Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

अहिले यस्तो कसैले बनाएको भए… ?

Posted on September 15, 2012September 16, 2012 by Salokya

एक जना कलाकारले बनाएको चित्रलाई लिएर अहिले भइरहेको बहस देखेर मेरो मनमा जागेको सामान्य जिज्ञासा हो यो। मैले कसैको समर्थन वा विरोध गरेको हैन। समाजको ठूलो हिस्सालाई यदि आफ्नो आस्था र विश्वासप्रति ठेस पुगेको महसूस हुन्छ भने त्यस्तोमा आफ्नो अभिव्यक्ति स्वतन्त्रता नखोजेकै राम्रो हुन्छ भन्ने मेरो मान्यता हो। तथापि अहिले भइरहेको विरोध हेर्दा हाम्रो समाज अगाडि बढेको छ कि पछाडि सोच्न बाध्य भइन्छ।

यो नजिकैको एउटा मूर्ति काठमाडौँको टेकुमा सार्वजनिक रुपमा राखिएको मूर्ति हो, मानिसहरु त्यहाँ पूजा पनि गर्छन्। तर यो मूर्तिलाई मैले यहाँ बाहिर सार्वजनिक रुपमा जस्ताको तस्तै राख्न सकिनँ। यो मूर्तिको प्रष्ट फोटो भित्र छ तर त्यो तपाईँलाई आपत्तिजनक लाग्न सक्छ भनी सचेत पनि गराउँदैछु। सावधान, भित्र क्लिक गर्नुअघि यसमा संवेदनशील विषयवस्तु छ भन्ने बुझ्नुहोला।



अहिलेको बहस हेर्दा लाग्छ, कुनै कलाकारले यस्तो मूर्ति बनाउनै सक्दैनन्। कसैले बनाइ हाल्यो भने ?

शायद् त्यो कलाकारलाई धार्मिक स‌ंस्थाबाट धम्की आउनेछ- हाम्रो विष्णु भगवानलाई विकृत रुपमा प्रस्तुत गर्ने ? हाम्रो भगवानको यौन अङ्गलाई अस्वभाविक र अप्राकृतिक रुपमा हाइलाइट गरेर यो कलाकारले गर्न खोजेको के ? यसलाई कानुनी कारबाही हुनुपर्छ। हुलमुलमा कसैले यसको हात काट्नु पर्छ भन्लान् ? त्यसैलाई कसैले ज्यानको धम्कीका रुपमा पनि लेलान्। कसैले यो बनाउनेको धर्म चैँ के रहेछ भनेर खोज्लान्। कसैले यो बनाउनेको नियत खोज्लान्।


यो पनि हेर्नुस्, बौद्ध स्तुपको मुख्य प्रवेशद्वारको बायाँ पट्टी रहेको ठूलो मानेनजिकै यस्तो मूर्ति देखिन्छ। अहिले कसैले यस्तो बनाएको भए हाम्रो बुद्ध भगवानको अपमान गर्ने भन्दै गाली गर्नेहरुको ताँती लाग्न सक्थ्यो।

अनि सिडिओ कार्यालयले यस्तो बनाउने कलाकारलाई पनि स्पष्टिकरण लिन बोलाउला। के जवाफ देला कलाकारले ? कानुन पनि कलाकारको विपक्षमा नै हुनेछ। सार्वजनिक रुपमा अश्लीलता फैलाएको आरोप उनलाई लगाउन सकिन्छ। धेरैलाई आपत्तिजनक लाग्ने भएकोले यस्तो बनाउनु उनको अभिव्यक्ति स्वतन्त्रता भित्र परेको मानिने छैन। किनभने हाम्रो समाज अहिले फरक भइसकेको छ। समाजमा अश्लील क्रियाकलाप बढेका छन् ह्वात्तै र यस्तो मूर्तिमा पनि अश्लीलता देख्न थालिएको छ।

धेरै अघिको हैन, केही सय वर्षअघि तत्कालीन युरोपको तुलनामा विकसित हाम्रो समाजमा उतिबेला बनेको यो कलामा कसैले आपत्ति जनाएका छैनन्। सबैले यसलाई सामान्य रुपमै लिएर पूजाआजासमेत गरिरहेका छन्। यी मूर्तिहरुको पछाडि एउटा गम्भीर सैद्धान्तिक व्याख्या छ। सबैले त्यसलाई बुझ्दैनन्। र पनि, यसको विरोध पनि गर्दैनन्। तर अहिले भने कसैले यस्तो बनाउन सक्ने अवस्था नै छैन। नयाँ कल्पनाको कुरै छाडौँ, कसैले ठ्याक्कै यस्तै चित्रमात्र बनाए भने पनि वा माथिको मूर्तिलाई नयाँ मूर्ति हो भनेर भन्यो मात्र भने पनि विरोधका आवाज चर्किन्छन् पक्कै। प्रश्नमात्र उठाउँदा आउने कमेन्टहरु तल हेर्न सक्नुहुन्छ। भनेपछि हाम्रो समाज अघि बढेको छ कि पछाडि फर्किएको छ ? सोच्ने जिम्मा तपाईँहरुलाई नै।

[पुनश्चः यो ब्लग यस्तो मूर्ति अहिलेको अवस्थामा कसैले बनायो भने कस्तो प्रतिक्रिया आउला भन्ने विषयमा मात्रै हो। त्यो चित्रको बारेमा हामीले यो ब्लगमा नै पर्याप्त बहस गरिसकेका छौँ। त्यो चित्रको बारेमा मेरो धारणा पनि यही ब्लगमा छ। पढ्न छुटाउनु भएको भए यहाँ क्लिक गरी पढ्नुहोला। फेरि पनि त्यही चित्रकै बारे कमेन्ट गर्नुछ भने त्यही ब्लगमा गर्दा हुन्छ। यहाँ हामी यस्तो मूर्ति र चित्र अहिले बनाउन र प्रदर्शन गर्न सकिन्छ कि सकिन्न भन्नेमा मात्रै बहस गर्दैछौँ।]

अझै काठमाडौँका मन्दिरमा भएका टुँडालहरुको त कुरै बेग्लै। चुम्बनका दृश्यसमेत सेन्सर हुने र यौन वेबसाइटहरु ब्लक गरिरहेको अहिलेको अवस्थामा यस्ता टुँडालका चित्रहरु अहिले कसैले बनाएर मन्दिरमा राख्ने कल्पना पनि गर्न सकिँदैन। बनाइहाले पनि अश्लीलताको आरोप लगाइनेछ। ती चित्रहरु त यहाँ राख्ने आँट पनि गर्न सकिएन। एउटा मन्दिरका केही फोटो हेर्न चाहनुहुन्छ भने माइस‌ंसारको फोटो ब्लगमा हेर्न सक्नुहुन्छ। तर सावधान यी तस्बिरमा वयस्कले मात्र हेर्ने विषय छन् है। हेर्ने नै भए यहाँ क्लिक गर्नुस्।

38 thoughts on “अहिले यस्तो कसैले बनाएको भए… ?”

  1. jyoti rimal says:
    September 18, 2012 at 7:48 pm

    साएद यी चिज हरु सृस्ती को लागि सारै महत्तो पूर्ण कुरा भएको ले ति जवाना सिकैएको होला कला द्वारा . तर आजभोली येश्को बिकृति बढेकोले हामीले येश लाई नराम्रो देख्छौ. खासै मलाई केहि नराम्रो र अस्चार्य त लागेको छैन . यो त शिक्छा दिने राम्रै तरिका हो.

    Reply
  2. sandip says:
    September 17, 2012 at 10:08 pm

    कलापरक चित्र र मुर्तिहरु मज्जाले बनाउन सकिन्छ | अस्तिको चित्रकलाको बिरोधले तपाईलाई एस्तो मुर्ति बनाउन पाईदैन कि भन्ने भएछ, त्यस्तो हो जस्तो मलाई लाग्दैन | किनकि यसमा कला छ र साचो अभिब्यती पनि | अस्तिकोमा अभिव्यक्ति र कला कम खाली छाडा नभए गतिछाडापनको खेति थियो |

    Reply
  3. madan bajracharya says:
    September 17, 2012 at 5:11 am

    मुर्तिमा गौतम स्त्री सिट सम्भोगरत देखाईयकोमा सायद हाम्रा पुर्खाले ….

    गौतमले बुद्धत्वो प्राप्त गरि सके पछी उसले दियको उपदेस बात धेरै प्रभावित भयर कयौं पुरुष महिलाले आफ्नो परिबार त्यागेर भिच्छु बन्न चाहे/ बुद्धले उनीहरुलाई “समाज परिबारले बन्छ/ परिबार यसरि सबैले त्यागे समाज भंग हुन्छ तव धर्म र ईश्वर आदि कुनैको अर्थ हुँदैन” भनेर उनीहरुलाई परिबार त्यागेर भिच्चु नै बन्न जरुरि छैन परिबार मै रहेर पनि भिच्छु आचरण गर्न सक्नु हुन्छ भनेर उपदेस दियो/ धेरैले यो कुरा मानेर फर्के/ तर अझै कोहि परिवारै छोडेर भिच्छुनै बन्न खोजे/ तव बुद्धले उनीहरुलाई उनीहरु बिना परिबार चल्छ बा चल्दैन र उनीहरु भिच्छु बन्नुमा उनीहरुको परिवारको पनि सहमति छ बा छैन सोधेर परिबार सिट अनुमति लियर मात्रै आउन सलाह दियर फर्कायो/

    माथि हाम्रा पुर्खाले “बुद्ध” स्त्री सिट समागम गर्दै गरेको मुर्ति बनायर “बुद्धले भिच्छु बन्न परिबार र समाज त्याग्न जरुरि नभयको” भन्ने बुद्धको उपदेसको मुर्तिमा चित्रण गरे जस्तो लाग्छ/ बुद्धको भिच्छु बन्न परिबार र समाज त्याग्न जरुरि नभयको उपदेस हामीले कुनै पनि भिच्छु समाज त्यागेर बन जंगलमा यक्लै बस्न नजाने कुरा बात पनि प्रदर्शित हुन्छ/

    बौद्ध बिहारमा आज पनि मुस्लिम हिन्दु क्रिस्चियन आदि सबै जान सक्छन तर कोहि भिच्छुनै बन्न चाहे ‘परिबारको सहमति’ बिना कोहि पनि भिच्छु बन्न सक्दैन/ कुनै समय भारतको शंकराचार्य पछिको ठुलो भट्ट पनि बुद्धिस्ट बनेको बात बुद्धिस्ट बन्न आफ्नो धर्म परिबार त्याग्नु नपर्ने कुराको उदाहरण दिन्छ/

    हाम्रो पुर्खाहरुले बनायको कोरेको पौभा चित्रहरु अन्य कलाकृतिहरुले हाम्रा पुर्खाहरु महान विचारक भयको देखाउंछ/ उनीहरुको कला उहिले पनि प्रदर्शन गर्न लायक थियो आज पनि छ तर आज आफु चर्चामा आउन सर्वांग नांगिने बिकिने कलाकारहरुले उनीहरुको पुन्न्य र निश्चल कलाको संदेशलाई गलत चित्रण गरेर “कला” कै बद्नाम गर्दैछ र बुद्ध र हिन्दु देवी देवताको अपमान गर्दैछ/ यस्ता रकम र नामको निमित नांगिने कलाकारहरुले “कला” लाई पनि “कोठीमा बिक्ने” जस्तै बनाउँदैछ/

    मनपरी लेख्दैमा देवकोटा नबन्ने र मुर्ति कुद्न जाँदैमा अरनिको नहुने कुरा आर्ट ग्यालरीको ब्यबशाय चलाउनेले पनि बुझ्नु पर्छ अनि आर्ट प्रदर्शन गर्नेले पनि जान्नु पर्छ/ तव मात्रै हामि नेपाली बिस्वमा उत्कृस्ट कलाकार थियौं र अझै छौं भन्न सक्ने हुन्छ/ तर के गर्ने बिस्वले मानेको जानेको नेपालीको अनुहार बिकाउनेको राज चल्दै छ त् देसमा राजनीति मात्रै होईन पुर्खाले बनायको नेपालको परिचय समेत बिग्रंदै गयो/

    Reply
    1. Udeep says:
      September 18, 2012 at 6:19 pm

      माथिको मुर्ति “समन्तभद्र” को मुर्ति हो | माथिको मुर्ति को अर्थ भनेको सफलता/जीत भनेको “तप” मतलब अथक मिहिनेत र लगन मात्र होइन, त्यस काम प्रति जसरी यौटा पुरुष “स्त्री” प्रति लिप्त हुन्छ, त्यसतै खाले आफ्नो lakchya प्रति उसको “झुकाव”/passion , चिन्तन तथा मनन् हुनु आवस्यक हुन्छ भन्ने संदेश हो |

      Reply
    2. Udeep says:
      September 18, 2012 at 6:23 pm

      बुद्धको पाला मा लेख्य भाषा थिएन, तेसैले धेरै जसो गहन कुराहरु यस्तै कलात्मक ढंग ले प्रस्तुत गरिने चलन थियो |

      Reply
  4. kedar says:
    September 16, 2012 at 11:32 pm

    यो कलाकारको निजत्व यौन उन्मदात्मक विचार बोकेको कलाको नमुना हो. हाम्रो संस्कृतिमा हाम्रा भगवान हरुले यसरि उत्तेजनात्मक प्रदर्सन कहिले गरेनन र हाम्रो संस्कृतिमा त्यो छैन पनि छ त केवल ब्यबस्थित सिदान्त र सन्तुलन का आधारमा ब्यबस्थित गरिएको छ.भगवान का युगमा पनि सन्तुलित बेस्यलाये थिए. सभ्यता का सूचक का रुपमा तर यस्तो बितण्ड अबरण कुनै भगवान्ले देखाका छैनन्.त्यसकारण यो संस्कार नाझाल्काउने एउटा कपोलकल्पित कला हो.बेअर्थी कला.न बिस्नु तेस्ता थिए न कृष्ण न बुद्ध.तर यो पुजित छ यसकारण कि यो कला हो र यसले भगवान लाइ अगाडी सारेको छ. यदि यो कला को पत्र स्वयं कलाकार भए को भए सायद यो तस्किर यति टिक्दैन ठो होला.तथापी यौन को मामलामा हाम्रो संस्कृति आजको भन्दा बिकसित र ब्यबस्थित थियो भन्ने चै भुल्नु हुदैन

    Reply
  5. aakash says:
    September 16, 2012 at 6:53 pm

    यो लेख मलाई सारै नै मन पर्यो. यसले ऐले को समाजको दोहोरो चरित्र देखाउछ र प्रकृतिको सबै भन्दा अमुल्य उपहार यौन लाइ ऐले को मान्छे हरुले कसरि taboo बनाइरहेका छन् भएर देखाउछ. फिल्म भरि मान्छे मारेको हेर्न चै ठिक अनि प्रेमी प्रेमिकाको मिलन देखाउन एउटा किस राख्दा चै छाडा भनेर भन्ने,,, गुण्डा, don हरुलाई इज्जत दिने अनि होटेल होटेल मा केटा केटि खोज्दै हिड्ने पुलिसले मान्छेको पटमुर्खता नेखाउच. धर्म, सस्कृतिको नाममा धर्म, सस्कृति नै नबुझेका अथवा बुझ्न नचाहेका मान्छेहरुले अरुलाई एसो गर्नु, उसो गर्नु भन्ने चलन छ हाम्रोमा.

    Reply
  6. basu says:
    September 16, 2012 at 2:28 pm

    नेपाल मा मात्र होइन. भुटान मा पनि एस्तो चित्र हरु बनको हुन्छ. प्राय घर को भित्ता मा लिंग र लिंग बाट ब्रिए निस्केको चित्र देखिन्छ. यो त natural हो नि. एस्लाई असलील भन्न त भएन नि .

    Reply
  7. chitralal tulachan says:
    September 16, 2012 at 1:07 pm

    आफु ले गर्ने केहि जात होइन . अरु ले गरेको कम मा वाजो हल्लने काम गर्न त जाने को छम हामी नेपाली हरु. नेपाल मा बाहुन को छोरा ले सुगुर खन्नु हुन्न रे धर्म भारस्त हुन्छ गरे सस्कृति खलबल हुन्छ भैसी खानु हुन्न गरे साला एस्तो पनि हुन्छ यो फोटो को पनि तेस्तै हो अगाडी हिड्न नजान्ने हरु को कहानी हो ………….

    Reply
  8. suman bhote says:
    September 16, 2012 at 11:21 am

    कानुन, चलन, धर्म, प्राथमिकता…. यी भनेका समाजले मानेको कुरालाई बैधानिकता दिएको मात्र हो… समाज ले जुनकुरा सुइकर्यो तेही कानुन बन्छ… र जुनकुरा मनपराएनन तेही गलत हो….
    कुनै पनि समाज र उसले हेर्ने दृस्टी एकै छिन् मा परिबर्तन हुदैन… कसैले गर्यो भने त्यो गलत ठहरिन्छ… जो भै सक्यो तेस्ले बैधनिकता पाईसक्यो, र तेस्लाई गलत भन्न मिल्दैन… जुनकुरा समाजले सुइकारछ तेही सहि हो, र जुनकुरा समाजलाई पच्दैन त्यो गलत हो….

    Reply
  9. Sushil says:
    September 16, 2012 at 4:58 am

    मैले पनि कसैको समर्थन वा बिरोध गर्न खोजेको होइन । तर मलाई के लाग्छ भने । यौन संपर्क भनेको मानिश को जीवन को अती महत्व पूर्ण हिस्सा हो । अझ भनौ यो सृस्‍टि सन्तुलन को आधार हो । केही सताब्दीपुर्ब तेस्ता किसिमका मुर्ती हरु रचित हुनु र समाज ले पनि सहजै स्विकार गर्नु ले हामी नेपाली तत्कलिन युरोप भन्दा निकै अगाडि रहेछौ भन्ने थाहा हुन्छ , किनकी आजकल युरोप मा यौन लाई ” मानिश को जीवन को अती महत्व पूर्ण हिस्सा हो । अर्थात यो सृस्‍टि सन्तुलन को आधार हो ” भन्ने राम्रो सँग बुजिएको छ । तेसैले त्यहाँक मानिस हरु एस्लाई सकारतमक ढंग ले सहजै स्विकार छन । हामी पनि कुनै भगवान को लिङग देखएको भन्दा पनि साकारआत्मक ढंग ले नै सोचौं । भगवान त कस्ले पो देखेको छ र ?

    Reply
  10. शशांक लामा, न्युयोर्क says:
    September 16, 2012 at 2:49 am

    कुरो र कुलोलाइ जता पनि लान सकिन्छ| एकथरीले कमेन्टमा सम्भोगरत कलाकृतिले प्रतीकात्मक अर्थ दिन्छ भनेर विद्वता छाँटेका छन्| ठाडै सम्भोग गरेको चित्रमा वा मुर्तिमा के प्रतीकात्मक खोज्नु ? त्यो सम्भोग हो, त्यसको दोस्रो अर्थ किन खोज्नु ? लिङ्ग सृष्टिको प्रतिक हो भनेर शिव लिंगको पुजा गरिन्छ | सृष्टिको प्रतिक त योनी पनि हो| योनी बिना लिंगको के काम ? योनी पनि पुजिनु पर्यो| उहिलेका धर्मान्ध र धर्मभिरुहरुको उपद्र्याईले नै लिङ्ग पुज्ने जस्तो निकृष्ठ कामको थालनी भएको हुनसक्छ| सृष्टिको प्रतिक केहि नभेट्याएर लिङ्ग राख्नुपर्ने के त्यस्तो बाध्यता आइपर्यो? अब शिव लिंगबारे लामो धार्मिक आख्यानको कमेन्ट आउँछ, लिंगायान लेखिन्छ| जे जस्तो कमेन्ट आएपनि मैले महादेव शिवशंकरको बिरोध गरेको पटक्कै होइन है | लिंगलाई प्रतिक बनाएकोमा मेरो गुनासो हो |शुरुमै मैले भने नि कुरो र कुलोलाई …..हाम्रो कुरो कहाँ पुग्यो !!!!!!!!!

    Reply
    1. Govinda Paudel says:
      September 16, 2012 at 5:15 am

      तपाइले ‘ लिंगलाई प्रतिक बनाएकोमा गुनासो’ गर्नु भएछ. जुन कुरा समाजलाई स्वीकार्य छ तेस्मा तपाई हामीले किन गुनासो गरेर टेन्सन लिनु? हजुर बसेकै न्युयोर्कमा पार्कतिर जोडीहरु मस्ती हरेको देख्नु भएकै होला, कुनै गुनासो गर्नु भाको छैन. अनि नेपालका पुराना मुर्तिहरु को बारेमा मात्रै किन हजुरको गुनासो? तपाई हामि जस्ता बुद्दिजिबी हरुको एतीसारो एकांकी सोच देखेर आफैलाई दिक्क लाग्छ शशांक जी.

      Reply
      1. suman p says:
        September 16, 2012 at 10:00 am

        गोविन्द जी तेती टाडा न्यु योर्कको पार्क मा जोडीको कुरा नगर्नुस, तेही नेपालको त्यो पनि काठमानडु कै मठ मन्दिरमा दिउसै जानुस तेस्ता जोडीको बस्ने ठाउँ हुदैन , देख्नु भयको छैन भने दिउसो एक चोटी येसो घुम्न जानुस पाटन, भक्तपुर, काठमानडु का मठ मन्दिर. अनि के सोच्नु हुन्छ , येही राख्नुस.

        Reply
    2. madan bajracharya says:
      September 16, 2012 at 7:33 am

      शानक लामा ज्यु
      तपाईं जस्तै म पनि हिन्दु होईन तर पनि हिन्दु धर्मको बास्तविक महानताको प्रसंसा गर्न हिच्किचाउनु पर्ने कुनै कारण देख्दिन/ कुनै पनि धर्म प्रति कसैको बितृष्णा जाग्नुमा धर्मकै कारणले होईन तेस्का गलत अनुयाईहरुको कारणले हो/ यसको ज्वलन्त प्रमाण बुद्धले आफ्नो हिन्दु बाउ गुरु बात सन्तुस्ट नभयर हिन्दु धर्म त् त्याग्यो; तर हिन्दु गुरुहरु सितै बास्तविक र ब्यबाहारिक धर्मज्ञान सिक्न बर्सौ लगायाकोलाई लिन सकिन्छ/ यसैकारणले त् बुद्धले “बुद्ध मार्गी” बन्न आफ्नो धर्म त्याग्नु नपर्ने भनेको थियो/तर बुद्धले अरु धर्म मान्नेहरु पनि बुद्धिस्ट बन्न सक्ने भन्दा भन्दै पनि हामि बुद्धिस्टहरु आज बुद्धको त्यो ज्ञान पचाउन सकेको छैन/

      हिन्दु देबी देवताको मुर्तिमा उनीहरु ध्यानमा लिन हुँदै गरेको पनि छ सम्भोगरत पनि छ र कुनै हातमा कहिँ कमलको फुल छ त् कुनै हातमा अमोघ अस्त्रहरू छ/ हिन्दु धर्ममा देवतालाई श्रिस्तीको पालक मानिन्छ/ पालक हुन् श्रिस्ती गर्नु पर्छ/श्रीस्तिको सुरछ्या गर्नु पर्छ/ यसको लागि ज्ञान ध्यान सामर्थ र अस्त्र अनि लिंग र यौनिको मिलन पनि चाहिन्छ/ हाम्रो पुर्खाहरुले कोरेको कुँदेको हिन्दु देवताहरुको मूर्तिले यहि देखाउंछ/ पसुपतिको मन्दिरमा भयको लिंग र माथि बिस्नुको मुर्तिमा प्रदर्शन गरियको “लिंग” को अर्थ कुनै sex toy को पसलमा देखाईयाको लिंग र योनिको खेलौनाको अर्थ र प्रयोजन भन्दा फरक छ/

      अब हाम्रो पसुपतिलाई ज्योतिर्लिंग भनेको बारेमा/ आज पशुपतिको मन्दिर रहेको स्थलमा उहिले आकास नै छोला जस्तै लिंगको आकारमा आगो बल्थ्यो रे/ तेसै आगोलाई छोपेर त्याहा महादेव अर्थात पसुपतिको मन्दिर बनाईयाको हो/ यसै कारण तेस्लाई ज्योतिर्लिंग भनिन्छ/ पसुपतिको नगिचै बनियको गुहेस्वरिको मन्दिरमा मुर्तिको स्थानमा यउटा पवित्र कुन्द छ त्यो कुण्डको पानीमा सलाई कोरे आगो बल्छ/ यौनि पनि यक प्रकारको कुन्द नै हो त्यहा आगो पनि बल्छ प्रेम पनि बग्छ/ कुरा तेस्तै हो शसांक ज्यु/ गुहेस्वरिको कुण्डको जालमा सलाई कोरे आगो बाल्ने कुराले पसुपतिको मन्दिर बाकेको स्थलमा पहिला आगो बल्दै गरेको कुरा सहि हुने देखाउंछ/

      यसैकारण हिन्दु देवी देवताको मुर्तिको मौलिकता बिग्रने काम गर्नेहरुलाई हामीले दुरुत्साहित मात्रै होईन आबस्यक परे दण्ड समेत दिनु पर्ने हुन्छ/

      Reply
  11. Kunjan says:
    September 15, 2012 at 11:40 pm

    मुख छाड्नु र नग्नता फरक कुरा हुन् . माथिका चित्रहरुमा गहिरो अर्थ बोकेका छन् तर काली लाइ जुन रुपमा प्रस्तुत गरेका छन् नया कलाकार ले त्यो एकदमै वाहियात नै छ. कन्टेम्पोररी आर्ट र फ्रीडम अफ एक्सप्रेसन भनेको जथाभाभी बनाउनु त पक्कै होइन होला. It should be more powerful and meaningful. That art was just a kiddish and offensive

    Reply
  12. madan bajracharya says:
    September 15, 2012 at 11:02 pm

    हाम्रा पुर्खाहरुले यौन सम्भंद भित्रको पवित्र उद्ध्यस्य बुझेको थियो/ यौन सम्भंद आफैमा अश्लिल न पहिले थियो न आज छ/ यस कुरालाई अश्लिल हामीले बनायको हो/ माथि हाम्रा पुर्खाहरुले बनायको मुर्ति भित्रको यौन प्रदर्शन र त्यो कपुत कलमकारले कोरेको विकृत चित्र तुलना गर्न समेत सकिंदैन/

    हाम्रा पुर्खाहरुले कोरेको कुँदेको मुर्तिहरुमा यौन प्रदर्शन पनि छ हिँसा पनि छ/ तर ती मुर्ति र चित्र ले प्रदर्शन गरेको “यौनजन्य कुरामा” अस्लिलता होईन यौन नै श्रीस्तिको आधार हो र यौन सम्भंदले मर्यादा र कर्तब्यको सिमा भित्र हुनु पर्छ भन्ने बोध गर्दछ भने हाम्रो देबी देवताको मुर्ति र चित्र भित्र देखियको हिंसाले श्रीस्ती माथि आक्रमण गर्नेको संहार हुने कुरा जनाउँछ/

    सारंसमा भन्ने हो भने देबी देवताको मुर्ति र चित्र मा देखाईयाको “यौन र हिंसाको प्रदर्शन” ले ई कुराहरु यौन सम्भंद र शस्त्र प्रयोग कर्तब्य र मर्यादाको सिमा भित्र हुनु पर्ने शिछ्या दिन्छ/ तर आज कूकलमकारहरुले कोरेको यौन चित्रहरुले बिकृति र हिँसा निम्त्याउँछ/

    श्रीस्तिको निरन्तरता बिना यौन सम्भंद सम्भव नै छैन/ श्रीस्ती र समाजको बिनास गर्न खोज्नेको संहार गर्नुलाई हिँसा मानिंदैन/ हाम्रा पुर्खाहरुले मर्यादित यौन सम्भंद र श्रीस्ती बिनाशकहरुको संहार यकै चित्र र मुर्तिमा प्रदर्शन गरेर हामीलाई श्रीस्तिको निरन्तरतामा हाम्रो मर्यादा र कर्तव्य प्रदर्शन गरेको छ/

    Reply
  13. kul bahadur shrestha says:
    September 15, 2012 at 10:58 pm

    मलाई लाग्छ ति मुर्तिहरु ले हामीलाई पहिलिको युग को आस्ता र मान्यता लाई स्मरण गराउछ, जुन बेला अहिलेको जस्तो छाडा प्रवृति थिएन, आस्ता र मान्यतालाई सबैले सधै कदर गर्थे अहिले यस्तो नहुदा सबैले यसलाई आ-आफ्नै ढंगले ब्याख्या गर्छन, हामी सबैलाई थाहानै भयको कुरा हो जुन शिब जी! को “लिङ्ग” पार्वतीको “योनी” मा ठडिएको हुन्छ यी मुर्तिहरु चै पत्रकार मित्र ले हेर्नु भुल्नु भयो कि?

    Reply
  14. kedar says:
    September 15, 2012 at 9:46 pm

    परापूर्वकाल देखि मान्दै र पुज्दै आएको आफ्ना देबी देवतालाइ बर्तमान पस्चात्य फिल्मी कलाकारहरुले मुक्का हान्दै गरेको र उनको लावाज र शैलीमा काली देवी लाइ f **k you भन्दै गरेको चित्रण गर्नु नै चित्त नबुझेको हो मानिस हरुलाई | नियत ??? तिनको र यिनको तुलना गर्दा तपाइँ आफैं के भन्नु हुन्छ ? देवी देवताका मुर्तीहरु हिजो अस्ती र आज पनि बन्छन र स्थापना गरिन्थ्यो र गरिदै पनी छन | तर तेस्तै टुंडाल र तेस्तै उन्मत्त भैरब जस्ता मुर्तीहरु हिजो आज किन बन्दैनन् र स्थापना हुँदैनन् ? समाज बिकासको क्रममा बिकास हुने संस्कृतीले दिने स्विकृती अन्तर्गत हिजो ति भएका थिए र समय क्रमले स्थापित भए तर आज त्यो छैन र आजको समाजले त्यो पचाउदैन | यो सर्बसाधारणले पनी बुझेको कुरा हो अझ ति तथाकथित कलाकारहरुले त कला र चित्रको बारमे इतिहाँस र संस्कृती सहितको प्रसिक्षण पाएका छन | हिजोका ति मुर्तीहरुलाई देखाएर र गलत साबित गर्न खोजेर आजको गलत नियतलाइ ठिक हो भन्नु कदापी ठिक भन्न सैकिदैन |

    Reply
  15. Dinup Parajuli says:
    September 15, 2012 at 9:20 pm

    कुरा नग्न तस्बिर को मात्र होइन, कुरा हो हाम्रो आस्था माथि ठेस पुगेको ! क्याप्टेन अमेरिकाले काल भैरबलाइ मुक्का हानेको देखाउनु, कालीले माझी औला देखाउनु र एस्तो अन्य example हरु थिए तेस फोटो exhibition मा जुन कुरालाइ sensitive भएर हेरिनु साटो आफ्नो personal hobbies मार्फत दर्साउनु गलत हो. अहिले western society ले “Innocence of मुस्लिम” मार्फत जुन video public गरेर Religious Harmony बिगारेको छन् तेही गल्ति गर्न खोजिरहेको हुनेछौ एस्तो art लै support गर्यो भने. Lets respect if you dont have faith

    Reply
  16. काउचा , मगर says:
    September 15, 2012 at 9:13 pm

    धन्यवाद ! सालोक्य जी , लेख र प्रत्रिकृया पढेपछि मलाई पनि कहिलेकाही केही शब्द छोड्न मन लाग्छ….. हाम्रा अग्रज, कलाकर्मी, बस्तुविद तथा मूर्तिकार हरुले हामी माझ छोडेका सामग्री हरुलाई नै हामीले आधार मानेर तिकातिप्पनी गर्ने न हो….तर २ दिन अगाडि प्रेसित चित्रले देखाएको कुरा र १५औ / १६औ सताब्दी मा बनाइएका ति मुर्तिहरुमा भिन्नता धेरै छ जस्तो लाग्छ ….कोरिने चित्र अनि त्यो चित्रले दिने संदेश अनुसार तिकातिप्पनी अनि कारबाही हुनु र प्राचिनकालिन होस् या आधुनिककालिन धार्मिक खलबल नल्याउने र कसैलाई प्रतिष्ठा संग नकारात्मक असर नपुर्याउने खालको कुनै वास्तविकता बाहिर आउछ भने त्यसलाई हामीले स्विकार्नु पर्छ…” तर राष्ट्र र राष्ट्रियता भन्दा ठूलो त्यो देशको नागरिकको लागि अरु केही हुदैन ” भन्ने कुरा सबैमा आत्मज्ञान हुनु जरुरि छ .

    Reply
  17. Naba says:
    September 15, 2012 at 8:57 pm

    जे भए पनि उ बेलाको मुर्तिहरुले केहि न केहि कुरा सिकाएका छन् तर अहिलेको आधुनिक कलाले भने मानिसहरुको धार्मिक आस्था मा मात्र चोट नपुर्याएर विसंगति पनि फैल्याएको छ. तेसैले त्यो बेलाको कला संग अहिलेको बकम्फुसे कला भानौदाहरुको तुलना गर्न मिल्दैन .

    Reply
  18. arun says:
    September 15, 2012 at 8:39 pm

    हरिजन ले कोरे क चित्र हेर्दा नै ट्यापे को विकृत मनस्थिति को उपज हो भन्दा अनुपयुक्त होला भन्ने लागेन I कुनै पनि कला ले एउटा अर्थ दिनु पर्चा तर यो चित्र हरु मा कुनै तेस्तो अर्थ छैन जस बाट मानिस हरु ले त्यो कला को महत्तो बुझुन यो एउटा ट्यापे लहड को उपलब्दी हो तर एस्तो पुनग न पुच्छर को चित्र लाइ यो ढंग बाट चर्चा मा ल्याउनु पनि कुनै तूक थियन भन्ने हाम लाइ लाइरा छ

    Reply
  19. madan k suwal says:
    September 15, 2012 at 8:35 pm

    उदाहरण नै मिल्दैन / सायद यस्तै कुरालाई होला ‘नौन्या’ कुरा भनेर भन्ने /
    त्यो something हरिजन को चित्र हिन्दुलाई चिदाउन कै लागि भनेर कोरेका हुन् जस्तो लाग्छ / जस्तै मुस्लिमलाई चिदाउन महमदको टाउकोमा बम राखेर कार्टून बनाय जस्तै / मैले खोलेर नभन्दनी सबैले बुझेको कुरा हो यहाँ यी कामको पछाडी को छ भनेर / , नत्र UNESCO ले हट्न-पतन किन त्यो चित्र प्रति समर्थन गर्थ्यो? अनि के UNESCO को काम यस्ता चित्रमा समर्थन गर्दै हिड्ने हो र?

    Reply
  20. arun says:
    September 15, 2012 at 7:46 pm

    समय र समाज को चेतना को स्तर अनुसार समाज ले हरेक कुरा लाई पचाउने र नपचाउने कुरा हुन्छ र त्यो संग संगै त्यो त्यो समाज को इतिहास र संस्कृतिक प्रभाव लाइ पनि हामी नकार्नु हुन्न I हामी पश्चिमा समाज जे गरे पनि हुन्छ नांगै हिड्ने र अर्धनग्न हिड्ने सबै हुन्छ अझ यौन को मामला मा त पश्चिमा समाज झनै खुल्ला भनेर kathamindu को सडक मा आधुनिक देखिन चेली हरु होस् वा मुन्द्रे लट्टे हाम्रा भाइ भतिजा हरु हुन , उनि हरु जे पनि गर्न पाउनु नसामा झुम्म हुन पाउनु लामो लट्टा र कान नाक आन्खिभाउ छेडेर मुन्द्रा झुन्डाउनु लाइ सभ्य र आधुनिक ठान्चन र छोटो छोटो लुगा मा चेली हरु आफुलाई आधुनिक ठान्चन तर तेई हामी ले भन्ने गरे को र आनुशरण गर्ने गरे को पश्चिमा आधुनिक सामाज मा पनि आफ्ना सिमा हरु छन् काँहा छोटो लाउन मिल्छ काँहा आधा सरिर देखाउने भन्ने कुरा को एउटा मूल्य र मान्यता छ भन्ने कुरा को example त हालै बेलायेती राज परिवार संग सम्बन्धित समाचार हरुले पनि पुस्टि गरे कै छन् I तेसैले हामी मात्र किन जे पायो त्यो गर्नु लाइ आफ्नो अधिकार सम्झंछौ अधिकार संगै तेसका सामाजिक मूल्य र मान्यता लाइ पनि अलि कति ख्याल गरिदिने हो भने भोलि को सन्तति ले पनि त गर्ब गर्ने ठाउ पाउला नि! भन्दा चाहि अलि नमिठो लाग्ने हामी नेपाली हरु संसार मा भय क़ा नराम्रा कुरा हरु सिक्न र नक्कल गर्न धेरै अगाडी छौ खास गरि युवा पुस्ता जसलाई आफ्नो भन्दा पनि बाबु आमा को कमाइ मा मस्ती गर्न पुगे को छ i तेसै ले सबै कुरा गरु तर समाज को मर्यादा लाई पनि ध्यान मा राखेर गरे को अधिकार को उपयोग ले सबै को भलो होला.

    Reply
  21. Lakshya says:
    September 15, 2012 at 7:25 pm

    Art is simply an artistic expressions. Regardless of what is created in the form of arts, it must holds meaning. So, can someone tell me what meanings the so called arts (I no way consider those comic pictures as art) holds???

    Reply
  22. Ram Raj says:
    September 15, 2012 at 6:56 pm

    सालोक्य जी,. सबै कुरा मा एकै नियम लागु हुन सक्दैन | समय, परिस्थिति र नियत यी अलग अलग कुरा हुन् | परापुर्ब काल मा मान्छे हरु नांगै बस्थे | तेसो भन्दै मा सबै कुरा लाइ एकै घान मा हाल्न उयुक्त होला त ??

    Reply
  23. bhim says:
    September 15, 2012 at 6:47 pm

    पत्रकार साथी, तपाइंलाई पनि थाहा नभएको कुरा जोडेर येसरी तुलना गर्न लाज लाग्दैन. किन पहिला एस्तो मुर्ति बनाईयो तपाइंलाई थाहा छ?
    छैन भने सुन्नुहोस. जतिबेला , जुन सताब्धि मा यो मुर्ति बनाईयो, त्यतिबेला मानिसहरु निकै भक्ति थिए , जसको कारण यौन बाट भन्दा भगवान भक्त बाट बढी आनन्द मिल्थो. त्येतिमात्र नभएर मानिसको मृत्युदर बढी थियो. जसको कारण मानिसहरु घट्ने डर ले मानिसलाई कसरि बच्चा पाउन प्रेरित गर्ने भन्ने ध्येय ले मन्दिरमा उछ्रिन्खल मुर्ति बनाईयो. किनकि सबै आउने एउटै ठाउँ भनेको मन्दिर थियो. तर त्येसको मतलब समाज बिगार्नु थिएन. पछी यो मुर्ति इतिहास बन्यो र यसलाई हटाइएन. जसको कारण तपाइंले देख्नु भयो र गलत अर्थ लगाउनु भयो. अहिले बनाइएको चित्र बिल्कुलै गलत छ के नेपाल मा जनसंख्या बढाउनु पर्ने आवस्यक छ ? के यो चित्रले हामी हिन्दु को आस्था मा ठेस लागेको छैन? जसलाई हामी भगवान मान्छौ, त्यसलाई पोर्नो कलाकार जस्तो गराउने चित्र तपाइंको कस्तो दिमागले ठिक भन्न सकेको . के तपाइंको सम्मानानिये बुबा आमाको त्येस्तो चित्र तपाइंलाई पाच्य हुन्छ ? उत्तर दिन्नुहोस महाशय, तेसै जे पायो त्येही नलेख्नुहोस!

    Reply
  24. Udeep says:
    September 15, 2012 at 6:32 pm

    उता हरिजन भाईलाइ सबले गाली गर्नु सम्म गरे, तर उनले प्रदर्शनी को टाइटल किन “The rise of the collateral” राखे भनेर बुझ्न चै कसैले चाहेनन् | यस्तो छ हाम्रो समाज, हावा फुकेको बेलुन जस्तो | कुन दिन प्वात्त फुट्छ हेर्दै जानुस | देखावटी समाज, र दरिद्र मानसिकता ! चरित्र सबैको गोल, हरि मात्र बोलेर के गर्नु? भगवानको तस्बिर त पुज्छन, तर तेस्को बापत केहि पाउने आशा ले मात्र | निस्पाप र निश्चल मनले,केहि नमागी पुज्ने कति छौ तिमीहरु? देउतालाइ नै घुस खुवाएर आशिक मान्ने प्रथा छ, के गर्ने | मन्त्र पढ्ने मात्र हैन, अर्थ बुझेपो उभो लागिन्छ |

    Reply
  25. Prakash PM says:
    September 15, 2012 at 6:31 pm

    शायद शैलोक्य जी ले हाम्रो टोलहरुमा भएका मन्दिरको तुदाल मा भएको मुर्तिहरुको फोटो राख्न बिर्सिए जस्तो छ l माफ गर्नु होला मैले कसैको बिरोध अनि सपोर्ट गर्न खोजेको होइन , मेरो बिचारमा कला भनेको एउटा महान चिज हो अथवा एउटा श्रीजना वा रचना गर्ने भनौ हो तसर्थ श्रीजनाकार ले समय अनि ठाऊ मिल्ने तरिका ले गर्ने गर्यो भने समय साक्षेप हुन्छ र समाज बात नि स्वीकार्य हुन्छ. तर त्यहि श्रीजना डम्ब अनि समय साक्षेप भएन भने अहिले भएको जस्तो बिरोध हुन्छ l माफ गरु होला शैलोक्य जी मेरो बिचारमा तपाइको उदाहरण अलि मिलेन जस्तो लागेको मात्र हो l

    Reply
  26. Hari Ram says:
    September 15, 2012 at 6:27 pm

    माथि का मुर्ति मात्र होइन यदि कसैले उन्मत्त भैरब को मुर्ति (जो काठमाडौँ का धेरै ठाउँ मा छन्) हेर्नु भएको छ भने अझ अस्लिल लाग्न सक्छन तर हामी त्यसलाई बिरोध गर्नु को साटो पूजा गर्छौ किन भने ति मुर्ति हरु ले हाम्रो सभ्यता का धेरै काल खण्ड पार गर्दै यहाँ सम्म आइपुगेका छन् र हामी देउता कै रुप मा मान्छौ | तर अस्ति बाट जुन चित्रकला प्रदर्शनी को बारे मा विवाद सुरु भएको छ त्यो चै पचाउन सक्ने खालको छैन किन भने हामी ले हाम्रा भगवान लाइ कुनै पश्चिमा मनोरंजन का पात्र भन्दा धेरै माथि राखेका छौ र कसै लाइ कसैको धार्मिक आस्था मा चोट पुग्ने गरि “कथित कलात्मक अभिव्यक्ति” भन्दै जे मन लाग्यो तेही चित्र कोर्दै देखाउदै गर्ने अधिकार छैन र तेस्तो मान्छे लाइ कारबाही गर्नु पर्छ |

    Reply
  27. गगने says:
    September 15, 2012 at 6:23 pm

    जीवन र शाभ्यताको सुरुवातमा सबैकुरा नांगै थिय भन्ने ठम्याई हो मेरो र प्रकालान्तारमा ति कुरा समयानुकुल परिवर्तित र आबस्यकतानुशार बर्जित हुदै गय! तत्कालिन आबस्यकतानुशार निर्मित र स्थापित सत्यहरु निरन्तरता संगै आस्था र मान्यता हुन गय!
    यी कुराहरुलाई अभिव्यक्ति स्वोतान्त्रता संग जोडेर अतिरन्जित गर्नु कत्तिको जायज छ त्!
    कसैले कल्पना गर्न सक्छु र मेरो अभिव्यक्ति स्वोतान्त्रता हो भन्दैमा जे पनि गर्न मिल्छ र? मिल्छ होला यदि सो क्रियाकलाबले अक्सैलाई आपत्ति हुदैन भने र कसैलाई कुनै असर गर्दैन भने!
    उक्त कलाकारको न त कला राम्रो छ न प्रस्तुति न कुनै स्तर छ! जवार्दस्ती बिल्कुल मपईत्वो को नाकाम कोशिस गरेको बुझिन्छ!
    एउटा कुन हो कुन्नि यस्तै ले लेखना सके र सोच्न सके भनेर मातृ सम्भोग भनेर किताब निकालेको समाचार पढेको थिया यीनिहारू उस्तै उस्तै हो भन्ने लाग्छ मलाइ!

    Reply
  28. SURENDRA SUBEDI hongkong says:
    September 15, 2012 at 6:22 pm

    समाज अगाडी ,पछाडी भन्दा पनि हामी भन्दा धेरै अगाडी को सताब्दी मा कोरिएको मुर्ति को बारेमा समाज मा खासै बहस हुन्न र निर्बाद पुजा पनि गरिदै आएको छ/तर हाल को सताब्दी मा मानिस मा चेतना को बिकाश भएर हो कि किन हो अरु लाई मन नपर्ने कार्य गर्नु समाज मा दण्डनीय नै मानेको राम्रो हो /

    Reply
  29. naresh says:
    September 15, 2012 at 5:19 pm

    हो कला समय अनुसार चल्ने चिज हो | कलाले समय र सभ्यतालाई बेक्त गर्ने हुनाले त्यो समाज मा पाच्य हुन्छ हुदैन भन्ने कुरा कलाकार ले सोच्नु पर्छ | नत्र censor भन्ने कुरा नै किन हुन्थ्यो र ?

    Reply
  30. द्रोण says:
    September 15, 2012 at 5:15 pm

    पुरुस मानिएको देवताको लिंग देखायो |अनि बुद्द भगवान लाइ कामबासना मा लिप्त देखायो (बुद्दत्त्व प्राप्त गर्नु अगी ) यो मानब जिबन को सामान्य ,कटु सत्य ,यथार्थ हो |प्राकृतिक हो |
    तर क्याप्टेन अमेरिका को मुक्का भैरब लाइ हान्नु ,देबिलाई सुपर म्यान को गेट उप आदि
    बिल्कुल कपोल कल्पित र वैह्यात हो |
    फेरी कुरा चित्र को ,कलाको हैन ,कुरा नियत को हो ,कुन नियत ले त्यो चित्र बनायो ?

    Reply
  31. nimesh, bkk says:
    September 15, 2012 at 5:14 pm

    एकदम राम्रो र सहि उदाहरण दिनु भो . धन्यवाद त्यस्तै धेरै मुर्तिहरु देशभरि छरिएर रहेको छ भन्दा केहि फरक नपर्ला . अझ पशुपतिको उन्मत्त भैरवको मुर्ति छुट्याउनु भएछ यसमा जहाँ बच्चा नभएका महिलाहरु मात्रै भित्र गएर पुजा गर्ने ….. आफ्नो छुवाउने गरिन्छ पनि भनिन्छ . धन्यवाद .

    Reply
  32. अनुराधा पौडेल पेरिस says:
    September 15, 2012 at 4:57 pm

    बुद्दलाई केटीले अँगालो हालेको यो तस्विरको एक मूर्तीकलाई पेरिसको नग्न सँग्रहालयमा पनि आइपुगेको छ उमेश जी । तपाइँले राखेका जस्तै नग्न नेपाली मूर्तीकला पेरिसका म्यूजे गिमेमा थुप्रै छन् । मैले एकपटक कक्षामा कामशूत्रका बिभिन्न पोजिशनहरु भएका मूर्तीकलाका नेपाली नमूनाहरु देखाएकी थिएँ तस्विर मार्फत । यि हाम्रा टुँडालहरुमा छन् । ब्लू फिल्म भन्दा कति हो कति सभ्य छन् ति कलाहरु तिनलाई देखाउँदा फ्रान्सेलीहरु छक्क परे । कुरा नबुझ्नेहरुले जतापनि कुरा बटार्छन् । मानिसको अन्तरमनदेखि आएको कुरा कला हो । कलाको कुरालाई बटारेर यता र उता भन्ने हो भने त समाज त फँस्टाउँदैन नि ।

    Reply
    1. सुभाषसिद्धि says:
      September 18, 2012 at 8:24 pm

      कुरो आधा मिल्दो छ . पश्चिमी ‘न्युद आर्ट’ र पूर्वी निरवसन मूर्ति वा चित्रहरुको सिर्जनाको थीम वा प्रयोजन एकदम फरक छ . अर्को कुरो , कला को उद्देश्य सत्य,शिव र सुन्दर हुन्छ भने निम्नस्तरीय कोर्कारको लक्ष्य मात्र क्षणिक मनोरन्जन रहेको हुन्छ.मुख्य फरक , यहाँको कलामा नग्नताको सम्वन्ध ‘तन्त्र’संग घनिष्ठ हुन्छ भने, बाहिरको ठ्याम्मै हुँदैनन् /

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme