नेपाल पत्रकार महासंघ कतार शाखालाई केही सुझाव
देशभरका पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ अहिले ग्लोबल भएको छ। देशमात्र हैन, कतार र दक्षिण कोरिया जस्ता विदेशमा पनि यसको शाखा खुलेको छ। बिगतमा भएको पत्रकार महासंघ कतार साखाको गठनमा केही गल्ती र कमीकमजोरी रहेको देखिन्छ। पत्रकारिताको ‘प’ नजानेको, नगरेको मान्छेले पनि सदस्यता लिएको देखिन्छ। प्रतिशतका हिसावले पनि बास्तविक पत्रकारिता गर्ने वा समाचार मात्र लेख्ने पनि सम्पूर्ण सदस्यहरुमा आधाभन्दा कम रहेछन्। ति अ/पत्रकार वा अलपत्रकारहरु कतैबाट बोकिएका, बोकाइएका, परिचालित, ‘निर्धृष्ट लक्ष्यका साथ मैदानमा खडा भएका आदेशउपर कार्य सम्पादन गर्ने अरौटे र भरौटे’ हुने भए। यि अरौटे र भरौटेहरुले स्वतन्त्र पत्रकारिताको धर्म निभाउनु त के पत्रकारिताको मूल मर्म पनि कायम राख्न सक्दैनन्।
बिगतमा जस्तो पत्रकारले गैरपत्रकारिता र गैरसामाजिक बिषयका कार्यक्रममा गएर मञ्चमा आशन ग्रहण गर्ने र भाषण ठोक्ने कार्यमा शख्त मनाही र कार्वाही गर्ने प्रावधान राखियोस्। यो प्रावधान किन पनि आवश्यक छ भने पत्रकारको काम मञ्चदेखि तल छुट्याइएको स्थानमा बसेर समाचार लेख्ने हो। नेतागिरी गरेर भाषणबाजी गर्ने होइन। पत्रकारले आसन ग्रहण गरेपछि समाचार कस्ले लेख्छ?
कतारमा कुनै एउटा संघसंस्थाको गठन, पुर्नगठन, बिगठन र बिभाजनले यहाँका सवैजसो संस्थामा तरङ ल्याइदिन्छ। साहित्यिक, सामाजिक, बैचारिक, राजनितिक, धार्मिक र जातिय संघसंस्थामा हुने गरेका अधिवेशनमा त झन् हरेक संस्थामा प्रत्यक्ष सुनामी आउँछ। अनि त्यहाँबाट शुरु हुन्छ हस्तक्षेप। हस्तक्षेप यस्तो हुन्छ कि केही संस्थाले नवगठन हुने संस्थामा ‘आफ्नो मान्छे’लाई पदमा पार्ने प्रपञ्च गर्छ। त्यो ‘आफ्नो मान्छे’ ‘राम्रो’ नभए पनि तिनलाई केही फरक पर्दैन तर ‘हाम्रो’ भए पुग्छ। तिनले अघि सारेको मान्छे समाजले नपचाउने वा श्रमिकले नरुचाउने भए पनि तिनलाई केही फरक पर्दैन तर त्यही मान्छे पदश्रेणीको माथिल्लो सिँढीमा पुगोस् भन्ने तिनको धृष्टता हुन्छ। यही धृष्टताले नेपाली समुदायका कैयौँ एकढिक्का भएका संस्थाहरु चिरा परेका छन्।
कुनै एउटा संस्था चिरा पर्दा विभाजन त्यो संस्था मात्रै हुँदैन। अपितु समाज विभाजन हुन्छ। समाज विभाजन भएपछि सहमति हुँदैन। सहमति नभएपछि सहकार्य हुँदैन र सहकार्य नभएपछि सही संस्कार र सही संस्कृतिको बचिबचाउ गर्न सकिँदैन।
जव नेपाली नेपालीबिचको मन विभाजन हुन्छ, जव नेपाली नेपालीबिच नेपालीपन विभाजन हुन्छ, त्यहीँबाट शुरु हुन्छ नेपाली कला, सिप, संस्कार, चालचलन र रितिरिवाजको कुरुप विभाजन। मौलिकताको यस्तो दारुण विभाजन भएपछि देशभित्र मात्रै होइन, देशबाहिर पनि फैलिन्छ गृहयुद्धको भुइँभालो। गृहयुद्धको भुइँचालो यस्तो विनासकारी हुन्छ कि त्यसले देशै भत्काउँछ। ‘इनार सुक्दै गएपछि पानीको मूल्य थाहा हुन्छ’ भनेजस्तो देशै भत्किएपछि देशको महत्व बु‰न नखोजौँ, यसअघि नै सहअस्तित्वको सम्मान र नेपालीपनको इज्जतखातिर सोचौँ।
अहिले कतारी माहोललाई छपक्कै छोपेको छ ‘नेपाल पत्रकार महासंघ कतार साखाको अधिवेशन’ले। यहाँका केही नेपाली संघसंस्थालाई चाखलाग्दो चासो भएको छ यसको आगामि अधिवेशन। केही अर्को संस्थाका संस्थारुहरुलाई यो संस्थामा आफ्नो मान्छेलाई उकाल्ने नियत छ। स्वार्थ छ। सर्त छ। उनीहरु यही सर्त र स्वार्थका लागि नैतिकता बेचेर चलखेलमा लागेका छन्।
भोलिका दिनमा आफुलाई परेका बेला गतिलो आडा पाइएला भनेर आफु निर्देशित मान्छे राख्न केही संस्था सक्रिय भएर लागेका छन्। आफ्नो मान्छे माथिल्लो पदमा लान पाए आफ्नो ‘हाय हाय’ होला र हरेक शब्द आफ्नो गुनगानमा खर्चेला भनेर ‘शषयन्त्रकारी भुमिकामा बास्तविक अभिनय गरिरहेका छन्’ केही संस्था अहिले। साम, दाम, दण्ड, भेदका चारै निति लगाएर पकडमा राख्नलाई ति संस्था भित्री ‘ग्रान्डडिजाइन’मा लागेका छन्। च्यानल बनाएर प्यानल खडा गर्ने र त्यही प्यानललाई पदमा पुर्याउने अभिष्टका साथ मैदानमा उत्रिएका छन् केही थान मान्छेहरु। ति तिनै मान्छे हुन् जसले यहाँका ‘छँदाखाँदाका संस्था’लाई तिन चिरासम्म पारेको इतिहास छ। नेपालका कुनै राजनितिक पार्टी एक्लो ब्यक्ति भइञ्जेलसम्म फुटेजस्तै यहाँका संस्थालाई त्यही अविगतमा फुटाउने पनि तिनै मान्छे हुन्।
तिनकै सर्कलका मान्छेले तिनलाई ‘समाजका आडा’ भनेर मान्छन् तर तिनका इतरसर्कलका मान्छेले तिनलाई ‘समाजका साँडा’, ‘समाज भाँडा’ र ‘समाजका छाडा’ भनेर चिन्छन्। सर्वत्र निन्दामा परेका मान्छेलाई चिन्दामा भन्दा नचिन्दामा फाइदा हुन्छ। समाज, देश र संस्थाका लागि अयोग्य मान्छेलाई पुजेर इश्वर बनाउनुभन्दा बुझेर पुच्छर घुमाउनु राम्रो हो।
बिगतमा भएको पत्रकार महासंघ कतार साखाको गठनमा केही गल्ती र कमीकमजोरी रहेको देखिन्छ। पत्रकारिताको ‘प’ नजानेको, नगरेको मान्छेले पनि सदस्यता लिएको देखिन्छ। ‘उहिले हाम्रा बाको पालामा ‘आम्रीमा जाने’ भनेर सोध्थे रे र ‘जाने’ भनेर भनेपछि लान्थे रे’ भनेजस्तै आधाउधीले सजिलै पत्रकारको परिचयपत्र पाएका रहेछन्। महासंघ कतार शाखामा सदस्य भएकाहरु प्रतिशतका हिसावले पनि बास्तविक पत्रकारिता गर्ने वा समाचार मात्र लेख्ने पनि सम्पूर्ण सदस्यहरुमा आधाभन्दा कम रहेछन्। यि कुरा मनमगन्ते नभएर एकजना संस्थामा आवद्ध ब्यक्तिलेसमेत भनेका छन्।
यस्तो अवस्था देखिएबाट के कुरा थाहा लाग्छ भने अव आउने अधिवेशनमा आधाबढि अ/पत्रकार वा अलपत्रकारहरुले सदस्यता नविकरण गरेर चुनावमा भोट हाल्न पाउने भए। ति अ/पत्रकार वा अलपत्रकारहरु कतैबाट बोकिएका, बोकाइएका, परिचालित, ‘निर्धृष्ट लक्ष्यका साथ मैदानमा खडा भएका आदेशउपर कार्य सम्पादन गर्ने अरौटे र भरौटे’ हुने भए। यि अरौटे र भरौटेहरुले स्वतन्त्र पत्रकारिताको धर्म निभाउनु त के पत्रकारिताको मूल मर्म पनि कायम राख्न सक्दैनन्।
फेरि अर्को भन्नैपर्ने कुरो यो छ कि यहाँ पत्रकार महासंघ कतार शाखाका सदस्य त के कार्य समितिका पदाधिकारीहरु पनि कुनै अर्को संस्थाको कार्यसमितिमा बसेको देखिन्छ। बिशुद्ध पत्रकारिता गर्नुपर्ने मान्छे अनेक संस्थाको पद ओगटेर बसेपछि त्यसले स्वतन्त्र र निस्पक्ष पत्रकारिता गर्छ भन्ने कुरामा कमसेकम म चैँ बिस्वास गर्न सक्दिन। भोलि उही बसेको संस्थाको कुनै सदस्यले फटाइँ गर्दा उसले त्यसका बिपक्षमा समाचार लेख्छ कि पक्षमा समाचार लेख्छ? यो अत्यन्तै गम्भिर कुरो हो।
यस्तो परिस्थितिमा हुन गइरहेको अधिवेशनलाई मर्यादित र सम्मानित सम्पन्न गर्न अवको नयाँ सदस्य र कार्यसमितिका लागि केही महत्वपूर्ण प्रावधान राख्नु नितान्त जरुरी छ। यसका लागि केही कुरा अघि सार्न चाहन्छु।
सदस्यता पाउन योग्यताको कसी कमसेकम कतारबाट प्रकाशित हुने कुनै पनि पत्रपत्रिकामा कम्तीमा आधा दर्जन समाचार लेखेको होस् र त्यसको कटिङ ल्याउन अनिवार्य गरियोस्। अनलाइन मिडियाका पत्रकारको हकमा त्यो मिडियामा उसले संप्रेशण गरेका कम्तीमा आधा दर्जन समाचारको प्रिन्ट कपि अनिवार्य गरियोस्। बाँकी महासंघले राखेका प्रावधानहरु यथावत रहनुपर्छ।
एघार सदस्यीय कार्यसमितिमा रहने ब्यक्ति कुनै अर्को संस्थाको भरिसक्के सदस्य वा कार्यसमितिमा नभएको वा भए पनि राजिनामा दिएको हुनुपर्ने प्रावधान राखियोस्। कार्यसमितिमा रहेको ब्यक्तिले कुनै अर्को संस्थाको ‘प्रबक्ता वा प्रचारप्रसार विभाग अध्यक्ष वा सदस्य’ हुन नपाउने प्रावधान राखियोस्।
बिगतमा जस्तो पत्रकारले गैरपत्रकारिता र गैरसामाजिक बिषयका कार्यक्रममा गएर मञ्चमा आशन ग्रहण गर्ने र भाषण ठोक्ने कार्यमा शख्त मनाही र कार्वाही गर्ने प्रावधान राखियोस्। यो प्रावधान किन पनि आवश्यक छ भने पत्रकारको काम मञ्चदेखि तल छुट्याइएको स्थानमा बसेर समाचार लेख्ने हो। नेतागिरी गरेर भाषणबाजी गर्ने होइन। पत्रकारले आसन ग्रहण गरेपछि समाचार कस्ले लेख्छ?
बिगतमा यस्तै भाषणबाजी र मञ्चमा आशन ग्रहण गर्नाले यो गरिमामय संस्था मर्न लागेको अवस्थालाई कसैले नबिर्सिने हो भने यि प्रावधानलाई लागु गर्नु पर्छ। अन्यथा फेरि पनि यो स्वतन्त्र संस्था परतन्त्र र पतनतन्त्रको संघारमा नपुग्ला भन्न सकिन्न।
अहिलेको अधिवेशनमा बिगतमा बिवादित भएका, नैतिकता समाप्त भएका, बहुसंख्यक नेपाली श्रमिकले नरुचाएका ब्यक्ति आउन नपाउने प्रावधान राखियोस्। यो प्रावधान कति महत्वको छ भने बिगतका केही कुरा यहाँ राख्न चाहन्छु।
कुनै समय यही मर्यादित संस्थालाई हेय दृष्टिले हेर्दै ‘यो संस्थाको औचित्य छैन’, मरिसक्यो र घाटमा लान मात्र बाँकी छ’ भनेर राजिनामा ठोकेर हिँड्नेहरु देखिए। तिनै ब्यक्ति अहिले कार्यसमितिको मेजर पदमा आउने बाहिरी हल्ला छ। के कुनै संस्थाको अस्तित्वलाई नै स्वीकार गर्न नसकेर खिल्ली उडाउँदै हिँड्ने ब्यक्ति त्यही संस्थाको मेजर पदमा बस्न सुहाउँछ? बस्न दिनु हुन्छ? पत्रकारिताको उदेश्य जानेको र बुझेको ब्यक्तिले यस्तो कुरो स्वीकार गर्न सक्दैन। यस्ता ब्यक्तिले कतार शाखालाई मात्र होइन महासंघलाई नै विवादित बनाउँछन्। तसर्थ यो प्रावधान अनिवार्य राखियोस्। अन्त्यमा, त्यस्ता बिवादित ब्यक्तिलाई म तिनकै नैतिकता र कतार शाखाको इज्जतका लागि पनि चुनावी माहोलमा नआउन आग्रह गर्दछु ।
मैले देखेको कतार को पत्रकार चै कसैले दिन्छ कि जस्तो गरेर हिरेको देखेको छु, येसरी दिन्छ कि वन्ने पत्रकार ले सहि मान्छे लै सहि हो वनेर त पक्कै पनि लेख्न्न सक्दैन होला ताकी जसको जौ खानु उसैको जुँगा उखेल्नु जस्तो हुन्छ / साचै कतार को पत्रिका लाई पर्दा र यहाँको बेवासाया गर्ने केहि बेक्ती हरु लाई नजिक बाट चिन्ने मान्छे ले, पत्रकार ले जुन कुरा लेख्छ (नाम न तोकुम बिचार हरु लाई मर्नु जस्तो हुन्छ होला) , उनिहरु को बारे मा , एस्तो लाग्छ कि यहाँ को पत्रकारले जानेको नै अरुको चाप्लुसी गर्न बायेक केहि छैन/ एती मात्र होइन , इन्टरनेट मा बसेर विदेश मा काम गर्न गहेका चेली बेटी हरु लाई ठुला ठुला गफ हरु दिहेर उनि हरु संग पैसा मगाएर आफ्नो स्वार्थ पुरा गर्ने हरु पनि देखिन्छन पत्रकार हरु/ एस्तो पत्रकार हरु छन् कतार मा अनि इनी हरु बीच हुन गइ रहेको अदिबेशन त पक्कै पनि भोलि गहेरा यो पर्ताकर हरु ले नेपाली हरु को लागि राम्रो काम गर्ल्ला वनेर चै वन्न सकिन्न / पत्रकार पेसा मा लागे पछि जुन एउटा निस्वरता भावनाले सूचना जनमानस मा पुराउनु उसको कर्तब्य हुनपर्ने हो तर कहाँ कतारको पत्रकार हरु मा तेस्तो भावना छ र ?
अब मलेसियाको बारेमा कसले लेख्ने ? २÷३ जना बाहेक पत्रकार नभएको ठाँउमा महासंघको शाखा स्थापना गरिएको छ । पत्रकार महासंघ मलेसिया शाखामा एसएलसी पास गरेका सदस्यहरु ३ जना भन्दा बढी नहोलान । तर महासंघमा ३ दर्जन पत्रकार छन भन्ने सुनिन्छ । पत्रकार महासंघको सदस्य बन्न रहर भए मलेसिया गए हुन्छ । न शैक्षिक योग्यता चाहियो, न त समाचार लेख्नै परो ।
तेहित भने, अस्ट्रेलिया मा पनि तेस्त पत्रकार धेरै भएका छन्, कसैले Nepali Times or Nepali abaj जस्ता चलाएर दुनिया लै झुक्काइ राखेका छन्. तिनै समाज क जल्दा बल्दा भनेर छिनिन्छान. हे भगवान इनी हरुको रछ्या गर.
कतारमा नेपालीहरु अपार अपार छन् हो प्रभु अपार अपरका |
– एउटा गीत लयबद्ध गाउन नसक्ने “गायक” छन्
– ताली राम्रो संग ठोक्न नजान्ने संगीतकार छन्
– बाद्धे बादन राम्रो संग नचिन्नेहरु संगीतका पारखी छन्
– SLC फेलहरु Sales Executive छन्
– सारेगम थाहा नपाउनेहरु संगीत निर्णायक मण्डलीका सदस्य बन्छन
– अफिस खोल्ने र बन्द गर्ने अनि ओफिस कुरुवा आफैलाई मेनेजर ठान्ने छन्
कस्ता कस्ता छन् कस्ता कस्ता …. तर अचम्म उनीहरुमा अप्ठ्यारोपन केहि छैन गर्व पो गर्छन त ….
OMG. Yet, another article starts with someone else’ statement as the opening statement. Shame on Rising Nepal the writer (Pranav Bhattarai) once again for failing to catch the very first sentence.
It seems this article was published in Gorkhapatra’s sister publication “Rising Nepal”. URL: http://www.gorkhapatra.org.np/rising.detail.php?article_id=59379&cat_id=7
Please go to seventh paragraph. You will find the following content:
“Although corporate governance frameworks differ from country to country based on the legal, regulatory and institutional environment, they have a common aim: To define clearly the rights, responsibilities and behaviors that are required of a company’s owners for the business to operate successfully. “
Compare it with: Corporate governance systems have evolved over centuries, often in response to corporate failures or systemic crises.
Copied from: http://transparency.ee/cm/files/corporate_governance.pdf
Pranav Bhattarai may have excuses, but I am not going to buy these excuses for copying others writing, and tweaking a few words like centuries to decades.
I am not going to check rest of the article because I am disappointed by the very first line. Please publish in your mysansar.com and let people know.
पत्रकारिताको धज्जी उडाए भन्नु कि गरि खाए भन्नु, उफ यो कतार मा नेपाली पत्रकार हरुको पत्रकारिता बुझेरै बुझी नसक्नु भएको छ l जसले पैसा धेरै दियो उसैको बखान धेरै l निस्पक्ष पत्रकारिता कसरि भन्नु ??? विभिन्न संघ संस्था, ति संस्था का टाउकेहरु अनि व्यवसायी भै टोपल्लियेका भर्खर टुप्पामा पलाएका पात हरुको वखान बाहेक केहि भेटिदैन l यहाको चलन होइन नेपाली पत्रकार हरुको चलन हो यो l अब फेरी अधिवेसन हुदै रहेछ l जुन टाउकेले धेरै शक्ति देखाउन सक्यो त्यसैको पक्षको पत्रकार अगाडी आउछ त्यहि त हो नि l काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर l
यो कुरा मैले धेरै पैले देखि उठायाको थिय कतार मात्रै होइन नेपाल भन्दा निस्कने पत्रिका अन लाइन समाचार हरु नेपालको मुख्य समाचार माधम हरु बाट सिधै कोपि गरेर रखचन अनि आफ्नो नामको समाचारदाता भनेर नाम नि राखी तोपल्चन यो सिधै चोरी होइन र अब तेस्ता पत्रकारको अरु के कुरा भो र
नेपाल का अधिकांश पत्रकार पार्टी का कार्यकर्ता हुन्. तेसकारण पनि पत्रिका भनेका चुनावी पम्प्लेट नै हुन्. जुन पत्रकार को संगठान को चुनावी प्रतिस्पर्ध नै पार्टी हरु को कोटा बाट हुन्छ जस्तै नेपाल प्रेस युनियन (कांग्रेसका कार्यकर्ताहरुको) , प्रेस चौतारी (एमालेका कार्यकर्ताहरुको), क्रान्तिकारी पत्रकार संघ (माओवादी कार्यकर्ताहरुको) अनि तेस्तो सस्था बाट के को ब्यबशयिकता को अपेक्षा गर्ने? मुलधार को पत्रिका हेरौ त.
~~~~आइतबार निस्कने देशान्तर साप्ताहिक कांग्रेस को शुशील समर्थक, छलफल साप्ताहिक एमाले समर्थक
~~~सोमबार निस्कने साघु साप्ताहिक माधव नेपाल समर्थक, तरुण साप्ताहिक देउबा समर्थक
~~~~मंगलबार निस्कने दृस्टी साप्ताहिक एमाले को ओली समर्थक जसको प्रकाशक शम्भु श्रेष्ठ एमाले को राज्य समिति का सदस्य हुन् तर स्थायी समिति कै हैसिएत राख्दछन , तेस्तै पुनर्जागरण प्रकाशमान समर्थक अनि जनादेश माओबादी समर्थक.
~~~~बुधबार निस्कने जनआस्था साप्ताहिक बामपन्थी समर्थक(मलाइ तुलानात्क्मक रुप मा यो पत्रिका निस्पक्ष लाग्दछ), घटना र विचार कांग्रेस को रामचन्द्र खुम बहादुर समर्थक. एसको सम्पादक देव प्रकाश त्रिपाठी कांग्रेस को केन्द्रिय सदस्य को चुनाव मा उमेद्वार बनेर ३०० मत ल्याउने व्यक्ति हुन्. बुधबार साप्ताहिक एमालेको मुखपत्र. केही अघिसम्म यो पत्रिकाको कार्यालय एमाले मुख्यालय बल्खुभित्रै थियो। अहिले चाहिँ पुतलीसडकमा सारिएको छ।
~~~~~बिहिबार को नेपाली पत्र साप्ताहिक राप्रपा समर्थक
~~~~शुक्रबार को सम्बोधन साप्तहिक ओली समर्थक अनि विमर्श कांग्रेस को सुशील समर्थक.
~~~~शनिवार को हाक साप्ताहिक मोहन बिक्रम को मसाल समर्थक
~~~~अब आयो हिमाल म्यागजिन, माओबादी को अन्धो बिरोधि, प्रत्यक अंक मा माओबादी बिरोधि कम्ति मा २ वटा आर्टिकल हुने पर्ने. एमाले समर्थक.
~~~~नागरिक दैनिक, भक्तमान अपहरण काण्ड मा नै देखियो एसको ब्यबशयिकता र निस्पक्षता!
अनि एस्तो अबस्था मा के को निस्पक्ष समाचार पाउने नेपाली जन समुदाय ले!
बिगतलाई एकचोटी फर्केर हेर्दा अनि बर्तमानलाई निहाल्दा नेपालमा कुनै पनि काम गर्नु पर्दा सोहि बिसयेमा पढेलेखेको अनि दक्च्य बेक्ती हुनु पर्छ भन्ने कडा नियम रहेको देखिदैन. बार्गेनिंग गरेर पोस्ट दिने हुनाले नै आज नेपाल एस्तो भएको हो. म्याथ पढेको मान्छे लाइ स्वास्ते मन्त्रि दिने अनि पुजा पाठ गर्ने लाइ खेलकुद मन्त्रि दिने अनि येस्तई येस्तई …………..तेसैले नेपालमा एस्तो भएन अनि मिलेन भन्ने कुरा सुन्दा तेत्ति प्रतिकिर्या गर्न मनले मान्न छोड्यो कि जस्तो लाग्छ .
पत्रकार हु भन्छन,कमाई खाने भाडा बनाए यी पत्रकारले/समाचार प्राथमिकता नदि आफ्नै तालमा हुइकेका छन् नेपाली पत्रकार,अर्काकी श्रीमतिलाई अगालो मर्न खोज्दा लडेर मर्ने यादव पौडेल लाई सहिद रे ,पत्रकार पनि पार्टी ,गुठ स्वार्थकालागि लेख्ने पत्रकार के पत्रकार ?सक्रमण कालमा पत्रकारले सबेदनशिलता बुज्नु पर्नेहो तर राजनीति दल ओथार नबसी भाले -पोथी छुट्याई दिन्छन,मन लागे कुनै नेतालाई टुप्प मा र मन नलागे भुसिया बनाउछां/राजनीति मा खेलवाड गरेकैले नेपालमा राजनीतिले यस्तो रुप लिएको हो/.मलाई लाग्छ पत्रकारले एक वर्ष मात्र सहि समाचार प्रसारण गरे राजनीतिले निकाश पाऊथियो होला,नेपाली नेता पनि जनता भन्दा पत्रकार सग डराउछं /
पत्रकारितामा राजनीति छिरेर राजनीतिक दल जस्तै गुट उपगुट बन्नु त सामान्य नै हो/ पत्रकारिताको नाममा पितपत्रकारिताले जेलेर पत्रकारिताको खिल्ली उडउने एस्तो जमातको कारण पनि विश्वसनीयता, निश्पछ्याता भन्ने कुरा पत्रकारितामा हराउदै गएको हो / हो कि होइन त?
कतार त धेरै टाढा छ , पत्रकारहरु को राजनीति र अयोग्यता हेर्नु छ भने वीरगंज आए हुन्छ ! १० दिन अघि वीरगंजमा आर्थिक पत्रकारिता को २ दिने तालिम दिएको थिए जसमा हकरहरु पनि सहभागी भएका थिए. पत्रकार महासंघ पर्सा को कार्यालय कहाँ छ कसैलाई थाहा छैन. समाचार लेख्न न आएपनि तिनैलाई बरिष्ठ पत्रकार भन्नु parne रे !!!!!!!!!!
पत्रकारको आचारसंहिताको बारेमा अनभिज्ञ भए पछी र मूल मर्म नाबुजे पछी येस्तई नै हुन्छ I येस्ता पत्रुकार अथवा अलपत्रकार हरुले गर्दा इमान्दार र स्वच्छ पत्रकारहरुको छबी पनि बिगार्छ लोउ पत्रकार होउ भने अफगानिस्तान र अन्य युद्द भूमिमा गएर तोप र बम को नजिक उभिएर समाचार संकलन गर त सक्छोउ ? सक्दैन किनकि यिनीहरु पत्रकारको नाममा अलपत्रकार हुन् कोठे र ओठे पत्रकार हुन् अनि चर्चित जी ले दिएको सुझाब नेपालमा पनि लागु हुनु पर्छ अनि बल्ल रास्ट्रको चौथो अंग भनेर गर्ब गर्न सकिन्छ अस्तु I
राज्यको चौथो अंग मानिएको पत्रकारिता प्रोफेसन मर्यादित र उत्तरदायित्वपूर्ण छ| तर हालैका केही घटनाहरुले जनतालाई नकारात्मक सोचमा पुर्याएको छ| ती मध्ये केही घटनाको उल्लेख:
१. झापामा आफुलाई पत्रकारितामा सलग्न राख्ने एक व्यक्तिले अर्काकी पत्नी संग शारीरिक सम्पर्क राख्ने प्रयासको सिलसिलामा उत्पन्न झगडाले मृत्यु हुँदा जसलाई मानवजन्य स्वभाव वा दुर्भाव नै माने पनि पत्रकारहरुले उनलाई लाजै पचाएर शहिद घोषणा गर्ने मांग गरिनु र पत्रकार महासंघको मौनताले पनि यसको समर्थन बुझाउनु लाजमर्नु हो|
२. आंगकाजी शेर्पा प्रेस कन्फरेन्स गरेर बक्तब्य दिंदा एउटा जर्नलिस्ट जर्सी लाएको व्यक्तिले मण्डले शैलीमा भाषा र व्यवहार प्रयोग गरेर पत्रकारको मर्यादामा गिरावट पैदा गर्दा पनि अरु जर्नलिस्टहरुले घोर बिरोध नगर्नु| आंग काजी सही थिए वा थिएनन सो रिपोर्टिंग बाट पाठक र दर्शक हरुलाई छुट्याउन दिएको भए पुगिहाल्थ्यो| किन श्याल भएर जर्नलिस्टको जर्सी लाएर हाउ हाउ गर्न पर्यो?
३. आंगकाजी किन झोक्किए? त्यसको अर्कै पाटा होला तर उनले उदाहरण सहित नेपालका मैनस्ट्रिम संचार माध्यम माथि लाएको पुर्बाग्रह्को अभियोग सोझै सम्बोधन गर्नभन्दा पत्रकारहरु कि उनलाई गाली गर्ने वा मौन रहेर पन्छिए| त्यो अभियोग अहिले पनि जस्ता तस्तै छ भन्नेहरु पनि छन्|
4. अनुजा काण्ड! यसबारे भन्न भन्दा न भनेकै ठिक होला, जति भन्यो उति शर्म लाग्ने|
आखिर जिम्मेवारी को हुन्? नेपाली लेख्न जान्यो भन्दैमा र घुमाउरो र तेमाउरो अनि छड्के भाषा लेख्न र बोल्न सक्यो भन्दैमा जर्नलिस्टको पगरी लाउनेहरु धेरै छन्| धमला ती मध्ये एक हुन् सक्ला तर अरु पनि थुप्रै छन्|
त्यसको मतलब सबै जर्नलिस्ट उस्तै हुन् भन्न खोजिएको होइन| ज्यान जोखिममा राखेर सही समाचार उपलब्ध गराउनेहरु पनि छन्| द्वन्दकालमा कतिले ज्यान गुमाए वा घायल भए| तर पत्रकारिताको नाउँमा आएको बिश्रीन्ख्लतालाई कसरि रोक्ने हो ती हाम्रा बुज्रुग पत्रकारवन्धुहरुले बुझेर कारवाही गर्नुहुनेछ|
चर्चित्जीले राम्रो विषय उठाउनु भो .सानो एउटा सुझाव छ — शब्दहरु शुद्ध टाइप गर्नुहोला .
माथिको लेखमा नै केहि उदाहरण दिउन -‘ निर्दिष्ट ‘ र ‘ मनगढ़ंते ‘ हुनुपर्नेमा अर्थ नै नलाग्ने गरी अन्यथा हिज्जेहरु पढ्नमा आइयो , पछी यस्तो नहोस भन्ने चाहन्छु . धन्यवाद !
कहिँ नभएको जात्र हाँडी गाउँमा भनेजस्तो .. चुप लगेर आफ्नो काम गर्नु नि .. कतारजस्तो देशमा पनि ठ्याक्कै नेपालको जस्तो भडुवा नीति, पार्टी र तिनका आसे पासे, आमसभा, बैठक अब त हुदा हुदा जनजाती छेत्री बाहुन आदिबासीका पनि सप्पै संगठन,यहाँ खोलि सके हुने केहि हैन गर्ने कसैले केहि पनि हैन .. यहाको संघ संस्थाको पद बुझ्नेका लागि काले कुकुरको पिछ्वाड़े जतिको पनि अर्थ राख्दैन .. के का लागि मरिहत्ते !
नेपाली को संगठान हेर्न त युके आउनुस त तपाइँ लाइ हासो उठादछ र उदेक लाग्दछ . प्रत्यके पार्टी माओबादी एमाले कांग्रेस को संगठन त छदैछ तेस्पछी प्रत्यक जात जाति मात्र नभएर प्रत्यक टोल को अनि त्यो टोल मा बस्ने प्रत्यक जाति जाति को गरेर ५०० जति होला. युके मा भएका संगठान को केहि नालीबेली
तमु संघ युके
तमु संघ रीदिंग
तमु संग ग्रेअटर रसमोर जस्ता गरेर प्रत्यक ठाम को तमु संघ
तेस्तै मगर संघ युके
मगर संघ लन्डन आदि गरेर प्रत्यक ठाम को मगर को सघ
तेस्तै लिम्बु राइ, क्षेत्री हरु को युके को प्रत्यक ठाम को संगठन
तेपछी पेशागत हरु जस्तै
नेपाल युके बिद्यार्थी संग, नेपाल युके पत्रकार संघ , नेपाल युके वकिल संघ अनि युके भरि को ठाम अनुसार तिनी हरु को शाखा प्रशाखा
नेपाल बिद्यार्थी संघ युके
अब सिद्दियो होला त ! होइन बिडम्बना त अब शुरु हुन्छ.
जस्तै
पोखरा रामबजार बासी को संगठान,
पोखरा राम बजार तमु हरु हो संगठन
गोर्खा बारपाक बासी घले(गुरुङ भित्र को एउटा थर) को संगठन
चार भन्ज्यांग बासी तमु हरु को संगठन
विजयपुर क्षेत्री समाज
तनहुँ मगर हरु को संगठन
गुल्मी क्षेत्री समाज
नेपाल युके मधेशी बिधार्थी मंच
विजयपुर समाज
म्याग्दी पुन मगर समाज
ताप्लेजुंग किरात ययख्य
नेपा पासा पुची संघ
गोर्खा तामांग घेदुंग
शेर्पा समाज
कति धेरै संगठान भन्नुहोला ! नात्तिनुस अब पालो आउछ युके को ठाम जोडेर आउने संगठन.
हर्लिन्ग्तन नेपाली समाज
एलिंग गोर्खा समाज
इस्ट लन्डन क्षेत्री समाज
नर्थ लन्डन तमु समाज
साउथ लन्डन मगर समाज
फानबोरो तमु समाज
मिडलण्ड मगर समाज
ग्रेटर रसमोर तमु समाज
इस्ट ससेक्क्ष किरात राइ समाज
पिटरब्रा प्रगतिशील नेपाली समाज
म्यानचेस्टर नेवा समाज
अझै नात्तिनुस, अब पेशागत समुह
नेपाल युके नर्स
नेपाली ड्राइभर समुह
नेपाल युके अकाउन्तेंसी
नेपाली क्यतारर्स
नेपाल युके बिजनेस
अब पालो आयो एकै साल भंरा भएका हरु को समुह
८४ को नम्बरी समुह(१९८४ मा ब्रिटिश सेना मा भर्ना हुने हरु को समुह)
८५ को घले नम्बरी समुह
अन्त्य मा
नेपाली को सबै भन्दा पुरानो संगठान
एती संगठान
NRN (non residensial nepalese )
सबै भन्दा बिडम्बना त यी सबै कथित समुह मा अध्यक्ष महासचिव, उपाध्यक्ष , कोषाध्यक्ष सदस्य हरु हुन्छन र यहाँ को लोकल नेपाली पत्रिका मा बिज्ञापन पनि हुन्छ जस्तै “फलानो (नाम)……….चार भन्ज्यांग तमु समाज को अध्यक्ष जस्तो “गरिमामय” पद मा निर्बाचित भएकोले हार्दिक बधाई र सफल कार्यकाल को कामना जस्ता कुरा हरु
अनि ति संगठान को काम?
बर्ष को एक चोटी summer मा एउटा पार्क मा भेला भयो कुखुरा को पखेटा पोल्यो(बर्बेक्यु)अनि क्यान बियर खायो नाच्यो वा झगडा गर्यो.
होइन त नेपाल र नेपाली को बिडम्बना!
नेपाली को जस्तो गर्ने हो भने सबै भन्दा ठुलो आप्रबासी हरु को जमात इन्डियन हरु ले कति वटा संगठान बनाउन पर्थ्यो होला?
बिबेक जी तपाइले यति धेरै संगठन का नाम लेखि जानकारी दिनुभएकोमा धन्यबाद. ” जस्तो बाउ उस्तै छोरा “(LIKE FATHER LIKE SON ) भनाइ ठिकै हो आखिरमा हाम्रा पुर्बज हरुमा “मानब धर्म” थिएन आखिर सबै मानिस एकै हुन् सबै बास गास र कपास आवस्यक पर्छ . तेसैले मिलेर बस्नु कम गर्नु पर्छ अरुलाई पनि आफुलाई झैँ सम्झनु पर्छ भनेर सिकाएनन . बरु “जनावर धर्म (स्वभाब)” सिकाए म, मेरो आफन्त, मेरो नातेदार, तेस्पछी गाउको चिनेजानेको वा मेरो गोरु बेच्दाको साइनो पर्ने मान्छे लाइ प्राथमिकता दिने हो अरु मरुन वा जस्तो सुकै समस्यामा हुन् बाल मतलब तेही भएर आफ्नो सुरक्षाकै लागि भएपनि तेस्ता संगठनमा लाग्ने पर्ने देखिन्छ
चर्चित ढुंगेल जीले लेख्नु भएको यस बिसयाबस्तु वा रोग केवल पत्रकारितामा मात्रै होइन सरकारी संस्था, अर्ध सरकारी संस्था वा आर्मी पुलिस, निजामति सबैमा महामारीकै रुपमा फैलिएको छ यसको निस्कर्स यहि हो कि मानब धर्मको कमि जसको कारण आफुले पनि अरुलाई आड भरोसा दिन नसक्नु आफुले पनि अरुबाट भरोसामा नपर्नु तेसैले दानब धर्म मा भर पर्नु परेको .
म अहिलेसम्म कुनै समितिमा छैन बिगत १० बर्सको अनुभवले के देखाउछ भने मैले बडो गल्ति गरेछु किनकि कुनै सरकारी काममा कुनै कार्यालय पुग्दा आफ्नो मान्छे चिनेको मान्छे त्यहा नहुदा सानो भन्दा सानो काम पनि नभएकोले मलाइ नेपालि हरु देखि नै दुख्खा लागेको छ अब यो दानबरुपी समाजमा बाच्नको लागि आफ्नै घर परिवार नातेदार, तल्लो घर माथ्लो घर भेला पारेर “ओखार्बोतेहरुको संगठन ” खोल्नुपर्ला जस्तो लागिरहेछ
राष्ट्रको चौथो अंगको हविगत ! होइन, आफूले आफूलाई घोषणा गर्दैमा कोही पत्रकार हुन्छ ? आधिकारिकरूपमा पत्रकार हुनका लागि त लाइसेन्स अनुमतिपत्र आदि लिनुपर्छ होइन र ? अनि आधिकारिकरूपमा पत्रकार भएको हो भने त किन नानाभाँती प्रमाण देखाउनुपर्यो भन्या चर्चितजी ? होला, सम्बन्धित निकायले विभिन्न कारणले अलपत्रकारहरूलाई पत्रकारको लाइसेन्नस अनुमतिपत्र दिएकोहोला, जस्तो कि धमला क्लबका साहुलाई । यस्ता कुरालाई त कानूनी आधारमै पो छिनोफानो गर्नुपर्छ; आफै नियम बनाउनु भनेको राज्यको नियमकानूनको खिल्ली उडाउनु हो । यसले झन् बढी भाँडभैलो मच्याउँछ, होइन र ?