Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

गणेश थापाले तिरिसके भने, तिरे कि तिरेनन् कल्ले खोज्ने?

Posted on July 23, 2012July 23, 2012 by Salokya

शनिबार फेरि एक पटक हङ्गामा भयो विश्व फुटबलमा। भ्रष्टाचारको अभियोगमा फिफाले आजीवन प्रतिबन्ध लगाए पनि प्रमाण नपुगेको भन्दै ‘खेलको सर्वोच्च अदालत’बाट प्रतिबन्ध उल्ट्याइएका मोहम्मद बिन हमामबारे खुलासा भयो। विभिन्न देशका फुटबल स‍ंघ चलाउनेहरुलाई उनले व्यक्तिगत रुपमा पैसा बाँडेको देखियो अडिट (लेखापरीक्षण) प्रतिवेदनबाट। फिफाको अध्यक्ष पदमा उठ्न पद र पैसाको दुरुपयोग गरेको आरोप लागेका हमामबारे यस्तो खुलासा हुनु ठूलो समाचार थियो। विश्वभरका प्रमुख मिडियाले यसलाई समाचार बनाए। पैसा पाउनेमा नेपालको फुटबल संस्था एन्फा अध्यक्ष गणेश थापाका छोरा गौरव थापा पनि रहेछन्। गौरवको व्यक्तिगत खातामा हमामले १ लाख अमेरिकी डलर डिपोजिट गरेका रहेछन्।

गणेश थापा नेपाली फुटबलका विकल्पविहीन नेतृत्वकर्ता हुन्। यो छवि हामी किन पाउँछौँ त ? मिडियाका कारण। एक जमानामा पत्रकार कुट्ने गणेश थापा पत्रकार फकाउन खप्पिस भइसकेको उहिल्यै हो। पत्रकार मात्र हैन, उनी यो देशमा टिक्न चाहिने सबैभन्दा ठूलो गुण ‘मिलाएर गर्ने’ मा पोख्त छन्। र त, पञ्चायत कालदेखि, कङ्ग्रेस-एमालेको शासन काल र माओवादीको शासनकालमा समेत उनी विकल्पविहीन बन्न सफल भएका छन्। त्यही भएर नेपाली मिडियामा गणेश थापाका छोरा गौरव थापाले हमामबाट लाख डलर पाएको समाचार आउँदै नआउला कि भन्ने डर थियो।


हाल कुनै मिडियामा आवद्ध नभएका पूर्व खेल पत्रकार तथा मिडिया अनुसन्धान स‍ंस्था सीएमआर-नेपालका अध्यक्ष उज्ज्वल आचार्यले त ट्विटरमा चुनौति नै दिए- नेपालका खेल पत्रकारहरुलाई लामो समयदेखि पूर्वाग्रही भएको आरोप लगाउने गरिन्छ। गणेश थापाको यो कान्डबारे भोलिको पत्रिकामा हुने कभरेजले त्यसको या त खण्डन गर्नेछ या….

धन्न त्यसो भएन। तर खासै फरक पनि भएन। समाचार त सबै मूलधारे पत्रिकामा आयो- कुनैमा फ्रन्ट पेजमा नै, कुनैमा खेल पेजमा मात्रै। तर सबैले उही गणेश थापाको घरायासी कारणले ऋण लिएको, चुक्ता गरिसकेको भनाई मात्रै राखे। उहाँले यसो भन्नुभयो भनेर मात्रै समाचार आयो। किन यसो भयो, कसरी भयो भन्ने कुरा केहीमा पनि आएन। अझ एउटा राष्ट्रिय दैनिकको बाइलाइनसहितको समाचारमा त यसो पनि लेखिएको रहेछ- ‘धनाढ्यहरुसँगको सम्पर्कले गर्दा थापाले नेपाली बैँकबाट ऋण लिन आवश्यक नठानेको हुनुपर्छ।’

वाह, समाचार लेख्नेको क्या काइदाको विश्लेषण ! गणेश थापाले बोल्नुपर्ने कुरा आफैले समाचारमा यस्तो हुनुपर्छ भनी लेखिदिए। यस्ता महान् विश्लेषण गर्नेहरुले गणेश थापाले बोलेका कुरा सही हुन् कि हैनन् भन्ने खोतल्ला भनेर कसरी आशा गर्ने ? अर्का एक पूर्व खेल पत्रकार सुनाउँदै थिए- गणेश थापाको अगाडि आँखा जुधाएर पनि कोही पत्रकार कुरा गर्न सक्दैनन् ? किन ? किनकि उनीहरु ‘अनुग्रहित’ हुन्छन् एन्फा अध्यक्षबाट। विदेशमा खेल हुँदा एन्फाले आफ्नै खर्चमा उनीहरुलाई लैजान्छ र खाने-बस्नेको व्यवस्था गर्छ। खेलाडीहरु बिचरा ननएसी कोठामा कोच्चिएर बस्छन्, तर पत्रकारहरुलाई एसीसहितको सुविधाजनक कोठा दिइन्छ (भ्रमणमै गएर आएका खेल पत्रकारले सुनाएको!) यो त एउटा उदाहरणमात्र।

अब भन्नुस् यी प्रश्न मिडियाबाट कसले सोधिदिने ?
• व्यक्तिगत ऋण हो भने संस्थाको अडिट रिपोर्टमा कसरी देखियो ? अनि के हमामले बैँक खोल्या हुन् र त्यत्रो रकम ऋण दिन ?
• त्यत्रो एक लाख डलर ऋण किन लिएको ? के कारणले लिएको ? घरायासी कारण त भन्नुभो, तर त्यस्तो घरायासी आपत के आइलाग्यो ?
• नेपालकै कसैसँग वा बैँकसँग किन लिनुभएन ? के समाचार लेख्नेले भनेको जस्तो ‘धनाढ्यहरुसँगको सम्पर्कले गर्दा थापाले नेपाली बैँकबाट ऋण लिन आवश्यक नठानेको हुनुपर्छ’ हो ?
• फुटबलसँग सरोकार भएको रकम होइन, नितान्त व्यक्तिगत हो भन्नुभो, व्यक्तिगत भन्दैमा यत्रो अन्तर्राष्ट्रिय कान्ड भइसकेको विषयमा उम्कन पाइन्छ त? केमा खर्च भयो त्यत्रो पैसा ? अनि पटक-पटक गरी गत वर्ष तिरिसक्यो उसले भन्नुभयो, कुन स्रोतको आम्दानीले तिर्‍यो त ? बैङ्कको स्टेटमेन्ट सार्वजनिक गर्न सक्नुहुन्छ ?
• ऋण त ऋण, ब्याज तिर्नुपर्ने ऋण कि निर्ब्याजी ऋण ? धितो राख्नु परेको कि नपरेको ?
• छोराले तिरिसक्यो भन्नुभो, डलरमा तिरेको कि नेरुमा ? डलर विदेश पठाउन त राष्ट्र बैँकको स्वीकृति लिनुपर्छ क्यारे नि, नत्र विदेशी मुद्रा अपचलनको केस लाग्छ। लिनुभाथ्यो ?
• विदेशी विनिमय ऐनअनुसार राष्ट्र बैंकको स्वीकृति नलिई कुनै पनि नेपालीले विदेशी मुद्रामा कारोबार गर्न पाउँदैन । ऐनले अनुमतिबिना स्वदेशबाहिर विदेशी मुद्रा लैजान रोक लगाएको छ।
• म चोखो छु, यो विषयमा निष्पक्ष छानबिन होस् भन्न सक्नुहुन्छ ?
• जसको खातामा पैसा जम्मा भएको थियो, ऊ अर्थात् छोरा गौरव थापा चाहिँ किन योबारे केही बोल्दैनन्। राजा आउ देश बचाउ र म लन्डनमा छु भनेर ट्विट गर्न सक्ने गौरवले आफ्नो ट्विटरमा यत्रो कान्डबारे किन केही नबोलेका ?

यी प्रश्न मिडियामा आउने भइदिएको भए त एन्फाका लागि कति रकम विदेशबाट सहयोग आउँछ र त्यो के कसरी खर्च हुन्छ भन्ने जस्ता प्रश्न पनि उठ्थे होला। जसरी एएफसीलाई मोहम्मद बिन हमामले र फिफालाई सेप ब्लाटरले एकलौटी चलाइरहेका थिए/छन्, त्यसरी नै गणेश थापाले पनि एन्फालाई चलाइरहेका छन्। हमामले त व्यक्तिगत खाताबाटै एएफसीका खर्च गर्थे भन्ने पनि देखिएको छ। हमाम एएफसीबाट अगाडि बढेर फिफा अध्यक्ष हुन खोज्दा भएको यो खेल राजनीति हो। ब्लाटरको राजनीतिमा अब हमामसँगै थापा पनि पर्न सक्नेछन्। किनभने थापा हमामका दाहिने हात जस्ता हुन्। निलम्बनमा पर्दा पनि थापा हमामकै पक्षमा थिए।

अब ब्लाटरले हमाम निकटका पैसा बाँडिएकाहरुलाई छाडेर अर्को गुटलाई प्रमोट गरे भने नेपालमा कसैले छुन नसकेका थापाको दिनगन्ती सुरु हुनसक्छ। तर राजादेखि माओवादीसम्मका शासनलाई रिझाउन सक्ने क्षमता भएका उनले ब्लाटरलाई पनि नरिझाउलान् भन्न सकिन्न। नेपालमा केही नभए पनि अन्तर्राष्ट्रिय रुपमा भने १ लाख डलर खातामा जम्मा भएको रिपोर्ट सार्वजनिक भएपछि उनी अप्ठेरोमा परेकै हुन्।

थप पढ्नुस्
Hammam’s accounts questioned
Audit says Bin Hammam enriched himself

41 thoughts on “गणेश थापाले तिरिसके भने, तिरे कि तिरेनन् कल्ले खोज्ने?”

  1. Haribol Kuikel says:
    July 26, 2012 at 4:42 pm

    पत्रकारहरु चोर हुन् । यो देश बिगार्नुमा यिनीहरुको पनि ठूलो हात छ । हरेक सम्पादकहरुले एउटा न एउटा दलको नेतालाई समातेकै हुन्छ । मिडियाका मालिकले पनि राजनीतिक दलका नेताहरुको सिफारिसमा सम्पादक नियुक्ती गर्दै आएको कसेबाट छुपेको छैन । एउटै नेताको तीन तीन ठाउ“मा फोटो छापिनुको कारण पनि त्यही हो, चाकडी र भक्ती । कोही इमानदार छैनन् । जति पनि इमानदार छन् तिनीहरु मौका नपाएर मात्र इमानदार भएका हुन् । अरु समाचार लेख्ने पत्रकारको के कुरो । एक बोटल रेड लेबरमा बिक्छन् । पत्रकारहरुले काठमाडौ.मा ठूला ठूला बंगला त्यसै ठड्याएका छैनन् । सम्पत्तिसुद्धीकरण विभागले छानबिन गर्ने हो भने थाहा हुन्छ ।

    Reply
  2. pooja says:
    July 24, 2012 at 4:17 am

    टाउकेले मात्र खाएर देस धनि हुदैन भनेर हाम्रा टाउका हरुले कैले बुझ्ने होलान ?? बरु सबै मिलेर यो प्रथा हटाए त देस उभो लाग्थ्यो , आफ्नै सन्तति लाई हुन्थ्यो , अलिकति सम्पति जोडेर कति पुस्ता लाई पुराउने हुन् , ज्ञानेन्द्र को त ११ पुस्ता सासन गर्दा त अईले आएर गयो पालो , भनेपछि जम्मा गरेको धेरै लाई पुग्दैन भन्ने दिब्य ज्ञान कसरि पुर्याउने होला , सबै ठुला टाउकामा ???देस को उन्नति भए त उनीहरुले आकुत सम्पति जम्मा गरिरहन पर्थेन नि… ठुला टाउका हरुमा networking को बेवस्था मिलाउन पर्यो सालोक्य जी ….

    Reply
  3. Gaurav Nepali "Oodaaseen" says:
    July 24, 2012 at 12:40 am

    सयौ सयौ राजनैतिक दलका नेताहरु र तिनका लठैतहरु संग कम्पिटिसन गरेका हुन् सक्छन ! फरक यतिमात्र हो एकले नेपाल आमालाई उठ्ने नसक्ने गरि रगत पसिना चुसेका छन् अर्कोले कतार को !!! होइन त?

    Reply
  4. काउचा says:
    July 23, 2012 at 10:34 pm

    गणेश थापा जी, नेपाली फूटबलको कुनै जमानाको सर्बाधिक गोलकर्ता…निकै लामो समय देखि आजसम्म अखिल नेपाल फूटबल संघको प्रमुख, एसियाली फूटबल संघको पहिलो नेपाली उपाध्यक्ष ,….अनि फिफा अध्क्षय सेफ ब्लाटर को प्रतिद्वन्दी बिन हममाम को हातबाट लाखौ रुपैया लिने पहिलो व्यक्ति / क्या रेकर्ड छ गणेश जी तपाई को….अब सेफ ब्लाटर ले यस्त्रो तर्फ कार्पेट कुनै हालत मा पनि नदिन सक्छ …बर्वाद पर्ने भयो गनेशे ले त…

    Reply
  5. sandesh says:
    July 23, 2012 at 9:40 pm

    गणेश थापाले पैसा खाने अनि अनेक गरेर नेतृत्व मा टिकी राख्ने , नेपाली टिम ले गोल खाइ राख्ने | नेपाली फुटबल को नियति

    Reply
  6. श्रेया नेपाली says:
    July 23, 2012 at 5:44 pm

    तपाई पनि त नागरिककर्मी हो क्यारे, किन निकाल्नु हुन्न यो लेख नागरिकमा? मलाई एउटा बिदेशी साथीले नेपालको फूटबलको बारेमा सोधेको थियो, मैले नेपालमा पनि फूटबल लिग हुन्छा तर सबै टिम राजधानीकै मात्रै हुन्छन भनेको, उसले भयो तेसो भए अरु मैले आफै बुझे भन्थ्यो, मैले नि बुझ्दैछु किन मुलुकको फूटबल सधै भुइँ को भुइँ मै हुन्छ भन्ने कुरो

    Reply
    1. Santosh Thapa Magar says:
      July 23, 2012 at 6:52 pm

      He is not a sports reporter… How can he write beyond the beat. Xiao

      Reply
  7. prajwalnp says:
    July 23, 2012 at 5:29 pm

    हाम्रो देशमा घुस नदिने र नखाने को पो भयो र गणेश थापा को कुरा मा अचम्म मान्नु पर्ने …
    मान्छे जन्मदा देखि घुस अनि पावर को उपयोग गर्नु पर्ने ठाउँ मा खेल कहाँ अछुत रहन सक्छ…
    नियम बनाउने त घुस खाएर नियम बनाऊछन् अब ति नियम पालना गर्ने ले किन घुस नखाउन ..

    दिक्क लाग्छ नेपाल को समाचार पडयो कि .. गर्न केहि नसकिने … ..
    हे महादेव बचाऊ हाम्रो देश लाई

    Reply
  8. Resham says:
    July 23, 2012 at 5:08 pm

    मलाई चाही एस्तो लगेयु साथी हो/ खाए त गणेश काजीले खाए त ? उनले खान सके खाए/ भेट्टाए त यहाँ सबै जनाले नै बाकी नराख्ने थिए होला/ एस्तो मौका आयो भने खान नछोड्नु है. हामीलाई पनि बाड्नु होला हे हे हे .

    Reply
  9. mani says:
    July 23, 2012 at 4:52 pm

    गणेश थापा भ्रस्ट छ भन्ने सबैलाई थाहा छ खेलकुद पत्रकार लै पनि गुलियो चखाएर आफ्नो बारेमा नराम्रो कुरा न लेखना लगाएको उल्टै एस्तो भ्रस्ट को मुर्ति राख्नु पर्छा भनेर लागि राखेको छ एन्फा को नाम मु बर्षो देखि टन्न खाएर बसी राखेको छ अध्यक्ष को कुर्सि पनि आफ्नो आजीवन बिर्ता भनेर बसी राखेको छ अब एस्लाई हटाएर अर्को राम्रो मान्छे अध्यक्ष को लागि लिएर आउनु पर्छा जे नेपाल

    Reply
  10. Sisir says:
    July 23, 2012 at 4:41 pm

    गणेश थापा आफ्नो पालामा खेलाडीको रुपमा त सफल मानिन्थे …
    तर जब खेलाडीबाट तत्कालिन सत्ताको सहयोगमा एन्फाको अदक्ष्य (ब्यबस्थापक / प्रसासक) भए यिनले खासै केहि गर्न सकेनन , मिडियामा सानो सानो कुराको पनि निकै ठुला ठुला हल्ला पिटे … यिनको २०-२५ बर्से कार्यकालमा नेपाली फुटबलले कुनै तेस्तो प्रगति गर्न सकेन तर थापा स्वयम्ले चाही निकै प्रगति गरे र यो अबधिमा करोडपति पनि भए, छोरोलाई पनि राम्रै जागिर लगाएछन …

    *** मलाई अझै याद छ , १०-१५ वर्ष जति अगिको कुरा हो जब AFC को सहयोगमा एन्फाले पहिलो चोटी youth academy को लागि भनेर निकै प्रचार सहित ३०-३५ जिल्लाबाट किशोर खेलाडीको चरण बद्ध छनोट गर्यो , यो खेलाडी उत्पादन गर्न राम्रै प्रयास हुने थियो होला एदी उनले येस्मा पनि नाताबाद घुसाएर आफ्नो छोरालाई(सायद यिनै गौरब थापा हुन् क्यार ) जबर्जस्ति छनोट गर्न नलगाएको भए … प्रतिभासाली खेलाडीको अवसर खोसेर आफ्नो छोरो (औसत खेलाडी ) लै नै त्यो कोटामा राखे ,( मेरो एक जना भाई पनि तेस्मा छनोट भएको थियो तर अन्तिममा गएर थापाको कोप भजनमा परेर फालिय ) … यो academy मा छनोट हुनेले राजधानीमा खान बस्न देखि लिएर पदन पनि सित्तैमा पाउथे … यो आफैमा एउटा खेलाडी बन्ने उत्कृस्ट अवसर हो … गधालाई धोएर गाई नबने जस्तै यिनको छोरो पनि पछि राम्रा खेलाडी बन्न सकेनन … AFC को सहयोगमा अहिले पनि यो academy चलिराखेको छ तर पहिले जस्तो छैन भन्छन …

    **** अर्को कुरा केहि महिना अगी नेपालमै भएको AFC challange फुटबलमा हो क्यारे नेपालका तत्कालिन अंग्रेज coach ग्रहम रोबेर्टलाई (खेलाडीलाई पनि) player box मै आएर नै एसो गर उसो गर भनेर मैदान मै निर्देशन दिदै गरेको द्रिस्य TV मै देखिएको थियो ( player box मा खेलाडी र कोचलाई मात्र बस्ने अनुमति हुन्छ ,तर थापा दुवै होइनन ) .. Graham Robert immediately resigned after this insult , humiliation and misconduct by Thapa. Graham Robert is the most high profile coach Nepali football ever got and is considered to be the most successful coach too… यिनको फुटबल कला र ज्ञानको अगी गणेश थापा बच्चा हुन् … एसले के देखाऊछ भने उनि आफुलाई नेपाली फुटबलको अकाट्य बादशाह नै मान्छन , भलै उनको २० बर्से नेत्रितोमा नेपाली फुटबलको इस्टरमा कुनै प्रगति भएको मानिदैन नकुनै ठुलो ट्रफी नै जित्न सकेको छ … साफ फुटबलमा नेपाल राम्रो मनिन्थियो कुनै बेला तर अहिले त भुटान / पाकिस्तान बाहेक अरु देशलाई दरो चुनौती दिने गारो भैसक्यो …

    अन्त्यमा अहिलेको यो प्रकरण गणेश थापाको व्यक्तिगत नभएर देशकै सर्बोच्च फुटबल निकायका सुप्रिम लिडर र देशको नाम नै अन्तरास्ट्रिय रुपमै बदनाम हुने काम भएको छ र देशको बिदेशी मुद्र सम्बन्धि कानुन पनि अकर्सित भएको हुदा सरकारले नै एसको छानबिन गर्नु पर्छ र गल्ति भएको भए कारबाही गर्ने पर्छ … एन्फाको नाममा आएको कति पैसा यिनीले चट् पारे त्यो पनि छानबिन गरे राम्रो हुने थियो …नेपाली फुटबल बिकाशको लागि एन्फामा नया नेतृत्वको जरुरत छ ..

    Reply
  11. N Giri says:
    July 23, 2012 at 3:09 pm

    तेत्रो बिदेसी पैसो ऋण लिन राष्ट्र बैंकको स्वीकृति चाहिदैन रे?

    Reply
  12. Purushotam Pyakurel says:
    July 23, 2012 at 2:19 pm

    नेपालको खेलकुदको विकास नभएपनि गणेश थापाकोपरिवारको विकास भैरहेकै छ केचाहियो त यो भन्दा बढी ? उसको छोरो अहिले लण्डन / अमेरिका गरेर खान सक्ने भएको छ एस्लाई हामीले गर्बगर्न शक्नु पर्छ !

    Reply
  13. Shree... says:
    July 23, 2012 at 2:00 pm

    येस्तै पैसा Loas को FA लाई पनि दिएको रैछ| तर उसले त stadium को मर्मत सम्भार र lights हरु किन्न खर्च गरें पो भन्छ त | दाल मा कालो देखिन्छ…

    Reply
  14. नारायण says:
    July 23, 2012 at 1:55 pm

    नेता कर्मचारीले गरीब नेपालीको करमाथि भष्ट्राचार गरीरहेका छन हामी निमुखा टुलुटुलु हेरी राख्या छौ ।
    के भयो त कतारको धनीमानीको जम्मा एक करोड मात्र खाएछ ?

    Reply
  15. Raj says:
    July 23, 2012 at 1:52 pm

    सालोक्यजी गणेश थापाको बारेमा एस्तो कुरा लेख्न सक्नुमा तपाइको बहादुरी देख्छु!मलाई लाग्थ्यो: ‘प्रचण्ड प्रधानमन्त्री भएको बेलामा गणेश थापाको नेतृत्व परिबर्तन हुनेछ!’ तर तपैले भनेजस्तै मिडिया र राजनीति सबैलाई मिलाएर लैजाने गुण भएकाले प्रचण्ड लाई पनि गणेशजीले लोप्पा खुवाउन सक्नुभएको थियो! गणेश थापाको, कमल थापाको, र अरु खेलकुद र राज परिवार सम्बन्धित बेक्तिहरुको सम्पति छानबिन गर्ने छ्यमता नेपालका कुनै वकिल, अख्तियार र राजनीतिक पार्टीहरुको छैन किनभने आर्थिक रुपमा सबै भित्र भित्र मिलेका नै हुन्छन!

    Reply
  16. ryan says:
    July 23, 2012 at 1:35 pm

    जे गरेपनि हुछ जे बोले पनि हुन्छ भेन्ने कु संकारको हाबी भएको देशमा कसले गल्ति खोज्ने होला ………………..अचम्म महादेव झनै अचम्म पर्ने भयो ……………

    Reply
  17. Uttam Khadka says:
    July 23, 2012 at 1:10 pm

    नेताहरुले राज्य कोष को ढुकुटी बाट खरबौ रुपैया झिकेर मुलुक भरि रहेका आ-आफ्ना कार्यकर्ता लाई प्रशिकक्षण दिएर आफ्नो प्रयोगको लागि पाल्दा हुने. बिदेसीले खाजा खान भनि दिएको त्यो जाबो १ लाख डलर गणेस थापा को छोराले खान किन न हुने? भताभुंगे देसको लथालिंगे चाला जसले सक्यो तेसैले खाला.

    Reply
  18. kanchan says:
    July 23, 2012 at 12:19 pm

    छानबिन गर्नु पर्छ

    Reply
  19. nir says:
    July 23, 2012 at 12:19 pm

    हैन !! गणेश थापा ले पैसा लिएर कम्ति मा नेपाल मा फूटबल को ऐले सम्म केहि विकास त bhaएको छ अरु ले पाको भए त्यो पैसा पनि हजम कम पनि हजम हुन्थ्यो !!!

    Reply
  20. Krishna ranabhat says:
    July 23, 2012 at 10:23 am

    धन्य गणेश थापा , बिदेशीसंग पैसा लिन सकेकोमा , छोराको नाममानै किन नहोस रेमिटेन्स भित्र्याउनु भएकोमा , तिर्नु नतिर्नु तपाईको कुरा , नेपालीलेपनि पैसा चटकाउन सक्दा रहेछन भन्ने गौरब त राख्नु भो ….बधाई छ ……….भाडमा जाउन सबै, कसले बाकी राख्य छन् र तपाई मात्र चोखो बस्नु पर्ने, येत्रो वर्ष फुटबल संघलाई कुखुराले ओथारो हालेर बसे जस्तै गरि तेसै बस्या छ गणेश थापा…….

    Reply
  21. sunil khadka says:
    July 23, 2012 at 9:51 am

    देश को ढुकुटी तित्त्यौनु भन्दा एउटा कतारी धनि को पैसा लियर आफ्नो काम गर्ने नेपाली चलाख हो त्यति पैसा कतार मा गएर ३ वर्ष काम गर्दा ५० जना नेपाली ले भित्राउन सक्दैन थापा जी ले भित्रएछन ! ए बाबा हैन किन टाउको दुख्यो साथी हो नेपाल को भ्रस्टाचार हेर , आफ्नो ढुकुटी मा मुसा छिरेको हेर न अन्त बाट आएको पैसा किन खोज्ने ?

    Reply
    1. aakash says:
      July 23, 2012 at 2:11 pm

      भ्रस्टाचार नेपालिलै लुटेर गरेनी बिदेशी संग लिएनी भ्रस्टाचार नै हो. नेपालिको प्रिय खेल फूटबल को सबै भन्दा माथिल्लो पदमा बसेको व्यक्ति आफ्नो व्यक्तिगत स्वार्थको लागि अबैध पैसा लिन पछि पर्दैन भने नेपालमा फूटबलको बिकाश कसरि होला? bholi कुनै देशले म तलाई एति पैसा दिन्छु नेपालमा हुन लागेको खेल मेरो देशमा गर्नु पर्यो भन्यो भने गणेश थापाले त्यो पैसा लिन्नन भन्ने कसरि बिस्वाश गर्ने? के तपाईलाई त्यो पैसा उसले इनाम पाको भन्ने ठान्नुभाको? कुनै बैध काम गर्नलाइ कसैले तेत्रो पैसा त दिएन होला.

      Reply
    2. Shashi Sharma says:
      July 23, 2012 at 3:47 pm

      म, सुनिल खड्काले ब्यक्त गर्नु भएको बिचार प्रती शतप्रतिशत सहमत छु । नेपालमा हालै मोउलाएको एक बर्गले नेपालको राष्ट्रियता, आर्थिक क्षेत्रमा नराम्रोसङले आक्रमण गरी भ्रस्टचार गरी अकुत कमाएको समयमा गणेश थापाले आफ्नो बिबेक प्रयोग गरी एउटा बिदेशिसँग आर्थिक सहयता लिदा भातुवाहरुलाई किन टाउको दुख्यो । बुझ्नै सकिन । कुनै बेला एस्ता भातुवहाँरुले आफ्नै घरको टोइलेटमा गएर मुत्दा कमेन्ट गरे भने आस्चर्य मन्नु पर्दैन ।

      Reply
  22. dipendra says:
    July 23, 2012 at 9:30 am

    ए गणेश थापा तिमीले नेपाली जनतालाई काखे बालक सम्झेका छौ कि कसो जे भने पनि बिश्वास गर्ने ? ए यार कमसे कम २/४ जनाले त पत्याउने कुरा गर्नु नि १०० % ले नपत्याउने कुरा कसरि गर्न सकेको होला // याद राख है तिम्रो जिब्रो थुतेर साल को पात मा राखिदेलान नि !!!!

    Reply
  23. SURENDRA SUBEDI hongkong says:
    July 23, 2012 at 8:22 am

    थापा काजी ले सजिलै छोरा को नाम मा बिदेसी भैया बाट यत्रो पैसा पाउदा पनि के बबण्डर मच्चाउनु हो मित्र हो?बरु हामी भोका ,नांगा नेपाली हरु माथि पनि दया गरि बिदेस बाट यसो डलर मा ऋण मिलाई दिने हो कि थापा काजी?जे होस् सालोक्य जी ले उठाउनु भएको बुदा को काजी साब ले उत्तर दिन सक्नु हुन्न भन्ने हाम लाई लागेको छ/

    Reply
  24. पुष्प says:
    July 23, 2012 at 8:10 am

    आजसम्म ‘मिलाउँदै’ गद्दीसीन भएका थापाकाजीले यो कुराचैँ ‘मिलाउन’ सक्दैनन् होला । तर पनि उनको गद्दी असुरक्षितचैँ अझै पनि छैन; आखिर ‘मिडियावाला’हरू जो मिलेका रहेछन् ।

    Reply
  25. Naresh says:
    July 23, 2012 at 8:10 am

    ठुलबा कमल थापाले त गर्नु गरे राजाको प्रत्यक्ष शासन कालमा| भतिजोलाई पनि त्यस्तै काण्ड तिर प्रेरित गरेछन| कमल थापाले करोडौ रुपिया राज्यकोष बाट लिएर कसलाई बाँडे भन्ने अहिले सम्म खोजि भएको छैन| तर त्यसमा पत्रकारहरुले ठुलो हिस्सा पाए भन्ने कुरोमा शंकै छैन| त्यसैले त्यसको खोजीमा कोहि पत्रकारले जागरुकता देखाएनन|
    गणेश थापा खेलको मैदानमै ठिक थियो|
    यस्तो हिनामिनाको तुरन्त खोजी गरिन पर्छ| यसलाई व्यक्तिगत भन्न कदापि मिल्दैन|

    Reply
  26. Resham says:
    July 23, 2012 at 7:28 am

    गणेश थापाले पैसा त टन्न खाएछ/ नेपाली फूटबलको स्तर चाही कहिले पनि विकास नहुने खाली गोल खाएर हार्ने बानीले कहिले पनि नछोड्ने यता गणेश थापाहरुले मजाले पैसा खाएर प्रगति गरेछन, लौ ठिकै छ हमामले दियो खायौ केहि छैन के गर्ने त? फूटबल छेत्रमा प्रगति भएको खबर सुन्न नपाए पनि एस्तो प्रगति सुन्नु पाएकोमा रमाइलो लागेउ है.

    Reply
  27. Sushil says:
    July 23, 2012 at 7:05 am

    हेर्दै जाउ, समयेले बादशाह प्रचण्डको त धोति खुसकायो, यी छोटे काजीहरुको के बाकी राख्ला र?
    काम अनुसारको फल अबस्ये पाउने नै छन्.

    Reply
  28. tuyoo bhaju says:
    July 23, 2012 at 6:44 am

    नेपाल र नेपालीलाई घात गरेर डलर पकाएको रहेछ भने-
    दुखेको चित्तको सराप पक्कै पनि थापाको थाप्लोमा लाग्नेछ .
    पत्रिकाहरुले लेख्न नभ्याए पनि , आखिर पाप भनेको धुरी बाट कराउने नै छ , हेर्दै जाउँ न.

    Reply
  29. sujan says:
    July 23, 2012 at 6:35 am

    गणेश थापा भन्थे ” हामीले त पाएनौ अब तिमीहरुको पालो” गाँठी कुरो अहिले पो बुझियो, विश्व कप मा खेल्न नपाएर के भो, आम्दानी त टन्न हुने रहेछा!!!

    Reply
  30. arun says:
    July 23, 2012 at 6:10 am

    यो गणेश थापा कमल थापा को सहोदर कान्छो भाइ हो र यिनिहरुलाई राम्रो संग अनुभब छ देस को पैसा कहाँ र कसरि कुन तरिका ले खल्ती मा हाल्न सकिन्छ भन्ने कुरा / मैले जाने देखिने यी दाजु भाइहरु राज्य को साधन र स्रोत को वरिपरी नै देखेको छु / यिनीहरुको लागि यो नाथे एक लाख डोलर केहि पनि होइन / नपत्याए हेर्नुहोस त एक लाख डोलर भनेको ने रु करिब एक करोड नै भै सक्यो गरिब नेपाली को लागि, कति हो कति धेरै रकम तर उनले त ऋण स्वोरुप लिएर फिर्ता पनि गरिसकेछन/ होइन हाम्रो देस मा के भएको भन्या जो जिम्मेवार पदमा बस्यो त्यो नै माहा को राष्ट्र मारा र भ्रस्टचारी हुन्छन भनेको? सर्बसाधारण जनता दिन प्रतिदिन गरिब भन्दा गरिब किन नहुन त नि ? यिनीहरुले नै जनताको नाममा आएको र विकास मा आएको रकम झ्वाम परिदिएपछि के को जनता गरिबी बाट माथि उठ्न पाउने बिचरा / चुस चुस सक्दो कंगाल बनाउ देस र जनता लाई, तिमि भातमारा जस्तै टाठा बाठाहरु ले त हो नि देस र जनता हरु लाइ सुकीटाट बनाउने /

    Reply
  31. Narendra Dai says:
    July 23, 2012 at 5:35 am

    बूट बजारेर सलाम ठोके ल माइसंसारलाई।
    फलो अप गर्न नाछोड्नुहोला। र त्यो १ लाख डलरको टुक्रा उछित्तिएर यो लेख्जस्तो लेख लेख्न सक्नेलाई अपवित्र नबनाओस।

    Reply
  32. bkpandey says:
    July 23, 2012 at 5:34 am

    सायद nfa का पधादिकारी ले नेपाल को फूटबल टिम ले जति गोल खायो त्यहि लाई मिलियन डलर मा घुस खान पाउने रहेछन . यो त् भ्रस्टाचार को पराकास्ता हो. नेपाल मा जे पनि हुन् सक्छ .

    Reply
  33. aasish,switzerland says:
    July 23, 2012 at 4:06 am

    के खेल पत्रकार भन्नु खोइ,यिनीहरु त सबै गणेस थापा का व्यक्तिगत पत्रकार पो रहेछन त,बिचरा हरु लाइ नुन को सोझो पनि त गर्नु पर्यो नि,अनि फेरी स्वतन्त्र खेल पत्रकार छैनन् र नेपाल मा??के सबै खेल पत्रकार हरु गणेश थापा का भाडा का टट्टू हरु मात्र हुन् त???
    आसिश
    स्विस

    Reply
  34. Saroj says:
    July 23, 2012 at 3:55 am

    वाह मुल्धारे पत्रिका अनि त्यसका पत्रकारहरु. येस काण्डले गणेश थापा मात्र होइन मुल्धारे पत्रकारहरुको सक्कली अनुहार पनि उदांगो गरेको छ.

    Reply
  35. ram sharma says:
    July 23, 2012 at 2:40 am

    नेपाली खेलाडी ले गोल खाए जस्तै गणेश थापा ले चाँही पैसा खाएका रहेछन |

    Reply
  36. "O"sant says:
    July 23, 2012 at 2:23 am

    सहि कुरा उठाउनु भाकोमा धन्यवाद /३ बर्समा गणेस थापा ले कुन स्रोत बाट नेपाली ८० लाख तिरे यो कुरो मिडिया ले उठाउन सकेन /बाकी कुरा सबै तपाई ले भने को ९०% सहि छ / केहि केहि कुरा भने अलि नमिले को छ /बास्तव मा यो १ लाख डलर मा भ्रस्टचार १००% छ भन्न सकिन छ /कानुन अनुसार थापा लाई कारवाही हुनु पर छ

    Reply
  37. Suraj Nepali says:
    July 23, 2012 at 2:21 am

    गणेश थापा पक्राउ परेर न पचेको ले छादेको हो के ?
    एक लाख डलर (नेपाली रु. ९,९००,०००) उनान्सय लाख ऋण बिना धितो केको लागि ? भन्ने कुरा यौटा लाटो ले पनि प्रश्न गर्दछ

    सुरज नेपाली

    Reply
  38. shankar says:
    July 23, 2012 at 2:13 am

    थापा सर हरु अनि थापा सर हरु जस्ततै र पारस र पारस सर जस्तै आचरण का कारण हामीजस्ता मेहेनती र रास्ता प्रति इमान्दार र नेपालीहरु आमा लाई बिर्सेर यतै हरायको हो के कसो हजुर हरु

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme