मूलधारे मिडिया र सोसल मिडियामा निकै प्रचारबाजी गरेर सुरु भएको फिल्म हाइवे अब हलमा लागेको छ। प्रचारका लागि यसले सबै संभव उपाय अपनाएको थियो। सबै निर्माता/निर्देशकले आफ्नो फिल्म चलोस् भन्ने सोच्छन्, त्यसैले यस्तो गर्नु अचम्म हैन। यसले फरक तरिकाले गर्यो, त्यसैले यो फिल्ममा सबैको चासो भयो। प्रचारबाजीमा यो फिल्म उत्कृष्ट भएकोमा शंका छैन। तर प्रचारले मात्रै फिल्म सफल हुन सक्दैन। नढाँटी भन्नुपर्छ, प्रचारकै कारण मैले पनि आज दिउँसोको सोमा यो फिल्म हेरेको हुँ। यति धेरै ठूल्ठूला कुरा गरेको फिल्म हेरेपछि कस्तो लाग्यो, त्यसको अनुभव मात्रै यहाँ बाँड्दैछु।
के छ कथा फिल्ममा ?
जसले जतिसुकै फिल्म हेर्न नजानेको भनेर गुड्डी हाँके पनि हाइवे फिल्मबाट फिल्मको इतिहास सुरु भएको हैन। फिल्मको इतिहास लामो छ। फिल्मको सर्वमान्य सिद्धान्त हो- सुरुवातदेखि अन्त्यसम्म फिल्म एउटा कथामा बगेको हुन्छ। फिल्ममेकरले दृश्य र संवादको माध्यमबाट कथा बताउँछ।
तर यो फिल्ममा कथा के हो नै थाहा पाइन्न। फिल्म सुरु भएदेखिको कन्फ्युजन अन्तिमसम्म कायमै रहन्छ। एउटै फिल्ममा धेरै वटा राम्रा फिल्महरुको टेक्निक राख्न खोज्दा फिल्म एउटा सिङ्गो फिल्म नभएर गज्याङमज्याङ हुन पुगेको छ। त्यसैले फिल्म एउटा धाराप्रवाह हिसाबले बग्न सकेको छैन।
बेसिलसिलेवार कथा
निर्देशकले बस यात्राबाट कथा सुरु गरेकाले सबै कथाहरुको सम्बन्ध कुनै न कुनै रुपले बससँग जोडिनु पर्छ। तर फिल्म अगाडि बढ्दै जाँदा आउने दुई वटा कथा बससँग जोडिएको छैन- रवीन्द्र मिश्र र पुलिसलाई आक्रमण गर्ने तेस्रो लिङ्गीको कथा।
यति धेरै कथा र यति धेरै इस्युलाई एकै पटक उठान गरिएको छ कि निर्देशक आफै कन्फ्युज भएका जस्ता देखिन्छन्। त्यसैले उनले ती कथा र इस्युलाई सान्दर्भिक तरिकाले जोड्न सकेका छैनन्। अनि त फिल्ममा कहाँनिर flashback हो र कहाँनिर real time हो भन्ने छुट्याउनै गाह्रो।
फिल्म भनेको पजल गेम जस्तो त हैन, आफैले बसेर, जोडेर, मिलाएर- ए यो त टुक्रा त यहाँ राख्ने रहेछ अनि त्यो यहाँ भन्दै हेरेर बुझ्नुपर्ने। फिल्मले त आफै कथा भन्ने हो। फिल्ममेकरले यो फिल्म पजल हो, मान्छेहरुले ट्याकटुक जोडेर हेर्छन् भन्ने अपेक्षा गर्नु गलत हुन्छ।
दर्शकले फिल्म नबुझेको गुनासो गर्दा ‘हेर्न नजानेको’ भन्नु दोष दर्शकलाई थोपर्ने सजिलो बहाना मात्र हो। फिल्म आफैमा स्पष्ट हुनुपर्छ। त्यो clarity नभएकोले निर्देशक धेरै हदसम्म कथाको विषयमा आफैमा confuse भएको हो कि भन्ने देखिन्छ।
एउटा उदाहरण- आशा मगरातीलाई कर्माले चलाएको गाडीले ठक्कर दिन्छ। ठक्कर दिने बित्तिकै कथा बिल्कुलै नयाँ परिवेशको कथाका रुपमा रवीन्द्र मिश्रकोमा जम्प हुन्छ। धेरै पछि कथा कता-कता घुमेर फेरि त्यही ठक्कर दिएको दृश्य दोहोरिन्छ।
Flashback र Real को confusion
कथा भन्ने शैलीका रुपमा प्रयोग गरिएको flashback आफैमा नराम्रो हैन। तर त्यसको उचित प्रयोग गर्न एकदमै जरुरी हुन्छ। नत्र कथा एकदमै कन्फ्युज हुन पुग्छ। पूजाको कथामा flashback सौगात मल्लतिर जान्छ। तर त्यो flashback जस्तै देखिँदैन। किनभने कथा भर्खर लाहुरेबाट बसमा प्रवेश गरेको छ र बस बन्दको मारमा परेको छ। पूजा भन्ने पात्र राम्रोसँग स्थापित नै नभई flashback मा सौगातसँग सेक्स गर्नेमा jump गरेको छ। यो कथाको स्वभाविक धारको एकदमै विपरीत छ।
त्यस्तै भएको छ इलम दीक्षितको कथामा पनि। बसमा यात्रु रहेका दीक्षित flashback मा जान्छ। यहाँसम्म त ठीकै थियो। तर उसको flashback मा फेरि मोटे तेस्रो लिङ्गी केटाको action पो घुस्छ। दीक्षितले नदेखेको घटना मोटे केटाले देखाइरहेको हुन्छ। जस्तै डान्सबारमा नाचेको, तेस्रो लिङ्गी बाथरुममा घाइते भएको, अस्पताल लगेको आदि। दीक्षितको flashback हो भने त्यो सबै देखिनै सकिँदैन।
दयाहाङ राईको कथामा पनि दयाले त flashback उसकी श्रीमतीलाई दियो, तर श्रीमतीको action भने जारी रहन्छ। यसलाई कसरी justify गर्न सकिन्छ ? त्यसैले कुन flashback र कुन real गज्याङमज्याङ भएको छ। छुट्याउनै नसकिने गरी।
निर्देशक धेरै महत्त्वाकांक्षी देखिए
एक जमानामा फिल्म कै समीक्षा लेख्ने निर्देशक दीपक रौनियार धेरै महत्त्वाकांक्षी देखिएका छन्। यति धेरै कथा एउटै फिल्ममा ह्यान्डल गर्ने चेष्टा सितिमिति निर्देशकले गर्दैनन्। फिल्मको रिदम र फिल्मको पेस मिलाउन कम्ता गाह्रो हुँदैन धेरै कथा र इस्युलाई एउटै भाँडामा हाल्दा।
धेरै कथा मिसाउँदैमा फिल्म action oriented हुन्छ भन्ने निर्देशकले सोचेका देखिन्छन्। तर त्यसमा रिदम निकाल्न नजान्दा फिल्म गज्याङमज्याङमा अड्किएको छ। जति अरुको कपी गरेको हैन भनेर गफ गरे पनि यो फिल्ममा उनी Robert Altman को सन् १९९३ मा रिलिज भएको फिल्म Short Cuts बाट कुनै कुनै ठाउँमा प्रभावित भएको देखिन्छ। तर स्व. Altman ले आफ्नो गजबको निर्देशकीय क्षमताका कारण त्यति धेरै कथाहरुलाई पनि रिदम र पेस मिलाएर गज्याङमज्याङ बन्न दिएका छैनन्। त्यसमा धेरै कथा छन् तर उनले सबै कथालाई न्याय गरी पूर्ण देखाएका छन्।
धेरै कथा मिसाउने शैली Short Cuts बाट प्रभावित देखिए जस्तै बस यात्रामा हुने टेन्सनको शैली चाहिँ हिन्दी फिल्म मिस्टर एन्ड मिसेज ऐयरबाट प्रभावित जस्तो देखिन्छ।
टुक्राटाक्री घटनाहरुलाई मिलाएर फिल्म बनाउन सकिन्छ। तर त्यसका लागि उत्तिकै दक्ष, फिल्म बुझेको निर्देशक हुनुपर्छ। त्यो भएन भने फिल्म छेउ न टुप्पोको हुन्छ, हाइवे त्यस्तै भएको छ। उनले फिल्म नबुझेको भनेर दर्शकलाई दोष दिनु आफ्नो कमजोरी लुकाउने असफल प्रयास मात्रै हो।
रवीन्द्र मिश्र थोपरिएको छ
बीबीसीका चर्चित पत्रकार रवीन्द्र मिश्रको क्यारेक्टर जबर्जस्ती फिल्ममा थोपरिएको छ। उनको पात्रलाई फिल्ममा गरिएको introduction नै गलत छ। सबै कथा बसबाटै सुरु भइरहेको छ भने मिश्र एकाएक कहाँबाट पसे ? रवीन्द्र मिश्र चर्चित पत्रकार भएकोले उनलाई खुसी बनाउन मात्रै सिनहरु जबर्जस्ती थोपरिएको भान हुन्छ।
कुनै पात्रलाई कुनै सिचुएसनमा राखेर त्यसले अनुभव गरेको कुरा देखाउँदा पो अडियन्सले फिल गर्ने हो, पात्रलाई जबर्जस्ती थोपरेको भरमा अडियन्सले त्यसको state of mind र सिचुएसन त ग्रहण गर्न सक्दैन नि।
मध्यान्तर अघि एकाएक फिल्ममा पसेका मिश्रको एक्टिङ यति फितलो छ कि हलका दर्शक उनी रिसाएर श्रीमतीलाई गाली गर्दा हाँस्छन्। जबकि त्यो इमोसनल सिन हो। ‘जाऊ जाऊ, तिमी जाने भए जाऊ’ मिश्र भन्छन्। तर त्यसो भन्दा उनको अनुहारमा न पीडा छ न आक्रोश। समताभावमा पो छ उनको अनुहार। फेरि अचानक श्रीमती भेटिएको, अंगालेको भ्रमलाई पनि निकै अमिल्दो तरिकाले प्रस्तुत गरिएको छ। नौटंकी देखिन्छ।
उनले पसलको सजाउनलाई राखिने पुतली mannequin लाई यौन रुपले आकर्षित भएर हेरेको दृश्य निकै राम्रो सिक्वेन्स बन्न सक्थ्यो। तर त्यो धेरै टुक्राटाक्रीका बीच यसरी आउँछ कि वास्तवमा त्यो जति संवेदनशील हुनुपर्थ्यो, त्यति हुनै सकेको छैन।
बन्दविरोधी फिल्मले बन्दको पीडा नै दर्शाउँदैन
फिल्म बस यात्रासँगै सुरु हुन्छ र अन्त्य पनि। तर फिल्म दर्शकलाई बसभित्र राखेर यात्रामा लैजान असफल छ।
बीचमा त्यसभित्रका यात्रुहरुले हाइवेमा हुने बन्द भोग्छन्। त्यसमा बन्दको दुःख पीडा फिल गराउनु पर्ने हो। बन्दविरोधी फिल्मका रुपमा समेत यसलाई प्रचार गरिएको थियो। बन्दविरोधी सन्देश लेखिएका टिसर्टबाट यो बन्दविरोधी फिल्म भएको प्रचार गरिएको थियो। तर नेपालको परिवेश नबुझ्नेहरुले त बन्द के हो, यसले कस्तो दुःख हुन्छ भन्ने नै बुझ्दैनन् यो हेरेर। बन्दका कारण हुने तनाव र यात्रुहरुले भोग्नुपर्ने पीडा, संवेदना यसमा रत्तिभर पनि देखिँदैन। बन्दको दुःख यसले अडियन्सलाई ‘फिल’ नै गराउन सकेको छैन।
बन्द हुन्छ, कुनै ठूलो कष्ट बिना बस सजिलै बिहेको नाटक गरेर पार हुन्छ। हाइवेमा बन्दको पीडा तपाईँ हामी मध्ये धेरैले भोगेकै होला। मैले पनि भोगेको छु। तर फिल्मका पात्रहरुले चाहिँ बन्दको पीडा र तनाव फिलै गरेका छैनन्। बन्दविरोधी भनिएको फिल्मका पात्रहरुले नै फिल नगरेपछि दर्शकहरुले फिल गर्ने त कुरै भएन।
पहेँलिएको किन ?
निर्देशक रौनियारले फिल्मका सबै दृश्यको रङ पहेँलो-पहेँलो देशको स्थिति दर्शाउन जानाजानी बनाएको तर्क न्युनेपालीसिनेमा ग्रुपमा गरेका छन्। तर कलर मैले यस्तो यस्तो देखाउन खोजेको भनेर निर्देशकले बयान गरेर हैन कि कलर आफैले दर्शकलाई environment feel गराउन सक्नुपर्छ। तर यसमा कलरले खासै अर्थ राखेको देख्न सकिएन। यो त सुटिङमा के नपुगेको जस्तो पो देखियो त। सुटिङमा भएको हुनसक्ने प्राविधिक गल्तीलाई लुकाउन excuse खोजेको जस्तो मात्र देखियो कलरले। निर्देशकले सबैलाई बुझाउन सक्दैनन्, बुझाउने मौका पनि पाउँदैनन्। अडियन्सले फिल गर्ने हो भने यो गर्न जरुरी पनि हुँदैन।
डायलगको समस्या
डायलगमा धेरै नै समस्या देखिएको छ। सबै डायलग एउटै साइडबाट आएको सुनिएको छ। Audio को dimension नै छैन। flat सुनिएको छ सबै। जस्तै कोठाभित्र फोनको आवाज अर्कै हुन्छ। नजिकको आवाज अर्को हुन्छ, टाढाको आवाज अलि सानो हुन्छ। यसमा त्यस्तो हुन्न।
इलम दीक्षितले इलामको चियाबारी देखिएको ठाउँमा फोनमा कुरा गर्दैगर्दा पृष्ठभूमिमा टिभी रिपोर्टरले इन्टरभ्यु लिँदै गरेको आवाज किन आवश्यक भयो ? धेरै यस्ता अडियोमा आएका जानकारीहरु थोपर्नलाई मात्र राखिएको जस्तो देखिन्छ।
दीक्षितले बेहुलीसँग गरेको कुराकानीलाई नै लिउँ। कथाले पूर्णता नपाएको भएर ती जानकारीहरु थोपरिएको जस्तो देखिएको छ।
सम्पादनमा समस्या
फिल्ममा निकै जम्प-कट हुन्छ। जम्प-कट आफैमा स्टाइल हैन। रिदम मिलाएर प्रयोग गरियो भने यसलाई कथा भन्ने एउटा तरिका बनाउन सकिन्छ। तर त्यति गहिराइमा पुगेर यसको प्रयोग गरिएको लाग्दैन। यसले जम्प-कटको अर्थै आउँदैन। यो पनि जबर्जस्ती थोपरिएको भान हुन्छ। यो डायलग लामो भयो, पूरा फिल्म ८० मिनेटमा अटाउनु पर्छ, यसलाई छोट्याउनु पर्यो भनेर मात्रै जम्प-कट गरेको जस्तो देखिन्छ। यसमा जम्प-कटलाई फिजिकल एस्पेक्टबाट देखाउन खोजिएको छ, जबकि यसलाई साइकोलोजिकल एस्पेक्टबाट देखाउनु पर्थ्यो।
जम्प-कट कि टाइमलाई तन्काउन कि खुम्च्याउन प्रयोग गरिन्छ। तर हाइवेका जम्प-कटहरु सम्पादन गर्नेको सुविधाका लागि मात्रै प्रयोग गरिएको छ।
सम्पादनसहितको पोस्ट प्रोडक्सनका लागि नै यो फिल्मलाई अमेरिका लगिएको थियो र क्राउडफन्डिङबाट फन्ड जम्मा गरिएको थियो। तर विडम्बना, यसको सम्पादन पक्ष नै सबैभन्दा फितलो देखिएको छ।
फरक फिल्म ?
फिल्म राम्रो भएर फरक हुने हो, फरक हुँदैमा राम्रो हुन्छ भन्ने जरुरी हुँदैन। हामीले फरक फिल्म बनाएका छौँ भनेर भनिएको छ। तर फरक आफैमा उत्कृष्ट हुँदैन।
फिल्म पक्कै फरक छ, औसत हिन्दी र नेपाली फिल्मको फर्मुला कथा र गाना बजाना यसमा छैन। तर त्यो नहुनु मात्र राम्रो फिल्मको मानक हैन। ‘सिक सिटी’लाई पनि केहीले यस्तै हाइप गरेका थिए। तर बजारमा त्यसको हालत देखियो।
यो फर्मूला फिल्म हैन, अफट्रयाक फिल्म भनिएको छ। तर पूरै फिल्म हेरेपछि थाहा हुन्छ यो त अफ ट्रयाक पनि हैन, कन्फ्युजन एक्सपेरिमेन्ट हो।
हाइवे फिल्म यो अर्थमा पनि एउटा परीक्षण थियो- यो फिल्म चल्ने हो भने फरक खालका फिल्म बनाउनेहरुलाई अझ सजिलो हुने थियो। ‘हाइवे जस्तो फिल्म ? अहो त्यो त हेर्नुपर्छ यार’ भन्ने हुन्थ्यो। ओभरहाइप गरेकै कारण यो फिल्म चलेन भने यसले नकारात्मक सन्देश जान्छ। कसैले अर्को त्यस्तै फिल्मबारे चर्चा गर्दा ‘ए, त्यही हाइवे जस्तो’ भनेर नाक खुम्च्यायो भने त्यसले सबैभन्दा घाटा फिल्म उद्योगलाई नै हुने हो।
फिल्मले नेपाल चिनायो ?
बर्लिन फिल्म फेस्टिभलको पानोरमा सेक्सनमा छनौट हुनुलाई यो फिल्मसम्वद्धले उपलब्धिका रुपमा चित्रण गरेका छन्। पक्कै पनि नेपाली फिल्म अन्तर्राष्ट्रिय मञ्चमा पुग्नु उपलब्धि हो। तर धेरैले के बिर्सेको देखियो भने ‘नेपाल’ देशको फिल्म भन्दै ओस्कर अवार्डमा उत्कृष्ट विदेशी फिल्मका रुपमा क्याराभान पनि पुगेको थियो। अस्कर अवार्डको लाइभ टेलिकास्ट हुँदा क्याराभान/नेपाल भनेर देखाउँदा निर्माताका रुपमा नीर शाह टिभी पर्दामा देखिएका थिए। फिल्ममा उनको पनि लगानी थियो। फिल्मले त त्यतिबेला पनि नेपाललाई चिनाएको हो।
बर्लिन फिल्म फेस्टिभलको पानोरमा सेक्सन भनेको एक किसिमको आरक्षण खालको सेक्सन हो। यसमा सन् ८० को दशकदेखि तेस्रोलिङ्गी, समलिङ्गीका फिल्महरु प्राथमिकतामा पर्छन्। हाइवेमा पनि तेस्रोलिङ्गीको कथालाई नकारात्मक रुपमा हैन, सकारात्मक हिसाबले प्रस्तुत गरिएको छ। फिल्मका अनेकौँ कथामध्ये यो कथा पनि एक प्रमुख कथा हो।
बर्लिन फिल्म फेस्टिभल नै फिल्मको उत्कृष्टता जाँच्ने कसी हो भने र यो फिल्म साँच्चिकै राम्रो हो भने किन अरु प्रख्यात फिल्म फेस्टिभलहरुमा छनौट भएन ? फेस्टिभलसँगै यसले अन्तर्राष्ट्रिय डिस्ट्रिब्युटर किन पाएन ? बर्लिनमा यो फिल्म यसका को-प्रोड्युसर अमेरिकी कम्पनी भएकोले त्यसैमार्फत् गएको हो कि, अरु नेपाली फिल्मले यसका लागि प्रयासै नगरेकाले पो नगएका हुन् कि- यो पनि बहसमा आउन जरुरी छ। बर्लिन फिल्म महोत्सवमा यो फिल्म पुग्नु भने यसको उपलब्धि नै हो। त्यसलाई मान्नै पर्छ।
राम्रो पक्ष
फिल्मको प्रचार शैली यसको राम्रो पक्ष हो। फिल्मले यति आक्रामक हिसाबले प्रचार गर्यो कि दर्शक हलसम्म तानिए। क्युएफएक्सको सिभिल मलमा दिनको दोस्रो तथा अन्तिम सो हेरेका थियौँ हामीले। हल पूरै जसो भरिएको थियो। वेबबाट सिट दर्ता गर्ने कोटा सकिएको थियो। फिल्मबारे सामाजिक सञ्जालमा बहसहरु भए। नेपाली दर्शकलाई हलसम्म तानिएर आउन सक्ने बनाउनु यसको सबल पक्ष हो।
अभिनयको कुरा गर्दा सौगात मल्ल जस्ता थियटरमा समेत राम्रो अभिनय गरेर आएका कलाकारले यसमा अभिनय देखाउने मौका नै पाएका छैनन्।
बसमा बेहुली बन्ने सृष्टि घिमिरेको यो पहिलो फिल्म हो। तर उनले ज्यादै राम्रो, स्वभाविक अभियन गरेकी छिन्। उनको भविष्य उज्ज्वल देखिन्छ। ऋचा शर्माले पनि राम्रो गरेकी छिन्।
फिल्मको सबैभन्दा राम्रो दृश्य मलाई यो लाग्यो- पत्नीलाई प्रेगनेन्ट गराउने जडिबुटी खाएर ३६ घण्टाको समयसीमामा भेट्न आएका हुन्छन् लाहुरे (दयाहाङ राई)। एक्सिडेन्टमा परी घाइते भएकी श्रीमती आशा मगराती बेडमा पल्टिरहेकी हुन्छिन्। यस्तैमा नर्सले ‘तपाईँहरुको बच्चा चाहिँ बचाउन सकिएन’ भन्दा देखिने कन्फ्युजन, पीडालाई एकै साथ प्रस्तुत गरिएको ज्यादै मन छुने छ।
[यो ब्लग साह्रै लामो भएकोले ‘यसकारण बुझिएन हाइवे’भन्दै फिल्मका नबुझिने कथा खोतलिएको अर्को ब्लग बेग्लै राखेको छु। यहाँ क्लिक गर्नुस्]
दिपक रौनियार चलचित्रको राम्रा समिक्षक त हुन सकेनन् । अनि उनले बनाएका चलचित्र कसरी राम्रो होस् त ? उनले लेखेका चलचित्र समिक्षा कस्तो हुन्छ भन्ने कुरा थाहा पाउन नेपाल समाचार पत्र र हिमाल खबर पत्रिकाको दश वर्ष अघिको पत्रिका हेरे थाहा हुन्छ । रह्यो कुरा हाइवेको उनले मिडियाको दुरुपयोग भने गरेकै हुन् । दिपकलाई आफ्नो चलचित्रप्रति विश्वास थियो भने नि बन्दको प्रोपोगान्डा, नारायण वाग्लेको भनाई, रवीन्द्र मिश्रको क्रेज लगायतका कुरालाई बैशाखी बनाउनु पथ्र्यो ?
I have not read such a film review ever. I have not watched Highway yet, but after reading this review, I will certainly enjoy watching the movie, and contribute more to the reviews.
In response to the Rauniyar’s reaction. I declare that I will definitely watch Highway, BUT in ‘YOUTUBE’ only.
रवीन्द्र मिश्रको क्यारेक्टर जबर्जस्ती फिल्ममा थोपरिएको छ।
— वास्तबमा उनी आफैले आफैलाई थोपर्न मा माहिर छन् l मिडियालाई कसरि प्रयोग गर्नु पर्छ भन्ने मिश्र महोदयलाई राम्ररी थाहा छ l नेता बन्नु पर्ने अभिनेता बने तेसैले चिप्लिए छन् l
रविन्द्र मिश्र जस्ताले यस्तो झूर सिनेमामा खेल्नु महान भूल हो |
— उनी आफै झुर हुन् उनको भूल लाई किन महान बनाउनु हुन्छ ?
पत्रकारिता पेशामा नै लागि रहनु पर्ने मान्छे अब तरुनी हिरोइनसित मौज गर्न पाइन्छ भनेर फिल्ममा लाग्नु अलिक सुहाएन |
— किन नसुहाउनु? उनको विचार अनुसार एकदम सुहाउन्छा l नपत्याए नागरिक दैनिक मा नम्रता श्रेष्ठ को विडियो काण्ड को समर्थन मा उनले त्यसताका लेखेको लेखलाई सम्झनुस l
मलाई त सालोक्य जी को समिक्षा एक दम राम्रो लग्यो. Salokya ji, ever best analysis of the movie. This sort of feed back if positively taken by film maker and corrected themselves, I believe future nepali movie can be par to international movie presentation wise and story wise.
Two thumbs up for the critical analysis of the movie.
आज को Nagarik पत्रिका मा यो फिल्म धेरै राम्रो bhanera राम्रो लेख लेखेको छ. सायद सोवित बस्नेत जस्तो झूर डाइरेक्टर ko फिल्म हेर्ने बानि भएको लाई यस्तो फिल्म नराम्रो laagna स्वाभाविक नै हो . aafno ruchi को फिल्म नभए पनि फिल्म नराम्रो लग्न सक्छ. तर सुने अनुसार फिल्म राम्रो बनेको cha
सुनेका भरमा कुरा नगर नानु! तिम्ले भनेको पत्रिका फिल्म सुरु हुनुभन्दा अगाडि मिडिया पार्टनरको रुपमा देखाइन्छ। अर्थात् त्यो पत्रिका र त्यसका पत्रकार हाइवेले किनिसकेको छ। म सोभित बस्नेतलाइ राम्रो भन्दिनँ तर माफ गर तिम्रा आइडियल निर्देशक रोनियारले जति झुर फिल्म उनले बनाएका छन् छैनन् केलाउनै पर्छ।
मैले हाइवे हेरेको छैन र तपाँइको रिभ्यू हेपाहा लागेकोले पूरै पढ्ने कष्ट गरिँन। फिल्ममा तपाँइले भनेजस्तो टन्न shortcoming हरू होल्न, फिल्म नहेरी मैले भन्न सक्ने कुरा भएन। तै पनि १-२ कुरा भन्न मन लाग्यो।
अङ्ग्रेजीमा एउटा भनाई छ to break the rules you have to know them. जम्प कट फिल्ममा १-२ पटक प्रयोघ भएकोभए गलती भन्न मिल्थ्यो होला, तर धेरै पटक भएकोले सायद त्यो stylistic होला। मैले पढेको कतिपय अङ्ग्रेजी फिल्ममा full sentence को प्रयोग भएको हुँदैन, तर लेखकलाई फूलस्टप प्रयोग गर्न आँउदैन की भनेर कसैले प्रशन गर्दैन। दीपक रौनियार निर्दैशन गर्न शूरू गर्नू भन्दा पहिला फिल्म edit गर्थे, पक्का उनलाई एडिट गर्न आँउछ। Let’s not criticize for the sake of it.
Second, हाइवे र Short Cut जस्ता एकभन्दा बढी story-line भएका फिल्म कति छन् कति। मैले हेरेका मध्ये केही New York, I love you (2009) र After Sex (2000) and (2007) हुन्। एकभन्दा बढि story-line follow गर्यो भन्दैमा Short Cut बाट चोरेको हुन्छ? Multiple story-line फिल्ममा मात्र हैन, कथाहरूमा पनि प्रयोग हुने टेकनिक हो। कसले को बाट चोर्यो भन्ने?
अनि रह्यो ३०० को कुरा। कसैले कसैलाई जबरजस्ती पैसा खर्च गरेर फिल्म हेर्न लागेको थिएन। झन् ३-३०० लाग्ने हलमा जाऊ त भनेकै थिएन। नेपालमा बाहेक कतै दर्शकले पैसा नाश भयो, फर्काऊ भनेर भन्दैनन्। अब हाइवेले गर्दा ३०० रूपयाँ उड्यो भनेर बन्द गर्ने हो की?
थाह च, मेरो कमेन्ट धेरैलाई पच्दैन…
पूरै नपढे पनि चाहिने कुरा पढ्नु भएछ खुसी लाग्यो।
दीपक रौनियार निर्दैशन गर्न शूरू गर्नू भन्दा पहिला फिल्म edit गर्थे, पक्का उनलाई एडिट गर्न आँउछ।
उनलाई आउने नआउने कुरै होइन यो। एडिटिङ फेरि उनले गरेका पनि हैनन्। फिल्ममा एडिटिङ कसिलो मैले नदेखेको हो। कसैलाई व्यक्तिगत रुपमा आक्षेप लगाउनै पर्दैन।
जम्पकटको विषयमा मैले माथि नै भने अनुसार जम्पकट editing को convenience को लागि use गरिएको छ। physical aspect मा टुक्रा काट्नु मात्र जम्पकट हैन। psychological aspect मा देखाएको भए मैले यसलाई शैलि मान्थेँ होला। तर मैले त्यस्तो पटक्कै देखिनँ।
अर्को मैले ‘Short Cut बाट चोरेको’ जस्तो सस्तो शब्द प्रयोग गरेको छैन। पूरै पढ्ने कष्ट नगरेकोले यसो भएको होला। सर्ट कटबाट प्रभावित भएको जस्तो देखिन्छ भनेको हुँ। त्यो फिल्ममा जसरी धेरै कथालाई पनि राम्रोसँग ह्यान्डल गरी सबैलाई पूर्ण देखाइएको छ, यसमा हुन सकेन भनेको हुँ।
रह्यो, ३ सयको कुरा। ३ सय रुपियाँको कुरा त मैले कतै गरेकै छैन। पूरै पढ्ने कष्टै नगरी कमेन्ट लेखेकोले पनि हुनसक्ला। ३ सयको कुरा कताबाट आयो, एकचोटी पूरै पढ्नुस् ल।
अनि नेपालमा बाहेक कतै दर्शकले पैसा नाश भयो फर्काउ भन्दैनन् भनेको सुन्दा चाहिँ साँच्चै पैसा फर्काउनु पर्छ भनेर चिन्तै लिए जस्तो देखियो। त्यो त दर्शकले आक्रोश व्यक्त गर्ने शैलि पो त
यी यहाँ हेर्नुस् त इन्डियामा नि भन्छन्-
http://hamaraphotos.com/bollywood/scoops/kisse-pyaar-karoon-give-me-my-money-back.html
अनि इन्डियाभन्दा बाहिर नि
http://www.cinemaclock.com/reviews/bru/Moncton/19213/Paranormal_Activity/1951989/sentenza99.html
http://horror.about.com/od/theatricalhorrorreviews/fr/The-Last-Exorcism-Movie-Review_2.htm
तेसो भए “हाइवे” त बास्तवमा निद्रा लागेन भने फिल्म हलमा गएर “हाई”….”हाई” ….गर्ने “वे” पो रहेछ. निद्रा माथि को नयाँ प्रयोग होला. हामी जस्ता भाराभुरे हरुले के बुझ्नु ??? ठुला ठुला प्रयोगहरु.
सलोक्यलाई धन्यवाद. कमसेकम मेरो त सेभ भो;- टाईम-मनी. कही नभाको पैसामा बिना साहित्यिक, सांगीतिक हावा ट्राइ गरेर नि हुन्छ- ‘हाइ वे’? हल्ला सुनेर म पनि झन्डै-झन्डै गइ सकेको के..!!
विश्वका कहीँ कतैको चलचित्र वा पुस्तकको समिक्षाहरु हामीले हेर्यौं भने ती असामान्य हुँदैनन् अर्थात फिल्म वा पुस्तकको वास्तविक साँचो समिक्षा गर्नु सामान्य काम होइन । विश्वमा अहिले दूई शक्तिशाली सामाग्रीहरु छन् भने केवल चलचित्र र पुस्तक नै हुन् । यीनले समाज, विज्ञान, सभ्यता, कला सबै क्षेत्रलाई समेट्दछ । यस्ता गहन विषय क्षेत्रको समिक्षा सामान्य मानिसले सामान्य ज्ञानको आधारमा गर्न सक्दैन । जस्तो चलचित्र हलमा गयो, एकाध घण्टा समय वितायो र घर आएर लेखिएको फिल्मी आलेख त्यो समिक्षा अवश्य हुन सक्दैन ।
चलचित्र वा पुस्तकको समिक्षा गर्न यस क्षेत्रलाई विगत लामो समयदेखि नजिकबाट नियालीरहेको हुनुपर्दछ । यस क्षेत्रको गहिरो अध्ययन र ज्ञान हुनुपर्छ । तवमात्र यस क्षेत्रको सही र तथ्यपरक समिक्षा बाहिर आउँछ ।
लेखक सालोक्यजीसँग मेरा केही अससझदारीहरु छन् । जसले जे भने पनि नेपाली चलचित्र क्षेत्रको एउटा इतिहास छ । बलिउड र हलिउडसँग दाँजोमा आउन नसकेपनि नेपाली भूमिमा यस क्षेत्रको आफ्नो योगदान छ । यस्तो लामो इतिहासको बीच चलचित्र हाइवे ले अन्तरष्ट्रिय प्रदर्शनीको मौका पायो । यो आफैमा गौरवान्वीत विषय हो । सालोक्यजीको समिक्षाले त बर्लिन फिल्मका छनौट कर्ताहरुलाई नै मूर्ख बनाइदिनु भयो यानिकी तपाईको समिक्षा अनुसार त यो फिल्म कसरी अन्तरष्ट्रिय तहमा पुग्यो भन्ने छ ।
भ्रम निवारण होस्, म समीक्षक हैन। यो फिल्म समीक्षा पनि हैन। म सामान्य दर्शक हुँ र माथिको ब्लगमा मैले फिल्म हेरिसकेपछि मलाई लागेका कुरा पोखेको हुँ। फिल्म समीक्षा दिग्गजहरुले गर्ने काम हो। दर्शकको स्तरबाट गरिएको यो टिप्पणी कसैलाई ‘फिल्म समीक्षा’ जस्तो लागेको भए माफी चाहन्छु।
सालोक्य जी,
मैले अहिले सम्म पढेका फिलिम समिक्ष्या हरु मध्ये पत्र पत्र केलाएर, सुक्ष्म बिस्लेशन भएको यो नै प्रथम समिक्षा हो अझ यसमा त कुन कमजोरी कसरि भयो र तेस्को समाधान यसरि हुनुपर्थ्यो भनेर सम्बोधन समेत भएको हेर्दा तपाईं खुंखार बिज्ञं समिक्षक जस्तो पो लग्यो त 🙂
हुन त रबिन्द्र मिश्र ले फेसबुक मा निकै प्रचार गरेका थिए | वोली पर्सि युट्युब मा आयेसी हेर्नु पर्ला 🙂
सालोक्य जी! नेपाली फिल्मको बारेमा आफुलाई मन परेको र मन नपरेको कुरा लेख्नै हुदैन! यो लेखमा तपाइंले आफ्नो एकदम बेक्तिगत कुरा लेखिएको पो होत! नेपाली फिल्म-सम्बन्धित् मानिसहरु तेसै रिसाउलान है फेरी!
हा हा दिग्गज कसरी बिक्छन् भन्ने कुरा यो प्रकरणले देखाइसक्यो। फेसबुक र ट्विटरमा क्रिटिकल स्टाटस राख्ने धेरैले हाइवेको टिसर्ट दिइएको छ। तिनलाइ निर्देशक दीपक रौनियारको निवासमा भोज सहित फिलम देखाइएको भन्ने कुरा गलत हो भन्ने तागत निर्माण पक्षसँग छ ? ठूला मिडियालाइ पैसा खुवाएर अफिसियल मिडिया किनिएको हैन भनेर भन्ने तागत निर्मातासँग छ ? पहिलै बिकिसकेके पछि एत्रा लेख्छन् ठूला मिडियाका कथित समीक्षक भनाम्दाहरुले। केही ठूला मिडियाले तिनको पैसा वसुल गरेका हुन् समीक्षा गरेका हैनन् भनेर अब कसैबाट छुपेको छैन। ती फगत हाइवेका तलबी कार्यकर्ता हुन् समीक्षक हैनन्। अर्को कुरा चाहिँ चलेका मान्छेलाइ सोल्टीको मेघामल्हारमा जाँड खुवाएर फिलम देखा र तिनको मुख थुन्ने कोसिस पहिलै भएको छ। बाँकी हामीजस्ता सर्वसाधारणलाइ चारैतिरबाट घेराबन्दी गरी रनभुल्लमा पारेर बडप्पन देखाउने काम भइरहेको बेला माइसन्सारमा आएको यो विषय निकै तथ्यपरक छ। सुनेअनुसार ट्विटर र फेसबुकमा हुने बहस दमन गर्न समेत तलब खुवाएर मान्छे परिचालन गरिएको अवस्थामा धन्न सालोक्य लाइ किन्न सकेनछन्। झुटमुट विज्ञापन गर्नेलाइ कारवाही हुन्थ्यो भने हाइवेका समीक्षक दीक्षित यतिबेला जेलमा हुन्थे। तर मिडिया क्षेत्रका वाइसिएल रौनियरा दीक्षितलाइ कसले छुने ?
मैले आज सम्म पढेको फिल्मी समिक्छ्या मध्ये सबैभन्दा उत्रिस्ट समिक्छ्या यो लाग्यो! र एकचोटी हेर्नु पनि मान्न लग्यो! फेसबुक र पत्रपत्रिका भरि जताततै रबिन्द्र ब्रो ले गरेको हल्ला बेकार जस्तै लग्यो!तैपनि एकचोटी फिल्म हेर्नु पर्ला! नाम दाम कमाउन आफ्नो पेसा छोड्नु पर्दैन जस्तो लाग्छ! यो कुरा त भुवन केसी, युब राज लामा हरुले कलाकारिता बाट राजनीतिमा प्रवेश गरेजस्तै त हो नि, रबिन्द्र ब्रो ले प्रचारमा आउन को लागि सिनेमा खेल्नु भएको!!तैपनि बेस्ट अफ लक् टू highway !!
रविन्द्र मिश्र जस्ताले यस्तो झूर सिनेमामा खेल्नु महान भूल हो | जसरि राम कृष्ण ढकाल फिल्म मा खेल्ने भएर सुपर फ्लप भए अब मिश्र जी को पालो आए जस्तो छ | पत्रकारिता पेशामा नै लागि रहनु पर्ने मान्छे अब तरुनी हिरोइनसित मौज गर्न पाइन्छ भनेर फिल्ममा लाग्नु अलिक सुहाएन | तर जे होस्, लाइन चेन्ज गर्न खोज्नु भएको हो भने प्रयास राम्रै होला | हिरो चाहिं सुहाउन्दैन होला, बरु यसो दाइ, भाइ, बाउ, काका, मामा को रोलमा फिट हुनु हुन्छ कि ? गुण्डा बने पनि त हुन्छ ….शत्रुघन सिन्हाले जस्तो बलात्कारी रोल पाए झन् राम्रो | मिश्र जी लाइ अनुरोध ….फिल्म तिर नलाग्नुस, भएको साख पनि जाला |
अब पत्रकार र सञ्चारमाध्यमहरुकै मान्छे हरुले बनाए पछि किन प्रचारप्रसार गर्नु चुक्नु नी। मलाई त लुट हेरेर यो हाईवे पनि दामी होला भन्ठानेको थिए प्राय पात्रहरु उही छन भनेर, अब त हेर्न गईन्न। निर्देशक जो पत्रकार न हो, अलिकति चलचित्र निर्देशक भए पनि ठिक रहेछ भन्नु मिल्थ्यो त। जे होस समिक्षाबाटै थाहा भो यो फिल्म आलुजस्तो रहेछ भनेर, धन्न पैसा जोगिएछ अब जोगिएको पैसाले पेट्रोल किन्न जान्छु।
सेवाग्राहीले लिने सेवा र सेवाप्रदायकले दिने सेवाको रकमान्तर मिल्दो हुनुपर्छ । गलत प्रचार बाजी गरेर फिलिम चलाउने बाहनामा दर्शकलाई आकर्षण गर्नु उपभोक्ता मैत्री छ्रैन तयसैले यस विषयमा सरोकारवालाको ध्यान जानुपर्छ ।
पांच वटा फरक कथालाई एकै ठाउँमा थोपरेको फिल्म . बरु यी पांच कथालाई एक पछी अर्को फिल्म बनाउंदै highway -1 , highway -2 …….. गर्दै प्रदर्शनमा ल्याको भए कत्ति गज्जब हुन्थ्यो
चलचित्रमा जे छ त्यो कुरा गर्दा दर्सक हलमा जानै नमान्ने अनि के गर्नुत .मर्नु भन्दा त बौलाउनै निको ………..
एकदम राम्रो र तथ्यपरक समीक्षा। वास्तवमा हाइवे ले हाम्रो पैसा मात्र धुत्ने काम गरेको छ। QFX मा आजसम्म मैले हेरेका नेपाली फिल्ममध्ये सबभन्दा झुर फिल्म यही हो। यसका निर्देशक दीपक रौनियार भन्ने मान्छेको दिमाग ठिक छ छैन ? फिल्म हेरेर निस्केपछि एक पटक भेटेर पैसा फिर्ता माग्न मन लाथ्यो। अझ निर्माता खै के दीक्षित भन्दैथिए- हाइवे मसलेदार फिल्म हैन, फरक खालको हो। एत्रा हुन्छ फरकधारको। बिना सन्दर्भ ऋचा शर्मा नाङ्गिएको दृश्य पनि कथाले नै मागेको होला फरकखालको हाइवेमा 🙂 क्राइम र सेक्सबाट अछुत नरहेको यो फिल्म सल…ल बग्ने सोझो (घुमाउरो) हाइवे हैन वे नै नभेटाएको झाडी हो।
Dear frinds, its reality,
High way is not complete film , its a Confusing drama, its a only meadia campaign and propaganda.
तेसो भए “हाइवे” त बास्तवमा निद्रा लागेन भने फिल्म हलमा गएर “हाई”….”हाई” ….गर्ने “वे” पो रहेछ. निद्रा माथि को नयाँ प्रयोग होला. हामी जस्ता भाराभुरे हरुले के बुझ्नु ??? ठुला ठुला प्रयोगहरु.
आफुले त हेरिएन न कुनै सामाजिक संजालमार्फत यस्को कुरोमा चासोनै राखियो। कुनै बेला सारैनै प्रचार देखेर “हैन लत्तोनै छाडेर किन कुर्लिन्छौ? पहिले एक दुइ दिन दर्शकको प्रतिकि्या हेरेर उफ्रन हो। राम्रो भय दर्शक आफैले उफारिदिन्छन।” भनेर लेखौकि जस्तो लाग्या थियो। तर के गर्नु सधै सकारत्मक प्रचारमात्रै देखियो। अनि त “यो माडसाप सधै नकारात्मक कुरो मात्रै गर्छन।” भनेर ठुस्स पर्लान भन्दै चुप लागियो।
यो त नेपालि “राष्ट्रियता, बिस्तारबादको” बिषयमा नेताहरु टुडिखेलमा बुर्कुसि मारेर अन्तमा थाङनामा लडेजस्तो पो हो कि???
सालोक्य जी चाँही कहिले फिलीम रिलिज होला र त्यसको काम तमाम गरौँला भनेर बसे झैँ पो देखियो। समिक्षा भन्दा पनि यो लेख चाँहि आलोचनात्मक मात्र भयो जस्तो लाग्यो है मलाई चाँहि। फिल्म रिलिज भएपछि निर्देशकले ” दर्शकले फिल्म बुझेनन्” भनेर गफ हान्दा चाँहि अलिअलि रीस र धेरै चाँही हाँस उठेको थियो मलाई पनि। त्यसैको रीस पोख्नु भा’को हो कि? केहि न केहि त राम्रो पक्ष नि होला नि हो? हिन्दि र अँग्रजीका राम्रा फिल्म जत्ति नहोला तर अहिले बन्दै गरेका नेपाली फिल्महरुसँग तुलना गर्न सकिन्थ्यो; कम्तिमा फरक बिषयमा फिल्म बनाउन खोजेको कुराको प्रशँसा गर्न त सकिन्थ्यो।
हलो नदेखेको लाई जोत्ने गोरु दाइजो दिनु भएको यहि हो….!
प्रस्ट, कत्ति राम्रो समिक्ष्या गरेको तपैले, मन छोयो !
It is obvius. हामीले फिल्म बनाउँदा हिन्दि फिल्मको नक्कल गर्ने हो/ शायद हिन्दीमा यस्तो चलचित्र बनिसकेको थिएन होला र त्यसैले बनाउने मान्छे लाई सारै गार्हो पर्यो/ नेपाली चलचित्र बनाउनेको समस्या पनि बुझिदिनु पर्यो नि.
साथीहरुले शाहरुखको रावन स्टाईलमा प्रचार गरेका छन् ।। तर म पक्का थिएँ र छु यो फिल्म केहि बर्ष पछि घरमै हेरिन्छ ।। शायद बर्ष पनि नलाग्ला केहि महिना पछि
सबै कमेन्ट र एनालिसिस पढ्दा सबैभन्दा मन खाएको कमेन्ट- “यो फिलिम हेर्दा स्टोरी राइटरलाइ माइक दिएर छेउमा राखेर हेर्नुपर्छ”
मैले पुरै फिलिम त हेर्ने मौका पाएको छैन। तर यो ब्लग पढेपछि र फेसबुकमा थुप्रै कमेन्ट पढेपछि फिलिममा त्यतिसारो प्रचार गरेजति दम होला जस्तो चाही लागेन। तर सत्य कुरा के हो भने टेक्निकल र प्रोफेसनल कुरा २ थरि हुन्छन। सायद रौनियार टेक्निकल्ली ठिक थिए तर फिलिममा प्रोफेसनालिज्म दिन नसकेका हुन् कि।
फिल्म बनौनी इन्तेरेस्ट भन्ध नि पैसा उसुलनी इन्तेरेस्ट भएपछि येस्तई हुन्छ. बस्ताब मा भन्ने हो भंने राम्रो फिल्म को मार्केट र दर्शक हरु नभएका होइन नेपाल मा . एसको उधाहरण लूट फिल्म ने धेखई सकेको छ. हामीले भोजपुरे फिल्म बाट सिक्न सक्छौ, भोजपुरे फिल्म लै हिन्दि फिल्म को धुलो कोमेप्तिओतिओन् छ तैपनि तिकेकै छ इंडिया मा, राम्रो पैसा र मनोरन दियेअकै छ भोजपुरे फिल्म ले.
कच्चा बैद्यको मात्रा यमपुरीको यात्रा भन्थे बाजे बराजुहरु यहि रैछ कि क्या हो // सिंगापुर हिडेका हाम्रा निर्देशक महोदयलाई अ. जा. सु. ( अति जान्ने सुन्ने ) नामको नया रोग लाग्दा जीतपुरमै ठेस लागेछ हत्तेरिका !!!
हो भन्या !!! अत्ति प्रचारबाजी गर्यो … ticket बेचेर पैसा कमाउन लाइ
हाहा ! कस्तो अचाम्मखाले तर्क | फिल्म धेरै प्रचारले गरेर नराम्रो कि कथा झूर भएर? फिल्म समाज सेवा हैन, व्यापार हो; त्यो पनि capital intensive व्यापार | फिल्म बनाउदा निर्माताले कुस्त पैसा हालेको हुन्छ| अब उसले राम्रो return on investment पाउन धेरै प्रचारबाजी गर्छ र दर्सक तान्न सक्छ भने त त्यो उसको बुद्धिमानी हो|
सिनेमाको बारेमा न पढेका र तालिम पनि न लिएका मानिस हरु नेपालमा फिलिम बनाउन्छन् निर्देसक वा कलाकार जो सुकै पनि बिदेस जाने बेलामा दलाल ले पैसा खाएर अलपत्र परे पछी या त फिलिम तिर लाग्छन या राजनीति तिर तेही भएर एस्तो भाको होला niii
जर्मनी समीक्षकले हाइवे फिल्म खतम छ भनेको तेतिकै होइन रहेछ नि 🙂
भने पछि रुपैया ३००(प्राय नेपाली जनता को २ दिन को कमाई) जोतमा चुना लागो हैन त ….?????
Highway film हात्ती आयो हात्ती आयो फुस्सा भएछ | फरक बनाउदैमा राम्रो हुँदैन भन्ने चेतना भया |