Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सहमति

Posted on December 4, 2012December 4, 2012 by mysansar

-बासु श्रेष्ठ/उडव्रिज, भर्जिनिया- अहिले नेपालको राजनैतिक वातावरणको नारा बनेको छ सहमति। दाँया फर्क सहमति, बाँया फर्क सहमति, माथि हेर्‍यो सहमति, तल हेर्‍यो सहमति। उसँग उसको सहमति, अर्काको अर्कैसँग सहमति। दल दल विचको सहमति, अनि दलभित्रै गुट गुट विचको सहमति। तर सबैको विग्रेको मति। अर्थात असहमति। मति नमिलेपछि केहिलेपनि गति लिन्न। त्यसैले देशलेपनि गति लिएको छैन।… Continue reading

सुमार्गीले सताएपछि कर्मचारी वैद्यको शरणमा

Posted on December 4, 2012December 4, 2012 by Salokya

एनसेल साहुलाई कम्पनी बेचेपछि कर्मचारी निश्कासन प्रचण्डनिकट व्यापारी अजय सुमार्गीले सताएपछि उनको टेलिकम कम्पनी हेलो नेपालका कर्मचारीहरु वैद्य माओवादीको शरणमा पुगेका छन्। ‘नेपालका सबै पार्टी र नेताहरु मेरा खल्तीका हुन्, तिमीहरुलाई म जे चाह्यो त्यो गर्न सक्छु’ भन्दै खाली कागजमा जबर्जस्ती हस्ताक्षर गर्न लगाएर श्रम ऐनविपरीत निकालिएको भन्दै क्रुद्ध कर्मचारीहरुले वैद्य माओवादीको साथ लिएर आन्दोलन… Continue reading

तीन वर्षमा दुई सिएनएन हिरो नेपालबाट

Posted on December 3, 2012December 3, 2012 by Salokya

अमेरिकी टेलिभिजन संस्था केबल न्युज नेटवर्क (सिएनएन) ले ६ वर्षअघिदेखि सुरु गरेको ‘सिएनएन हिरोज’ शृङ्खला यस पटक नेपालकी पुष्पा बस्नेतले जितिन्। विगत तीन वर्षमा नेपाली महिलाले यो उपाधि जितेको यो दोस्रो पटक हो। यसअघि सन् २०१० मा माइती नेपालकी अनुराधा कोइराला पहिलो पटक उपाधि जित्ने नेपाली थिइन्। समाजमा अतुलनीय योगदान दिने व्यक्तिलाई सम्मान गर्न सिएनएनले… Continue reading

राष्ट्रपतिले के भने सुन्नुस् र गुन्नुस् किन भने यस्तो?

Posted on December 3, 2012December 4, 2012 by Salokya

राष्ट्रपति रामवरण यादवले पोखरामा गरेको भाषण अहिले खुबै चर्चामा छ। नयाँ सरकार बनाउन सार्वजनिक आह्वान गरिसकेर एक पटकको म्याद गुज्रिसकेपछि अर्को म्याद सकिन केही दिन बाँकी रहँदा उनले भाषणमा भनेछन् ‘यही सरकारमा सहमति भए सुनमा सुगन्ध’। किन यसो भनेका होलान् राष्ट्रपतिले ? लौ माइसंसारका घघडान विद्वान विश्लेषकहरु, तपाईँहरुको विश्लेषण सुनौँ। पहिला राष्ट्रपतिको भाषण सुन्नुस् भित्र।

डिभी बन्दै हुने भो त ? अहिल्यै हैन !

Posted on December 3, 2012December 4, 2012 by Salokya

डिभी नेपालमा खुबै लोकप्रिय छ। ‘डिभीपीडित’ नामको त संस्थै छ, बेला-बेलामा दूतावासबाहिरै धर्ना बसेर आन्दोलन गरिरहन्छन्। अचानक शनिबार खबर आयो- अब डिभी बन्द हुने भो रे। डिभीको नाममा धन्दा गर्ने माछा झुण्ड्याएको र नझुण्ड्याएको घरका धनीहरुलाई पनि साह्रै चित्त दुख्यो होला- बिचराहरुको गरी खाने बाटो पो बन्द हुने भो त। कति सोध्दै थिए- त्यत्रो पैसा… Continue reading

जन्म, जननी र जन्मस्थल

Posted on December 2, 2012December 4, 2012 by mysansar

-मनोज गजुरेल- मेरो जन्मस्थल ‘भँडारीबारी’ हो। ‘भँडारीबारी, ताप्लेजुङ् जिल्ला, मामाङ्खे नगरपालिका, वार्ड नंबर–१७, संग्रहालय चोक (बसपार्क अगाडि) पर्दैन, किनभने ‘मामाङ्खे’ एउटा दुर्गम गाबिस हो। सदरमुकाम फुङ्लिङ् बजारबाट चारघण्टाको मोटरयात्रामा पुगिने मामाङ्खे, मोटरबाटो नभएकोले दुई दिनको पैदल यात्रा मात्र गर्नुपर्छ ! ‘मेरो मामाङ्खे’ नेपालका हजारौं बिकट गाउँहरुको प्रतिनिधि गाउँ पनि भएकोले मोटरबाटोले छुन अझै दशकौं कुर्नुपर्छ… Continue reading

कांग्रेसका ७७ जनाले साँच्चै चिनेका थिए त्यागी तामाङलाई

Posted on December 2, 2012December 2, 2012 by Salokya

पाँच दशकदेखि नेपाली कांग्रेसमा सक्रिय नेता भीमबहादर तामाङको हिजो बिहान निधन भयो। ७७ वर्षका भए पनि यिनी हट्टाकट्टा थिए। मर्निङ वाक गएर फर्केपछि हर्ट अट्याक भएर उनको मृत्यु भएको थियो। उनको मृत्युपछि उनलाई त्यागी, निष्ठाको राजनीति गर्ने, सरल जीवनशैलि भएका नेताको रुपमा कांग्रेसका नेता र कार्यकर्ताहरुले प्रशंसा गरे। ‘बेइमान नेताहरुको हुलमा भएका एक इमान्दार नेता… Continue reading

कथा : प्रतिशोध

Posted on December 1, 2012December 1, 2012 by mysansar

-शुषमा मानन्धर- त्यहाँ सियो झरेपनि सुनिने निस्तब्धता थियो। मेरा त शब्दै हराएका थिए। गोमा ट्वाँ परेर हामीतिर हेर्दै थिई। जियाको अनुहारभरि आक्रोश देखिन्थ्यो। रीसले ऊ बोल्न सकिरहेकी थिइन। साथीहरूमध्ये ऊ अलि चाँडै रिसाउँथी। जब बढी रिसाउँथी, आवेशमा बोल्न सक्दिनथी। “हैन, तिमीले कसरी सह्यौ यो कुरा? के हाम्रो कुनै मन हुँदैन? टिट फर ट्याट, बुझ्यौ यस्तालाई… Continue reading

थाई पत्रकारहरुलाई झुक्याए पारसले

Posted on November 30, 2012November 30, 2012 by Salokya

छेउमा तपाईँले देखिरहनुभएको भवन थाइल्यान्डको फुकेट प्रान्तीय अदालतको हो। यहाँ हिजो पूर्व युवराज पारस शाहलाई उपस्थित हुन आदेश दिइएको थियो। उनलाई प्रतिबन्धित लागू औषध प्रयोग गरेको र साथमा राखेको अभियोग लगाइएको कुरा त तपाईँहरुलाई थाहै होला। त्यही मुद्दाको सुनुवाईका लागि उनी त्यहाँ बयान दिन आउँदै थिए। मिडियामा आइसकेको हुनाले नेपालका पूर्व युवराजको फोटो खिच्न त्यहाँ… Continue reading

सहमतिलाई बनाइयो ‘जोक’

Posted on November 29, 2012 by Salokya

राष्ट्रपतिले सहमतीय प्रधानमन्त्रीको दरखास्त लिएर आउनू भनेर तत्कालीन राजा ज्ञानेन्द्रले जस्तो काम गरेको भनेर माओवादीहरुले आलोचना गरिरहेको बेला ठ्याक्कै उतिबेला नारायणहिटीमा स्वच्छ छविको व्यक्ति प्रधानमन्त्रीको दरखास्त लिएर लाम लागे जस्तै स्थिति आज पनि देखियो शितल निवासमा। ठूला दलहरुले सहमति गर्न नसकेर कुनै पनि सिफारिस लिएर जान असफल भएको बेला दुई राजावादीहरु केशरी महतो र मुस्कान… Continue reading

स्यालको सिङ खोजेर नि पाइन्छ र कहीँ?

Posted on November 29, 2012November 30, 2012 by Salokya

कहिलेकाहीँ यी टाउके नेताहरुले जनताको विश्वास नतोडेर गज्जबै गर्छन् के! राष्ट्रपतिले मंसिर १४ गते अपराह्न ४ बजेसम्मको अल्टिमेटम दिएर सहमतीय प्रधानमन्त्रीको नाम सिफारिस गर्न आउनू भनेको बेला नै उनीहरुले सहमति गरी खाँदैनन् भनेर धेरैले विश्वास गरेका थिए। विश्वास तोडिएला भनेर डर मान्नै परेन। किनभने यो बीचमा तीन दलबीच मात्र एक पटक बैठक बस्यो- गएको शनिबार।… Continue reading

क्या गज्जब! अन्नको कला !!

Posted on November 29, 2012November 29, 2012 by Salokya

यो गजबको कला कात्तिक पूर्णिमाको अवसरमा असनको अन्नपूर्ण मन्दिरअघिल्तिर बनाइएको हो। यो गजबको कलामा प्रयोग भएका अन्नहरु के-के हुन् त ? हेर्नुस् भित्र। 

संविधान नमिची यसरी गर्न सकिन्छ समाधान

Posted on November 28, 2012 by mysansar

-डा. होम मूर्ति पन्त- संबिधानको धारा ८२ अनुसार जेठ १४ मा संविधानसभाको विघटन भएको हैन कि धारा ६४ र सर्वोच्चको फैसला अनुसार सभासदका पद रिक्त भएको हो। पुनर्स्थापना वैधानिक होइन, निर्वाचन हो। अहिले खोजिँदै गरेको धारा ३८(१) को राजनैतिक सहमति अपरिभाषित छ, त्यसैले यो भेट्न सकिँदैन। धारा ३८ (७ख) अनुसार वर्तमान कामचलाउ प्रधानमन्त्रीको संवैधानिक विकल्प… Continue reading

यसरी मारिए ‘दैत्य’ तान्त्रिक मुकुन्डोधारी नृसिंहबाट

Posted on November 28, 2012November 28, 2012 by Salokya

वर्षमा एक पटक पाटन दरबारको सुनको झ्याल खोलिन्छ- हिजो राति। अवसर- कात्तिक नाचको अन्तिम तथा सबैभन्दा महत्त्वपूर्ण नाच हिरण्यकश्यपु वध। ठूलो भीड जम्मा हुन्छ पाटन दरबार क्षेत्रमा यो रात। के बच्चा, के वृद्ध, के पुरुष, के महिला- सबै देखिन्छन्। खासमा यो नाच पुराणमा भएको भगवान विष्णुको दश अवतारमध्ये एक नृसिंह (नर+सिंह) अवतारको कथामा आधारित छ।… Continue reading

राजा जाऊ, छोरा बचाऊ !

Posted on November 27, 2012November 28, 2012 by Salokya

पूर्व युवराज पारस शाहले नेताहरुको नालायकी देखेर दिक्क भई राजतन्त्रप्रति आस्था राख्नेहरुको अपमान गरेका छन्। उनी थाइल्यान्डको पर्यटकीय शहर फुकेटमा गाँजासहित पक्राउ परेका थिए। दशैँको महानवमिका दिन निवासमा गाँजा भेटिएपछि पक्राउ परेको भए पनि यो विषयमा नेपालमा अहिलेसम्म हामीलाई सुइँकोसमेत थिएन। लगेर प्रहरीले एक रात खोरमा थुनेछ पनि। पक्राउ परेका व्यक्ति नेपालको भूपू युवराज भएको… Continue reading

पाटनमा आज राति रहस्यमय नाच

Posted on November 26, 2012November 27, 2012 by Salokya

देशमा नेताहरुले ताण्डव नृत्य देखाइरहेको बेला यो के नाचको कुरा गरेको होला जस्तो लाग्यो होला तपाईँहरुलाई। यो अलि फरक खालको नाच हो- ऐतिहासिक र रहस्यमय। तान्त्रिक कुरा जोडिएको छ यसमा। नरबलिको कुरा जोडिएको छ यसमा। ८ दिनदेखि पाटन दरबार स्क्वायरको कृष्ण मन्दिरसँगै रहेको कात्तिक डबलीमा आज राति अन्तिम कात्तिक नाचको मुख्य आकर्षणको रुपमा रहेको नाच… Continue reading

सहमति खोज्दा देखियो विमति, ननिम्तियोस् विपत्ति

Posted on November 26, 2012November 26, 2012 by Salokya

राष्ट्रपति रामवरण यादवले गएको शुक्रबार सहमति प्रधानमन्त्रीको नाम लिएर आओ भन्दै विज्ञप्ति जारी गरेपछिको दोस्रो दिन सहमति हैन, झन् ठूलो विमति पो देखियो। राष्ट्रपतिको आह्वानलाई असंवैधानिक भन्दै अटेर गर्ने मात्र हैन, ६ महिना पहिले राष्ट्रपतिले कामचलाउ भनी गरेको घोषणा पनि संविधान अनुसार छैन भन्दै सरकारले निर्णय पारित गर्‍यो। त्यो निर्णय लिएर शितल निवास छिरेका प्रधानमन्त्री… Continue reading

राष्ट्रपति र प्रधानमन्त्रीबीच कार्यकारी द्वन्द्व चर्कियो, अब अदालत जाने संभावना

Posted on November 25, 2012November 25, 2012 by Salokya

राष्ट्रपतिले सहमतीय प्रधानमन्त्री माग्दै सात दिने अल्टिमेटमसहित शुक्रबार जारी गरेको विज्ञप्तिबारे आज बसेको मन्त्रिपरिषद्‍को बैठकले कडा प्रतिक्रिया जनाएको छ। सरकारको निर्णयले मुलुकको कार्यकारी अधिकारबारे द्वन्द्व चर्किएको छ। सरकारले राष्ट्रपतिको यसअघि जेठ १६ गते जारी प्रधानमन्त्री पदमुक्त भई कामचलाउ भइसकेको भन्ने विज्ञप्ति पनि संविधानको भावनाविपरीत रहेको भनेको छ। अब यही विषयमा सर्वोच्चमा मुद्दासमेत पर्ने निश्चित छ।… Continue reading

छि, छि अझै स्वास्नी कुट्न लाज छैन ?

Posted on November 25, 2012November 25, 2012 by mysansar

-ज्योति रिमाल- एक दिन मेरी छोरी कलेजबाट फर्किएपछि सुनाउन थाली – उसको क्लासमा डोमेस्टिक भ्वाइलेन्सको बारेमा असाइनमेन्ट थियो। उनले घरेलु हिंसा हुने संसारका टप देशहरुमा नेपाल पनि रहेको बताएकी रहिछिन्। उसले भनी “ मम, मलाई थाहा थिएन म नेपालमा नजन्मे पनि नेपाललाई यति माया गर्छु भनेर!” उसको घाँटीमा अड्किएको स्वरबाट राम्रै बुझिन्थ्यो कि एस कुराले… Continue reading

बिचरा बाबुराम, सकिए उनका दिन !

Posted on November 24, 2012November 25, 2012 by Salokya

राष्ट्रपतिको विज्ञप्ति ‘बम’ जत्तिकै भएको छ प्रधानमन्त्री बाबुराम भट्टराईलाई। उनका आसेपासेहरु राष्ट्रपतिले ‘कू’ गरेको भन्दै झण्डै रोउँला झैँ गरी हिँडिरहेका छन्। अध्यक्ष प्रचण्ड र उनका आसेपासेहरु भने कडा बोलिरहेका छैनन्। स्पष्टै छ- राष्ट्रपतिको विज्ञप्तिले माओवादीभित्र विभाजन ल्याइदिएको छ। बिहान राष्ट्रपतिको विज्ञप्तिबारे धारणा बनाउन माओवादीको बैठकपछि केन्द्रीय कार्यालयले एउटा र बाबुरामवालाले एउटा सर्कुलर जारी गरेपछि प्रचण्ड… Continue reading

Posts pagination

  • Previous
  • 1
  • …
  • 267
  • 268
  • 269
  • 270
  • 271
  • 272
  • 273
  • …
  • 284
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme