Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

स्वर्गतिरको यात्रामा उक्लिएजस्तो

Posted on July 15, 2012July 15, 2012 by mysansar

-प्रमोद अधिकारी-

Pathivara एकजना छिमेकी गुरुबाको सुरम्य यात्रा वर्णन शैलीले मलाई अचानक ताप्लेजुङकी पाथिभरा भेट्ने हुटहुटी चढ्यो। भर्खरै कतार खाडीबाट घर फिरेका प्रकृतिप्रेमी कवि जयराज भट्टराई र म एउटा सुन्दर बिहानीमा मोरङको उर्लाबारीबाट ताप्लेजुङको पाथिभारा हानिएका थियौं, अन्धाधुन्ध तौरतरिकामा।

यो मध्य बर्खाको बेला, त्यो पनि पहाडी यात्रा † यात्रा जो छ छँदैछ, त्यसमा ‘रिस्क’ नलिए केको यात्रा? जानु थियो पाथिभरा यात्रामा। के देवीदेवताको पनि कुनै ‘सिजन’ हुन्छ र? हामी दर्शन गर्न निस्क्यौं अप्ठ्यारोमा। दिउँसो तीन बजिसकेको थियो। उर्लाबारीबाट सुरु भयो हाम्रो यात्रा। एउटा बाइक। पछाडि जयराज बसेर यात्राभरि कवितात्मक ठट्यौली गरिरहे। ताल-बेतालमा प्यारोडि गाइरहे। ती पहाड, हरियाली, चराचुरुङ्गी, टाढाटाढा किरामिराका अनौठा आवाज मात्र, मन आनन्दित भइरह्यो।

Pathivara

हर्कटेको सुन्दरतालाई नाघेर हिँडिहाल्न मन मानेन। फेरि हामीलाई हतारो पनि थिएन। त्यो रात हर्कटेमै बस्यौँ। एक फरासिली होटलवाली दिदीकहाँ। बोलिवचन र आनीबानी दुबै फारसिलो। उनका अर्न्तमुखी श्रीमान पनि साथमै थिए। चट्याङ पर्दाखेरि लजको झ्यालमा बेलाबेलै ठोक्किने झिलिकमिलिक उज्यालो र टिनको छानोमा बर्सिएको झरीले इन्द्रबहादुर राईको ‘रातभरी हुरी चलिरह्यो’ लाई सम्झाइरह्यो।

रातिभरि परेको पानी विहान पनि रुन्चे झरी बनेर फुस्फुसाउँदै थियो। बुढापाकाले भन्थे- हिँडेको र बसेको मिल्दैन। झरीलाई ‘सरी’ भन्दै रेनकोट कसेर विहानै बाटो ततायौँ। दिनभर भिजियो। कहिं बसौं त पानी रोकिने छाँटकाँट छैन, कत्तिबेर कुर्नु? त्यो पहाडी सिरेटोले ‘मुटुछेड छन्दगीत’ उब्जाइहाल्यो। हर्कटे मास्तिरको डाँडोमा लागेको बाक्लो हुस्सुले दिउँसै रात पर्ने रहेछ। कस्तो फसाद! राँकेबजार पनि हुस्सुले पुरै ढाकिएको रहेछ।

फिदिम पुगेर एउटा पसलअघि ओत लागेका थियौँ। हामी पाथिभरा हिंडेको सुन्दा उनीहरु छक्कै परे। पहिरो, हिउँ र जुकाको कुरा गर्दै सार्‍है आतेश देखाए। फिदिम कटेपछि भने झरी केही मत्थर भयो। आकाश पनि उज्यालियो। लगातारको वर्षाले धेरैतिर पहिरो गैरहेको थियो। कावेली खोलो तर्‍यौँ, पुलबाटै। अलि अगाडि माथिबाट ढुङ्गो खस्दै गरेको देख्यौँ। पछाडि जय कराउँछन्–“ढुङ्गो झर्दैछ, चाँडो कुदाऊ”। मेरो पनि सातो उड्यो। धन्य बँचियो, केही भएन। एकदमै संसकित र आतंकित हुँदै झमक्क साँझ पर्दा ताप्लेजुङ्ग बजार पुग्यौँ। भिजेर निथु्रक्क भएपनि, पहिरोले त्रसित बनाए पनि त्यहाँको स्वच्छन्द हावा, प्राकृतिक रमणीय दृष्य र हाम्रो स्वतन्त्रताले साहसिक यात्राको रोमान्चक अनुभूति थप्दै थियो। झलक्क एउटा सम्झना उत्रियो– ‘क्युरिअस केस अब् बेन्जामिन बटन’ फिल्मको हिरो ब्राड पिट बुलेट बाइक लिएर धेरै दिनका लागि विन्दास यात्रामा निस्कन्छ। निस्पि्कक्रि, बेपर्वाह यात्रा। त्यस्तै अनुभुती भैरहेको थियो। यात्राको दोश्रो रात पुगियो, ताप्लेजुङ्गको जरा लजमा।
Pathivara
तेश्रो दिनको यात्रा शुरु भयो। सुकेटारसम्म बाइक जान सक्ने रहेछ। हिउँदमा तल्लो फेदीसम्म पुग्छ रे, तर हामीलाई हिंड्नै त गार्‍हो भयो– बाइकको के कुरो! सुकेटारमा खाजा खायौँ र मच्चिन सुरु गर्‍यौँ। ज्यान सार्‍है कुँजिएछ। हिंडेको पन्ध्र मिनेटमै पानी खोज्नुपर्ने स्थिती भयो। करिब चार घण्टा कस्सिएर हामी तल्लो फेदी पुग्यौँ। अनि खाना खायौँ। यहाँदेखि भने अलि ठाडो उकालो थियो, अनि ढुङ्गा बिछ्याएको साँघुरो गोरेटो। मलाई चैँ लेक लाग्ने डरले ‘साइको’ उब्जेको थियो। खाना खाने ठाउँमा अदुवाको टुक्रो मागेर खल्तिमा राखेको थिएँ। उकालोले स्याँस्याँ भएनि डरले अदुवा टोकिहाल्ने। जय भने निक्कै विश्वासी देखिन्थे। ‘म पोहोर साल हेलम्बुमा पैंतीस सय मिटर चढ्दा त केही भएन, यो जाबो पच्चीस सय’ भन्दै खोकिरहन्थे उनी। -तर उनको हेलम्बु यात्राको कन्तबिजोग पनि मैंले नसुनेको होइन।) आफू भने पहिलो पटक हिंडेको, सुनिरहेँ उनका पानी-पदाइ गफ। बाटोभरी निकै देउराली भेट्यौँ। ढुङ्गो चढाउँदै हिड्दै। बाटाछेऊ र मास्तिर भीरतिर फाट्टफुट्ट चर्दै गरेका गाइवस्तु र बाख्रापाठा देखिन्थे। ती चौपायाका बीचको समानता भने अचम्मको थियो। प्रत्येक बाख्रोपाठो र गाईगोरुको जिउमा रगतले ढाडिएका जुकाहरु टाँसिएका देखिन्थे। मनैमन सोचेँ -‘प्रभु, कुनै जुनीमा पनि लेकका वस्तु हुनुनपरोस्।’ जुकोले चुस्ला भनेर बीचमा बिछ्याइएका पहाडी चेप्टे ढुङ्गैढुङ्गा हिँड्यौँ।
Pathivara

Pathivara

Pathivara

Pathivara

बल्लतल्ल लहरै आठदश वटा घरहरु देखिए। माथ्लो फेदी आइसकेछ। साँझको ६ बजिसकेको थियो। आजै माथि पुग्नु अलि कठिन लाग्यो। एउटा होटलमा बस्यौँ– माथ्लो तल्लामा। पहाडका चिसा दाउरा। मुस्लीमण्डल धुवाँले निसासिएर शास मुश्किलले मात्रै फेरिरहेका थियौं। निन्द्रा नपरेसम्म सास फेर्न अप्ठ्यारो भइरह्यो।

विहानै धारामा ठिहीर्‍याउने पानीले सातो लियो–टुप्पिदेखि पैतालासम्मैं। अनि लाग्यौँ, अझ ठाडे उकालो। बाटोमा मान्छे रातो टिका लगाएर बुथ्रुकबुथ्रुक तल ओर्लेको देख्दा हामी नि कहिले दर्शन गरेर यसरी नै फर्किनु भन्ने सोचिरहेका थियौं। हामी दुबै अपरिपक्व र बहुलठ्ठी रहेछौँजस्तो लाग्थ्यो। यत्तिका दिन लाग्छ होला भन्ने सोचिएकै थिएन। झरी र पहिरोले सातो लिंदा भालुको कन्चट समाएजस्तै भएथ्यो। फर्किऊँ देवी दर्शन अनि भाकलको डर, नफर्किउँ्क अगाडि के आपत आइलाग्ने हो? यात्राका सबै कठिनाइलाई देवीले लिएको परीक्षा सम्झ्यौँ। ठस्ठस् कन्दै दुई घण्टा उकालो चढेपछि सुनिएको घण्टीहरुको आवाजले मन चंगा भयो। अघिसम्म ढुङ्गा भएको ज्यान हलुंगो भुवा भयो। अनि फुर्तिले दौड्यौँ।

त्यो हुस्सुले ढाकेको टाकुरामा, खुल्ला आकाशमुनि सौम्य मुद्रामा बसेकी देवी देखेर हामी खुसीले त्यत्ति लामो र कठिन यात्रालाई भुसुक्क बिर्सियौँ। हैन, के अचम्म? कस्तो संसार जितेजस्तो भान भएको। मान्छेहरु चन्द्रमामा टट्टी गरेर फर्किसके। यति आइपुग्दा हामीलाई के-के न बहादुरी गर्‍यौँ जस्तै भयो। सगरमाथाको चुचुरोमा झण्डा फहराएजस्तै सफलताको अनुभूतिले गद्गद् भएर पाथिभरा परिसरका मुर्तिहरु ढोग्न थाल्यौँ।
Pathivara

Pathivara

मैले हात जोडेर मनमनै केही सम्भि्कएँ। जयले पनि केही गुनगुनाउँदै मन्दिर परिक्रमा गरिटोपले। दर्शन पनि सकियो अनि भाकल पनि। यत्तिको लामो र कठिन बाटो संझेर होला–हामी दुबैका आँखामा अन्योलका प्रश्नहरु उर्लिएका थिए–“अब कसरी फर्कने?”

अनि लाग्यौँ– ओरालो-बुथ्रुक…बुथ्रुक… ।

Pathivara

26 thoughts on “स्वर्गतिरको यात्रामा उक्लिएजस्तो”

  1. bishnu adhikari says:
    July 19, 2012 at 8:46 pm

    जय पाथिभरा माता ..
    रमणीय अवलोकनका साथ् दैविक शक्तिले भरि पूर्ण आमा पाथीभरा लाई कोटी कोटी दर्शन .
    अझै स्वर्गीय आनन्द दिने तस्बिरहरुले लेखको स्वोभा बढाएका छन् |
    रमाइलो यात्रा विवरण पढ्न पाएर खुशी लाग्यो, आगामी दिनमा पनि यस्तै यस्तै लेखहरु पढ्न पाउने आशा छ!! लेखक लाई धन्यवाद !

    धेरैले मन पराएको प्रतिक्रिया, तपाईँलाई नि?

    Reply
  2. Binod Poudel, jhapa says:
    July 18, 2012 at 11:35 am

    ४ बर्स अगाडी तेस्रो पटक जादा सुकेटार बाट १ घण्टा अगाडिको बाटोमा पर्ने ठाउमा बाइक राखेर गएको थिय म चाही , अहिले त झन् माथि सम्म जानु पर्ने हैन र प्रमोद जी ??? १ घण्टाको बाटो बढी हिड्नु भएछ तपाइँ हरुले !! रेनकोट ओढेर पनि भिजियो ………………खासाको परेछ कि कसो ?????

    Reply
  3. Mantra says:
    July 17, 2012 at 2:10 pm

    प्रमोद जी को यात्रा विवरण रमाइलो लाग्यो/ पाथिभरा देबीको मन्दिर भ्रमण गर्ने मौसम असोज-कार्तिक सबै भन्दा उत्तम हो/
    माथिल्लो फेदीमा होटलमा बासबस्न पाउनु भएछ; के दुख भन्नु र/ मैले त्यो यात्रा गर्दा सुकेटारमा बास बस्ने घर/होटल केहि थिएनन/ हबाइजहाज बस्ने ठाउ भनेर फुर्ति लगाउदै साँझमा पुगियो; जम्मा एउटा घर जसमा त्यो मैदानको कार्यालय; फस्दै पर्यो नि/ हिडियो एक घण्टा अनि एउटा सेर्पा दाइको घरमा भोकै र अनिदै बास/

    Reply
  4. बद्री पोखरेल says:
    July 17, 2012 at 10:50 am

    दुई बर्ष पहिले बिराटनगरबाट केहि साथीहरु मिलेर स्वर्गकी देवी माता पाथिभरा को दर्शन गर्ने
    कार्यक्रम बनायौं , बाटोभरी मोजमस्ती गर्दै ,ऐन्शेलु र चुत्रो खाँदै,बनभोजको जस्तो रमाइलो गर्दै
    सुकेटार सम्म रिजोर्भ गरेको गाडीमा गइयो ,त्यहाबाट हाम्रो यात्रा पैदल सुरु भयो र बल्लतल्ल ६
    घण्टामा माथिल्लो फेदी पुगियो / तेस दिन त्यहाँ बास बसेर भोलिपल्ल्ट सबेरै प्रकृति को मनोरम
    दृश्यको रस पान गर्दै,बाटो भरि डाँडा पाखामा फुलेका रंगी बिरंगी गुंराश को मोहकताले त्यो कठिन उकालो पार गर्न कुनै कठिनाई बिनानै पार गरि धरतीको स्वर्ग पाथिभरामाता दिब्यधाम ३ घन्टामा पुगियो/ त्यो दिब्यधाममा पुग्ने बित्तिकै सारा थकान र दुखाई अचानक हरायो /एस्तो लाग्यो जिउदै स्वर्गपुगेको अनुभूति भयो मलाई / माताको दर्शन गर्दै ,कृतज्ञता को भावले पुजा
    अर्चना गर्दै प्रफुल्ल हुदै ,माताको जय जयकार गर्दै हाम्रो टोलि भर्कियो /

    Reply
  5. Bidhna Shrestha says:
    July 17, 2012 at 6:54 am

    यात्रा को अनुभव धेरै रमाइलो संग पढ्न पाइयो l धेरै मठ मन्दिर के कसरि स्थापना भय भन्ने किम्बदन्ती ले त सधै भरि अनुभूति दिलाई रहन्छ l तेसैले लेखक ले मन्दिर को उत्पति को बारेमा केहि तथ्य प्रकाशमा ल्याइदिनु भयको भय सुन माथि सुगन्ध हुने थियो

    Reply
  6. Yagya says:
    July 16, 2012 at 5:03 pm

    भाकल होएन पाथिवरा माता , माताको दर्शन मेरो परिवार सहित दर्शन गर्न पाउन l हाम्रो मनोकामना पुरा होस् l

    Reply
  7. Manohari Bhattarai says:
    July 16, 2012 at 4:26 pm

    रमाइलो यात्रा विवरण पढ्न पाएर खुशी लाग्यो, आगामी दिनमा पनि यस्तै यस्तै लेखहरु पढ्न पाउने आशा छ!! लेखक लाई धन्यवाद !

    Reply
  8. Paresh says:
    July 16, 2012 at 2:56 pm

    धार्मिक पर्यटनको व्याख्या निक्कै राम्रो लाग्यो । यस्तो वर्खाको सिजनमा पनि जुकाको डरको बाबजुद पहाडको उकालो चढ्न सक्ने ज्यानहरुलाई सलाम । मलाई त खरी जुका सम्झ्यो कि आङ सिरिङ हुन्छ ।

    Reply
  9. Ramesh Neupane says:
    July 16, 2012 at 12:13 pm

    धेरै चर्चा सुनेको छु मैले पनि मौका मिल्यो भने मेरो पनि जाने योजना छ…फोटो हेर्दा त धेरै राम्रो छ जस्तो लग्यो…

    Reply
  10. Bijay Thapa, Saudi Arabia says:
    July 16, 2012 at 10:18 am

    सरसर्ती लेख पढ्दा र भएका तस्विर हरु हेर्दा मलाइ पनि जाउ-जाउ लाग्यो / तेसैले कृपया ताप्लेजुंग को पाथिभरा कुन समय मा जादा उत्तम हुन्छ, कसैले येसो बताई दिए म पनि यात्रा को अनुभव लिन्थे कि….
    जय माता पाथिभरा ….

    Reply
    1. Tanka Kafle says:
      July 16, 2012 at 8:20 pm

      तपाईं दशैं को बेला जादा राम्रो हुन्छ ,त्यो बेस्ट सासन हो पाथिभरा जाने.

      Reply
  11. Purna bahadur khatri says:
    July 16, 2012 at 8:37 am

    प्रमोद सर यात्रा बयान रहर लाग्दो संग प्रस्तुत गर्नु भाको छ मा आफै पुगे जस्तो भयो.. एकपटक मा पनि जान्छु.

    Reply
  12. योगेश आदी, न्यूयोर्क says:
    July 16, 2012 at 8:09 am

    पाथिभरा देवीले सबैलाई मानोको सहज आपूर्ति गर्दिउन… ‘राम्रो यात्रा वृतान्त’

    Reply
  13. Basanta says:
    July 16, 2012 at 8:04 am

    जय आमा पाथिभरा देवी ,,,
    सर्बप्रथम धन्यवाद तपाई लाई पाथिभरा देवीको दर्शन र यात्रा स्मरण गरिदिनु भएको मा . फिक्कल को पाथिभरा आमा लाई दर्शन गर्ने मौका मैले नि पाएको थिए एकदम सच्यात हुनु हुन्छ झन् ताप्लेजुंन को देवी को कुरा . रमणीय अवलोकन का साथ् दैविक शक्तिले भरि पूर्ण आमा पाथीभरा लाई कोटी कोटी दर्शन .

    Reply
  14. kiran says:
    July 16, 2012 at 6:00 am

    जय श्री पाथिभरा देवी |

    Reply
  15. sharad bataju says:
    July 16, 2012 at 5:32 am

    कति मिठो लेखेका हुन् यात्रा संस्मरण ? यो लेखकबाट अझै धेरै आशा गर्न सकिन्छ | स्वर्गीय आनन्द दिने तस्बिरहरुले लेखको स्वोभा बढाएका छन् |

    Reply
  16. laxmi says:
    July 16, 2012 at 12:32 am

    पाथिभरा देबिले हामी नेपाली को रक्षा गरुन

    Reply
    1. lalanath says:
      July 16, 2012 at 10:20 am

      देबी देवताले रक्षा गर्ने भए अहिले सम्म के हेरेर बसेका???? कि अब तपाइले भनेपछि गर्ने हुन्???????????????
      अन्धभक्ति छोड्ने कि?

      Reply
  17. chiran says:
    July 15, 2012 at 10:29 pm

    आरती
    पूर्वकी इन्द्रेणी आग्नेय दिशा जाउ
    आग्नेय दिशामा श्री अग्नीले त्रिपाल जगाउ -२
    आग्नेय दिशाका अग्नी देवता दक्षिण दिशा जाउ
    दक्षिण दिशाका बाराही नैरित्य दिशामा जाउ
    नैरित्य दिशामा बारुणी देवीले त्रिपाल जगाउ -२

    भजन:
    कोटी नमस्कार देवता जति सबैलाई /५-५

    नैरित्य दिशाकी बारुणी देवी पश्चिम दिशामा जाउ
    पश्चिम दिशामा कालिका देवीले त्रिपाल जगाउ
    पश्चिम दिशाकी कालिका देवी बायेब्य दिशामा जाउ
    बायाब्य दिशामा मिर्गबाहिनीले त्रिपाल जगाउ
    बायाब्य दिशाकी मिर्गबाहिनी उत्तर दिशा जाउ
    उत्तर दिशामा कौमारी देवीले त्रिपाल जगाउ

    भजन:
    पहिलो चरण देवीदेवताको सरण /५-५
    उत्तर दिशाकी कौमारी देवी इसान दिशामा जाउ
    इसान दिशामा सुलधारीले त्रिपाल जगाउ
    इसान दिशाकी सुलधारीणी आकाशैमा जाउ
    आकाशैमा ब्राह्मणि देवीले त्रिपाल जगाउ
    अकशैकी ब्राह्मणि देवी पतालैमा जाउ
    पतालैमा वैष्णवी देवीले त्रिपाल जगाउ
    पतालैकी वैष्णवी देवी दसैँ दिशामा जाउ
    दशै दिशामा चामुण्ड माइले त्रिपाल जगाउ

    भजन:
    उनै देवीमाथि दशै दिशा आरती /५-५
    जय जय दुर्गा माता किर्तन गाउँछौँ अब त /५-५
    देवी तिम्रै नाउँमा संख बजे ठाउँठाउँमा /५-५

    Reply
    1. प्रभु says:
      July 16, 2012 at 1:04 pm

      Youtube link भजन को;
      http://www.youtube.com/watch?v=ZFnNgE6eMac

      प्रभु

      Reply
  18. Basanta Thapa,Maryland,USA says:
    July 15, 2012 at 7:49 pm

    सिजन हरेक कुराको हुन्छ हजुर \ असार साउनको बर्षे समय र अक्चाक्ली गर्मि को बेला कुनै पनि कार्यक्रम ,यात्रा गरिनु भनेको अनाबस्यक दुख ,समस्या झेल्नु हो \ लेखक ,कबि जस्ता महोदय हरुबाट पनि कु समयमा देबीको दर्शन गर्न यति टाढा देखि धाउनु कुनै साहसिलो काम गरेको मानिएन \ यात्रा रोचक मानीए पनि समय अबस्था उत्साहकजनक र रमाइलो नभएको कारण हामीलाई यात्रा र जात्रा को समीकरण नमिल्दाको कल्पना गर्दा पनि नमिठो आभास कबि ,लेखकको यात्रा बाट भयो \ सायाद पुर्खाहरुले सबै कुराको अनुभब गरेर नै होला जात्रा र यात्रा लाइ जिबन संग जोडेका \

    Reply
  19. beenad sydney says:
    July 15, 2012 at 7:31 pm

    Really nice “journey article”, a journey to Pathivara Devi Temple.

    Reply
  20. uddhav parajuli says:
    July 15, 2012 at 6:52 pm

    माता पाथिभरा देवीले सबै लाई रक्षा गरुन. जय माता

    Reply
  21. laxmi prasad gurung says:
    July 15, 2012 at 6:20 pm

    लेख राम्रै लग्यो बर्षा याम भएर जाडोको अनुभब गर्नु भएन छ | नत्र अर्को पनि अनुभब राम्ररी नै भोग्नु हुन्थियो जाडोको

    Reply
  22. Sisir says:
    July 15, 2012 at 5:37 pm

    २ वर्ष अगी सम्म भएको भएत फिदिम देखिनै तपाइको रमिता सुरु हुने थियो तर अहिले फुंलिंग सम्म राम्रै बाटो तयार भएको छ …

    In most part of the world we have to search for Nature tourism but in Nepal its ever where .. हामीले माल पाएर चाल नपाको मात्र हो नत्र nepali लै यिनै प्रकृतिले नै पाल्न सक्छ … एउटा एइफेल टावोर हेर्न बर्सिक 75 लाख टुरिस्ट आउछन रे नेपालमा त ८००० मिटर माथिका हिमाल मात्र झन्डै एक दर्जन छन् .. अरु प्रकृतिका अनुपम बरदान त कति कति ..
    जय पाथिभरा माता ..

    Reply
  23. anup_gorkhe says:
    July 15, 2012 at 5:32 pm

    रमाइलो यात्रा विवरण पढ्न पाएर खुशी लाग्यो, आगामी दिनमा पनि यस्तै यस्तै लेखहरु पढ्न पाउने आशा छ!! लेखक लाई धन्यवाद !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme