रिलायन्स इन्टरनेसनल एकेडेमी, जेभियर इन्टरनेसनल कलेज
चेल्सी इन्टरनेसनल एकेडेमी, ठुङराम इन्टरनेसनल एकेडेमी
अवेरनेस इन्टरनेसनल एकेडेमी, रिभेरा इन्टरनेसनल एकेडेमी
लुम्बिनी इन्टरनेसनल कलेज, मल्पी इन्टरनेसनल कलेज
कसमस इन्टरनेसल कलेज, लिटल स्टेप इन्टरनेसनल एकेडेमी
ट्रिनिटी इन्टरनेसनल कलेज,इन्टेनसिभ इन्टरनेसनल एकेडेमी
नाम सुन्दा अन्तर्राष्ट्रिय कलेजहरुको नाम झैँ सुनिँदैन त? पक्कै पनि। तर नाममा इन्टरनेसनल झुण्ड्याइए पनि यस्ता कलेजहरु के आधारमा इन्टरनेसनल हुन्, पत्तै पाउन सकिन्न। त्यसैले अब सरकारले विदेशी विद्यार्थीहरु पढ्ने भए मात्रै नाममा इन्टरनेसनल राख्न पाइने, नभए नपाइने नियम बनाएको छ।
केही इन्टरनेसनल जोडिएका थप नामहरु
Alpine International College
Intensive international academy
Brookfield International College
Herald International College
Hilbert International College
International College
International Institute of Higher Studies
International Institute of Technology
Kamana International College
L. R. International College
Nagarjuna International College
NASA International College
Richmond International College
Royal International Engineering College
SANN International College
Thames International College
अहिलेको यस्ता अङ्ग्रेजी र इन्टरनेसनल झुण्ड्याउनुको कारण विद्यार्थी आकर्षित गर्न हो। नाममा इन्टरनेसनल भनेपछि अन्तर्राष्ट्रिय स्तरमा नै मान्यता पाइन्छ भन्ने भ्रम भएको पनि हुनसक्छ। नामैले त त्यस्तो के हुन्थ्यो र। नभए विश्वका ५ सय वटा टप शिक्षण संस्थाको नाम आउँदा नेपालको एउटा भए पनि आउनु पर्ने नि।
विद्यार्थी र अभिभावकहरुलाई भ्रमको खेती गर्न खप्पिस यस्ता इन्टरनेसनल कलेजहरुलाई अब खुच्चिङ पर्ने भएको छ। शिक्षा मन्त्रालयले गठन गरेको संस्थागत विद्यालय मापदण्ड निर्धारण समितिले तयार पारेको निर्देशिकामा निजी विद्यालय वा कलेजले आफ्नो नाममा इन्टरनेसनल राख्न त्यहाँ अध्ययनरत कूल विद्यार्थीको कम्तिमा एक प्रतिशत विद्यार्थी विदेशी हुनुपर्ने बनाएको छ।
अब इन्टरनेसनल नाम झुण्ड्याउन भारतकै भए पनि कम्तिमा एक प्रतिशत विद्यार्थी ल्याउनु पर्नेछ। हुनत कागजमै विद्यार्थी राख्न नि के बेर यस्ता सञ्चालकहरुले! तर पनि जे होस्, कलेज सञ्चालकहरुलाई इन्टरनेसनल भनेको नेसनल हैन है भनेर पाठ चैँ सिकाउने भएछ शिक्षा मन्त्रालयले। कलेज सञ्चालकहरुलाई नै शिक्षा दिनु भनेको चानचुने कुरा चैँ हैन है!
इन्टरनेसनल नाम झुण्ड्याउन रहर गर्नेहरुलाई अर्को एउटा उपाय पनि छ- निर्देशिकाले विदेशी शैक्षिक संस्थाबाट सम्बन्धन (affiliation) लिएमा चाहिँ एक प्रतिशतको नियम लागू नहुने रहेछ।
त्यसैले Preston University, International American University जस्ता विदेशमा मान्यता नपाएका शैक्षिक संस्थाहरुसँग सम्बन्धन लिए पनि नाम राख्न पाइन्छ। आखिर यस्तोलाई पनि शिक्षा मन्त्रालयले मान्यता दिइहाल्ने रहेछ क्यारे, नपत्याए यहाँ क्लिक गरी हेर्नुस् त।
I do not think government should be concerned on the names of the educational institutes. The key responsibility of the government is to check and monitor the quality of education delivered by these institutes. I would not think I would have joined a college or school just because it is named ‘a b c international or x y z international’. If I do, then I am a fool. Thus, there is no harm on names like this.
Government should be using their resources to improve quality of education, enhance curriculum and monitor quality have been achieved on regular basis. Instead, coming up with this kind of regulation is waste of time and resources of government employees.
उही एउटा साथीले भन्थ्यो ” मान्छे म लुते भए पनि नाम त मेरो भीमसेन हो नि”
यस्तै त होला नि international college भन्ने हरु पनि!
यो बुझ्नु पर्यो कि international भनेको intrenational students समेत पढ्नै पर्छ भन्ने छैन.,. यी मध्ये धेरै college ले नेपाली student लाइ बिदेसी college मा पढ्न सहयोग गर्छन …जस्तै credit transfer गरेर . .
नेपालका नेताहरु ले सिकाएका होलान ,नाम को लागि तेत्रो संबिधान सभा त बिघटन भो ,चेतना जनता मै आउनु पर्यो ,नाम मा हैन काममा ध्यान दिउ !
बिज्ञापन कै जमाना रहेछ…
१, प्रोमो देखाएरै हलमा दर्शक तान्दो रहेछ !
२, होर्ल्डिंग बोर्ड कै भरमा ग्राहक पल्कदो रहेछ !
३, घोषणा-पत्रकै भरमा दलले जनता ढाट्दो रहेछ !
४, फाइफुर्ती देखाएरै केटाले केटीलाई फसाउँदो रहेछ !
………….अब नाम कै भरमा बिद्यार्थी, अभिभावक झुक्याउनु के नौलो भयो र ?!
यो इन्टरन्यासनलले मलाई पहिले नै पोल्थ्यो।
म्यानपावरले इन्टरन्यासनल लेख्छ अनी कारोबार गर्छ अन्जान गरीब भुसुक्कै।
ल्यांगवेज अनी ट्युसन ईन्स्टिच्युटले इन्टरन्यासनल लेख्छ पडाइ,समय, पैसा खत्तम।
कलेजहरुले इन्टरन्यासनल लेख्छ सर्टिफिकेटमा मात्र ज्ञान सुन्य, बेरोजगारी मानस, पैसा खत्तम।
यो इन्टरन्यासनल यसरी नै बढ्दै गयो भने म:म: पसलेले पनि इन्टरन्यासनल म:म: पसल लेखेर गूदी हटाइ बेच्न बेर छैन। के गर्नु गल्ती हाम्रै बिस्लेशन नगरि जानेपठाउने। किन इन्टरन्यासनल भनी सोध्यो भने सम्बन्धन, कोर्स, कलेज ग्लोबल भिलेजको अबधारणा अनी मागको कारण भन्छन, यस्तो नि हुन्छ??
यो मुद्धालाई कानुनी हिसाबले वा सरकारले हेर्न मिल्दैन किनकि के नाम राख्ने भन्ने कुरामा के नाम राख्दा ठिक हुने हो र के नाम राख्दा बेठिक हुने भनेर नाप्ने आधार के हो ? जसले यी कलेजहरुमा admission गर्छन, यो नामकै आधारमा गर्छन भनेर ठान्नु पनि अलि ठिक किनकि उनीहरुले पढाइको गुणस्तर लाइ पनि पक्कै हेर्छन | त्यो भएर यस्ता कुरामा पनि सरकारलाई गुहार्न थाले पछी सरकारका मान्छेलाई घुसको बाटो बनाउने मात्र हो | तिम्रो कलेजको नाम ठिक भएन, ५००० रुपैयाँ दिए भए पछी मात्र ठिक हुन्छ भनेर कर्मचारी ले असुल्न थाल्छन | अनि कसरि होला ?
नामकै पछी भन्दा पनि यदि international लेवेल को नै नभई किन international लेख्ने? नजाने गाउको बाटो किन सोध्ने ?
नाम भन्दा पनि..पढाई/session स्टार्ट time मा हुने र exam को result चाडै निकाल्ने system बनाए…..धेरै बिधार्थीको future राम्रो हुन्थ्यो होला……….एस्ता काममा बिदार्थी नेताहरुको धयान किन nagayako होला कुन्नी ………..
नेपाली मा नामाकरण गर्दा कलेज नै होइन जस्तो भ्रम मा डुबेको छ हाम्रो समाज
र नामाकरण बिदेशी राख्दा कलेज धुवादर चल्ने संचालक को दरिद्र मानसिकता को उपज हो यो बिदेशी नामाकरण /नेपाली मै नाम भएका नेपाली ले संचालन गरेको कजेज मा होइन भने किन बिदेशी देखाशिकी नाम राख्ने?यो केवल भ्रम को खेती सिबाय केहि होइन/
Name of college, whats the matter with you guys………. why don’t u people understand that there lies nothing in the name of college. Some of the college have INTERNATIONAL in their name coz they run international course. Is our people so dumb that they don’t understand that international courses help in development of the country (in a rapid way). If government has any problem with international courses, or the names, government should also ban on English newspapers and only use Nepali one. Importing goods and international donation should also be banned.
Finally to the poster,,,,,, INTERNATIONAL name is in between the names of college because they run international course. Hope you dont take this in a negative way
I don’t know why there is a big fuss about the name of the colleges. The only thing that should matter is the quality of Education being provided by the colleges. I am a graduate of Chelsea International Academy and I take pride that I have been associated to this institution. Regarding your query, why International. I must say because of the international standard of education being provided. being international does not always mean having international students on campus. If you are further concerned, our colleges do provide scholarships to students from the SAARC region. I would like to request the writer to comment about the educational standards of the colleges rather than shamelessly bragging about the name of the colleges.
Dear Ghimires( Sohel and Sandesh)
Could you please tell me what are the international parameters of quality education ? How do you claim that you have achieved quality education that is internationally accredited ? Simply because its an english medium institution, because it charges fee of the “international standard” 1 How could you prove that Chelsea provides quality education ? How many international students study in Chelsea ? All the so-called “international” names should be removed as soon as possible. Government colleges and government +2s should to be upgraded that could ensure quality. These private schools and colleges either produce drug addicts or provide Visa to Europe and America that encourage brain drain.
Next, what do you mean by international course ? What contribution does it deliver to your motherland ? Does it mean that after studying the so-called “international course” you can easily compete in the global market ?
This ignorant guy has never got the answers of these simple question.
Mr Ghimire,
Can you tell me if you could get quality job outside of Nepal with your Chelsea certificate? How can you claim that you got quality education?
नाम कै पछि कहिले सम्म ?
१. यो पनि सकारात्मक नै हो – बिदेशी बिध्यार्थी/सम्बन्धन भएमा मात्र ‘इन्टरनेशनल’ राख्न पाइने तर खुसि नै मान्नु पर्ने चै होइन |
२. हुन् त नामले केहि पनि गर्ने चै होइन – डिग्री दिने संस्था जे सुकै नाम गरेको होस् तर सरोकारवाला ( अझ मुख्यत – बिध्यार्थी संगठन ) किन ‘एकडेमिक क्वालिटी’ को कुरा गर्दैनन् ? बुझी नसक्नु छ |
कुनै पनि इन्स्टिच्युसन राम्रो हुन् – ‘पढाउने शिक्षक ‘, पढाउने तरिका ( मूलत रिसर्च मुखी ) र पुर्बाधार राम्रो हुनु जरुरि छ |
३. कलेज संचालक र मो:मो: पसले मा केहि भिन्नना छैन – ‘नाफा कमाउने’ उदेश्यमा (नेपालमा )
अन्त्य मा
४. हामि नामका पछाडी कुदेका कुद्यै छौ – अब ‘क्वालिटी’का पछाडी पनि कुद्ने कि ? डिग्री सर्टिफिकेट दिएर ज्ञान(शिप) नदिने शिक्षा को केहि काम छैन (बिद्यार्थी-अभिभावक र हाम्रो समाज पनि दोषी छ यसमा )
विद्यार्थी संगठन ले कसरि क्वालिटी को कुरा गरुन….तेस्तो कुरा गर्न त पहिला तिनी हरु नि योग्य हुनु पारो नि अनि त्यो कुरा उठाउन माथि का तोके नेता ले तिनी हरु लै आदेस नि दिनु पारो. २० वर्ष को उमेर मा kyampas चिरेर ४० वर्ष को उमेर सम्म त्यहि झुन्डिने विद्यार्थी नेता र तेस्त ले चलाएको संगठन को आस गर्नु उचित होला जस्तो मलाई लाग्दैन.. यी विद्यार्थी संगठन ले विद्यार्थी को हित मा कहिले po कम गरेका छन् र. अनि नेता ले देस र जनता को हित मा कहिले नि कम गरेका छन् र….अनि हामी जनता नि आफ्नो कर्तब्य निभौदैनौ. अनि आरु को नै मुख त तक्चौ नि….
नेपालि सब्द कोस के यति गरिब छ ,एउटा उचित नाउ दिन न सक्ने ?यो बुझौ यी सब ”इन्टर नेस्ननल ”नाउ ठग्न को लाइ खोलिएका हुन् ?
”पल्लाघरे गोबर्धन कुइकेल केहि समय पहिले सम्म सुकिलो कमिज सुरुवाल लगाएर दिनभर तास खेलेर ,पधेरा मा पानि लिन आउने ,घास काट्न आउने गाउका आइमाईलाई जिस्काई बस्थ्यो |आनायास हरायो ,पछी काठमान्डू मा छ रे भन्ने हल्ला आयो |कलेज खोलेको अरे |
गाउको मानिस भेट्न गए | पहिले अपोइन्मेन्त लिएर जानु पर्यो ”भित्र रातो टाईमा कोर्काली पारा को लुगा लगाएको ”जी के ” सर भितिनु भयो | उहाले आफनै गाउको मानिस लाइ पहिले त् चिन्न नै इन्कार गर्नु भो ,पछी आफ्नो ”इन्टर नेसनल कलेज अरु जस्तो चान चुन्ने न भएको भासन दिनु भयो ”|
यहि हो लग बाग यी सब कलेज को कहानी | ठुला नट बर लाल सिंह दर्बार मा ,साना हरु कलेज मा |
मेरो बिचारमा त कलेज को जे नाम भएपनि फरक पर्दैन. ग्लोबलाईजेसन को जमानामा टिचर, एजुकेशन र पुरै कलेजको सिस्टम राम्रो हुनुपर्छ!
अरु कुरा थाहा छैन, तर जेभिएर ईन्टरनेसनल कलेजले पढाउने शिक्षकलाई पैसा दिदैन. त्यहाँ काम गर्ने शिक्षकहरुको पीडा कुनै दिन बाहिर आओस र उनीहरुले पनि न्याय पाउन भनी भगवान पशुपति नाथ सँग प्रार्थना गर्दछु .
नाम बाट होइन त्यहाँ पढाउने शिक्छकको educational background , credibility र quality बाट एउटा college मात्र खोलोस त | नेपालको सबै international college down हुन्छ |
जुन देश मा education मै व्यापार छ , त्यो देश कहिले माथि बढ्दैन ….. आखिर नाम पनि व्यापार कै लागि हो क्यारे ….. international राख्न न पाएके भो Universe , Galaxy standard राखे भोनी ……. अब universe बिशाल छ align हरु संग competition छ है !!!!!
मेरो कलेज को नाम London School of Commerce. नाम मा इन्टरनेसनल नभए पनि २५ जना को क्लास मा १८ देस का बिद्यार्थी छन् |