Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सेक्सी प्रचण्ड, स्खलित बाबुराम र दशैं

Posted on October 19, 2012 by mysansar

-सूर्य खड्का- राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, दलका नेता लगायतले वितेका वर्षका सन्देशहरुमा बर्ष सच्याएर दिने केही थान शुभकामना वक्तव्यहरु नै देशवासीले यसवर्ष गणतन्त्र नेपालबाट पाउने दशैं तिहारको अब्बल उपहार हुनेछ। सत्ताघटकसँग सम्वन्धित बाहेक दलका नेता, कार्यकर्ता वा समर्थकहरुलाई दामविहीन दशैं हुनेछ यो, भलै उनीहरुले आन्दोलनको काम दिने भनेर कार्यकर्तालाई अल्झाइरहेकै छन्। प्रचण्डको माओवादी र मधेशी मोर्चाका… Continue reading

डरायो एनसेल, फकाउन मिडिया अफिसर नेपालमा

Posted on October 18, 2012October 18, 2012 by mysansar

नेपालको टेलिकम मार्केटमा ८८ लाख ग्राहक बनाएर नम्बर वनमा आफूलाई उभ्याउन सफल भएको एनसेलभित्रको कुहिगन्ध फैलिँदै स्वीडेनसम्म पुगेपछि टर्कीको इस्तानबुलबाट मिडिया हेर्ने अफिसर Iréne Krohn नेपाल आएका छन्। अहिलेसम्म एनसेलबारे बाहिर जति आए पनि अब केही नआओस् भन्नका लागि इरिमले केही ‘ठूला मिडिया हाउस’का ‘डन’सँग मंगलबार साँझ कमलादीको भान्छाघरमा डिनर खाएका छन्। एनसेलको कुहिगन्ध चर्किएर… Continue reading

एनसेल साहु भ्रष्टाचार फन्दामा, स्विडेनमा छानबिन हुँदै

Posted on October 17, 2012October 17, 2012 by Salokya

३ करोड डलर फ्रिज, स्विट्जरल्यान्डमा पनि छानबिन नेपालमा मोबाइल सेवा दिने कम्पनी एनसेलको साहु कम्पनी टेलियासोनेरा आफ्नै देश स्विडेनमा भ्रष्टाचारको मुद्दामा फँसेको छ। टेलियासोनेरामा स्विडेन सरकारको ३७ प्रतिशत सेयर भएकोले भ्रष्टाचार मुद्दामा छानबिन गर्न त्यहाँको सरकार तम्सिएको हो। भ्रष्टाचारको प्रारम्भिक छानबिनका क्रममा टेलियासोनेराको उज्बेक साझेदारको स्विडिश बैँकमा रहेको ३ करोड अमेरिकी डलर सम्पति ‘फ्रिज’ गर्ने… Continue reading

शुभकामना !

Posted on October 16, 2012 by Salokya

धेरै नेपालीले मनाउने चाड दशैँ आजदेखि सुरु भएको छ। आज घटस्थापना- जमरा रोपेपछि दशैँ औपचारिक रुपमा सुरु हुन्छ। सबैलाई दशैँको शुभकामना!

किन लाग्छ बारम्बार आगो यसरी?

Posted on October 15, 2012October 15, 2012 by Salokya

चौधरी ग्रुपको काठमाडौँ सतुंगलस्थित सिजी इलेक्ट्रोनिक्स कारखानामा हिजो राति ठूलो आगलागी भयो। बिहानसम्म पनि आगो पूरै निभिसकेको थिएन। एक अर्ब क्षति भएको प्रारम्भिक अनुमान मिडियामा आउन थालेका छन्। तर आगो कसरी लाग्यो, थाहा भएको छैन। ‘स्वच्छ’ छवि भएका व्यापारीहरुले यसअघि गरेका कामहरुले भने मान्छेहरुलाई यत्तिकै शंका गर्ने ठाउँ दिएको छ। अरिहन्ट मल्टिफाइबर्समा वर्षेनी आगो लाग्छ।… Continue reading

कमजोरीलाई पुरस्कृत गर्न थाल्ने हो भने

Posted on October 15, 2012 by mysansar

-डा. डोलेश्वर भण्डारी- एकादेशमा एउटा राजा थिए। उनी निकै लहडि खालका थिए र समय समयमा नयाँ नयाँ तमासा झिकि रहन्थे। एक पटक उनले आफ्ना केहि युवा जनतालाइ वोलाएर कपर्दि खेलाउने विचार गरे र जित्नेले होइन कि हार्ने टिमका हरेक खेलाडिलाइ पाँच तोलाको सुनको तक्मा दिने ऐलान पिटे। जित्नेले त सँधै जित्छन तर हार्नेले पनि त… Continue reading

शिक्षा पत्रकार भनाउँदाको ताल हेर्नुस् त कस्तो

Posted on October 14, 2012October 15, 2012 by mysansar

-रवि गौतम- लोकसेवा आयोगले गएको चैत ४ गते विद्यालय निरीक्षक पदका लागि परीक्षा लिएको थियो। परीक्षामा पूर्व शिक्षासचिव रामस्वरुप सिन्हा, जसलाई अढाइ वर्षअघि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल प्रधानमन्त्री हुंदा उनको अध्यक्षतामा वसेको संवैधानिक परिषद्को बैठकले लोकसेवा आयोगको सदस्यका लागि सिफारिस समेत गरेको थियो, उनकी छोरी अन्तिमाकुमारी र शिक्षा मन्त्रालयका सहसचिव सुर्य गौतमकी पत्नी इन्दिरा… Continue reading

कथा : बद्‌लिएकी प्रिया

Posted on October 13, 2012October 13, 2012 by mysansar

-उषा थपलिया- ” त्यो कार्यालयमा अविनाशको पहिलो दिन थियो। एक अग्रज नातेदारले उच्च मध्येकै एक पदका लागि प्रस्ताव गरेपछि उसले नाँई भन्न सकेन। हुनत उसलाई आफूसामुन्ने लडीलडी आएको प्रस्ताव सुरुमा स्वीकार गरुँ जस्तो लागेको थिएन। गैरनाफामुखी सामाजिक संस्थाको नामबाट चिनिएको त्यो कार्यालयमा काम गर्न न उसको शैक्षिक पृष्ठभूमि तथा विगत कामको अनुभवले साथ दिन्थ्यो, न… Continue reading

तीन प्रश्नको जवाफ दिन एनसेल मालिकलाई चुनौति

Posted on October 13, 2012October 13, 2012 by Salokya

स्विडेनको Veckans Affärer ले नेपालको नम्बर एक मोबाइल अपरेटर एनसेलका मालिक टेलियासोनेराले गरेका गलत कामको पर्दाफास गरेपछि स्विडेन र फिनल्यान्डका मिडियामा यसको खुबै चर्चा चलेको छ। पत्रपत्रिका, वेबसाइट र टेलिभिजनमा समेत नेपाल समाचार बनिरहेको छ। दुई दिन बितिसक्दा पनि नेपाली मिडिया भने थाहै नपाए जस्तो गरी बसिरहेको छ। नेपाली मिडियालाई चासो नभएको विषयमा आखिर किन… Continue reading

…अनि मैले सुन साट्ने बैँकलाई माफी दिएँ

Posted on October 12, 2012 by mysansar

-मेघराज रसाइली- “सर, प्लिज यो मुद्दालाई अब फिर्ता लिईदिनुस्। हाम्रो तर्फबाट गल्ती भएको कुरा हामीले स्वीकार्यौं” राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालय, मानव संसाधन विभाग प्रमुख विष्णुप्रसाद वैद्य फोनमा मलाई भन्दै थिए, “तपाईले कानुनी प्रकृयाबाट नै जाने भन्नु भयो भने हाम्रो बैंकको साख गुम्छ। यत्रो प्रतिस्पर्धामा हामी धरासायी हुन्छौं। यो सरकारी बैंक भएकोले डुब्यो भने तपाईको… Continue reading

स्विडेनको पत्रिकामा एनसेलको भ्रष्टाचारको पर्दाफास

Posted on October 12, 2012October 12, 2012 by Salokya

एनसेलको कुकर्मको खुलासा विदेशी पत्रिकामा एनसेलको खबर नेपाली पत्रपत्रिकामा विरलै पढ्न पाइन्छ। पढ्न पाइने खबर राम्रैराम्रा मात्र हुन्छन्। नराम्रा खबर लुकाइन्छन्। पत्रिका मालिकहरुलाई विज्ञापनको र पत्रकारहरुलाई बेलाबेलामा एनसेलले गराउने विदेश भ्रमण, मोबाइल सेट उपहारको आश हुन्छ। त्यसैले देशमा भएको भ्रष्टाचारको खबर पनि अब हामीले विदेशको पत्रिकामा पढ्नु परेको छ। स्विडेनको आर्थिक साप्ताहिक Veckans Affärer ले… Continue reading

ल हेर्नुस् त लोक सेवामा केसम्म हुँदो रैछ- आफै कपि जाँचेर छोरी र स्वास्नीलाई बढी नम्बर!

Posted on October 11, 2012October 11, 2012 by Salokya

लोक सेवाको जाँच दिनु भनेको निकै गाह्रो काम हो। मान्छेहरु टुप्पी कसेर पढ्छन् त्यसका लागि। वर्षौँदेखि तयारी गर्छन्। तर हेर्नुस् त, त्यसरी पढ्दैमा कहाँ हुँदो रैछ त। बढी नम्बर ल्याउन त कपि जाँच्ने मान्छे आफन्त हुनुपर्दो रहेछ। त्यसो गर्ने मान्छे को भन्नुस् न- गएको वर्ष सर्वोत्कृष्ट निजामति पुरस्कार पाएका शैक्षिक जनशक्ति विकास केन्द्रका कार्यकारी निर्देशक… Continue reading

सुनको औँठी पित्तल बनाउने बैँकले क्षमा माग्दै पैसा दियो

Posted on October 11, 2012October 11, 2012 by mysansar

-मेघराज रसाइली- अपडेटः राष्ट्रिय वाणिज्य बैंकले मेरो धितो राखिएको सुनमा हेराफेरी भएपछि सोको आजको मूल्य बराबरको पैसा दिएको छ। बैँकले क्षमा माग्दै बिभिन्न ठाउँमा दिएको उजुरी फिर्ता लिइदिन अनुरोधसमेत गरेको छ। पुरानो ब्लग (Oct 9, 2012) सुनको औँठी पित्तलको बनाएर यसरी ठग्यो बैँकले  दुई वर्षअघि गर्जो टार्न सुन धितो राखी कर्जा लिनुपर्ने अवस्था आयो। हामीले… Continue reading

किन अझै आएन बुद्ध जन्मथलो लुम्बिनी लेखिएको नोट?

Posted on October 11, 2012October 11, 2012 by Salokya

गएको चैतमा एउटा समाचार नेपाली मिडियामा छाएको थियो- सय रुपियाँको नोटमा परिवर्तन गरिँदैछ। अहिले रहेको न्यातपोलको मन्दिरलाई हटाई लुम्बिनी र अशोक स्तम्भ र त्यसको तल अंग्रेजीमा ‘Lumbini: The Birthplace of Lord Buddha’ लेखिनेछ। नोटको नम्बर नजिकैको तारादेवीको मूर्तिको चित्र पनि हटाएर सिद्धार्थ गौतमकी आमा मायादेवीको मूर्तिको चित्र रहनेछ। त्यतिबेला भनिएको थियो-६ महिनापछि बजारमा यस्तो नोट… Continue reading

होर्डिङ बोर्डमा लाखौँको चलखेल

Posted on October 10, 2012 by Salokya

गएको वर्ष प्रधानमन्त्री बाबुराम भट्टराईले सडक छेउका होर्डिङ बोर्डले सहरी सौन्दर्य बिगारेको, दुर्घटना बढाएको भन्दै हटाउन निर्देशन दिएको समाचार सबैजसो पत्रपत्रिकामा छापियो। लोकप्रियताको ग्राफमा उकालो चढ्दै गरेका थिए प्रधानमन्त्री। त्यसैले वाहवाही भयो यो निर्देशनको पनि। त्यही निर्देशन अनुसार गत पुस महिनामा काठमाडौँ महानगरपालिकाको १८ औँ नगरपरिषद्को बैठकले सार्वजनिक स्थलका सबै होर्डिङ बोर्ड हटाउने निर्णय पनि… Continue reading

अब जनतालाई चुन्ने मात्र होइन फ्याल्ने अधिकार पनि देऊ

Posted on October 9, 2012October 9, 2012 by mysansar

-दीपक कडुवाल/फ्राइबर्ग,जर्मनी- राजनीतिक पार्टीहरु उम्रिए, छाट्टिए, बिलाए, आदी इत्यादी हुँदै गए/जानेछन्। अधिकारका लागि, अन्याय बिरुद्ध, राष्ट्रिय स्वाभिमान, गरीबी, दिगो शान्ती, बिकास, बैदेशिक हस्तछेप र यस्तै उस्तै नारा लगाइ देश र जनताकालागी राजनीति गरेको भनी उदएकाहरुले केही प्रतिफल भने दिन सकेनन्। यस्ता समाचार म आँफैले पढेको/सुनेको पनि एक दसक भन्दा बढी भो, कथा त अझ निकै… Continue reading

पुस्तक अंशः खोज (भाग ७)

Posted on October 8, 2012October 8, 2012 by Salokya

सकारात्मक सोचाइबारे बहुचर्चित पुस्तक ‘सोच’ का लेखक कर्ण शाक्यले आफ्नो दोस्रो पुस्तक ‘खोज’ माइसंसारमा प्रकाशन गर्न दिएको अनुमति अनुसार हरेक हप्ता प्रकाशन हुँदैछ। खोजको पहिलो भाग यहाँ। दोस्रो भाग यहाँ। तेस्रो भाग यहाँ। चौथो भाग यहाँ। पाँचौँ भाग यहाँ। छैटौँ भाग यहाँ आर्थिक क्रान्ति -कर्ण शाक्य- स्थिर राजनीतिविना देशमा आर्थिक एवम् औद्योगिक क्रान्ति आउन सक्दैन।… Continue reading

एयरपोर्टमा नभएको बम पडकिएपछि…

Posted on October 7, 2012October 8, 2012 by Salokya

शुक्रबार राति साढे ७ बजेभित्र काठमाडौँको अन्तर्राष्ट्रिय विमानस्थलमा एक अज्ञात व्यक्तिको फोन आयो। दुबई जाने प्लेन उड्ने बित्तिकै खस्छ भनेर चेतावनी दियो उसले। लौ परेन फसाद्! प्लेनमा मुसा पस्‍यो भने त उडान रोकेर खोज्नुपर्छ भने बम भनेको त झन् संवेदनशील कुरा। तत्काल सुरक्षा सतर्कता अपनाइयो। अन्तर्राष्ट्रिय टर्मिनलतर्फ सबै उडानहरु स्थगित गरिए। आउन लागेको प्लेन पनि… Continue reading

मुत्रा हजामले हाकिम साबको ताल देखेपछि..

Posted on October 7, 2012 by mysansar

-डोलेश्वर भण्डारी- “आजकल तेरे मेरे प्यारके चर्चे हर जवान पर, सबको मालूम है और सबको खबर हो गयी”। यो गीत मुत्रा हजामको सेलुनमा बजीरहेको छ। एक जना अन्दाजी २० वर्षको युवा आएर मुत्राको कपाल काट्ने कुर्सिमा बस्छन्। उनले मुत्रासँग बजकट स्टाइलको कपाल काट्न भन्छन। केहि बेरमा मुत्राले कपाल काटि सकेपछि उनको कपाल सेम्पु गरिदिन्छन् र… Continue reading

उत्कृष्ट कृतिमाथि अन्याय, निकम्मा लेखक पुरस्कृत!

Posted on October 6, 2012October 6, 2012 by mysansar

नेपाली साहित्यिक क्षेत्रमा ‘मदन पुरस्कार’लाई सबैभन्दा प्रतिष्ठित पुरस्कारका रुपमा लिइन्छ। हरेक वर्ष यो पुरस्कारको घोषणा भएपछि तरङ आउने गर्छ। मदन पुरस्कार गुठीलाई आधा शताब्दीदेखि हाँकिरहेका कमलमणि दीक्षित ८३ वर्षका भइसके। केही अघि एक पत्रकार दीपक सापकोटाले उनलाई कटु र कठोर शैलिका प्रश्नहरु लिखित जवाफका निम्ति पठाएका रहेछन्। जवाफ फर्काए पनि त्यो प्रश्नोत्तर कुनै पत्रिकामा छापिएन।… Continue reading

Posts pagination

  • Previous
  • 1
  • …
  • 270
  • 271
  • 272
  • 273
  • 274
  • 275
  • 276
  • …
  • 284
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme