Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

नर्वेमा अब नेपालीले ‘जब सर्च भिसा’ नपाउने

Posted on September 16, 2012September 16, 2012 by mysansar

-अनुप खनाल-

स्वदेशमा काम गरी केही अनुभव बटुलेका र विदेश जान चाहनेहरुको लागि नर्वेले केही अघि सुरु गरेको ६ महिनाको ‘जब सर्च भिसा’ दिने नीतिले नेपालीहरुका लागि आकर्षण बनेको थियो। विशेषगरी कन्सलट्यान्सीहरुले त कामको ग्यारेन्टी भएको भन्दै लोभ्याउँदै नर्वे उडाइरहेका थिए। यस क्रममा उनीहरुले नक्कली सर्टिफिकेटसमेत प्रस्तुत गर्न प्रोत्साहित गरेका हुनसक्छन्। यसको नराम्रो नतिजा अहिले देखिएको छ। अब नेपालीहरुका लागि ‘जब सर्च भिसा’ बन्द गरिएको छ।

भर्खरै नर्वेको दैनिक पत्रिका “Aftenposten” मा छापिएको समाचार अनुसार नक्कली कागजात पेश गरेको शंकाको कारण नेपालले जब सर्च भिसा नपाउने भएका हुन्। नक्कली कागजात पेश गरेका कारण भिसा नपाउने देशहरुमा नेपाल मात्र नभएर भारत र श्रीलंका पनि पर्दछन्। समाचारमा भनिएको छ- उनीहरुका यस्ता कृयाकलापका कारण पूरै सिस्टममा नै पुनर्विचार गर्नुपर्ने भएको छ।

सन् २०१० बाट सुरु गरिएको यो स्किमले यूरोपबाहिरका देशका मानिसहरुलाई नर्बेमा काम खोजी गर्नको लागि छ महिनासम्म बस्न अनुमति दिन्थ्यो। यो स्किमबाट नर्वे आउन अहिलेसम्म १२०० भन्दा बढीले निबेदन दिएका थिए। ती मध्ये नेपाल, भारत र श्रीलंकाबाट सबैभन्दा बढी निवेदन परेको थियो। तिनै देशका सम्बन्धित राजदुतावास कार्यालयले निवेदकहरुले नर्वेमा Residence Critera पूरा गर्न एजेन्टहरुको सहयोगमा नक्कली कागजात पेश गरेको कुरा नर्बेजिअन मन्त्रालयमा रिपोर्ट गरेका थिए। रिपोर्टपश्चात् मन्त्रालयले ती देशहरुबाट निबेदन लिने काम तुरुन्त बन्द गर्न “stop order” दिएको समाचारमा उल्लेख छ।

पैसा खुवाएपछि कुखुराको पनि नागरिकता बनाउन मिल्ने हाम्रो देशको लागि यस्तो नक्कली कागजात बनाएर पेश गर्ने कुरा त कुनै नौलो होइन। कालोलाई सेतो र सेतोलाई कालो बनाउन सक्ने उच्च क्षमता भएका कन्सलटेन्सीहरु र पैसा देखेपछि जे पनि गर्न तयार हामी महान् नेपालीहरुको यो मनोवृत्तिका कारण क्षमतावानका लागि कयौं अवसरहरु त्यतिकै गुम्ने खतरा त छँदैछ। अझ अरु देशले पनि हाम्रा गतिविधि थाहा पाएर भिसा रोक्ने खतरा बढेको छ।

पुरानो ब्लग
नर्वेमा काम: अवसर कि भ्रम
Aftenposten को समाचार

14 thoughts on “नर्वेमा अब नेपालीले ‘जब सर्च भिसा’ नपाउने”

  1. सुमित says:
    September 17, 2012 at 10:14 am

    “…..पैसा खुवाएपछि कुखुराको पनि नागरिकता बनाउन मिल्ने हाम्रो देश…..” लेखक को तुच्छ सोच को उपज हो यो बाक्य !! अरु कुनै तरिका ले अर्को कुनै सुहाउदो बाक्य ले उहाको बिचार लाइ भन्न सक्थ्यो !! यदि उहा सच्चा नेपाली हुनुहुन्छ भने उहाको मुटु पोल्नुपर्ने हो यो बाक्य लेख्नु अगाडी !

    जे होस् ….जानकारी दिनु हो नर्वे को बारे धन्यबाद !

    Reply
    1. Sisir says:
      September 17, 2012 at 5:23 pm

      दुख लागे पनि कुरा चाही सत्यनै हो … केहि बर्ष अगी हिमाल पत्रिकाले गरेको स्तिंग अपरेसनमा दुवै आँखा नै नहुनेले driving license पाएको कुरा स प्रमाड सार्बजनिक हुदा पनि कसैलाई कारबाही भएन … तेस्तै कान्तिपुर टिभीको “कान्तिपुर आज” मा पनि येस्तई घटना प्रमादित गरि द्रिस्य नै देखयिएको थियो … ५-१० हजार सरकारी कर्मचारीले नक्कली सैछिक प्रमद्पत्रको आधारमा प्रमोसन लिएको असंकामा अख्तियारले छानबिन गर्नु परेको समाचार पनि पुरानो भाछैन .. कमसे कम ५-१० लाख गैर नेपाली भारतीयहरुको हातमा नेपाली नागरिकता छ .. एमालेका भूपू संसद तथा केन्द्रीय सदस्य रामचन्द्र झासंग भरतीय नागरिकता(बिहारबाट ) हुदा हुदै २०-२२ वर्ष अगी नेपालको बंसजको नागरिकता लिएका कारण हालसालै मुद्दा परेको छ .. के यी उदाहरण काफी छैनन् र “पैसा खुवाएपछि कुखुराको पनि नागरिकता बनाउन ” ??

      Reply
    2. raj ,USA says:
      September 19, 2012 at 10:55 am

      भएको कुरा लेख्दा के को टाउको दुखाई ? कुखुरा को नागरिकता बनाउनेमा तपाई पनि पर्नु भो कि ?

      Reply
  2. Tilak Banjade, Hammerfest, Norway says:
    September 16, 2012 at 9:51 pm

    यो नेपालीहरुको लागि एकदमै नराम्रो खबर हो/नर्वे भनेको सिप हुने मान्छेहरुको लागि एउटा राम्रो कमाईगर्ने ठाउँ हो/यहाँ सामान्य मान्छेको तलब सुबिधा भनेको ३०,००० क्रांक हुन्छ महिनाको/ त्यो भनेको नेपाली पैसा लगभग ४.५० लाख हो र त्यो पनि सिप नै नहुनेहरूको लागि मात्र सिफारिस गरिएको तलब हो/ सिप हुनेहरुको त धेरै नै हुन्छ र त्यसमा ३०% ट्याक्स तिरेर पनि आधा पैसा बचाउन सकिन्छ/यहाँ ६ महिना सम्म काम मिल्न सक्छ तर भिसा नै बन्द भएपछी धेरै ठुलो अवसर नेपाली लाइ गुमेको महसुस गरेको छु मैले र यो सबै भारतीय धोति हरुको डुप्लिकेट कागजपत्रको कारण बाट हो/

    Reply
  3. yada says:
    September 16, 2012 at 10:54 am

    अनुप जी , कति लाग्छ म तपाइलाई पैसा दिन्छु लौ त हेरौ कुखुराले पनि कसरि नfगरिता पाउँदो रैछ ? जे पायो तेहिचाई नलेख्हौ न है l

    Reply
    1. Birkhe says:
      September 16, 2012 at 1:29 pm

      सक्कली ब्यक्तिलाइ गाह्रो छ यहा, लेखकले भनेझै पैसा बगाउन सके भालेले पक्कै नागरिकता पाउछा

      Reply
  4. कुसुम ज्ञवाली says:
    September 16, 2012 at 10:49 am

    कोरिया कामदार पठाउने जस्तै कुनै प्रभावकारी सरकारी संयन्त्र निमार्ण गरेर पो यसलाइ निरन्तरता दिदा राम्रो होला की ? कोरियन जस्तै नर्वेलीलाइ प्रभाव पार्न सक्ने क्षमता त हामी नेपालीहरूमा छदैछ ।

    Reply
  5. योगेश आदी, न्यूयोर्क says:
    September 16, 2012 at 7:05 am

    अनुपजी, ” पैसा खुवाएपछि कुखुराको पनि नागरिकता बनाउन मिल्ने हाम्रो देश ” भनेर भन्नु भएको पटक्कै चित्त बुझेन /
    मैले देखे बुझे जाने अनुसार हाम्रो देश नेपाल संसारमा सबैभन्दा नागरिकता प्राप्त गर्न कठिन देशहरु मध्ये पर्दछ /

    Reply
    1. Ganga says:
      September 16, 2012 at 10:04 am

      नियम संगत तरिकाले लिन पो गार्हो योगेशजी, नियम मिचेर लिन त सजिलो छ नि…..

      Reply
    2. राजेन्द्र अधिाकारी says:
      September 16, 2012 at 10:45 am

      पैसा नखुवाइकन प्रयास गर्ने हो भने मात्र गाह्रो हो क्या । खोई कुरा बुझेको ?

      Reply
    3. Deepak says:
      September 16, 2012 at 1:10 pm

      कुखुरा भनेर यौटा उदाहण दिन खोजिएको हो. नागरिकता झिक्न निश्वोमा नै गाह्रो देश भन्नु भयो, त्यो सहि होला तर मात्र गरिबको लागि र सच्चा नेपालीको लागि हो !! सन् १९९१ सम्म जर्मनको लागि पनि भिसाको जरुरत थियन. पछि ६ महिनाको अबधिमा ४५ हजार भन्दा बढी पाकिस्तानीले र लाखौ भारतीय ले नेपाली पासपोर्ट प्रयोग गरि जर्मन छिरेपछी जर्मनको लागि भिसा चाहिने नियम बनाईएको हो !! मलाई सक्कली नागरिकता बनाउदा ४ हप्ता लाग्छ भन्ने जिल्ला प्रसासन कास्कीले १ लाख तिर्यो भने २ घन्टामा हुन्छ भन्दा म आफुनै अचम्ममा परेको थिएँ !!
      दिपक अधिकारी
      जर्मनी

      Reply
      1. janak dangol says:
        September 16, 2012 at 5:49 pm

        एमालेका रामचन्द्र झा छिमेकी रास्ट्रका बासिन्दा रैछन ! नागरिकताको कुरा गर्नु हुन्छ साथीहरु ! तिनले त मन्त्रि समेत पड्काए ! हिजो प्रबासमा सेल्टर बस्दा जुन जुन भारतीयले सहयोग गरे नेपाली नेताहरुलाई ! अहिले गुनको बदला तिर्दैछन ! चाहे कांग्रेस हुन या एमाले ! महन्थ ठाकुर भारतीय हि भनेर ‘सौरभ’ ले कान्तिपुरमा लेख्दा सप्तरीमा कान्तिपुर पत्रिका जलाय ! तलको समाचारको अंश लाइ पढ्नुहोस !
        ..
        काठमाडौं, भदौ २८ (नागरिक) – सर्वोच्च अदालतले पूर्वमन्त्री रामचन्द्र झाको सक्कल नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारीको पत्रसहित अदालतमा लिखित जवाफ पठाउन आदेश दिएको छ।२०६५ सालमा स्थानीय विकास मन्त्री भएका झा भारतिय नागरिक भएको भन्दै उनको मन्त्री पद र नागरिकताविरुद्ध परेको रिटमा सर्वोच्चले यस्तो आदेश दिएको हो।
        ..
        बाकि समचार नागरिक न्युज मा गएर पढ्नुस ! घाम जस्तै छर्लंग हुन्छ

        Reply
    4. raj ,USA says:
      September 19, 2012 at 11:00 am

      कुन चाही दुनियामा हुनु हुन्छ ? बंगालीहरु आएर सजिलै नेपाली पासपोर्ट बनाएर विदेश जान्छन , नेपालमा के के हुदै छन् ,के हुने गर्छ पहिला त्यो बुझौ अनि येह आएर मुख फरकौदा कसो होला ?

      Reply
  6. janak dangol says:
    September 16, 2012 at 4:28 am

    यी पैसाको खेति गर्ने कुजातहरुले कुनै देश बाकि राखेनन !

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme