Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सहमति भयो : यस्ता चित्र आइन्दा बनाउँदिन, देखाउँदिन

Posted on September 14, 2012September 14, 2012 by Salokya


अपडेट : आपत्तिजनक चित्रकला बनाएपछि विवादमा तानिएका कलाकार मनीष हरिजन र उनको चित्रलाई प्रदर्शन गर्ने सिद्धार्थ आर्ट ग्यालरीकी सञ्चालिका संगीता थापाले बिहीबार सिडिओ कार्यालयमा आइन्दा त्यस्तो चित्र बनाउने र नदेखाउने कागजमा हस्ताक्षर गरेका छन्। दुई वटा साह्रै आपत्ति जनाइएका चित्र हटाएपछि प्रदर्शनी फेरि सुरु भएको छ। यसअघि प्रशासनले ग्यालरी सिल गरेको थियो। विवादित चित्र कला संकलक पृथ्वीराज पाँडेले किनेका छन्। उनी इन्भेस्टमेन्ट बैँकका पूर्व सीइ‌ओ तथा हालका सञ्चालक समितिका अध्यक्ष हुन्।

पुरानो ब्लगः अभिव्यक्ति स्वतन्त्रता कि अपमान ?
बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा भदौ ६ गतेदेखि प्रदर्शन भइरहेको कलाकार मनीष हरिजनका चित्रहरु विवादमा परेका छन्। ‘द राइज अफ द कोलाट्रल’ शीर्षकमा भइरहेको प्रदर्शनी हिन्दु आस्थामाथि ठेस पुर्‍याउने भएको विश्व हिन्दु महासंघको दावी छ। कलाकारले भने यो अभिव्यक्ति स्वतन्त्रता भएको तर्क गरेका छन्।

उजुरी परेपछि मंगलबार साँझ जिल्ला प्रशासन कार्यालयले ग्यालरी सिलबन्दी गरेको छ। यसको विरोधमा कलाकारहरुले बिहीबार प्रदर्शन गर्ने भएका छन्। कलाकारले आफूलाई ज्यान मार्ने धम्की दिइएको समेत दावी गरेका छन्।

‘आर्ट’ को विषयमा नेपालमा यति धेरै विवाद भएको यो पहिलो घटना हुनुपर्छ। आखिर के छ त यी चित्रहरुमा ? हेर्नुस् केही चित्रहरु। नजिकैको चित्र सुपरकाली शीर्षकको हो। यसमा देवी कालीलाई सुपरम्यानको पहिरन लगाइएको छ। अनि काली पात्रले माझी औँला देखाइरहेकी छिन्, जसलाई अश्लीलताको प्रतीक मानिन्छ।

हेर्नुस् कस्ता कस्ता चित्र छन् त यसमा ?

सुपर काली


क्याप्टेन अमेरिकाले भैरवलाई ढालेको


सुपर नटराज


रियल बुद्ध


१०८ गड्स

अभिव्यक्ति स्वतन्त्रता कि अपमान ?
यो व्यक्तिको नजरमा भर पर्ने कुरा हो। अभिव्यक्ति स्वतन्त्रता कतै पनि निरपेक्ष रुपमा दिइँदैन। केही निश्चित घेराभित्र रहेर मात्र यसको प्रयोग हुनसक्छ। अभिव्यक्ति स्वतन्त्रताको नाममा जे पनि गर्न पाउने अधिकार कहीँ पनि दिइएको छैन। कसैले आफ्नो अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दा अरुको आस्था, विश्वास र उसको अधिकारमा असर पर्ने हुनुहुँदैन। अभिव्यक्ति स्वतन्त्रताको प्रयोग आपसी विश्वास, भाइचारा बढाउने किसिमले हुनुपर्छ।

यी चित्रहरुले अभिव्यक्ति स्वतन्त्रताको उपयोग गरेका छन्। तर ती चित्रले आफ्नो आस्था, विश्वासमा असर परेको भन्नु र विरोध गर्नु पनि अभिव्यक्ति स्वतन्त्रता अन्तर्गत नै पर्ने विषय हो। हो, गैरकानुनी रुपमा चाहिँ ज्यानै लिने धम्की दिन पाइँदैन। मैले आफ्नो कलाबाट देखाउन खोजेको यो थियो, कसैले अन्यथा बुझेको भए उनीहरुको आस्थामा असर पार्ने मेरो मनसाय हैन, यद्यपि कसैले त्यस्तो महसूस गरे उनीहरुप्रति माफी माग्छु भनिदिए कुरा सिद्धिहाल्यो नि। यो कुरालाई तन्काएर कसैलाई पनि फाइदा छैन।

बुद्धको फोटो जुत्तामा राखेर एउटा अमेरिकी कम्पनीले व्यापार गरिरहेको छ। अर्काको आस्थामा त्यसरी आक्रमण गर्न हुन्थ्यो त?

भर्खरै हेर्नुभयो, आज लिबियामा अमेरिकी राजदूत क्रिस्टोफर स्टेभन्सको हत्या भयो। कारण के ? अमेरिकी Sam Bacile ले एउटा फिल्म बनाएका थिए The Innocence of Muslims। यसको १३ मिनेट लामो भिडियो युट्युबमा उनले गत जुलाई महिनामा नै राखेका थिए। इजिप्टका केही मिडियाले त्यसका अंशलाई देखाएपछि र अझ अरबी भाषामा डब गरिएको भिडियो युट्युबमा राखिए पछि यसले विरोधको शृङ्खला बढायो। हिजो इजिप्टको अमेरिकी दूतावासको पर्खालमा प्रदर्शनकारीहरु चढेका थिए। आज लिबियामा राजदूतकै हत्या भयो। निर्देशक भूमिगत भएका छन्। फिल्ममा इस्लाम धर्मप्रति घृणा फैलाइएको उनीहरु भन्छन्।

हो, उनले पनि अभिव्यक्ति स्वतन्त्रताकै प्रयोग गरेका हुन्। तर मान्छे मर्ने गरी, हिंसा फैलिने गरी त्यस्तो स्वतन्त्रताको प्रयोग गरेर फाइदा के भो त ?

सन् २००५ को सेप्टेम्बरमा नै डेनिस पत्रिका Jyllands-Posten ले अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दै मोहम्मदको टाउकोमा बाँधिएको फेटा बम भएको लगायतका कार्टुन छाप्यो। यसको चर्को विरोध भयो र दर्जनौँ मानिस मरे। युरोपेली पत्रिकाहरुले अभिव्यक्ति स्वतन्त्रता भन्दै कार्टुन पुनः प्रकाशन गरे। यसले हिंसा झन् फैलाउन मात्रै मद्धत गर्‍यो।

उताकै शैलिमा विरोध गर्न खोज्ने हाम्रा हिन्दुहरुले बुझ्नुपर्छ अतिवादले कतै पनि फाइदा गर्दैन। यो विवादलाई अझै सल्कनुअघि नै यसलाई रोकिदिउँ। अभिव्यक्ति स्वतन्त्रता र ईशनिन्दाका लामा-लामा सिद्धान्तको कुरा नगरौँ। कसैले कसैको विश्वासमा ठेस पुर्‍याउने काम नगरौँ।


159 thoughts on “सहमति भयो : यस्ता चित्र आइन्दा बनाउँदिन, देखाउँदिन”

  1. Kunjan says:
    September 17, 2012 at 12:35 am

    I am looking this painting with a different prospect now. The theme of the art is so usual and typical in itself. For sure, it just got popular because of someone’s ego, someone’s jealousy and some big political interest. However, I came to know the series of art is all about how the western culture is ruining our eastern culture. It is his way to express and that is his freedom and so called ‘freedom of expression’ which I really don’t understand sometime. I believe, Hinduism is only the religion that is so much secular and its even more liberal in our country. So not being extreme as any other religion how anything intriguing can be stopped. But lets not talk about religion here but the art and its theme.

    Do you think, is it possible that the western culture is shirking our culture unless we gradually adopt it ourselves? The world seems so small now, and we even term it as a global village. So it is as natural as it can be. It’s virtually impossible to avoid and it’s inevitable truth. The only way to protect our culture is through some rules, regulations and self-discipline.

    If we really don’t want our culture to get intermingled and ruined by western culture then we might have to sacrifice so many things, it’s beyond imagination.
    1. Stop using facebook.
    2. Stop surfing the web or its better to stop the Internet
    3. Stop all TV channels
    4. Stop Hollywood movies
    5. Stop using smart phones
    6. Stop blogging
    7. Well one more thing, stop making contemporary arts.

    Will it happen? Is it really possible? Sounds really impossible for me. So why not come up with some great concept and ideas, which can be called, WOW!.

    It’s the irony that whoever comes up with this subject will be more than happy if he get chance to go western countries. I think most of us.

    Reply
    1. Anup Sharma says:
      September 17, 2012 at 1:44 pm

      The great achievement of 21st century is
      Freedom of speech and publication
      We should protect at any cost.
      Karl Marx said
      Religion is not the disease, but merely a symptom. It is used by oppressors to make people feel better about the distress they experience due to being poor and exploited. Religion is the “opium of the masses”.

      We should also start questioning the “kumari tradition” , how can you do so much injustice to a little girl in name of Religion.

      Reply
      1. Sansar Shrestha says:
        September 17, 2012 at 7:04 pm

        अनुप शर्मा जी,

        Your opinion is good in books not in reality. Sharma as your Sir name have been respected for generations in Hindu society. WHY ? Do you realize what kind of role SHARMAs have been playing in Hindu society for centuries ? It is your ancestors who introduced to Kali, Mahakali, Bhadrakali, Dakchinkali, Chandika, and many more other God and goddess with terrors to support in their religious business. It is your ancestors who exploited, suppressed, dominated, humiliated to common man for hundreds of centuries and today you are saying due to poor and exploited ??

        As quoted by you: Religion is not the disease, but merely a symptom. It is used by oppressors to make people feel better about the distress they experience due to being poor and exploited. Religion is the “opium of the masses”.

        Please clean yourself first, ask your own family why ? Then come back to discuss about Karl Marx.

        Reply
        1. Anup Sharma says:
          September 18, 2012 at 12:59 pm

          haha,
          stop playing the blame game ? I pity a fool like you who instead of solving his own problem blames other for having his problem. I guess its sharma who introduced kumari tradition. I guess its sharma , who built all temples in Nepal . especially in Ktm with vulgars architecture
          Do you even have a idea why we write Sharma as last name in first place ? if you want you can have last name Sharma . You blame my family for introducing the Hinduism , have you ever tried to read the history of Hinduism . Do you have any evidence that my family started this ? Do you know even have a idea of evolution of human beings ?.
          Keep playing blaming games.

          Reply
          1. mahesh from saudi says:
            September 18, 2012 at 9:25 pm

            के हो यार देश चाई अध्योगति को दल दल मा फसी रहेको छ l तेस्मा पनि नेपाल र नेपाली को नाम देश विदेश मा नराम्रो संग फैलिरहेको छ l अझ भैरहेको हिन्दु संस्कार प्रतिको आक्रमण मा हाहा रे ??? के हो शर्मा जी अलि कति पनि लाज सरम छैन कि के हो तपाई लाई ?? देश को विकास भनेको छोटा छोटा मिनिस्किर्ट तरुनी ले लगौदैमा अनि यो पुरातन विचार हो भन्दै आफ्नो संस्कार बिरुद्द को काम गर्दैमा हुने हो भने आज हाम्रो देश का अधिकांस जनता हरु आफ्नो श्रम बेच्न जाने खाडी राष्ट्र हरु कसरि बिकास भएका ?? देश को विकास तर्फ चाई बाल छैन आफ्नै मनमानी l कि काम नपाएर कम्पुटर को keyboard संग डिस्को गरिरहनु भाको ?? एस्तो serious कुरामा जोक गर्दा सोच्ने गर भाई l तिम्र लागि सानो कुरा होला तर यस्तै कुरा ले हो देश uganda र हैटी बन्ने l

            Reply
          2. suman says:
            September 18, 2012 at 9:36 pm

            देश अध्योगति को दल दल मा धकेलिरहेको छ l दिनदिनै हत्या हिंसा बढ्दो छ l युवा हरु काम को खोजि मा दिनदिनै विदेश पलाएन भैरेको छ l देश को विकास को बारेमा कसैप्रति सकारात्मक विचार छैन अझ भैरहेको हिन्दु संस्कार प्रतिको कुठाराघात प्रति हाहा रे ??? के हो शर्मा जी तपाई संग लाज सरम छैन कि के हो अलि कति अंग्रेजी बोल्न जान्यो भन्दैमा आफुलाई ओबामा को भतिजो सम्झनु भाको कि के हो ?? देश यदी तरुनी हरु ले छोटा छोटा मिनिस्किर्ट लागौदैमा अनि ई सबै पुरातन विचार हुन् भन्दै संस्कार बिरुद्द काम गर्दैमा विकास हुने भए हामी नेपाली हरुले आफ्नो सरम बेच्न जाने खाडी राष्ट्र हरु कतार साउदी हरु कसरि विकास भए ?? तपाई का बिचार अन्धो लाई अगाडी पढ्न दिएको किताब जस्तै हुन् – यस्ता विचार कुनै पनि नेपाली संग share नगर्नु होला take care

            Reply
  2. Rob says:
    September 16, 2012 at 4:15 pm

    मनिस हरिजनको चित्र हेर्दा खेरि मलाई Hollywood र western countery तिर नाम र पैसाको लागि आत्मा सैतानलै बेचेको याद आयो ! जस अनुसार यदि कसैले धार्मिक बाटो को साटो तेस्लाई अधार्मिक तरिकाले प्रस्तुत गर्ने जस्तो हिन्दु धर्म र बुद्ध धर्म अनुसार देवता हरु पबित्र र सक्तिसाली हुन्छन तर उसको चित्र मा देवता भन्दा आधुनिक मानिस हरु सक्तिसाली र बुदिजिवी देखाएको छ ! western country तिर के मान्यता छ भने एकपल्ट आफ्नु आत्मा सैतानलाई बेचिदियेमा उसले धन सम्पति तथा नाम जुराईदिन्छ !तर तपाई ले तपाई को कला वा सिप वा ज्ञान वा तपाई को अभिनय बाट सैतान को गुण बयक्त गर्नु पर्छ !के मान्यता छ भने
    michael jackson , witney houston ,lady gaga ,madona आदि सबै सैतान को चेला मानीएकोछ!यदि यसको बारेमा हेर्न तपाई ले youtube मा type गर्नुहोस जस्तो कि ladygaga को बारेमा हेर्नलाई lady gaga sold her soul to devil .

    Reply
  3. Pingback: अहिले यस्तो कसैले बनाएको भए… ? « Mysansar
  4. Suman bhote says:
    September 15, 2012 at 3:27 pm

    सुपर हिरो को फ्यान लग्यो मलाई यो चित्रकार बन्धु…..
    २ दिन मात्रै अमेरीकन ambassador को हत्या भयो येही धर्मको नाम मा…. एक जानाको भद्दा मजाक ले, भेडाहरु सडकमा आगो लगाउन थाले… तेसैले एस्तो कुरामा अलि संबेदनसिल हुन जरुरि छ चित्रकार बन्धु पनि….
    येही कुरा Modern painting मा प्रस्तुत भएको भए कला को तारिफ हुन्थ्यो…. मानिसलाई Modern art को माधेमले तपाइको भाबना राखेको भए वा बुजाउनु भएको भए, आज तपाइको painting मजाक बन्दैन थियो होला……

    Reply
  5. Doleswar says:
    September 15, 2012 at 12:48 pm

    धेरै प्रकारका मान्छेले बनेको समाजमा फरक खालका विचार र मान्यता हुनु स्वाभाविक हो | यस्ता खाले कुरा भई नै रहन्छन | हामीले यस्ता कुराहरुलाई पचाउदै जानु पर्छ | त्यही हुँदा मात्र हामीले फरक फरक खालका स्वादका चिज खान पाउछौं | ब्यङ्ग गर्नु वा प्रसंसा गर्नु भनेको अभिव्यक्ति स्वतन्त्रता को कुरा पनि हो | केहि मान्छेलाई आर्ट मन परेन भन्दैमा कलाकारलाई जेल हाल्ने कुरा गर्नु भनेको अहिलेको दुनियामा सुहाउने कुरो होइन |

    Reply
    1. Sansar Shrestha says:
      September 17, 2012 at 12:58 am

      नेपालमा अझै पनि दिशा पिसाब गरे पछि साबुनले हात धुनु पर्छ भनेर रेडियो मा फुकेको सुन्नुभा होला. नेपालका धेरै सुगम र दुर्गम जिल्ला हरुमा आज पनि जुम्रा टिप्ने, किरा फट्यांग्रा खाने, झारपात टिपेर तेसै चपाउने चलन छ. तेस्तो जनताको बाहुल्य भएको देशमा तपाई जस्ता दुइ चार जनाले आधुनिकताको खोल ओडेर, दुइ चार इंग्लिश बोलेर, थोरै बेर्लाई भएनी झिल्के बनेर पानीको माथि फूलका उठे जस्तै केहीबेरको लागि modern बन्न खोज्नु भएको मा बधाई छ.

      वास्तबमा काली र भैरब न्याय र अन्याय वा सत्य र झुठका माप दण्डक प्रतिक हुन्. यिनै कारणले हिन्दु समाजमा पुजिंछं. जसरि आजको संसारमा विभिन्न व्यक्ति हरुलाई विभिन्न छेत्रमा सम्मानित, पुरष्कार, अभिषेक तथा प्रख्यात उपाधिहरुले सम्मान गरिन्छ.

      हाम्रो समाजमा अन्ध बिश्वास छ. यो हटाउन अतेन्त जरुरि छ तर हिदु धर्मको अस्तितो र एसको महत्तो लाइ हैन. यो अन्ध बिश्वास – धर्मको आडमा जनतालाई तर्साउने, एसलाइ खेति बनाइ आफ्नो गुजारा हजारौं साल देखि गरि आएका ब्राह्मण, पण्डित, पुजारी, छेत्री तथा तिनीहरुकै समाजका शिक्छित व्यक्ति हरु आजको अन्ध विश्वासका समाज निर्माण गर्नुमा जिम्मेवार छन. तल्लो जातिले पदन नपाउनु, मन्दिरमा प्रवेश नपाउनु, घृणा र अछुत को व्यवहार गर्नु आजपनि विद्यमान छ. आजका शिक्छित व्यक्ति तथा कलाकार हरुले यो असमानताको ठुलो खाल्डो पुर्नु पहिलो प्राथमिता हो न कि कालिको अपमान गरेर आधुनिक कलाको खोल ओढेर सम्पूर्ण हिन्दु समाजलाई खिसी गर्नु राम्रो पक्कै हैन.

      Reply
    2. suman says:
      September 18, 2012 at 9:51 pm

      ब्यांगे गर्नु र कपी गर्नु आफैमा नराम्रो हैन तर तेस्को पनि एउटा छुटै आधार परिधि हरु हुन्छन l मलाई लाग्छ हामी आफ्नो इज्जत अनि आफ्नो इमान प्रतिको व्यंग सहन सक्दैनौ l हामी नेपाली संग केहि नहोला तर आफ्नो छुटै अस्तित्यो अनि पहिचान छ जसको हत्या ले हाम्रो भाबी पहिचान निस्तान्बूद हुन सक्छ l बाहिर मुस्लिम देश हरु मा यदी यही हर्कात कसैले गरेको भए मैले भनिरहनु पर्दैन परिणाम कस्तो हुन्छ l देश को बिकास ई र यस्ता नालायकी पन ले कदापी हुन्न l संकार कसैको बेक्तिगत पेवा हैन जसले जे चाह्यो तेही गर्न l धर्म हाम्रो हिन्दु हो र यसको गरिमा प्रतिको बफादारिता संगै बिकास का खुड्किला हरु तय गर्दै जानु पर्छ l जो संग जस्तो बिकल्प हुन सक्लान तिनी हरुले यस्ता karya कालाप गर्ने हैन कि जुन हुल प्रति बफादार छन् तिनीहरु संगै गाभिन सक्छन l किन कि यो नेपाल हो र हाम्रो पुरातन संस्कार हिन्दु धर्म प्रति बफादार छ l

      Reply
  6. Rabi BC says:
    September 15, 2012 at 10:42 am

    अभिव्यक्ति स्वतन्त्रता भन्दैमा कसैको आस्था मा ठेश पुग्ने काम गर्नु हुदैन , एक अमेरिकन ले महम्मदको भिडियो बनाउदा हेर्नुस त के हुदैछ मध्य पूर्व मा ? कलाकारलाई ज्यान मार्ने धम्की दिने लाई कानुन अनुसार सजाय दिनुपर्छ , अनि कलाकारले पनि आफ्नो ‘स्वतन्त्रता’को दायरा बुझेर अघि बढ्नु पर्छ , सबै सम्मेयित हुनु पर्ने बेला आएको छ .

    Reply
  7. Karuna says:
    September 15, 2012 at 5:47 am

    मलाई त्यो हरिजनदेखि मात्र होइन त्येसलाई support गर्नेहरु देखि पनि रिस उठ्यो.
    कलाकार भनौदो लाई माफी माग्न लाउने मात्र होइन कि भविस्यमा कसैले स्वतन्त्रताको नाममा अरुको आस्थामा (चाहे त्यो क्रिस्टियन, हिन्दु वा मुस्लिम धर्म ) चोट पुग्ने काम गरेमा कडा कानुनी कारवाही पनि हुने व्यवस्था गर्नु पर्छ .

    Reply
  8. अनुराधा पौडेल पेरिसबाट says:
    September 15, 2012 at 1:26 am

    सुपरकालीले अँगुलो ठ्ड्याको मन पर्यो । केहि कुरा पचाउन नसक्ने मेरो गोरुको बाह्रै टक्का गर्ने नेपाली समाजका बिभिन्न धर्म मान्ने पाखन्डीहरुलाई यसैगरी देखाउनुपर्छ । एउटा मानिसको मनले सोचेको कुरा लेख्यो या चित्र कोर्यो भने बिरोधको बिगुल फुक्छन् धर्मको आड लिएर मान्यता र चलनको आड लिएर । नया आइडिया मनिष जी । बधाइ छ । एउटा अलि मन छोएको चाँही सुपरम्यानले भैरवलाई किक हानेको हो । हामिले सुपरम्यानलाई किक हान्न पर्छ । अनि यो ढोँग र आदर्शको पनि । बाँकी सबै मन पर्यो मलाइ । नेपालमा भएको भए तपाँइको एक चित्र मैले किनिहाल्थेँ ।

    Reply
    1. ram says:
      September 15, 2012 at 10:22 am

      हेल्लो अनुराधा जी

      पेरिस मा बसे भन्दै मा आफ्नो धर्म र सस्कृति लै बिर्सने , के तपाई पनि सधै कलि ले देखाको जस्तो औलो देखाउन बनि पर्नु भाको छ ? नत्र किन आफ्नो धर्म माथि भएको आक्रमण को सप्पोर्ट ह?

      Reply
    2. madan bajracharya says:
      September 15, 2012 at 2:21 pm

      अनुराधा जी/

      नाम उस्तै हुँदैमा व्यक्तिको बिचार पनि उस्तै हुनु पर्छ भन्ने केहि हुँदैन भन्ने कथन सहि भयको तपाईं ले साबित गरि दिनु भयो/ अब हेर्नुस न एउटी अनुराधा नेपालमा पनि छ जसले बेचियको नेपाली महिलाको उद्दार गर्दै गरे बात बिस्वले समान गरेको छ/ अब तपाईको नाम पनि उस्तै अनुराधा नै हो/ तर हेर्नुस त् कति उल्टो बिचार छ तपाईंको/ खै अरु के टक्र्याउ हजुरलाई; सुहाउने त् उही तपाईंलाई मनपरेको सुपरकालिको औंला नै हो तेही तक्राय/ खुसि हुनु हुन्छनै होला हगी/

      Reply
    3. deepak says:
      September 15, 2012 at 2:47 pm

      You don’t know about culture and ethnicity, and you are not Nepali. I pray to god u will never ever be back to the Nepal.

      Reply
    4. prajwal says:
      September 15, 2012 at 6:13 pm

      पेरिस मा बसे भन्दैमा आफु लै धेरै जानेको अनि बुझेको ठान्नु भाको रहेछा र नेपाली हरुलाइ गाली गर्दै हुनुहुन्छा पाखण्डी भनेर, i feel shame on calling u a nepali, u have forgotten our culture. ….. what do u mean by सुपरकालीले अँगुलो ठ्ड्याको मन पर्यो……it should be u standing there then u wud know …

      Reply
    5. Dhananjaya Saroj says:
      September 16, 2012 at 9:29 am

      म पनि पेरिस गयको छु र बसेको छु अनि तपाई जस्ता नेपाली देखेको छु! विदेश बसे भन्दै मा हिन्दु आस्था कि प्रतिक काली लाइ तपाइको पेरिसको पिगाल का नौटंकी हरु जस्तो दाज्न मिल्छ? हुनत तपाई त्यो कुरा मन पर्न सक्छ, तर हामी लाइ मन परेन र तपाई को आदर्श र धम्कि पनि मन परेन!
      जय महाकाली! जय बिरभद्र!! जय काल भैरव!!! जय आकाश भैरव!!!

      Reply
    6. Govinda Paudel says:
      September 16, 2012 at 6:44 pm

      मदन बज्राचार्य को कमेन्ट मन परो, मैले नि कपि पेस्ट गर्दिए है, अनुराधाजिको सम्मान को खातिर,
      ….अरु के टक्र्याउ हजुरलाई; सुहाउने त् उही तपाईंलाई मनपरेको सुपरकालिको औंला नै हो तेही तक्राय/ खुसि हुनु हुन्छनै होला हगी/…

      Reply
    7. Anup Sharma says:
      September 16, 2012 at 10:50 pm

      Anuradha paudel ,
      I like your comment . First of all , there is no God in real world even the RIG Veda ,basic of Hinduism doubts in god’s existence, so deepak pray whatever you like . If praying to God will god , why don’t make our country rich by praying
      Rest of you idiots , it just a painting , get over it.
      God doesn’t need your help , if he is such a powerful person , he can take care of himself.

      Reply
  9. madan bajracharya says:
    September 14, 2012 at 11:45 pm

    “पूर्वेली संस्कृति कला र धर्मको मौलिकता माथि पश्चिमेली नकलिचीहरुको हमला”
    ई चित्रहरुले यहि देखाउंछ/ कुनैबा कसैको पनि कला संस्कृति को मौलिकता माथि यति उपहास गर्नु अत्यन्त घृणित अपराध हो/ तेसमाठी आफ्नैका कला संस्कृति र धर्ममा यति उपहास जनाउने चित्र लेख्ने त्यो कपुतलाई कलाकार होईन अपराधि मान्नु पर्छ/

    हाम्रो देसको सार्वभौम सट्टाको मौलिकता जनाउने हाम्रो कला संस्कृति र धर्म पनि हो/ हाम्रो कला संस्कृति र धर्म भारत सिट सन्निकट भयर पनि फरक छन्/ भारतमा मानिने देवी देवता हामी पनि मान्छौं भारतमा मानिने धार्मिक चाड पर्व हामि पनि मान्छौं तर फरक तरिकाले/ भारतमा पनि देवी देवताको मुर्ति र मन्दिरहरु बनाईन्छ तर हाम्रो मुर्ति र मन्दिरहरुको आफ्नै बिशेसताहरु छन्/ ई बिशेसता र मौलिकता हाम्रो सार्वभौम सट्टाको परिचय पनि हो/ यो कपुत कलमकारले हाम्रो विशेषताले भरियको मौलिक कला संस्क्रितिलाई बिगार्ने अपराध गरेको छ/ के यसलाई मात्र माफी मगायर पुग्छ?

    Reply
  10. binay says:
    September 14, 2012 at 9:40 pm

    it’s so ironic that we preach people to be honest and be yourself. But if you become 100% honest…i’m sure that even your closest of friends, loved ones etc. will तुरन against you. people like to live in dream. To be honest to someone is the most cruel thing you can do to them. It’s a funny world we live in. 😀 As i don’t get the paintings and their meanings, i don’t know if it’s a cheap publicity stunt or just a simple thought.

    Reply
  11. diwakar says:
    September 14, 2012 at 9:32 pm

    “उताकै शैलिमा विरोध गर्न खोज्ने हाम्रा हिन्दुहरुले बुझ्नुपर्छ अतिवादले कतै पनि फाइदा गर्दैन।” यो भनेको के हो ! शैलोक्य जी ले हामीलाई सम्झाईराख्नु पर्दैन ,आतिबाद कहाँ बाट सुरु हुन्छा भनेर ! स्वतन्त्रता को नाउमा आफ्नो धोति फुस्केको थाहा नपाउने लाइ मैले केहि भन्नु छैन !तर एदी त्यो तस्बिर मा पैगम्बर भएका भए ,मध्यपुर्ब मा रहेका नेपाली को हालत के हुन्थियो त्यो विचार गर्दा हुन्छ !

    Reply
  12. Dipesh says:
    September 14, 2012 at 8:25 pm

    This issue has been peacefully resolved..this is the best part. Also, the artist and the exhibitor have realized their mistake and vowed never to repeat it again..Hey guy’s don’t you think this is commendable..Everyone makes mistakes but don’t you think it’s great to realize what one did wrong and learn from it. Negotiation is the ONE AND ONLY TOOL to resolve any issues. Let’s try to settle every issues through talks than resorting to any kind of violence..

    Someone has said that “to repeat a mistake is a choice, not a mistake again”..so अब उपरान्त एस्तै गल्ति दोहोरियो भने चाही समाज मा खलबल पुराउने काम भयो भन्ने कानून अनुसार कारबाई हुनुपर्छ.

    Reply
  13. Shila Rana says:
    September 14, 2012 at 5:59 pm

    आर्टिस्ट को तथा त्यसका सम्पुण supporter हरुको तस्बिर लाइ नाङ्गो पर्दर्सन गरौ / त्यो पानि त art नै हो नि होइनर?

    Reply
    1. prajwal says:
      September 15, 2012 at 6:18 pm

      अनि कला प्रदर्सनी को स्वतन्त्रता पनि

      Reply
  14. kranti says:
    September 14, 2012 at 5:17 pm

    के को अभिव्यक्ति स्वतन्त्रता नि, साथीले अमेरिका जाने भिसा खोज्या हो | अझैपनि हिन्दु र बौद्ध धर्म मान्ने आस्थाबानहरुकै संख्या धेरै भएको देशमा १८० डिग्री उल्टो काम गरिदिएपछी २-४ जना कट्टर पन्थिहरुले ज्यान मार्ने धम्कि दिन्छन अनि अमेरिकन दुताबासमा गएर शरणार्थी भिषा टप्प टिपेर अमेरिका जाने उतै बस्ने सोच बाट अभिप्रेतित भएको देखिन्छ | कमबढी कुरो बेग्लै हो यस्ता हर्कत गर्नेहरु पहिला पनि देखिएको हो अहिले पनि छन् | सकारात्मकताबाट चर्चा बटुल्न नसक्नेले यस्तै काम गर्छन |

    Reply
  15. rakchyaka says:
    September 14, 2012 at 4:14 pm

    कलाकार को कला हेर्दा राम्रो र आनन्द आउनु पर्छा..त यो चित्र कला खासै तेती राम्रो त लागेन हो… सस्तो प्रसिधि कमौना कलाकार किन हतारिंदै छ…कोइ कलाकार की गर्न नसकी यसैमा राजनीति गर्दै छन्……कलाकार विवाद मा मुछिनु हुन्न…कलाकार त सदैब स्रधेय हुनु पर्छा उसको कलाकारिता को कारण…येस्ता कला ले त बिक्रिति ल्यौन्छा..सच्चा कलाकार ले त सत्रु को पनि मन जित्नु पर्छा हो…

    Reply
  16. gyan says:
    September 14, 2012 at 2:56 pm

    माथि को सबै चित्र herda उसले जानी जानी नै हिन्दु आस्थई ठेस पुर्याएको देखिन्छ एस्लाई जेलमा सदौनै पर्छ. यो भनाइ मेरो आफ्नै हो.

    Reply
    1. madan bajracharya says:
      September 15, 2012 at 2:08 pm

      ज्ञान ज्यु
      हो तेस्लाई जेल सजाय नै गर्नु पर्छ/ उसको यो कर्तुत अपराध नै हो कानुन अनुशार पनि/ उसको त्यो कर्तुतले हाम्रो नेपालमा बस्ने क्रिस्चियन नेपाली र हिन्दु नेपालीको बिचमा दंगा हुने अबस्था निम्त्याउन सक्छ/ यस्तो कुकर्मीलाई कानुनले दण्डको ब्यबस्था गरेको छ/ खै त्यो जिल्ला प्रशासक पनि कस्तो लथक हो कुन्नि; अपराध गरेकालाई उसले माफी मगायर छोड्न पनि कसरि सक्यो; के उ सिट अपराधीलाई छोड्ने न्याईक अधिकार छ?

      कुनै कुनै गल्ति माफी योग्य हुँदैन/ यस्तो कुरामा माफी दिनु पनि हुँदैन/ उसले हाम्रो धार्मिक आस्था माथि बलात्कार गरेको छ/ स्त्री लाई गरिने बलात्कार भन्दा ठुलो बलात्कार हाम्रो संस्कृति माथिको बलात्कार हो/ त्यो आफ्नै संस्कृति माथि बलात्कार गर्ने कुजातलाई सिधा अदालत चलान गर्नु पर्थ्यो किन गरेन?

      Reply
  17. आनन्द, इंडिया says:
    September 14, 2012 at 2:21 pm

    यस्तो चित्र बनाउन १ नपाई २ नपाई ३ नपाई . मलाई त कत्ति मन परेन.

    Reply
  18. CRS(Surendra Chaudhary) says:
    September 14, 2012 at 1:40 pm

    यो तेही अरुको संस्कृति को खिल्ली उदाउने पश्चिमीहरुको चेलो हो . अरुलाई नीच देखाएपछी आफु स्वोता ठुलो भैन्छा भन्ने अमेरिकी सरकारले अहिले मध्ये पुर्व मा कसरि धोका खाइरहेको छ तेस्बता प्रस्ट हुन्छा येस्ताको भविस्य . हाम्रो आस्थामाथिको मनपरी बन्द भएन भने हामि तेस्को श्रोत नै बन्द गराउन्छौन् . सहिस्नुताको अर्थ लाचारी हो भन्ने भूल कसैले नगरोस .

    जय देश

    Reply
  19. Kevin says:
    September 14, 2012 at 1:01 pm

    Artist can draw this but cant keep the name as real buddha,सुपर काली .
    कसैले पनि कसैको धार्मिक कुरा हरु लै मज्जाक को रुप मा लिनु हुँदैन .हामी ले हाम्रो बाबा आमा को रेस्पेच्त गर्छौं के हामीले आफ्नो बाबा आमा को फोटो बनाएर प्रदसनी गर्छौं.यो घटना नेपाल को पहिलो भाको हुन ले आर्टिस्ट लै केहि न गरौँ.अब देखि एस्तो काम न गरौँ .

    Reply
  20. Laxman says:
    September 14, 2012 at 12:10 pm

    यदि यो freedom of expression हो भने ज्यान मार्ने धम्कि पनि freedom of expression नै त हो नि. होइन र ?
    कुरा जता मोडे पनि हुन्छ

    Reply
  21. Kunjan says:
    September 14, 2012 at 12:05 pm

    Never make fun of any sensitive issues. Freedom of expression does not allow you to play with someone else sentiments. This is not an art but the insanity.

    Reply
  22. Niranjan Ranjit says:
    September 14, 2012 at 12:03 pm

    स्वतन्त्र भनको जे जसले जेपयो तै गर्न हो र अरु हरु को धर्म र आस्था माथि नै प्रभाब पर्ने गरि कम गर्ने हरु लाई जेल हाल्नु पर्ने

    Reply
  23. मन says:
    September 14, 2012 at 10:21 am

    कलाको रुपमा हेरौ| धर्म र विशुद्ध्ताको आँखाले नहेरौ| यसो नगरेर त्यसो गरेको भए राम्रो हुने थियो भन्ने हेराईको आँखाले भने हुन्छ तर गाली गर्न पर्ने कारण देख्दिन| नत्र हामी बुझनशील र सहनशील नेपाली हुनुको अर्थ नै के? राणा शासनमा १०४ वर्ष र त्यसपछि पनि सुचि गर्न कोपरा थपाउदा पनि सह्यौ भने जल्दो बल्दो कलाकारलाई पनि पोख्ने मौका दिंदा के बित्दो छ र?
    यसलाई कलाकारको अभिव्यक्ति ठान्दछु|

    Reply
    1. Sansar Shrestha says:
      September 17, 2012 at 12:07 am

      मन जी,
      नेपालमा अझै पनि दिशा पिसाब गरे पछि साबुनले हात धुनु पर्छ भनेर रेडियो मा फुकेको सुन्नुभा होला. नेपालका धेरै सुगम र दुर्गम जिल्ला हरुमा आज पनि जुम्रा टिप्ने, किरा फट्यांग्रा खाने, झारपात टिपेर तेसै चपाउने चलन छ. तेस्तो जनताको बाहुल्य भएको देशमा तपाई जस्ता दुइ चार जनाले आधुनिकताको खोल ओडेर, दुइ चार इंग्लिश बोलेर, थोरै बेर्लाई भएनी झिल्के बनेर पानीको माथि फूलका उठे जस्तै केहीबेरको लागि modern बन्न खोज्नु भएको मा बधाई छ.

      वास्तबमा काली र भैरब न्याय र अन्याय वा सत्य र झुठका माप दण्डक प्रतिक हुन्. यिनै कारणले हिन्दु समाजमा पुजिंछं. जसरि आजको संसारमा विभिन्न व्यक्ति हरुलाई विभिन्न छेत्रमा सम्मानित, पुरष्कार, अभिषेक तथा प्रख्यात उपाधिहरुले सम्मान गरिन्छ.

      हाम्रो समाजमा अन्ध बिश्वास छ. यो हटाउन अतेन्त जरुरि छ तर हिदु धर्मको अस्तितो र एसको महत्तो लाइ हैन. यो अन्ध बिश्वास – धर्मको आडमा जनतालाई तर्साउने, एसलाइ खेति बनाइ आफ्नो गुजारा हजारौं साल देखि गरि आएका हरु ब्राह्मण, पण्डित, पुजारी, छेत्री तथा तिनीहरुकै समाजका शिक्छित व्यक्ति हरु आजको अन्ध विश्वासको समाज निर्माण हुनुमा जिम्मेवार छन.

      Reply
  24. Samir Khadka says:
    September 14, 2012 at 10:17 am

    नेपाल मा “प्रभु” को बिगबिगी महामारी रोज जस्तै फैलिदै छ, हरियो नगद भजायर प्रभु को चाकडी गरेको छ यो कलाकार भनौदो ले 🙁

    Reply
  25. भावना पोखरेल says:
    September 14, 2012 at 9:59 am

    कलालाइ कलात्मक महत्वको साथमा हेरिनु पर्छ । धर्ममा रहेका विकृतिका बारेमा लेख्यो भनेर सलमान रूस्दी र तसलीमा नसरीन लाइ फाँसीदिनु पर्छ भनेर भन्ने मुस्लिमहरूको विरोध गर्ने हैसियत हामी संग त्यतिबेला मात्र हुन्छ जब कसैले हिन्दु धर्मको बारेमा फरक विचार सुन्ने मानसिक हैसियत हुन्छ… नत्र, भ्रष्टाचारको विरोधी भाषण गर्ने कुनै धुस्याहा नेता र हामीमा के फरक भयो ?

    Reply
    1. abhishek says:
      September 15, 2012 at 3:08 am

      भावना जी …. तपाईं को नाङ्गो फोटो बनाएर कलाकारिता को नाम दिंदा कस्तो रहला ????? त्यो पनि एउटा कला नै हो..

      Reply
    2. Sansar Shrestha says:
      September 16, 2012 at 11:02 pm

      भावना पोख्रेल जी,
      कला कल्पनाकै आधारमा अभिव्यक्ति गरिन्छ र भावना पोख्रेल जी तेस्तो अभिव्यक्ति को सम्मान गर्नु हुन्छ. तेस्तै चित्र भावना पोख्रेल को नग्न चित्र बनाइ वहाँ को योनी मुनि काली को ठाडो माझी औंला चित्रण गरिदिए कसो होला ? वास्तबमा त्यो ठाडो औंलाको अर्थ हो अंग्रेजीमा … up in your aassshh… एदी भावना जी त्यो कालिको औंलाको समर्थन गर्नु हुन्छ भने, वहांको योनी मुनिको ठाडो औंलाको चित्र पनि अवस्य स्विकार्नु हुन्छ. पेरिसमा म पनि धेरै दिन – महिना घुमेको छु, त्यहाँ कला र कलाकारको धेरै सम्मान गरिन्छ तर एस किसिमको कला लाइ होइन. French sex life मा कालिको माझी औंला जुन प्रकारले चित्रण गरिएको छ त्यो फ्रेन्च sex जगत मा अति महत्तो पूर्ण र लोक प्रिये छ. साएद भावना जी भावनाकै लहरमा डुब्नु त् भएन ??

      Reply
  26. santosh says:
    September 14, 2012 at 9:29 am

    येस्तई बेक्तिले त होनी नेपालको इज्जतमा दाग धब्बा लगाउने

    Reply
  27. Devendra Shrestha says:
    September 14, 2012 at 8:35 am

    तेसो भय सुन्नी लिओनीको फोटोमा येसकी स्वास्नी, आमा, दिदि, बहिनिको फोटो मैले टासेर फोटो पर्दस्नी गर्न पहुन्छा होइन र.

    Reply
  28. subol says:
    September 14, 2012 at 7:37 am

    स्वन्तन्त्र अभिव्यक्तिको बिरोध गरी सस्तो हरियो बुढी औलाको खेतीले अभिप्रेरित अभिव्यक्ति दिने माथिका महानुभावहरुले मध्यकालमा बनेका मन्दिरहरुको टुडालतिर चाहिं कहिले आखा गाड्नु भएको छ कि छैन? ती टुडालहरुमा कलाको एउटा उन्मुक्त अभिव्यक्ति छ, जसलाई आजको भन्दा सयौं वर्षअघिको हाम्रो समाजले सजिलै पचाएको थियो | २१औ शताब्दीमा आएर कलालाई धर्म को सान्ग्लोले बाध्न खोज्ने नेपालका हिन्दु अतिबादीहरु र बामयानको बुद्धमुर्ति भत्काउने तालिवानहरुमा तात्विक रुपमा कुनै भिन्नता छैन |
    हरिजनका चित्रहरुले हाम्रो समाजमा बिकसित पुर्बिय र पश्चिमा संस्कृतिको अन्तरद्वन्द र समिश्रणलाई चित्रण गर्ने प्रयास गरेका छन्, जुन अहिलेको हाम्रो नेपाली समाजको यथार्त हो | कला भनेको समाजको ऐना हो, र ज-जसले यो ऐनाको आकृतिसंग डराएर बिष-बमन गरिरहेका छन्, तिनलाई सायदै बदलिएको समाज र परिस्थितिको हेक्का होला |

    Reply
    1. Anjan says:
      September 14, 2012 at 7:49 pm

      सुबोल जी धेरै धेरै धन्यवाद छ. तपाईले मेरो मनको कुरा भन्दिनु भयो . कालीरूपी पस्चात्य सुपेर्वोमेंन ले माझी औला देखाएर हाम्रो काली प्रति को आस्था मा केहि आंच आएजस्तो मलाई चै लाग्दैन. कलाकारिता बुझ्न नसक्नु हुने यहाँ क धेरै मित्र हरुलाई धर्म को खोक्रो चस्मा खोलेर कला भित्रको सन्देशलाई हेर्न हार्दिक आवहान गर्दछु.

      धन्यवाद

      Reply
    2. Sansar Shrestha says:
      September 14, 2012 at 9:58 pm

      सुबोल जी, मन्दिरका तुन्दालमा कोरिएका नग्न चित्रहरुका आफ्नै बिशेसता छन. मेरो नजरमा तेस्ले समाजमा बिशेस योगदान दिएको छ. यौन एक जीवित प्राणीका लागि आवश्यक क्रिया हो जसले जन्म या पैदा गर्न यौनको आवश्यकता छ भने यो biological need पनि हो. जब तुदंल हरु बनाइएको थियो तब आजको जस्तो प्रसस्त सेक्ष् materials, फिल्म, पत्रिका हरु थिएन, संचारका कुनै मध्यम थिएन न त् कुनै sexologist वा doctor. केहि शताब्दी पहिले राजा महाराजा र केहि सर्ब साधारण ले कोक शास्त्र लुकी लुकी पदने सुनेको छु. त्यो शताब्दीमा यौन को ज्ञान कम थियो, जनसंख्या कम थियो, परिवार ठुलो बनाउनु, सन्तानले संसार धाकोस भन्ने आशिस दिनु, धेरै जना स्वास्नी राख्नु शुरक्छ्याको कारण अनि खेतिको लागि परिश्रम – मजदूरीमा ठुलो सहयोग हुनाले त्यो समय अनुसार उपयुक्त थियो. मन्दिरमा धर्म – कर्मको स्थान तथा देव-देवी माथि आस्था राख्ने सामाजिक स्थान भएकाले तेस प्रकारका चित्र हरु प्रदर्शन भएतापनि तेस बाट positive message मात्र पुरुष र स्त्री बीच यौनको चित्रण गरिएको छ जसले समाजमा नकारात्मक असर परेको छैन. एस बाट धेरै innocent व्यक्ति जसमा पशुको जति पनि ज्ञान नभएका हरुलाई जागरुक गराउने एउटा सकारात्मक सामाजिक पहल हो. एस्लाई अन्यथा सम्झनु हुँदैन.

      आज पनि धेरै लाइ बच्चा कहाँ बाट, कसरि हुन्छ ? छोरा, छोरि, कसरि हुन्छ ? कसरि र किन गर्भवती हुन्छ, कसरि यौन तृप्ति हुन्छ भन्ने थाहा नहुन सक्छ. तेसैले कुनै खास संदेश एक धार्मिक स्थल बाट जानु र व्यक्तिगत घरमा चित्रित हुनुमा धेरै अन्तर छ. एदी तपाईले भने जस्तै तेस्तै तुन्दल घर घरमा राखे भो, तेस्तै चित्र अखबार मा छापे भो,
      बन्द बाथरूममा सबै नांगै नुहौन्छं तेसो भए बाहिर पनिं नांगै हिडे भो, तुन्दलमा जस्तै सबैले नांगै सडकमा यौनको खेल गरे भो, घर परिवार मा सबै आमा-बाउ, दाजु-भाउजु, भाई-बुहारी धोका बन्द गरि यौन गर्छन, अब धोका किन बन्द गर्नु पर्यो ? सबैलाई थाहा भएकै कुरो हो/ किन लुकाउनु पर्यो ? हो कि हैन? कसो ??

      सबै का आ आफ्ना स्थान छन, एदी त्यो स्थान थाहा नभए, लक्ष्मन् रेखा थाहा नभएकाले सिंग र पुच्छर जोड्न खोज्ने लाइ के भन्ने ??

      Reply
      1. madan bajracharya says:
        September 14, 2012 at 11:24 pm

        संसार ज्यु
        मन्दिरहरुको तुनासि अर्थात तुंदालहरुमा यौन क्रिया कुंडिय “मल”: अर्थात चट्यांग बात बचिन्छ भनेर हो/ नेवारी संस्कृतिमा चट्यांगहरु थरि थरिका हुन्छन/ चट्यांग पर्दा तेस्तो चट्यांग परेको स्थल मात्र चिरा परेको छ भने त्यहा पा: मल परेको भनिन्छ/ नेवारी भाषामा “पा:” भनेको बन्चरो हो/ यदि चट्यांग परेको थाहू तहस नहस भयको छ भने त्यहा “बज्र” मल:” परेको भनिन्छ/ तेस्तै खाल्डो परेको छ भने ग्वंग मल” परेको भनिन्छ/ आगो लागेको छ भने “मि मल” परेको मानिन्छ/ ई “मल” हरु यौन चित्र कुंडियको “तुनासी” अर्थात तुंदालहरुले अद्यायको मन्दिरहरुमा पर्दैनन् भनेर तेतिबेला बिस्वास गरिन्थ्यो/

        Reply
  29. Suman Gurung (UK) says:
    September 14, 2012 at 5:56 am

    मलाई पनि चित्र कोर्न आउछ, आधुनिक स्वतन्त्र ता को अभिबेक्ति भन्दै मा मनिष को श्रीमती वा आमा को ( माफ गर्नु होला मनिषको श्रीमती र आमा) मुहार को नग्न चित्र मा म आफ्नो वा अरु कोहि पुरुष को शरीर जोडेर आर्ट ग्यालरी मा राखे के होला? पक्कै मनिष को मन मा ठेस पुग्छ .तेसैले यी कुरा ध्यान दिए राम्रो होला मनिष. creation भन्दै मा अरु को मन दुखाउने र कसै को आस्था मा चोट पुर्याउने काम गर्नु भएन, मेरो पनि चित्त दुख्यो यी आर्ट हेरेपछि र मन मा माथि को कुरा खेल्यो.

    Reply
  30. abhishek says:
    September 14, 2012 at 4:03 am

    पागल… कलाकार … माता काली र भैरव को चित्र ले मन भरि रीश उत्पन्न गर्यो/ बरु CAPTAIN AMERICA ले लंगौती लगाको JESUS को लंगौती तानेको बनको भए हुन्थ्यो नि/ साला गधा /

    Reply
  31. Bikash Sharma says:
    September 14, 2012 at 3:22 am

    सब जना को कमेन्ट पढियो | सबैको आफ्नै विश्लेषण हो | बिज्ञान र गणित जस्तो अबस्यै होइन कला | सबैले एउटी सोच्नु पर्ने | मेरो विश्लेषण चाही के लाग्यो भन्दा कसरि पश्चिमेली धर्म वा सभ्यताले हाम्रो आफ्नै धर्म वा सभ्यतालाई बिस्थापित गर्दै लागेको छ भनेर ब्यङ्ग गरेको जस्तो लाग्यो | धेरैले गरेको कमेन्टको सार र कलाकारले देखाउन खोजेको कुरा एकै जस्तो देखियो गाँठे |

    Reply
  32. Aakar Bhushan Nepali says:
    September 14, 2012 at 2:09 am

    मनिष हरिजनले के बुझ्नु जरुरि छ भने स्वतन्त्रता अनुशासन संग आउने बस्तु हो, अझ भनौ स्वतन्त्रताको परिभाषा अनुशासनको मापन पश्चात मात्र सम्भव छ| अनुशासन बिनाको स्वतन्त्रता स्वेच्छाचारिता हो, असम्बेदंशिलता हो, अनैतिकता हो, र अपराध हो|

    Reply
  33. Raman says:
    September 13, 2012 at 10:14 pm

    अरु केहि होइन नाम कमौना सजिलो उपाय निकालेको यो कलाकार Ko मुखुण्डो
    ओडेको पाखण्डी ले

    Reply
  34. dilip gurung says:
    September 13, 2012 at 9:19 pm

    स्वतन्त्रता र जिम्मेवारी एक सिक्काका दुइ पाता हुन्| कलाकार महोदयले एउटा पाता चाही भुलेछ जस्तो छ| अनि कलाकार पक्का वाक स्वतन्त्रताको वकालत गर्न यस्ता चित्र कोर्छन भने पैगम्बर मोहमदको आकृति कोर्न किन डराएछ?

    Reply
    1. bipana nandu says:
      September 14, 2012 at 6:43 am

      साच्चै पैगम्बर मोहमद को चित्र कोरेको भए के हुन्थ्यो होला? अपमान जनक हैन, राम्रै चित्र कोरेको भए पनि कति मिनेट सम्म सास फेर्न पाउथ्यो होला? चित्र कोर्न नपाउदै नेपाल का राजनीतिक पार्टी हरु हानथाप गर्दै, मानव अधिकारवादी हरु, पत्रकार हरु सब का सब ले हान थाप गर्दै चित्र को भर्त्सना गर्थे होलान

      Reply
  35. दयासागर says:
    September 13, 2012 at 7:56 pm

    अशल मान्छे भएसी अरुको देखेर, अरुसंग सिकेर वा आफ्फैले जान्नु पर्ने…… हालै तेत्रो बित्तंद मचिदा मचिदै एस्तो कार्य गर्नु के बुद्दिमानी हो ? बिनाश काले बिपरित बुद्धि !

    Reply
  36. pranil says:
    September 13, 2012 at 7:13 pm

    मलाई जहाँ सम्म लाग्छ यो पागल अमेरिकी चलचित्र हेर्ने हुनु पर्छा. आफ्नो अस्तित्वो र संस्कार लाई ठेस पुर्याएर थोरै पैसा कमाउने घटिया सोच पालेको पागल हो यो. एस्त लाई त सजाए हुनु पर्छा.

    Reply
    1. dipesh says:
      September 14, 2012 at 12:20 pm

      प्रनिलजि ड्याम्मै अमेरिकि चलचित्र हेर्ने जति पागल हुन्छन नभन्नुस न हौ। म पनि अमेरिकि चलचित्रमात्रै हेर्छु (तर सबै हैन)। नेपालि र हिन्दि चै नहेरको १५-२० बर्षनै भयो।
      मैले ति चित्रकारले गरेको कामलाइ जायज ठानेको हैन है फेरि। बरु यस्ले पनि बिदेशिको नराम्रो कामको मात्रै नक्कल गर्न सिकेछ भन्दा उपयुक्तहोला।

      Reply
  37. Sansar Shrestha says:
    September 13, 2012 at 6:59 pm

    कलाकारको अभिव्यक्ति र पाठकले समझनेशक्ति कति प्रतिशत को आधारमा उभिएको छ तेस्मा भर पर्छ. यो हरेक देश मा फरक समुदायमा फरक धारणा हुनु स्वाभाविक छ. तेसैले अमेरिकी कालाहरुको उदाहरण नेपालमा चल्दैन, उसैगरी नेपालको उदाहरंले अमेरिका वा अन्य देशको समाज चल्दैन. कलाको अभिव्यक्ति कुन दिशा तर्फ ढल्केको छ र त्यो समाजले कति स्विकार्छन तेस्मा भर पर्छ. कलामा मौलिकता हुनु, आधुनिक, क्रान्तिकारी, ब्यङ्ग, संदेश मुलक, परिवर्तनशिल आदि इत्यादी हुन्छन.

    उदाहरणको लागि केहि बर्ष अगाडी मात्र भारत का प्रख्यात कलाकार M F Hussain ले आफैले बनाएको एक हिन्दु देवीको चित्रमा अपमान गरिएको कारणले देश छोडेर अरब देशमा सरन लिन पर्यो र तेही मृतु भयो.

    खास गरि संबेदनसिल कलाहरु बनाउदा देश र परिस्थिति अनुसार कलाकारले आफैले लक्ष्मन् रेखा खिच्न जान्नु पर्छ. कसैको अभिव्यक्तिले हत्या, हिसा, अशान्ति निम्त्याउनु लाइ कला भन्न मिल्दैन. कला एउटा कलाकारको लागि सानो अभिव्यक्ति हुन सक्छ तर त्यो समाजको लागि ठुलो आगोको मुस्लो पनि बन्न सक्छ.

    Reply
  38. Rajan says:
    September 13, 2012 at 6:45 pm

    http://www.kathmanduarts.org/Kathmandu_Arts/KCAC12-mann.html

    Reply
  39. लारा says:
    September 13, 2012 at 6:33 pm

    यो चित्रकार मित्रले धेरै फेन्टासी कमिक पढ्थ्यो जस्तो छ, त्यसैको उपज हो यो चित्रकारिता | मेरो छोराले पनि कार्टुन फिल्म हेर्दा/हेर्दा यस्तै फेन्टासी हिरोहरु मिश्रित सुपर/सुपर चित्र बनाउँछ तर स्वतन्त्र अभिव्यक्तिको नाममा हरिजनका यी चित्रहरु अलिक अराजक नै देखिन्छ |

    Reply
  40. Roshan Sharma, Australia says:
    September 13, 2012 at 5:49 pm

    -नेपाल मा बिकसित भैरहेको Psychopathic समाजको परिस्कृत प्रस्तुति मात्र हो/
    चाहे ति राजनीति छेत्र, सिख्क्छ्या छेत्र या ब्यबसायिक छेत्र हुन या विभिन्न ‘गैर सरकारी र सरकारी छेत्र हुन् – जो पनि ‘पैसै’ जसरि भए पनि कमाउनु पर्छा भन्ने दुराचारी हरुले भरिएको समूह हरुको आत्मालाइ सन्तुस्टी प्रदान गर्ने ‘मनोरंजन को साधन ‘ बाहेक केहि हुन नसक्ने देखिन्छा /

    – वाक र लेख्ने स्वतन्त्रता भनेको ”नेपाली हरुको लागि बादरले बोक्रा सहित नै केरा खाए जस्तै भएको छ !

    Reply
  41. सार्थक says:
    September 13, 2012 at 5:44 pm

    जसरी हामीलाई हाम्रो आस्थामा कसैले कुल्चिदा अपमानबोध हुन्छ त्यसरी नै हामीले पनि अरुको आस्थामा कुल्चिदा उसलाई पनि हामीलाई जस्तै अपमानबोध नै हुन्छ भनेर सम्झिनु र बुझ्नु पर्छ । हामीले सहअस्तित्व सिद्धान्त र भावनालाई कहिले बिर्सन हुँदैन । समग्रमा मनीष हरिजनको यो चित्रकला प्रदर्शनी कलाकारिताभन्दा पनि हिन्दू देवी देवतामा आस्था राख्नेहरुप्रतिको अपमान नै हो ।

    Reply
  42. पुष्प says:
    September 13, 2012 at 5:39 pm

    अभिव्यक्ति स्वतन्त्रता भन्दैमा कसैको आस्थामाथि चोट पुर्याउन त्यो पनि कुनै व्यक्ति विशेष नभई धर्म समाजकै आस्थामाथि घात गर्न कसैलाई पनि कुनै पनि बहानामा छुट हुनुहुँदैन । यस्ता कुकृत्य कथित कलाकार भनाउँदाहरूको अभिव्यक्ति स्वतन्त्रता नभई व्यक्तिगत कुण्ठाजस्तो देखिन्छ, र कसैको व्यक्तिगत कुण्ठा अरु कसैमाथि हावी हुन दिनुहुँदैन । म पनि कलालाई अलिकति भएपनि बुझ्छु, तर कालीदेवी अनि बुद्धको यस्तो रूपले के सन्देश दिन खोजेका हुन् यी महाशयले ?

    Reply
  43. santosh says:
    September 13, 2012 at 5:28 pm

    यो बनाउने मान्छे पक्कै पनि घर घरमा धर्म परिवर्तन गर्नु पर्‍यो भन्दै हिंडेर डलर पचाउने गधा पर्‍यो जस्तो छ !

    Reply
  44. Rijal Mahesh says:
    September 13, 2012 at 5:19 pm

    १६+ photo exhibition भनेर प्रचार गरेको हो भने मा येस्लाई अभिव्यक्ति स्वतन्त्रता भन्दा फरक पर्दैन/

    Reply
  45. Binay says:
    September 13, 2012 at 5:02 pm

    Amnesty International says Everyone has the right to seek, receive and impart information and ideas without fear or interference.

    आभिब्यक्ति स्वतन्त्रता भन्दै जे पनि गर्न मिल्ने भए किन चाहियो यो समाजलाई कानुन,नियम, परिधि, आस्था , ! कसैलाई कुनै कुराले सताएको छ भने आथावा केहि द्वारा सोषित भए त्यसको बिरुद्दमा बोल्ने/ अभिव्यक्तगर्ने आधिकार पो दिएको हो त जे पायो त्यहि गर्न लाई हो ?
    उदाहरणकोलागि…..
    यदि यो चित्रकारले आफ्नो साथीलाई घरमा बोलाएछ र त्यो साथीले यसको बाउलाई चोर, फटाहा, भाते, काले, सुडडो आदि इत्यादी के के हो के के भनो भने यो चित्रकारलाई आघात पुग्दैन? साथीलाई त बोल्ने स्वतन्त्रता छ क्या र हैन र ?

    Reply
  46. gagan says:
    September 13, 2012 at 4:51 pm

    भेट्यो भेट्यो टन्न डलर भेट्यो,बदमाश ले,

    Reply
  47. Subash Bahadur Bista says:
    September 13, 2012 at 4:47 pm

    जसरी समुन्द्रले आफ्नो सिमा बाधेर बसेको हुन्छ त्यसरी नै हरेक प्रजातन्त्र, लोकतन्त्र या गणतन्त्र, सबैको आफ्नो आफ्नो सिमा र महत्व हुन्छ . स्वतन्त्र छौ भन्दैमा अर्काको घरमा आगो लगाउन चै निस्चाए पनि कुनै पनि प्रजातन्त्रले स्वीकार्दैन . यस्ता खालका कला, कला नभएर कलाको नाममा आएको बिकृति साबित हुन्छ . कलाकार भनेको समाजको सुदृस्टी हो, उसको एउटा रचनाले समाजमा सुमार्गको प्रत्याभूति हुन्छ वा सकारात्मक चेतनाको उत्साह फैलिन्छ . तर समाजमा यस्ता कलाकार पनि हुन्छन जसले सुदृस्टी वा सुमार्ग भन्दा पनि बढी अन्यौलको वातावरण सिर्जना गर्छन . दुख लाग्छ आफ्नो आफ्नो धर्म संस्कृति माथि कसैले ब्यङ्ग वा तल पारेको देखेर . कलाकार हुनुहुन्छ कला देखाउनुहोस तर कसैको आत्मा, बिस्वास माथि ठेस नापुर्यौनुहोस . आफ्नो पागलपनको उपचार अस्पतालमा गर्नुहोस, नेपाली जनतालाई थाहा भैसक्यो तपाई पागल हो भनेर माफी माग्नुस अनि आफ्नो पागलपनको उपचार गराउन झट्टै नजिकको अस्पतालमा जानुहोस…

    Reply
  48. Narayan Chapagain says:
    September 13, 2012 at 4:16 pm

    नेपाल र नेपाली लाई ओरालो तिर जाने कु बुद्दी पलाएको जस्तो लाग्छ मलाई त !!!
    खालि झगडा र कुटपिट तिर मात्र चासो linchan :((

    Reply
  49. govinda says:
    September 13, 2012 at 3:54 pm

    महामुर्खले बनाएको चित्र जस्तो लाग्छ \ यो नेपाल र नेपालीहरुको अपमान हो \ यस्तो चित्र बनाएर केहि कमाउने वा कसैलाई रुचाउने गरेको हो भने यो मुर्खता हो \ साएद यो पागलले अरुपनि चित्र बनाएको हुनुपर्छ \ यो भन्दापनि घटिया चित्र लुकाएर राखेको हुनुपर्छ छिट्टै पाता फर्काएर चित्रलाई जलाइदिनुपर्छ \

    Reply
  50. pratik says:
    September 13, 2012 at 3:28 pm

    I did not like these arts. These are hurtfull & derogatory.Then again, I am tolerant & forgiving as my faith is Buddhism.

    This artist is not practising his right of freedom of expression or trying to insult and hurt many people but he is simply ignorant and fool.

    Reply
  51. भक्तपुरे says:
    September 13, 2012 at 3:24 pm

    यो कलाकार चाहि हैन, चित्र कोर्न जान्ने चित्रकार सम्म चाहिं रहेछ तर सिल्ली, सिल्पट चित्रकार / यस्ताको बचाउ गर्न सब कलाकार ले जुलुस गर्ने ? धिक्कार होस् /

    चित्र पनि कस्ता अर्थ न वर्थ का ! ** देखाउने कस्ती सुपर काली ? अनी सुपर नटराज रे क्या हो त्यो? विकृत मनस्थिति को परिणाम मात्र हो यो /

    Reply
  52. Rajesh says:
    September 13, 2012 at 2:46 pm

    तिमीले आफ्नो हात जति पनि चलाउन पाउछौ जब सम्म तिम्रो हातले अर्का को नाकलाई छुदैन… अभिव्यक्ति स्वतन्त्रता पनि त्यस्तै हो.. निजि विचार को छुट त जसलाई पनि छ नि सामुहिक आस्था कसैको निजत्व मा सिमित हुदैन

    Reply
  53. Sailendra Thapa says:
    September 13, 2012 at 2:41 pm

    एस्तो वाहियात चित्र आर्ट ग्यालेरीमा प्रदर्शन गर्न राखेको रे. इंडिया मा भएको भए शिव सेना र बजरंग दलको गोदाई भेतिसक्थ्यो. धन्न नेपालमा भएर धम्कि मात्र आयो.

    Reply
  54. Nirajan Sinkhada says:
    September 13, 2012 at 2:26 pm

    अभिव्यक्ति स्वतन्त्रता भन्दैमा अरु को आस्था र बिश्वासको अपमान गर्नु राम्रो होइन | अभिव्यक्ति स्वोतान्त्रताको नाममा छाडा र अश्लिल कार्य कुनै पनि हालतमा स्वीकार्य हुदैन |

    Reply
  55. Wagle, Chitwan says:
    September 13, 2012 at 1:57 pm

    ल ल, पोपुलर हुने यो एउटा नया काइदा देखियो / पराकास्ठा भनेको यही होला, राम्रो, सुन्दर चिज लाई पनि खोतली खोतली, कोट्याइ कोट्याई कुरूप बनाई दिने / सुन्दर स्त्रीलाई लगाएको कपडा तानेर नाङ्गो बनाउन खोजे जस्तो भएन र /

    Reply
  56. अर्जुन कुमार शर्मा says:
    September 13, 2012 at 1:54 pm

    यी नेपाली आमाका कुपुत्र हरुलाई किन हाम्रा आस्थाका धरोहर माथि पटक पटक आक्रमण गर्न मन लाग्छ ? कहिले हाम्रो राष्ट्रिय झन्डा माथि,कहिले हाम्रो बुद्ध माथि,कहिले भैरब माथि,कहिले हाम्रा संस्कृति माथि,हे धार्मिक दलाल हरु हो ! आफै मुनिको जमिन धसियो भने कसरि अडिन सकिन्छ ? आफ्नै देवताहरु दानवमा रुपान्तरित भए भने कसरि ठडिन सकिन्छ l हे मात्रीहन्ता हरु हो आमालाई लज्जित बनाएर हैन उनलाई आभूसण युक्त बनाएर हेर त कति राम्री छन् हाम्री आमा !!!

    Reply
  57. vish says:
    September 13, 2012 at 1:43 pm

    अनि आर्ट ग्यालरीले कसरि yesto कुरा ख्याल नगरी प्रदर्शन मा राख्न दिएछ कुन्नि ? मलाई लाग्छ जसले यो अनुमति दियो उनीहरु पनि उत्तिकै दोषी छ है . कसो ?

    Reply
  58. vish says:
    September 13, 2012 at 1:40 pm

    अभिव्यक्ति स्वतन्त्रताको नाममा जे पनि गर्न पाउने अधिकार कहीँ पनि दिइएको छैन। कसैले आफ्नो अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दा अरुको आस्था, विश्वास र उसको अधिकारमा असर पर्ने हुनुहुँदैन। अभिव्यक्ति स्वतन्त्रताको प्रयोग आपसी विश्वास, भाइचारा बढाउने किसिमले हुनुपर्छ। अनि आर्ट ग्यालरीले कसरि yesto कुरा ख्याल नगरी प्रदर्शन मा राख्न दिएछा कुन्नि . मलाई लाग्छा जसले यो अनुमति दियो उनीहरु पनि उत्तिकै दोषी छ है . कसो ?

    Reply
  59. dinesh lama says:
    September 13, 2012 at 1:38 pm

    यहि हो त्यो केटा
    https://www.facebook.com/mannhorizon

    Reply
  60. Mahesh Nepali says:
    September 13, 2012 at 1:01 pm

    अरुको आस्थामाथि चोट पुर्याउँदा त्यसवाट हुने हानीको जिम्मा पनि कलाकार भन्ने मगज बिग्रेको व्यक्तीनै हुन्छ! पाकिस्तान वा अरव मुलुकमा ईस्लाम सम्वन्धी एक गलत अर्थ लाग्ने तस्विर वा कार्टुन बनाउ त अनी थाहा पाउँथ्यौ, यहाँ हामी नेपाली हिन्दूहरु सहिष्णु र सनातनमा विश्वास राख्छौँ र त तिमी ज्यान मार्ने धम्की आयो भन्दै खोक्न पाएका छौ!! यो घटना भारतमा मात्रै भएको भए पनि तिम्रो के हालत हुन्थ्यो! नेपालमा छौ माफि मागे नेपालीले सहजै माफ गरिदिन्छन तर तिम्रो चर्चा कमाउने यो तरिका भएन! म त ठोकुवा गर्छु यो ज्यान मार्ने धम्की भन्ने कुरो पनि यो कलाकार भनाउँदोको कुत्सित प्रचार हो! अन्त्यमा अरुको आस्था सँग खेलवाड गर्नु पनि अपराध हो सबैलाई चेतना भया !!

    Reply
    1. Gemmi says:
      September 13, 2012 at 7:28 pm

      हामीले इस्लामिक देश या भारतका शिव सेना टाइपकाको नक्कल गर्न जरुरी छैन | हाम्रा धार्मिक पौराणिक पात्रहरूको आलोचनात्मक अध्ययन गर्न र कलात्मक प्रस्तुतिमा कुनै विचार व्यक्त गर्ने छुट दिनु पर्छ | तर कलाकार नै भए पनि आफुले नमान्ने धर्म सम्बन्धी पात्रहरुलाई नराम्रो रुप मा प्रस्तुत गर्न चाहिँ रोक्नु पर्ने हुन्छ | यो मान्छेका चित्रहरूको अर्थ के हो त्यो ठम्याएर तिनमा कलात्मक विशेषता भएको यकिन भए पछि मात्रै प्रदर्शनीमा राख्न दिनु पर्ने हो |

      Reply
  61. nischal pradhan says:
    September 13, 2012 at 12:54 pm

    लाज नभएको पशु , अनि दिमाग नभएको पागलले बहुलापन को आबेगमा बनाएको चित्र हो यो | धार्मिक आस्था , सदभाव अनि कसैको धर्म प्रति ठेस पुर्याउने कुकर्म हो | कलाकारिताको घोर अपमान एसको आमा , बहिनिको टाउको को फोटो अस्लिल फोटो संग जोडेर प्रदर्सन गरियो भने यो पाजी मनिशे डाका लाइ कस्तो लाग्ला ? भगवान्ले दिमाग दिए पछि सहि ठाउमा प्रयोग गर्नु नि वाहियात कम गरेर अरु लाई किन दुखः अनि पिडा दिनु ?

    Reply
  62. puran says:
    September 13, 2012 at 12:37 pm

    अर्ध पागल ले कोरेको पाना लाई कृति या कला भन्नु मिल्दैन !! यो कलाकारिता कै उपहास हो.

    Reply
  63. abhi says:
    September 13, 2012 at 12:22 pm

    अभिब्यक्ति स्वतन्त्रता र मानव अधिकारको नाम मा नांगै र मनपरी मुख छाडदै सहर घुमे भै हाल्यो नि तेसो भए.येस्ताहरुलाई झ्यालखानमा कोचना पर्छ.

    Reply
  64. bikash says:
    September 13, 2012 at 11:58 am

    why is super kali painting showing the middle finger? seems the artist is a bit psycho. the paintings are not good. just looks like simple paintings done to get some name. well all i can say is that he is getting himself in trouble. he should be jailed. freedom of speech does not mean he has right to do or show whatever he wants. He should maintain a certain amount of decency and respect to the Hindu religion.
    currrently a movie about islam has led to killing of americans, i hope this does not lead to attacks on nepalis in india or in nepal itself

    Reply
  65. achut says:
    September 13, 2012 at 11:41 am

    तेसकी आमा को टाउको ‘सन्नी लिओन’ को जिउ मा हल्दिम न त अभिव्यक्ति स्वतन्त्रता….संसार मा यस्तै निच व्यवहार ले कति मान्छे मरिरेछ्न हिजै मात्र तेत्रो घटना घट्यो/जातीय राज्य को हावा ले झन्डै मारकाट भाको थियो संबिधान सभा संगै त्यो टरेको फेरी धार्मिक वैमनस्यता फैलाऊन कति डलर धोकेर यो ‘काइते लड़ाकार’ आयो….जा अब अमेरिका ले ‘सरणार्थी’ लिन्छ…..

    Reply
  66. Kalyan says:
    September 13, 2012 at 11:03 am

    I think we have to think it critically. An art has different levels of meanings for different levels of minds. Only a few can understand “what is meant” by an art. For them, Harijan’s paintings may be appealing the Hindus to defend their culture and values against attacks by Western culture and values – otherwise, Hindu civilization will be lost, being grotesquely subdued and disfigured by the West, as shown. But the majority of people can only grasp “what is shown” in the art. They predominantly see that Harijan’s paintings are promoting Western values as superior to their own. “Freedom of expression” must first adhere to and not hurt the feelings of the majority of art readers. I’d like to call this situation “the artist’s tragedy.” Only a few can understand that the artist may have meant it right. The majority won’t. And the artist is ridiculed or punished by the majority.

    Reply
  67. Ram Raj says:
    September 13, 2012 at 11:03 am

    हैन यसमा कला छ र ??
    बच्चा हरुले पढ्ने कार्टून बनाउने हैसियत नभएको चित्रकार ले चर्चा मा आउन र गैर हिन्दु हरुको सहानुभूति पाउन गरिएको प्रपोगण्डा र विक्षिप्त मनोब्रिती मात्रै हो | सके तिन लाइ यति गरे अमेरिका ले सरनार्थी को भिसा देला भन्ने आसा भएको नि हुन सक्छ |
    यसलाई धेरै प्रचार नगरौं |

    Reply
  68. सुभाषसिद्धि says:
    September 13, 2012 at 10:32 am

    यी कार्टूनहरु हेरेर एउटा उखान झल्यास्स सम्झें –
    “हजामले ग्राहक न पाए पछि संगैको कुकुरलाई समाएर पुच्छरमा कैंची चलाउँछ /”
    यी कोरकारहरु कुनै पनि दृष्टिले ‘ कला ‘ को दायरा भित्र पार्न सकिन्न .
    यसलाई कुनै नाम नै दिनु छ भने ‘ यौन विकृतिको उपज ‘ भन्न सुहाउँछ /

    Reply
  69. Bhanu Bhusal says:
    September 13, 2012 at 10:16 am

    यो जघन्य अपराध हो………यसरी नेपाली कला संस्कृति र धर्म माथि धावा बोल्ने लाई कडा भन्दा कडा कारबाही गर्नु पर्छ………

    Reply
  70. Devi says:
    September 13, 2012 at 10:05 am

    कसरि अभिव्यक्ति स्वतन्त्रता मान्ने?? हिन्दू र बौद्ध धर्मावालाम्बिहरू हरु को सहनसिलाता को फ़ायदा उठाएको हो यो हरीलठक ले. मुस्लिम धर्मं सम्बंधित कुनै एस्ता चित्र बनाएर प्रदर्शन गरोस त मुला ले थाहा पाउथ्यो. यो आर्टिस्ट क्रिस्चिएन् मिसिनरीको एउटा दलाल हो.

    Reply
  71. अनोज शाक्य says:
    September 13, 2012 at 9:44 am

    यो चित्र लेख्ने उल्लु अमेरिकाको डि.भि परेको मान्छे जस्तो लाग्यो । यस्ता घतिया श्रीजना पनि कला हुन्छ ? यो त नेपाल समाज भड्काउने नियतबस गरेको कुकार्य हो । कडा भन्दा कडा कार्वाही गर्नु पर्छ । कलाकारको ओट लगाएर समाजमा भ्रम पैदा गर्ने काम सामाजिक अपराध हुन ।

    Reply
  72. Suresh says:
    September 13, 2012 at 9:31 am

    यो कलाकारिता कदापी हुन सक्दैन / कला भनेको व्यक्तिगत बिचारको उपज मात्र होइन यो त सम्पूर्ण समाजको प्रतिबिम्ब हो / यो कलाले नेपाली समाजको चित्रण कुनै पनि हालतमा गरेको छैन / यो कसैको धर्म को मात्र अपमान होइन, अभिव्यक्ति स्वतन्त्रताको नाममा एउटा सस्तो नाम कमाउने बाटो हो र यो कलाकार मात्र एउटा घृणाले भरिएको मानसिक रोगि यो/

    Reply
  73. Dipesh says:
    September 13, 2012 at 9:23 am

    No one is denying the artist’s right of expression of his views..however, there is a floor on everything. We all are bound by some social norms, which we have to comply with. The artist should not have done such things that may bring social unrest…especially in the present fluid situation of the country when even a small spark can ignite a big fire. Being a Nepali, it should have been his duty/obligation to promote national deities..but he does not seem to understand that… I’m sure he will understand his mistake and apologize..However, it is our responsibility now to make sure that this issue doesn’t cause any havoc..these pictures do not represent Nepal and Nepali sentiments..I would advise the artist to drop these pictures ASAP and apologize..Let’s forgive him once..After all he is also a Nepali like us!

    Reply
  74. Bhawana says:
    September 13, 2012 at 9:05 am

    होइन फिलिमको सेन्सर बोर्ड भएजस्तै चित्रकलाको चाही सेन्सर बोर्ड हुँदैन भन्या ??? कस्ता चित्रले समाजमा कस्तो असर पार्छा होला भनेर अनुमान नै नगरी आर्ट ग्यालरीले कसरी तेस्ता धार्मिक आस्थामा ठेस पुर्याउने चित्रहरु प्रदर्सन गर्न सकेको होला !!!!!!

    Reply
  75. subash says:
    September 13, 2012 at 9:01 am

    यो त सारै भयो, स्वतन्त्र र कलाकार भैयो भन्दै मा जेपायो तेही त बनाउन पाइदैन नि, अरुको पनि त विचार गर्नुपर्यो, आफ्नो घर भन्दै मा टोल लाइए नै disturb हुने गरि रेडियो बजौना पाइएदैन नि होइन.

    Reply
  76. Shankar says:
    September 13, 2012 at 9:00 am

    हिन्दु धर्म र संस्कृति माथि अवहेलना अरु देश ले गर्दा खेरि चुप लगेर बसेता पनि अब आफ्नै देश का बासी ले यस्तो चित्र बनायर आफ्नो धर्म संस्कृतिको बिजोग गर्दा खेरि त नेपाली जनता चुप लगेर बस्नु नपर्ने हो | कलाकार भन्दै मा कला प्रदर्शित गर्ने अरु कुनै बिषय पायानाछा त्यो मनिष चित्रकार ले?

    खोइ कहाँ गया ति सडकमा टायर बाल्ने हरु ? अब यसमा त टायर मात्र होइन टायर को संग संगै त्यो मनीषको ति सबै चित्रहरु पनि त्यहि बालेर सकाई दिनु पर्छा |

    Reply
  77. Ananta says:
    September 13, 2012 at 8:53 am

    त्यहाँ के को कला छ र? मैले त बुद्द धर्म र हिन्दु धर्म को बेइज्जत गरेको देखे. यो मान्छे पक्कै क्रिस्टियन हुनु पर्छा होइन भने एसको बुद्दी पक्कै पनि कुहिएको हुनु पर्छा.

    Reply
  78. prashant says:
    September 13, 2012 at 8:43 am

    This is an example of extreme misuse of freedom of expression.

    Just a few days ago read an article in Times Of India about cartoonist Aseem Trivedi who got arrested on the sedition charges. Defamation to the national flag and emblem is a punishable crime under the Indian Law. I don’t know whether our country has the similar law or not “during the Hindu Nation (Kingdom) period”. I am assuming that such law exists, since no one has guts to formulate the “Constitution”, where it should have something in the line of defamation to hindu gods and dieties is punishable crime.

    I am not against the Freedom of Expressioni and to be frank no one will be against the Freedom of Expression but it should be utilized within the boundary of the law and commonsense (respect others). Thank god this fella had this exihibition in Kathmandu. Just imagine this was in some city in India.

    Unfortunately common sense is not so common to this “artist”.

    Reply
  79. bishnu kapri says:
    September 13, 2012 at 8:07 am

    कलाकार हो भन्दा पनि लाज लागने !!!!!!! धीकार छ येस्ता लाई !!!!

    Reply
  80. shankar sharma says:
    September 13, 2012 at 7:52 am

    अब यस्ले Dollar कमाउने भो
    Dollar को वर्षा गर्ने भो पश्चिमा हरु ले यी देखि प्रसन्न भएर

    Reply
  81. योगेश आदी, न्यूयोर्क says:
    September 13, 2012 at 7:24 am

    नायिकाले चर्चित हुन देखाउन पर्ने नपर्ने देखाए जस्तै; निर्माता निर्देशकले फिल्म बिकाउन अस्लिल फिल्म बनाए जस्तै, लेखकले चर्चामा आउन अस्लिल लेखे जस्तै; पत्रकारले पीत पत्रकारिता गरे जस्तै;चित्रकारले पनि चर्चामा आउन अस्लिल चित्र बनाउदो रहेछ !!
    चर्चा पाउन मानिसले आफ्नो धर्म संस्कृति, प्रथा परम्पराको समेत ख्याल नराख्दो रहेछ !
    – हरेक विधाको आफ्नो मर्यादा हुन्छ, दायरा हुन्छ / मर्यादा भंग गर्नु भनेको पेशाप्रति बैमानी गर्नु हो /

    Reply
  82. Lal shrestha says:
    September 13, 2012 at 7:10 am

    हैन क्यापटेन अमेरीका ले भैरब लाई ढालेको चीत्र को माने चाहीं के त ? अती भयो है यो च।हीं…

    Reply
  83. mukta gurung says:
    September 13, 2012 at 7:03 am

    जुवा तास खेल्ने हरु धन भएको बुद्धि नभएको झैं यो कला को सृजक पनि कला भएको बुद्दि नभएको जस्तै लग्यो मलाई त………नेता हरु ले राजनीति को नाम मा जताभावी गरे जस्तै हरिजन ले पनि कला को नाम मा जताभावी गरे छ…….

    Reply
  84. ruchi says:
    September 13, 2012 at 6:56 am

    काली माता को रुपको अर्थ को सहि ब्याख्या आफ्नै समाजमा नहुदा कलाकारले “सुपर काली” को प्रभुत्वो आफ्नै समाजमा देखेका हुन्/
    कलाकारको “सुपर नटराज” र “सुपर काली”ले धार्मिक आस्था माथि ठेस पुराएको नभई, पस्च्यात्य संस्कृतिले दबित हिन्दु संस्कृतिको कुण्ठित रोदनलाई सतहमा ल्याएको छ/
    बुद्ध को बौधित्तो भन्दा रिट्ठे पहलवानको तुक बिनाको पहल्वानिले नै श्रेय पाउने समाजको चित्रण गरेको पाए/
    यी चित्रहरुमा मैले त स्वोतन्त्र अभिबेक्ति नै पाए!

    Reply
    1. bunsos says:
      September 14, 2012 at 12:15 pm

      साइकियाट्रिक डिपार्टमेन्टमा थेरापी गराउन जानुस.

      Reply
  85. परासर says:
    September 13, 2012 at 6:53 am

    नाम चाही ‘ हरिजन ‘ रे काम चाही हरिद्रोही !
    थूक्क तिम्रो नास्तिकता को पराकाष्टा लाई ! कम्तिमा म चाही तिम्रो सबै खाले उत्पादन लाई बहिष्कार गर्दछु !

    Reply
  86. Roshan Basnet says:
    September 13, 2012 at 6:52 am

    मनीष हरिजनजी ,
    Forget about Superman , Spiderman or Batman, Above all is ” Hanuman ” ! चेतना भया /

    Reply
  87. Bishnu pd subedi says:
    September 13, 2012 at 6:51 am

    हो त नि चित्रकार भए भन्दैमा जे पनि चित्र कोर्नु भएन नि / हरेक कुरा एउटा सिमामा बसेर गर्नु पर्छ,,,,,,,,,,,, म जान्ने चित्रकार हुँ र मैले जस्तो चित्र बनाए पनि फरक पर्दैन भन्ने सोच्नु भएन, आफुले कस्तो चित्र कोर्दैछु भोलि एसले केहि नकारात्मक असर पर्छ कि भन्ने पनि हेक्का राख्नु पर्छ / माथिको चित्र हेर्दा सरासर हिन्दु धर्म लाई अपमान गरेको देखिन्छ /

    Reply
  88. दिप्स says:
    September 13, 2012 at 6:44 am

    यो कलाकारको काम नपाए जस्तो छ । के खालको कला हो यो । बनाए पछी अलि राम्रैनै बनाउनु नि ।।।।

    Reply
  89. Bishnu Nepali says:
    September 13, 2012 at 6:40 am

    संबेदन हिनता को परकास्टा ! आर्ट्स आर्टिस्ट ले त समाज लाई सिर्जनसिल बाटो देखाउने काम गर्नु पर्ने हो |

    येसरी अरुको आस्थामा ठेस लाग्ने काम गर्नु मुर्खता हो ! एसले समाज मा दोनद बडाउन पनि सक्छ !

    यस्तालाई प्रोत्साहन गर्नु हुदैन र कारबाही गर्नु पर्दछ !

    Reply
  90. Niraj says:
    September 13, 2012 at 4:04 am

    यो त पुरै अभिबेक्ति स्वतन्त्रता को कुरा हो नी |

    Reply
  91. rabish says:
    September 13, 2012 at 4:03 am

    मैले त की अभिव्यक्ति देखिन है, यो बिना अभिव्यक्ति को अपमान हो, नियोजित

    Reply
  92. Doleswar says:
    September 13, 2012 at 3:26 am

    हामीलाई आर्ट मन नपर्नु एउटा कुरा हो तर आर्टमा censorship लगाउनु भनेको चाहि धेरै गाह्रो कुरा हो | आर्टिस्ट हरुको दुनिया सधै सभ्य र समाजले पचाउने खालको पनि हुदैन | समाजले पचाएकामात्र कुराहरु गर्ने होभने समाज अगाडी बढ्दैन | त्यसमा पनि हाम्रो समाजलाई अलिकति यस्ता कुरामा पचाउदै लाने बानि गराउनु जरुरि छ | नत्रभने हामि कहिले हिन्दु , कहिले मुस्लिम, कहिले कुन जातिको र कहिले कसको सम्मानमा ठेस लागेको भन्दै हामीलाई झगडा गर्दै ठिक्क हुन्छ | त्यसैले यसको समाधान भनेको आर्ट लाइ प्रदर्सनी मा राख्दा मान्छेहरुलाई आर्टको बारेमा जानकारी गराएर मात्र हेर्न दिनु राम्रो हुन्छ | मन पर्नेले हेर्छन र मन नपर्नेले हेर्दैनन् | मन नपर्नेले बिरोध गर्ने भन्दा पनि अरुको इच्छालाई सम्मान गर्न सिक्नु जरुरि छ | अहिलेको खुला समाजमा मान्छेलाई आआफ्ना रोजाई अनुसारको चिज दिनुपर्छ | नाबालक को हकमा भने आर्टको nature हेरेर, यौनजन्य, वा अपराध खाले आर्ट लाइ बर्जित गरिदा राम्रो हुन्छ |

    Reply
  93. parshuram misra says:
    September 13, 2012 at 3:07 am

    यौ आर्टिस्ट ले पक्कै पनि अमेरिका बाट टन्न दक्षिणा पाए जस्तो छ एस्तो नचाइदो चित्र कोर्न . अलिकति सभ्य, आफ्नो देश आफ्नो संस्कृति माथि गर्व गर्ने व्यक्ति भए अमेरिकन क्याप्टेन ले आफूले पुज्दै आएको देवतालाई ढलाएको कल्पना गर्दैन र चित्र कोर्दैना पनि.
    यो सरासर गलत हो, एसका सबै चित्र हरुलाई प्रतिबन्ध गरि फेरी एस्तो कम नगर्ने सर्तमा चेतावनी दिई छोड्नु पर्छाश्रब्य,दृश्य को सामग्री कार्टुन आदि को प्रयोग गर्दा समाज मा उत्तेजना फैलाउने खाल को हुनु भएँन |हालै मोहमद लाइ सेक्स मा निर्लिप्त भएको मुबी क्लिप बनाउदा इजिप्ट मा दंगा भयो ,लिबियाई अमेरिकी राजदुत मारिए |
    हिन्दु ,बुद्दिस्ट हरु अलि बढी संयमित जस्तो देखिन्छ ,तेस्को मतलब उनीहरु लाइ फिल न हुने त् पक्कै हैन | / .

    Reply
  94. yogi says:
    September 13, 2012 at 3:04 am

    यो आर्टिस्ट सार्तिस्त कोहि होइन मात्र धार्मिक सद्वाब बिगार्ने मान्छे हो, म पनि पौभा चित्र बनाउने आर्टिस्ट हुँ, मलाई मलाई पनि थाहा छ पैन्तिंग भनेको के हो भनेर…
    नेपाली पैन्तिंग कस्तो हुन्छ भनेर एकफेर http://tantricart.net/gallery.html मा गएर हेर्नु होला मनीष हरिजन/ यो पक्कै पनि पछि क्रिश्चन बनि धर्म परिवर्तन गरेको पशु हो आफ्नो स्वार्थको लागि देश, धर्म अनि आमा लाई पनि बलात्कार गर्ने……

    यस्ता ले गर्दा हो इराक मा भाको जस्तो घटना दोहरिने……साला नर पिचाश….

    Reply
  95. Ekaraj agasti says:
    September 13, 2012 at 2:42 am

    नेपाल मा स्वोतन्त्रता भन्ने चिज एती बढी भयो कि, चिनी पनि धेरै खादा अमिलो हुन्छ, जहाँ जस्ले जे गरे पनि स्वोतन्त्रता र मानब अधिकार सँग लगेर जोडीन्छ, वाक स्वोतन्त्रता भित्र अरु लाई तथानाम गाली गर्नु , प्रेश स्वोतन्त्रता को त कुरै नगरौ, नेपाल मा जस्तो प्रेश स्वोतन्त्रता शायदै संसार मा कही होला, जस्को बारेमा जे लेखे पनी पत्रकार भने पछी सकियो, राष्ट्र प्रमुख देखी जो सुकै होस् उनिहरु लाई जे लेख्न पनि छुट छ, सबै लाई स्वोतन्त्रता चहिएको छ, जे पनि गर्न पाउने स्वोतन्त्रता, त्यस्तो जे पनि गर्न पाउने स्वोतन्त्रता हुने हो भने कानुन किन चाहियो, निती नियम किन चाहियो?? नेपाल म स्वोतन्त्रता र शहिद भन्ने शब्द दुरुपयोग भएको देख्दा त राणा शासन नै ठीक थियो कि जस्तो लाग्छ, बिरोध गर्न पाउने स्वोतन्त्रता भन्नाले नेपाल बन्द गर्न पाउने स्वोतन्त्रता भन्ने बुझिन्छ, हुन लागेको चै के हो यो देश मा??? आफुलाई मन लागेको धर्म मान्न पाउने र त्यो मन लागेको धर्म लाई राम्रो अर्थ मा चित्र मार्फत अबिब्यक्त गर्नु पो हो त स्वोतन्त्रता, अरु मान्छे को आस्थामा चोट पुग्ने गरी चित्र बनाउनु पनि स्वोतन्त्रता भित्र पर्छ र? बुद्ध धर्म मान्ने मान्छे ले बुद्ध को राम्रो मुर्ती बनाएर राख्नु लाई पो स्वोतन्त्रता भन्ने हो त, बुद्ध को फोटो लाई जुत्ता मा राख्नु लाई पनि स्वोतन्त्रता भन्न पाईन्छ र? स्वोतन्त्रता र शहिद भन्ने चिज संबिधान बाट नै हटाउनु पर्ने भो नेपाल मा।

    Reply
  96. ganga says:
    September 13, 2012 at 1:35 am

    नेपालको एम एफ हुसैन बन्न खोजेको होला नि…..अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्नु अघि यसको अर्थ तथा आफ्नो कर्तब्य बारे थाहा पाउनु जरुरि छ |

    Reply
    1. samrat~ says:
      September 13, 2012 at 3:55 am

      एकदम ठिक. wanna be f husen . स्वतन्त्रा अर्थ नबुझेको घटिया आर्टिस्ट . बोल्ने अधिकार छ भन्दै मा अरु को आस्था माथि आच पुर्याउने काम सरासर गलत को . एसले माफी माग्नु पर्छ अनि भबिस्य मा एस्तो कु कर्म गर्ने आट न गरोस. यो बेबकुफ को पब्लिसिटी स्टन्ट हो.

      Reply
  97. Navara Italy says:
    September 13, 2012 at 12:20 am

    कलाकार भनेको जुन सुकै क्षेत्र को भए पनि समाजमा महत्वपूर्ण भूमिका निभाई राखेको हुन्छन तसर्थ कुनै पनि कार्य गर्दा अरुको आस्थामा आघात पुर्याउन हुन्न l हुन् त नेपालमा जसले जे चाह्यो त्यहि गर्छन खै के भन्ने ??? जे होस् यस्तो नहुनु पर्ने जस्तो लाग्छ र देशका मान्ने जान्ने हरुले अलि राम्रो र होस् पुर्याउने गर्नु पर्यो l

    Reply
  98. kedar says:
    September 12, 2012 at 11:56 pm

    यो राजनितीले बिथोलेको सामजिक परिवेश भित्र साँठगांठ मिलाएर अरु बिथोल्ने प्रयाश भन्दा हुन्छ | दिमागमा गो * * र हातमा शिप भाको नै मान्नु पर्छ एस्लाई | लाखौँ कलाकारले करोडौं मान्छेको मन छुने गरी कलाकारिता मार्फत अभिब्यक्ती दिन सक्दा तेस्तै सुबुद्धी न आउनु चैलाई खै के भन्ने | अनि येस्तालाइ * * लाइ मार्छु भनेर धम्क्याउने त उही ठाक्रेकै भतिजो जस्तो छ |

    Reply
  99. madan bajracharya says:
    September 12, 2012 at 11:52 pm

    जथाभावी हुईन्क्याउने कलमको कारले निम्त्यायाको दुर्घटना फलामको कारको कारण भयको दुर्घटना भन्दा भयानक हुन्छ/अरुले चिन्न छाडेका, चर्चामा आउन लायक नभयकाहरू आफु चर्चामा आउन र आफुलाई चिनाउन आफैलाई नंग्याउन पनि पछी पर्दैन/ अब यस्तै प्रबिती भयका कलमकोकार चलाउने कुकलाकारहरुले यस्तै कुकर्महरु गर्छन लेख्छन/

    Reply
  100. शशांक लामा NY says:
    September 12, 2012 at 11:10 pm

    हाम्रा देवी देउताका पोज पोजमा संभोगरत मुर्तिहरु र चित्रहरु छन्, मानिसका गर्दन गिंडी टाउकोको माला लगाएका देवीहरू छन्, त्रिसुल बोकेर जाइलागेका देवताका फोटाहरु बग्रेल्ती छन् भने मनिष हरिजनको चित्र हेर्दा किन उदेक र बिस्मयाचकित हुनु ? यसले हाम्रो आस्था बिथोलिन्दैन र यो एकछिनको हल्ला मात्र हो| क्रिस्तानीहरु साम दाम दण्ड भेद नीति लिएर आउँदा त हाम्रो धर्म अडिग छ भने हरिजनको चित्रले के नै पो ख्यांस्छ? यो कुरालाई बढी उचालेर उसलाई महत्व दिनुहुन्न क्या!!!!

    Reply
    1. Basanta says:
      September 13, 2012 at 8:42 am

      शशंकजी,

      तपाई ले एउटा कुरा बुझ्नु भयको रहेनछ | न त ति विभिन्न पोज का व्यक्ति हरु देवी देउता हरु हुन् र न ति गर्दन गिदियका हरु मानिस हुन् | तपाई ले औल्याउनु भयको ति विभिन्न पोजका ब्यतिहरु त केवल सृष्टिको संरचनाको संकेत हुन् र अनि ति छिनेका गर्दन हरु मानिसका नभई दानवहरु का हुन् | नेपालमा देखियका जति सबै मुर्तिहरु भगवानका हुदैनन् पहिला यो जान्ने प्रयास गरेर मात्र अर्को कमेन्ट गर्नु होला |

      Reply
      1. शशांक लामा, न्युयोर्क says:
        September 13, 2012 at 9:37 am

        यदि मठ मन्दिरमा देखिएका चित्र र मुर्तिहरु भगवानका होइनन भने हरिजन माथि किन खनिने ? उनले ति संकेत चित्रहरुमा आफ्नो काल्पनिक उडान भरेका छन् | कलाकारले त्यस्तो गर्नुहुन्न भनेर कुनै धर्मशास्त्रमा लेखेको छैन क्यार ! धर्मान्ध र धर्मभिरुहरु उनि माथि किन जाइलागेका ?????????

        Reply
        1. Ananta says:
          September 13, 2012 at 3:26 pm

          शशांक ज्यु, मठ मन्दिर भित्र को मुर्ति भगवान को हो तर बाहिर राखेका सम्भोग मा मस्ती मुर्ति हरु , भगवान को होइन. महाकाली र बुद्द भगवान लाइ एस्तो पोज मा चित्रण गर्नु भनेको एक दमै निच हुनु हो/

          Reply
        2. sam says:
          September 13, 2012 at 6:25 pm

          आस्था भन्ने एउटा कुरा हुन्छ – हरेक प्रकृतिको समाजमा | तेस्ले समाजलाई एउटा धागोमा बाधेको हुन्छ | त्यो आस्थामाथि प्रहार गर्दा त्यो कच्चा धागो चुडिन सक्छ | कलाकार वा जो कोहिले केहि पनि गर्दा यो विचार पुर्याउनै पर्छ |

          माथिको एउटा कमेन्ट साभार गरेको छु
          achut
          September 13, 2012 at 11:41 am · मुख फर्काउनुस्
          तेसकी आमा को टाउको ‘सन्नी लिओन’ को जिउ मा हल्दिम न त अभिव्यक्ति स्वतन्त्रता…

          Reply
        3. Basanta says:
          September 13, 2012 at 6:59 pm

          तपाई ले कुन धर्म शास्त्र पढ्नु भयको छ जसले गर्दा त्यसो भन्न सक्नु भो?
          म फेरी अर्को एउटा कुरा बुझ्ने कोसिस गर्नुस भन्छु यहाँ कि धर्म संस्कृति भनेको मान्छेको आश्था र बिश्वास का कुरा हुन् त्यसको लागि यसो गर उसो गर भनेर शास्त्र मा का पाना पल्टाउनु पर्दैन बुझ्ने को लागि |

          ठुलो कुरा त यो बिषय कुन मुर्ति को अर्थ के हो भन्ने बारेमा होइन | यहाँ त एक ले अर्को को धार्मिक र संस्कृतिक आस्था मणि चोट पुराउने काम गर्नु हुदैन अभिव्यक्त गर्ने स्वतन्त्रता छ भन्दै मा भन्ने मात्र हो

          तपाई आफु बिश्वास गर्नु हुन्न भने ठिक छ त्यो तपाई को आफ्नो विचार हो तर यहाँ माइ संसार जस्तो सार्बजनिक ठाउँ मा यस्ता यस्ता सब्दहरु लेखेर अरु पाठक हरुको पनि आस्थामा चोट पुर्याउने काम बन्द गर्नुस | |

          Reply
  101. binit says:
    September 12, 2012 at 11:09 pm

    only artist without the brain can produce such images.

    Reply
  102. aasish,switzerland says:
    September 12, 2012 at 10:58 pm

    अमेरिका ले बुद्द को फोटो जुत्ता छाप्नु वा म्याक/बर्गर किंग ले लक्ष्मी को हात मा बर्गर रख्दिनु लाइ धर्म माथि को हस्तक्षेप मान्ने हो भयो यी तस्बिर हरु पनि आपत्तिजनक छन्,कसैको धार्मिक आस्था मा चोट पुग्ने आघात पुग्ने वा धार्मिक साम्प्रदायिकता फैल्याउने कुरा लाइ कसैले पनि प्रोत्साहन गर्नु हुदैन चाहे त्यो कलाकार होस् वा धार्मिक गुरु,सबैको आस्था र बिस्वास हुन्छ,अरुको सम्मान गर्न सिकौ,कुनै कार्टुनिस्ट ले मुस्लिम धर्म गुरु को कार्टुन बनेर पत्रिका मा छाप्दा के भयो भन्ने कुरा हामीले बिर्सनु हुदैन,त्यै भएर कलाकार भन्दै मा जे मन लाग्यो त्यै गर्न छुट दिनु भनेको साम्प्रदायिकता लाइ बढावा दिनु मात्र हो,चित्रकार ले यो कुरा बुझ्नु पर्ने हो,अब उनले आफ्नो गल्ति महसुस गरेर बेलै मा माफी माग्नु पर्छ,
    आशिस
    स्विस

    Reply
  103. Bimal says:
    September 12, 2012 at 10:56 pm

    कलाकारले आफ्नो कला प्रस्तुत गर्नु राम्रो कुरा हो ! तर कला भन्दै कलाकारिता बेजत गर्नु गैहैरकानुनी कम हो !!

    Reply
  104. Ganesh Katuwal says:
    September 12, 2012 at 10:52 pm

    Who says him an artist? Did he not get any subject? Oh my God!

    Reply
  105. Udeep says:
    September 12, 2012 at 10:51 pm

    कलाकारले दिन खोजेको संदेश त राम्रै हो नि | युगले कसरी हाम्रो मूल्य र मान्यता बदल्दै छ, आजका पुस्ताहरु महादेव भन्दा पनि superman लै रुचीका साथ हेर्दा हुन्, बुद्धको शान्ति संदेश बिर्सेर हिंसाले भरिपुर्ण ghostrider लाई वाह-वाह गर्दा हुन्, कालीदेवीको जगतको र धर्म को रच्छा गर्ने प्रतिज्ञाको नाचलाइ सिक्नु भन्दा डिस्को-डान्स सिक्न रुचौदा हुन्, उत्ताउलोपन मनपरौदा हुन् | यी हाम्रा मूल्य र मान्यता कसरी सुटुक्क लोप हुँदैछन, हाम्रो संस्कृतिलाई पस्चात्य संस्कृतिले पछार्दै छ भनेर कलाकारले संदेश दिन खोजेका छन् | पहिलो झल्कोमा अपमानजनक जस्तो लाग्छ, तर कलाकारको भाव को विवेक हेर्नुस त, मन खुलेर ताली पिट्न मन लाग्यो मलाई त, आँखा नै रसाएर आयो ति दृश्य हेर्दा |

    तपाईहरु गाली गर्नुस, अपमान भयो भन्नुस या जे गर्नुस, तर पहिले हाम्रो लोपुन्मुख संस्कृति, धर्म, मूल्य र मान्यतालाई माथिका चित्रमा देख्ने प्रयाश चै अवस्य गर्नुस |

    Reply
  106. nisha says:
    September 12, 2012 at 10:50 pm

    यो त अलिक बढी नै पो भयो कि हजुर होइन र ?

    Reply
  107. Ashish says:
    September 12, 2012 at 10:42 pm

    बरु बनाउनु नै छ भने भैरवले क्याप्टेन अमेरिकालाई ढालेको बनाउनु नि. रमाइलो हुन्थियो.

    Reply
  108. Gobinda says:
    September 12, 2012 at 10:31 pm

    None are pleasant to eyes. I don’t see any Positive art there.

    Reply
  109. Prem Prakash says:
    September 12, 2012 at 10:11 pm

    चरम असभ्यता! अज्ञानता! समवेदना हीन व्यक्ति!

    Reply
    1. Bhawana says:
      September 13, 2012 at 9:14 am

      हो ठिक हो | यी चित्रहरुबाट, तयार गर्नेको चरम मानसिक विचलनको गन्ध आउँछ |

      Reply
  110. Prakash Tiwari, NYC says:
    September 12, 2012 at 9:59 pm

    अभ्रामिक धर्महरु इसाइ र इस्लामको भावनामा चोट पुराउने कलामा अभिबेक्ति हुदा तुरन्त प्रतिकार हुन्छ / तेही कारण येस्ता कुरामा मेडिया र कलाकार संबेदनसिल हुन्छन र हुनु पनि पर्छ / तर सनातनी हिन्दु र बुद्ध धर्मको चै बढी सहिस्नुता हुनाले एस्तो फाइदा सबले उठाएका छन् / जिमी hendrix को बिस्वोरुपको चित्रमा फोटो राखेको त उनको गितारको बिस्वरुप्को अभिबेक्तिको रुपमा चित्रण गरेका छन् पचिमी मेडियाले / फिदा हुसेनको नागो सरस्वतीको चित्र पनि ज्ञानको सबलाई पहुचको सिम्बोलको रुपमा मान्नु पर्ला रे / हुन त फाइदाको लागि धर्म छोड्ने , नेपालीबाट कहिले तिबेतन त कहिले भुटानी हुन बेर नमान्नेको लागि येस्ता कुराको बाल मतलब हुन्न /

    मैले चै एसलाई मनिष हरिजनको बिबादित चित्रबाट आफु र आफ्नो कलालाई चर्चामा ल्याउने रणनीतिको रुपमा बुजेको छु / पाकिस्तानमा बसी इस्लाम सम्बंदी येस्ता अभिबेक्ति दीदा हुन् त सिदा “जन्नतको सैंरा” गराउनेसंग यीनको पाला पर्थो / नेपालमा जे गरे नि हुन्छ /

    Reply
  111. Harke says:
    September 12, 2012 at 9:52 pm

    मनीष हरिजनले सुपर** चित्रहरुको प्रदर्शन गर्नु र निहिता बिस्वासले चार्ल्स शोभराज संग बिहे गर्नु उस्तै उस्तै लाग्यो……!

    Reply
  112. Keshav Bhojpure says:
    September 12, 2012 at 9:43 pm

    रचना राम्रो काम को गरेको भए पनि हुने नि !! नकारात्मक कार्य मा किन अभ्यास गर्ने !! धर्म को अपमान त छदै छ तेस्माथि पनि येस्तो अस्लिल चित्र बनाएर आफ्नै घर को भित्ता मा टासेको भए हुने प्रदर्शनीमा हैन !!

    Reply
  113. suman says:
    September 12, 2012 at 9:42 pm

    अति भयो यार यो त नेपाल मा नै एस्तो अपमान हामी नेपाली को
    ……. कलाकार भयो भन्दै मा जे पायो तै गर्नी …. भए न नि एस्तो .

    Reply
  114. Jitman Rai 'Sabin' says:
    September 12, 2012 at 9:38 pm

    माथिका चित्रहरु हेर्दा कलाकार अलि बढी नै सन्किए कि जस्तो लाग्यो….

    Reply
    1. Shankar says:
      September 13, 2012 at 8:49 am

      ठर्रा को बेहोशीमा कोरेको चित्र थियो होला शायद बनि सक्दा त यस्तो पो बन्न पुगेछा होशै भयन |

      Reply
  115. Devendra Basnet says:
    September 12, 2012 at 9:25 pm

    यौ आर्टिस्ट ले पक्कै पनि अमेरिका बाट टन्न दक्षिणा पाए जस्तो छ एस्तो नचाइदो चित्र कोर्न . अलिकति सभ्य, आफ्नो देश आफ्नो संस्कृति माथि गर्व गर्ने व्यक्ति भए अमेरिकन क्याप्टेन ले आफूले पुज्दै आएको देवतालाई ढलाएको कल्पना गर्दैन र चित्र कोर्दैना पनि.
    यो सरासर गलत हो, एसका सबै चित्र हरुलाई प्रतिबन्ध गरि फेरी एस्तो कम नगर्ने सर्तमा चेतावनी दिई छोड्नु पर्छा.
    अभिव्यक्ति स्वोतान्त्रताको नाममा छाडा र अश्लिल कार्य कुनै पनि हालतमा स्वीकार्य हुदैन र हुन दिनु पनि हुदैन.
    मेरो बिचारमा यो आर्टिस्ट पनि क्रिस्चिएन् मिसिनारीको र अमेरिकाको एउटा दलाल हो.

    Reply
  116. Bardan says:
    September 12, 2012 at 9:14 pm

    यो कलाकार धर्म र आधुनिक जीवन शैली को बीच मा कनफ्युज भयो जस्तो छ. आधुनिक बन्ने चक्करमा हिन्दु धर्मलाई जानेर अथवा नजानेर अपमान गर्न पुगेछ. मेरो विचारमा मनिष हरिजनले भविष्यमा यस्तो चित्र बनाउन अगाडी अलि विचार गर्नु पर्छ र सावधान पनि हुनु पर्दछ जसले गर्दा अरुको धार्मिक आस्थामा चोट र खलल नपरोस.

    Reply
  117. prajwal says:
    September 12, 2012 at 8:45 pm

    कलाकार रे , कलाकार भन्दै मा जे पनि गर्न पाइने हो …………….

    Reply
  118. Tanka Kafle says:
    September 12, 2012 at 8:32 pm

    स्वतन्त्रता को नाम मा अर्का को भावना मा असर पर्नु हुदैन. संस्कृति र धर्म मा खेल्नु भनेको आफु सबै भन्दा ठुलो हु भन्नु हो. अमेरिका जस्तै. साम्राज्य बादी .

    Reply
  119. dibas says:
    September 12, 2012 at 8:16 pm

    चित्र हरु पक्कै पनि आकर्सक साथै रचनात्मक छन्/ तर आममानिस हरुको आस्थामाथि चोट पुग्ने रचना लाइ कम्तिमा म चाहि अभिव्यक्ति स्वतन्त्रता को नाम दिन सक्दिन/ आममानिसको आस्थाको सम्मान नगर्ने अभिव्यक्तिलाइ कसरि अभिव्यक्ति स्वतन्त्रता मान्ने?????

    Reply
    1. madan k suwala says:
      September 13, 2012 at 9:46 am

      यबबा, दिबस जी
      यस्ता चित्र नि आकर्षक भनेर अरु चित्रकार को बेइजत नगरौं होला हो
      यो चित्र भन्दा त कोरा कागज नै राम्रो

      Reply
  120. Nepali Ramesh says:
    September 12, 2012 at 8:14 pm

    खै के बनाएको हो ?? हेर्दै दिक्क लाग्ने ……
    अभिव्यक्ति स्वतन्त्रता भन्दैमा अरु को आस्था र बिश्वास को अपमान गर्नु पक्कै राम्रो होइन / बुद्धि भएको कलाकार भए कमसेकम, धेरै ले आस्था राख्ने भगवान हरु को चित्र मा एस्तो खेलबाड नगर्न पर्ने हो………..

    Reply
  121. Gyanendra bhattarai says:
    September 12, 2012 at 8:13 pm

    यो चाही राम्रो गरेन है मनिष ले , हैन कस्तो कलाकार हो त्यो माझी औला देखायौने, एस्तो मान्छे नि के को कलाकार, यो मान्छे का को नागरिक परेछ, Nepali भये त एस्तो नगर्नु पर्ने

    Reply
  122. द्रोण says:
    September 12, 2012 at 8:00 pm

    श्रब्य,दृश्य को सामग्री कार्टुन आदि को प्रयोग गर्दा समाज मा उत्तेजना फैलाउने खाल को हुनु भएँन |हालै मोहमद लाइ सेक्स मा निर्लिप्त भएको मुबी क्लिप बनाउदा इजिप्ट मा दंगा भयो ,लिबियाई अमेरिकी राजदुत मारिए |
    हिन्दु ,बुद्दिस्ट हरु अलि बढी संयमित जस्तो देखिन्छ ,तेस्को मतलब उनीहरु लाइ फिल न हुने त् पक्कै हैन |
    चित्र बनाउने ले बुद्द ले जिसस लाइ लात हानेको बनायो ,मोहमद लाइ लात हानेको बनायो भने के एस्लाई सिर्जनसिल प्रस्तुति ,अभिव्यक्ति स्वतन्त्रता भनेर चुप लाग्ला ?
    अब भैरब र क्याप्टेन अमेरिका को भेट कहा भयो ?हुने कुनै चान्स छ ?

    पशुपति को भैरब ले लिंग ले मात्र हान्दे भने क्याप्टेन अमेरिका लाइ इमर्जेन्सी मा जानु पर्छ त्यो चै विचारै न गरि ,बनाउने ?
    तेसो भए मुसाले हात्तीलाई किक हानेर ढालेको बनाए भएँन ?

    Reply
  123. Anjan says:
    September 12, 2012 at 7:53 pm

    मैले त येस्मा कलाकार को कौशाल्यता पो देखे …मएरो व्यक्तिगत विचारमा यी चित्र हरुले हाम्रो संस्कृतिमा कसरि पास्चात्य सभ्यताको प्रभाव परेको छ भनेर ऊजागर गरेको छ.भैरव लाई अब captain america ले बिस्थापित गरेछ . बुद्धलाई laughing buddha ले थिचेच त्येस्तै त्येस्तै .
    यो अभिव्यक्ति स्वतन्त्रताको पूर्ण दायेरा भित्र नै छ . हाम्रो समाज ऊदार छ र यो अभिव्यक्ति लाई धार्मिक कट्टरपन्थीको मात्र असहमति हुन्छ जस्तो मलाई लाग्दछ .

    धन्यवाद

    Reply
    1. prajwal says:
      September 12, 2012 at 9:50 pm

      पस्चात्य संस्कृतिको प्रभाब भन्दै मा ज गर्न नि पाइन्छ .. भैरबलै क्याप्टेन अमेरिकालाइ बिस्थापित गरेछ रे ….महाकाली ले माझी औंला देखाउनु चाही क हो त्यो …. स्वन्त्रता भन्दैमा मनलागी त गर्नु हुन्न नि …यो त सरासर मुर्खता हो …

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme