Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

तीजको रहर….

Posted on September 18, 2012September 18, 2012 by Salokya


तीजको दिन महादेव मन्दिर वरपर निकै रमझम हुन्छ। त्यही हेर्न दिउँसो लागेको थिएँ बसन्तपुर। ठूलै भीड थियो। राजनीतिक कार्यक्रमहरु पनि थिए। महादेवपार्वती डबलीमा प्रधानमन्त्री अतिथि हुने कार्यक्रम थियो, अलि पर कुमारी घरनजिकै अर्को राष्ट्रिय जनमोर्चाको संघीयताविरोधी तीज कार्यक्रम थियो। मखनको महादेव मन्दिर वरपर भने सर्वसाधारण थिए। म त्यतै लागेँ। त्यतै खिचेका तीजका केही फोटोहरु हेर्नुस्।


थाकेर मन्दिरमा आराम गरिरहेका महिला।

त्यहाँ स्थानीय क्लबले स्पिकरमा गीत घन्काएर नाच्ने अवसर जुटाइदिएको रहेछ। नाच्नेहरुको ठूलै भीड थियो। मादल बचाएर भाका घन्काएर नाच्ने स‌‌-सानो समूह पनि थियो। तर सबैलाई स्पिकरनजिकै नाच्न मन लागेको रहेछ। एक जना महिलाले नाच्नलाई आफ्नो ब्याग एक महिलालाई राख्न दिएकी रहिछिन्। महिला त ब्याग लिएर टाप। अनि माइकमा ती महिला भन्दै थिए- तपाईँले लोग्नेका लागि ब्रत बस्नुभएको होला। त्यो ब्याग दिनुभएन भने तपाईँको श्रीमान् भष्म हुनेछ। लौ मार्‍यो, महिलाको गल्तीमा पुरुषलाई सजाय? तर अहँ, ती महिलाले ब्याग पाइनन्। उनले ब्यागमा पाँच हजार रुपिया र महत्त्वपूर्ण कागजात रहेको भन्दै थिइन्। बरु पैसा राख्नुस्, ब्याग फर्काइदिनुस् भन्दै माइकमा याचना गरिन्। तर पाइनन्।


तीजमा ननाचे कहिले नाच्ने ?


नरिसाउनु कोइ, मैले नि पाल्न सक्छु मेरो आफ्नो पोइ गीतमा मच्चीमच्ची नाच्दै।


सारी नै लाउनु पर्छ भन्ने के छ र, टिसर्ट र जिन्समा नै नाच्दै।


महिलाहरुको अनुहारमा खुसी थियो, चमक थियो।

एउटा भिडियो पनि खिचेको छु। हेर्न छुटाउनु भएको भए यहाँ क्लिक गरी हेर्नुहोला।

13 thoughts on “तीजको रहर….”

  1. shera says:
    September 21, 2012 at 12:11 am

    अरू साथी हरुले
    जे सोचे पनि यो तिज भन्ने हाम्रा नेपाली दिदिबहिनिहरुको जमघट अनि रमाइलो गर्ने दिन हो र यस पर्ब र हाम्रा दिदीबहिनीहरुलाई सम्मान गर्न सिकौ न कि अनेकौं धार्मिक सम्पर्दायिक भावना मात्र आफ्नो मनुस्थितिमा गुम्सिएर बस्नु ठिक होइन हाम्रो देशमा नेपाली नारीहरुले आफ्नो पतिको सेवा देखि लिएर अरू कति दुख कस्ट गरेका हुन्छन र यिनीहरुको चाड तिज भन्ने मेरो सोचाइमा बडो उत्कृस्ट हो राम्रो कार्यलै राम्रो र नराम्रो कार्यलै नराम्रो सोचौं चाहे त्यो धार्मिक होस् या साम्प्रदायिक होस्

    Reply
  2. Abhyankar says:
    September 20, 2012 at 9:55 pm

    रमाइलो वा चाडपर्व मनाउनको लागि राम्रोहो , तर लोग्नेले वा पुरुषले स्वास्नीको वा स्त्रीको लागि दिनभर भोकै( प्यासै त *#%^*) बसेर त्याग गर्छ ??? तीज मनाऊ तर ग्यास्ट्रिक लाई बिगारेर आल्सर बनाएर हैन, स्वास्थ्य र बिज्ञान को पनि उपयोग गरेर

    Reply
  3. priya says:
    September 20, 2012 at 8:23 am

    एउतै अनुहार दोहोराई दोहोराई देखाउनुको कारण के होला जान्न सकिएन नि 😀

    Reply
  4. Sisir says:
    September 19, 2012 at 12:28 pm

    चाडबाडमा रमाइलो गर्दा दुख कस्ट तनाब कम हुन्छ नै साथै आफन्तजन संग भेटघाटको अवसर पनि … एसले मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाब पर्छ … आफ्नो संस्कृति परम्पराको जगेर्ना गर्दै गर्नु होला तर अर्काको झोला लिएर टाप चाही नाठोकौ.

    Reply
  5. Basanta Thapa,Maryland,USA says:
    September 19, 2012 at 8:38 am

    दुखमा परेकी चेली होस् या सुखमा रमेकी चेली ,स्वदेश होस या बिस्वको कुनै पनि भागमा पुगेको नेपाली समाज लाइ तीजको रनकले झक्झकाउने यो तीज पर्ब नेपाली उत्कृस्ट सस्कृति बन्न पुगेको छ \ तीजको अगाडी निस्कने नया तीज गीत र भिडियो हेर्न हतारिने नेपाली मन लाइ कसैले रोकेर रोक्न सक्दैन \ राजनीतिले छोएको भन्दा नछोएको राम्रो ! जहा राजनीतिले छुन्छ त्यहा भाडभैलो र ब्रिकृति जन्मन्छ यसमा सबैले सोचिदिय राम्रो हुने थियो \ नेपाली राजनिति नै सबै ब्रिकृतिको जग हो \

    Reply
    1. सुभाषसिद्धि says:
      September 19, 2012 at 12:05 pm

      सोच्नु पर्ने कुरो – नेपाली समाजमा बढ्दो विकृतिको जड कहाँ लुकेको छ ?
      धर्म-सापेक्ष मुलुकहरुमा राजनेताहरु धर्मनीति अनुसार हिड्ने हुनाले सुखी र समृद्ध छन् /
      धर्म-निरपेक्ष देशहरुमा नेताहरुले कुनै पनि धर्म -सम्प्रदायको ‘ध ‘पनि उच्चारण गर्नु हुन्न /
      तसर्थ , धार्मिक पक्षपात वा कलह को सम्भावना नै हुने भएन / राज्यनीति निष्पक्ष रहन्छ /
      तर , हाम्रो नेपाल (पहिले हिन्दुस्तान पनि)को दुर्भाग्य कहाँ बाट शुरु भयो भने यहाँको धर्म -ग्रन्थहरु नै राजनीतिबाट उत्प्रेरित र सही अर्थमा ‘उत्पीडित’ देखिन्छ / यस अवस्थामा , राज्यलाई जनमुखी भएर संचालन गरिने कुरो आकाशको फल मात्र साबित भयो / अर्को शब्दमा भन्नु पर्दा , ‘धर्म’=राजदण्ड ; राजमुकुट ;र अन्तत्वोगत्वा राजनीतिको सरल हतियार को रूपमा व्यवहार भै आएको अनुभवसिद्ध तथ्य हुन् /वहुधार्मिक जनताले भरिएको यो देशलाई उहिले ‘विश्वको एक मात्र हिन्दू अधिराज्य’ र अहिले धर्म-सापेक्ष राज्य घोषणा हुनुपर्छ , भनेर उफ्रिनेहरुले ‘धर्म-निरपेक्षता’को विरोध गर्नुको रहस्य यहि हो /
      तीजको अवसरलाई यस्तो घटिया पार्टीले उपयोग गर्न खोज्नु कुनै अनौठो कुरो भएन /
      ‘हिन्दू’ आचार संहितामा नारीको स्थान के हुनु पर्छ भनेमा यौटै श्लोकले काफी बताउँछ –
      ” ढोल ,पशु और नारी : सब ताडन के अधिकारि ” अर्थात् ,जति कुट्यो उति मधुरो र नरम आवाज हुन्छ / तीज नामक चाड त्यसैको निरन्तरता बाहेक अर्थोक केहि हुन सक्दैन / बस!

      Reply
      1. Sisir says:
        September 19, 2012 at 5:07 pm

        सुभाषसिद्धि जी, तपाई हिन्दु र हिन्दि (बिहारी ) श्लोकमा confuse हुनु भयो जस्तो छ .. तपाई भन्न सक्नु हुन्छ यो तपैले उल्लेख गरेको नारी सम्बन्धि आचार संहिता कुन ग्रन्थमा लेखिएको छ ?? एस्तो जानकारी हुने मान्छेलाई यो पनि जानकारी हुनु पर्ने कि हिन्दु ग्रन्थमा माता(नारी ) र मात्रिभुमु को कुन इस्थान छ भनेर ?? हिन्दु ग्रन्थ ले त प्रतेक चिजमा आत्मा हुन्छ र तेस्को सम्मान गर्नु पर्छ भन्छ .. तपैले उल्लेख गरेको श्लोक त पितृसतात्मक दमनकरी भड्काउ मात्र हो एसको हिन्दु ग्रन्थ संग लिनु दिनु केहि छैन … एक चोटी बेद उपनिसाद र गीता अध्यान गर्ने हो कि !!
        तपैले भने जस्तै कुरा(श्लोक/टुक्का) मैले नेपाल कै तराई तिर निकै सुनेको छु जहाँ पुरुसहरु बडा शानले तेस्तै कुरा गर्छन जहाँ उनीहरु नै नारीहरुलाई बस्तुको रुपमा हेर्छन, केटि जन्मदा रुन्चन ,जन्माउने आमालाई मानसिक र सरिरिक प्रताडन दिन्चन, जीउदै जलौना पछि पर्दैनन् .. छोरि जन्माउने त ६ महिना सम्म माइती नै बसेको देखेको छु, घरवालाले कुनै वास्तै गर्दैनन् , सम्पूर्ण खर्च मैतिले गर्नु पर्ने हुन्छ .. एक से एक पढे लेखेका पुरुष नै आफ्नो मूल्य तोक्दै तिलक (दाइजो) को बार्गेनिंग गर्छन, जति धेरै पदी उति धेरै तिलक .. मेरा ३-४ जना साथी त engineering सम्म ससुरालीको पैसाले पढेका थिए, तेती बेला ७०-८० हजार पर्ने सामान्य desktop कम्प्युटर सम्म उनीहरुलाई नै किन्न लगौथे .. कति दर्दनाक छ महिला हुनुको व्यथा, आफ्नै घरकी जन्म दिने आमा पनि एक नारी हुन् भन्ने कुनै हेक्का हुदैन ..लोक लाज केहीको ख्याल गर्दैनन् … माइती (ससुराल) मा आफ्नै दाईले(जेठान) हेरी रहेको टिभी र चडी रहेको साइकल सम्म मागेर लागेको आफ्नै आखाले देखेको छु .. सुत्केरी भएकी आफ्नी श्रीमतीको उपचारको खर्च सम्म माइतीसंग माग्छन, बच्चाको पढाई खर्च, घर बनाउने खर्च , सवारी किन्न खर्च , घुम्ने खर्च सम्म बुहारीको माइती संग लाजै पचाएर माग्छन .. तिनीहरुको लागि नारी यौनको साधन, बच्चा जन्माउने मेसिन र भनेको सम्पूर्ण काम गर्ने दाश मात्र हुन् .. हो एस्ता चरित्र भएकाहरुले नै हो तपाईले भने जस्तो टुक्का बनाएका कुनै धर्म ग्रन्थले होइन … रिशानी माफ होश ..

        Reply
        1. सुभाषसिद्धि says:
          September 19, 2012 at 7:58 pm

          पढेर मुख फर्काउनु भएकोमा शिशिर्जीलाइ साधुवाद !
          परम्परागत रूपले वैदिक , जनबोलीमा सनातन र नेपालमा शिवमार्ग भनि आएको सम्प्रदाय वा धर्मलाई ‘हिन्दू’ भनेर न्वारन गर्ने श्रेय कसैले पाउँछ भने त्यो किताबको नाम हो ‘राम चरित मानस’ जसको रचनाकार तुलसीदास नामक एक आचार्य हुन् / मैले उद्धरण गरेको श्लोक वा तुकबन्दी त्यसै पुस्तकबाट हुन् /
          यहाँले कुन ग्रन्थमा नारीको महिमा बखान गरेको वर्णन गर्नुभो थाहा लागेन / ‘गीता’को सार यस अगाडी पनि उल्लेख गरेको थिएँ , शायद यहाँको नजर त्यो बेला परेन होला / त्यो हो –
          ‘स्वधर्मे निधनम श्रेय: परधर्मो भयावह ‘/ यसको अर्थ , तीजको सन्दर्भमा भन्ने हो भने , मर्दको काम महिलाले नगर्नू ; मर्दले नारीको आचरण नगर्नू / किनकी पुरुषधर्म र नारिधर्म भनेको बेग्लाबेग्लै कुराहरु हुन् / महिलाले पतिब्रता पालन गर्नु , मर्दको शय वोटी हुन सक्छ !!

          Reply
  6. Suman bhote says:
    September 19, 2012 at 8:00 am

    जिन्दगी रमाइलो सग बाचम……
    हरेक मिनट को जिन्दगी, खुसि सग बाचम……
    मानिस को जिन्दगी छोटो छ, रमाइलो सबैसग साटम….

    Reply
  7. ताई तमू says:
    September 19, 2012 at 3:50 am

    बा ! हैन किन एतिसारो लादिएको के सम्पूर्ण नारीहरु लैंगिक विभेदको नारा घन्काउ छ नि फेरी | पुरुस को दाश हुँ भन्दै उफ्रिए पछी भुत्राको नारीअधिकार हो ! हुनत बिहेगर्नु भन्दा अगाडी छोरो पाउने रहर गर्छे रे !

    Reply
  8. तेजप्रसाद अधिकारी says:
    September 19, 2012 at 12:25 am

    अति नै सुन्दर तस्विर हरु…. अत्यन्त उत्कृष्ट फोटोग्राफी… धन्यबाद उमेश जी.

    Reply
  9. द्रोण says:
    September 18, 2012 at 11:59 pm

    तिज को महिमा पनि गजब छ सबैलाई” महादेव ”नै चाहिने ?
    गोबिन्द ,सिताराम ,भाइराजा ,बुद्द बिर ,हाकुचा ,बेनिप्रसाद हुमागाई ,द्वारिका नाथ चतुर्बेदी हरु ले चै के गर्ने नि ?”नाम परिबर्तन ?

    Reply
    1. Tenjing Gaba says:
      September 19, 2012 at 2:57 pm

      खै क्यार्नु र ?
      मापसे, गापसे, धपसे (गाजा,भांग,धत्तुरो-सेवन) गर्दा पो केहि फलिफाप हुन्थो कि ?

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme