Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

शुभकामना तीजको !

Posted on September 18, 2012September 18, 2012 by Salokya


हाँसौँ, नाचौँ, रमाऔँ। तीज मनाउने सबै महिलालाई शुभकामना!

भाद्र शुक्ल द्वितीयाका दिन हिजो राति दर खाई आज तृतीयाका दिनदेखि सुरु हुने तीज पर्व पञ्चमीको दिन अरून्धत्तीसहित सप्तऋषिको पूजा गरेपछि सम्पन्न हुन्छ। यसपालि अधिकमास परेकोले तीज असोजमा सरेको हो।

सौभाग्यका प्रतीक रातो सारी, चुरा, पोते र गरगहनामा सजिएका महिलाको काठमाडौँको पशुपति, दुम्जाको कुशेश्वर महादेव, खोटाङ्को हलेसी महादेव, गोकर्णको गोकर्णेश्वर महादेवलगायत देशका अन्य शिव मन्दिरमा आज बिहानैदेखि दर्शनार्थी महिलाको घुइँचो लाग्छ।

हिमालयपुत्री पार्वतीले भगवान् शिवजीलाई पतिका रूपमा प्राप्त गर्न सफल भएको भन्दै राम्रो र चिताएको पति पाउन अविवाहित कन्याले पनि तीज व्रत बस्ने गर्छन्।

यो वर्षका तीजका फोटो चाँडै नै राख्‍नेछु। माथिको चाहिँ गत वर्ष मैले बसन्तपुरमा खिचेको हुँ।

तीजका गीत भिडियो हेर्नुस्-

21 thoughts on “शुभकामना तीजको !”

  1. Bishwaraj says:
    September 18, 2012 at 11:18 pm

    उहीले यो चाडको ठुलै महत्वो, मान्यता थीयो होला, समय अनुसार- तीजको नाचगान मोडीफाई गरेर बिग्रेको डिस्को डिस्को भैसकेछ- २१ सौ सताब्दीमा यो कुनै अनौठो हैन- अनौठो त- के लाग्छ भने महिलाहरु अझै पुरुषको दास, नोकर हुने श्रीमान्को पुजा गर्ने, बर्त बस्ने, श्रीमान्को गोडा धुएको पानी खाने, पुरुष नै चाहीने केही कुरो को नीर्णय गर्न, यी कुरो हाम्रा महीलाहरुको दिमागबाट चट्ट हराउनु सकेको छैन- श्रीमतीले श्रीमान्को पुजा गर्छन भने श्रीमान्ले कीन नगर्ने- यी हाम्रा महीला दीदी बहीनीहरुले नै हो पुरुष प्रधान देश बनाएको- जसको कारण महिलाहरु आफै हारेका हुनकी जस्तो लाग्छ-

    Reply
  2. शशांक लामा NY says:
    September 18, 2012 at 10:47 pm

    एकतन्त्रीय घरानिया शासनका बेला सबै चिज उर्दी बमोजिम चलेको थियो| उदाहरणको लागि “सम्पूर्ण नेपालीको महान चाड बिजया दशमी”, “सम्पूर्ण नेपाली महिलाको चाड तीज” भनि जबर्जस्ति थोपर्न खोजिएको थियो| अबको गणतान्त्रिक नेपालमा चाहिं बोलि र लेखाइ फेर्ने हो कि! “हिन्दु धर्मावलम्विहरुको महान चाड भन्नु पर्ला कि! जातीय पहिचानका कुराहरु यस्तै बेमेल कुराहरुबाट उठछ|

    Reply
  3. Rijal Mahesh says:
    September 18, 2012 at 4:41 pm

    प्रिय मिस्रि,
    तिमि म मात्रै कति ब्रत बस्नु तिमि ले पनि कैले कैले बसे हुन्छ नि भनेर ठुस्केर माईत हिड्यौ | मैले पनि धेरै सोचे धर्म ग्रन्थ को गुदी निक्लने कोसिस गरे, पार्वतीले शिव को लागि तीजको बर्त बासिन रे कतै पर्बतिको लागि शिवले तपस्या गरेको वा बर्त बसेको उल्लेख रहेनछ | ब अफुता शिव भक्त भैयो शिवको अपमान गरेर बर्त बस्न पनि त भएन नि,कि कसो तिमि नै भन ? तिमीहरु पो मुख म लोलो पोतो गरेर मन्दिर म जान्छौ, नाच गान गर्छौ, हामी मोराहरु लै नाच गान गर्न तेई त हो सुरा र सुन्दरी अत्याब्सेक छ , अब तिमि सुन्दरी माईत हिड्यौ ,सुरा र कुखुरा को फिल्ला ले खासै नाच्न लै kick नदिने रहेछ | फेरी तिमीलाई थाहा नै छ, आफु परियो gastritis को रोगि ,भुक्त भोगी अब आफ्नै ज्यान दाउमा रख्येरा तिम्रो दिर्गायु को के कामना गर्नु भनेर यो वर्ष तेस्तै भो.
    प्रिय मिस्रि, म त के भन्छु भने just focus on fun side but having said that बेलुका घर छिट्टै औ है यो Fridge म रख्येको जेरी ले खासै सन्चो गरेन बेलुका चै तातो खसी को झोल र भात खाने रहर छ, अब आफु लै पकाउन आउदैन, नत्र त तीजकै दिन तिमि लै दु:ख दिन मेरो मन पनि कहाँ हो र!
    Thank you budi, उही तिम्रो माया गर्ने मायालु

    Reply
  4. Bimal says:
    September 18, 2012 at 3:24 pm

    नेपाली हिन्दु धर्मलम्बिहरुको महान पर्व तिजको धरै -धरै सुभकामना छ ! हाम्रा चेलीहरुलाई ….!!!~~~ ” Happy Tij” ~~~

    Reply
  5. Devraj Gautam says:
    September 18, 2012 at 3:05 pm

    काम छैन , एक महिना देखि खाएको छ नाचेको छ . छत छत मा बुढीकन्या उफ्रे पछी पन्चकन्या को daandi ले कसरि थाम्ने ?

    Reply
  6. Nabin Attreya says:
    September 18, 2012 at 2:58 pm

    दिदि हरु तीज को उपलछ्य मा दर खाऊ तर दारु चाई होइन है …………………….

    Reply
  7. santosh says:
    September 18, 2012 at 2:30 pm

    हिन्दु महिलाहरुको महान पर्व तिजको अवसरमा सम्पुर्ण दिदी बहिनीहरुमा हार्दिक मंगलमय शुभकामना !!!>>

    Reply
  8. Ashes says:
    September 18, 2012 at 2:11 pm

    शुभकामना … हाँसी खुशी तीजको रमाइलो सबै नेपाली चेली हरुले मनाउन पाउनुहोस् ….

    Reply
  9. Ashok subedi says:
    September 18, 2012 at 1:06 pm

    ‘नारी उच्छृंखल भएको देख्न तीज आउनुपर्छ।’
    ‘कन्यादान’ फिल्मको ‘तीजको रहर आयो बरि लै’ बाहेक यो चाडलाई प्रतिनिधित्व गर्ने गीत देख्दैनन्।नेपाली नारीहरुको महान चाड हरितालिका तिजको उपलक्ष्यमा
    हार्दिक मंगलमय शुभ कामना ।

    Reply
  10. SURENDRA SUBEDI hongkong says:
    September 18, 2012 at 12:16 pm

    दुख, सुख जे गरेर भए पनि खुशी भएर मनाउनु होला मेरो हार्दिक शुभकामना छ/

    Reply
  11. Bishnu Nepali says:
    September 18, 2012 at 10:18 am

    तीज नेपाली नारी हरुको महान चाड हो ! संस्कृति लाई बचाऊ | बिकृति नल्याऊ !

    तीज को सबैलाई सुभकामना !

    Reply
  12. santosh says:
    September 18, 2012 at 9:57 am

    सबै दिदि बहिनीहरुलाई हरितालिका तिजको धेरै धेरै सुभकामना हासी खुसि रमाइलो गरि खुसीका साथ नाचेर दुख सुख का कुराहरु साटासाट गरि मनाउनु………!!!

    Reply
  13. Nirajan Sinkhada says:
    September 18, 2012 at 9:52 am

    देश थथ बिदेशमा रहनु भयको सम्पूर्ण दिदि बैनिहरुलाई हरितालिका तीजको हार्दिक मंगमय शुभकामना !!!

    Reply
  14. bmaya says:
    September 18, 2012 at 8:54 am

    मेरो पनि शुभकामना .. तीज को.. नेपाली चेली हरु लाइ…!!! तीज ज्यादै भडकिलो भई रहेछ . एता तिर चाही सोचन आग्रह गर्दछु..

    Reply
  15. abhishek says:
    September 18, 2012 at 8:35 am

    पोइल जान पाम पाम शिव भन्ने लाइ मैले ल्याउन पाम/ HAPPY TEEZ TO MY ALL NEPALI DD AND BAINI

    Reply
  16. योगेश आदी says:
    September 18, 2012 at 4:24 am

    तीजका केहि मन छुने गीतहरु….

    कसैले तीज नाचेरै मनाए, कसैका आँखा आँसुले रसाए…
    मेरी आमा मै छोरी होइन र, मलाई तीजमा निम्ता नि छैन र….
    भदौरे भेलले सकेन छेक्न, जन्मेको माटोमा चेलीलाई टेक्न….
    ——————-सबै चेली दिदी-बहिनीहरुलाई तीजको शुभकामना !!! —————-

    Reply
    1. द्रोण says:
      September 18, 2012 at 8:47 pm

      आउछ के चेली भनेर आमा दोबाटो धयेकी |
      तिज मा पनि बिर्सेछ क्या रे गरिब माइ ति |
      सल्ला झैँ आमा सुसाइ रहिन त्यै कालो कोठामा |

      अल्झेछ क्यारे पछेउरी —-

      -भूपी

      Reply
  17. Tulsi says:
    September 18, 2012 at 2:29 am

    सबै तिज मनाउने हिन्दु धर्मालम्बीहरुलाई तिजको धेरै धेरै शुभकामना / सबैले हाँसी खुसि तिज रमाइलो गरि मनाउन पाउन /

    Reply
    1. रामबाबु स्रेष्ठ says:
      September 18, 2012 at 4:01 pm

      सबै हिन्दु महिलाले तीज मनाउदैन ।

      Reply
      1. द्रोण says:
        September 18, 2012 at 10:28 pm

        तेसैले सबै ले सिबजी जस्तो पति पनि पाउदैन |

        Reply
        1. sagar says:
          September 19, 2012 at 12:00 am

          शिवजी जस्तो मशानमा बस्ने भांग, धतुरो र गाँजा तान्ने पति आजकालका केटीलाई किन चाहिन्थ्यो ?
          बरु पाए आफै शिवजी जस्तो मोज गर्छन नी |

          Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme