Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हैन, मन्त्री त्रिपाठी कता हराए ?

Posted on July 14, 2012July 14, 2012 by Salokya

भौतिक योजना, निर्माण तथा यातायात व्यवस्थामन्त्री हृदयेश त्रिपाठी अहिले नेपालमा छैनन्। उनको मन्त्रालयको कामचलाउ कार्यभार भंग हुनुअघि नै संविधान सभा भंग हुने भयो भन्दै रुने उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सम्हालिरहेका छन्। त्यसो त यो सरकारै कामचलाउ हो। यो मन्त्रालय त अब डबल कामचलाउ हुने भयो।

मन्त्री त्रिपाठी कता गए, के कामका लागि गए, कसैलाई थाहा छैन। नेपाली साप्ताहिक ट्याब्ल्वाइड पत्रिकाहरुलाई अझै प्रकाश-बिना कान्डलाई फलो गर्दै फूर्सद छैन। अर्को थरि मिडिया चाहिँ सरकारलाई कसरी कर नतिर्ने भन्दै लबिङ गर्दैमा व्यस्त छन्। एक दुईलाई छाडेर सबै मिडियाहरुमा काम गर्ने श्रमजीवी पत्रकारहरुले तलबै पाउँदैनन्, त्यसैले उनीहरु खोजीखोजी समाचार लेख्न उत्साहितै हुँदैनन्। यस्तोमा यो बारे थाहा भएका, सुनेका पाठकहरुले खुसुक्क नबताएसम्म साँचो कुरा थाहा हुँदैन।

मन्त्री त्रिपाठी ‘निजी कामको सिलसिलामा’ मंगलबार फिलिपिन्स गएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बताएको थियो। तर के कस्तो निजी काम हो, उसले बताएको छैन।

निजी काम भनेको कि आफ्नो लागि हो, कि परिवारका लागि। फिलिपिन्समा त्रिपाठीका कोही परिवार छन् जस्तो लाग्दैन। उपचारका लागि जान लागेको भए ‘उपचारको सिलसिलामा’ भनिन्थ्यो होला। फेरि उपचार त सिंगापुर, बैँककमा गर्न जानु पर्ने हो।

देशमा राजनीतिक अन्यौल भएको बेला, बजेटको तयारी भइरहेको बेला सुटुक्क मन्त्री त्रिपाठी फिलिपिन्स किन गएका होलान् ? फिलिपिन्स मै रहेका नेपालीहरुले यसबारे केही थाहा पाउनु भएको छ कि ?

थाहा भएकाहरुले आफूले थाहा पाएको कुरा तल कमेन्टमा लेख्नुहोला, थाहा नभएकाहरु चाहिँ हाम्रो मिडियासरह चुपै बस्नु ठीक होला।

24 thoughts on “हैन, मन्त्री त्रिपाठी कता हराए ?”

  1. एम बि टि मल्ल says:
    July 20, 2012 at 8:56 am

    खै ? चितवन राष्ट्रिय निकुन्ज को भारतीय सिमाना तिर बाटो बनाउ छु भन्थ्यो तेतै तपस्या गर्दै होला ???

    Reply
  2. Rocks says:
    July 20, 2012 at 6:32 am

    छोरी हुनकी बुहारी पनि पढ्न छोडेर फर्की सकिन दुइदीन पहिला फिलिपिन्स बाट

    Reply
  3. नारायण says:
    July 17, 2012 at 3:55 pm

    पक्कै भ्रष्टाचार गरेको पैसा लुकाउन थाईलेण्ड हुदै फिलिपिन्स गयो होला !
    कि सत्ता हल्लिन लाग्यो भनेर दिल्लीको आर्शिरबादको लागि गएको हो !
    कस्तो संग गायव भयो !
    सधै गायब भए कति रमाईलो हगि!

    Reply
  4. Tenjing Gaba says:
    July 17, 2012 at 8:45 am

    खित-खित-खित
    आहा !!!! कस्तो राम्रो समाचार
    मन्त्रि हरायो रे,
    खित-खित-खित
    हे प्रभु यो समाचार सत्य होस् अनि हराएको माल नभेटियोस

    Reply
  5. Rocks says:
    July 16, 2012 at 2:16 pm

    मन्त्रि बुहारीलाई भेट्न फिलिपिन मा, एमडी गर्दै छिन केहि समय पहिले पति पनि आयर भेटेर जानु भएको

    Reply
  6. योगेश आदी, न्यूयोर्क says:
    July 16, 2012 at 8:14 am

    के कामलाई खोज्नु बेकारमा… न भौतिक हुनु, न योजना… न त निर्माण, न तर्जुमा !!

    Reply
  7. bishnu bastola says:
    July 16, 2012 at 2:50 am

    प्रधानमन्त्री हराए त नेपाल मा नेपाली ले बालमत्लब गर्ने बेला मा, के मन्त्रि रे पद पनि भुले, यस्ता हरौदा के को चासो गरेको हो यो mysansar ले/ हरौना दिनु हो हरौना ,नेपाली आमा का कुपुत्र हरुलाई

    Reply
  8. Anuj says:
    July 15, 2012 at 9:17 pm

    He is not in Phil..I was in the airport the day he was supposed to land but tripathiji never landed..

    Reply
  9. Lohani Indra says:
    July 15, 2012 at 5:22 pm

    फिलिपिन्स भनेर दिल्लीपिन्स तिर गाको पो हो कि त !

    Reply
  10. Niraj says:
    July 15, 2012 at 11:57 am

    नेताहरुत सप्पै हराएपनि बाल मतलब….!!! :@ :@

    Reply
  11. Ramesh Neupane says:
    July 15, 2012 at 11:39 am

    कालो धन लुकाउन गयको होला…नत्र जानकारी देर गइहालथ्हो नि…..कामुक भ्रस्टचारी हो यो….नत्र भने दिल्ली तिर प्रभु को आशिर्बाद लिन गको हुनु पर्छ (मैले तेस्तै तेस्तै पनि सुनेको थे दिल्ली तिर एउटा मन्त्रि गको छ रे आशिर्बाद लिन भन्ने )…..सदै उतै हराए झनै राम्रो हुने थो….एउटा भ्रस्टको बोज भने पनि देस लाई कम हुने थो

    Reply
  12. Shamser says:
    July 15, 2012 at 8:23 am

    यस्ता मान्छे भेटिए खेद सधैं हराएको हरयेई भए भने बडी खुसि हुने अवस्था छ नेपाल| एस्ताको कम के कसैले भन्न सक्नु हुन्छा| बरु चोर र ठग मन्त्रि हराउने क्रम बढ्दै गयो भने देश र जनतालाई बोझ त कम हुन्छा|
    हुनत अति भ्रस्ट भएकाले कतै लुटेको सम्पति लुकौना हिडेको पनि हुन सक्दछा|

    Reply
  13. Ravi budhathoki says:
    July 15, 2012 at 3:00 am

    जम्बू मन्त्रिमण्डल, तेही पनि कामचलाउ सरकार को !! एक दुइ जना चुहिएको पनि थाहै नहुने बेला, नेपाली जनता को लागि खुबै राम्रो काम गर्ने व्यक्ति अहो !! भन्ने खाल को भा पो ! असार को लहभरीमा जतासुकै जाओस ………….

    Reply
    1. ramesh says:
      July 15, 2012 at 6:26 pm

      प्रिय मीत्र जम्बो मन्त्रि चै छैन जस्तो लाग्छ मलाई त

      Reply
  14. BIRJU BISTA says:
    July 14, 2012 at 11:38 pm

    यस्ता नेताको काम पनि छैन उतै बसोबास गरेर बसेपनि हुन्छ

    Reply
  15. Subba Vishwakarma says:
    July 14, 2012 at 11:26 pm

    त्रिपाठी जी हराउनु यता बाट माईला दाई पनि युरोप तिर जाने प्रोग्राम बाटो मा भेटघाट हुन्छ कि र नेपाल मा नया घटना हुन पनि सक्छ है. होसियार

    Reply
    1. Raj Sharma says:
      July 15, 2012 at 11:32 am

      बैद्य पनि चीन तिर छन् क्यारे

      Reply
  16. Madhab Bhattarai says:
    July 14, 2012 at 6:06 pm

    सधै हराएको हरायै भए त आनन्दै हुन्थ्यो. नेपाली जनताको रगत पसिनाको कमाईबाट जम्मा हुने कर चुस्ने एउटा “जुका” वा भनौ “सेतो हात्ती” कम हुन्थ्यो. फेला परेयो रे भन्ने खबर सुन्न नपरोस.

    Reply
  17. krishna says:
    July 14, 2012 at 5:45 pm

    छोरि एमडी गर्दै छिन् के र फिलिपिन मा. भेट्न जानु भयोहोला.

    Reply
  18. B.Dhakal says:
    July 14, 2012 at 3:01 pm

    हो पत्रकारहरुले राम्रो पारिश्रमिक पाएका छैनन् तर धेरै जसो उनीहरु दोश्रो आम्दानीको लागि काम गर्छन/ प्राय पत्रिका तथा मेडिया चलाउनेहरु मालिक चाँही अप्रतक्छ फाइदाको लागिको लागि चलाएका हुन् र कम गर्ने लाई थोरै पैसा दिन्छन/ मालिकहरुले धेरै ठुलो फाइदा लीनछ्न / त्येसैले राम्रो र विश्लेषण मुलक शमाचार पर्याप्त हुंदैनन / यो रहश्य पत्रिकाहरुले लेख्ने शाहस गर्दैनन् /

    Reply
  19. dilliram says:
    July 14, 2012 at 2:37 pm

    नेपाल मा एती धेरै मन्त्रि छ कि एक दुइ जना हराए केहि फरक पर्दैन , कसैले थाहा पनि पाउदैन |

    Reply
  20. aditi says:
    July 14, 2012 at 2:15 pm

    भ्रस्टाचार गरेको पैसा राख्न गको हो, अख्तियारले थाहा पाउछ भन्ने डर छ, अर्को पटक मन्त्रि हुँदा सम्पति बुजौदा १० किलो सुन, २ क्विन्टल चादी, भन्ने बिबरण पढ्नु होला स्रोत चाही, ससुरालीको दाइजो, बाउको अंक्स हुनेछ…..कता मरे भ्रस्टचारीलाइ किरा परोस भन्नेहरु….१० करोड उठाउने ह्यंगले छोडेको छैन जस्तो छ………………………….

    Reply
    1. upkar says:
      July 16, 2012 at 12:46 am

      i don’t understand why people don’t appreciate others effort when they try. neither they are govt. body nor strong organisation that works to eradicate corruption. even though they tried their best to make corrupt people feel bad with their slogans. and at last why does your head pain when rabindra mishra tries to raise 10 crore for charity ? have you ever done any little effort to do any good cause. It is easy to comment but we barely do any good things for society. shame on you all 169 people if you liked the above comment after reading the line १० करोड उठाउने ह्यंगले छोडेको छैन जस्तो छ………………………….

      Reply
    2. sumina rai says:
      July 16, 2012 at 8:22 pm

      अदिति जी,
      लाज लाग्नु पर्ने हो हजुरले एउटा भ्रस्ट मन्त्रि संग रबिन्द्र मिश्र हरुले गरेको अलिकति पनि राम्रो कामको फरक देख्न नसक्नु मा.. कृपया सक्नु हुन्छा भने परोपकारी काम मा अलिकति सहयोग गर्नुस, सक्नु हुन्न बिरोध नगर्नुस.. अदिति जी तपाईलाई के थाहा जाडो मा एकसरो लुगा नपाएर मर्ने हरुको पिडा.. तपाइलाई के थाहा जंगलमा कन्दमुला नपाएर भोकै बस्नुको पिडा… कृपया कसैले सानो कपडाको टुक्रा चाहे त्यो फाटेको नै किन नहोस, ति एकसरो लुगा नहुनेलाई दिन्छ भने तेस्को खिल्ली नउडाउनुस, बरु तपाईलाई तेस्तो लाग्छा भने एकसरो सद्दे कपडा दिएर सहयोग गर्नुस………… रबिन्द्र मिश्र हरुले जति सके गरे, र गरिरहेका छन्..ति प्रयास सार्थक नै किन नहोस सम्मान योग्य छन्… धन्य छ तपाइको विचार लाइ र धन्य छ त्यो कमेन्ट लाइ मन पराउनु हुने हरुलाई…

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme