Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

भिसा नभएकोले ज्ञानेन्द्र रातभर कतारमा अलपत्र

Posted on July 19, 2012July 19, 2012 by Salokya

दोहाको होटलमा नेपालीहरुसित फोटो खिचाउँदै ज्ञानेन्द्र। फोटो सौजन्यः नेपालप्लस

भिसा बिना उडेका कारण अबु धाबीमा मन्त्री लोकेन्द्र विष्ट मगर अलपत्र परेको समाचारबाट पनि नेपालको त्रिभुवन विमानस्थलका अध्यागमनका कर्मचारीहरु चेतेका रहेनछन् कि के हो, पूर्वराजा ज्ञानेन्द्रलाई समेत रातो मुख लगाउन बाध्य पारिदिएछन्। इमिग्रेसनले कतारमा बस्ने भिसा छ, छैन चेक नगरी उडाइदिएकोले परिवारसहित ज्ञानेन्द्र रातभर दोहा विमानस्थलमै अलपत्र परे। फ्रान्सबाट ददि सापकोटाले चलाएको ब्लग नेपालप्लसले यसको खुलासा गरेको हो।


नेपाल प्लसका अनुसार अति गोप्य राखिएको ज्ञानेन्द्रको भ्रमण अनुसार फ्रान्स आउने दिन केही सहयोगी र नेपाली दुतावास पेरिसका केही कर्मचारी फूलगुच्छा लिएर फ्रान्सको चार्ल्स द गोल विमानस्थल पुगेका थिए। तर निकै पर्खँदा पनि आएनन्। कारण त हैन, भोलि मात्र आउने रे भन्ने मात्र थाहा पाइयो। ददिले त्यसपछि कारण खोज्न थाले। अनि बल्ल थाहा पाए, कतारको भिसा नलिई आएका कारण विमानस्थलबाट बाहिरै निस्कन पाएको रहेनछ पूर्व राजाको परिवार।

कतारले निम्न ३३ देशलाई मात्र अन अराइभल भिसा दिन्छ-

The United States, Britain, France, Italy, Germany, Canada, Australia, New Zealand, Japan, the Netherlands, Belgium, Luxembourg, Switzerland, Austria, Sweden, Norway, Denmark, Portugal, Ireland, Greece , Finland, Spain, Monaco, the Vatican, Iceland, Andorra, San Marino, Lichtenstein, Brunei, Singapore, Malaysia, Hong Kong, South Korea (स्रोतः कतार सरकारको साइट)

कतार एअरवेजको QR357 जेट चढी सोमबार साँझ काठमाडौँबाट उडेका ज्ञानेन्द्र रात आठ बजेतिर दोहा विमानस्थल ओर्लिएका रहेछन्। दोहाको पाँच तारे सार्क भिलेज एण्ड स्पा होटेलमा दुई दिन बस्ने उनीहरुको योजना थियो। होटलले गाडी पनि पठाएको थियो विमानस्थलमा। तर भिसा नभएकोले उनी र उनको परिवार विमानस्थलबाट बाहिर निस्कनै पाएन। रात परिसकेकोले दूतावास पनि बन्द भइसकेको, भिसा लिन पनि संभव भएन। भोलिपल्ट हतार-हतार भिसा लिएपछि मध्याह्न साढे १२ तिरमात्रै उनीहरु विमानस्थलबाट बाहिर निस्कन पाए।

एक रात विमानस्थलमा र अर्को रात होटलमा बिताएर पर्सिपल्ट बिहान दोहाबाट ज्ञानेन्द्र पेरिस उडेका थिए।

कतारमा नेपालीहरुसँग ज्ञानेन्द्रले भेटघाटको कार्यक्रम राखेको भनिए पनि त्यहाँ उनले कसैलाई भेटेका थिएनन्। नेपालप्लसका अनुसार पूर्व राजा र उनको परिवारनै सबैदेखि टाढा हुन खोजेका थिए। होटेल छोड्ने बेला त्यहाँका नेपालीले उनीसित गफ गर्न र सामूहिक फोटो खिचाउन इच्छा गर्दा उनी टाढिन खोजेका थिए। तर नेपालीहरुले “मौसुफसित फोटो खिच्न मन छ सरकार” भनेपछि ज्ञानेन्द्र शाह एक पोज फोटो दिन मुस्कुराउँदै तयार भएका थिए। उनका बाँकी परिवारले भने कसैसित बोलचालसम्म गरेनन्।

सम्बन्धित ब्लग
भिसा नलिँदा पूर्व राजा रातभर बिमानस्थलमा अलपत्र

76 thoughts on “भिसा नभएकोले ज्ञानेन्द्र रातभर कतारमा अलपत्र”

  1. Suman Gurung (UK) says:
    July 25, 2012 at 4:29 am

    मलाई जुन कुरा मा हाम्रो नेपाली हरुको बारेमा दुख लाग्छ आज फेरी येही पढ्न पाए.काम १००% मा १० % गर्छन, कुरा चाहि १ % लाइ बढाएर १००% बनाइदिन्छ्न.

    Reply
  2. Sonam Sherpa says:
    July 23, 2012 at 3:26 pm

    दुख कसको हुन्छ उसलाई अनि महसुस हुन् दिनु पर्छ त्रिभुवनले भाद्र्गोलाका कैदीलाई जाबो दिनको तिन छाक दुध भात पनि खाना पाईन्न भन्थे रे किनकि उनलाई जनताको दिनचर्या थाहा नै छैन त्यसैरी सबै देश हाकेका र हाक्नेलाई दुख र सुख दुबैको अनुभूति हुनु पर्छ अनि मात्र देशले मुहार फेर्छ अनि जनताले सुख पाईन्छ . होईन भने नेपाल स्रोत साधनले जति सम्पन्न भएनि जनताले दुख पाई रहेकै छ . अब नेपाल जुरुक्क उठ्नु पर्छ .

    Reply
  3. navratna says:
    July 22, 2012 at 10:00 pm

    माइ संसारका संचालक ज्यु,

    म केहि समय देखि तपाईको ब्लग हेर्दै छु. तर अफसोच, एकाद दुकाद कथा बाहेक खासै पदन लाएकको सामग्री पाइएन. धेरै जसो सामग्री हरु बिबादास्पद, आधारहीन, हास्योत्पादक तथा हावाले भरेका हेद्लाइन देखीनै सुरु हुने जस्तै: होला, रे, भन्यो रे, हुने रे जस्ता शब्द सुन्दैमा अरु पदने जागरुकता मारेर बन्द गर्नु पर्ने सत्तेता छ.

    ब्लग का कमेन्ट हरुमा खासै स्तर छैनन्, केहि मुस्किलले कुनै दिन सृजनात्मक, बिबेक पूर्ण कोमेंट भेन्तिछं बाकी सबै उस्तै खाले, तेही स्तर, तेही भाषा, मानौंकि माइ संसारका पेज भर्ने स्थाई सदस्य हुन्.

    माफ गर्नुस मेरो उद्देस्य तपाईलाई निरुत्साहित गर्नु होइन तर वास्तविकता देखाउनु हो र आउने दिनहरुमा स्तरिय लेख, र ब्लगका लागि अनुरोध गर्दै अग्रिम धन्यवादका साथ
    बिदा चाहन्छु.

    Reply
  4. NISHAN says:
    July 22, 2012 at 11:07 am

    nice to meet you नै भएछ नि सबैलाई

    Reply
  5. Gaurav Nepali "Oodaaseen" says:
    July 22, 2012 at 3:18 am

    भाग्यमानी नेपालीहरु राजाका साथ फोटो सुन्दर छ ! राजा राजै जस्ता देखियका छन् !पंचायत कालमा ५ हजार नेपाली पनि खाडीमा थियनन ! अहिले यो २६ बर्से सो कल्ड नेताहरुको राजमा ५ लाख नेपाली खाडी मुलुकको प्रचण्ड घाममा जलिरहेछान!

    Reply
    1. पुष्प says:
      July 22, 2012 at 12:44 pm

      क्यार्नु ! त्यसबेला आसेपासेहरूबाहेक सबै ‘प्रजा’का लागि नेपाल नै खाडीभन्दा चर्को थियो । अनि त्यसबेला प्रजाको संख्या पनि त केही लाखमात्र थियो होला नि । दाँजेको मिलेन गौरवजी ।

      Reply
      1. raj ,USA says:
        July 25, 2012 at 12:06 am

        तापैहरुजस्तई गलत हिसाबले दाज्ने जोयितिन्ग्रे नेताहरुले गर्दा त देश यो अबस्तामा छ !

        Reply
  6. Madan says:
    July 21, 2012 at 6:00 pm

    फ्रान्सको नेपाल एम्बेस्सीका कर्मचारीहरु फुल गुच्छा लिएर एयरपोर्टमा ज्ञानेन्द्रलाई स्वागत गर्न जानु कुन प्रोटोकल अनुसार हो? प्राइभेट नागरिक वा नेपाली जो गए पनि आफ्नो खुशी तर नेपाल सरकारमा जागिर खाएकाहरुले बुझ्नपर्छ|
    देशमा गरिबी र महामारी छ, गाउँमा उचित स्वास्थ्य नपाएर र दुई पेट खान नपाएर नेपाली तड्पीरहेका छन्| कतिपय गाउँमा छानु नभएको स्कुलमा बिद्यार्थीहरु पढ्न पर्ने वाध्यता छ| यो दायित्व अहिलेको सरकारको हो तर पहिलेका सरकारले पनि केही खास गरेनन |
    यस्तो स्थितिमा ज्ञानेन्द्र सपरिवार युरोपको भ्रमणमा हिंडे| उनी अहिले प्राइभेट नागरिक भएका हुनाले नागरिकको हिसाबले उनले जे गरे पनि त्यो उनको अधिकार हो र आम चासोको बिषय बनेको ठिक होइन|
    तर त्यसो नभनम|
    उनी हिजसम्म को थिए र उनले कसरी धन आर्जन गरेका हुन् त्यो हामीले बिर्सन हुँदैन| अझ मुख्य कुरो उनी भोलि के हुन् चाहिरहेका छन् त्यो बुझ्नपर्छ|
    ज्ञानेन्द्र राजा भए पछी आफ्नै कर्तुतले धराशय भएका हुन्| नेपाली जनताले उनलाई सके सम्म सुध्रने मौका दिएका थिए| त्यस्तो महत्वकांक्षा राख्ने व्यक्तिले नेपाली जनताको कल्याण केन्द्र बिन्दु बनाएर काम गर्न पर्ने हो, आफ्नै लागि सम्पति थुपार्ने काम होइन| आफ्नो ल्याकत, योग्यता, दक्षता र दुरगामी योजनाको सरंचना गर्न सक्ने क्षमता देखाउन सट्टा नेपाल देशलाई अहिलेको युगमा पनि आफ्नै बाउको बीरता सम्झेर जमीनदारीपन देखाए| यसैले ज्ञानेन्द्रले के गर्दैछन र नेपाली जनता रुवाएर आर्जित गरेको धन कसरी खर्च गर्दैछन भन्ने बिषयमा चासो राख्नु र प्रश्न गर्नु न्यायोचित छ|
    युरोप जान सट्टा र देशभरिको मन्दिर भ्रमण गर्नु सट्टा एउटा दुइटा गाउँमा गएर गाउँले हरुलाई सहयोग गरेको भए बरु नेपाली मन फर्कने थियो कि?

    Reply
  7. raj says:
    July 21, 2012 at 1:07 pm

    त्यो त नेपाली को दुर्भाग्य हो नि …तिनका बाउ बजे ले पहिले नै देश को बारे मा सोचेको भय यस्तो दिन देख्न पर्थ्यो र ..देश बनाउने समय मा देश को ढुकुटी रितौदै ठिक भो आनी घिन लाग्दो राजनीति गर्दै ठिक भो ….यो भन्दा आझै धुखा भोग्नु पर्छ, ज्ञानेन्द्र ले मात्र होइन देश को सबै चोर नेता ले आनी बल्ल केई हुन्थ्यो कि… मन परे like ठोकम है नत्र unlike ठोके नि बाल छैन .

    Reply
  8. aNdrea Grg HK says:
    July 21, 2012 at 8:14 am

    How stupid we readers are! please read these two paraghaphs :

    दोहाको पाँच तारे सार्क भिलेज एण्ड स्पा होटेलमा दुई दिन बस्ने उनीहरुको योजना थियो। होटलले गाडी पनि पठाएको थियो विमानस्थलमा। तर भिसा नभएकोले उनी र उनको परिवार विमानस्थलबाट बाहिर निस्कनै पाएन।

    एक रात विमानस्थलमा र अर्को रात होटलमा बिताएर पर्सिपल्ट बिहान दोहाबाट ज्ञानेन्द्र पेरिस उडेका थिए।
    According to this article, they already had planning to stay 2 nights in Doha thats the reason they need visa, not the transit but a tourist one.And they actualley stayed 1 night in that SPA Hotel.

    Now what is very funny is how does this visa problem in Doha affects the arrival in France that was after 2 days!!!
    And Mr so called Quatar Airways Staff ! how can those Hotel staff get pictured with Ex King if he didnt stop there? as you said he only stopped there for about half an hr.

    Noone knows the truth yet, but “WHO CARES !!!”

    Reply
  9. Sujan says:
    July 20, 2012 at 10:57 pm

    लौ मौका मा काले तथा CHINSE ले पनि राजा संग फोटो खिच्यो है!

    Reply
    1. Prithak says:
      July 21, 2012 at 9:29 pm

      साथी हो काले भने सब्द प्रयोग नगरोव है / त्यो सब्द ले जति विभेद निम्त्याउछ /

      Reply
  10. Mahedra says:
    July 20, 2012 at 7:51 pm

    सिरेक ओडेर मुक्का ताक्ने काम घटिया हो यो सबैले बुझ्न जरुर छ. जति पनि गाली गलौज गरिएको छ. के ज्ञानेन्द्र को सामु कसैले एक शब्द बोल्न सक्छ ?

    Reply
  11. Gorkhali Shrestha says:
    July 20, 2012 at 6:00 pm

    नेपाली हरु खाली येस्तई र उस्तै हावा र बताशमा बुर्लुक बुर्लुक उडेर गफ हाँक्ने, कसैले फुस्सा पादे नि नौथरी कुरा जोड्ने, अनि पानि माथि फुल पारेर तेस्लाई तारेर झ्याम पार्ने नभए कुनै बिदेशी को हात अथवा कुनै पार्टीको हात भनेर ठुलै गडबडी भएको आरोप लाउने, बाब्बा बाब्बा कस्तो देश हो यो ?

    Reply
  12. devendra says:
    July 20, 2012 at 4:47 pm

    व्यक्ति धनि भएर केहि हुँदैन, देश धनि हुनु पर्छ अनि मात्र संसारले चिन्दछ, अन अरैभल भिसा पनि पाइन्छ, त्यसैले हामी सबै मिलेर बसौ, बाँचौ,. सामन्ती, लोभी, पापी, पाखण्डी, अतिजातिबादी विचार त्यागौ, समाबेशी हौ…..जय नेपाल

    Reply
  13. kshitij says:
    July 20, 2012 at 3:31 pm

    पाठकलाई भ्रम नपरोस…. सदैब सहि र साचो समाचार वा खबर मात्र पस्किने गरौ…..रिसको झोकमा कसैको बदनाम गर्ने काम नगरौ…. बिसेष गरि नेपालीहरुले सीकुन ..

    Reply
  14. mina bantawa says:
    July 20, 2012 at 3:01 pm

    लालानाथ जी ले लेखेको कुरा सहि छ , तर हेर्नुस त ? लाइक मा भन्दा अन्लाइक् मा बढी गरेका छन महानुभावहरुले अनि हाम्रो देशमा कति बुद्धि जिबिको भेला हुदो रहेछ भन्ने कुरो छर्लगै बुझिन्छ, अनि हामी जस्तो बाट जन्मिएका छोरा छोरि हाम्रै शिक्षा बाट कति कदम अगाडी बढ्छ होला आफैलाई मैले त मुल्यांकन गर्नु थालें हे राम ! हे भगवान भनि म बिन्ति गर्छु भगवानलाई यहाँ गाली गलौज गरेको भय र रडखदिएको उल्टो सुल्टो मान्छे उक्साउने कुरा गरेको भए like धेरै आउंथ्यो,

    Reply
  15. Suman bhote says:
    July 20, 2012 at 1:09 pm

    कतारको विसा लिएर गएको भए दुक्ख पाउदैन थिए होलान…… बोर नै भएछ….
    संसार पहिले जस्तो रहेन…. न अहिले ८ घण्टा ट्रान्जिट हुन्छ…. न नेपालीलाई राम्रो दृष्टिले हेर्छन…. एरपोर्टको होटेल मा बिताए होलान, एक रात, केहि फरक पर्दैन…. अर्को दिन विसा मिलिहाल्यो….
    मेरो अनुभव अनुसार, we should avoid Transit from middle east…..
    यूरोपेंन बैंक मा पैसा होलानी….. cash बोक्न जरुरत थिएन होला नि…. यो चै विश्वास लागेन…..

    Reply
  16. Ramesh Shrestha says:
    July 20, 2012 at 12:43 pm

    यो त अति बकवास समाचार भयो नि…….अब transit point country को visa नि कसैले पैले लिन्छ र ………यो त ज्ञानेन्द्र संग को दुस्मनी निकाले को समाचार जस्तो लाग्यो

    Reply
  17. Shamser says:
    July 20, 2012 at 8:36 am

    तलको एउटा कमेन्टमा आफुलाई कतार एयर्लाइन्सको स्टाफ हु भन्नेले उल्लेख गरे अनुसार ह्याण्ड ब्यागमा क्याश डलर बोकेको हुनाले ढिलो भयो रे|
    कारण यो पो परेछ| कुरा बुझ्नु भो होला|

    Reply
  18. Hem says:
    July 20, 2012 at 8:17 am

    हामीलाई त कहाँ छोड्छन र नेपाल मा इम्म्रिग्रेशन ले सबै प्रक्रिया गर्दा पनि कत्ति दुख दियको हो नेपाली ले नेपाली लाइ पैसा नदिया सम्म छोड्दैनन किन यस्ता भास्ताचार छ कुन्नि नेपाल को एरपोर्ट मा !ज्ञानेन्द्र का सहयोगी हरु महा मुर्ख रहेछन.

    Reply
  19. Suman says:
    July 20, 2012 at 4:37 am

    अस्ति लोकेन्द्र बिस्त ले देश कै बेज्जत गरे भनेर कुर्लिने कहाँ गए कुन्नि, तिम्रा बिष्णु भगवान नि चोखा त होइन रहेछन 😀

    Reply
  20. ashok says:
    July 20, 2012 at 4:09 am

    प्रमोदजीको कुरासंग म सतप्रतिशत सहमत छु ! यहाँ कमेन्ट लेख्नेहरुले प्राय: नेपालको एयरपोर्ट, त्यो पनि डोमेस्टिक एयरपोर्ट- लाई सम्झेर कमेन्ट लेखे जस्तो छन् ! पहिलो नम्बर त, ज्ञानेन्द्रले कुटनैतिक पस्स्पोर्ट प्रयोग गरेका छन् ! कुटनैतिक पस्स्पोर्ट प्रयोग गर्नेहरुले कतारको एयरपोर्टमा आफुलाई कसरि प्रस्तुत गर्नु पर्छ भन्ने कुरा हाम्रो मन्त्रि बिष्टले एलर्ट गरिसकेका छन् ! ज्ञानेन्द्रको सचिबहरु त्यती लाटा भएर बसेका छन् जस्तो मलाई लाग्दैन ! दोस्रो नम्बर- विदेशको एयरपोर्टहरुमा भीआइपी रिसेप्सन हल र एकोमोड़ेसन्को राम्रो व्यवस्था हुन्छ ! होइन हौ अरु कुरा त छाडदिउ, हाम्रै नेपालमा पनि कुनै विदेशी गाँजा बोकेर भाग्न खोज्दा एयरपोर्टमा पक्राउ परेउ भने खान र बस्नको राम्रो व्यवस्था छ, ज्ञानेन्द्र त पूर्वराजाको हैसियतमा विदेश भ्रमणमा छन् ! हामी नेपालीहरुले केहि नसोची बोल्ने आफ्नो बानीलाई सुधार्नु पर्येउ ! हाम्रो भंग धतुरो खाएको तालले गर्दा फताहहरुले देशी दुबाइसके !

    Reply
  21. prabesh lama says:
    July 20, 2012 at 3:20 am

    भिषा नहेरी पठाउने ज्ञानेन्द्र को गलत हैन यो यारपोटमा बस्ने कर्मचारिहरू को लापर बाहिक्को कारण ले हो !

    Reply
  22. sanu says:
    July 20, 2012 at 2:50 am

    खोइ मैले त २ पटक दोहामा ओन-अराईवल विसा लिएको छु ..८ घण्टा भन्दा बडी ट्रान्जिट भए विसा र होटेल बिमान कम्पनीले नै दिएको थियो…झन् राम्रो होटेलमा बस्न र खान नि फ्री थ्यो..त्यसैले यो समाचार चाही विश्वास लाग्दो लागेन..

    Reply
  23. सुजन बिक्रम says:
    July 20, 2012 at 1:44 am

    यो समाचार नि पढौ
    नेपालवाट युरोप आउदा पूर्व राजा भीसा नभएको कारण एक दिन कतारको अध्यागमनमा विताउनु परेको समाचार विभिन्न अनलाइन मिडियाहरुमा आएको थियो । यसवारेमा नमस्ते युरोपले नेपाल स्थित पुर्ब राजा ज्ञानेन्द्रका सम्वाद सचीब फरिन्द्र पाठक संग सर्म्पर्क गरेको थियो । उहाले नमस्ते युरोप संग कुरा गर्दै पर्ुवराजा तालिका अनुसार कतार मा जानु भएको र सम्पर्ुण्ा तयारी नेपालमा नै भएको हुदा यो समाचार विल्कुल गलत भएको र त्यो प्रोपोगण्डा वनाउन मात्र फैलाइएको जनाउनु भएको छ । कतारमा पर्ुवराजालाई प्रोटोकल अफिसरले स्वागत गरेको उहाले वताउनु भएको छ ।

    यसै विषयमा नमस्ते युरोपले पर्ुव राजा का प्रमुख निजी सचीब सागर तिमिल्सिनालाई फान्समा सर्म्पर्क गरेको थियो । उहाले पर्ुव राजाको युरोप भ्रमणको क्रममा भिषाको कारण कतारमा वस्नु परेको अनलाइन मिडियामा आएको खवर विल्कुल असत्य रहेको जनाएका छन ।

    नमस्ते युरोपलाई फान्सवाट प्राप्त जानकारी अनुसार फाइट डिलेको कारण पर्ुव राजा समय तालिका भन्दा करिव ६ घण्टा ढिला पेरिसमा ओर्लिका थिए । उनलाई पेरिसमा रहेका सयौ नेपालीले स्थानिय एयरपोर्टमा स्वागत गरेको समाचारमा जनाइएको छ ।

    Reply
  24. ram chhetri says:
    July 20, 2012 at 1:42 am

    मैले सोच्ने गर्थे mysasar.com मा जति पनि समाचार आउछ त्यो सबै सत्य हो तर जब मैले यो समाचार पढे (भिसा नभएकोले ज्ञानेन्द्र रातभर कतारमा अलपत्र ) त्येश पछि लग्यो mysansar.com ले पनि साचो कुरा न लेख्ने रैछ भन्ने . किनभने मा आफै कतार एरपोर्ट मा काम गर्ने र यो घटना हुदा मा आफै त्यहाँ उपस्तित थिए .ज्ञानेन्द्र visa बिना परिवारसहित रातभर दोहा विमानस्थलमै अलपत्र परेक हैनन .उनि केवल 30minute जति मात्र immigration मा रोकिएका थिए .रातभरी भन्ने सब्द अलि नमिलेको हो कि जस्तो लग्यो मलाई तेसैले यो यो कमेन्ट लेक्दै छु .

    Reply
  25. dilip gurung says:
    July 20, 2012 at 1:10 am

    उहिले जनान्दोलन-२ ताका माइसंसारमा ज्ञाने ब्रोको नाम सुन्न रुचौदैनथे नेपाली जनता| अहिले हाम्रा डुकुलटठक ओभर जान्ने र अनि महाभ्रष्टाचारी नेताहरुलाई धन्यबाद दिनैपर्छ कि ज्ञाने महोदयले फेरी उही जनताको सहानुभूति बटुलीसकेको रैछ| तर यो ज्ञानेका पराना कर्तुत देख्दा फेरी यहि मान्छेलाइ बिश्वास गरिहाल्नु गल्ति हुन्छ| नया सिस्टम र नया मान्छेको खाचो छ देश मा| न कि उही सडेगलेको राजतन्त्र र चोर बुढा नेताहरु|

    Reply
    1. Sujan says:
      July 20, 2012 at 6:25 pm

      एकदम ठिक भन्नु भो दिलिप जी तपैले! हुनत यो चोर नेता हरु भन्दा पहिला राजा नै ठिक हो तर अब देश लाई अरु कुनै नया नेत्रितो को खाचो छ न कि तपैले भने जस्तो राजा बादी तथा चोर नेता हरु!

      Reply
  26. Raj Ghimire says:
    July 20, 2012 at 12:46 am

    कतारमा नेपालीहरु संग टाढा रहन खोजेका भनेपछि राजाले अझै सामान्य गरिब र दुखि जनतासंग घुलमिल हुन सकिरहेका छैनन् जस्तो लग्यो! आफु सेरेमोनिअल हुन चाहने हो भने जनतालाई पनि सेरेमोनिअल भन्दा माथि सोच्नु पर्छ! ज्ञानेन्द्र ‘राजा’ ले साचिकै राजा बन्ने हो भने बेलायतको रानी र राजपरिवार को जस्तो बेबहार बारे अलीधेरै पढ्नु, सिक्नु र पचाउनु पर्छ! होइन भने संधै भित्तामा मात्र रहनु पर्नेछ!

    Reply
    1. gyanu says:
      July 20, 2012 at 2:12 pm

      मित्र को आँखा अलिकति कम्जोर छ जस्तो लाग्यो है ..ज्ञानेन्द्र ले को संग फोटो खिचाएका छन् ?कुक हरु संग …कतारी शेख संग हैन …मलाई लाग्छ कुक को समूह मा सामान्य मान्छे नै हुनुपर्छ …”.मौसुफ एक पोज फोटो प्लिज ” नभनी खिचाएको फोटो भए ज्ञानेन्द्र सामान्य मान्छे संग घुलमिल हुन खोजेकै हुन् भन्ने हाम्लाई लाईरा छ

      Reply
  27. aditi says:
    July 20, 2012 at 12:23 am

    यो ज्ञानेन्द्र र लोकेन्द्रको मात्र ब्यैज्यत होइन यो नेपालको ब्यैज्यत हो यदि हाम्रो देश पनि ति देश जति नै धनि र सम्पन्न थियो भने हाम्रा ज्ञानेन्द्र र लोकेन्द्रले दुख र अपमान सहनु पर्दैन थियो होला, मान्छे जति नै धनि होस् तेस्को परिचय देशले दिने रहेछ अब सबैले सोच्ने बेला भयो देश सम्रिद्दी हाम्रो पहिचाहन हो, उपेन्द्र महतोले पनि कुनै बेला यस्तै ठक्कर खाएर गैर आबासीय नेपाली संस्था बनाएर देशको सेवा गर्ने कसम खाएका थिए ….अब पनि हुह्ये राजनीति गरेर समय बर्बाद गर्ने होइन देश धनि बनाउने तर्फ लाग्न पर्यो

    Reply
  28. Ekaraj agasti says:
    July 19, 2012 at 11:51 pm

    समाचार बनाउने पत्रकार चै लन्ठुराम नै परेछ, आफुले लेखेको समाचार आँफैले खन्डन गर्ने गरी त के
    समाचार बनाउनु, फ्रान्स को बिमान्स्थल मा पूर्व राजाको स्वागत मा मान्छे बसेका थिए भनेर माथिको प्यारआग्राफ मा लेखिएको छ, अनी अर्को प्याराग्र्याफ मा चै पूर्व राजा २ दिन कतार को होटल मा बस्ने योजना थियो भनेर लेखेको छ, कतार मा २ दिन बस्ने मान्छे अघिल्लो दिन नै
    फ्रान्स चै कसरी पुग्न सक्छ भनेर बिमान्स्थल मा स्वागत गर्न बसेका त मुर्ख हरु, कि त फ्रान्स बिमान्स्थल मा पर्खिने हरु माहा मुर्ख हुनु पर्‍यो, कि त पत्रकार भनाउदो ले काल्पनिक काहानी बनाएको हुनु पर्‍यो,
    अर्को कुरा कतार मा ट्रान्जिट भिसा को लागि अग्रिम आबेदन गर्नु पर्दैन, प्राय जुन सुकै देश को एअरपोर्ट को नियम नै तेही हो, फ्रान्स मा बसेको पत्रकार रे, तेत्रो ब्लग चलाऊने मान्छे ले एत्ती पनि थाहा नपाउने कस्तो लन्ठुराम रे छ त!!! कम्सेकम भिशा सम्बन्धी प्रकृया को बारेमा जानकारी राख्नु पर्छ नि हाउ, मुला साग।
    जहाँ सम्म एकजना कतार एअरलाइन्स मा काम गर्ने साथीले लेख्नु भएको डलर सम्बन्धी कुरा छ, तेस्ले चै अलिकती ढिला भएको हो भन्ने कुरा चै सत्य हो भन्ने बुझिन्छ।

    Reply
  29. Resham says:
    July 19, 2012 at 10:10 pm

    लौ येत्रो विदेश यात्रामा भिसा नलगाई यात्रा गराउने र यात्रा गर्ने सबै नै हुस्सु होइनना त? अस्ति लोकेन्द्र बिस्टले बेज्जेती भोगेको त थाहा हुनु पर्ने हो? साधारण जनताले कति दुख पौछां भन्ने कुरा अब चाही थाहा भएकै हुनु पर्छ है पूर्व राजा परिवार र सहयोगीगरुले .

    Reply
  30. भगवान बाहिंग राई says:
    July 19, 2012 at 9:47 pm

    फेरी पनि कमेन्ट टाईप गर्न करै लग्यो हैन मित्र हरुले बाहिर तिर कत्तिको हरियो पासपोर्ट बोकेर ईमिग्रेसन थ्रु हुनु भाको छ ????

    मुला ज्ञानेको पक्षे मा किन यत्रो वकालत ???? ज्ञाने मुला फ्रान्स जाने इज्जाजत् भए पनि कतारमा तेस्को खुसि खुसीले डुलेर हिड्ने इज्जाजत् न हुन् सक्छ नि???

    मित्र हो यु एस ए को भिजा छ भेने लन्डनमा ट्रान्जिट हुन् सकिन्छ तर लन्डनको इमिग्रेसनमा समस्य न आउने चाही होइन घटना तेही भएको हुन् सक्छ …..

    हवैमा ज्ञानेको पछी पछी किन दौड्य होला मित्रहरु ????

    Reply
    1. Umesh Raj Satyal says:
      July 20, 2012 at 1:26 am

      भगवान जी, उनीहरु ले बाहिर हल्ला मा आए जस्तो कसैलाई भेट्न नचाहेको कुरा पनि त त्यहि लेखेको छ नि, ओरालो लागेको मिर्ग लाई लखेटेर के पुरुसार्थ देखाउनु हुन्छ?

      Reply
  31. Tom Haskell says:
    July 19, 2012 at 9:19 pm

    http://support.qatarairways.com/entries/508355-what-if-i-have-a-transit-time-of-over-8-hours-in-doha

    Reply
  32. khim says:
    July 19, 2012 at 9:13 pm

    हामीलाई त कहाँ छोड्छन र नेपाल मा इम्म्रिग्रेशन ले सबै प्रक्रिया गर्दा पनि कत्ति दुख दियको हो नेपाली ले नेपाली लाइ पैसा नदिया सम्म छोड्दैनन किन यस्ता भास्ताचार छ कुन्नि नेपाल को एरपोर्ट मा !

    Reply
  33. qatar airways staff says:
    July 19, 2012 at 9:07 pm

    मा कतार airwaya मा काम गर्ने satff हु ….राजा कतार आय को बेला मा पुरा समय मा राजा संगै थिया ….. .. सत्य के हो नाबुजी यसरी लेख्नु राम्रो होइन ..पूर्व राजा कतार को इम्मिग्रेशन मा आफ्नो विसा को लागि होइन 1min पनि कुर्नु परेन ..राजा संग आयका अरु को विसा नभय को भयर केहि समय कुर्नु परे को हो ..राजा कतार आउदा कतार airway को duty manager नै लिन को लागि aircarft सम्म गया को थियो ..handbag मा dollar धेरै लियर आय को भयर केहि समय custom मा problem मात्र भय को हो राजा १ hour जति मात्र बस्नु भो होला …र राजा को हेल्प को लागि ALMAHA SERVICES को staff पनि थियो ………यस्तो हावा को भर मा news नलेखन मा request गर्छु .र मा राजा बादी मान्छे पनि होइन .महिले जे देखे भने को मात्र हो ..

    Reply
    1. sandesh says:
      July 19, 2012 at 11:39 pm

      दधि सापकोटा जी को ब्लग मा १२ घण्टा भन्दा बढी एरपोर्ट मा बसेको भनेको छ , तपाई चै १ घण्टा भन्नुहुन्छ सहि कुन चै हो | अरु कसैलाई पनि थाहा छ कि ?

      Reply
    2. madan bajracharya says:
      July 19, 2012 at 11:44 pm

      कतारको कर्मचारी महानुभावलाई धन्यबाद
      कुनै पनि अन्य गन्तब्य स्थलको लागि उड्ने यात्रु यदि कुनै अर्को मुलुकको बिमानस्थलमा ट्रान्जिट यात्रुको हैसियतले पुग्छ भने तेस्ता यात्रु तेही ट्रान्जिट भयको बिमान स्थल बात उड्ने आफु कन्फर्म भयको बिमान को समय सम्म बिमान स्थल भित्र रहन पाउने अंतर्रास्त्रिय नियम व्यवहारमै छ/ यदि यस्तो यात्रुहरु को गन्तब्य स्थल सम्मको उडान २४ घण्टा भन्दा ढिला हुने भय बिमान कम्पनीले स्टप ओभर सुबिधा अन्तर्गत बिमान कम्पनीकै खर्चमा होटेलमा रहने ब्यबस्था समेत गरिन्छ/ तर यस्तो सुबिधा पाउन तपाईं हामीले जस्तै फलाना दिनमै मात्र उड्न पाउने उडान तालिका परिबर्तन गर्न नपाउने फलाना मिति सम्म न उदेमा टिकट नै बदर हुने आदि बन्देज लादियाको सस्तो टिकट बात उड्ने यात्रुले नपाउने हुन् सक्छ/

      अर्को कुरा ट्रान्जिट यात्रुहरुले अनेकौं प्रक्रियाहरु पुरा गर्नु पर्ने हुन्छ केहि समय त् लाग्छ नै/ फेरी दोहा दुबई जस्तो बिमान स्थलहरुमा भिसा नभयको मात्र ट्रान्जिट मा रहने यात्रुले समेतलाई उपयुक्त ठानेमा बिमान कम्पनीको सिफारिसमा बिमान स्थल बाहिरै रहने छोटो समयको भिसा पनि दिन्छ/ म आफै पनि जर्मन जाँदा दुबईमा ट्रान्जिट भयर गयको थिय/ म सिट दुबई को भिसा पनि थियन/ तर दुबई पुगे पछी ८ १० घण्टा बिमान स्टलमा बस्न चाहेंन त् मैले बिमान कम्पनि को सिफारिसमा बिमान स्थल बाहिर २ रात बिताउन पाउने भिसा पाय/ मज्जाले २ रात दुबईको सहरमा बिताय/

      यस्तै गरेर जेनेभा जाँदा फ्रंक्फोर्ट भयर गय/ म सिट जर्मनको भिसा थियन/ मेरो जेनेभा उडान २४ घण्टा पछी म फ्रंक्फोर्ट बिमान स्थल भित्रै रहे/ के यसलाई म फ्रंक्फोर्ट बिमान स्थल भित्र ठुनियाको मान्ने?

      नेपाल घुम्न आउने कयौ युरोपेली यात्रुहरु भारतको भिसा लियर आउँदैनन् / उनीहरु दिल्लीको बिमान स्थल भित्रै रहनु पर्छ/ के उनीहरु दिल्लीको बिमान स्थल भित्र ठुनियाको हो?

      तर ट्रान्जिट मै रहंदा पनि यात्रु सिट बैध पासपोर्ट त् हुने पर्छ/ यक्ताका दुबै हो बा दोहामै हो तत्कालिन प्रधान मन्त्रि गिरिजा ट्रान्जिट हुँदा गिरिजाले त् पासपोर्ट नै ल्याउन भुलेको रहेछ/ अनि त्यहाको अध्यागमनको कार्यालयले उसलाई बिमान स्थल भित्रै दितेंसन हलमा राख्यो (के यो थुनेको होईन हो ठुनियाकै हो) /

      ट्रान्जिट यात्रुहरुले दोहामा ट्रान्जिट रहन पाउँछ पाउंदैन दोहामा ट्रान्जिट रहन भिसा चाहिन्थ्यो बा चाहिंदैन भनेर कुनै बिमान कम्पनीले दोहा भयर पेरिस जाने टिकट बेच्दैन, बेच्नै सक्दैन/ बढी कुरा बुझ्न चाहेमा कुनै पनि देसको भिसा सम्भंदी नियमको बारेमा बिस्तृत आधिकारिक कुरा लेखियको iata बात प्रकाशित हुने tim भनिने किताव पल्तायर हेर्न अनुरोध गर्छु/ नेपालको कुनै पनि यजेंट तथा बिमान स्थल कम्पनि सिट त्यो किताव हुन्छ तेसैको आधारमा उनीहरु टिकट बेच्छ/

      सारांसमा कुनै पनि बिमान स्थलको “ट्रान्जिट हल” जेल खाना होईन/ ट्रान्जिट बस्नु थुनिनु होईन/ तर के गर्ने हामि नेपालीहरु मन नपरेको व्यक्तिले भात खायको पनि घिचेको भन्ने गर्छ/ अब यी पासपोर्ट न लियर विदेशको बिमान स्थल पुग्ने नेता बिमान स्थल भित्र ठुनियकोलाई पनि “राजकिय सम्मान” दियको मान्ने ठान्ने हरुले मन नपरेको भू पु राजा ट्रान्जिट मा बसेको पनि ठुनियाको भनेर मन नपरेकोले खायकोलाई पनि घिच्चेको भन्ने कूसंस्कार प्रदर्शन गर्यो/

      Reply
    3. Chetan Nepali says:
      July 20, 2012 at 1:42 am

      Quatar airways staff को अनुसरता ज्ञानेले कालो (धन नगद $$) ह्यांद्ब्यग्मा बोक्दै हिद्दोपो रहेछ ! सेतो धन त अचेल प्लास्टिक कार्डमा वा ट्राभल चेकमा मजाले बोक्न मिल्छ !! पक्कै हाम्रो ज्ञानेको पनि सद्दाम हुसेनको जस्तै $$ को भण्डार लुकाएर राखेको हुनुपर्छ नेपालमा 🙂

      Reply
    4. Daljang says:
      July 20, 2012 at 10:35 am

      हैंडबेगमा क्यांठ निकै थियो जस्तो छ मित्र| संगसंगै हिंड्ने भने पछी तपाईलाई थाहा भएकै हुनपर्छ|
      कति हजार भन्दा बढी बोके खुलाउन्पर्छ| कति थियो? साधारण नेपाली जनतालाई अध्यागमन, भन्सार र सुरच्छाका महा भरष्ट सपरिवार नर्क जाने तयारी गरिरहेका कुकर्मचारीहरुले एयरपोर्टमा दुइ सय बोकेर ल्याउदा पनि खेदो गरेर खोस्छन|
      ज्ञाने र टोलीले फ्रान्स अनि युरोपमा अरु के के नाटक र नौटंकी देखाउने हो हेर्दै जाम| कति खर्च गरे त्यसको पनि नेपाली जनताले लेखा जोखा गर्ने नै छन् र फोटो सहित याँहा लेख्ने कष्ट गर्नुहोला|

      Reply
  34. Pramod says:
    July 19, 2012 at 9:03 pm

    येहा प्रकट बिचारहरु कुनै घिनलाग्दा र कुनै कुरै नबुझी लेखिएका पाइयो !

    एरपोर्टमा रात नै एदी बिताएको हो भने (एसको सत्यता पनि छैन , कुनै आधार प्रमाण छैन ) पनि त्यो बायुसेवाको एरपोर्टमा नै ५ तारे सुबिदा सरहको सम्पन्न लज वा होटेल हरु हुन्छ | तेहा कुर्ची या भुइँ मा सुत्न पर्दैन |

    Reply
  35. Lalit Narayan says:
    July 19, 2012 at 9:02 pm

    अरु तेस्तै हो नेपाल विमानस्थल स्थित कर्मचारी हरुले अझै महाराज ज्ञानेन्द्र मानेकाले कतारको विसा छ छैन भनेर पासपोर्ट हेर्ने आँट गरेनछ l अर्को कुरो कतार को लागि transit विसा चाहिन्छ चाहिदैन भनेर बार्ह सत्तरी कुरा गरेको देखे, अब कसैले कतार दुतावास मा सम्पर्क गरेर बुझेर जानकारी दिने कि?

    Reply
  36. सुनिल says:
    July 19, 2012 at 8:48 pm

    मैले अमेरिका बाट नेपाल आउदा र अमेरिका फर्कदा दुवै पटक दोहा एयरपोर्टमै अन अराईभल भिसा पाएर होटेल मा बसेको हो | कुनै समस्या नै भएको थिएन |होटेल मा बस्न को निम्ति पहिले नै भिसा लगाउनु पर्ने नियम नै छैन जस्तो लाग्छ मलाई | यो समाचार को विश्वसनीयता मा सन्देह नगरी रहन सकिन्न भन्ने हाम्लाई लाइरछ | प्रामाणिक समाचार मात्र छाप्दा राम्रो हुने थियो |

    Reply
  37. Binay Yadav says:
    July 19, 2012 at 6:17 pm

    यसमा सबै भन्दा ठुलो गल्ति त्रिभुवन अन्तरास्ट्रीय बिमान स्थल को एम्मिग्रेशन बिभाग को कर्मचारी को हो . भिसा बिना किन कतार जान दिएको हो त्यो नै छानबिन गर्नुपर्छ अनि दोसीलाई कारबाही गर्नुपर्छ .

    Reply
  38. ashok says:
    July 19, 2012 at 5:56 pm

    व्यक्तिगत चरित्र जेजस्तो भए पनि ज्ञानेन्द्र शाह नेपाली राजसंस्थाको इतिहासको एक महत्वपुर्ण पत्र हुन् ! कुनै न कुनै किसिमले उनी नेपाली इतिहासमा रहिरहनेछन् ! इतिहासमा राजाहरु कि खेदिएका छन् कि मारिएका छन्, तर ज्ञानेन्द्र त्यस्ता व्यक्ति हुन जो सारा नेपालीहरु माझ हत्याराको रुपमा चिनिए तरपनि उनले देश र जनतालाई माया गर्न कहिल्यै बिर्सेनन ! जसले जे भनेपनि उनको यहि स्वाभाबले गर्दा नेपालीहरु माझ उनको लोकप्रियता दिन प्रतिदिन बढ्दो छ ! आखिर उनी पनि नेपाल र नेपालीलाई माया गर्नेहरुमध्ये एक हुन् ! नमिठो लगेउ !

    Reply
    1. भगवान बाहिंग राई says:
      July 19, 2012 at 9:13 pm

      यो कुरामा मेरो भने आपति छ ज्ञाने मुलाको सागले देश र जनतालाई माया गर्यो त भन्नु भयो मित्र प्रमाण चाही के छ त ??? म तपाइको अन्तिम दोस्रो हरफमा सहमति छु त्यो पनि अलि फरक तरिकाले ज्ञाने लोकप्रिय भए मात्रै परश का बाबु भएर कुनै गतिलो काम गरेर चाही बिल्कुल हैन !!!

      Reply
  39. रविन says:
    July 19, 2012 at 5:21 pm

    यो कुनै एक व्यक्ति संग सम्बन्धित कुरो होइन राष्ट्रिय सम्मानमा आंच पुगेको कुरो हो.. ज्ञानेन्द्र कुनै व्यक्ति मात्र होइनन चाहे हामीलाई मन परोस या नपरोस उनि त नेपालका पुर्व राष्ट्र प्रमुख हुन् . एउटा रातो राहदानी बाहक पुर्व राष्ट्रपमुखले त बिदेशमा एस्तो बेहोर्नु पर्यो भने सर्व साधारण नेपाली को के हालत होला ?

    यसमा हाम्रा राष्ट्रका कर्मचारी कति सम्मका गैर जिम्मेवार छन् र हामी कुटनैतिक क्षेत्रमा कति सम्म लाचारी छौ भन्ने जनाउँछ.

    सबैलाई चेतना भया !!

    Reply
    1. Aakar Bhushan Nepali says:
      July 24, 2012 at 10:26 pm

      हिटलर पनि जर्मनीको भू पु चान्सलर हो, रेजा पहल्वी ईरानको भू पु राजा हो| यिनीहरुले गर्दा कसरि ति देश हरुको राष्ट्रिय सम्मान उच्च भएको थियो, तेती बुझ्न अलि अप्ठ्यारो पर्यो होउ सोल्टी!

      Reply
  40. Prabudha says:
    July 19, 2012 at 5:01 pm

    यो ज्ञानेन्द्र को news किन तोडमोड सर्बप्रथम दोहामा transit विसा को प्रोब्लेम नै छैन यो news सतप्रतिसत मनागदंते अर्थात् mysansar style . खास कारण चै ज्ञानेन्द्र ले ३०००/४००० डलर जोगाउने हर्कत हो यो मनुस ब्यापारी हो आधा रातमा Doha पुगेर hotel ko जम्बो टोलि को पैसा तिर्नु भन्दा airport मै ८/१० घण्टा बितौना मन लागेको हो आखिर यो ब्यापारी न हो एक रातको भयपनी पैसाता जोगियोनी अब मुर्ति बेचेको र देसको ढुकुटी. को पैसा हो र ?

    Reply
    1. Anil says:
      July 19, 2012 at 9:51 pm

      यो सरासर गलत र बिरोधका नाममा निस्किएका भ्रामक अनि गलत विचारका पोसाक व्यक्तिको विचारहो ,एस्लाई नेपालका राजाहरुको बारेमा राम्रो ज्ञान नै छैन .हावामा कुरा गर्छा.मुर्ति कसले चोरेको छ ,ढुकुटी कसले रिताएको छ,जनता लाई कसले मारेको छ, संसार लाई थाहा छ .

      Reply
      1. Prabudha says:
        July 20, 2012 at 3:26 am

        राजा बारे Nepali हरु लै जानकारी नहुने कुरात भयान तर ज्ञानेन्द्र को राजाको पगरी त कसरि भिरेको सबै नेपाली लै थाहा छ , नेपाल का अन्तिम राजा बिरेन्द्र हुन् जसलाई हालपनि नेपालीले सम्मान गर्छन अब ज्ञानेन्द्र लै राजा न त कानुनी रुपमा नत संस्कृतिक रुपमा मान्न सकिन्छ , नत यी राजाका जेठा छोरा हुन् नत संबिधान अनुसार…अब गयो ज्ञानेन्द्रको राजाको पगरी….अब यी ज्ञानेन्द्रको हर्कत त सबै नेपालीलै थाहा छ जसको चर्चा भैराखेको छ….केहि हर्कत
        १. भक्तपुरका एतिहासिक मुर्ति..
        २. नमिता सुमिता काण्ड
        ३. महेन्द्र प्रकृति कोष को प्रमुख हुँदाको चर्तिकला…
        ४. धिरेन्द्र सरद चन्द्र र ज्ञानेन्द्रका ०४६ अगाडिका दैनिक चर्तिकला..
        ५. राजा बिरेन्द्र को हत्याकाण्ड को भूमिका…
        निश्चितरुपमा २०४६ पछिका भै बहिनि हरुले गिरिजा, माकुने,प्रचण्ड आदिको बदमासी देखेकोले ज्ञानेन्द्रका yad

        Reply
      2. Prabudha says:
        July 20, 2012 at 3:32 am

        Cont …
        ज्ञानेन्द्रको कर्तुत बारे जानकारी कम होला..अब उनको कर्तुतको कुनै माने छैन निज ले सजाय सोरुप राजमुकुट (?) उत्रिसक्यो ..अबत नया राजा महाराजको प्रचण्ड,माकुने,शुशील आदि को कर्तुत निकाल्नु पर्छ…

        Reply
  41. Pradip Bhandari says:
    July 19, 2012 at 4:57 pm

    ओहो ज्ञानेन्द्र जी भन्दा त मेरै green passport दरो रैछ, UAE को residency and managerial position भएकोले कुनै पनि बेला मा कतार जाने बित्तिकै एरपोर्ट मा नै on Arrival visa milchha र दाजु लाई भेट्न बार बार जाने नि गर्या नै हो. कतार को residency हुदा UAE पनि उस्तै on Arrival visa मा नै आउने गरिन्थियो. रातो पस्स्पोर्ट बेकारको नै रैछा कि क्या हो?

    Reply
  42. ryan says:
    July 19, 2012 at 4:07 pm

    एउटा साधारण जनता हुँदा कत्तिको दुख पाइदो रहेछ ………….अब त चेतना भयो होला नि ज्ञानेन्द्र दाइ लाइ …………

    Reply
  43. Bikash Shrestha says:
    July 19, 2012 at 2:41 pm

    ज्ञानेन्द्र ले अजै पनि नेपाल को राजा हो भनेर चिनाउन चाहेको होला . तेसैले बिना भिसा गएको होला

    Reply
  44. Pradip dongol from AZ says:
    July 19, 2012 at 2:04 pm

    सर्बसाधारण भएको को राम्रो अनुभब पयेचा पूर्व राजा ले विदेश मा पनि.

    Reply
  45. yukta says:
    July 19, 2012 at 2:02 pm

    भगवान होइन मानव हो भुल त भै हाल्छ नि त्यहि पनि सुबिधा सम्पन्न विमानस्थल मा एक रात बिताउनु भएछ, संधै भरि नरम गद्धा को ओछ्यानमा मात्र किन ? कहिले कहीं त हार्ड बेन्च मा बसेर रात काट्ने अभ्यास पनि त गर्नु पर्यो नि जब भनि सक्नु भएको छ जनता ले चाहे फेरी नारायणीहिटी दरबार फर्किन्छु अनि भोलि जनता को घर दैलो मा गएर आफु लोकप्रिय हुन, मतलबको लागि नेपाल को नेता हरु झैँ गुन्द्री मा पनि सुत्नु पर्छ गुन्द्रुक र मोटो चामल को भात पनि खानु पर्छ,पसिना को जस्तो सुकै दुर्गन्ध आए पनि मेहनत को पसिना बगाएर एक छाकको बल्ल बल्ल जोहो गर्ने मजदुर किसान दाजुभाई हरु संग अंकमाल पनि गर्नु पर्छ त्यसैले कहिले कहीं अभ्यास गरेको राम्रो हो अनि सात समुन्द्र पारी आफ्नो देश भन्दा टाढा मेहनत को कमाई गरेर बसेका नेपाली हरु सबै हाम्रै नेपाली दाजु भाई दिदि बहिनि हरु हुन् पहिले भेट्न र बोल्न मन नगर्नु पछी वहाँ हरुले “मौसुफसित फोटो खिच्न मन छ सरकार” भन्ने बित्तिक्कै मुस्कुराउदै एक पोज फोटो खिच्न राजि हुनु को मतलब वहांको मन मा अझ गद्दी गए पनि पद चाही बाकीं नै रहेछ !

    Reply
  46. Narendra Dai says:
    July 19, 2012 at 1:50 pm

    जेपायो त्यहि नलेखम न, लेखमा अलिकति दम हुनुपर्छ नि। दोहाको भिसा नलागेर फ्रान्स जान रोकिन्छ कोहि? “फ्रान्सको एयरपोर्टमा नेपालीले स्वागतका लागि कुरेर बसेका थिए/ राजा कतारमा बाहिर निस्कन पाएनन्” रे। के अर्थ हो त्यसको? अनि भोलिपल्ट चाही कसरि जान दिएछ?
    ददिजिले पपुलारिटी खोजेर स्क्यान्डल मच्चाउन खोज्नुभाको हो यो सब। कहाबाट थाहा पाउनुभयोकी भिसकै समस्या भनेर? अड्कलबाजी। उहाले आफ्नो ब्लगमा पनि केहि जनाउनु भएको छैन।

    Reply
    1. Dharma says:
      July 19, 2012 at 3:57 pm

      के हो यार कुरै नबुझी प्रतिक्रिया दिने? त्यस्तै मनस्थितिले देश खायो| झ्वाम्मै पार्यो|
      बिष्णु महाराजलाई कुबेरको बिमान अर्डर गरेको भए हुन्थ्यो| किन
      सर्बसाधारणको मोडमा जानपर्यो|
      मैले पढ्दा सबै खुलस्त छ|

      Reply
      1. Chetan Nepali says:
        July 20, 2012 at 1:37 am

        आफु उल्लु भएको चाही कसले सम्झाउने नि ज्ञाने २४ घण्टा हैन २ दिन बस्ने प्लान रहेछ दोहामा !

        Reply
    2. xyz says:
      July 19, 2012 at 5:15 pm

      अड्कलबाजी त तपाई मोहदय ले गर्दै हुनु हुन्छ मौसुफ कतार मा दुइ दिन बस्ने प्रोग्राम थियो

      Reply
      1. Lalit Narayan says:
        July 19, 2012 at 8:57 pm

        कतारमा दुइ दिन बस्ने प्रोग्राम हुदा हुदै पेरिस बिमानस्थलमा मा चै किन अघिल्लो दिन मै फूलमाला लिएर कुर्नु परो त ?

        Reply
    3. Suman says:
      July 19, 2012 at 6:04 pm

      दास हरु चित्त दुखेछ

      Reply
      1. Jharendra Bikram says:
        July 19, 2012 at 9:48 pm

        दासहरुको जमात देखेको थिए र अहिले आएर ई-दासहरुको जमात पनि देखियो जसले निरन्तर रातो यँहा टीको लाउने काजमा खटिएर सेवा गर्छन| राजा हुँदा चाकडी बजाउनेहरुको नानीदेखि लागेको बानी न ठहरियो| दश जनाले रातो टीको तीन सय पल्ट लाउँदैमा जनमत ज्ञानेन्द्रको पक्षमा हुन्छ भन्नु कुकुरको सिंग उम्रन्छ भनेर पर्खनु सरह हो|

        Reply
    4. भगवान बाहिंग राई says:
      July 19, 2012 at 9:26 pm

      तिम्रो चाही आफ्नो कुरा निकै दम भए जस्तो लाग्दै छ कि क्या हो ????
      तिमि चाही मुलको साग ज्ञाने को मत्रै चम्चा हौ

      Reply
  47. mahesh says:
    July 19, 2012 at 1:35 pm

    ज्ञानेन्द्र का सहयोगी हरु महा मुर्ख रहेछन. येस्ता हुस्सु हरु को भर परे पछी येस्तई हुन्छ. शायद ति मुर्ख हरु लाइ लाग्यो होला रातो पासपोर्ट भए पछी भिसा चाहिदेन. बास्तव मा ज्ञानेन्द्र पनि मानिस चिन्न चाहि सक्देनन जस्तो लाग्यो. पहिला येस्तई हुस्सु हरु को लह लहै मा लागेर गद्दी गुमाए, अहिले कतार को एअरपोर्ट मा बिना सित्ति दुखः पाए.

    Reply
  48. द्रोण says:
    July 19, 2012 at 1:16 pm

    पुजा गर्न हिड्यो ,सड्यन्त्र मा हिड्यो भन्छ |बोल्यो राजनीति गर्यो भन्छ |
    के गरोस त् यो बिचरा अभागी प्राणि ले |
    हिजो चप्पल लगाएर राजधानी छिरेको पाखे नेता हरु आफुहरु आफ्नो तलब ,सुबिधा ,आजिबन भत्ता के के थपेको थपेइ छ |देश को अर्थतन्त्र लाइ बगरेले मासु भाग लगाएको जस्तो तरिकाले लुट्दैछ |
    उसले त् बिरासत मा पाएको राज्य सत्ता थियो , लाउडा को नाइके गिरिजा जस्तो साढे लाइ जेल हाल्यो
    ,माकुने लगायत एक दर्जन र को एजेन्ट लाइ पनि जेल हाल्यो र प्रतिसोध को मार मा
    आज को नियति भोग्दैछ यो पुर्ब राजा ले |
    चाटुकार हरुले सरकार जस्तो बुद्दिमान ,सरकार जस्तो सहासी भनेर हौस्याई हौस्याई यो ठकुरी लाइ युज गरे जस्तो छ |

    Reply
  49. mohan pun says:
    July 19, 2012 at 12:53 pm

    होइन हो गाथ्ठे, नेपालको नेता,राजा भनौदाहरुलाई विदेश जादा VISA चाहिन्छ भन्ने
    थाहा छैनकी के हो? कि सबै देश इंडिया नै देख्छन ह? यति धेरै बेईज्यात नेपालको नगर्नुस न?
    तिमी नेता भनाउदा हरुको पो इज्जयत छैन हाम्रो त छनी गाथ्ठे /
    यस्ता त जनताको राजा रे के….

    Reply
  50. anil shivakoti says:
    July 19, 2012 at 12:14 pm

    जे पायो तेही समाचार !!!

    १. कतारमा विसा पाए पनि नपाए पनि फ्रान्समा त तेही दिन नै पुग्ने हो नि..विसा नपाए विमानस्थलमा रात बिताउनु पर्ने.. पाए होटेल मा रात बिताउनु पर्ने … तेही भएर फ्रान्सका मान्छेले कसरि थाहा पाये

    २. कतारमा ट्रांसित १२ घण्टा भन्दा बढी भएमा सबै लाइ on-arrival विसा दिन्छ

    पायो भने ज पायो तेही न छाप्नु न सालोक्य जी

    Reply
    1. sandip says:
      July 19, 2012 at 4:56 pm

      Qatar provide visa-on-arrival at the Doha International Airport to the nationals of the 33 rich countries, including the US and Uk but Nepal is not included in this list. for Nepalese passport holder, they need to get visa previously.

      Reply
      1. रुशन says:
        July 19, 2012 at 9:23 pm

        Hello!!!! there is a difference between stay Visa and Transit Visa. can you please scroll down and read more carefully on the given site please..

        Gyanendra was on Transit not on stay!!!

        Reply
    2. रुशन says:
      July 19, 2012 at 6:57 pm

      सहि कुरा हो!! नेपाल बाट U.S. आउदा र फर्किंदा कतारमा पटक पटक ट्रान्जिटमा बसेको छु खोइ मलाई embessy गएर भिषा लिनु परेन!!! एरपोर्ट माने on-arrival भिषा दिन्छ!! हावा समाचार !!! जे पायो त्यहि

      Reply
  51. lalanath says:
    July 19, 2012 at 11:57 am

    “नमरी स्वोर्ग पुगीदैन” तेती सम्म हुदा अलिकति थाहा भयो होला कि जनता भएर बाच्न कति मुस्किल हुदो रहेछ? तर के चाकडी गर्नेको ओइरो १ दिनमै निकालिहाले? अझै अलि दिन बस्नुपर्दा, मुखमा माड नपर्दा, खल्तीमा दाम सिद्दिदा पो थाहा पाइन्छ जिन्दगि कस्तो हुँदो रहेछ भन्ने कुरा! नियम र अनुसासनले मात्रै देस बन्छ भन्ने अनुभब भयो होला PLAYBOY जस्तो पारा गर्दा घरबार लथालिंग भताभुंग हुन्छ

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme