नेपालीमा एउटा उखान छ- ‘गैराको घरलाई पैराको डर, डाँडाको घरलाई ..डाको डर’
बोलिचालीको उखान भए नि सभ्यताका कारण पूरै उखान लेख्न मिल्दैन। तर यसको अर्थ हुन्छ- गहिरो ठाउँमा घर भयो भने पहिरोको डर हुन्छ, डाँडामा घर भयो भने केको डर? उखान गलत साबित भएको छ। डाँडाको घरमा पनि पहिरोको डर हुने देखिएको छ। लगातारको वर्षाले काठमाडौँको कीर्तिपुरनजिकैको तीनथाना गाविसको डाँडामा बनेको एउटा घर मंगलबार पहिरोले करिब ५० मिटर तल झारिदिएको छ। धन्न, घरमा बस्ने मान्छेहरुलाई भने केही भएको छैन।
केही मिनेटको फरकमा नै घर माथिबाट तल आइपुग्यो। पहिले एउटाको जग्गामा थियो घर, अहिले अर्कै जग्गामा। यो पक्की घर सर्लाहीका बासिन्दा सुनील यादवले एक वर्षअघिमात्रै बनाउन सिध्याएका रहेछन्। पहिरोले घर बगाउन लाग्दा भूँइचालो आएको ठानेर घरभित्र भएकाहरु भाग्न भ्याएका रहेछन्।
पहिरोले पूरै घरलाई जगैसहित बगाएर ५० मिटरजति तल खोल्सामा पुर्याए पनि घरको संरचनामा खासै केही क्षति नपुग्नु अचम्म रह्यो। घरको झ्याल, ढोका जस्ताको तस्तै छ।
किन भयो त यस्तो ?
त्रिभुवन विश्वविद्यालय भूगर्भ शास्त्रका उपप्राध्यापक रञ्जनकुमार दाहालले Rainfall Induced Landslide विषयमा नै Kagawa University मा अध्ययन गरेका छन्। उनले पहिरोको फोटो हेरेपछि फेसबुकमा यसको कारण खोतल्दै यसो लेखेका छन्- तीनथानाको पहिरोको फोटो हेर्दा, रोटेसनल फेलर भएको प्रस्ट देखियो। यस्तो पहिरो क्ले बढी भएको जमिनमा प्रशस्त पानी परेपछि हुन्छ। तर पानी पुरै मिसिनु पर्छ भन्ने छैन। unsaturated soil mechanics related यो हाम्रो लागि राम्रो अनुसन्धानको विषय हुनसक्छ। काठमाडौँका ढिस्कोहरुमा बनेका सबै घरहरु यस्तो पहिरोको जोखिममा छन्।
फोटोहरुः सुरुको नारायण अर्याल, बाँकी सबै ज्ञानबहादुर महर्जन।
यादव जी को घर पहिरो मा परेको मा दुख लग्नु स्वाभाविक नै हो | तर किन एस्तो हुन्छ भनेर जान्नु आबस्यक छ | पहिरो को फोटोहरु हेर्दा जमिन को स्वोरुप ३ भागमा बाडिएको देखिन्छा | काठमाडौँ को भू बनोट प्राय सबै येस्तई हो | माटोको ३ भाग मध्ये सबभन्दा तल को भाग कालिमाटी ले बनेको धेखिन्छा | कालिमाटी को गुण इन्गीनीरिंग भासामा भन्दा Shear strength soaked CBR of only 1.5%; residual strength parameter Φर 12°;permeability 10−10 cm/sec; Liquid limit 40% ~ 100%.; Free Swell index Sometimes > 50% देखिन्छा| येस्मा अन्तिम गुण ५० % भन्दा भादी धेखिना आउँदा , माटोमा हुने एक आपस को बढ्ने शक्ति घटना गइ अटन्तई कम्जोर हुन्जन्छा र अरुको सहयोग खोज्न थाल्छा | तर तल खोला / या गहिरो भएको हुँदा माटोको सबभन्दा तलको भाग ले अरु को सपोर्ट गुमौना गइ आफुल;ए माथि दिएको सपोर्ट पनि छोदिदिन्छा | अन्त मा भर बहन को सिद्धान्त अनुसार माथि को घर सहित तल जना पुगेको हो |
घर किन भात्कियेना त ?
घर ती beam लगायत पिल्लर ले बनाएको र १ तल्ल मात्र भयोको हुँदा भर थाम्ने बलियो पाना ल गर्दा हो अरु केहि होइन |
यो र एस्त घटना काठमाडौँ लगायत नेपाल क ठाउँ ठाउँ मा हुने गरेको छ | गोर्खा को छेकम्पार पहिरो , कास्की को सिक्लेस पहिरो मा घर मात्र होइन ५०- ६० घर को घुन नै बगी रहेको छ , येस्मा कसको धन जाने? जब ठुलै घटना हुँदैन ”’ काग करौन्दै छ पिना सुक्दै …”
घर बगेर जादा दुख त लाग्यो नै. मा पनि घर हेर्नु पर्यो भनेर गएको थिए. यहि साउन मा मात्र घर मा सरेका रैछन घर धनि हरु . १ महिनामै घर बग्यो. विचरा हार्मो सहानु भुति उनलाई . जमाना मा त्यो घर बनाएको ठाउँ पुरेको भन्ने पनि सुनियो. पहिला पनि पहिरो गइ सकेको ठाउँ मा जग्गा दलाल हरु ले माटोले पुरेर प्लाटिंग गरेको कारण यस्तो भएको भन्ने पनि सुनियो. खै के हो के ?
मलाई चाही यो घटनाले सार्है दू:खी बनायो | बिचरा सुनील यादवजीले कति दुख गरेर घर बनाउनु भएको थियो होला तर प्राकृतिक प्रकोपले अर्कै रुप लीईदियो | धन्न घर चाही सग्लै रहन पुग्यो र मानबिय छ्यति पनि हुन पाएन, पहिरोले घरलाई ५० मिटर तल झार्दा पनि | यस्तो त संसारमा एकदम कम मात्रै हुन्छ | शायद यादवजीको भाग्य र वहाको आफ्नै पसिनाको कमाई भएर पनि होला | यदि यो घर बस्न लायक र बस्नको लागी सुर्क्ष्छित् छ भने , यो घरमा यादवजीलाई नै बस्न दिएर जग्गा सट्टापट्टा गर्ने बाताबरण मिलेमा यादवजीलाई केहि राहत मिल्ने थियोकी ! म यो अनुरोध यहि माईसंसार बाट गर्न चाहन्छु |
नागरिकको जिउ धनको सुरक्छा गर्नु राज्यको जिम्मा हो / यादब जी लाई उचित छतिपुर्ती दिनुपर्छ / नत्र घर बनाउनु पूर्व नापी विभागले एस्तो ठाउमा किन घर बनाउन रोकेन ?
त्यस घरलाई निर्माणको नमुना ठानी म्युजियमको रुप्मा परिनत गर्नु पर्छ जस्तो लाग्छ मलाई । यस्मा निर्माण कर्मिहरु ले ध्यान दिए हुन्थ्यो कि ?
सिमेन्टमा फेमिकोल हालेको थियो कि! कि जुत्ता टाल्दा लगाउने त्यो च्यापच्यापे सोलुसन पो हालेको थियो? जे भएपनि यादवजीले घर चाहिं दह्रो तालले बनाउनु भएको रहेछ|
यो पहिरोले एउटा लापरवाहीको नतिजा सावधानी को रुपमा देखाएको छ …..काठमान्डौ उपत्यका लगायत नेपाल को अन्य भूभागमा बनेको घर र अरु बनाइने घर हरुको लागि बिशेस होशियारी अपनाउनु जरुरि छ……. जानकारीको लागि धन्यवाद माइसंसार टिम, नारायण अर्याल अनि ज्ञानबहादुर महर्जन लाई…
अहिले सम्म त केहि भएको छैन अब भने धेरै डर हुन्छ त्यसैले यहा बाट अनेत्रै बसो बासको लागि सरकारले चाडो पहल गर्नु पर्यो
यस्तै घटना टेकुमा नेसनल ट्रेदिंग अगाडी पहिला भयको थियो/ टेकु बिस्नुमतिको किनारमा पाखा परेको जमिनमा लहरै घर हरु बनेको थियो/ तर राति ती सबै जसो घर हरु जमिन मुनि धस्दै गयो/ कुनै घर त् पुरै जस्ताको तस्तै जमिन मुनि पुगेको थियो/
सायद यसको दुई कारणहरु हुन् सक्छ/ प्रथम कारण: खानेपानीले बधिसे बढी जमिन मुनि बात पानि निकाल्दै गरेको कारण जमिन खोक्रो हुँदै जानु र अर्को कारण उपत्यकाको कोमल मलिलो माटोको धरातलमा यसले धान्न सकिने भन्दा बढी भार हुने गरि अत्याधिक भार भयको फलाम कंक्रिटको घरहरु बन्दै जानु/
उपत्यका पहिला पोखरी भयको कुरा ईतिहासमा उल्लेख छ/ उपत्यकाको धरातल पुरियको थुप्रियको माटो माथि अबस्थित छ/ सरकारले उपत्यकाको जमिनको प्रकृतिलाई ध्यानमा राखेर जमिन मुनि बात पानि निकाल्ने, घर निर्माण र सहर बिस्तार गर्ने कुरामा नियमित गर्न गराउन कुनै मास्टर प्लान बनाउनु पर्ने थियो/ आखिर जमिन पनि त् घर जस्तै नै हो/ हाम्रो सानो घरमा माथि जसरि सिमेन्ट फलामको गोदाम बनायो भने पुरै घर भासिन्छ भत्किन्छ/ मलिलो र थुप्रियको माटोको धरातल भयको उपत्यकाको जमिनले यति धेरै घना बस्ति र निर्माणको भार थेग्न सक्दैन होला कि जस्तो लाग्छ/
तेश्रो तर सबै भन्दा ठुलो कारण चाहि “पापको भार बोकेका नेताहको पापको कमाई बात बनेको भारि घरहरु धेरै बन्न थालेकोले” उपत्यकाको धरातल नै रिसाउन थालेकोले पनि यसरि पहिरो जान थालेको होला”!!!!
नेपाल को कर्मचारी तन्त्र न हो<अब नापी का ले यादव जी लाई भंचन ; कि यति पैसा चहियो कि घर जग्गावाला को बनैदिन्चु /
यसलाई mass wasting ( डाडो पाखो बग्नु ) भन्छन / धादिंगको झार्लांग गा बि स मा नेपालको अहिले सम्मको ठुलो पैर्हो गाको थियो ३०-३५ वर्ष अगाडी / एउटा सिंगो बस्ति, डाडा पखेरो नै सलल रेल झैँ न्यून गतीमा कुदेको थ्यो रे ! भाग्न समेत नभ्याए पछी पीडीत हरुले पल्लो डाडाका आफन्ती लाइ ‘ सम्धी हामी त गयेउ तपाईहरु राम्ररी बस्नु होला ‘ भनी बाइ बाइ गरेर बीदा बारी भाका थिय रे ! उक्त पहिरोमा मान्छे त के कुरा कुखुरो मुसो पनि उम्कन सकेंनन रे!
यो पहिरोको फोटो मैले अस्ती दिन भर पठाउने कोसिस गरेको थिए माइसन्सारलाई तर नेटको प्रब्लेमले सफल हुन सकेन । घरमा केवल दुई जाना मात्रै थियो रे मैले फिल्ड्मै सुनेको बाँकी परिवार केही बिशेष कामले तराइ गएको भन्ने हल्ला सुनियो स्थानिय बासिन्दाबाट । ढिस्को मंगलवार बिहान ३ बजे तिर भास्सिएको र घर दिउसो सम्मै सिधा थियो भन्ने पनि सुनियो घर सङ्गै इनार र इनारमा पानी पनी जस्ताको तस्तै थियो । यो ठाउँमा २२ सालमा पनी यस्तै गरी ढिस्को भासिएको थियो भनिन्छ । यदी पहिला पनि यस्तो भएका हो भने जानी जानी यो ठाउमा घर बनाउन हुँदैन्थ्यो ,.
नेपाल मा अझै यस्ता घटना धेरै हुन् सक६न् बिसेष गरि तलिया माटो भयका उपत्यका क्षेत्र मा किन भने यहाँ जे पनि aniantrit रुप मा भै रहेको ६. भूगर्भ शास्त्रका उपप्राध्यापक रञ्जनकुमार दाहालले भने जस्तै यो थप अध्ययन र अनुसन्धान को बिसय हुन औंछा खस गरि जिओमर्फोलोजिस्त हरु को लागि. तेसैले घर बनाउन को लागि सरकारले पनि निस्छित मापदण्ड तोक्नु आबस्यक छ.
यस्तो घटना सुन्दा र देख्दा मनै सिरिङ्ग भएर आउछ …………………………………………….
निकै अचम्म को घटना भयछ मलाई त भाग्य राम्रो नै भय जस्तो लग्यो यादब जी को मानबिय क्षेती त भयन घर त फेरी पनि बनाउन सकिन्छ जीवन फेरी पाउन सकिदैन
नया घर भएर होला नभत्किएको अनि बिचार घर धनि को त बिजोग नै भो नि आब के गर्ने त्यो घर न बस्नु न भत्काउनु .
हेर्नुस न मित्र हो भोलि अब कुन चाही cement कम्पनी ले यादव जी संग बिज्ञापन को लागि offer गरेर TV देखाउने छन् अनि सोड़ने छ ” तपाई ले कुन Cement प्रयोग गर्नु भयो? अनि यादव जी मालामाल.
घरको main structure सिमेन्टले होइन फलाम / इस्पातको rod ले होल्ड गर्छ जस्तो लाग्छ …
अब त्यो डिल मा भएको हरियो-पहेलो घरको पालि……
दिमाग लगा पासा दिमाग…. नत्र आर्को बर्सात मा त्यो पनि तल….
घर चाही कसको हुन्छ होला अब, घर बनाउनेको कि, जसको जग्गा मा घर चिप्लेर पुगेको छ त्यो जग्गा धनि को??:०)
ठुलो आर्थिक क्षति भएकोमा यादब बन्धुलाई मेरो सहानुभुती
चाडै अर्को नयाँ-मजबूत घर बनाउनु सक्नुहोस भन्ने मेरो शुभकामना
भगवान को कृपा ! पशुपतिनाथ ले हामी सबैको रक्षा गरुन !!
बुद्दम सरनम गच्छामी !!
ओम नमो भगबते बसुदेवाया !!
ओम नमो नारायनाया !!
ओम श्री कालि माताया नमः
हाउ,लाखे है यस्तो घटना मा पनि घर त सग्लो नै पो छ/लाखे है यादब जी ले कुन सिमेन्ट प्रयोग गरेर बनाए छन् ?मलाई सन्तोष लागेको त ठुलो दुर्घटना मा पनि सबै परिवार स-कुसल हुनु नै राम्रो हो /हिम्मत गर्नुस यादब जी फेरी ज्यान रहे घर त कसो न बनायिएला?
सहानुभुति सुनिल यादब जी र उहाको परिबार लाइ जसलाई प्रक्रीतिले धोका दियो .
प्रक्रीती को नियम मा त सबैले बस्ने पर्छ .तर कानुनि अडचन परे जस्तो छ .नेपाल मा घर जग्गाको जीवन बिमा गर्ने चलन तेती छैन ,यदि यादब जी को घरको पनि जिबन बिमा छैन भने बिचरा को बर्सौको सपन्न उदायो पहिरोले /
मेरो हार्दिक सहानुभूति छ
यो समाचार लाई अति नै महत्व दिनु जरुरि थियो किनकी काठमाडौँको जहा पायो त्यही घर बनाउने कार्य रोक्नुपर्छ र अब ढिस्का मा बनेका घरहरुले बिमा गर्नु जरुरि छ !! भुइचालोमा पनि यस्ता ढिस्को मा बनेका घरहरु अतिनै जोखिममा हुन्छन ! यदि तपाइको घर पनि ढिस्को मा छ भने बीमा गरिहाल्नुस !! नेपालमा भुइचालो र पहिरो को लागि घरको बिमा हुन्छ !
दिस्तंस ओफ फल मा पनि देपेंद हुन्छः जस्तो लाग्छा मलाई
इशोर कैलिफोर्निया
होल्द्रेगे एंड कुल गेओलोगिस्ट एंड एन्गीनीर्स
लु साथी हरुले कुरै नबुझी पहिरोले घर लग्यो भनेर कमेन्ट गर्ने / आउनुहोस एक पटक रामरी नियालेर हेर्नुस त , यो घरलाइ पहिरो सहिरो केहिले पनि सारेको हैन, अरे बाबा यो राति टन्न जांड खाएर रिसले लातले हान्दा खेरि घर सरेको हो क्या / लौ आउनुस फेरी टन्न जांड खाऊ अनि सबै मिलि तानेर फेरी अर्को भिरमा लगेर राखौ ताकी भोलि फेरी लात हान्न पाईओस् / त्योपिउने कुराको को व्यस्था चाहिं म गरम्ला /
हे बन्धु !!!!!
तपाइको घर पनि त्येसरी नै सर्यो भने ?
मेरो शुभकामना छ तपाइको घर ढिस्को मुनि कहिले पनि नसरोस /
जस्ताले त्यस्तै देख्दा रैछन ! मान्छे त बाजे रैछन ! जति खेर पानी टु मच भएर टु मच कुरा गर्ने ! कुन ब्रान्डको खोया बिर्के खाने गर्नु भा रैछ ?
अरु भन्दा पनि यो घर बनाउने ठेकेदार को नाक चै निक्कै लामो भयो होला / आज बाट भाउ पनि बढ्यो होला / घर त साची कै बलियो बनाएकै रछ नि ५० मिटर तल चिप्लिन्दा पनि घर चै सग्लै देखिन्छ बा !! ……..
जरुरत नभए पनि काठमाडौँको जस्तो सुकै ठाममा घरको नाममा चारोटा पिलर ठड्याएर आफ्नो गाउँ-ठाउँका मान्छेहरु अगाडी धाक जमाउन खोज्ने लालसाको यस्तो नतिजा देखेर कुनै आश्चर्य मान्नु नपर्ला ! गाविस देखि शहरी विकास सम्वन्धि निकायहरुलाई समेत कुनै
चासो नभएको महानगरको मर्यादा-पालक शून्य रहेको अवस्थामा कसले कसलाई बुझाउने ?
घर धनीको लागि निकै दु:खको खबर तर नेपालका पत्रकार मित्र हरुले समाचार सन्कलन गर्दा निकै लापरबाही गरेको देखियो मैले आज यही समाचार तीन वटा Onlineपत्रीकामा पढे तर तीन ओटै म फरक समाचार…….माइ संसारमा ५० मिटर तल खसेको भनियको छ, कान्तिपुरमा १०० मिटर अनी नागरिक न्युजमा ३०० मिटर……..
हुन त यो फरक फरक मिटरले यो समाचारलाई त खास्सै फरक पारेन होला तर एस्तो लापर्बाहिले अरु समाचारलाई चाँही निकै फरक पर्न सक्छ भन्ने कुरामा पत्रकार मित्रहरुले अलिक ध्यान दिनु पर्यो…….समाचार संकलन गर्नु मात्र भन्दा पनि स ही समाचार संकलन गर्नु नै पत्रकारिता हो जस्तो लाग्छ मलाई…………
डण्डी र सिमेन्ट चही राम्रो र भरपर्दो बलियो परेछा
पहिरो लादा पनि न भत्किने तर ठुले पो धोक्का दीय छ त
बिचार
पर्नेलाइ पिर, रमितेलाइ रमाइलो !! अब नापीले पो कसको जग्गा कुन भनेर कसरि मिलाउला??
यो प्रशंन नापी मा गए र बुज्न पर्ला
नापीका मान्छे लाई त चिट्ठा पर्यो .. लफडा निकालेर पैसा कमाउने मेलो सुरु गर्छन …
घर मात्र बलियो बनाएर नहुने रहेछ, साच्चिकै बलियो घर को लागि घरको जग बस्ने जमिन को पनि राम्रो संग अध्ययन गरिनुपर्छ भन्ने कुराको संदेश यो घटनाले दिन्छ। हुर्रे !!! A good oppurtunity for Geotech Engineers and Geologist… Pile foundation भएको भए घर बग्दैन थियो कि???
एक जनाको ठुलो सिमलको रुख पनि यसै गरि पहिरोले बगाएर अर्को मान्छेको सम्पतिमा पुराइदिदा,त्यो रुख नया जसको सम्पतिमा छ उसकै हुने.. भन्ने कानुन भए झैँ लाग्छ,अब एक वर्ष अगाडी बनएको घरलाइ कसरि माया मार्ने हो ?हरे शिब!!
कठै ! नियति पनि कस्तो …! धैर्य धारण गर्ने शक्ति देउन | यहि मेरो भगवान संग प्राथार्ना |
happy to read that people are fine… i don’t believe in miracle but indeed this one.
अब त्यो घर धनिले तल को जग्गा किन्ने, घर त Already तयार नै छ मज्जाले बस्ने ! भगवान को मर्जी …………….
हास्ने कि रुने एस्तो पलमा?
कि सिद्दान्त खोज्ने,देबको छ्लमा?
जय नेपाल आमाको
डाँडाको घरलाई हुरीको डर भन्ने सुनेको थिएँ !!
कति लगानी गरेर घर बनाएका थिए, एक बर्षमै पहिरोको शिकार भयो, घर साहु प्रति दुख लाग्यो l
हैन उखान त अन्तिम कडा राख्नु भएछ त् ह ?
सायद तेती बेला भगवान भित्रै रैछन क्यारे , घर भत्किन नै दिएनन् , उदाहरण कुनै घरमा च्याउ उम्रेपछि भगवान प्रकट भए भन्ने मानसिकता लाई मध्ये नजर गर्दै यो अनुमान गरेको छु.
जथाभाबी प्लातिंग अनि बिना नक्सा पास घर बनाउदा को परिनाम हो यो……
कुन सिमेन्ट ले बनेको घर हो? थाहा पाए धन्य हुने थिए!
लाखे है , उखान त ठिकै पो भए जस्तो लाग्छ त मलाइ त… गहिरामा घर भाको भए त पुरिने नि.. डांडा मा रैछ र त अनि ठाडै बसेको छ त … चित्र मा फेरी हेरुम त हाहाहा … अनि भएन त गहिराको घर पहिराको डर .. डांडा को घर ….डाको डर ….. नायिन्तीन फौटिन को उखान पो त … हाहाहा .. हासुम न हास्ने बेला त भयो त …..
मान्छे लाई आपत परेको बेला हास्न लाज लागेन दम्बरे तलाई. छि छि!
बाँच्नु मात्र पर्छ साथी हो ……..जे पनि देखिन्छ……छैन त प्रकृति को लिला अनौठो…..
प्रकृति भन्दा ठुला हुन खोजे पछी पाएको सजाय हो यो ! खोइ त पैसो र कंक्रिट को जंगल ले मान्छे लाइ बचाउदैन रैछ त ? दोष कसको ? प्रकृति को कि मुर्ख मान्छेको ?
अब त्यो घरलाई साविककै ठाउँमा बोकेर लान पनि सकिन्न, घर त सग्लै रहेछ, कसरी माया मार्नु? पहिर्ले नै धकेलेर तल पुर्याई दिएपछि उनको के लाग्यो र? जग्गा एकातिर, जग्गामाथि भएको घर अर्कोतिर!
गहिरोको घरलाई पहिरोको डर
डाँडाको घरलाई …डाको डर
यो उखान त फेल भयो नि !