फिल्म हेर्न नजानेकै हो, सिकाइदिनुस् न प्लिज !
[फिल्म समीक्षा आफूलाई समीक्षक भन्ने दिग्गजहरुले गर्ने चिज हो, हामी जस्ता सामान्य दर्शकले हैन। शुक्रबार हाइवे हेरेपछि दर्शकका रुपमा आफूलाई लागेको कुरा लेखेको यसअघिको ब्लग निकै लामो भएकोले यो अर्को ब्लग लेख्नुपरेको हो। यसअघिको ब्लग पढ्न यहाँ क्लिक गर्नुस्।]
फिल्म समीक्षकले फिल्म रिलिज हुनुअघि नै रिभ्यु लेखेर फिल्म हेर्नु भन्या नि एउटा कला हो, ‘हेर्न जान्नुपर्छ’ भनेका थिए। उनीहरुले भने अनुसार फिल्म हेरियो, र थाहा भयो हामीले खासै फिल्म हेर्न नजानेकै रहेछौँ। तर ठीकै छ, हामी हलमा एक्लै थिएनौँ, सबैले त्यस्तै भन्दा खुसी नै लाग्यो। कम्तिमा त्यो एउटा कथामा ‘मूर्खहरुले मात्र बादसाहलाई नाङ्गो देख्छ’ भनी गरिएको प्रचार जस्तो सबैले बादसाहलाई लुगामै देखेनन्। नाङ्गै देख्नेहरु पनि प्रशस्तै थिए।
तर यी अबुझहरुले यति चाहिँ बुझ्यौँ कि समीक्षकबाट फिल्ममेकर बन्दैमा सबै टुफो र गोडार्ड हुँदैनन्। गोडार्डले अर्थपूर्ण रुपमा प्रयोग गर्यो भन्दैमा ४० वर्ष पुरानो, अहिले विश्व सिनेमामा आउटडेटेड भइसकेको जम्प-कट प्रयोग गर्दैमा कुन नौलो कुरा भो र, कि हामीले नि गर्न सक्छौँ भनेर देखाएको हो? ती साइकोलोजिकल हैन फिजिकल एस्पेक्टमा गरिएका जम्प-कट के achieve गर्न प्रयोग गरिएको हो भनेरै बुझेनौँ हामीले त।
फिल्म बुझिएन भन्दा हेर्न नजानेको भनी उल्टै दर्शकलाई गाली गर्नुको साटो नबुझेको कुरा बुझाइदिए कति जाति हुन्थ्यो होला। म र मसँगै फिल्म हेरेका दर्शकहरुले नबुझेका यी कुरा कसैले त बुझाइदेला कि !
१) बिहेको आइडिया कसरी आयो ?
पहिलो पटक बन्दमा बस रोकिँदा लाहुरे बनेका दयाहाङ राईलाई कसरी बसभित्र नक्कली बिहे रच्ने आइडिया आयो, त्यो कतै देखाइएको छैन।
एक्कासी उसलाई यस्तो आइडिया कसरी आयो- ब्यान्ड देखेर आयो कि, बिहेको लुगा कसैको देखेर आयो कि ? जबकि ऊ लाहुरे हो। भारतबाट भर्खर छिर्दैछ नेपाल। (लाहुरे भनेर पनि कुनै कुरा establish गरिएको छैन, जडिबुटी खुवाउने बूढाले एकैचोटी लाहुरे भाइ,
दार्जिलिङबाट आउनु भो भनेर मात्रै खुलाइएको छ)
‘यहाँ त यस्तै बन्द हुन्छ, ४२ दिनसम्म बन्द भएको अस्ति’ भन्ने बसकै बूढा यात्रुलाई त यस्तो आइडिया आउँदैन, उल्टै ‘बिहे भन्दैमा छाड्छ र’ भनेर प्रतिवाद गर्छ। लाहुरेलाई चैँ कसरी आएछ ?
कि फिल्ममा सबै कुरा आफै फुत्रुक फुत्रुक आउँछ। कुनै लजिक नै चाहिँदैन ?
२) गुड्दै नगुडेको बस किन बन्द गर्ने ?
त्यस्तै पहिलो पटक बस रोकिँदा गाडी गुडेको पनि छैन, स्टार्ट गरेको पनि छैन, अरु यात्रुलाई चढाएको पनि छैन। एक्कासी एक हुल केटाहरु बन्द गर,बन्द गर भन्दै कराउँदै बसमा आक्रमण गरौँला झैँ गरी आउँछन्। जबकि अरु गाडीहरु पनि त्यहाँ छन्। अरु गाडीतिर केही भा’को छैन। त्यो गाडीमा चाहिँ किन हो यस्तो ? त्यसमा कुनै लजिक देखिँदैन।
३) ब्यान्डवालाहरु किन झर्न खोज्या, किन नझरी गएका ?
बसभित्र बिहेको नाटक गर्न सहयोग गरेका ब्यान्ड बाजा बजाउनेहरु झर्न खोजेको र यात्रुहरुले रोकेको देखाइएको छ। किन झर्न खोजेको स्पष्ट छैन। फेरि कति सजिलै नझरी सुरुसुरु बसमै बस्छन्। यसमा कुनै लजिक देखाउन निर्देशक असफल भएका छन्। झर्नुपर्ने ठाउँमा नझरी किन कोही मान्छे त्यसरी जता भन्यो त्यता जान्छन् ?
फेरि फिल्मको अन्त्यमा चैँ पानी परेको बेला बसले काठमाडौँमा उनीहरुलाई छाडेर गएको देखाएर निर्देशकले ती पात्रहरुप्रति दर्शकले सान्त्वना देखाइदियोस् भन्ने चाहेका छन्।
तर ती ब्यान्ड बाजावालाहरु त आफै झर्नुपर्ने ठाउँमा नझरी आएका हुन् नि। उनीहरु आफैले निम्त्याएको दुःखमा हामी दुःखी हुन किन जरुरी ? निर्देशक आफैले त्यो ब्यान्डवालाहरुलाई मान्छेको रुपमा हैन, वस्तुको रुपमा व्यवहार गरेका छन्। मान्छेको रुपमा गरेको हो भने उनीहरुको पनि भनाई आउनु पर्थ्यो त्यहाँ, त्यो पटक्कै छैन। उनीहरुलाई जबर्जस्ती बसमा चढाइएको छ, बीचमा उनीहरुको दुर्दशा केही देखाइएको छैन। अनि एक्कासी लास्टमा पानीमा रुझाउँदैमा उनीहरुप्रति sympathy कसरी जन्मिन्छ ?
४) मोबाइलबाहेक अरु स्टोरीटेलिङ छैन ?
पूरै स्टोरीटेलिङ मोबाइलबाट गरिएको छ। यति सजिलोसँग मोबाइललाई नै कथा भन्ने माध्यम बनाइएको छ कि यसको पार्टनर एनसेल वा एनटिसी त हैन जस्तो लाग्छ। कथा भन्नलाई निर्देशकले अरु माध्यम खोज्ने प्रयासै गरेका छैनन्। सजिलो माध्यमका रुपमा मोबाइलै मात्र उपयोग गरिएको छ।
५) ३६ घण्टा कि ६ दिन ?
कथाको समयसीमा तोकिनु नै गलत छ। सजिलैसँग सुरुमा दयाहाङलाई ३६ घण्टाभित्र श्रीमतीसँग भेट गर्न भनिएको छ। तर कथामा यति रात र दिन आउँछन् कि छ दिन लामो जस्तो देखिन्छ कथा।
६) बस कसरी बिग्रियो ?
एउटा दृश्यमा बस बिग्रन्छ। कसरी बस बिग्रियो ? बस बिग्रनुअगाडि घच्याकघच्याक भएको, टायर पङ्कचर भएको, स्टार्ट गर्दा पनि बस नचलेको आदि केही देखाइएको छैन। खुत्रुक खुत्रुक सबै कुरा आफै भए जस्तो बस पनि यत्तिकै बिग्रेको छ। अझ अचम्मको कुरा, बस बिग्रँदा पनि यात्रुहरुलाई खासै टेन्सन देखिँदैन। बन्दमा पनि हामी फँस्ने, बस पनि हाम्रै बिग्रने भनेर सबै यात्रु टेन्सनमा परे जस्तो केही देखिँदैन। बस किन बिग्रियो पनि थाहा छैन,बिग्रँदा पनि केही भा’छैन। बस् बस बिग्रियो, बन्यो, गुड्यो।
७) छोरी कसरी हरायो ?
बसमा बेहुली बन्ने सृष्टि घिमिरेको सेक्सै हुने गरी सौगात मल्लसँग सम्बन्ध छ। उसको अमेरिकामा एक जना ब्वाइफ्रेन्ड पनि छ। त्यो ब्वाइफ्रेन्डको अर्को अमेरिकी केटीसँग लभ छ भनेर जेलस भएकी जस्ती देखिन्छिन् घटना र संवादहरुले। त्यही भएर बदला लिन सौगातसँग लागेकी होला भन्ने यो अबोध, अबुझ दिमागले सोचियो। अमेरिकाबाट आएको केटासँग बिहे गर्न सृष्टि आमासँगै बसबाट काठमाडौँ आएकी हुन्छिन्। लास्टमा बसबाट झर्दा त छोरी पो हराउँछ गाँठे। छोरी किन हराई, कोसँग हराई, यो त अबुझको दिमागले भ्याउने कुरै भएन, कसरी हराई भन्ने त झनै थाहा पाइएन। आमाछोरी सँगै बसेर आएकी झर्दा धार्मिक टेलिसिरियलहरुमा अन्तर्ध्यान भए जस्तो गायब कसरी भई। अनि छोरी हराएको हो कि सुटकेस हराएको हो कन्फ्युजमा पार्ने गरी बसवालासँग आमाले झगडा गरेको दृश्य कति फन्नी !
८) ऋचा किन नाङ्गै नुहाएकी ?
फिल्ममा ऋचा शर्माको क्यारेक्टर डान्सबारमा नाच्ने देखाइएको छ। छोरी पनि छिन् उनकी। ब्वाइफ्रेन्ड ड्राइभर हो। दृश्य र संवादहरुले बुझाएको कुरा यति हो। एउटा दृश्यमा ऋचा नाङ्गै नुहाउँछिन्। न कथाले माग्या छ, न अरु कसैले। नाङ्गै नुहाएको किन देखाउनु पर्यो ? विम्बको रुपमा प्रयोग गरिएको हो भने पनि कुनै एकदमै नराम्रो काम गरिसकेपछि त्यो पाप पखाल्न खोजेको वा पवित्र हुन खोजेको अर्थमा यसलाई देखाउने भन्ने हामी अबुझले जानेका हौँ। फिल्ममा त उनले नराम्रो काम गरेको जस्टिफाइ हुने गरी केही देखाइएको छैन। न त्यसपछि उनको स्टेट अफ माइन्डले यो जस्टिफाइ गर्छ। यो पनि बुझाइदिने हो कि !
९) कर्माले आशा राखेको हस्पिटल कसरी थाहा पायो ?
अमेरिकाबाट बिहे गर्न फर्किएको पात्र कर्माले कार चलाउँदै गर्दा आशा मगरातीलाई ठोक्काएर घाइते बनाउँछ। आमाले जिद्दी गरेपछि कर्माले घाइतेलाई सडकमा अलपत्र छाडी भाग्छ। लौ यतिसम्म त अबुझले बुझ्यो। तर अर्को सिनमा कर्मा त औषधी पसलमा सलाइन पानी र औषधी पो किनिरहेका हुन्छन् त उनै आफैले घाइते बनाएको पात्रका लागि। अब हामी अबुझलाई यो बुझाइदिनुस् कि कर्माले आशालाई त्यही हस्पिटलमा राखेको भनेर थाहा चाहिँ कसरी पायो ? के काठमाडौँमा एउटा मात्रै हस्पिटल छ ? फेरि लास्टमा कर्मा किन किङ्ग्सवे तिर हिँडिरहेको देखाएको ? त्यो नि बुझिएन।
१०) ओपन एन्डिङको के अर्थ ?
फिल्महरु ओपन एन्डिङ हुन्छन्, म मान्छु। त्यो एउटा कला हो। त्यसको पनि केही अर्थ हुन्छ। तर यसमा त मैले ओपन एन्डेड राख्नुको कुनै अर्थ भेटिनँ। अर्थपूर्ण रुपमा कुनै केसको ओपन एन्डिङ राख्नु र तर्कबिना जबर्जस्ती ओपन एन्डिङ थोपरिनुमा फरक हुन्छ।
निर्देशकले यो सिनको अर्थ यो, त्यो सिनको त्यो, यो किन गरेको, त्यो किन गरेको भनेर धेरै तर्क दिन सक्छ। तर चुरो कुरो चाहिँ त्यो अर्थ हेर्ने दर्शकले ‘रिसिभ’ र ‘फिल’ गर्न सक्नुपर्छ। निर्देशकको काम तर्क दिने हैन, आफैले दृश्य, संवाद र सिचुएसनको माध्यमबाट त्यो तर्कलाई जस्टिफाइ गर्ने हो।
पाँच गीत, पाँच फाइट, मेलो ड्रामा, अपत्यारिलो हिरोइज्म नभयो भन्दैमा फरक धारको फिल्म उत्कृष्ट हुँदैन। ती एलिमेन्ट नहुनुमा आफैमा उत्कृष्टताको मापदण्ड हैन। फरक धारको फिल्म भन्दैमा त्यसको अवगुण नै नहुने त हैन नि। ती अवगुण कसैले केलाइदिए पो राम्रो फिल्म बन्छ। मूलधारमा चाहिँ गल्ती नै गल्ती देख्ने तर फरक धारकोमा चाहिँ चाकडी कै हिसाबले नराम्रोलाई नराम्रो पनि भन्न नसक्ने ? उल्टै दर्शकलाई नै गाली गर्ने, दर्शकले नै नबुझेको भन्ने आदि गरेर सबैले नाङ्गो बादशाहलाई लुगा लगाएको देख्ने आशा गर्ने हो भने त्यो संभव छैन। यस्तो व्यवहारले टुफो र गोडार्ड बन्न सकिँदैन। यसले उनीहरुले प्रवर्द्धन गर्दै आएको फरक धारको पनि विकास गर्दैन।
दुई प्रख्यात समीक्षकको समीक्षा पढ्नुस्
यज्ञश- हाइवेमा दीपक
दीपेन्द्र लामा- साँघुरोलाई फराकिलो बनाउने ‘हाइवे’
[पाठकहरु, तपाईँ-हामी अबुझ जो ठहरियौँ, तपाईँले पनि फिल्म हेर्नुभएको र केही यस्तै कुरा नबुझेको भए तल कमेन्टमा बाँड्न सक्नुहुन्छ।]
हाउडे फिल्म, यो चलचित्र छेत्रलाइ योगदान होइन business mind मात्र हो… High Standard of advertisement, social networking, चर्चित र बिदेशी नेपाली कलाकारहरु, नबुझ्ने कथा बस्तु र लामो समय देखिको फिल्मको फोकटको चर्चा, सब फिल्म चलाउने बाटो हो… झुर फिल्म बनाए नि, दर्सकलाइ मुर्ख बनाउने र चलचित्र चलाउने technique लगाएकोमा फिल्म टीमलाइ खुट्टा को नमस्कार र जुत्ता को माला…
होइन, highway भनेको फर्मुला नहालेको फिलिम होइन? अनि किन पप्लु भन्ने आइटम गीत राखेको त? अनि रिचा डियरको नेकेड सिन चै फर्मुला होइन? ओ ब्रो दिपक, तिमी director हो कि आइटम बेच्ने तर बेचेको हैन भन्ने Liar ?
फिल्म त मैले हेरेको छैन तर दिपक रौनियार ले दर्शक ले फिल्म बुझेनन् भन्नु चै आफै मा एउटा लजास्पद कुरा हो जस्तो लाग्छ. फिल्म भनेको फरक धार होस् या मुलधार आफैमा सरल हुनुपर्छ. दुनिया को कुनै फिल्म बुझ्न को लागि दर्शक को level of knowledge यति हुनुपर्छ भन्ने हुन्छ जस्तो मलाई लाग्दैन. दिपकजी केहि मानिसलाई सोल्टी होटेलमा फ्री मा फिल्म देखाएर मुर्ख बनाउन सकिएला तर सबै दर्शक लाई मुर्ख बनाउन त्यति सजिलो छैन.
यत्रो चर्चा चलिसके पछी फिल्म त हेर्ने पर्यो तर म पनि सामान्य दर्शक परे फिल्म त पक्कै बुझ्दिन होला अनि सोल्टी को पास पाउने हैसियेत को मान्छे पनि म परिन अब youtube मा आएपछि नै हेर्नु पर्ला.
धेरै समय पछी नेपाली चलचित्रको बारेमा यति ठुलो बहस सुरु भयो/ भन्दा अलि सरम लाग्छ तर बास्तव मै भन्ने हो भने म पनि नेपाली चलचित्र कम हेर्न थालेको लगभग २५ बर्ष बित्यो/ कारण माथि सालोक्य जी ले उठान गरेकै कुरा हरु हुन्/ अप्राकृतिक अभिनय अनि अप्रासंगिक कथाबस्तु र पात्रको कुरूप संयोजन नै नेपाली चलचित्रको बिशेषता भै सको/ रहयो हाईवे को कुरा सबै कुरा बजारमा यति नन्गिएर आयो कि अब उप्रान्त त नेपाली फिल्म खोइ हेरिन्छ कि भन्ने कुरामा संका नै रह्यो/ एउटा अब्बल दर्जाको पत्रकार अनि समाजसेवी रबिन्द्र मिश्र ले यो फिल्म बाट उचाई प्राप्त गर्ने अवसर पाउनु हुने छैन/ वहालाई फेसबुक पेज मा सकारात्मक प्रतिक्रिया को कपिपेस्ट गर्नमा नै फुर्सद छैन तेस्को साटो दर्शक ले उठान गरेका प्रश्न हरुको उचित उत्तर दिने हिम्मत देखाए तेस्ले डुब्न लागेको साख बचाऊथ्यो कि/ अन्त्यमा दर्शक हरुले उठाएका सवालको चित्त बुज्दो जवाफ न आउन्जेल मैले चाही यो फिल्म हेरेर समय बर्बाद नपार्ने योजना बनाए/
हैन इलामबाट काठमाडौँ कुन चाहिँ mercedez bus चल्छ अनि त्यो पनि automatic door n driver पनि left hand side मा ……. कसैले त्यस्तो गाडी चढेको छ इलामबाट काठमाडौँ जाँदा ???????///
मैले यो फिलिम निकाल्न लाइ सहयोग गरेको थिए | सहयोग गरियो, उपहार थियो, मुफ्तमा dvd copy पाउने सर्त . खै सहयोग गरेको पनि ८-९ महिना भैसक्यो केहि इमेल अथवा अरु मध्यम बाट सहयोग को लागि धन्य बाद पनि न पाउदा नमजा लागेको चै पक्कै हो .. गाफ दिने डाएरेक्टर लाइ के भन्ने …
जे भए पनि सुरुको प्रचार त दामी थियो .. पाए एक पटक हेर्ने मन त छ जस्तो review भए पनि किन कि मैले पनि यो फिलिम निकाल्न लाइ केहि सहयोग गरेको छु …
रबिन्द्र मिश्र राम्रा पत्रकार हुन् यसमा दुइमत छैन, उनि राम्रा लेखक पनि हुन् यो पनि साबित भैसको.. यी मिश्र लोककल्याणकारी काममा पनि करोड उठाउदै हिडेका छन् / तर यिनको काम यो फिल्म मा केहि छैन ,न अभिनय छ न यिनले भन्न खोजेको बुझिन्छ / बरु निर्देसकले bbc मा historic बनाउन उनलाई खेलाएको प्रस्ट हुन्छ / मिश्र जी अब फिल्म नखेल्नु बिराज भट्ट हरुलाई छोडिदिनुस
रीपब्लिका ले पनि राम्रो भन्नु स्वाभाविक छ , बिज्ञापन जो आएको छ फ्री मा
अन्तमा जिबनको सबैभन्दा ठुलो गल्ति highway फिल्म हेर्नु भनेर टाउको thataunu को सट्टा यसलाई नहेर्नुहोला
यौटा फ्री मा सल्लाह दिन्छु .. फुर्सद छ भनेर फिल्म हेर्न जानुको सत्ता कार्टून नेटवर्क हेरेको बेश
लाटो देशको गाड़ो तन्नेरो भनेको यी होला. मपाई भन्ने हरुले बनाको फिल्म बिचरा ‘तँ’हरुले क बुझ्नु. science को किताब हो र बुझानु पर्ने. अझ यो दिमाग लगाएर हेर्नु पर्ने फिल्म, दिमाग घरमै छोडेर हेर्नु पर्ने फिल्म भन्ने जस्तो वाइयात कुरा त केहि हैन. यदि फिल्म interesting छ भने दिमाग आफसेआफ लागिहाल्छ नि. फिल्म ले २ घण्टा हलमा बसुन्जेल दर्सकको ध्यान तान्न सक्नु पर्छ. जसले यो कुरा बुझ्दैन उसले दर्सककै गल्ति देख्छ. अर्को कुरा नेपालि फिल्म नेपालि दर्सकको लागि बनाउने हो. यदि उनीहरुलाई नै मन परेन भने जतिसुकै international film festival मा गएर लाटो देशको गाड़ो तन्नेरो बनेपनि चल्दैन.
If you have money: Producer
If you expose necked body: Actress
If you have long hair and simple fitness: Actor
If you are Producer: obviously your daughter, son or any relatives will be Actress or Actor.
This is not the way to achieve the goal by Nepalese Film Industry and able to make crowd for watching Nepali movie in film hall. First of all get the knowledge from university regarding the related field and collect the experiences by various tasks than try to be a Producer, Editor, Actor, Actress and any other characters.
I don’t mean that only educated person can involved in Film line, in the context of our country most of all are only literate only not educated. If they try to build up their carrier in study too, than it will be more fruitful for their selves and the Nepalese Film Industry too.
On the subject of Highway it’s like a Documentary not a Movie.
अनि अर्को कुरा बस बिग्रेको दृस्यमा पूर्व बाट काठमाडौँ जादै गरेको बस बिग्रिदा बसको टाउको कता फर्किन्छ ? हेटौडाको कर्रा पुलमा पूर्व तिर फर्केको दृस्य देखिन्छ ?????? नेपाली फ्लिम हेर्ने रहर विस्तार पलाएको थियो त्यो पनि तुहियो …………….
म त् हेर्दिन ………. हाइवे
निर्देशक साबले भन्नु भा दर्शकले बुझेनन् रे,
म पनि केवल दर्शक मात्र हु र म पनि यो फिल्म बुझ्दिन होला
संसार कै पहिलो ‘बिशेसज्ञहरुको लागि मात्र बिशेस फिल्म’ बनाउनु भएकोमा निर्देशकलाई बधाई छ
यो फिचर फिल्म नै हैन .. यो फिलिम त सित्तै मा अथावा कुनै फेस्टिवल मा लगुना ठिक छ ..पैसा हेरेर हेर्न बिल्कुल बेकार
हुन त मैले हेरेको छैन, तर पनि यौटा कुरा भन्न चाही सक्छु, दर्शक लाइ कदापि दोष दिन मिल्दैन, उनै दर्शक लाई लक्ष्य गरेर बनाएको फिल्म, बुझेनन् भनेर दोष दिनु मुर्खता हो. बुझ्नेगरी किन नबनाएको त?
सायद नेपाली चलचित्र मा फरकपन ल्याउने प्रयास हुनुपर्छ…तर एकै पटक मा १८० डिग्री को फरक पन ले काम गर्दैन भन्ने कुरा पनि निर्देशक ले बुझ्नु पर्ने हो !
दर्शकले पैसा मनोरन्जनको लागि तिर्ने हो दिमाग घुमाइ घुमाइ, कथा बुझ्न हैन ,सधैं को tension बाट फ्रेश हुन highway हेर्न गएको उल्तै दिन भरी टाउको दुखेर hang भैइयो। फरक धार भन्दै मा टुप्पो मा धार लाको चक्कु जस्तै भाको छ highway, कागबेनी मा पनि राम्रै प्रयास गरेको थिए भुसन दाहालले तर नतिजा सबैलाई थाहा छदै छ। देशभक्ती, सामाजिक समस्यालाई लिएर फिल्म बनाउने काम चुनौती पूर्ण हो, प्रयास राम्रो हो तर सफल हो भनेर चाँही म भन्दिन। तर पनि उल्टै दर्शकलाई दोश दिनु चाँही राम्रो हैन। दर्शक ले पैसा मनोरन्जन को लागि तिर्ने हो।
फिल्म त नेपालको राजनीति भन्दा पनि अल्मलिएको छ।
सबै चलचित्र तेत्तिकै लूट बन्न सक्दैनन मेहेनत पनि गर्नु पर्छ ।
नितान्त ब्यक्तिगत बिचार।
म पनि कुनै जमानामा फिल्म कसरि बनाउछ र कसरी दृश्य हरु खिच्छ भनेर एक दम जागर जागेर मेरो गुरु संग फोटो खिच्ने सिक्ने मौका पाए ! तेसै क्रममा म गुरु संग पनि ४० दिनको लागि काठमाडौँ बाहिरा तेसै युनिट संग जाने मौका पाए ! अनि पहिला पहिला त के थाहा थिएन जब दृश्य लिनु अगाडी एक पटक निर्देशक ज्युले क्यमरा बाट अवलोकन गरेपछी दृश्य लिने गरिन थियो| त्यस बेला अनि जब निर्देशक ज्युले क्यमरा अवलोकन पछी क्यामरा सहायक मेरो साथीहरु अलि कस्तो कस्तो पारा ले हास्थे निर्देशक को पछाडी ! पहिले त मैले कुरै बुझेन पछी पो थाहा पाए हस्नुको रहस्य ! कुरा के रैछा भने जब निर्देशक ज्युले क्यमरा बाट अवलोकन गर्ने बेला साथी हरुले त क्यमरा को शटर १६ मा राखी दिदो रैछ ! क्यामराको लेन्स मा प्राय १.४ देखि १६ सम्म शटर स्पीड हुन्छ जब १६ मा हालिदियो बने एक दम दमिलो वा प्राय अंदेरो देखिन्छ ! ( अनि मैले क्यमरा गुरु लै यो कुरा भने अनि गाली गर्नु भो सबैलाई ! येसो गर्नु राम्रो हैन एसले नराम्रो हुन्छा निर्देशक मात्र हैन तिमि हरु पनि प्रगति गर्न सक्दैन भनेर सम्झायो साथी हरुलाई ! अब भनुस त येस्तो त निर्देशक भेटियो हावा मा फ्रेम हेरेर ओक थिग छ भन्ने रेडी क्यामरा एक्शन भन्ने !! हरु निर्देशक भए सम्म नेपाली येस्तै हुन्छ !
एस्मा संक नै छैन ! अब जमाना डिजिटल अको छ !जब सम्म कथाकर र निर्देशक राम्रो हुन्न नेपली फिल्म येस्तै हो ! अर्को कुरा नेपाल को बजेट अनुसार फिल्म पनि दामी बनाउनै गारो चै छ है यो कुरा सत्य हो !
लाटो देशमा गाँडो तन्नेरी ! मान्छेको यौनमनोविज्ञान, जिज्ञासु अनि नयाँ स्वाद चाख्न चाहने स्वभावको गलत फाइदा उठाउँदै जबर्जस्ती यौन घुसाएर, जथाभावी संवादहहरू लादेर एकदुइ चलचित्र ‘चलेकै’ भरमा फेरि त्यस्तै खालका चलचित्र बनाउनु कुनै पनि कोणबाट सिर्जना होइन । यस्तो भद्रगोल स्थितिले अमूक चलचित्रमात्र होइन, चलचित्र क्षेत्र, यो क्षेत्रमा काम गर्ने कलाकर्मी र अन्तत्वोगत्वा समाजमा नै नकारात्मक असर पुर्याउँछ । यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्नैपर्छ ।
यी र यस्ता बगम्फुसे निर्माताहरुलाई ‘ भो बाबा, अब गर्दिन ‘ भन्दै कान समात्न लगाउनु पर्छ
आम फोर्मुला घिसापिटा नेपाली फिल्म भन्दा त केहि राम्रै होला नि यो नया प्रयोग … हाम्रो फिल्म इन्दस्त्री बामे सर्दै छ, धेरै नकारात्मक कमेन्ट गर्नु भन्दा पनि हिजो आज युवा पिडिले केहि नया प्रयास गर्दैछन हाललाई त्यो नै सकारात्मक पक्च्या हो … कसैले एस्लाई वृतचित्र पनि भने रे , खैर एस फिल्ममा भएका त्रुटीबाट पाठ सिकेर निर्देसकले आगामी दिनमा अझै इस्तारिय चलचित्र निर्माण गर्ने आशा गरौ …
“लुट” हेरे पछि मलाई अहिलेको नया पुस्तबाट आशा चाही पलाएको छ … सिक्दै सुधार्दै जानु पर्छ … नया पिडीलाई प्रगति र सफलताको सुभकामना …
तथाकथित दिग्गजहरु कसरी बिक्छन् भन्ने कुरा यो प्रकरणले देखाइसक्यो। फेसबुक र ट्विटरमा क्रिटिकल स्टाटस राख्ने धेरैलाई हाइवेको टिसर्ट दिइएको छ। तिनलाइ निर्देशक दीपक रौनियारको निवासमा भोज सहित फिल्म देखाइएको भन्ने कुरा गलत हो भन्ने तागत निर्माण पक्षसँग छ ? ठूला मिडियालाइ पैसा खुवाएर अफिसियल मिडियाको रुपमा किनिएको हैन भनेर भन्ने तागत निर्मातासँग छ ? पहिलै बिकिसकेके पछि एत्रा लेख्छन् ठूला मिडियाका कथित समीक्षक भनाम्दाहरुले। केही ठूला मिडियाले तिनको पैसा वसुल गरेका हुन् समीक्षा गरेका हैनन् भनेर अब कसैबाट छुपेको छैन। ती फगत हाइवेका तलबी कार्यकर्ता हुन् समीक्षक हैनन्। अर्को कुरा चाहिँ चलेका मान्छेलाइ सोल्टीको मेघामल्हारमा जाँड खुवाएर फिल्म देखाएर तिनको मुख थुन्ने कोसिस पहिलै भएको छ। बाँकी हामीजस्ता सर्वसाधारणलाइ चारैतिरबाट घेराबन्दी गरी रनभुल्लमा पारेर बडप्पन देखाउने काम भइरहेको बेला माइसन्सारमा आएको यो विषय निकै तथ्यपरक लाग्यो।
सुनेअनुसार ट्विटर र फेसबुकमा हुने बहस दमन गर्न समेत तलब खुवाएर मान्छे परिचालन गरिएको अवस्थामा धन्न सालोक्य लाइ किन्न सकेनछन्। झुटमुट विज्ञापन गर्नेलाइ कारवाही हुन्थ्यो भने हाइवेका समीक्षक दीक्षित यतिबेला जेलमा हुन्थे। तर मिडिया क्षेत्रका डन वाइसिएल रौनियरा दीक्षितलाइ कसले छुने ? मेरो आग्रह छ- सिनेमा राम्रो बनाउ, मालको प्रचार गर मालभित्रको गल्ती लुकाउन झुटको साहरा नलिय! झुटको साहरामा हाइवे चल्यो होला तर फेरि पनि त काम गर्नुपर्ला नि दीक्षित र रौनियारजी ?
अब अर्को लेख आउनु परो। हाइवे प्रमोसनमा कुन पत्रकार र मिडियाले कति पैसा असुलेका छन् ? समीक्षकहरुको बिक्री दर कति हो ? माइसन्सारले खुलासा गरोस्।
फिल्ममा दुलहि सिंगार गर्ने क्रममा सारीले जुत्ता छोपेको दृश्य देखाएर निर्माता निर्देशकले इमान्दारिता प्रश्तुत गरेकाछन । तर वोमिट गर्ने पोलिथिन नहुने हाम्रो देशका सार्वजनिक सवारीसाधनलाइ आकस्मीक रुपमा बिवाहको गाडीमा परिणत गर्नु चानचुने बिषय हैन । यो एकदमै अवास्तविक छ । त्यत्रो गरगहना, श्रिंगारका सामाग्री, माला, शुभ बिवाहको ब्यानर, बाजा आदि जुटाउनेले स्यान्डीलमा लापरबाही गरेको दृश्यले फेरी अनेकौँ प्रश्न उब्जाउँछ । प्रश्नैप्रश्नको पोकोले आमदर्शकलाइ पनि आन्दोलनकारीलाइ झैँ फिल्मले झुक्याइदिएकोछ ।
यो झुर फिल्म नै हो, कुनै दुइमत छैन । रियलको बिज्ञापन गरेजसरी बिज्ञापन गरेर फिल्म राम्रो हुँदैन । पैसा कुम्ल्याइहाले लगानीकर्ताले अब बिदेश गए हुन्च । युनिटी र हाइवेमा कुनै फरक छैन अरू, ठग्ने माध्यम मात्र फरक हो ।
सहि हो, फरक धारको भनेर जे पायो तेही देखाउने ,अनि दर्शकले आफै बुझ्नु पर्छ भन्ने- फिल्म चलाउने नया फोर्मुला
समिक्षकको समिक्षालाई नै समिक्षा गरियो भने रिजल्ट के आउँला । वाहियात । सम्भवत हाइवे चलचित्रले सबैभन्दा बढि समिक्षक जन्माएको छ । नयाँ समिक्षकलाई स्थापित बनाएर पुरानो समिक्षकको हैसियत देखाइदिएको छ ।
फरक धार त किर्तिले देखाउने हो | मुखले जबर्जस्ति भनेर चिच्चाएर हुने कुरो हैन | पुरा मुवीमा कसईले ब्ल्यांक राख्छु भन्ला फरक देखिनका लागि के तेसलाई पनि दर्सकले स्वीकार्ने त? यद्यपी मैले त्यो मुवी हेर्ने सौभाग्य भने पाईसक्या छैन|
.
शरद भाई , यस्तो फिलिम हेर्ने मौकालाई सौभाग्य होइन ‘दुर्भाग्य’ भन्नु वेश होला.
किनकी , नेपाली सिनेमा हेर्ने उत्साह र हौसलालाइ यिनले त ‘चिलिम’ पारी दिन्छ ,यार !