
१९९० पछि बदलिएको नेपाली समाज
अहिले २२-२३ वर्ष पुगेका युवायुवतीहरुलाई थाहै छैन- सन् १९९० अघिका युवायुवतीलाई भ्यालेन्टाइन डे भनेको थाहै हुन्न थियो। मोबाइलमा अभ्यस्त यी युवायुवतीलाई त्यतिबेला हिँड्दाहिँड्दै फोन गर्न पनि मिल्छ भन्ने कुरा अचम्मको लाग्थ्यो। फेसबुक र ट्विटरमा स्वतन्त्रताका वकालत गर्ने यो पुस्तालाई उतिबेला पत्रपत्रिकामा कडा सेन्सरसिप हुन्थ्यो र खिटिक्क केही कुरा लेख्यो भने स्पष्टिकरण दिन सिडिओ कार्यालय जानुपर्थ्यो भन्ने सुन्दा अचम्म लाग्न सक्छ। उतिबेला विदेशमा बसेकासँग सम्पर्कको एउटै माध्यम चिठीपत्र हुन्थ्यो।
सन् १९९० (२०४६ साल) मा नेपालमा जनआन्दोलन भयो। राजनीतिक व्यवस्था परिवर्तन भयो र सँगसँगै नेपाली समाज पनि नसोचिएको किसिमले परिवर्तन भयो। यी परिवर्तनका आयामबारे चिन्तन भयो बिहीबारदेखि काठमाडौँमा सुरु भएको नेपाल लिटरेचर फेस्टिभलको एउटा सेसनमा। वक्ताहरु थिए चैतन्य मिश्र, सीके लाल र घनश्याम भुसाल। त्यही सेसनमा व्यक्त विचारहरु सन् ९० पछि बदलिएको नेपाली समाजबारे माइसंसारका पाठकहरुबीच पनि छलफल होस् भन्ने हिसाबले यहाँ राखेको छु। आखिर के फेरियो नेपाली समाजको, अबको बाटो के हो हाम्रो?
सेसनको सुरुमा घनश्याम भुसालले विचार राखे। उनका अनुसार सन् १९९० पछि जुन किसिमको स्वतन्त्रताको लहर आयो, त्यसलाई अर्थतन्त्रले धान्न सकेन। मानिसहरुले गाउँ छाडे, तर सहरमा टिक्न सकेनन्; कृषि छाडे र उद्यम गर्न सकेनन्। उनले एउटा गाउँको उदाहरण पनि दिए। त्यो गाउँमा ६४ घरधुरी थिए तर जम्मा दुई हल गोरु। गाउँका सबै युवा बाहिर। छोरानातिहरु कि विदेशमा कि सहरमा। बुहारीहरु छोरानातिलाई पढाउन सदरमुकाम वा राजधानीमा। वास्तवमा यो गाउँको स्थितिको वास्तविक चित्रण हो।
सन् १९९० पछि कै स्वतन्त्रताको लहर र उच्च आकांक्षाको फलस्वरुप २०६२/६३ को आन्दोलनले अर्को परिवर्तन ल्याएको उनको ठम्याइ थियो। तर उनको विचारमा यो स्वतन्त्रताले टेक्ने भूइँ भने २०४६ सालकै जस्तो वा त्यो भन्दा अझ कमजोर छ। ९० पछिको समाज बदलिएको त छ, आफैलाई चिनेको, आफ्नो अधिकारबारे बोल्न सक्ने, खोज्न सक्ने भएको छ। स्वतन्त्रता धेरै माथि पुगेको छ तर त्यसले टेक्ने भूइँ भने अझ कमजोर भएको छ। राजनीतिक पार्टीहरुले सही आर्थिक नीति लिन नसकेका कारण अहिलेको यो अवस्था डरलाग्दो रहेको उनको विचार थियो।
जीविकोपार्जनको पद्धतिमा परिवर्तन
अर्का वक्ता प्राध्यापक डा. चैतन्य मिश्रले राजनीतिक परिवर्तनको जग खोज्दा उत्पादन प्रणालीमा आएको परिवर्तन अथवा जीविकोपार्जनमा आएको परिवर्तन भेटिने बताए। हुन पनि हो, ४० वर्षअगाडि दुई तिहाई जनसंख्या कृषिमा आधारित थिए। अहिले एक तिहाईभन्दा कम कृषिमा लागेका छन्। मानिसहरु कृषिका काम र गाउँबाट बाहिर आएका छन्। हरेक युवाका परम्परागत पद्धति छाडेर पृथक कल्पना छन्। गाउँमै बसेकाहरु पनि परम्परागत कृषिबाट बाहिर आई केही नयाँ गरिरहेका छन्। कृषिको काम पनि गर्ने, पसल पनि खोल्ने अथवा कृषिको काम पनि गर्ने, मास्टरी पनि गर्ने आदि गरिरहेका छन्। विविधिकरण भइरहेको छ जीविकोपार्जनमा।
समाज स्थापित मूल्यमान्यता र बाउबाजेको पुर्ख्यौली कुराबाट स्वतन्त्र भइरहेका छन्। व्यक्तिगत स्वतन्त्रता बढेको छ। पुरानो जकडबाट बाहिर आएको छ समाज। परिवर्तनको मूल जग यही भएको उनको ठम्याई थियो।
पक्की घर, कच्ची सम्बन्ध
अर्का वक्ता सीके लालले ९० पछिको परिवर्तनलाई बुझ्न १९८० को पुस्तालाई बुझ्नु पर्ने बताए। १९८० को समय कस्तो थियो र त्यसबेला छिमेकी देश भारत र विश्वमा के भएको छ त्यसलाई हेर्नुपर्ने उनको विचार थियो। उनका अनुसार अहिले नेपाल चलाइरहेको पुस्ता यिनै हुन्, चाहे त्यो नेपाल मै बसेका होस्, वा अमेरिका, खाडी देश वा युरोपमा बसिरहेका होउन्।
उनका अनुसार यो पुस्ता वैचारिक सून्यतामा हुर्किएका हुन्। मूल्यविहीनताको कालमा यो पुस्ता हुर्किएको हो। हुन पनि त्यतिबेला भारत र चीनमा मूल्यविहीन राजनीति चलेको थियो। अमेरिकामा राष्ट्रपति रोनाल्ड रेगन बिन लादेन जस्ता मुजाहिद्दीनलाई सहयोग गरिरहेका थिए। नेपालमा पनि परिणामका लागि जे पनि प्रक्रिया स्वीकार्ने मूल्यविहीनता थियो। त्यतिबेला पञ्चायतलाई जिताउनु थियो र त्यसका लागि प्रक्रिया जनमत संग्रह भए पनि हुने गरिएको थियो।
उनको विचारमा यो पुस्ता मुक्त पुस्ता हो। मुक्तको अर्थ स्वतन्त्र हैन, स्वाधीन हैन। पक्की घर, कच्ची सम्बन्धको स्थिति छ यो पुस्तामा। यो पुस्ता गतिशील हैन, गतित्व भएको पुस्ता हो। यो पुस्ता गाउँमा भएन भन्दै सहर पस्छ। सहरमा पनि भएन भनेर अरब जान्छ। त्यहाँ पनि भएन भनेर बेल्जियम छिर्छ। माओवादी समर्थक भए पनि माओवादी पीडित भन्दै शरणार्थीको निवेदन दिन्छ। राजावादी भए पनि सेनाले दुःख दियो भनेर शरणार्थीको निवेदन दिन्छ। त्यहाँ पनि भएन भनेर क्यानाडा छिर्छ, त्यहाँ पनि भएन भन्दै अमेरिका पुग्छ।
यो पुस्तालाई पुरानो मूल्यमान्यतासँग कुनै लगाव छैन। यही मुक्त पुस्ताको बन्दी बनेको छ समाज- उनको विश्लेषण।
गरीखाने पुस्ताको जन्म
चैतन्य मिश्र भने यो परिवर्तनलाई नकारात्मक रुपमा नै हेर्नुपर्ने आवश्यकता नभएको बताए। अहिले परिवार छरिएर रहेको छ। बाबु वा आमा विदेशमा अथवा छोरा वा छोरी विदेशमा भएको स्थिति छ। तर यो नयाँ किसिमको परिवार निर्माण भएको उनको धारणा थियो। पहिलेका युवा वंशको जकडमा थिए, अहिले त्यसलाई तोडेर गरी खाने पुस्ताको जन्म भएको छ। यो पुस्ताले पुरानो पुस्ताको उत्पादनको साधन सीमिततालाई तोडेर परिवर्तन गर्न खोज्दैछ। नयाँ समाजको निर्माण भइरहेको छ र त्यसलाई नकारात्मक रुपमा मात्र हेर्नुपर्छ भन्ने नभएको उनको धारणा थियो। घनश्याम भुसालले पनि नयाँ मूल्य मान्यता बन्दै गरेको तर बनिनसकेको तर पुरानो भत्कँदै गरेको अवस्था अहिलेको समाजको भएको बताए।
अमेरिका गए पनि साङ्लो हुन्छ
सीके लालको धारणा अलि फरक थियो। पुराना मूल्य मान्यता भत्कँदै गएका मात्र छैनन्, अझै प्रखर हुँदै गएका पनि हुनसक्छन्। मान्छेलाई साङ्लो (चेन) ले बाँधेर राखेको छ कि छैन भन्ने कुरा हिँडेपछि थाहा हुन्छ रे। हिँडेर ऊ सारजहा, अमेरिका जहाँ पुगोस् बाँधेर राखेको हुन्छ। साङ्लोमा जन्मिएकाले साङ्लो नै खोज्छ। यसको रुप दलगत आवद्धता, गुट निर्माणबाट देखिने उनको विश्लेषण। हुन पनि हो, विदेशमा भए पनि नेपालीहरु तीजामा नाचेकै छन्। दशैँमा टीका लगाएकै छन्। आफ्नो राजनीतिक आस्था रहेको पार्टीको शाखा प्रशाखा खोलेकै छन्। फलानो जिल्ला समाज वा फलानो जाति समाजको नाममा संस्था खोलेकै छन् विदेशमा भए पनि।
समाधानको बाटो ?
स्रोताहरुले खाली समस्याको मात्र कुरा गर्ने. समाधानको बाटो चाहिँ खै त भनेर प्रश्न राखेपछि चैतन्य मिश्रले फाटेको भोटो मात्रै लाउने समाधान पक्कै हैन भनेर भने। युवाहरु अहिले बाहिर गए। जानुको कारण अर्थतन्त्र बलियो नभएरै हो। अहिलेका नेताको भाषण सुन्नुस् त- खाली संविधान भन्या छ, अध्यादेश भन्या छ, सरकार परिवर्तन भन्या छ। उद्योगधन्दा खोल्ने, युवाहरुलाई रोजगारी दिने भन्ने भाषण कुनै नेताको मुखबाट सुन्नुभएको छ ? त्यसैले नयाँ नेतृत्व चयन समाधानको बाटो हुनसक्छ- मिश्रले सुझाए।
सीके लालले भने समाधानको बाटो आफूलाई थाहा नभएको बताए। कसैले थाहा छ भन्छ भने त्यसले या त झुटो बोलिरहेको छ या चाहिँ तपाईँलाई भड्खालोमा जाक्दैछ, फेरि १६-१७ हजारको ज्यान लिन खोज्दैछ भनेर बुझ्नुपर्ने उनले बताए। अहिले अधिकारको मात्र कुरा आउँछ, ड्युटीको कुरा किन आउँदैन भन्नेमा उनले सदियौँदेखिको दासता भएकोले कुण्ठा अभिव्यक्त भएको विश्लेषण गरे। यही कुण्ठा नै फेरि राजनीति गर्नेहरुका लागि उब्जाउ भूमि भएको उनले बताए। यसबाट रातारात उम्कने कुनै बाटो छैन, परिवक्वता भनेको सिक्दै जाने हो। कसैले बन्दूक पड्काएरै हुन्छ भन्ठाने- भएन त। कसैले पढाएरै हुन्छ भन्ठाने, भएन। कसैले लेखेरै हुन्छ भन्ठाने-भएन। परिवक्वता भनेको बिस्तारै आउँदै गर्ने कुरा हो। यो आक्रोश र कुण्ठाको विस्फोट स्वभाविक हो, यसबाट आत्तिनु पर्दैन- उनको विचार।
ठूलो परिवर्तन आउँदैछ
सन् १९९० बाट अहिलेको समयलाई हेर्दा ठूलै परिवर्तन भएको झैँ लाग्छ। तर चैतन्य मिश्रले कार्यक्रमको अन्त्यमा प्रस्तुत गरेको विचार सुन्दा त्यो भन्दा ठूलो परिवर्तन अबका केही वर्षमा आउँदैछ। अबको २०/३० वा ५० वर्षमा हामी विश्वका दुई ठूला धनी राष्ट्रको बीचमा हुनेछौँ। त्यतिबेला यहाँ परिवर्तनको ठूलो भूकम्प आउनेछ। कि हामी त्यो छालमा माथि उचालिनेछौँ, कि भने त्यसले हामीलाई डुबाउनेछ, निल्नेछ, भत्काउनेछ। के हुने हो, भविष्यले देखाउनेछ।
[यो छलफल करिब एक डेढ घण्टाको थियो र त्यही कारणले सबै आयाममा छलफल पनि हुन पाएन। यहाँ भने असीमित समय र स्थान छ। आउनुस्, हामी छलफल गरौँ, केके बदलियो नेपाली समाजको ? परिवर्तन सकारात्मक छन् कि नकारात्मक। भविष्यको बाटो के होला? परिवर्तनबारे आफ्नो अनुभव र जानकारी पनि बाँड्न सक्नुहुन्छ]
अहिले हामी भूतप्रेतको खटन पटन को युग मा छौ ! किनकि त्यति बेलाको चार लाखको उपत्यका अहिले पैतिस लाखमा छौ ! किनकि हजो हामी खुला अआकश मा थियौ त आज कंक्रिट को जंगलमा छौ ! मान्छेले राज गरेको भय केहि हुन्थ्यो होला अब भुत प्रेतले राज गरेको बेला के आशा गर्ने ठाउँ छ ! हिजो को त्यो र आजको यो नै फरक छ र यो फरक नै यसलाई बिनाश रुपी बिकाश भनेर भन्नु पर्ला ! सायद विश्वास नाभायापानी केहि समय कुर्नु पर्ला !
गुच्चा त पछि आएको हो ताप्लेजुङ्गमा| पहिले त हामी पांग्रा र लप्सीको गेडो पो खेल्थ्यौं त | पांग्रा वा लप्सीको गेडो लस्करै राखेर अलि परबाट अलि ठुलो साइजको घुइँ पांग्रा वा ठुलो साइजको लप्सीको गेडोलाइ दुइवटा चोर औंलाले चेपेर फनन घुमाएर लस्करै राखेको पांग्रा/लप्सिलाई ढलाउन्थ्यौ |
The most degrading qualities (negativ change) at present compared to 1990s are “lack of trust” among us and “treating with people with selfish motive”. We lack the concept of community service (with selfless motive), spiritual living, and are careless about our responsibilities (being focused on our rights most of the time) both in family and public positions. For a quality and valued society, we need to learn how to provide quality service for clients/customers if we are in responsible positions. There are many things to learn and implement in order to bring positive change. Compared to 1990s, I just see the drastic change in politics (I am not sure whether this is all positive change but the bureaucracy is still instable) and increased need of technology with materialistic society. Although people are more informed (sometimes TMI – Too Much Information is not good too) via spreading information tech, this change is making lives more complex compelling people to leave the country (bring family disintegration), being more corrupt and criminals, selfish, cheater, and so on.
प्रबिधि मा भएको परिवर्तन , प्रबिधि मा भएको सहजता तथा सस्तो प्रबिधि ले गर्दा समाज मा धेरै कुरा हरु परिवर्त्तन भयो राजनैतिक परिवर्तन ले पनि समाज लाई बिकाश को बाटो मा हिड्न मदत गर्यो , आर्थिक उदारीकरण ले लगानी का धेरै क्षेत्र मा निजि तथा बैदेसिख लगानी भित्र्य्दियो , भौतिक पुर्बधर जस्तै बाटो , यातायात को बिकाश भयो, गाउँ गाउँ मा शिक्षा को बिकाश ले चेतना मा परिवर्तन भयो, तर यो संग संगै शिक्षा र स्वास्थ्य मा ब्यापारीकरण पनि भयो. देश को जनसंख्या मा शाछ्यारता को प्रतिसत बढी त भयो तर शिक्षा को स्तर पैसा मा तौलिन थालियो , राज्य ले शिक्षा मा गरेको लगानी को प्रतिफल निजिक्षेत्र को लगानी को प्रतिफल भन्दा कम्जोर देखियो . तेस्तै स्वास्थ्य क्षेत्र मा पनि राज्य को लगानी बालुवा मा पनि हालेको जस्तो भयो. आम जनता ले राम्रो स्वास्थ्य सेवा पाउन निजिस्वास्थ्य संस्था मा घर खेत वा आफुले जिन्दगि भरि दुख गरि कमाएको सम्पति सबै लगानी गर्नु पर्ने भयो. सामान्य रुपमा परिवर्तन मानिसको खानपान, लवाईखबाई , रहनसहन जस्ता उपभोग को क्षेत्र मा मात्र भयको देखिन्छ . . उपभोग बादी संस्कृतिको परिवर्तन ले मानिसमा पैसा को पछि मात्र दौडिने , पैसा को लागि जे पनि गर्ने प्रवृति को बिकाश भयको देखिन्छ ,, उदाहरण को रुपमा सार्बजनीक लगानी मा बढ्दै गएको भ्रस्टाचार मा संग्लग्न हुने कर्मचारी, दल का नेता , मन्त्रि , प्रहरी प्रसासन , दल का कार्य कर्ता हरु लाइ हेर्न सकिन्छ . त्यो संग संगै आम जनता लाइ अति आबश्यक दैनिक खाद्यन्न मा समेत डरलाग्दो कालो बजारी भैरेहेय को छ . राजनैतिक परिवर्तन ले जनता लाइ आधिकार दियो तर कोहि जनता हरु सिमित भ्रस्ताचारी. कालोबजारी, हरु को आगाडी निरिह छन् . परिवर्तन ले येस्त्ता हरु लाइ ठिक पार्न सकेको छैन ,
समाज मा परिवर्तन भयको छ, मानिसको हात हात मा मोबयाल छ , मुगु, हुम्ला, जुम्ला का जनता , किसान , मजदूर , बिद्यार्थी , गाउँ का मेला पात गर्ने, घर धन्दा गर्ने महिला, दलित सबै का हात हात मा सिमकार्ड छ ,,,,,,,संचार मा धेरै परिवर्तन भएको छ पनि तर पनि तेही मुगु, हुम्ला, जुम्ला, का जनता ले राम्रो चामल , नून खान पाउदैनन .. उनीहरु को लागि डाक्टर र औसधि कल्पना का कुरा हुन् ……….. तेसै ले राम्रा परिवर्तन लाइ स्विकार्नु पर्छ,, फेरी समय को गति को परिवर्तन आफै हुन्छ
“अबको २०/३० वा ५० वर्षमा हामी विश्वका दुई ठूला धनी राष्ट्रको बीचमा हुनेछौँ। त्यतिबेला यहाँ परिवर्तनको ठूलो भूकम्प आउनेछ। कि हामी त्यो छालमा माथि उचालिनेछौँ, कि भने त्यसले हामीलाई डुबाउनेछ, निल्नेछ, भत्काउनेछ। के हुने हो, भविष्यले देखाउनेछ।”
……… सुन्दा पनि मस्तिस्कमा ज्वारभाटा उद्द्वेलित हुने हरफहरु !!
– भलै जे होला, तर समाज बिकाशक्रमको गति अगाडी बढिरहेकै हुन्छ किनकि मानिस स्वाभावले नै केहि सिक्न चाहने र आफ्नो राम्रो बनाउन खोज्ने प्रकृतिको हुन्छ / सबै आफु आफु राम्रो बन्दै गए समाज बिस्तारै राम्रो बन्छ नै !!!
घटना -२
निकै पहिलेको कुरा |
भृकुटी मण्डप मा मेला हुदै थियो |एउटा स्टल मा म खेलिरहेको थिए ,आफुले एउटा नम्बर छान्ने टिकट किन्ने ,तेस्पछी डिस्क घुमाउथ्यो ,आफुले किनेको नम्बर मा पुगेर डिस्क को चिन्ह रोकिए सानोतिनो प्राइज पर्थ्यो |एउटा टिकट को सिर्फ ५ रुपिया थियो |
एकैछिन मा १-२ बडीगार्ड सहित ज्ञानेन्द्र (राजा चै बिरेन्द्र थ्यो ) को परिबार ,धिरेन्द्र को परिबार का मोटा मोटा केटा केटि ( छोरीहरु हुनुपर्छ ) हरु आमा सहित आए |
त्यो स्टल थाप्ने हरु उत्तेजित हुदै कराउन थाल्यो सरकार यता ,यता !!
एक स्टल मा २-३ वटा टिकट के किनेका थिए ,डिस्क घुमेर रोकिनु अघि नै सरकार लाइ यो पर्यो ,त्यो पर्यो भनेर सिदै धादली गर्न थाले , म वाक्क भएर हिडे |
सरकारी पधाधिकारी ,दर्बार का ले चाकडी गरे गरे ,त्यो चिन्नु न जान्नु काले चाकडी गरकोले म हैरान पनि भए |
मैले पनि परिवर्तन धेरै महसुस गरेको छु! हुनत परिवर्तन भनेको समुद्र मन्थन नै हो जहाँ अमृत संगै बिष पनि आउछ! २०४६ साल तिर प्रसासन निकै कडा थियो सी डी ओ, अन्चलाधिश आदि! सोहि ताका यहाँ उपत्यकामा दिनको दुइ चोटी पानी आउथ्यो मेरो घरको धारामा! जनंदोलन पछि २-४ वर्ष सम्म पनि दुइ चोटी नै पानी वितरण गर्थ्यो खानेपानी संस्थानले! पछि बिस्तारै दिनको एक चोटी पानी दिन थाल्यो! २०६३ साल पछी त ७ दिन बिराएर पानी आउन थाल्यो त्यहि धारामा त्यो पनि राती, आउने नआउने ठेगाना हुन्न! पानीको गुणस्तरको त लेखा जोखा गर्ने बाकी छ!
यहि उपत्यकामा जाडो महिना सुरु भयो कि सडकहरु निकै पातलो हुन्थ्यो २०४६ तिर! अहिले बाह्रै महिना सडक टनाटन हुन्छ मानिस र सवारी साधनको| यहि अनुपातमा पोलुसन र क्राइम पनि बढेकै हो!
यसको कारण माथिको लेखमा उल्लेख गरिए झैँ जनंदोलन संगै गाऊबाट सहर पस्ने लहरले गरेको हो भनेर बुझ्न सायद गारो छैन होला!
आज यहाँ सहरवासीले ७ दिन बिराएर ताजा पानी खान पाउछ! यो समुद्र मन्थनबाट निस्केको हलाहल बिष हो र सहर वासी को लागि धुखा को कुरा भयो! त्यो भन्दा नि दुखको कुरा के भने नि यहि २० वर्षको दौरानमा कुनै पनि गाऊमा ७ दिनको एक चोटी भएनि ताजा पानी आउने गरि विकास गर्न सकेन! बस सरकारमा बस्ने गिरिजा, माधव, शेर बहादुर, पुष्पकमल, बाबुराम आदि इत्यादी चाही अमृतको फल चुसे र चुसी राखेकै छ अहिले सम्म पनि| २०४६ साल अघि सम्म राजा हरेको वर्ष गाऊ गाऊ गएर धारा, स्कुल आदि उदघाटन गर्न जान्थ्यो!
यो एउटा उपत्यकावासीले भोगेको देखेको स्तिथि हो!
परिबर्तनहरु धेरै भएका छन् / पहिले खान लाउन दुख थियो अहिले सुख छ , मूल्य बृधि धेरै बढ्यो , पहिलेको कृषिमा आधारित economy अहिले remittance मा आधारित भएको छ , पहिले हामी चामल, दाल , जुट बेच्थ्यौ अहिले मान्छे बेच्छौ, पहिलेका बराजु सुद्ध बिख नहालेको खानेकुरा खान्थे अहिले हामी बिखई बिख खादैछौँ , उहिले सयौ बिघा खेतमा काम गरेर पसिना बगाइन्थ्यो अहिले ३ आना घडेरीमा जसोतसो कोचिएर बस्नु पर्छ, यस्ता परिबर्तन त कति छन् कति, कोहि राम्रा कोहि नराम्रा/
रुपया छाप्ने मिसिन नि आफुसंग भय पछि त् ……………………………………..कुरो ४० -४१ को
रुपिया छपाउने मिस्सिन सिलिगुरी बाट किन्न भनि
तेती बेलाको सातलाख डुबाउने( घर खेत बारी सबै सबै + ३ लाख ऋण )
ततिबेलाका राजा संग बोल्ने, रेल चड्ने, कलकता देख्ने, बम्बाई आँप खाने,महाभारत-रामायण- देवीभागवत- स्वस्थानी खरर पडन सक्ने हाम्रा गाउँले बडा जिउदै छन् बिचरा| बरु सातलाख खाने भारत्य मिसिन्वाला मरिशक्यो होला |
बडाले यो पद्नु भो भने चिन मलाई ……..
किन कि दम भाकै बुदा हुन्, मेरीबास्सै, जिरेखुर्सानी त आफै लगायर हेरछन कमप्युटरमा |
यो लेख पढे पछि बडालाई हल्का interview लिन मन लग्यो |
पहिलेको घटना हरु
धेरै बर्स पहिलेको कुरा ,राजा बिरेन्द्र को गोर्खा नाम भन्ज्यांग सबारी हुने कुरा भयो |राजालाई स्कुल उद्घाटन गराउने र गाउमा भएको बिकास देखाउने भनेर स्कुल सिन्गारियो ,अस्थायी सौचालय ,धारा को ब्यबस्था भयो |गाउमा चहल पहल बढ्यो ,कहिले न देखिएका मानिस त्यो दिन देखिए |
तेस्तैमा एउटा अचम्म देखियो |
२-३ ट्रक भरि जरै समेत काउली ल्याइयो र केहि न भएको उजाड डाडो लाइ एकै छिन मा काउली फलेको र हराबरा बनाइयो |
गाउका बाठा ,टाठा मुखिया पन्च हरु दिन भर राजाको अगी पछी गर्दै रहे |साझ मा राजा फर्के ,फेरी आर्को अचम्म देखियो |
गाउले हरु राजाको ”गु ” हेर्न जम्मा भएका थिए ,अन्ध बिस्वास के रहेछ भने राजा ले हगेको” गु ”एकै छिन मा सुन हुन्छ |
२०४६ / १९९० भन्दा पछी जन्मिएका भाइबहिनीहरु हरुलाई सायद इतिहास नै भैसक्यो …म सायद ८/९ बर्षको हुदो हु..हामी पढने widhalayma हरेक वर्ष राजरानीको जन्मोत्सब मनाउदा ‘हाम्रो देश, हाम्रो नरेश, प्राण भन्दा प्यारो छ’ भन्थौ I पछी नरेशलाई लोकतन्त्रले मुकतंत्र बनाईदियो…..एउटा पुलिशको हवलदारले सिंगों गाउघर डंडा घुमाएको भरमा थर्काउथ्यो…..अलिकति बढ़ी बोल्यो भने गाउघरमै पंचे भानौदोले पाता कसिदीनथे….रेडियो बजेर समाचार सुन्नपाउनु त कता हो कता को…..१० कक्षा पढ्दा सम्म कंप्यूटरको spelling रामोसंग आऊदैनथ्यो….सरसमान किन्न अनि तेलिफोनको लागि एकदिन पुरै धाउनुपर्थ्यो…..तर अहिले हेर्नुस त*…. .अहिले त ‘उम्रिदै तिनपाते भने जस्तै’ (बच्चा भात खान जान्नासाथ चाऊचाऊ भन्छ,..खाजा खादैनन, ब्रेकफास्ट चाहिंन्छ ,…बाजे-बज्येई भन्न जान्दैनन…भरसक आमा-बा नत्र सुद्दो-सुद्दी पनि भन्न थालिसके … .सामन किनमेल गर्ने हैन अब त शपिंग गर्ने रे … .चिट्ठी लेख्न्दा कसलाई कुन शब्द भन्ने जरुरत नै परेन…सिधे मोबाइलमा Hai भनेर ‘टेक्स्ट मेसेज’ पठायो…त्यसमा पनि अब त स्क्रीन टच मोबाइल चाहिन्छ ….टी.भी. पनि एल.सी.दी मा रे…ओहो लेखेर साध्य छैन ‘केहि खुसी केहि बिस्मात’जस्तै बनाएको छ अहिले को परिवर्तनले….. जेहोस संचारको तीव्र बिकाससंगै नया-पिधीको बिकास पनि संगसंगे अगाडि जादैछ….जे भए पनि नेपाल र नेपालीको पहिचान र संस्कृति जोगिने अनि झल्किने गरेर फेशन,रहनसहन अनि क्रियाकलाप गरिदिनुहोला…जय नेपाल
यो परिवर्तन हाम्रो देशको नभयर बिश्वो परिस्थिति र अन्तरास्ट्रिय परिवेस को प्रविधिको क्षत्रमा आयको परिवर्तन हो र तेसैले हाम्रो देशमा पनि ल्यायको हो बिश्वोभारी ल्यायको छ!
हाम्रो बाल्यकाल र त्यो बेलाको काम कुराहरु समझदा एकाकिशिमको अनौठो मनोरंजन र शुखानुभुती दिन्छ! तर तेतिबेला जेथियो हामीसंग साह्रै खुशी थियौ!
बिशौ शताब्दीको उत्तरार्ध ९०को दशक र २१ सौ शताब्दीको पुर्बार्ध लाइ दाज्नेहो भने संसार कहाबाट कहा पुगेको छ! एउटा गाउ भयको छ तेसैले यो परिवर्तन संसारमा आयको प्रविधिको क्षत्रमा आयको सुचनाको क्षत्रमा आयको परिवर्तन हो!
तर बिडम्बना हाम्रो देशको राजनीति र सामाजिक सोचमा यसति कायापलट हुने परिवर्तन आउन सकेन!
९० अगाडी भटभटे बिलासिताकै सामानमा गनिन्थ्यो, अहिले त हग्ने पादने सबैसंग त्यो छ| राहदानी लिन गुन्टा कसेर काठमाडुमा आउनुपर्थ्यो| विदेश त टाठा बाठा मात्र जानसक्थे| अहिले त विदेश जाने मात्र होइन, ह्वार ह्वारती जान थालेका छन्| अंग्रेजी त के नेपाली पनि लेखपढ गर्न नजान्ने दुर्गम दार्चुलाका दुर्गामाया अमेरिका पुगेकी छिन| राजाको शाहीसेनाले दुख दियो भनेर अमेरिकामा शरण लिने राजावादीहरु पनि मनग्गे छन् भने माओवादीले दुख दियो भनेर शरण माग्ने माओवादी र अमाओवादी त कति हो कति!!
कुनै बेला रु १५० मा जागीर खानेले अहिले रु १५,००० वा अझ बढ़ी तलब खान्छ्न, १५ किमी हिडेर शहर जानेहरु आज सररर बसमा जान्छन, गाउका महिला र बुढा बूढीहरु समेत मोबाइलमा फोन गर्छन, आदि ईत्यादी परिबर्तन त हुन तर खासै ठुला भने होईनन! त्यो त समय संगै आएका हुन! धेरैजसो परिबर्तन त प्रबिधिको बिकासले ल्याएको छ जुन हामीले हैन अरुले गरिदिए र त्यो प्रबिधिसंगई भित्रीएका छन! परिबर्तनलाई २० बर्ष अघि हामी के थियेऔ र अहिले के छौ भनेर हेरेर मात्र हुदैन! येस्लई सापेक्षित रुपमा हेर्नु पर्ने हुन्छ! बीस बर्षमा अरुदेश्मा के कति परिबर्तन भए त्यो संग तुलना गरेर हेर्नु जरुरी हुन्छ! Absolute change लाई मात्र नहेरी rate of change लाई तुलना गर्दा थाहा हुन्छ हामी कति परिबर्तन भयेउ र कति हुदैंछऊ! अनि परिबर्तनलाई एकमुस्टमा नहेरी बिभिन्न बिधामा हेर्दा अझ सजिलो होला जस्तै सास्कृतिक, आर्थिक, भौतिक, दैनिक जीबनमा आदि मा आएको परिबर्तन! देशमा अझै पनि (देखिने गरी र लुकेर) हलियाप्रथा, दासप्रथा, जातीभेद, छुवा छूट, आदि बिद्यमान छन जुन कुरा २१ औ सताब्दिमा सोच्न पनि गारो हुन्छ! परम्परालाई कायेम गर्ने नाउमा यी र धेरै अरु कलंक रूपी कुरितिहरू राखी रहनु भनेको सभ्य समाज निर्माणमा भाजो हाल्नु नै हो!
समय र चेतना संग संगै हरेक समाज बदलिन्छन \ जब गाउको मानिस सहर पस्छन ,जब सहर का मानिस विदेश जान्छन उनीहरुले आफु बाचिरहेको जिबन भन्दा भिन्न देख्छन र उस्तै उस्तै चाहाना र परिबर्तन खोज्छन र आफ्नो ठाउ ,देश लाइ बदल्न खोज्छन या बदलिएको हेर्न चाहन्छन तर राज्य र राज्य चलाउने साशकहरु नागरिक ,समाज र देश बिर्सिएर आफु ,आफ्नो सन्तान ,आफन्त ,गुट ,पार्टी भनिरहन्छन तब जनता को सहि परिबर्तन ,चाहाना र देश को बिकाश सम्भब हुदैन जो नेपाल मा धेरै आन्दोलन .परिबर्तन भए पनि राज्य हाक्नेहरु ठिक नभएकाले देश र जनताको दुर्गति निरन्तर भैरहेको छ \ जनता आफ्नो ठाउ छोडी सहर ,विदेश जान बाध्य भैराखेकाछन् \ र आजको समयमा आफ्नो ठाउ छोडी गाउ ,सहर ,विदेश पस्नु भनेको साधारण रोजगारी मा परिबर्तन भएको छ जो जहा रहेपनि एउटा आम्दानीको काम त गर्नै पर्छ यहि बनिरहेको छ सहर र विदेश पस्ने यात्रा \ जहा सम्म अमेरिका पुगे पनि तीज मनाएकै छन् ,दशैमा राता टिका लगाएकै छन् र आआफ्नो बिचार अनुरुप संगठित भएका छन् भन्ने कुरामा जो जहा रहोस या जाओस आफ्नो चिनारी .मौलिकता ,धर्म ,रिति ,सस्कार ,सस्कृति र बिचार संगै लिएर गएका हुन्छन जो हत्पत्ति फेरिदैन र फेरिनु पनि हुदैन यसमा कसैले डाहा गरेर चिच्याई रहनु पर्दैन \ आफ्नो धर्म ,सस्कृति , देश र समाज भन्दा ठुलो संसारमा केहि छैन र हुने पनि छैन यो बिना मानिस जति सुकै उच्च पदमा पुगोस ,जति सुकै सम्पतिवाला बनोस उसको चिनारी र भित्रि मनको खुसि र शान्ति प्राप्ति हुने छैन \
यही पुस्ताका अगाडी हेर्दा हेर्दै धेरै कुरा हरु बदलिए | निर्दलिए हावा पनि माटो सुहाउदो एक दलिए बेबस्था थियो, बहुदली अर्थात् सयौ दलिए भन्दा पनि बढी दलिए भए | प्राए सबै नेपाली हरु आफ्नै गाउँ ,जिल्ला ,सदरमुकाम , शहर ,अंचल क्षेत्र हरुमै दुखम सुखम कृषिमै -बाध्यता भनु या अरुठोक्मै रमाउदै जीबन यापन गर्दै आएका थिए जसो तसो | संचारका मध्यम हरु सिमित र प्राय नगन्य थिए | जसका कारण जनताहरुमा जागरण र चेतनाका अभाबमा आफ्ना अधिकार र माग बारे उजागर गर्न सकेका थिएनन | बि .सम २०४६/४७ पछीको दसक हरुले संचार का मध्यम हरु दिन पर्दिन व्यापक हुदै गयो जना चेतना बढ्नुको साथै समाजमा आर्थिक, सामाजिक ,राजनैतिक उथल पुथल ल्याइदियो | मानिसहरु रोजगारी र अवसरको खोजि तर्फ सदरमुकाम सहर र विदेश तर्फ लग्न लागे | आफ्नो देशमा नेताहरुले जनताको निम्ति दिगो शान्ति ,उद्योग र रोजगारीको निम्ति केहि नगरेको महसुस गर्न थाले र आफ्नो भएको जग्गा जमिन बाँझो छोडेर भएपनि बेदेश पलाएन हुन थाले | यसले बिदेशी रेमिट्यान्स त भित्रियो तर यसले जग्गा ले दिने खाद्यान्न उत्पादन दिन प्रतिदिन ह्रास हुदैछ ,खाध्य संकट दिन प्रतिदिन बढ्दै छ | आफ्नो देशप्रति उजागर हुनुपर्ने युवा -युवती हरुको शक्ति जोश र जाँगर ह्रास हुदैछ | यसले देशको भबिष्य लाइ कता तर्फ डोर्याउने हो ! हेर्दा हेर्दै हामीहरु एकदमै बदलियौ हामीमा नैक्तिकता को बिकाश हुन छोड्यो ,सर्बे भबन्तु शुखिन ,सैबे शन्तु निराभए ,सर्बे भाद्रानी पश्यन्तु ,मा कस्चित दुख भाग भबेत ,रिचा मा लेखिएका जिस्ट हरु बिर्शन थाल्यु | मै खाउ मै लाउ ..का भाबना हरु बढ्दै गए ,शान्ति अमन चएन हराउदै गए |चोरि,डकैति ,लुटमार, भ्रस्टाचार अत्याचार दिन प्रतिदिन बढ्दै छ | नेता हरु सधै ,शान्ति -अमन चेन ,सबिधान ,सहमति ,चुस्त प्रशासन को सुगा रटाइ रटेको रतै छन | आफु सत्तामाभए सबै ठिक अरु भए जति राम्रो र सुधारका नीति हरु ल्याउन खोजे पनि बेठिक | सबै लाइ सत्ता नै चाहिएको छ | यहाका बुद्धिजिबी हरु, कानुन बिध हरु पनि बुद्धि र बिबेक लाइ पन्छाई आफ्नो पक्ष्य मात्र ओकालत गर्ने ! अनि हामी जस्ताले कुन ठिक कुन बेठिक कसरी पहिलाउने ? म त ठान्छु ०४६/४७ को परिबर्तन ले न हाम्रो शिरमा शिंग उम्रिन सक्यो ,न तल पट्टि पुच्छर नै !
तीन जनै बुद्धिजीवी का विचार चिन्तन योग्य छन . ती मध्य चैतन्य मिश्र को भविष्यवाणी अरु मनन गर्न लायक देखिन्छ .केहि वर्ष पछी नेपालमा आउन सक्ने परिवर्तन को भूकम्प को नतीजा के होला ! पहिलो सम्भावना , चीन वा भारत को प्रगती रफ्तार लाइ पछ्याउने कुरो एक तिहाई मात्र सम्भव होला. किनकी विगत अढाई दशक देखि मैदानमा देखिएका राजनेताहरुमा यस प्रकारको सपना वा परिकल्पना भेटिएनन . यी नेतावर्गको हाल सम्मको चालामाला बुझ्ने हो भने , बरु सिक्किमको लेन्डुप दोर्जे को मानसिकता संग निकै नजीक महसूस हुन्छ . अतएव , जतिनै तीतो लागे पनि , मिश्रजीले बताएको दोश्रो सम्भावना यथार्थमा परिणत हुने चाहिं दुइ-तिहाई नै देख्तछु , यदी वर्तमानका राजनैतिक खेलाडीहरुको चिन्तन र कार्य-शैलीमा शिघ्रातिशिघ्र ठोस र उल्लेखनीय सुधार न ल्याउने हो भने .त्यो परिवर्तन नेताहरुले स्वत:स्फुर्त किसिमले ल्याउँछ कि जनताको लाठो खाए पछी आउँछ , समयले देखाउला नै.
यो अहिलेको समाजमा मात्र भएको परिबर्तन हैन , त्यो भन्दा अगाडी पनि यस्ता परिबर्तन भएकै थिए , जंगबहादुर भन्दा अगाडी त नजाउ त्यसपछि हेर्दा पुस्तै पिच्छे आमुल परिबर्तन भएको देखिन्छ , त्यसबेला पनि मान्छेहरु अवसरको खोजीमा पहाड बाट तराई झरेकै हुन्, मुग्लान छिरकै हुन् , त्यहि भएर अहिले बेल्जियम, क्यानाडा, अमेरिका गए भनेर आपत्ति जनाउनु पर्दैन |
मिन पचासको छुटीमा घर नजिकको खोलामा दिनभर माछा मर्न पारी गाउको बूढाले मरी मरी लगाएको बासको बाध बिगारेको आज पनि ताजा छ! घरमाचै दिन भर पढेर बस्छु कतै जान्न भनेर दाईलाई भन्ने अनि दाई हिडे पछि टाप हानेर खोला मा. बेलुका घर फर्किदा दाई ले हात हेर्ने, दिनभर जाडो महिनामा पानी र हिलोमा हात कस्तो हुन्छ :). बबाल कुटाइ खाईयो तर भोलि फेरी same routine ! खोइ अब त खोला पानी सुकेछ. दसैँमा खसी किनेसी कसको ठुलो खसी भनेर बाख्रा चाराउन जाने, सरकारी school को निलो shirt अनि गाडा निलो pant अनि तेस्मा गटीवाला जुत्ता संगै दसैँ लागथियो! अलिक ठुलो भएसी खेत खन्दा र गाईलाई भुसा काट्दा बसेको ठीउला आज पानी हातमा छ!
पुलिस देखेसी किन हो तेसै डर लागेको हिजो जेस्तो लाग्छ! खोइ तेही पुलिस हो आज नि? यो भन्दिन कि सब बिग्रेको छ! पकै होइन ! २ ओटा कुरामा धेरै प्रगति भो १. School र २. Telecom . अनि धन्न China छ नजिकै र सबले TV हेर्न पाए!
बाकी अरु बिग्रेको होइन! बिग्रिनलाई केहि बनेको हुनु पर्छ! हाम्रोमा समय आनुसार केहि पानी बनेन अनि जति बनेका थिए तेस्लाई maintain पनी गर्न सकेनौ!
प्रविन गिरिको बेलुका ९ बजेको समाचार पछि RA343 काठमाडौँ – Amsterdam सुनेको अजै याद छ! RNAC लाई बडाउने कुरा त छोडौ maintain पनी गर्न सकेनौ! हरिसिद्धि Chinese इटा तथा टायेलमा माटो बोक्ने रेल थियो अनि माटो निकालेको ठाउँमा हामीले जुकाको मतलब नगई पौडी सिकेको! खोइ त्यो हरिसिद्धिको इटा टायेल अहिले के भो के भो!
नेपालमा राजनीति गर्ने नेता मात्रै भए Leadership भाको नेता सयेदै कोहि भए र अजै पनी कोइ देख्दिन!
लेख र कमेंथारू राम्रो लाग्यो . आफ्नु देशमा रोजगारी नपाए पछी विदेश गएर रोजगारी गर्नु त युवाहरुको बाध्यता नै भएको छ. राजनीति गर्ने नेताहरुमा बिबेक सुन्यता छ,दुर्द्रिस्ती छैन .कुर्शी मोह बढेको छ. नेता असल नभए पछी जनताहरु जति नै इमान्दार भए पनि केहि नहुने रहेछ . आआफ्नै देशमा कल कारखाना ,उद्योग धन्दा खोलेर देशको युवा जनसक्तिलाई काममा लगाउन सके युवा जनसक्ति पनि बिदेने थिएनन् र देशको बिकाश पनि हुने थियो. खै के गर्नु ? नेताहरुले यो कुरा बुझेनन् .यस प्रकारका छलफल कार्यक्रम मा नेताहरुलाई श्रोता बनाएर विद्वान बक्ताहरुबाट प्रबचन गराएर नेताहरुलाई तालिम दिनु पर्ने भयो.नेताहरु नसुध्रिए सम्म देश बिकाश हुदैन .नेताहरु विदेशबाट ल्याउन पनि मिल्दैन .हाम्रै नेता लाइ सक्छम नबनाई शुख छैन .
कुरो ३८-४० साल तिर को हो,
नेपालाँ उस बेला इन्डियामा बनेको बेतको डण्डी भएको र कटनको कपडाको छातो मात्र पाइन्थ्यो / हाम्रा बा ले “अटोमिटिक छातो” किनेर ल्याउनु भएछ / ओहो !! क्या गजब !!! एउटा औलाले खिचिक्क थिच्यो कि छातो आफै खुल्ने !!! गाउ-टोल भरि नै चर्चा-ख्याती कमायो त्यो छातोले, तल्ला-घरे काका ससुराली जानु पर्यो भने टुप्लुक्क हाम्रो घरमा झुल्की हाल्थे छातो माग्न, कहिले काही माथ्ला घरे ठुलोबा पनि घाम-पानी जोगाएर चलाउने सर्तमा त्येही छातो लिएर नै बजार जान्थे /
कुरो ४४-४५ साल तिरको हो,
हाम्रो पुर्बी तराइ तिर SLC बोर्डमा आए प्लान जाने अनि गुल्टियो भने पनि विदेश तिर पढ्नु-जाच दिन जाने चलन थियो (भन्नाले बिहारको बीरपुर) / त्येस्तो खालको विदेशको बिसेसता के भने त्यहाको कर्मचारीलाई खुसि पार्यो भने चीट त् के लाइब्रारी नै लिएर गए पनि हुने रे / तर त्यसै सिलसिलामा हाम्रो केहि मित्रहरु चाही फेल भएछन अचम्म ??? कुरो के परेछ भने उसबेला नेपालाँ त् बिदेशी सामान अलि अलि भए नि पाइने तर बिहारमा त पटक्कै नपाइने / हो त्येही बेलामा एक प्रकारको डटपेन (ball -pen ) नेपालमा पाइन्थ्यो जसले लेख्नु मिल्नुको अलावा डिजिटल घडीको पनि काम गर्थ्यो / बास्तवमा नै त्यो एउटा जटिल प्रबिधि युक्त सस्तो तर उपयोगी उत्पादन थियो / हाम्रा ठिटाहरुले पनि त्येही डट-पेन लिएर गएछन जाच दिन बीरपुर / त्यहाको गुरु-कर्मचारी बर्ग त्यो कलम देखेर फ्ल्याट खाएछन अनि केटाहरुले पनि मौकाको फाइदा उठाउदै त्येही कलम उपहार दिएछन तिनीहरुलाई / अनि त् के चाहियो र ??? तिनीहरु यति प्रभावित भएछन कि, यति प्रभावित भएछन कि, ती गुरुबाहरुले नै चिट चोर्न सजिलो होस् भनेर ब्ल्याक बोर्डमा नै उत्तर आफैले लेखि दिएछन, ठिटाहरुको काम केवल सार्ने मात्र तर दुर्भाग्य त्येतिनै बेला बाहिरबाट जाचकी आएछन अनि त् उक्त्त परीक्ष्या केन्द्रको सम्पूर्ण रद्द गरिदिएछन् /
आज त्यी “अटोमिटिक छातो” र ” डिजिटल घडी युक्त कलम” को महत्व कौडी बराबरको पनि छैन / यसलाई भौतिक साधन-प्रशाधनहरुमा हाम्रो पहुच सहज भएको एउटा राम्रो उधाहरणको रुपमा किन नलिने ???
कुरो ४५-४६ साल तिरको हो
एक साझ काठमाडौँको नया सडक तिर हिडीरहेको थिए, साझ अलिक छिप्पिसकेको नै थियो तर पनि मानिसहरुको चहल-पहल बाक्लै नै थियो सायद बिबाहको सिजन हुनु पर्छ धेरै महिलाहरु झपक्क गर-गहना लगाएर हिडिरहेको देखिन्थे बाटो भरि जुन अत्यन्तै सामान्य दृश्य थियो / ठीक त्यसै बेला एक हुल भारतीय पर्यटक पनि त्येतै हिडी रहेको थिए तिनीहरुले आपसमा गरेको कुराकानी मेरो कानमा अझै पनि गुन्जी रहेको छ , तिनीहरु भन्दै थिए ” देखो देखो ये लड़किया रातों मे भी सोने के जेवर पहन के अकेली चलरही है, बाह क्या बात !!!”
हामीले के गुमायौ ? र के पायौ ?,,,,,,,
तेन्जिंग गाबा “हिमाली”
sounds like another Buddi Sagar in making, please keep writing, this is really funny stuff to read.
लेख र कमेन्टहरु राम्रो लाग्यो .युवाहरु बिदेशमा रोजगारी गर्न जानु ,आफ्नु खुट्टामा आफै उभिनु लाइ सकारात्मक रुपमा नै लिनु पर्छ .आफ्नो देशमा रोजगारी नपाएपछि युवाहरु बिदेशमा पलायन हुनु युवाहरुको बाध्यता नै हो.देश हाक्ने राजनीतिक नेताहरु बिबेक सुन्य र कुर्शी मोहमा तल्लिन भए पछी जनता हरु जति नै इमान्दार भए पनि देशको बिकाश नहुने रहेछा.एउटा दुर दृष्टि भएको इमान्दार नेता नेपालमा जन्मन नसक्नु नेपालीहरुको दुर्भाग्य नै हो . नेता असल भएन भने व्यवस्था जतिनै राम्रो भए पनि काम नलाग्ने रहेछ . यस्ता प्रकारका छलफलमा राजनीति गर्ने नेताहरुलाई श्रोता बनाएर विद्वान हरुलाई बक्ता बनाएर कार्यक्रम संचालन गर्नु झन् राम्रो हुन्छ . नेताहरुलाई राजनीतिको कखरा सिकाउने पर्ने भयो .हाम्रै नेतालाई सक्छम नबनाए उपाय पनि छैन . नेता हरु बिदेस बाट झिकाउन पनि मिल्दैन .
परिवर्तन नेपाली समाज मा मात्र होइन , विश्व का हरेक समाजमा भएका छन् !नेता भ्रस्टचारी नभएको भए हामी धेरै उकालो लग्थेउ , सबै नेपाली बिदेशी गुलाम हुनु पर्ने थिएन. बाद हरुको गलत प्रयोग को चपेटा मा हामी सबै नेपाली पिल्सिरहेका छौ
समय धेरै बदलियो . धेरै परिवर्तनहरु भए . यहाँ कसैलाई कसैको डर, लाज लाग्न छाड्यो . मान्छे एक किसिमले आत्मनिर्भर हुन थाले . अरुको कमजोरी, दोष देखाउदै आफ्नो दायित्व बाट पन्छिने बानीको बिकाश हुन थाल्यो. समग्रमा समाज उज्यालो बाटो तिर लम्कने प्रयाश मा लागि रहेको छ मलाई चाही यो बिषय सार्है सान्दर्भिक र अवास्क्यक लाग्यो,समस्या भनेको हम्रो चारै तिर छ ,समाज,राजनीति,अनि विपन्नता,बसाईसराइ अनि परदेशी सस्कारले कस्तो रुप लिने हो भन्न गार्हो छ,भबिस्यमा,यो पुस्तामाथि राज्यको नियन्त्रण पनि सारै फितलो छ
मेरो बिचारमा, अहिले देशमा एउटा नया जागरण अनि चेतना को जरुरि छ, मानिसहरुले के गर्दा देशको बिकाश हुन्छा, युरोप, अमेरिका, इंडिया, चिना मा के कारणले विकास वैरखेको छ, तेस्को राम्रो संग अध्धयन नगरेको जस्तो लाग्छा . देशमा बिजुली नहुनु, विदेश बाट आएर अरबौ लगानी गर्छु भन्नेलाई राजनीतिक अनि सामाजिक ( Nepal बन्द,चक्का जाम ) तवरबाट सहयोग नमिल्नु, सरकार संग लगानी भित्राउने कुनै निती नहुनु, उचित र पारदर्शी कर प्रणाली नहुनु, उचित पारिश्रमिक कानुन नहुनु, विदेशबाट हामीले पनि केहि siknuparchha
सूचना र प्रबिधि मा केहि बिकाश भएपनि देश चै आर्थिक र सामाजिक रुपमा झन् झन् कम्जोर भाको छ. अहिलेका युवा बर्गमा अनुसासन चै पटक्कै छैन .
मेहनत थोप्पो नगरिकन चुत्किको भरमा धन कमाउने लालच बढेको छ सबैमा .
खोइ बिग्रेको भन्नेको कि सप्रेको भन्ने .
मलाई लाग्छ हामी नेपाली एउटा ठूलो परिबर्तनको संघारमा उभिएकाछौं | यी परिबर्तनका केहि दृश्यहरु त देखि पनि सकेका छौं | वास्तबमा यो परिबर्तन धेरै पिडादाई हुनेछ हामी नेपालीको लागि भन्ने मेरो अन्तर हृदयमा लागेको छ |
संस्कार, सोच र संयन्त्र ठिक नभई सहि अर्थमा बदलिदैन समाज , अहिले नेपालमा संस्कार थोरै बदलिएको छ , सोच र संयन्त्र त उही हो नि .
निश्चय नै समाज मा धेरै परिवर्तन आएको छ, बर्षौ को थिचो मीचो जात जाति सानो ठुलो को पर्खाल भत्किएको छ| यो ठुलो उपलब्धि हो | तर अब नया धरातल को जग कस्तो हुने बारे भने अन्योल नै छ | ३० % नेपाली आफ्नो घर दैलो मा छैनन् | त्यसको अधिकांस भाग आफ्नो, परिवार को आर्थिक स्तर मा परिवर्तन को लागि ज्यान समेत जोखिम मा राखी विश्व का कुना काप्चा मा पुगेका छन् | पैसा को खोलो देश भित्रिएको छ | पैसा मिहिनेत ले कमाएका छन् र कमाउने लाई मात्र सो को मूल्य थाहा छ | घरै बसी सो मा येश गर्ने, आएको धन मा आफ्नो कब्जा जमाउने वा सो गर्न खोज्ने, तर्साएर/ लुटेर/ चोरेर वा अन्य तरिका बाट अन्याय गर्ने हरु को पनि अभिब्रिध्धि भएको छ.| यी सब लाई राम्रो दिसा दिन सुशाशन को आवश्यकता हुन्छ, सुशाशन हुन् राजनैतिक दुरदर्शिता चाहिन्छ, दुरदर्शिता भएको मा आँट, लगनशीलता र अठोट हुनु जरुरि छ भने समाज लाई डोराउने मन मस्तिस्क चाहिन्छ | तर खुट्टा तान्ने हरु बाट बच्ने साधन पनि चाहिछा | धेरै धेरै बर्षमा एउटा यस्तो सपुत janmanchha
समाज धेरै परिबर्तन भयो. किन १९९० मा जाने, संचार को क्षेत्र मा हेर्ने हो भने त नेपाल मा मात्रै होइन, संन्सार मै ठुलो परिबर्तन बहेको छ.२००१ मा यूके आउदा गाउ मा नै फोन थिएअन्. आफु तेतिखेर एमाले को राम्रै कार्यकर्ता भएको ले घर मा फोन गर्न पर्यो भने गाबिस को अफिस मा फोन गरेर आमा वा बा लाइ निश्चित दिन को निश्चित समय मा बोलाइदिन गाबिस अध्यक्ष लाइ भन्थे. उनि पनि एमाले को नै भएको र आफु ले उनि लाइ जिताउन मा ठुलो सहायोग गरेको ले उनि नतमस्तक हुन्थे र घर मा फोन गर्न सहज हुन्थ्यो, तर आज! मात्र १०-११ बर्ष मा येत्रो परिबर्तन आयो.२०४५ साल मा slc दिए पछी घर मा तेसै बस्दा अरबियन मुलुक मा महिना को १०००० तलव हुन्छ भन्दा कति धेरै हुदो रहेछ जस्तो लाग्थ्यो.
४७ साल मा गाउ मा नै पहिलो चोटी जेठा बा ले B &W TV किन्दा बेलुका हेर्ने मान्छे ५०-६० जना हुन्थे र स्वस्थानी सुन्ने कार्यक्रम ले फ्लोप खान्थ्यो. बास को खम्बा को टुप्पो मा राखेको एन्टिना घुमाउदा घुमाउदा हैरानी भैन्थ्यो. ४८ साल सम्म गाबिस भरि मा २ जना संग मोटर साइकल थियो. ४२-४३ साल सम्म ब्रिटिश/इन्डियन आर्मी का लाहुरे वा नेपाल आर्मी का un को मिसन मा गएर फर्किएका संग क्यासेट प्लेयर हुन्थ्यो र हामि तेस्लाई तेप्लिकट(टेप रेकर्डर) वा टेप मात्रै भन्थेउ.बिजुली नभएको ले बालाजु को everdy ब्याट्री राखेर शुरु का दिन गाउ क तरुनी को गित रेकर्ड राखेर मन जित्न खोज्ने लाहुरे हरु ब्याट्री को पैसा ले घायल भएर केहि दिन पछी रेडियो मात्रै बजौठे . दशैँ मा सबै मिलेर रोटे पिंग/ लिंगे पिंग राख्ने को लागि काठ कटान बन पस्दा खुब रमाइलो हुन्थ्यो. दशैँ को आगमन संगै बाटो को वरिपरी फाड़ेर बाटो राम्रो बनैथ्यो. दशैँ को १५ दिन अगाडी घर मा ढिकी मा चिउरा कुटने आलोपालो लगाइन्थ्यो. मात्र मसला/चिनी/मट्टीतेल/लुगा किनिन्थ्यो नगद दिएर, अरु सबै आफ्नो घरेलु उत्पादन ले पुग्थ्यो.समझदा केहि रमाइलो लाग्दछ .पृथ्वी राजमार्ग मा एक खुट्टे र दंदी बियो को गेम सिद्दिदा पनि गाडी आउथेन , नया लुगा लगाउन दशैँ नै पर्खन पर्थ्यो.
बिबेक जी ,
तपाइँ को कमेन्ट पढदा सार्है मजा आयो लाग्छ २०४५ साल पछि अहिले सम्म को फिल्म को कथा जस्तै छ / तपाइले एस्लाई नेपाली फिल्म को लागि कथाको रुपमा प्रयोग गर्न सक्नु हुन्छ / तपैले भनेका कुरा हरु सार्है एथार्थ अनि सत्य छ/ अब हेर्नुस ओबामा (अमरिकाको रास्ट्रपति) उहा को बुवा केन्या को अनि ओबामा जन्म्या हवाई, अम्रिका मा अहिले अमरिकाको रास्ट्रपति तेसैले ओबामा राष्ट्र पति अमरिकाको लागि हो तेसो भएर आज संसार एती छिटो परिवर्तन भएको छ कि तो हाम्ले सोच्न पनि नसक्ने गरि / भोलि नेपाली इम्मिग्रांत को छोरा छोरि कुनै देश को माथिल्लो तह , ठुलो नेता नहोला भन्न सकिन्न / तेसैले सब जना ले संकोचित भावनाले विदेश पलाएन भएकाले नहेर्दा राम्रो हुन्छ / विदेश पलाएन भएका लाइ उचित सम्मान दिएर उनि हरु बाट लगानी नेपाल मा गराउने नीति र कार्याक्रम बनाउने बाताबरण सिर्जना गर्नु पर्दछ नत्र भने बिदेशिएका व्यक्ति हरुका छोरा छोरि हरु नेपाल लाइ नभुल्न को लागि / नत्र दचिन र उत्तर बाट मात्र भित्रिने चैते व्यक्ति हरु तर हजारौ बर्स देखि बसी रह्या बिदेशिया हरु पलाएन हुने क्रम जारि रह्यो भने चैते र यथार्थ को बिचमा ठुलो खाडल होला जस्तो लाग्यो मलाइ ………..
I was also there in the program as an audience. To be honest, I did not like the program either because it was not an appropirate place to discuss such a complex issue within allocated time limit of ten minutes or due to massive gathering. One lesson I had from the presentation is that it is not the speakers who need to learn more, it is the audience that need to learn more about asking questions. We have a terrible habit of presenting themselves as questioners when in fact they were there as a disguise speakers. If simply do not know how to manage our time and roles, forget about anything happening in this country. There is a strong NGO led belief in Nepal that all problems can be solved through razamataz gatherings. Just look at the way we try to solve poverty alleviation by organizing poverty mela or FDI by celebrating Nepal Investment Year. The literary festival is one more event in this never ending gala.
हो त् अनि अहिले पुसता निकै भायग्मानी छ , सबै कुरा चलाउन पाको छ , हाम्रो पालामा टिवी हेर्न धनि मान्छेको घरमा गएर कुकुर जस्तो बस्नु पर्थो, यो कम्प्युटर भन्ने कस्तो चिज हो भन्ने कुरा मैले काठमाडौँ छिरे पछि मात्र देखेको हो / हामी स्कूल छुट्टि पछि दंदिबियो, लुकामारी गुच्छा जस्ता खेल खेल्थ्यौ र आफ्नु आमा बा को भनाइ शिरोपर गर्दै घरमै बस्थ्यौ ………………….तर अहिलेक युवा आफना परिवारलाई त सुको गन्दैनन, टिवी भन्ने थाहा छ मोबइल थाहा छ र खेलमा तास का त राजा नै हुन्छन / कसरि पैसा कमाउ अरुलाई छिर्के लाएर अगी बढौ, तेसैमा उनीहरुको मन केन्द्रित भै रहेको हुन्छ, अहिले को पुस्तामा अनुसासन भन्ने चिज पनि छैन र सिक्न पनि जानेको हुँदैनन्/ सम्मान खोज्छन तर अरुलाई सम्मान गर्न जानेको हुँदैन………………………हो माई संसारले भनेको कुरा साँचो हो २० वर्षा अगाडी र पछाडी को समय निकै परिबर्तन भाको छ तर राम्रो कुरा मा हैन नराम्रो कुरा लिएर /
परिवर्तनका दुइ पाटा छन ; देखिने भौतिक र राजनैतिक अनि महसूस गरी जानिने मानसिक वा अध्यात्मिक / अनि दुबैको सकारात्मक र नकारात्मक पक्षहरु छन /
यो हिसाबले मूल्यांकन गर्ने हो भने , सन्तोष गर्न सके पनि हर्षविभोर हुने ठाउं एकदम कम छ
व्यवस्था परिवर्तन ले ल्याएको नराम्रो नतीजा जनताहरुले प्रत्यक्ष अनुभव गरेका छन ; राम्रो परिणाम नेतावर्ग र दुइनम्बरि व्यापारीले मात्र उपभोग गरिरहेका छन /
तर मुख्य बदल्नु पर्ने नेपालीहरुको मनोवृत्ति र जीवन शैली भने २२ मात्र होइन ६२ वर्ष पहिले को भन्दा १०% पनि उँभो लाग्न सकेको पाइदैन / यसको कारण, विगतमा अकर्मन्य राजाहरु र नालायक नेताहरुले आफ्नो योग्यता ढाक्न पाइला पिच्छे जनतालाई सुनाउंदै आएको थेगो हो –
कहिले , ” पशुपतिनाथले हामी सबैको कल्याण गरुन !” फेरी कोहि बेला “सतिले सरापेको देशमा राम्रो काम गर्नेले न कसैबाट मदत पाउँछ , न जश नै!” भनेर जनताको आँखामा छारो हाल्दै,आ-आफ्नो गोजी र ढुकुटी भर्दै , अनि मठ मन्दिरमा माथा टेक्दै अभिनय गर्ने परिपाटी छ, जसलाई नेपालको ‘अद्वितीय धर्म र संस्कृति’को मुलम्मा चधाइएको छ /
यो नकली धर्म र संस्कृतिको तानाबाना छिचोल्नु नै आजको मूल चुनौती देखिन्छ /
I agree with you. The most degrading qualities at present compared to 1990s are “lack of trust” among us and “treating with people with selfish motive”. We lack the concept of community service (with selfless motive), spiritual living, and are careless about our responsibilities (being focused on our rights most of the time) both in family and public positions. For a quality and valued society, we need to learn how to provide quality service for clients/customers if we are in responsible positions. There are many things to learn and implement in order to bring positive change. Compared to 1990s, I just see the drastic change in politics (I am not sure whether this is all positive change but the bureaucracy is still instable) and increased need of technology with materialistic society. Although people are more informed (sometimes TMI – Too Much Information is not good too) via spreading information tech, this change is making lives more complex compelling people to leave the country (bring family disintegration), being more corrupt and criminals, selfish, cheater, and so on.
उमेश जी ले अहिले सम्मको सभैभंन्दा उत्क्रिस्थ मेरो संसार को लेख मध्ये आज को बहस ल्याउनु भयो / मलाइ लाग्छ कम्ति मा २-४ हजार कमेन्ट आउनु जरुरि छ /
उमेश जी ले यो लेखलाई २-४ महिना front page मा पहिलो सिर्सक मा राखी रहनु होला किन भने यो अति नै सन्धर्बिक छलफल छ / यो लेख लाइ २-४ महिना मुख्य पेज मा पहिलो नम्बर मा राख्नु हुन् मेरो अनुरोध छ र मलाइ लाग्छ ४-५ हजार कमेन्ट आउनु जरुरि छ /
परिवर्तन १९९० पछि संसार मै धेरै आएको छ किन भने इन्टरनेट र फ्री अर्थतन्त्र संसार मै फैलेको छ / आज मानिसह हरु जहा राम्रो अवसर छ तेही गएर ब्यापार गरेर बसेका छन् , जागिर खाएका छन् / अर्को कुरा नेपाली हरु ले german मा मात्र १०-१५ होटेल खोलेका छन् र थुप्रै resturant पनि अनि संसार को अम्रिका , युरोप तिर पनि खोलि बसेका छन् , ठुला ठुला ब्यबसाय , जागिर, प्राध्यापक भएका छन् , मैले सम्झंचु पंचायेत काल मा पासपोर्ट बनाउनु त ६ महिना कुर्नु पर्थ्यो , ठुला ठुला पुलीस रिपोर्ट बानाइ अनि पुलिस गाउमै गएर कुन राजनीति गर्छ भनेर बुझे पछि १ बर्स जति मा धेरै सिफारिस पछि मात्र पासपोर्ट बन्थ्यो/
अबको पुस्ता हरु करिब ३० लाख जति विदेश मै होलान अब तिनीहरु बिस्तारै नेपाल मा आफ्नु लगानी भित्राउदै जानेचन एदी देश मा राम्रो सरकार ( भारस्ताचार बिनाको ) अहिले हेर्नुस उद्योग मन्त्रलायमा जानुस कुनै उद्योग धन्दा दर्ता गर्न तेहा तपाइँ ले करौदो रुपया खुवाउनु पर्दछ उद्योग दर्ता गर्न लाई अथावा मन्त्रि नेता संग तपाइको छिन् जान हुनु पर्दछ / अब का दिन मा यी भर्स्ताचारी नेताहरु बुढो हुदै जानेचन वा राजनीति मा युबा हरु १०-१५ बर्स पछि औनेचन तेस्पाची सब ठिक ठाक हुनेछ / अनि विदेश मा होटेल , रेस्तुरांत , अनि ब्यापारी, जागिरे हरु पनि नेपाल मा लगानी गर्नेचन जस्तै भारत मा ठुला ठुला software कम्पनि हरु अम्रिका मा भएका भारतीय हरु ले खोले , तेस्तै गरि चिन मा भएका धनि हरु ले अम्रिका, अस्ट्रेलिया , युरोप मा गएर उद्योग धन्दा , ब्यापार गरि रहाचन तेस्तै गरि नेपाल बात बाहिर गएका युबा हरु पनि नेपाल मा लगानी गर्नेचन एदी बाताबरण बनेमा जस्तै केहि युवाहरु ले इजराइल बात फर्केर मदन /हरिबंस संग मिलि ठुलै तरकारी फर्म खोलेका छन् / तेसैले ढिलो चाडो नेपाल मा परिवर्तन आउने छ / यी बुढा नेताहरु ले तेती खेर मास्तिर वा राजनीति बात सन्यास लियिसकेका हुनेछन/
परिवर्तन एउटा लहर हो , भेल हो तो भेल नेपाल मा पनि आउनेछ तर विदेश मा बस्ने नेपाली लाइ नेपाल को नगरिकाता पनि राख्न पाउनु पर्दछ जस्तै गरि भारत मा पनि विदेश मा बसे पनि अर्कै देश को नागरिक भए पनि भारत को रहन्छ /
नेपाल को साचै छिटो छिटो बिकाश गर्ने हो भने dual citizenship नेपाली लाइ दिनु पर्दछ अनि तेस्पच्ची अरबौ रुपया नेपाल मा लगानी हुने बाताबरण हुने छ /
धन्यबाद ..
दिप ………
साथीले कुरा लाई घुमाएर दोहोरो नागरिकता मा ल्याएर टुंग ग्याउनु लाई चाही केहि स्वार्थको रुपमा नै हेरे जस्तो लाग्छ / दोहोरो नागरिकता नभएपनि तपाइले नेपालमा लगानी गर्न पाउनु हुन्छ अनि यदि तपाई त्यो कमाई विदेश लान चाहनुहुन्छ भने पनि सजिलै बाहिर लान सक्नुहुन्छ त्यसको लागि तपाइलाई दोहोरो नागरिकताको जरुरत नै पर्दैन / हो राजनीतिक स्थायित्व चाही अपरिहार्य छ , किनकी त्यो नै एक दह्रो खम्बा हो जसमा सबै ले समान रुपमा घुम्न पाउछन , अनुशाशित कर्मचारी , भ्रस्टाचार रहित राजनीति , राजनीति सुन्य कलेज , नैतिकवान नेता यति सबैको लागि चाही स्थायित्व चाहिन्छ / लगानीको लागि उचित वातावरण , दक्ष जनशक्ति सबैको लागि पनि स्थायित्व चाहिन्छ / तर देशै विकास गर्नलाई दोहोरो नागरिकता नै चाहिदैन सच्चा नेपाली मन मात्र भए पुग्छ देशको मुहार हसाउन सक्ने सपुत भए पुग्छ / अनि यस्ता सपुत जन्मिन लाई युग कुरिरहनु पर्दैन धन र मन भाको सच्चा नेपाली भए पुग्छ जो साचो रुपमा देशको विकास गर्न चाहेको हुन्छ /
रमेश जी ,
कमेन्ट को लागि धन्यबाद/ यो सब जन्मिएको देश प्रतिको माया हो अन्य केहि होइन / आज संसार मा कोहि पनि अम्रिकन /यूरोपियन /अस्त्रिलियन आदि ठुलो देश को नागरिक त्यागेर नेपाल फर्केला जस्तो लाग्दैन तेसैले नेपाल ले पनि नेपाली रगत को नाता भएका बिदेसिएका नेपाली दाजुभाई, बहिनि , छोरा छोरि लाइ उचित सम्मान दिएर लगानी भित्राउन मौका दिने हो भने भारत मा जस्तै बिदेशियिका डाक्टर, engineer हरु ले केहि न केहि भए पनि लगानी गर्ने थिए / मैले येहा राख्न खोजेको कुरा चाहि दोस्रो पुस्ता/तेस्रो पुस्ता को लागि हो ( पहिलो हाम्रो पुस्ता हरु विभिन्न कारण ले बिदेशियिका छन्) हाम्रो पुस्ता हरु लाइ त तपाइले भने जस्तो ठिकै होला तर हाम्रा छोरा नाति हरु त फर्कलान भन्ने संकी लाग्छ तो बिकसित राष्ट्र बाट तेसैले dual citizenship पनि एउटा उपाए हुन् सक्चाकी भनेर केहि लेख्ने जमर्को गर्या हो येस्मा मेरो कुनै स्वार्थ छैन /
पहिलेको के कुरा गर्नु, मैले २०४३ – २०५३ साल सम्म धेरै गुच्चा खेले. Rubber र गुच्चा त कति जिते जिते. मेरो जन्म २०३८ साल मा भएको हो. मैले १,२,३, सिकेको कार्ड खेलेर. बिहान खान खाएर rubber र गुच्चा को झोला बोकेर हिडेपछि बेलुका रात नपरी घरमा औदिनाथिये. कस्तो अचम्म यार, भोक तिर्खा केहि लाग्दैन थियो. school पनि कति bunk गरियो. घरमा पढेको भनेको बुबा हुनुहुन्थ्यो, त्यो पनि ३ क्लास पास गरेको. आमालाई बिहान देखि बेलुका सम्म खेति किसानीमा फुर्सद थिएन, बुबा पनि बिहानै काम गर्न जानुहुन्थ्यो, एकैचोटी बेलुका फर्कनु हन्थ्यो. के राम्रो, के नराम्रो, कसैले सम्झायेनन, homework सिकाउने कोहि थिएन, homework नगरेपछि school जान डर, अनि school नगई गुच्चा, तास, dandi बियो खेल्यो, दिन बितायो. age ५ हुदा देखि नै घास काट्ने र खान पकाउने भाग मा पर्थ्यो, गर्ने पर्यो. कम्प्युटर, video गमे, त सपना मात्र हो, थाहा पनि थिएन. रामायण र महाभारत हेर्न १ घण्टा हिडेर अर्काको घर्म जानु पर्थ्यो. तेही पनि कति गालि खाइयो, त्यो ब्लैक एंड white TV हेरेबापट. बज्याले कालो TV लाई color प्लास्टिक ले wrap गरेर color TV जस्तो बनाएको थियो, दिमाग तह तेस्को पनि मान्ने पर्छा.
School मा साथिहेरुले wai wai र biscuit खाएको देख्दा, मा पनि पैसा कमयेपाची तिनी हरु जस्तै गरि टन्न खान्छु भन्ने लाग्थ्यो. Ma padnama एकदमै talent थिए, क्लास मा सधै first हुन्थ्ये, साएद त्यो बाल्यकाल मा राम्रो environment मिलेको भए धेरै माथि पुग्न सकिन्थ्यो होला . एकचोटी १ क्लास मा १८ position भएको थिए, त्यो पनि २० जनामा, आफुसंग भएको rubber र गुच्चा बेचेर पेन्सिल र कापी किनी अनि first भएर prize जिते भनेर घरमा देखाए, घरमा पढेलेखेको कोहि थियेंना, मार्क शीत कसले हेर्ने!!
मेरो तह साथीहरु बाल्यकाल येसैगरि बित्यो, फिर्स्त time कम्प्युटर छोएको १७ बर्सको हुदा. तेस्पची धेरै मेहनत गरे, कम्प्युटर Engineering पढे, भगवान को कृपाले USA मा scholarship को opportunity मिल्यो र मास्टर्स सकाए. तेही पनि घर खेत सबै बैंक मा राखेर आउनुपर्यो, अमेरिका को लागि ल्याउने पोच्केट खर्च पनि थिएन, गरिब लाई कसैले ऋण पनि नदिने रैछन. USA आएर धेरै मेहनत गरे, अहिले Software कम्पनी मा काम गर्छु. बितेका दिन हरु समजदा कति आनन्द लाग्छा, बल्येकाल कहिले पनि फर्केर औदिना.
मलाई politics प्रति घृणा लाग्छा. नेपाल मा अलि कति develop भएको भनेको telecommunication मात्र हो, अरु तह झन् degrade हुदै गैराखेको छ. जबसम्म, असल नेता पैदा हुदैन, देस कहिलेइ पनि अगाडी लाग्दैन.
त्यो बेलामा गुच्चा सस्तो थियो, अहिले कति छ थाहा छैन, मैले १ rupees मा १२-१५ गुच्चा किन्थ्ये. पहिला जस्तो अहिले बच्चा हरु बाहिर जानु पर्दैन , घरमै बसेर इन्टरनेट चलौछां, game केल्छां . मेरो भान्जा ६ बर्सको भयो, उसको facebook छ, मैले २० बर्सको हुदा साथीलाई बिन्ति भाउ गरेर इमेल address खोल्न लगाएको थिए. Laptop चलाउन अमेरिका आउनुपर्यो, अहिले कम्प्युटर सहज भैसक्यो.
जतातै राजनीति, कर्मचारीतन्त्र पुरै भ्रस्ट भैसक्यो. Law enforcement छैन, कानुन गरिब लाई मात्र लाग्छा, electricity छैन, gas छैन, life security छैन, जुन थल मा खायो तेही थालमा हग्दै हिडचन, चिनजान नभई काम पौदैना, महंगीले खापिसक्नु छैन.
मा एकदिन mysansar मा लेख पठाउछु, आसा छ प्रकासित हुनेछा. कति लेख्नु, के के लेख्नु, देस समझदा frustration मात्र हुन्छा. आखिर हामि सबै जिम्मेवार छौ.
मलाई चाही यो बिषय सार्है सान्दर्भिक र अवास्क्यक लाग्यो,समस्या भनेको हम्रो चारै तिर छ ,समाज,राजनीति,अनि विपन्नता,बसाईसराइ अनि परदेशी सस्कारले कस्तो रुप लिने हो भन्न गार्हो छ,भबिस्यमा,यो पुस्तामाथि राज्यको नियन्त्रण पनि सारै फितलो छ !!
अहिलेको नेपाली समाज पिध नभएको लोटा जस्तो जति बेला नि जता नि लडी जाने खालको छ | अरु बिकसित देश को समाज जस्तो औद्योगिक क्रान्तिको युग, विद्युतीय क्रान्ति, विद्युतीय संचार, आदि अनेक आर्थिक क्रान्ति गर्दै कम्प्युटर अनि मोबाइल फोन सम्म को चरणबद्ध विकास नेपाली समाजले भोगेको छैन | क्रमिक ढंगले बढेको भएपो आधुनिक विकास अलि दिगो हुन्छ, हिड्न नजानी कन, युरोप अमेरिका को समाज को नक्कल गर्दै हावामा दौडेर कहिँ हुन्छा ? गाउमा बाटो पुग्नु भन्दा अघि मोबाइल फोन पुगेको छ तर गाउको आर्थिक विकास भने अझै मध्ययुगिन ताल कै छ, न त खेति गर्ने नया प्रबिधि आएको छ न त कसैलाई त्यसमा चासो नै छ | बरु आफ्नो स्तरले धान्न नसक्ने गरि खोक्रो शान देखौना पर्ने संस्कृति को विकास भाको छ | त्यो कसरि पुरा हुन्छ भन्दा नेपालमै काम गरेको पैसा ले हैन विदेश को रेमिटेन्स बाट आउने पैसाले | दुख गरेर पढेर, मेहनत ले जागिर खोजेर, इमान्दार साथ काम गर्ने लाई हाम्रो समाजले , लाटो , गोकते भन्छ अनि उसलाई न त बढुवा न सरुवा, न विदेश. तर जो टपर टुइया छ, घुसखोरी गरेर जागिर खाको दुइ बर्ष मै चारतले घर बनाउछ , अनेक जालसाजी गरेर सरुवा र बढुवा मिलौछ तेस्लाई चै हाम्रो समाजले राम्रो प्रगति गरेको मान्छ… तेस्तै कोइ ठग धन्दा गरेर राता रात माला माल हुन्छन तेस्लाई गतिलो मान्छे ठान्छन अनि . त्यस्तो गलत मान्छे हरुलाई इज्जत दिने समाज कता जादै छ भन्ने कुरा सजिलै बुजिनछ !! .. राम्रो समाज बन्नको लागि राम्रो आधार राम्रो मान्यता अपनाउनु पर्यो नि खोइ त? अनि त testo समाज पिध बिनाको भएर लडी रहन्छ. जस्तोलाग्छ |
समय धेरै बदलियो . धेरै परिवर्तनहरु भए . यहाँ कसैलाई कसैको डर, लाज लाग्न छाड्यो . मान्छे एक किसिमले आत्मनिर्भर हुन थाले . अरुको कमजोरी, दोष देखाउदै आफ्नो दायित्व बाट पन्छिने बानीको बिकाश हुन थाल्यो. समग्रमा समाज उज्यालो बाटो तिर लम्कने प्रयाश मा लागि रहेको छ.
म बिस वर्ष पहिले काठमाडौँ बाट अमेरिका जनालाई राति होंग्कोंग उन्दा काठमाडौँ माथि बाट तल झिलिमिली देखियेकियो थियो. तेई काठमाडौँ गत वर्ष काठमाडौँ बाट राती बहरैन को लागि उन्द्ड़ा तल अन्ध मुस्ती एउटा दुइटा पिलिक्क बत्ति देखे. पानी थाप्न राति भाउजु आमा दुइ बजे उठेको देखे अनि मलाई के लग्यो भने नेपाल मा लोक तन्त्र आएर ठुलै प्रगति गरेछा जस्तो लग्यो.
अब राम्रो पच्छे चाही के देखे भने मानिस मा केटाकेटी लै पढाउनु बाहेक अरु कुनै विकल्प छैन भन्ने बाबु आम लै लागेको देखे. KU को प्रिन्सिपल Doctor शर्मा ले भनेको र मैले देक्खे को पनि के हो भने. केटाकेटी लै दर्जेलिंग, karsang पढ्न जान नपर्ने भयेछा. रोग लागेमा वेलोरे, दिल्ही का जस्तै अस्पाताल नेपाल मै खुलेछा. ३ मिनेट अमेरिका कुरा गर्न दुर संचार को pco गएर ३०० रुपिया तिर्न नपर्ने भयेछा. सबैको हातमा फोन भयेछा.
समग्र मा भन्दा private सेक्टर ले सबै सुरु गरेछा . government २० वर्ष को भन्दा छन् खत्तम भयेछा,