर्मचारीलाई हाकीम रिझाउँदै फुर्सद छैन,
    ३) व्यापारी कृत्रिम अभाव सिर्जना गर्न सके भाउ बढ्ला र नाफा कमाउँला भन्ने आशमा तेल- चामल लुकाउन ब्यस्त ।
    ४) कारखानाका मालिक मजदुर ठग्न खोज्छन र मजदुर काम ठग्न ।
    ५) डाक्टरलाई आफ्नो क्लिनिकमा हाजिर बिरामीको स्वास्थ्य भन्दा बढी संख्याको चिन्ता छ ।
    ६) बाटो-घाटो नभत्किए ईन्जिनियरलाई निन्द्रा नपर्ला ।
    ७) पत्रकार पत्रीका बिकाउन तातो समाचार खोजिरहन्छन, भलै त्यो समाचारले समाजमा नकारात्मक असर किन नपरोस ।

    Reply
    1. prashant says:
      July 20, 2012 at 10:21 am

      कुरा त ठिकै हो तर “६) बाटो-घाटो नभत्किए ईन्जिनियरलाई निन्द्रा नपर्ला ।” भनेको चै ठिक होइन !
      त्यस ठाउँ मा “बाटो-घाटो नभत्किए फटाहा सिविल ईन्जिनियर वा ठेकेदारलाई निन्द्रा नपर्ला ।” भन्नु बेस होला 🙂
      म, कम्प्युटर ईन्जिनियरले कहिले कता को बाटो भत्काउनु र !!

      Reply
  17. bhusan says:
    July 19, 2012 at 10:04 pm

    कसै न कसैलाई त नेता बनाउने पर्यो नि जनताले. भोट नहाली कुर्सीमा नपठाई कस्तो नेता भन्ने कुरा पहिले नै कसरि थाहा पाउछन जनताले? तर चुरो कुरो त के भने १ पटक भोट हालेर कुर्सीमा पठाएर कस्तो नेता भन्ने पनि थाहा पाइसके पछी पनि जनता फेरी नेताले दिएको चियामा कोकिस दोब्दै खाना पुगी हाल्छन. समस्या भनेको नेपालि जनता संग मस्त आफैले तिरेर कोकिस र चिया किन्ने पैसो नभएको नै हो.

    Reply
  18. Jitendra says:
    July 19, 2012 at 8:57 pm

    दुनिया कहाँ पुगिसक्यो, नेपाल बाहेकका देशले कस्तो प्रगति गरिसक्यो . तेही इंडिया र चीनको आर्थिक सामाजिक फड्कोले सारा विश्वलाई चकित पारिसक्यो . हामी भने कुर्चीमै लडिरहने . अब पनि देश बिकाश गर्ने बेला भयन र .

    Reply
  19. Harkaman taming says:
    July 19, 2012 at 8:10 pm

    You are 100% right…..indirectly, your article also says, lack of education, is the key point for the current situation of today’s Nepal. Definitely, unless we will change ourselves, we should never think of changing our country…the biggest mistake is, blaming always to the politicians….I believe we, Nepalese, only know how to talk but we don’t know how to act…….

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme