-सी.बी.रायमाझी-
विगत लामो समयदेखि माइसंसारमा म पाठकको रुपमा सहभागी हुँदै आएको छु। तर पनि हालका दिनमा कता-कता आफ्ना अनुभव पनि ती जागरुक तथा उत्साही पाठक र आलोचक, समाचोचक मित्रहरु माझ साझेदारी गरौँ कि भन्ने भएको छ। म नेपाल सरकारको निजामती सेवामा झण्डै ३२ वर्षको सेवा बिताई करिब ३ वर्ष पहिले ५१ वर्षको उमेरमै स्वेच्छिक अवकाश ग्रहण गरेको व्यक्तिको रुपमा आफूलाई परिचित गराउन चाहन्छु। सेवाको लामो अवधिमा हाम्रो प्रशासन तन्त्रमा निहित कतिपय आरोह अवरोधका अनुभव र अनुभूतिहरु साट्दा अवश्य नै यस ब्लगका जागरुक मित्रहरु माझ पनि रोचक विषय बन्न सक्ला कि भन्ने अपेक्षा त हुने नै भयो।
अव विषय प्रवेश गरौँ।
कुरो वर्तमान प्रधान मन्त्री डा. बावुराम भट्टराई अर्थ मन्त्री हुने ताकाको हो। त्यस समय भर्खरै अख्तियारका प्रमुख श्री सुर्यनाथ उपाध्यायको लहडी भ्रष्टाचार उन्मुलन अभियान अन्तर्गत कर र भन्सारका केही चर्चित कर्मचारीहरुको घर घरमा मध्य रातमा छापा मारी गरिएको र अकुत सम्पती फेला परेको कारण प्रायः छापामारीमा परेका सवै कर्मचारीहरु कारवाहीको चपेटामा परी मुद्धाको झमेला खेपिरहेका थिए।
यस्तो बेलामा अर्थ मन्त्रालय सम्हाल्न पुगेका क्रान्तिकारी विद्वान नेताले अर्थ मन्त्रालय मातहतका भंसार र करमा हुने भ्रष्टाचार नियण्त्रणको एउटा फर्मुला अघि सारे त्यो के भने ती अड्डाका कर्मचारीको तलव र सुविधामा तेव्वर बृद्धि गरि दिने। जस अनुसार कर र भन्सार अड्डामा कार्यरत कर्मचारीलाई तलवको २०० प्रतिशत थप भत्ताको व्यबस्था गरियो।
कर र भंसार अड्डामा कार्यरत कर्मचारीको लागि मात्र यो पनि भ्रष्टाचार नियण्त्रणको उद्देश्यसहितको सुविधाको प्रावधान भएकोले थोरै करिब २/३ हजार कर्मचारीले मात्र यो सुविधा पाउने हुँदा यस्ले राष्ट्रिय ढुकुटीमा खासै व्ययभार बढाउने अवस्था पनि देखिएन भने अरु कर्मचारीले पनि यस्मा लोभ गरेनन्। यस व्यवस्थाको सकारात्मक पक्ष के रह्यो भने कर र भन्सारका कर्मचारीलाई अव पैसा भएर पनि खर्च गर्न नपाउने वा लुकेर खर्च गर्नुपर्ने बाध्यता रहेन, छाती खोलेर आयश्रोत देखाउन मिल्ने भयो। यस्ले एकातिर राजश्व असुली लक्ष्य अनुसार पूरा गर्न सम्भव भयो भने अर्को तिर ती कार्यालयहरुमा खुलेआम हुने रकम लेनदेन खास गरी फारम दस्तुर, मेश खर्च र पटके दस्तुर जस्ता साना तिना नाजायज असूली पनि केही समयका लागि रोकिए। राजस्व लक्ष्य महत्वाकांक्षी भए पनि पूरा भयो अर्थमन्त्रीको लोकप्रियता चुलियो। तर हठात् कटवाल प्रकरणसँगै उनको अर्थ मन्त्रीको पद पनि गुम्यो।
बाबुरामजी, अर्थमन्त्रीबाट हटे पनि यो सुविधा हट्ने कुरा भएन तर कर र भन्सारको संसार भने फेरि पुरानै अवस्थामा फर्कियो। ती अड्डाहरु अब झनै आकर्षणका केन्द्र बन्न पुगे। पोखरीमा माछा मार्न पनि पाइने र सुविधाको तर माथिबाट लपक्कै छँदैछ के चाहियो। कर र भन्सारका कर्मचारीलाई राजश्वको लक्ष्य पूरा गरेमा पाउने भनिएको भत्तो अब राजस्व समूह मात्र होइन पूरै अर्थ मन्त्रालय र मातहतका सबै कर्मचारीले पाउने गरिँदै गयो भने यो अवस्थाको अब लेखापरीक्षण गर्ने हुन् वा अनुगमन गर्ने हुन् तिनले सहन सक्ने कुरै भएन, उनीहरुले पनि मौकामा चौका चलाइ हाले र अर्थ मन्त्रालयमा आफूहरुका लागि पनि सो भत्ता व्यवस्था हुन माग राखे अर्थले पनि बिना विवाद स्वीकृति दियो। यो रोग जंगलको डढेलो जस्तो फैलँदै मन्त्रिपरिषद्, योजना आयोग, अदालतहरु हुँदै अख्तियार जस्ता प्रभावशाली निकायहरुसम्म फैलिसकेको छ।
अब यसबाट के देखियो भने भ्रष्टाचार नियन्त्रण गर्ने औजारको रुपमा उपयोग गरिएको उपकरण नै आखिरकार स्वयं नै भ्रष्टाचारको पर्याय बन्न पुगेको विडम्बना यो भन्दा अरु के हुन सक्ला र?
बरु हालसम्म यो सुविधामा पहुँच नपाएका निरीह हुलाक, सहकारी, कृषि र यस्तै अन्य सेवाका कर्मचारीहरु प्रति भने मेरो साधुवाद!!
हाल आएर सत्ता प्रधान राजनीति गरे पनि र तेस्को लागि भ्रस्ट हरुसग कुम र ‘र’ सग सम्बन्ध जोडेपनि बाबुराम ले सहि र सकारात्मक कोसिस गरेको चै छन् |
देश को अर्थ तन्त्र को सुधार को पहल ,मितव्ययिता को अभ्यास ,सांस्कृतिक राजतन्त्र को वोकालत (उनले एकातिर ज्ञानेन्द्र लाइ थर्काउछन्,आर्को तिर फेरी बुडी मार्फत मल्हम लगाउछन , संसद बिघटन गरेर ज्ञानेन्द्रलाई फाइदा पनि पुर्ह्याये उनको आसय क्लियर छ ),
बाटो बिस्तार,हेल्लो सरकार , गाउले सग रात आदि आदि
रायमाझीजी
तपाईले प्रवेश गराउनु भएको भ्रष्टाचार नियन्त्रण गर्ने औजार त “बांदरलाई लिस्नो” पो भयो त !
“लाटाको देशमा गाँडा तन्नेरी ” तपाईको बुध्दि ! त्यही अख्तियारलाई बलियो बनाउन पो लाग्नु पर्थ्यो।
त्यसैले त “बिनासकाले बिपरीत बुध्दि” भनेको !
अख्तियारलाई बलियो बनाएको भए त देश कहा पुग्थ्यो नि !
सबैलाई एउटी डालोमा राखेर न हेरुन मित्रहरु..केहि कर्मचारीहरु आस्था निष्ठा स्वाभिमान र इमान्दार पनि छन् नेपालमा ..तर ठुलो समुहमा यो वर्ग नगन्य छ ..बरु नेपालको पुलिस सेना र न्यालय बडी भ्रस्टचारी छन् र यिनलाई भ्रस्टचारी बनाउन मलजल गर्ने यिनै चोर नेताहरु हुन् जसले कानुन जहिले पनि आफु अनुकुल बनाएर सजाय बाट प्राय उन्मुक्ति पाई रहेका छन् ………..
सके सम्म भ्रस्टचार गर्ने जमात नै ठुलो छ कर्मचारीमा / नत्र कसोरी बन्छन ठुला महल? कताबाट आउछ पजेरो र अनेक प्रकारका विलासी जिन्दगि? माथि देखि तल सम्म नै एसले राम्रो जरा गाडेको छ/ तेसैले नै सरकारी सस्थान्हारू सबै टाट पल्टेर दयनीय बनिरहेका छन्/ रकम जति सबै तल देखि माथि सम्मकाले झ्वाम ? कि कसो? अन्तमा जनतालाई नै मार पर्ने हो/
एउतै घरको ४ जना छोराको अंश बंडा भएमा पद र काम अनुसार घटी बढी हुनु कतिको जायज हुन्छ ??? अर्थ मा भ्रस्टाचार भएको भए नियन्त्रण गर्ने कि त्यहाँ अर्को भ्रस्टाचार गर्ने | बाबुराम को अर्थ र भन्सार का कर्मचारीहरुलाई २०० प्रतिशतको भत्ता नया भ्रस्टाचार को शृंखला हो | यसरि बाडिएको एक एक पैसा बाबुराम र त्यस बेलाका मन्त्रि परिषदका महानुभावहरु संग असुल उपर गरिनु पर्छ |
लामो समयसम्म सेवामा रहेका कर्मचारीले जागिरमा छँदा केही भन्न नसके वा नमिले पनि जागिर सकेपछी बोल्न थाल्नुपर्छ| भुल त्रुटीहरु ओउल्याउनु पर्छ र कसरी सुधार गर्दै लैजानपर्ने आफ्ना खाँटी अनुभवको आधारमा सुझाव दिनपर्छ|
अवकाश प्राप्त वा जागिर छाडेका कर्मचारीले गर्न सक्ने यस्तो सेवालाई सबैले सराहना गर्नपर्छ| आफुलाई लागेको व्यक्त गर्ने हो, निष्पक्ष हो होइन वा सुझाव लिने नलिने सरकार र जनतालाई छाडीदिए हुन्छ|
लामो अनुभव बटुलेर सरकारबाट अवकाश लिएका कर्मचारीहरु कि बोल्न हिच्किचाउछन वा बोले पनि काम केही नहुने ठानेर मौन रहन्छन| कोही चाहि पुर्ब अर्थ सचिव रामेश्वर खनाल जस्ता छन्, आफु पदमा बर्षौ रहदा केही गरेनन, खालि विदेश भ्रमण र आफ्नो अध्ययनको लागि फायदा लिए र अहिले आएर बाह्र सताईस कुरा लेख्न उद्यत छन्|
यस सन्दर्भमा सी बी रायामाझीजीको लेखको सराहना गर्दछु र भविष्यमा अरु पनि लेख्ने अनुरोध गर्दछु|
धर्म जी, सकारात्मक प्रतिक्रिया क लागि धन्यवाद…
तपाइको भनाइ.. उत्प्रेरक छ .. हो हामी पूर्व कर्मचारी संग प्रसासन तन्त्र को तिता मिठा धेरै अनुभव हुन्छन …. सबैले ति व्यक्त गर्न जान्दैनन् कतिले जरुरि ठान्दैनन् तर पाठक लागि भने यी बिसय रुचिकर हूने हुन्छन…त्यै ठानेर मैले सालोक्य जी को समेत सुझाब लिई लेख को निरन्तरता दिने विचार गरेको छु.. पहिलो प्रयास ले निकै उत्साहित बनाएको छ…/ धन्यबाद !!!
नारायण जी , प्रतिक्रियाको लागि धन्यबाद , मेरो लेखले अख्तियार लाई कम्जोर बनाउन पर्छ भनेको होइन . तर तत्कालिन अख्तियार प्रमुख ले चालेको कदम ले निरन्तरता नपाएको र पाउने सम्भावना पनि नरहे को कारण लहडी कारबाई भनेको हो .
अर्को संदेश के भने कम तलब को कारण भ्रस्टाचार भएको भन्ने सोच पनि १०० प्रतिशत् सत्य नहुने तथ्य सम्म उजागर गरिदिएको सम्म हो.
धन्यवाद
१) आफ्नो मासिक तलब भन्दा एक रुपिया पनि बडी भ्रस्टाचार गर्ने कर्मचारीलाई (नेता पनि) कम्तिमा ५ वर्ष जेल( प्लस जति महिनाको कमाई भ्रस्टाचार गरेको हो तेतिनै महिना थप जेल सजाय ) , अबैधानिक रकमको कम्तिमा १० गुना जरिवाना र आजीवन सरकारी नोकरीलाई अयोग्य घोसना गरे कसो होला र
२) त्यो भन्दा कम गर्नेलाई एक चोटीको लागि कम्तिमा १० गुना सम्म जरिबाना र ३ वर्ष जेल र अर्को चोटी पनि गरेमा बुदा १ अनुसारनै सजाय दिदा कसो होला
देशको महारोग भ्रस्टाचार नै हो तेस्को लागि कडा कानून त चाहिन्छ नै होला … एती मात्र गर्दा पनि भ्रस्टाचार निकै कम हुन्छ होला … सजायको डर नहुदा पनि भ्रस्टाचार मौलाएको कुरामा बिबादै छैन .. करोडौ भ्रस्टाचार गर्ने नेताहरुलाई जम्मा १८ महिना कैद (त्यो पनि २० % मिनाहा सहित ) जस्तो हास्यास्पद सजायले केहि हुने वाला छैन …
गलत औसधिले पनि कहिँ रोग निको हुन्छ …
बादरलाई भर्यांग …
बिध्वान हुनु र कुशल ब्यबस्थापक हुनु अलग कुरा हो …
रायमाझी जीलाई एउटा प्रस्न : ३२ बर्से सरकारी सेवामा तपैले चाही कति मेवा खानु भो त ? सरकारी तलबले त खान पनि मुस्किलले पुग्छ …
शिशिर जी, कमेन्ट को लागि धन्यवाद, तपाई को मैले ३२ बर्से जागिरे जीबन मा के के गरे भन्ने कुरा त मलाई नजिक बाट चिन्ने र जान्ने हरुने भन्ने कुरा भो , येस्मा म आफै ले प्रस्टीकरण दिनुको तुक नहोला…/ तर एउटा कुरा चाही मित्र हरु लाई मेरो अनुरोध के भने सबै कर्मचारी लाई टेबल मुनि को कमाईको अवसर छैन , तलब ले खान नपुग्ने भए घरबाट चामल ल्याएर वा पाए ऋण गरेर वा केहि नभए आधापेट खाएर पनि पेन्शन पर्खनु पर्ने बद्यता छ त्यहाँ..यो कुरा पनि बुझौ किन भने पेन्सन को आसमा समय पर्खनु को पिडा कर्मचारी ले मात्रै बुझेको हुन्छ .
मित्र,
नेपालको जंगी अनि निजामत्ती दुवै क्षेत्रका कर्मचारी सतप्रतिसत भ्रष्टाचारी छन्! रायमाझी जी आफु पनि उही ड्यांगको मुला पर्नु भो! के जवाफ देलान?
निर्वल ठानेर दान दिएको लौरो ! त्यसैलाई लाठो बनाएर दातालाई नै लघार्ने यी कर्मचारी रुपी रोगका कीराहरूलाई कत्ति पनि दया गर्नु ‘पाप’ भन्दा फरक छैन भन्ने कुरो नतीजाले बोल्छ .तसर्थ , दया र दान भन्ने शब्द नेपालका सबै धर्महरुबाट अलग्याउनु जरूरी भएको छ .
Babu Ram is making another big mistake by introducing 15 percent bonus system in traffick policing. This is another kind of institutional corruption taking place in Nepal. Therefore, no wonder see Maoists deducting allowances of PLA fighters in the cantonments.
देश हाक्ने जति प्रायस: लोभी-पापी भएसी यस्तै हो| भत्ता बढाउनु (तर सबै तिर समान र निष्पक्ष तरिकाले) नराम्रो हैन, परापुर्बकाल देखिन चलिआएको रीति जस्तै “गोरुलाई जोति-जोति, “निचारी”, खेर जाने बेलामा मियाँलाई बेच्ने सोचाई” लाई बदल्नु पर्दछ| स्याहार-सुसार गरिनु पर्छ, गाजर दिनु पर्छ, अनि स्फूर्ति बढाएर जोत्नु पर्छ| यो राम्रै हो| तर “छाडा” भएको साढे हुन तिर लागे, अब चाहि, यसलाई bounty-hunter तरिकाले तह लगाउनु पर्छ| bounty-hunter चाहि, अख्तियारी कर्मचारीहरुलाई “जरिवाना”को हिस्सा (%) दिएर| जसले मह काढ्छ उसलाई हात चाट्न दिए, यो संस्कार कम हुदै जानेछ|
यो प्रतिशत त ठिकै हो तर यसले चाहि अख्तियारका “हात चाट्ने” कर्मचारीलाई “महको भाडो” नै खाना अझ प्रोत्साहित गर्ला| मुद्दा लाइदिउ कि यति घुस दिन्छस भनेर बार्गेनिंग सुरु होला अनि हरेक पार्टीले आफ्ना आफ्ना मान्छेलाई अख्तियारमा जागिर ख्वाउनालाई अर्को फोहोरी “राजनीति” शुरु गर्लान| यो पनि फेरी उही असल नियत खराब परिणाम नै होला जस्तो लाग्यो मलाई त|
२०० प्रतिसत भत्ता केवल घुस लाई बैधानिकता दिने औजार मात्र भएको कुरा सत्य हो ! यो किसिम को भत्ताले राजस्व उठाउने अड्डा र निगरानी गर्ने अड्डा का कर्मचारी लाई त चोर लाई चौतारो जस्तो भयो तर जनता लाई सेवा मात्र दिनु पर्ने अड्डा का कर्मचारी चाही बिचरा नै भएका छन् ! येसरी कर्माचारी हरुमा बिवेध हुने काम गर्नु हुने थिएन सरकार ले ! त्येस्तै छ राम कहानी गाडी सुबिधा को पनि कोहि पजेरो / प्राडो चद्छां भने कोहि सान्ट्रो यौटै तहमा भयपनी ! सरकारी नीति नै विभेदकारी बनायर कसैलाई काखा र कसैलाई पाखा पार्ने बिधि साएद नेपाल मा मात्र होला !
एउटा प्रसँग छ नि! रावण लाई सुन्को भर्र्याङ्ग गराएर सोर्ग जान किन रोकियो ?
रावण त्यसरी स्वोर्ग पुगेपछी स्वोर्ग -स्वोर्ग रहला ?
कुरा तेही हो राम्रो कुरा भएरहुँदैन राम्रो ब्यक्ती महत्वोपूर्ण हो
राम्रो मान्छे भएपछी त नराम्रो लाई पनि राम्रो बनाइ हाल्छ.
अनी छोटो सोचाई भएका हरु असफल हुनु कुनै नौलो कुरा भएन।
सके सम्म भ्रस्टचार गर्ने जमात नै ठुलो छ कर्मचारीमा / नत्र कसोरी बन्छन ठुला महल? कताबाट आउछ पजेरो र अनेक प्रकारका विलासी जिन्दगि? माथि देखि तल सम्म नै एसले राम्रो जरा गाडेको छ/ तेसैले नै सरकारी सस्थान्हारू सबै टाट पल्टेर दयनीय बनिरहेका छन्/ रकम जति सबै तल देखि माथि सम्मकाले झ्वाम ? कि कसो? अन्तमा जनतालाई नै मार पर्ने हो/
रायमाझी जी तपाई को लेख त पढियो तर फेद न टुप्पो कोजस्तो लाग्यो/ केहि संदेश नै पायीयेना/
कस्तो आर्थिक प्रणाली ठिक हुन्छ, कस्तो कर्मचारी तन्त्र चाहिन्छ , तपाई तेत्रो लामो समय सम्म सार्बजनिक पद मा रहेर कम गरेको मान्छे को अनुभब ले के भन्छ ?
पैसा थोरै कमाउने , सुबिधा बिहिन काम गर्दा चाही देशलाई भलो हुने हो कि ? तपाइको साधुबाद तेस्तै मा खर्चिनु भएको छ /
हैन भने कसो गर्दा देस र जनता ले तलबी कर्मचारी बाट सेवा पाउन सक्छन , इमान्दार पुर्बक भन्नुस / तपाइको अनुभब सात्नुस/ धन्यवाद /
कार्की जी , प्रर्तिक्रिका को लागि धन्य बाद ,मेरो लेख को बिषय अनुसार को संदेश लेखमा भए जस्तो लाग्छ . तपाई ले परिचय खण्ड मात्र पढ्नु भय जस्तो लाग्यो जे होश प्रतिक्रिया दिनु भो तेही ठुलो कुरा हो . करिब एक लाख कर्मचारी मा १० -१२ हजार ले नाजायज सुबिधा लिनु बाकी को लागि अन्याय हो भन्ने मनसाय मेरो लेख को हो . सके त कर्मचरी लाई तपाई हरु ले बेलायत मा कमाए जति तलब दिए राम्रो हुने थियो…तर देश ले नाधन्ला…
मेरो लेखमा मैले बिस्तारै तपाई ले उठुनु भएका बिषय पनि पस्कने छु यो त पहिलो लेख हो हेर्बाई जानु ल .
यो मुर्ख विद्वान को अदुर्दसिता को परिणाम हो. सामान्यता मानिसको जीवन विश्वास र भरोसा चल्ने गर्दछ. नेपाली जनताले भरोसा गरेका र बिरोधि खेमाले समेत मन पराएका बाबुराम आज आफ्नै कारणले पतन हुदै छन्.शेर बहादुर देउबा को पालामा १४० बुदे मांग राखेर जनयुद्द लडेका भट्टराई आज भारत बिरुद्द बोल्न तैयार छैनन्. सत्तामा पुगेपछि कता हराएछ इनको राष्ट्रियता भावना?भत्काउने बिगार्ने बिस्थापित गर्ने काम मा हतारिन्छन. देशको प्रधानमन्त्रि को बोलीमा शालीन अनुसासित र मिठो भाषा कहिले सुन्न पाइएन. सुन्दा न मिठो लाग्छ आखिर आएर संबिधान सभाको हत्या पनि इन्कै हात बाट भयो. तेसैले इनलाई मुर्ख विद्वान भन्दा फरक न पर्ला.
यसको सम्पूर्ण र नैतिक जिम्मेवारी बाबु राम ले नै लिनु पर्छ / किन भने श्याल लाई कुखुरा न खा खिर खलास भनेर हुन्छा र ? कुखुरा खाने त उसको नियति नै हो …..
धेरै धेरै धन्यबाद छ
राम्रो जानकारीको लागि |तेसैले नै देश मा स्थिर राज्यब्यबस्था चाहिएको हो !यो जस्तो भाडभैलो ब्यबस्था ले त् आर्को १० बर्स मा देसै फेल्ड स्टेट भएर रहला न रहला !!
अर्थ ,भन्सार ,कर ,मालपोत ,प्राधिकरण मा सुद्दिकरण चाहिएको छ |
त्रि बि बि लाइ विकेन्द्रीकरण गर्दै क्याम्पस लाइ स्वायत्तता प्रदान गर्नु पर्छ |
बाबुराम को खरानी घसाई ,झलनाथ को अर्जुन बाण ,सुसिल को भिटामिन ख्वाउनु पर्ने प्रजातन्त्र यो सब गर्न सक्दैन |
न राम्रै मानिए पनि गिरिजा लगायत १ दर्जन नेतालाई लाउडा काण्ड के के भन्दै जेल हालेर चलाउन खोज्ने ज्ञानेन्द्र को प्रयास,र हिम्मत चै सह्रानीय छ |
तेसो न गरि हुदै हुन्न नेपाल मा |
तर सायद दर्बार हत्याकाण्ड मा गिरिजा ,’र’ ,र ज्ञानेन्द्र सबै मतियार थिए र पछी ज्ञानेन्द्र ले गिरिजा लाइ चेक म्याट दिन खोजेकोले राजतन्त्र को अवसान साथै यो परिस्थिति आएको हुन् सक्छ |तर यहा आइपुग्दा सम्म के चै किल्यर छ भने
मदन भण्डारी ——>र +माकुने+ओली –??
बिरेन्द्र ————–>र + गिरिजा +ज्ञानेन्द्र (??)—-??
के गर्ने हाम्रो नेपालमा भनाइ/ उखान पनि उल्टो लगाउनु पर्छ…
अरु ले भन्छन
एउटा कुहिएको आलोले पुरा बोराको आलु कुहाउछ……
हाम्रो नेपालको नेता र नियम को सन्दर्भमा यस्तो भन्नु पर्ला ..
पुरा कुहिएको आलुको बोरामा रहेको एउटा सद्द्य आलो आफै कुहिएर जान्छ
तपाइको लेखको सार- जुन हतियार ले काम गर्नु पर्ने त्यहि नै भरस्ताचार गर्न मध्यम बन्यो / तपैले त्यो सुबिधा नपाएको पक्कै हो ? लेख तथ्यगत चाहियो / हुन त भरस्ताचार नगर्ने हो भने त्यो सुबिधा ठिकै हो / तर नेपाली बयूरोक्रट्स हरु लोभी छन् – पायो भने…..
यसमा सबै अर्थ मन्त्रालयका कर्मचारी ले पाएका होइनन. भन्सार बिभागकाले पनि होइनन. राजस्व उठ्ने कर्यलायाकाले मात्र हो. रायामाझिजिको चेतना भया/
हेलो सरकार ! सुन्या हो ? लौ चाँडै ध्यान पुर्याउनुपर्यो यता ।
रायमाझीजी
तपाईले प्रवेश गराउनु भएको भ्रष्टाचार नियन्त्रण गर्ने औजार त “बांदरलाई लिस्नो” पो भयो त !
“लाटाको देशमा गाँडा तन्नेरी ” तपाईको बुध्दि ! त्यही अख्तियारलाई बलियो बनाउन पो लाग्नु पर्थ्यो।
त्यसैले त “बिनासकाले बिपरीत बुध्दि” भनेको !
अख्तियारलाई बलियो बनाएको भए त देश कहा पुग्थ्यो नि !