Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

तीजमा डिस्को डान्स

Posted on September 18, 2012September 18, 2012 by Salokya


यस पटक तीजको रमझम पहिलेभन्दा फरक देखेँ। नाचको शैलि पनि बदलिएछ। बसन्तपुरमा स्पिकर घन्काएर नाच्नमा धेरै रमाएका देखिए। ‘नाचौँ हामी डिस्कोमा तीज’गीतमा सबभन्दा रमाई रमाई उफ्रीउफ्री महिला नाचेको देखियो। छोटो भिडियो पनि खिचेको छु। भिडियो हेर्न भित्र आउनुस्।


आज बसन्तपुरमा देखिएको तीज नाचको भिडियो हेर्नुस्-

23 thoughts on “तीजमा डिस्को डान्स”

  1. surendra subedi Hongkong says:
    September 19, 2012 at 4:30 pm

    भड्किलो हुदै गएको तिज लाई सकेसम्म कन्ट्रोल मै राखेर आम नेपाली गरिब हरु ले पनि मनाउन सक्ने तिर ध्यान मोड्ने हो कि?आज भोलि त गरिब र धनि को ठुलो खाडल देखाई रहेको छ यो हुने हरु को तडक ,भडक ले /

    Reply
  2. Sisir says:
    September 19, 2012 at 12:17 pm

    चेलीबेटीहरुले रमाइलो गरेछन राम्रै लग्यो …
    संस्कृति, रितिरिवाज, परम्परा परिवर्तन सिल हुन्छ , यो कसैले रोकेर रोकिदैन, समाजले पचाउने सम्म गर्दा फरक नपर्ला ..

    Reply
  3. prashant says:
    September 19, 2012 at 10:55 am

    एकातिर बीयरको बोतल अनि अर्कोतिर सेकुवा राखेर दशैंको टिका थाप्नु पो संस्कृतिको बिरुद्ध हो, कसैको लागि आफुले दुक्ख गरेर ब्रत बस्नु अनि त्यस्तो पिडामा रमाइलो गर्नु नेपाली नारीको सहन्सिलताको परिचय हो नि होइन र !!
    डिस्को, Facebook, G+, IM आखिर मनोरन्जन को परिस्कृत रुप मात्र त हो नि ,नेपाली नाच गान नै गर्नु भन्ने छैन नि !सभ्यसंग गर्या छ भने किन कसैको टाउको दुख्नु !

    Reply
  4. Ananta says:
    September 19, 2012 at 8:52 am

    डिस्को नै गर्नु छ भने नाइट क्लब गए भै हाल्थ्यो नि. आधुनिकताले जति सुकै समाज मा ठाउ लिए पनि संस्कृति बिगार्न भए न है दिदि बहिनि हरु/

    Reply
  5. Ravi budhathoki says:
    September 19, 2012 at 4:56 am

    केवल पहिरन मात्रै रातो सारी को तर यहाँ झलक चै देख्न पाइयो पुरै डिस्को को .. !! हुन त तिहार मा पनि त देउसी भैलो आजकाल स्पिकर लगाएरै नाच्ने चलन चलेको छ तेस्कै प्रतिउत्तर होला, जेहोस हाम्रो संस्कृति भित्र बिकृति को बिस्तार बढ्दै छ जस्तै देखियो / अब अर्को बर्ष कस्तो तीज आउला ? राम जाने –/

    Reply
  6. bishnu says:
    September 19, 2012 at 1:59 am

    आफु संग जस्तो जे छ लगाउने, खाने र पर्बलाई मनाउने भन्दा बढी तडक भडक ले लिएको छ/ मैले नि पाल्न सक्छु भन्ने,,,,,,,, तर एक महिना देखि तिज मनाएर लोग्ने को को खल्ती रित्याउने यो कस्तो तिज???

    Reply
  7. diwas says:
    September 19, 2012 at 1:50 am

    नेपाली पुरुस को कम्जोर मानसिकता हो यो , पुरुसहरु सधै डान्स बारमा गएर नाचेको हेर्दा ती डान्स बार को kt ले नाचेको राम्रो हुने आहिले आएर आज एक दिन आफ्नो संगिनी र परिवारहरु संग महिलाहरुको पर्ब मा नाच्दा बिकृति भै हाल्ने ? किन महिला हरु को सानो कुरा लाइ पनि ठुलो गल्ति बनाउछम? हामि पुरुसहरु दिनदिनै जाड खाएर राति ढिलो आउदा हुने आज एक दिन महिला हरु भोकै तिनै पुरुस को लागि भनेर ब्रत बस्दा पनि हामि देखि सक्दैनम है ? शारीर को एउटा अंग ले पुरुस हुदैनौ सम्मान गर्न सिक महिलाहरु लाई !!!

    Reply
  8. Nawaraj says:
    September 18, 2012 at 11:09 pm

    तीज आयो, महिलाहरु व्रत बसे। एउटा पुरुष बोल्यो प्याच “थुक्क आँफु भोकै बसेर नि लोग्नेको आयु कहिं लामो हुन्छ, मुर्ख ?” अर्को बर्ष तीज आयो । महिलाहरु भोज-भतेर / पार्टी आयोजना गर्न थाले । फेरी एउटा पुरुष प्याच बोल्यो “थुक्क हेर, तीजको नाममा मुर्ख महिलाहरुले बिकृति भित्र्याएका !” महिलाहरु तीज देखि नै दिक्क भए । त्यसैले आजकल तीजको नाममा नाच-गान गर्ने महिला भन्दा पुरुष बढी देखिन थालेका छन् ।

    Reply
  9. Sara says:
    September 18, 2012 at 10:55 pm

    गीतै डिस्को जस्तो भएसी डिस्को जस्तै नाच्न परेन र ? कि डिस्को गीतमा नि झौरे मा झैँ घुमेर फन फानी नाच्ने र? बेक मित्र जी हाहाहा …….जे होस् रमाइलो गरेछन चेली हरुले….

    Reply
  10. Bek says:
    September 18, 2012 at 10:35 pm

    अल्छी महिलाहरु ! आफूहरु गाउनको अल्छिले ठुल्ठुलो स्पिकर बजाएर यसपालिको तीजमा डिस्को नाच्यौ, अर्को सालमा चाही साडी चोलो लाउन झन्जट भो भनेर तीज जात्रामा टू-पिस लगाएर आउ, अनि खुट्टा ठाडो पारेर घुमाएर , के के गरेर नाच्ने डान्स बि बोईंग पनि गरेर देखाउ……लु खा l

    Reply
  11. Sandhya says:
    September 18, 2012 at 10:19 pm

    यसमा कसैले टाउको दुखाउनु पर्रछ जस्तो मलाई लाग्दैन| तीजको दिन भोक भोकै बसेर सबै जना रमाइलो गरिरहेका छन् के बेठिक छ र? मान्छेले केहि कम नपाएर अब बर्त बसेका महिलाहरुले गरेको रमाइलो पनि देख्न नसक्ने भएछन्!!!!! नेपालमा कसैले पनि केहि कुरा राम्रो भन्न जानेको छैन जस्तो छ| बिषेश गरेर manis ji ले गर्नु भाको कमेन्ट राम्रो लागेन मलाई |

    Reply
  12. Bishwaraj says:
    September 18, 2012 at 9:50 pm

    उहीले यो चाडको ठुलै महत्वो थीयो होला- तर अहीले माथी भनीएको जस्तै भएको छ- त्यो भन्दा पनी अनौठो त- के लाग्छ भने महिलाहरु यो २१ सौ शताब्दीमा पनी अझै पुरुषको दास, नोकर हुने श्रीमान्को पुजा गर्ने, बर्त बस्ने, श्रीमान्को गोडा धुएको पानी खाने, पुरुष नै चाहीने केही कुरो को नीर्णय गर्न, यी कुरो हाम्रा महीलाहरुको दिमागबाट चट्ट हराउनु सकेको छैन- श्रीमतीले श्रीमान्को पुजा गर्छन भने श्रीमान्ले कीन नगर्ने- यी हाम्रा महीला दीदी बहीनीहरुले नै हो पुरुष प्रधान देश बनाएको- जसको कारण महिलाहरु आफै हारेका हुनकी जस्तो लाग्छ-

    Reply
  13. saroj says:
    September 18, 2012 at 9:46 pm

    समय आनुसार अलि परिबर्तन हुनु ठिकै हो . पहिला पहिला रेडियो / कास्सेट बाट मात्र गीत सुन्नु पर्थ्यो आहिले धेरै medium हरु छन् फेरी जेनेरेशन पनि परिबर्तन भएको छ नि… | हाम्रो पनि दशैं तिहार पहिला जस्तो कहाँ हुन्छ र…..

    Reply
  14. janak dangol says:
    September 18, 2012 at 9:37 pm

    निर्जला र निराहार भनेको के हो ? अनि संस्कृती भन्ने समेत नबुझेका यी मन्द बुद्धि भएका आइमेहरु सित कसैको केहि लाग्दैन ! बोल्नु हुन्न महिला हक हित र अधिकार अनि मानव अधिकार भनेको के हो थाहा छ भनेर सोध्छन ! धर्म ‘जय मसी’ का मान्छन अनि “मै मन्दिर गएको तिम्रै लागि हो भनेर” गित गाउदै नाच्छन ! एक मैना अगाडी देखिनै एफ.एम.ले फुक्ने तीजे गीतले झ्याउ मात्रै हैन कानै टट्टाको थियो ! भोलि बाट मुक्ति पाइने भैयो ! एक मैना अगाडी देखि हिजो सम्म दर भन्दै पार्टी प्यालेसमा डकारेका हुन क्यार भोलि बाट के घिच्च्ने हुन ? थाहा नाइँ .. तिज रे …हाहाहा !

    Reply
  15. nawaraj says:
    September 18, 2012 at 9:10 pm

    येस्मा क गलत छ र गित लोकगित नै हो .. त्यो गीत ले डिस्को नाचौ भन्दो रहिछ
    यसै पनि चाडपर्ब लोप हुनु भन्दा परिवर्तन हुदै गाको नै राम्रो नि.. कम्तिमा नि नया पिडौलीले अपनाएका छन् अनि रमाएका पनि छन् … येसरी तीज भन्ने पर्ब त रही रहन्छा नि…

    Reply
  16. Raj says:
    September 18, 2012 at 8:58 pm

    ल ! जे पाए त्यहि | compare गरम साच्चिकै डिस्को संग! यो हेर्नुस– सुद्ध डिस्को् : http://goo.gl/2CmvT | माथिको video को तीज गीतमा डिस्को हैंन सुद्ध नेपालीपन छ|

    Reply
  17. आशा says:
    September 18, 2012 at 8:44 pm

    आज भोलि तीज फेसन बनेको छ / गहना र सारी प्रदर्सन गर्ने सबै भन्दा सजिलो माध्यम बनको छ/ आफु संग जस्तो जे छ लगाउने, खाने र पर्बलाई मनाउने भन्दा बढी तडक भडक ले लिएको छ/ हुन् त् मा संग छ लगाए त् कसको के टाउको दुख्यो भन्ने हरु पनि होलान, तर सामाजिक रुप ले हेर्दा यसले सिंगो समाजमा के असर पर्छ भनेर पनि सोच्नु जरुरि हुन्छ/ आर्थिक अवस्था कम्जोर हुने चेली बेटी को मन मा यसले एक प्रकार को हिनता बोध को भाव जगाउन सुरु गर्छ/ सरल र सहज कुरा हरु नै त् सम्माननीय हुन्छन नि/ त्यसले चाडबाड मनाउदा अरुको भावना लाई पनि सम्मान गरौ/ गीत हरु पनि सिस्ट र सभ्य गाउ/ संस्कृति पनि जोगाऊ र सभ्य पनि बनौ/

    Reply
  18. jitu says:
    September 18, 2012 at 8:02 pm

    नाचौं , गाउ रमाइलो गरौँ | परम्परा जोगाउन केहि गरौँ | डिस्को हैन आफै गायर प्रयास गरौँ |

    Reply
  19. Nikhil Sharma says:
    September 18, 2012 at 6:41 pm

    समय अनुसार को परिवर्तन हामी सबै ले पचौन सक्नु पर्दछ | हाम्रो ध्यान भनेको तीज जस्तो सम्पदा लोप नहोस भन्ने मा जानु पर्दछ यानिकी समय अनुसार update भएको बिरोध मा होइन |

    Reply
  20. उज्ज्वल पौडेल, भरतपुर १०, चितवन, नहर पारीको तेस्रो घर says:
    September 18, 2012 at 6:40 pm

    कल्पना गरेजतीको उच्शृंखल चाईं रहिन्छ | तर यो बढ्दै गयो भने , जसरी फागु पुर्णिमा मा रंग भन्दा धेरै कुइएको अण्डा, फोहोर पनि, बिग्रेको टमाटर, मोबिल आदि आदि प्रयोग गरिन्छ, त्यसरी नै तीज मा पनि डिस्कोले ठाउं पाउने छ | सामाजिक विसंगति र बिकृतिको पहिलो लक्षण |

    Reply
  21. manis says:
    September 18, 2012 at 6:19 pm

    धिक्कार छ येस्ता गित बनाउने र तेसैमा रमाउने लाइ , तिज जस्तो महान पर्वलाई संस्कृति माथिको कलङ्क बनाइसके,

    Reply
  22. द्रोण says:
    September 18, 2012 at 5:54 pm

    तिज मा डिस्को डान्स |
    सबैलाई चाहिने वान चान्स !!

    Reply
  23. Basanta Thapa,Maryland,USA says:
    September 18, 2012 at 5:45 pm

    कमल ओली को मिठो स्वर र समय ,आबस्यकता अनुसार डिस्को तालमा नाच्ने हरुको लागि बनेको यो तीज गीत नेपालीपन मा मिसिएको डिस्को तीज गीत हो\ जो सुनिरहू लाग्ने ,जो नाचिरहू लाग्ने छ \ हर भेष भूसा र देश बिदेशमा रहेका नेपाली माझ चेलिबेटीको महान चाड मा निस्केको ,गुन्जेको यो गीत मलाइ भने औधि मन पर्यो है \ जुन सुकै ताल र शैलीमा बनेका गीत मा नाच्न जान्ने पौरखी नेपालीको लागि यो सुनमा सुगन्द बनेको छ \

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme