सर्वोच्च अदालतले साउन ३० गते नै पूर्व मन्त्री तथा नेपाली काङ्ग्रेसका नेता खुमबहादुर खड्कालाई भ्रष्टाचारी ठहर गर्दै जरिवाना र कैद सजाय तोकेको भए पनि यत्रो दिनसम्म उनी आफ्नै घरमा थिए। यसबीच नेपाली काङ्ग्रेसको केन्द्रीय समितिले उनको पक्षमा एउटा वक्तव्य जारी गर्यो र समर्थकहरुले हिजो दाङ जिल्ला बन्द गरे। आज चाहिँ उनी अदालतमा उपस्थित भएका छन्… Continue reading
साना भ्रष्टाचारीले दिएको दुःख
-गणेश गुरुङ- ठूला भ्रष्टाचारीहरुले दिएको दुःख त तपाईँ हामी सबैलाई थाहै छ। हिजै मात्र खुमबहादुर खड्कालाई सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गरी सजाय दिएकोमा समर्थकहरुले दाङ जिल्ला बन्द गरे। यहाँ म ठूला भ्रष्टाचारीको हैन, साना भ्रष्टाचारीको कुरा सुनाउन गइरहेको छु। यस्ता साना भ्रष्टाचारी, घुसखोरीले तपाईँ हामीलाई एकदमै सताइरहेको हुन्छ। महोत्तरी जिल्लाको जलेश्वरमा राष्ट्रिय वाणिज्य बैँक रहेको… Continue reading
महेश बस्नेतलाई ‘राक्षस’ भन्ने डिएसपीको सरुवा
फेसबुक स्टायटसमा एमाले भ्रातृ संगठन युवा संघ, नेपालका अध्यक्षलाई सार्वजनिक रुपमा ‘राक्षस’ भने वापत् डिएसपी दीपशमसेर राणाले सरुवा खानु परेको छ। खासमा यो कारबाही त हैन, सरुवा नियमित प्रक्रिया अन्तर्गत नै पर्छ। तर प्रहरीको मुख्य घटना सहायता कार्यदल जस्तो महत्त्वपूर्ण ठाउँबाट ट्राफिक निर्देशनालयमा सरुवा गरिनु अप्रत्यक्ष रुपमा कारबाही नै हो भन्ने चर्चा प्रहरीभित्रै चलेको छ।… Continue reading
यौन दुर्ब्यवहारले निम्त्याएको बर्बादी
-अमृता लम्साल- सन् २०१२ को जुलाई २२ को दिन अमेरिकाको पेन्सेलभेनिया राज्यस्थित युनिभर्सिटी, पेन–स्टेटको बिभर स्टेडियमको हातामा कुनै बेला गर्वका साथ ठड्याईएको जो पेटार्नोको सात फुट अग्लो प्रतिमा निकालेर स्टेडियमको वेयर–हाउसमा थन्क्याईयो। आफ्नो जीवनको ४६ बर्ष कलेज फुटबलको कोच रहेका उनले, पेन–स्टेटलाई आफ्नो नामको पर्याय नै बनाइदिएका थिए। उनले गरेको योगदानको कदर गर्दै सन २०११… Continue reading
बादले भण्डार (क्लाउड स्टोरेज)
-कमल क्षेत्री- जबदेखि फोटो, डकुमेन्ट, भिडियो र अरु मीडियाहरु डिजिटल भए, यिनीहरुलाई स्टोर गर्न डिजिटल उपकरणहरु नै प्रयोग हुनथाल्यो। जस्तै कम्प्यूटरको हार्डडिस्क, मेमोरी कार्ड, सीडी, डीवीडी, पेन ड्राइभ, आदि। तर यी सबैको १०० % भरोसा भने नहुन सक्छ। तपाईँको मोबाइल पानीमा खस्यो भने ? मेमोरी कार्ड बिग्रिन्छ। कम्प्यूटर हिजो राम्रै बंद गरेको तर आज खोल्दा… Continue reading
हेल्मेट बोकेर बसमा रिङरोड परिक्रमा
भएको मोटरसाइकल कलंकीको एउटा छेउमा अड्याएर हेल्मेट बोकी कसैले २५ रुप्पे तिरेर बसमा रिङरोड घुम्छ? अस्ति-अस्ति भए मान्छेले ‘पागल’सम्म त स्योर भन्थे होला। अहिले भने अचम्म मान्नुपर्दैन, ‘रहर’ हो यो। काठमाडौँमा शुक्रबारदेखि राति ३ घण्टा नाइट बस चल्न थालेपछि बस चढ्नै छाडिसकेका मान्छेहरु नि यस्तो रहर गरिरहेका छन्। हिजो हामी केही साथीहरु राति यस्तो बसमा… Continue reading
फागुनमा चिट्ठी पठाएर साउनदेखिको काम
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एउटा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र रहेको छ। यसको काम स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु सञ्चार माध्यममा प्रचारप्रसार गर्नु हो। त्यसै क्रममा यसले नेपाल टेलिभिजनबाट केही कार्यक्रम प्रसारण गर्ने गर्छ। यी कार्यक्रमको प्रभावकारिता बारे बुझ्न एक जना अनुगमनकर्ता राख्ने सम्झौता नेपाल टेलिभिजन र केन्द्रबीच भएको रहेछ।
कथाः मेरो सर
-पी. आर. गिरी- आज फेरि दोश्रो पल्ट मैले उसको मिठो मुस्कान देखें। आफ्नो ह्याण्डब्याग भूइँमा पनि नराखी म उसको कम्मरमा बाँधिन गएँ। म मजाले सल्बलाएँ, उसको घाँटी, ओठ, आँखा, कानमा मेरा ओठहरु लेपिए। केही समय म आफ्नो समुन्द्रमा डुबें; तर उसलाई केही भएन, मेरो स्पर्शले; म मजाले मातिएँ तर ऊ चुपचाप मलाई मिठो मुस्कान दिइरह्यो;… Continue reading
डाक्टर गोविन्द केसीलाई बचाऊ !
[अपडेट शनिबार दिउँसो ३: अन्ततः नैतिकताको विजय भएको छ। केसीको माग पूरा हुने भएको छ। चिकित्सा शास्त्र अध्ययन संस्थानको डिनमा डा. प्रकाश सायमि नियुक्त भएका छन्। उनी तुलनात्मक रुपमा स्वतन्त्र छविका हुन्। केसीको अनसन तोड्न जुस खुवाउन शिक्षामन्त्री गएका छन्।] त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पतालमा राजनीतिक भागवण्डाबिना वरिष्ठताका आधारमा डिन नियुक्त गर्नुपर्ने मागसहित आमरण अनसन बसेको… Continue reading
यस्तो रह्यो नाइट बसको पहिलो यात्रा
६ महिना लामो प्रयासपछि आज रातिदेखि सुरु भयो काठमाडौँमा नाइट बस। यो बसमा पहिलो रातै यात्रा गर्ने इच्छा आज पूरा गरेँ। काठमाडौँको भित्री सहरको यात्रा गर्ने बसहरु वीर अस्पतालअगाडिबाट छुट्ने भए पनि आज पहिलो दिन उद्घाटन गर्नुपर्ने भएकोले रत्नपार्क, शान्ति बाटिकाअगाडिबाट बस छुट्दै थियो। त्योभन्दा अघि एउटा औपचारिक कार्यक्रम थियो-भाषणबाजीको। उपप्रम तथा स्थानीय विकास मन्त्रालयको… Continue reading
काठमाडौँ शहर, अब नाइट बस चल्छ सरर…
काठमाडौँ शहर नाममात्रको महानगरका रुपमा रहेको तपाईँ-हामी सबैले अनुभव गरेकै हो। वास्तवमा मेट्रोपोलिटन सिटी भन्ने शब्द नै आफैमा लाज मान्नुपर्ने स्थिति थियो काठमाडौँको अवस्था देख्दा। साँझ पर्न पाएको हुँदैन, सार्वजनिक सवारी साधनमा गुन्द्रुक खाँदिए झैँ मान्छे खाँदिनु पर्छ। रात परेपछि त गाडी नै चल्दैन। महँगो ट्याक्सी चढ्नु बाहेक अरु विकल्प हुँदैन आफ्नै सवारी साधन नभएकाहरुलाई।… Continue reading
खुमबहादुर खड्काबारे कङ्ग्रेसले के भन्यो?
श्रावण ३२, २०६९ प्रेस विज्ञप्ति नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक सभापति सुशील कोइरालाको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी.नगर, ललितपुरमा बस्यो। आजको बैठकमा नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु— डा. रामशरण महत, महेश आचार्य, नरहरि आचार्य, पूर्णबहादुर खड्का, बालकृष्ण खाँण, दीपकुमार उपाध्याय, रमेश रिजाल, डा. मिनेन्द्र रिजाल, डा.… Continue reading
जर्मनीमा मेडिसिन पढ्ने विचार गर्नुभा’छ? यो पढ्नुस्
-विश्वास चाम्लिङ/बोन,जर्मनी- महिनामा लगभग एक दर्जन इमेल र फोन आउँछ र प्रश्न केवल एकै किसिमका हुन्छन्। त्यहाँ त मेडिसिन पनि सित्तैमा पढ्न पाइन्छ रे नि हो? सबैको तुरून्तै जवाफ फर्काउन नसकेपनि ढिलोछिटो लेख्ने गर्छु। तर नेपाली दाजुभाइहरुले नबुझि विदेशिंदा पाउनुभएको हन्डरको समाचार दिनै जसो आइरहेको अवस्थामा म आज यो विषयलाइ पनि समसामयिक ठान्दै सार्वजनिक रूपमा… Continue reading
ठूला मान्छे मुछिएका भ्रष्टाचार कान्डमा यस्तो हुने रैछ
-नारायण मानन्धर, एन्टी करप्सन एक्सपर्ट- ठूला मान्छेहरु मुछिएका (हाइ प्रोफाइल) भ्रष्टाचारका मुद्दाको टुङ्गो लाग्न कति वर्ष लाग्दो रहेछ ? कस्तो खालको सजाय अदालतले दिने रहेछ ? आउनुस् भर्खरै सर्वोच्च वा विशेष अदालतले फैसला सुनाएका केही मुद्दाहरुको विश्लेषण गरी हेरौँ। १)चिरन्जीवी वाग्ले, पूर्वमन्त्री, नेपाली कङ्ग्रेस मुद्दा प्रक्रियाः अख्तियारले सन् २००० को मार्च १६ मा मुद्दा दर्ता… Continue reading
के-के गुम्यो खुमबहादुर खड्काको?
सर्वोच्च अदालतका न्यायाधीशद्वय कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको इजलासले आज गरेको फैसलापछि पूर्वमन्त्री खुमबहादुर खड्काको के के गुमेको छ त? – इज्जत (भ्रष्टाचारीको कलंक अब उनको निधारमा सदाको लागि रहनेछ) – करिअर (अबको उनको राजनीतिक करिअरमा विश्राम लागेको छ। भ्रष्ट नेताहरुले नयाँ कानुन ल्याएमात्रै, नत्र त न उनी चुनाव उठ्न पाउँछन्, न मन्त्री, प्रधानमन्त्री लगायत… Continue reading
नेताहरुलाई अदालतले किन माया गर्छ?
अन्ततः कङ्ग्रेस नेता खुमबहादुर खड्का पनि भ्रष्टाचारी नै ठहर भए। भ्रष्टाचारी भन्यो भने देशभर आन्दोलन चर्काउँछौँ भनेर कङ्ग्रेस नेता र कार्यकर्ताले थर्काउन खोजे पनि अदालतले आफ्नो स्वतन्त्र छवि कायम राख्यो। तर भ्रष्टाचारका मुद्दाहरुमा अदालतका फैसलाहरु हेर्दा नेतालाई किन धेरै माया गर्छ जस्तो लाग्नु स्वभाविक हो। अब हेर्नुस् न, सर्वोच्च अदालतले आज खुमबहादुर खड्कालाई ९४ लाख… Continue reading
खुमबहादुर भ्रष्टाचारी ठहर
सर्वोच्च अदालते पूर्व मन्त्री तथा कङ्ग्रेस नेता खुमबहादुर खड्कालाई आज भ्रष्टाचारी ठहर गरेको छ। सर्वोच्चले ९४ लाख ७४ हजार १ सय २३ रुपियाँ पदमा रहँदा भ्रष्टाचार गरेको ठहर गर्दै त्यति रकम जफत र त्यति नै रकम जरिवाना गर्ने सजाय सुनाएको छ। त्यसैगरी उनले डेढ वर्ष जेल पनि बस्नु पर्नेछ। एक वर्ष भ्रष्टाचार गरेकोमा र ६… Continue reading
यस्तो पनि हुँदो रैछ
भूगोल र इतिहासबारे ज्ञान नभएको कुनै अज्ञानीले भनेको भए पो, बेवास्ता गर्नु, यहाँ त एउटा नाम चलेको कम्पनीलाई आएको सिपिङमा समेत यस्तो आपत्तिजनक कुरा पो लेखिएको रहेछ। माइसंसारलाई प्राप्त सिप्रदी अटो पार्टसको नाममा एउटा सिपिङको फोटोमा स्पष्टसँग पाउनेको ठेगानामा सहर काठमाडौँ, राज्य नेपाल र देश भारत लेखिएको छ। सिप्रदी अटो पार्टस् टाटा मोर्टसको स्पेयर पार्टस्… Continue reading
कतारमा नेपालीले नेपालीलाई छुरा हाने
विदेशी भूमिमा नेपाली ‘डन’को आतंक -रवि रोषी, दोहा- अस्ति शुक्रबार कतारको औद्योगिक क्षेत्र सनैयाको ४१ नम्बर स्ट्रीटमा नेपालीले नै नेपालीलाई छुरा हानेको अप्रिय घटना सुन्नुपर्यो। २० जनाको समूहमा आएका एकजनाले म दोहाको डन भन्दै थर्काए- लंगुरबुर्जा खेलाउन नदिने को हो? यत्तिकैमा खोटाङ जिल्लाका नाम नखुलेका एक जनाले लुकाएर राखेको छुरी झिकेर सर्लाहीका नारायणदास श्रेष्ठलाई अन्धाधुन्ध… Continue reading
यौन दुर्व्यवहार गरेको आरोपमा अमेरिकी प्रहरीको फन्दामा नेपाली
नाबालिग (१५ वर्ष)लाई अनलाइनमा सेक्सका लागि फकाएको आरोपमा ४२ वर्षीय एक नेपाली पुरुष अमेरिकी प्रहरीको फन्दामा परेका छन्। नेपालमा भए खासै गहन अनुसन्धान नहुने यस्तो खालको अपराधलाई अमेरिकामा गम्भीर रुपमा लिइन्छ। व्यवहारमा जस्तो भए पनि नेपालमा कानुनतः एडल्ट पोर्नोग्राफी पनि गैरकानुनी हो। अमेरिकामा एडल्ट पोर्नोग्राफीलाई छुट छ। तर चाइल्ड पोर्नोग्राफी र यौन दुर्व्यवहार, चाहे त्यो… Continue reading