Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

विश्वकप खेल्न पाउला त नेपालले ?

Posted on September 10, 2012September 11, 2012 by Salokya

लिग च्याम्पियन बन्दै २ पटक पछार्‍यो अमेरिकालाई नेपालले

फुटबलको विश्वकप खेल्नु अझै सपना नै हो नेपालका लागि। तर क्रिकेटको विश्वकप भने नेपालले खेलिसकेको छ। कम्तिमा १९ वर्षसम्मका खेलाडीले खेल्ने विश्वकप भए पनि। वयस्कहरुकै विश्वकप नि? गाह्रो छ, तर असंभव छैन। फुटबल जस्तो धेरै धेरै नै टाढाको लक्ष्य पनि हैन। यो आशा जगाइदिएको हो विश्व क्रिकेट लिग डिभिजन ४ का भर्खरै सकिएका खेलहरुले।

चारैतिर निराशा नै निराशाका खबरहरुले गाँजिरहेको बेला नेपाली क्रिकेट टोलीले एकपछि अर्को गर्दै लिगका सबै खेलहरु र अमेरिकालाई हराएर फाइनलसमेत जित्दै विश्व क्रिकेट लिग डिभिजन ४ च्याम्पियन बन्यो। नेपाली क्रिकेटको यो अहिलेसम्मकै ठूलो सफलता हो भने नेपाली फ्यानहरुले अहिलेसम्मकै सबैभन्दा ठूलो खुसी मनाएका हुन्। लगातार एकपछि अर्को गर्दै छ वटा खेलमा जितको उपहार दिएको छ हाम्रो राष्ट्रिय टोलीले।

ज्ञानेन्द्र मल्ल। फोटोः आइसीसी

व्यक्तिगत सफलतामा पनि नेपाली खेलाडीहरु अग्रस्थानमा रहे। बसन्त रेग्मीले प्रतियोगिता अवधिभर लिएका २१ विकेट सर्वाधिक थियो। अमेरिकाविरुद्ध सुवास खकुरेलले बनाएको ११५ रन र डेनमार्कविरुद्ध अनिल मण्डलले बनाएको ११३ रन प्रतियोगितामा कुनै पनि खेलाडीले बनाएको व्यक्तिगत रनमध्ये सबैभन्दा बढी थियो।

नेपालले पहिलो खेलमा सिंगापुरलाई ५ विकेटले, दोस्रोमा तान्जानियालाई ८ विकेटले, तेस्रोमा मलेसियालाई १० विकेटले, चौथोमा अमेरिकालाई ३२ रनले र पाँचौँमा डेनमार्कलाई २५ रनले जित्यो। नेपालले डेनमार्कलाई हराएको भएर रनरेटको आधारमा फाइनलमा पुगेको अमेरिकालाई फेरि नेपालले ८ विकेटले पराजित गर्‍यो आज।

कतिले भन्लान्, यो अमेरिकालाई हराउनु कुन ठूलो कुरा हो र, अमेरिकीहरुलाई क्रिकेट भनेको थाहै छैन। त्यसो हैन। अमेरिकी टोलीमा भारतीय र पाकिस्तानी खेलाडीहरु छन्। सुशील नादकर्नी नामको अमेरिकी टिममा खेल्ने खेलाडी त भारतको यु १९ विश्वकपमा खेलिसकेका हुन्। डेनमार्कको टोलीमा पनि भारतीय र पाकिस्तानी मूलका खेलाडीहरु छन्। अझै उनीहरु र डेनमार्क त डिभिजन ३ बाट घटुवा भएर डिभिजन ४ मा आइपुगेका टिम हुन्। यस्ता टिमलाई नेपाली टोलीले सजिलै हराउनु भनेको चानचुने सफलता हैन।

यो सफलतासँगै नेपाल डिभिजन ३ मा बढुवा भएको छ। यत्तिकैमा विश्वकप खेल्न पाउने भने हैन। ढोका भने खुलेको छ। विश्वकपसम्म पुग्नका लागि अझै कठिन चुनौतिहरु छन्।

अब नेपालको लक्ष्य अर्को वर्ष २८ अप्रिलदेखि बर्मुडामा हुने डिभिजन ३ को लिगमा यसैगरी जितेर टप २ मा पुग्नु हुनेछ। डिभिजन ३ मा नेपाल र अमेरिकासँगै ओमान र इटाली हुनेछ। त्यसैगरी डिभिजन २ बाट घटुवामा परेका युगान्डा र आयोजक देश बर्मूदासँग नेपालले खेल्नुपर्नेछ। त्यसैले चुनौति कठिन छ। उनीहरुलाई हराएर टप २ मा पर्न सके मात्र नेपाल सन् २०१४ मा हुने विश्व कप क्रिकेटको छनौट चरण खेल्नका लागि छनौट हुनेछ। यसमा १० टिम हुनेछन्। पपुवा न्युगिनी र हङकङ छनौट भइसके। दुई टिम डिभिजन ३ को फर्स्ट र सेकेन्ड हुनेछन् र बाँकी ६ स्थान इन्टरकन्टिनेन्टल कपमा क्रमशः तेस्रोदेखि आठौँ स्थान बनाउनेहरुले पाउनेछन्।

एक वर्षभन्दा कम समय छ। अहिलेदेखि नै राम्रा देशका टिमहरुसँग अभ्यास खेल खेलाउन सके नेपालले पक्कै विश्वकप खेलेको हामीले हेर्न पाउनेछौँ। हात्ती पोलोको विश्वकप बाहेक नेपालले विश्वकप खेल्न सक्ने खेल भनेको शायद् क्रिकेट नै हुनेछ।

फुटबल ? फुटबलमा भइरहेका लगानी र नतिजाहरु तपाईँसामु छ। लगानीको हिसाबले फुटबलको दाँजोमा क्रिकेटमा केही पनि भएको छैन। तर नतिजा भने क्रिकेटले नै राम्रो दिइरहेको छ। सीमित स्रोत साधनका बीच पनि नेपाललाई सफलताको शिखरमा पुर्‍याउने नेपाली टोलीका सबै बधाईका पात्र छन्। डिभिजन चारको अपराजित यात्राका लागि हामी सबैले उनीहरुको प्रशंसा गर्दै धन्यवाद दिनैपर्छ।

सुवास खकुरेल। फोटोः आइसीसी

फोटो भिडियो हेर्नुस्-

85 thoughts on “विश्वकप खेल्न पाउला त नेपालले ?”

  1. काउचा, मगर says:
    September 14, 2012 at 12:09 am

    नेपाली क्रिकेट टिम मा पनि एउटा नेपाली क्रिकेट-प्रेमीको नाताले लाई हृदय देखि नै बधाई ज्ञापन गर्दछु …. अनि आउदो विश्वकप-२०१५ को लागि सफलताको लागि शुभकामना सायद एक मात्र खेल क्रिकेट नै हुनु पर्छ, जुन छोटो समयमा नेपाल को नाम विश्वसामु परिचित बन्न पुगेको…..हो! फुटबल को कुरा गर्ने हो भने जुन लगानी अनुसार को नतिजा त छदै छैन, विश्वकप खेल्ने सपना सायद अझै सपना मै सिमित जस्तै भएको छ ….झन्डै आज भन्दा ७ बर्ष अगाडी भर्खर क्रिकेटको बारेमा सामान्य चासो राख्दा कसैले / कुनै मित्र ले भन्नु भयो कि “क्रिकेट त मुर्खहरुले मात्र खेल्छ रे, हेर्नेहरु जति महामुर्ख हुन् ,,,,,,,,, हो !!! त्यो बेला थपिएको म एक जना महामुर्ख पनि आज धेरै खुशी भएको छ …र आज मुर्ख र महामुर्ख हरुको बीच दिल खोलेर ति व्यक्तबाज मित्र हरुलाई पटमुर्ख को उपमाले सम्बोधन गर्न पाउदा झनै खुशी लागेको छ ….अब त पटमुर्खहरु पनि मुर्ख र महामुर्ख को समूह मा सामेल भैसक्नु भयो होला / सामेल हुने कि ??????????

    Reply
  2. काउचा मगर says:
    September 13, 2012 at 11:16 pm

    नेपाली राजनीतिमा देखिएको मुख्य समस्या भनेको बोलीमा मात्र राष्ट्रियता, काममा भने उपनिबेसता अझै पनि सर्बद्रिश्यति भव: “म नेपाली , मेरो नेपालमा, म यो गर्छु ….भन्नेले गर्न त परै जावोस्… भन्न पनि नसक्ने स्थिति आइसकेको छ ,,,,,,, तैले गर्न सक्या सक्यै हो? भनेर खुट्टा तान्ने प्रवृतिमा हामी नेपालीहरु नम्बर एक मा स्थान सुरक्षित गर्न सफल भएकै हो….. अब हाम्रो नया नेपाल निर्माता भनौदाकाउचा मगर हरुले पनि यो भिडियो एक पटक हेरेर ” हामी नेपाली,हाम्रो देश नेपाल…..खुट्टा तान्ने काम छोडेर जुत्ता बनाउने काममा लाग्नुपर्यो, तिनीहरुले गर्न सक्छन भने हामी किन सक्दैनौ ?? वास्तविकतामा टिमवर्क को नतिजा कस्तो हुन्छ भनेर हाम्रा क्रिकेट खेलाडीहरु बाट सिक्ने कि ??????????

    Reply
  3. योगेश आदी, न्यूयोर्क says:
    September 12, 2012 at 6:55 pm

    समाचार पढेर मनै गद्गद् भयो… खेलाडी, प्रशिक्षक तथा नेपाली क्रिकेट काउन्सिललाइ !!!
    हौसला, आत्मविश्वास र मेहेनत भयो भने अवश्य पनि क्रिकेटमा अझ उल्लेख्य प्रगति गर्नेछ /

    Reply
  4. सार्थक says:
    September 12, 2012 at 5:54 pm

    हाम्रो शिर उच्चा बनाउने सबै खेलाडीहरुलाई हार्दिक कृतज्ञता । संसार भरका नेपालीहरुलाई बधाई । नेपाललाई विश्वकप क्रिक्रेटमा पुर्याउन आ-आफ्नो ठाउँबाट सक्दो सहयोग र योगदान गरौं ।

    Reply
  5. jagdish says:
    September 12, 2012 at 9:56 am

    I am so happy when I hear the Nepal win all the match and become a div 4 chapin.Good luck for 2015 world cup.

    Reply
  6. Dipak bhatta (USA) says:
    September 12, 2012 at 6:15 am

    नेपाली कुनै पनि खेल को fan हु म , म पनि usa मा राती २ बजे सम्म स्कोरे हेरेर बसेको थिय ,
    division ३ को लागि अग्रिम सुभकामना , कुनै संका छैन d ३ मा छनौट हुने मा यदि यहि हिसाब ले खेले मा , तर div २ को लागि भने यो भन्दा राम्रो खेल्नु पर्ने हुन्छ , तेस को लागि धेरै भन्दा धेरै अन्तरास्ट्रिय खेल खेल्नु पर्छ, अनि राजनीति हुनु भयन, कोचको no १ भूमिका छ , no २ मा खेलाडी सक्ति गौचन , सुबास खकुरेल , पारस खड्का , बसन्त रेग्मी र प्रदिप एरि मेरो best खेलाडी हुन , सबै ले आउने खेल मा राम्रो खेलुन २०१५ को world cup मा हाम्रो छनौट पक्का छ १००%, india लाई हराको हेर्ने धोको सबै नेपाली को छिट्टै पुरा हुदै छ , जय नेपाल , जय दासनायक , जय सबै खेलाडी को ……..cheers

    Reply
    1. Bsal says:
      September 12, 2012 at 7:48 pm

      त्यो त सबैको धोको हो नि दिपिक जी…..धोति हरु भन्दा हामी धेरै पछाडी छौ तर असम्भव भने छैन.

      Reply
  7. Krishna says:
    September 12, 2012 at 2:47 am

    बधाई छ हाम्रा नेपाली क्रिकेट टीमलाई, अझ राम्रो गर्नको लागी शुभकामना! हामी बिदेशमा काम गर्नेको लागि यो भन्दा खुशी अरु के हुन सक्ला ?
    कृष्ण न्यौपाने

    Reply
  8. Raju Nakarmi says:
    September 11, 2012 at 9:19 pm

    Well-done my friends !! and , Thank you.
    Keep on going in this way ..

    Reply
  9. Bimal says:
    September 11, 2012 at 7:59 pm

    बधाई छ !!! नेपाली क्रिकेट टिमहरुलाई /

    Reply
  10. surya b shrestha says:
    September 11, 2012 at 6:51 pm

    बधाई छ . अगी बढ्दै जानु

    Reply
  11. Biso shrestha says:
    September 11, 2012 at 3:58 pm

    सर्बप्रथम सम्पुर्ण नेपाली क्रिकेट खेलाडी साथी हरु लाई यो जित को लागि धन्यवाद छ I
    आउने दिन हरुमा पनि एस्तै प्रगतिको लागि कामना छ I

    Reply
  12. Sandeep says:
    September 11, 2012 at 3:09 pm

    धन्य छ भगवान cricket मा गणेश थापाहरु छैनन।
    ज्यादै खुशी को कुरा, पहिला कहिले पनि interest नलाग्ने cricket मा अब चै लाग्ला जस्तो छ!

    Reply
  13. abhi says:
    September 11, 2012 at 2:36 pm

    नेपाली cricket को बारेमा आफुले सोचेको कुरा भन्न चाहान्छु:
    नेपाल यु-१५ र यु-१९ मा जहिले पनि राम्रो प्रदर्शन गर्दछ र टेस्ट क्रिकेट खेल्ने रास्ट्रलाइ समेत चुनौती दिन्छ.उसले यु-१९ र यु-१५ मा पाकिस्तान,दक्षिण अफ्रिका, बेलायतलाइ समेत जितेको छ.भन्नुको मतलब यु-१५ र यु-१९को लेवलमा नेपाल र अन्य सशक्त रास्ट्र्मा खासै भिन्नता छैन.तर खास कुरा के हो भने जब येही खेलाडी सिनियर क्रिकेट खेल्न थाल्छन, उनीहरुको र ति टेस्ट खेल्ने रास्ट्रको खेलमा जमीन-आकाशको फरक आइ सकेको हुन्छ.भन्न खोजेको के भने जुनियर लेवलमा राम्रो प्रदर्शन गरे पछी टेस्ट खेल्ने रास्ट्र्का खेलाडीहरुले आफ्नो करियरको रुप मा क्रिकेट लाइ रोज्न पाउछन् र उनीहरुले बिभिन्न क्रिकेट academy मा गएर आफ्नो कला-कौशललाई तिखार्ने मौका पाउछन् र सो निख्रेको कलाका साथ् रात दिन आफ्नी देशमा आएर उच्च सुविधाका साथ् रात दिन खेल प्रति गम्भीर भएर अगाडी बढ्न पाउछन् र आफ्नै देशमा competitive level को घरेलु क्रिकेट लिगमा भाग लिन पाउछन् तर एस्तो सुबिधा कहाँ छ र नेपाली खेलाडीलाई?बर्षमा १ महिना क्रिकेट खेल्यो अनि बाँकी समय आ-आफ्नै काममा लाग्यो……येही भएर नेपाली क्रिकेट माथि उठ्न नसकेको हो. भोकै पेट र अनिश्चित भविष्यले कुन खेलाडीले राम्रो प्रदर्शन गर्न सक्ला र.सरकारले कुनै पनि खेललाई माथि ल्याउन केहि गरेको छैन अहिले सम्म.कमसेकम क्रिकेटमा केहि लगानी गरिदियो भने नेपालले विश्वकप चाही खेल्न पाउने थियो.तर के गर्ने……..हाम्रो सरकार लाइ कुर्सि कसरि टिकाउने भनेर रातदिन प्लान गर्दै मा ठिक छ…….कसरि जाओस क्रिकेट मा ध्यान .जे होस्, एती कठिनाइ र सरकारको तिरस्कारका बावजूद नेपाल डिविजन ३ मा उक्लिएको छ………केटाहरुको खेललाइ मान्ने पर्छ. Keep it up guys…..the whole nation’s proud of you !!!!

    Reply
  14. subodh kumar yadav says:
    September 11, 2012 at 2:33 pm

    very very congratulation to nepali cricket player

    Reply
  15. kumar lama says:
    September 11, 2012 at 2:27 pm

    Cricket related song for Nepali cricket fans……………

    http://www.youtube.com/watch?v=iihOAVhFvag

    Reply
  16. rohit rana says:
    September 11, 2012 at 2:11 pm

    ICC World Cricket League Division Four …नेपाली टिमले आज पनि निकै उत्कृष्ठ खेल पर्दशन गर्दै Division -4 को अपराजित यात्रा कायम नै राख्न सफल भएको छ र FINAL को trophy समेत हात पर्यो!!..हाम्रा सम्पूर्ण खेलाडीहरुलाई बधाई अनि धन्यवाद + Division -3 को लागि अग्रिम हार्दिक शुभकामना!!

    यसरी नेपालले राम्रो गरेको सुन्दा/देख्दा निकै खुशी लाग्छ ..हाम्रा चोर/डाँका नेताहरुले यस्तै राम्रो काम गरे देश अनि जनता
    ले कुनै सास्ती खेप्नु नै पर्दैन थियो होला!!हाम्रा चोर/डाँका नेताहरुले हाम्रा खेलाडीहरुबाट यस्तै काम गर्न सिकून, र देश मा चांडै शान्ति छावास,!!!

    जय नेपाल ..जय नेपाली cricket !!! HIP HIP HURRY …HIP HIP HURRY ….HIP HIP HURRY !!
    नेपाल
    नेपालनेपाल
    नेपालनेपालनेपाल
    नेपालनेपालनेपालनेपाल
    नेपालनेपाल
    नेपालनेपाल
    नेपालनेपालनेपालनेपाल
    नेपालनेपालनेपालनेपालनेपाल
    नेपालनेपालनेपालनेपालनेपालनेपाल

    Reply
  17. achut says:
    September 11, 2012 at 12:29 pm

    कसै को आखा नलागोस नेपाली टिम लाई/दासानायेके धन्यबाद,खेलाडी ले त बिश्वोस्तर को खेल देखाए..अमेरिका मा एस्तो हुन्छ उस्तो हुन्छ भनेर यहाँ धेरै साथी हरुले लेख्छन खेलाडी हरु लाई त झन् के के हुदोहो है तर हाम्रा महान खेलाडी हरु ले ५००० तलब र चना-अन्डा खाको भर मा यो नतिजा दिए….सायद देश प्रति को स्नेह…सुपब गाईज ह्याट्स अफ…गास- बास को मात्र चिन्ता नहुदो हो भने खेलाडी ले देश चिनाउने थिए तर के गर्नु परसुराम-महेस हरु लाई पाल्छ देश…….

    Reply
  18. Anup says:
    September 11, 2012 at 12:11 pm

    आगामी वर्ष बर्मुदामा हुने प्रतिस्पर्धामा सफलताको लागी अग्रिम शुबकमाना |

    Reply
  19. loyem says:
    September 11, 2012 at 11:13 am

    पाथी मुरी बधाई छ ,नेपाली क्रिकेटरलाई ,राजनीति नाघुसोस , खेल छेत्रमा ====

    Reply
  20. Amit says:
    September 11, 2012 at 11:02 am

    १. नेपाल ले आफ्नो राष्ट्रिय खेल पनि नखेली गएको थियो एती सफल भएर आयो एदी राम्रो प्राक्टिस गरेर गयो भने पक्कै पनि खेलाडी मा राम्रो आत्मा विश्वास बढ्ने थियो होला.
    २. नेपाल मा पनि क्लब खेल हरु धेरै खेलाउनु पर्यो अनि मात्र धेरै प्राक्टिस गर्ने मौका पाउछन….. बिदेशी क्लब हरु बोलाएर मैत्री पूर्ण खेल हरु गराई राखे साएद अझै राम्रो हुन्थ्यो कि.
    ३. नेपाल क्रिकेट परिसद को राजनीति हटाउनु पर्यो कुरा मात्र गर्ने हैन केहि गरेर देखाउनु पर्यो नि… मुलपानी को एकेडेमी खोइ? पोखरा मा रंगशाला खोइ? कमसेकम काठमाडौँ को रंगशाला मा तेस्रो अम्पाएर को लागि आवसेक पर्ने समान त रख्देउ…. फ्लड लाइट राखेर कुनै पनि दुइ वा तिन अन्तरास्ट्रिय टिम हरु बोलाएर मैत्री पूर्ण खेल त गराउ…मलेशिया बाट केहि सिक न हो….दिविजन ५ मा छ तर u 19 बिस्वकप नै खेलाई सक्यो….
    ४. नेपाल को ब्याटिंग राम्रो छैन भनेर भनिने गरिन्थ्यो….प्राक्टिस गर्यो भने बलिंग जस्तै ब्याटिंग पनि राम्रो हुन्छ…
    ५. आज खुसि हामी खेलाडी को कारण छौ…क्रिकेट को साइट हरु मा हेर्यो भने नेपाल को नाम देखिन्छ…धेरै राम्रो हो…यो क्रम निरन्तर गर्यो भने साएद एक दिन हामी नेपाली पनि टेलिभिजन मा खेल खेलेको हेर्न पाउने थियेउ कि?

    Reply
  21. NISHA says:
    September 11, 2012 at 10:26 am

    बधाई छ सम्पूर्ण नेपाली खेलाडी सबै लाई यसै गरि सधै अगाडी बढ्दै जानु येही नै सबै आमा बुवा दिदि बैनी दाजु भाई सबै को आशिरबाद छ I

    Reply
  22. R. M.Pradhan says:
    September 11, 2012 at 10:22 am

    आज म खुशी छुं, धेरै धेरै खुशी छुं
    हाम्रा cricket का खेलाडीहरु र coach का कारणले खुशी छुं
    भ्रष्ट, डाका, लुटेरा हत्यारा नेताहरु cricket मा आँखा नलगा……..

    Reply
  23. Rames, Korea says:
    September 11, 2012 at 9:49 am

    Dear Brave Sons of Mt. Everest,

    Congratulation! for the great victory in Cricket.

    Keep on doing hard work for coming World cup-2014.

    Wish you all very best of LUCK.

    Reply
    1. Bsal says:
      September 12, 2012 at 7:53 pm

      २०१४ मा फूटबल वोर्ल्ड कप हो…क्रिच्केट वोर्ल्ड कप चाही २०१५ मा हो.

      Reply
  24. suman bhote says:
    September 11, 2012 at 8:25 am

    बधाई छ नेपाली क्रिकेट टिम लाई…. राम्रो गर्यो भन्दैमा फूटबल लाई हतोत्साही गर्न भएन साथि हो….
    दुवै आफ्नो आफ्नो ठाउमा छन्…

    Reply
  25. पुरुषोत्तम सापकोटा says:
    September 11, 2012 at 12:55 am

    बधाई छ नेपाली टीम , सबै खेलाडी , ब्यबस्थापन र बिशेष गरि कोच लाइ.we are proud of you .Well done guys.सरकार ले अलि बढी नै support गर्ने हो भने त अझ माथि पुग्ने थियो नेपाली क्रिकेट …Anyway .All The best for Divison 3 League.

    Reply
  26. kiran shrestha says:
    September 10, 2012 at 11:53 pm

    धेरै- धेरै बधाई छ नेपाली क्रिक्रेट टिम लाई, र हामी सबै नेपालीहरु लाई, सरकार ले एस्तो पुरुस्कार को घोसणा गर्नु पर्छ कि यी खेलाडी हरु को आफ्नो भविस्स्य चिन्ता ले गर्दा खेल मा असर नपरोस, आशा छ नेपाल ले छिटै क्रिकेट को वोर्ल्ड कप खेल्नेछ, यस्तै प्रगति गर्दै नेपाल लाई संसार मा चिनाउदै जानु येही छ अग्रिम शुभकामना ! जय नेपाल !!

    Reply
  27. Hari Prasad Lamichhane says:
    September 10, 2012 at 11:50 pm

    खुसि को कुरा हो जित्नु भनेको, आउने दिन हरु मा पनि जित्दै जाउन भन्ने अग्रिम शुभकामना

    Reply
  28. Prabhat says:
    September 10, 2012 at 11:15 pm

    Prabhat Paudel from USA,
    Well done Nepal. This is the best news for all the Nepalese. Give your best of the best in upcoming event. Don’t put question mark for Nepali team like will they win? Of course they will be the winner of league 3.
    नेपाल आमा को नाम राख्नै पर्छ
    Good luck for upcoming event.

    Reply
  29. Ganesh Katuwal says:
    September 10, 2012 at 10:57 pm

    I am too much happy. Proud of you Nepali team. I am waiting the day when Nepal will also play match with India, Pakistan & other.

    Reply
  30. Saroj Nepal, California, USA says:
    September 10, 2012 at 10:51 pm

    बधाई छ हाम्रा टिम का खेलाडी हरु लाई !!! अब समय आइ सकेको छ, सरकार ले क्रिकेट को विकास को लागि प्रशस्त आर्थिक सहयोग उपलब्ध गराएर नेपाली खेलाडी हरु लाई अन्तरास्ट्रिय स्तर को तालिम दिनु पर्छ अनि नेपाली खेलाडी हरु ले पनी उत्कृस्ट प्रदर्शन गर्दै देश को नाम विश्व स्तर मा अझ अगाडी ल्याउन सकुन….

    Reply
  31. kamal prasad kafle says:
    September 10, 2012 at 10:09 pm

    बधाई ! बधाई !! बधाई !!! देशमा राजनीतिक खिचातानी,रोशनी बिना अंध्यारो,बेरोजगारको समस्या, देश का युवा सक्ति विदेश पलायन,अनि कम्पनीहरुको अमानबिय ब्याबहार सबैतिर बाट – पिडा , निराशै निराश छाई रहदा असहिय हृदयनै फाट्ला सरि भई रहेको बखत आज क्रिकेट टिमले देखाएको उत्शाहा जनक विजयले ,अबका दिनहरुमा पनि यसरीनै अनुशाशित र मर्यादित रुपमा खेलको विकास गर्दै अब आउने बिश्वो कप मा समेत बिजय हासिल गरी सगरमाथा जस्तै क्रिकेट खेल सिर्स्थ उच्चाइमा रहोश भन्ने कामना गर्दछु | जय नेपाल जननी जन्मभूमियेस्च स्वर्गादपि गरियसी///

    Reply
  32. Mahesh says:
    September 10, 2012 at 9:44 pm

    तत्काल सरकार ले ठुलो रासी को पुरुस्कार र प्याकेज को घोसणा गर्नु पर्छ / त्यो रकम /प्याकेज एस्तो होस् कि इ खेलाडी हरु ले आफ्नो भविस्स्य को बारे मा चिन्ता गर्नु न परोस / अहिले को क्रिकेट टिम माथि एति लगानी गर्नु पर्छ कि खेलाडी हरु को ध्यान विकेन्द्रित न होस् / अनि हेरम आगामी World cup मा हाम्रो नेपाल अनि हाम्रो त्यो मुटु भन्दा प्यारो नेपाली झन्डा !

    Reply
  33. rebatiman shrestha says:
    September 10, 2012 at 9:31 pm

    बधाई छ नेपाली क्रिकेट टिम का युवा हरु लाई/ स्वार्थी र अयौग्य नेता हरु लाई यो राम्रो झापड पनि हो.

    Reply
  34. पूर्ण नेपाली says:
    September 10, 2012 at 9:21 pm

    आश गरम,, पारस खड्का र ब्वाइजको भर परम…. जय नेपाल

    Reply
  35. deepak thapa says:
    September 10, 2012 at 9:14 pm

    वास्तबमा मा फुटबल को फ्यान हु,सधै हारेको खबरले म नीरस हुन्थ्ये,धेरै मन दुख्थ्यो अनि आज हाम्रो क्रिकेट टीमले सबै टीमलाई हराएको खबरले मेरो मनमा मलम लगाएको झैँ भएको छ,धेरै धेरै बधाई छ हाम्रो टीमका खेलाडी हरुलाई,यस्तै यस्तै सुनौलो खबर सुनिरहना पईयोस,छिट्टै वोर्ल्ड कप खेलेको देख्न पईयोस धेरै धेरै शुभकामना छ!

    Reply
  36. Bsal says:
    September 10, 2012 at 8:43 pm

    बधाई छ खेलाडी हरुलाई!!अब division ३ पनि जित्नु पर्चा…best of luck

    Reply
  37. Tanka Kafle says:
    September 10, 2012 at 8:14 pm

    अब क्रिकेट मा लगानी आउनु पर्यो/ हे प्रधानमन्त्री घुस्याहा लाई पैसा खुवाउनु भन्दा क्रिकेट मा पैसा देउ/ at least cricket unites Nepal. जय देश

    Reply
  38. Suman, NYC says:
    September 10, 2012 at 8:07 pm

    Congratulation Nepalese team ,,,, we (नेपाली) are
    proud of You Guys ….keep it up

    Reply
  39. Aditya says:
    September 10, 2012 at 7:52 pm

    आज को जत्ति खुशी त म अहिलेसम्म पनि भएको थिन होला . बधाई छ हाम्रा खेलाडी अनि सम्पूर्ण नेपालीहरुलाई . बिश्वो कप मा नेपाली झन्डा फहराएको हेर्न मन छ

    Reply
  40. dilip gurung says:
    September 10, 2012 at 7:31 pm

    हामीले क्रिकेटमा लगानी गर्ने पर्छ| फुटबललाइ दिएको बजेटको आधा निकालेर क्रिकेटलाई दिने हो भने विश्वकप हामी खेल्छौ जस्तो लाग्छ मलाई| लगानी अनुसारको परिणाम निकाल्न नसकेपछि, परिणाम अनुसारको लगानी तिर विचार गर्नु पर्छ| नेपाली टिम राष्ट्रिय गौरब हुन्| कति बुद्ध र सगरमाथाको नाम मात्री भजाउने हामीले| नेपाली क्रिकेटरले केहि गरि देखोस|

    Reply
  41. Birat Raya says:
    September 10, 2012 at 7:11 pm

    आजको यो खुसियाली … मात्र जितको खुसियाली मात्रै हैन ..यो हाम्रो क्रिकेट टिमको बहादुरीको खुसियाली !!! हो l
    नेपालले खेलहरु मात्रै जितेन .. सम्पूर्ण खेल जित्यो … र जित्यो हामी सबैको मन … डिभिजन -४ मा नेपाली क्रिकेट टोलिले जुन प्रदर्शन गर्यो .. त्यो निकै अध्भुत !! छ … प्रतियोगिता भर नेपाली टोलि , कहिले पनि हारेन ,
    खेल मात्रै नहारेको हैन … खेलको कुनै पनि पक्षमा हामी हार्दै हारेनौ …
    प्रत्येक पल-पलमा जितको सुगन्ध !!! छर्न हाम्रो टिम सफल भयो … हाम्रो सिर कुनै पनि बेला झुकेन …..
    हो यही त हो .. हामी सबैको आशा हाम्रो टिम बाट ..यो भन्दा ठुलो कुरा हाम्रो लागि के हुन सक्छ र ???
    आज ब्यक्त गर्ने शब्दहरु रोकिएका छन … शब्द नभएर हैन … त्यो उत्कृस्ट शब्द शब्दकोषमै छैन … जसले हाम्रो टोलीको बर्णन गर्न सकोस ..

    जय !!!!!! नेपाल ,जय !!!!! नेपाली क्रिकेट टिम !!!!!!

    Reply
  42. Tulsi says:
    September 10, 2012 at 6:57 pm

    बधाई सबै नेपाली खेलाडीहरु लाई / नेपालले बिश्वो कप खेलेको हेर्ने धोको पुग्ला जस्तो छ /

    Reply
  43. Bala Ram Thapa says:
    September 10, 2012 at 6:47 pm

    बधाई ! बधाई !! बधाई !!! सबैतिर बाट पीदै- पिडा , निराशै निराश छाई रहदा असहिय हृदयनै फाट्ला सरि भई रहेको बखत आज क्रिकेट टिमले देखाएको उत्शाहा जनक विजयले ,अबका दिनहरुमा पनि यसरीनै अनुशाशित र मर्यादित रुपमा खेलको विकास गर्दै अब आउने २०१३ को बिश्वो कप मा समेत बिजय हासिल गरी सगरमाथा जस्तै क्रिकेट खेल सिर्स्थ उच्चाइमा रहोश भन्ने कामना गर्दछु |

    Reply
  44. Nepali Ramesh says:
    September 10, 2012 at 6:21 pm

    आज मेरी नेपाल आमा को मुहार नै बेग्लै छ, विश्व माझ शान नै चर्को छ…….. संधै यस्तै रही रहोस ………………….

    Reply
  45. Nepali Ramesh says:
    September 10, 2012 at 6:05 pm

    आज सम्पूर्ण नेपाली को सिर ठाडो भएको छ अनि छाती अझ चौडा भएको छ आफुलाई नेपाली हुन पाउदा बेग्लै आनन्द लागेको छ अनि बेग्लै जोश छ / अब यो क्रिकेट ले नेपाल र नेपाली को गौरव लाई फेरी संसार भरि फिजौंदै जाओस…… मुरी मुरी बधाई सम्पूर्ण खेलाडी र प्रशिक्षक हरु लाई, आउदा दिन हरु मा यस्तै प्रगति गर्दै जानुहोला……… र हिर्दय देखि धेरै धेरै धन्यबाद, हामीलाई यति धेरै खुसि दिनुभएको मा…….

    Reply
  46. surendra subedi Hongkong says:
    September 10, 2012 at 6:02 pm

    जितेर आको भनेर सुतेर बस्ने होइन नि भाई हो /अझ अगाडी बढ्न को लागि दिनहु अभ्यास गर्ने गर्नु होला जित तपाई हरु को नजिक छ/नेपाल को राजनीति जस्तै न होस् क्रिकेट खेल पनि /शुभकामना छ सबै खेलाडी हरु लाई/

    Reply
  47. Bharat says:
    September 10, 2012 at 5:54 pm

    गणेश थापा जस्ता आए भने चै नेपाली cricket तल झर्ने छ |

    Reply
  48. Sisir says:
    September 10, 2012 at 5:45 pm

    नेपालले गौरब गर्ने अर्को कुरा के पनि छ भने नेपाल मात्र एस्तो टिम हो जो सुद्ध आफ्नो देशको मात्र नागरिकले खेलेका थिए .. अरु देश त पुरा खच्चड टिम हो, यानी टेस्ट मान्यता प्राप्त धोति , श्रीलंकन , पाकिस्तानी , बेलायेती , क्यारेबियन खेलाडीको जमघट हो,जस्तो कि अमेरिकाको कप्तान धोति र उपकप्तान क्यारेबियन हुन् . आफ्नै नागरिक मात्र भएको अलि राम्रो देखिएको अफगानिस्तान पनि पाकिस्तानी उत्पादन हुन् .. नेपालले पनि येस्तई देशबाट केहि प्राबिधिक सहयोग मात्र पौने हो भने पनि नेपालले धेरै प्रगति गर्न सक्छ .. अब हेर्न बाकी सरकारले यी देशका सपुतलाई कसरि सम्मान गर्ने हो …
    येही मेसोमा हामीले भुल्न नहुने नाम नेपालका भूपू कोच रोय लुक डायस(हाल मलेसिअका कोच ) पनि हुन् … Being a great fan of Mehaboob Alam , today I am missing him and sure Nepali team should be missing him too..Looking forward to see his return soon..

    Reply
    1. dinesh shrestha says:
      September 10, 2012 at 10:49 pm

      आफ्नो टोलिलाइ बधाई दिनु राम्रो कुरा हो तर बधाई दिने क्रममा अरुलाई नराम्रो भन्नु चाही राम्रो पक्कै होइन.

      Reply
  49. dhruba paudel says:
    September 10, 2012 at 5:35 pm

    बधाई बधाई फेरी पनि बधाई नेपाली टिमलाई

    Reply
  50. prajwal says:
    September 10, 2012 at 5:34 pm

    यस्तो खुसि को कुरा सधै सुन्न पाईयोस, एक दिन नेपाल vs भारत, अस्ट्रेलिया, स अफ्रीका, श्रीलंका, पाकिस्तान …. को game हेर्न पनि पाईयोस अनि त्यो दिन पनि येसरी नै खुसि मनाउना पाईयोस

    अनि अर्को कुरा

    होइन म त यो division ३ भनेकै बुझेन. .. नेपालले यो प्रतियोगिता जितेर division ३ मा प्रवेश गर्यो रे.. गूगल गरे, बिंग गरे, विकि गरे ठाक्कै कुरा थाहा भएन….

    Reply
    1. Mahesh S says:
      September 11, 2012 at 1:26 am

      फूटबल को लीग जस्तै हो नि. { A division { B division { c division … c division मा top भो भने b division मा उक्लिन्न्छा , b division मा top भो भने a division मा उक्लिन्न्छा . c मा बह्न्दा b मा अनि b मा भन्दा a मा स्तरिय टिम हुन्छा . तेस्तै क्रिच्केट मा division १ , division २, division ३ ..

      Reply
      1. umesh pandey says:
        September 11, 2012 at 9:50 am

        यसको मतलब नेपालले अब 2013, April-May मा हुने अर्को टुर्नामेन्ट खेल्न पाउने छ जसमा नेपाल समेत उगांडा, बर्मुडा, ओमान, इटाली र अमेरिका हुने छन्. यो टुर्नामेन्ट मा शिर्ष दुइ टिम अर्को टुर्नामेन्ट (2014 Cricket World Cup Qualifier) मा जाने छन् .

        यो टुर्नामेन्ट मा 10 देश हरु समावेश हुने छ र यश मा शिर्ष दुइ स्थान मा आउने टिम ले 2015 world cup, Australia-New Zealand मा खेल्न पाउने छ …

        Wolrd Cup खेल्न अझ दुइ खुड्किलो पार गर्नु छ तर हामि गर्न सक्छौ….. Best of luck to Nepalese Cricket Team

        Reply
      2. prajwal says:
        September 11, 2012 at 5:22 pm

        महेश स जी कुरा गर्यो कुरा को पिर. ..

        उमेश पाण्डे जी ले राम्रो संग भन्नु भयो ..

        division हुन्छ जित्यो भने माथि जान्छ त्यो त सबै लाई थाहा छ नि ..

        Reply
  51. Sisir says:
    September 10, 2012 at 5:27 pm

    सर्बप्रथम त धेरै धेरै बधाई नेपाली क्रिक्रेट टिमलाई र भबिस्यको शुभकामना पनि ..
    क्रिकेट खेल कै सफलताको कारण मलाई आज भन्दा ७-८ वर्ष अगी एउटा विचार आएको थियो .. म गलत पनि हुन सक्छु तर एदी नेपालमा साचिकै खेलकुदको बिकाश गर्ने हो भने निम्न केहि कुरामा ध्यान दिनु पर्ला जस्तो लाग्छ :ति मध्ये केहि कुरा तल उल्लेख गर्ने जमर्को गर्दै छु .
    १) सर्बप्रथम त राष्ट्रिय खेलकुद नीति(अल्प, मध्ये र दिर्घ कालिन) बनाउने , जसमा बिससग्यता भएका खेलाडी र ब्यबस्थापकको सहयोग लिने ,
    २) खेलकुदलाई राजनीति गर्ने अखडा नबनाउने र अहिले यौबराज लामा (धुर्ब प्रधान , रुक्म सम्सेर, जीवनराम श्रेष्ठ ) जस्ता राजनीतिक नियुक्ति नगर्ने , प्रतिस्पर्धको आधारमा नियुक्ति गर्ने
    ३) देशको आर्थिक इस्थिती र नेपालीको रुची , सम्भाव्यता र सरिरिक इस्थितिको मुल्यांकन गर्दै ४-५ वोटा खेललाई बिसेस कार्यक्रम मार्फत कम्तिमा १० बर्स बिसेस लगानी गर्ने … नेपालले अहिलेकी इस्थितिमा ५०-६० वोटा खेल धन्न सक्दैन र येही कारणले कतै पनि राम्रो नतिजा औदैना ..जस्तोकि नेपालले जति सुकै लगानी गरेपनि बास्केटबल , भलीबल जस्ता उचाइको बिसेस रोल हुने खेलमा कुनै तात्विक सफलता हात पर्ने इस्थिती छैन …
    ३.१ ) team event : ग्रुप खेलमा(team event )सबै भन्दा सम्भावना भएको क्रिकेटमा बिसेस लगानी गर्ने , दुखको कुरा नेपाल सरकारले अहिले सम्म एउटा सम्म मैदान बनाएको छैन , जति मैदान छन् सबै ICC र ACC को सहयोगमा बनेका छन् …एक मात्र इस्तारिया TU International cricket ground पनि Zee tv ले बनाएको हो … क्रिकेट को बिकाशको लागि भारत , श्रीलंका , बेलायेत , पाकिस्तान जस्ता देशसंग प्राबिधिक र आर्थिक सहयोग माग्ने ..
    ३.२ )व्यक्तिगत खेलमा : martial art पनि सम्भावना भएको खेल हो, तेक्वान्दो , कराते , जुडो , आदि खेलमा नेपाली खेलाडीको राम्रो प्रदर्शन गरेको इतिहास छ ..जापान कोरिया चाइना सँग सहकार्य गर्ने ..
    ३.३) सस्तो र स्रोत उपलब्ध खेलमा :TT (table tennis ) जस्तो एकदम सस्तो र अदिकम्सा इस्कूलमा उपलब्ध खेललाई पनि प्रोमोट गर्ने ..पहिले सार्क इस्तरमा नेपाल राम्रो मनिन्थियो यो खेलमा तर अहिले बिजोग छ …यो खेलले पनि नेपाल लाई छिटो नतिजा दिन सक्छ .. चाइना सँग प्राबिधिक सहयोग माग्ने ..
    ३.४) नेपाली माटो सुहाउदो खेलमा : धनुकाड (अर्चेरी ) जो नेपालका केहि जातिको संस्कृति संग जोडिएको छ लाई पर्मोट गर्ने , mountain biking , high altitude cross country events हरुमा लगानी गर्ने … आदि
    ३.५ ) एबम रित ले बिस्तारै अरु खेल पनि थप्दै जाने …
    ४) १०-१२ बर्स उमेरका बिसेस प्रतिभावान खेलाडीको पहिचान गरि उनीहरुको सिप निखार्ने बेवास्ता गर्ने ..
    ५) राष्ट्रिय इस्तारका खेलाडिलाई(प्रसिच्यक पनि ) सम्मान स्वरूप बिसेस मासिक निर्बाह भत्ताको बेबस्ता गर्ने , कस्मे कम सरकारी अधिकृत बराबरको सुबिधा दिने ता कि भबिस्यको चिन्ताले खेलमा बाधा नहोश … झन्डै ३ लाख भ्रस्ट निजामती , प्रहरी , सेना पाल्ने सरकारले १-२ हजार राष्ट्रिय गौरबका खेलाडी पक्कै पाल्न सक्छ .. एसियन इस्टर र सो भन्दा माथिका कुनै पनि खेलमा पदक हासिल गर्ने खेलाडिलाई सम्मान स्वरूप आजीवन भत्ता(पेन्सन) दिने ..
    ५) राजधानीमा एउटा नया ३०-४० हजार दर्सक अट्ने multipurpose stadium र राजधानी बाहिर ४-५ वोटा तेस्त १० हजार जति दर्सक अट्ने नया रगशाला निर्मद गर्ने .. indoor games को लागि covered hall हरु पनि बनाउने …
    ६) खेलकुदलाई जीवन सैलीको रुपमा बिकाश गर्न युवालाई प्रोत्शाहन गर्ने, पाठ्यक्रम मा अनिबार्य गर्ने, एसले युवा लाई कुलतमा लग्न बाट पनि बचौछ … येस्तई येस्तई ..

    अन्त्यमा एउटा ठट्टा :नेपालमा सबै भन्दा धेरैले खेल्ने खेल तासलाई अध्यादेश मार्फत अबिलम्ब राष्ट्रिय खेल घोसना गर्ने ..

    Reply
  52. Bibes Chaulagain says:
    September 10, 2012 at 5:00 pm

    हार्दिक बधाई छ विश्व संग नेपाल चिनाउने नेपाली क्रिकेट टिमलाई, नेपालका धरोहर तिमीहरुलाई मेरो सलाम !! धेरै धेरै बधाई छ नेपालीलाई..

    फूटबलमा साफ गेम जित्ता घर उपहार दिने भन्ने सरकारले यी महान खेलाडीलाई ठुलो सम्मान दिन पर्छ, अनि हौसलाका साथ् लिग ३ को तयारीमा भोलि बाट नै लगाउनु पर्छ ..

    Reply
  53. resham says:
    September 10, 2012 at 4:59 pm

    मुरीका मुरीका बधाई सबैलाई

    Reply
  54. Bel Bahadur Gurung says:
    September 10, 2012 at 4:59 pm

    Wish to see Nepalese Chuche Flag waving live in tv in next World Cup!

    Reply
  55. SUREN says:
    September 10, 2012 at 4:52 pm

    आज निकै दिन पछी खुशी हुने दिन आयो ……………..हुर्र्ये……… साथी हरु हामीले जित्यौ ……………….बधाई छ सम्पूर्ण नेपानी टीम लाइ

    Reply
  56. purna prasad khatiwada says:
    September 10, 2012 at 4:43 pm

    बधाई छ नेपाली क्रिकेट टोलि लाइ , आगामी दिन हरुमा पनि यसरि नै सफलता मिल्दै जाओस , सबै नेपाली हरुको चाहना नेपाल ले सन्,२०१४ मा हुने बिश्वो कप मा नेपाल ले खेल्न पाओस , नेपाल लाइ सबै देश ले चिन्नेछन ,

    Reply
    1. Bikash says:
      September 10, 2012 at 8:22 pm

      Nepal will definitely play 2014 world cup as it would be the only nation to play the world cup. The ICC Cricket World Cup is in 2015.

      Reply
  57. raju timalsina says:
    September 10, 2012 at 4:42 pm

    बधाई छ सबै लाई !

    Reply
  58. Lok says:
    September 10, 2012 at 4:41 pm

    Congratulations to all Nepalese for this achievement. Special congratulations thanks goes to Nepali Cricket team. All the best for the days to come and upcoming matches

    Reply
  59. prakriti says:
    September 10, 2012 at 4:20 pm

    अब त सलाम ठोक्छ होलानी ओबामाले हाम्रो नेपाली क्रिकेट टिमलाई कि कसो हो? जे मा पनि हामीलाई दबाउने हामी पनि गतिलाई छौ भनेर राम्रो उदाहरण देखैदिये नेपाली क्रिकेट टिमले हाम्रो देशको गौरवको लागि ./

    Reply
  60. Ravi Aryal says:
    September 10, 2012 at 4:02 pm

    बधाई छ नेपाली किर्केट टिमलाइ!हामीले बिर्सनुहुन्न श्रीलंका लाइ वोर्ल्ड कप छनोटमा पर्नको लागि करिब १० -१२ बर्स यस्तै संघर्ष गर्नु परेको थियो,उनीहरुको आन्तरिक द्वोंध र खटपटले गर्दा,आज श्रीलंकन प्रिमियेर लिग आयोजना गर्ने भैसके,लगानी र उचित अब्भ्यास को टड्कारो अव्स्क्यता छ नेपाल लाइ:))

    Reply
  61. pradeep shrestha says:
    September 10, 2012 at 4:02 pm

    बधाई छ नेपाली खेलाडी हरुलाई ,जसले नेपाल को इज्जत राखेको छ

    Reply
  62. Deep cph says:
    September 10, 2012 at 3:53 pm

    मुरी मुरी धन्यबाद नेपाली क्रिकेट टिमलाई….. सफलताले आकाश चुमोस……….

    Reply
  63. Ale says:
    September 10, 2012 at 3:36 pm

    क्या रमाइलो | अफिस मा पनि cricinfo website मा score हेरिराखें ( लुकी छिपी भए पनि) | हरेक पल प्रार्थना गर्छु, हे भगवान नेपाली क्रिकेट मा राजनीति नाछिरिदेयोस | प्रचण्ड, माधव, शुशील, please keep yourselves out of Nepalese cricket. यो मेरो मात्र होइन हरेक नेपाली को चाहाना हो |

    Reply
  64. Dinesh says:
    September 10, 2012 at 3:27 pm

    सरकारले सबै खेलाडीहरुको भब्य स्वागत र अबिर-जात्रा गर्नुपर्छ/ प्रोत्साहन र हौसला को लागि कम्तिमा १०/१० लाख पुरस्कार दिनु पर्छ / सरकारी ढुकुटी नेता भनौदाले रित्याएकै छन् क्यारे, त्यति रकम पुरस्कार दिदा तिनका बाउ को के जान्छ र ? सरकारले एरपोर्टमा गएर खेलाडीसंग हात मिलाएर मात्र कसैको हौसला बढ्दैन, उनीहरुको सबै आबस्यकता पुरा गरि दिनु पर्छ, आखिर यी खेलाडी राष्ट्रका सम्पत्ति हुन्, अनि हेरौला Div. 3 मा कसले जित्छ हाम्रो टिमलाइ/ Well done guys. Proud to be Nepali….

    Reply
  65. सुभाषसिद्धि says:
    September 10, 2012 at 3:19 pm

    नेपालको खेल क्षेत्रमा भई आएको दुर्गन्धित राजनीतिको राम्रो नतीजा आएको रहेछ .
    अब बालुवामा पानि खन्याउन छोडौं ; सुनको अण्डा दिने मुर्गीलाइ बढी स्याहार गर्ने बेला आएको जस्तो लाग्यो – यो आउने पर्ने समाचार पढेर !

    Reply
  66. Kalpana Bhandari says:
    September 10, 2012 at 3:08 pm

    Congratulation Nepali Cricket Team..we are proud of you…..

    Reply
  67. sagar rijal says:
    September 10, 2012 at 3:05 pm

    ल बधाई छ नेपाली क्रिकेटरहरुलाई ! बिशेष गरि कप्तान पारस खड्का , जसले आफ्नो लागि भन्दा पनि टिमका लागि खेले ,मेरो बिचार मा खड्का नै म्यान अफ द सिरिजका हकदार पनि हुन , उनको अलराउन्डर प्रदर्शन तारिफ योग्य छ , शुभाष खकुरेल अनि अनिल मण्डललाई पनि बिशेष बधाई , बिग्रिएको ब्याटिंग लाईनलाई चमत्कारिक रुपमै सुधारेर विपक्षीलाई आश्चर्यमा पारिदिए , बशन्त रेग्मीलाई महान बलरका रुपमा मानुपर्छ , नेपाली प्रशिक्षक श्रीलंकाली पुबदु दशानायेके लाई पनि बधाई अनि धन्यबाद , हामि नेपालीहरु यो खुशुयालिमा एक भएका छौ /

    Reply
  68. yam pun says:
    September 10, 2012 at 3:04 pm

    सर्वप्रथम त म नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई दिन चाहन्छु जसले विश्व क्रिकेट लिग डिविजन ४ मा सफलता हासिल गरेकोछ!
    हिलोमा फुल्ने कमलको फुल जस्तो भएकोछ नेपाली क्रिकेट टिम! जति नै मुक्त कण्ठ ले प्रसंशा गरे पनि कम्ति नै हुनेछ! थुप्रै अभाव हरुको राकों भित्र जल्दै कोइला बनेर निस्केको नेपाली क्रिकेट टिमले अबका दिनहरुमा हरेक प्रति-द्वन्दी टिमहरुलाई जलाउदै खरानी बनाउनेछ भन्ने कुरामा विश्वास राखेकोछु!

    Reply
  69. युवराज नेपाली says:
    September 10, 2012 at 3:04 pm

    नेपालको अहिले को टिम सँग विश्वकप खेल्न लाई चाहिने सबै कुरा छन. बलिंग, ब्याटिंग, टिम एकता, आत्मविश्वास अनि अनुभव. यो प्रतियोगितामा अपराजित रहनु, सर्बाधिक विकेट, उत्कृस्ट इकोनोमी, उत्कृस्ट बलिंग फिगर, २ जनाको शतक आदि.

    Reply
  70. hari says:
    September 10, 2012 at 3:00 pm

    धेरै धेरै बधाई छ नेपाली खेलाडी हरु अनी सबै नेपाली लाई। तिमीहरु सबैभन्दा सम्मान गर्न लाएक छौ। कम्तिमा नेपाली हुनुको नाताले खुशी हुने मौका जो पाएका छौ , अनुहारमा हासो छ, खुशीले आँखा रसाएको छ। देशको एस्तो परिस्थितीमा पनि खेलमा धेरै लगानी गर्ने देश्हरुलाई सबै खेलमा हराउनु सामान्य कुरो हैन।

    Reply
  71. Sameer says:
    September 10, 2012 at 2:59 pm

    हाम्रा खेलाडी हरु ले धेरै राम्रो खेले, सबै लाइ धेरै धेरै बधाई छ.. आउने दिनहरुको लागि सुभकामना

    Reply
  72. Suraj says:
    September 10, 2012 at 2:56 pm

    I don’t know why tears comes in my eyes, सायद धेरै समय मा नेपाल को कुनै सुखद समाचार सुन्न पाएर हो कि? Congratulation for Nepali Cricket Team.. Thumbs up…
    Suraj From Denmark..

    Reply
  73. Suman Gurung (UK) says:
    September 10, 2012 at 2:46 pm

    सालोक्य जी, आज जम्मा ३.५ घण्टा सुतियो फाइनल खेल हेर्न लाइ त्यो पनि स्कोर मात्र. अब काम छ पुरा दिन खोइ कसरि गर्ने होला भन्ने चिन्ता लागेको छ. नेपाल ले जितेकोले होला अहिले सम्म त मन फ्रेश छ हेरौ के होला काम मा.
    जे भएपनि , सम्पूर्ण नेपाली हरु लाइ बधाई, खेलाडीहरु लाइ बधाई, कोच लाइ बधाई हरेक ति बेक्तिहरु जसलाई नेपाली क्रिकेट मन पर्छ ति सबै लाइ बधाई. अब का दिन हरुमा वोर्ल्ड कप खेल्ने हरेक बाटो र ढोका हरु खुलुन नेपाल का लागि. धन्य भगवान!!! जय नेपाल!!!जय नेपाल!!!!

    Reply
  74. slamatamang says:
    September 10, 2012 at 2:44 pm

    धेरै धेरै बधाई नेपाल आमा का सपुत हरु लाइ…जति प्रसंसा गरेपनि अपुग छ..यो नेपाल को लागि आशा को संकेत हो.नेता हरु को चालामाला ले त नेपाल मा आश गर्ने केहि छैन नत्र

    Reply
  75. Arjun Kumar sharma says:
    September 10, 2012 at 2:35 pm

    मेरो पनि हार्दिक बधाई छ विश्व संग नेपाल चिनाउने नेपाली क्रिकेट टिमलाई,नेपालका धरोहर तिमीहरुलाई मेरो सलाम !!!

    Reply
  76. N. Baidya says:
    September 10, 2012 at 2:34 pm

    निकै खुसि लागेको छ, यो चानचुने उपलब्धि होइन, तेसैले देशले लगानी थप गर्नु पर्यो र सम्पूर्ण कर्पोरेट जगतले पनि १ बर्षको लगानी क्रिकेट मा गरेर हेर्नु पर्यो……!!!

    Reply
  77. मणि says:
    September 10, 2012 at 2:30 pm

    बिहान उठ्ने बित्तिकै …… खुशीको खबर सुन्न पाईयोस भन्ने रहर सधै हुन्छ र आज भाईहरुले खुशीको खबर दिएका छन्, बधाई छ तपाईहरुलाई अनि भविष्य कालागि शुभकामना!

    Reply
  78. pravin yonzan says:
    September 10, 2012 at 2:30 pm

    बधाई छ नेपाली क्रिक्रेट टिम लाई/ आशा छ नेपाल ले छिटै क्रिकेट को वोर्ल्ड कप खेल्नेछ / धेरै धेरै सुभकामना छ खेलाडीहरुलाई एस्तै प्रगति गर्दै नेपाल लाई world मा चिनाउदै जानु /

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme