मिडियाबारे सर्वसाधारणले धेरै बोलिसके, मिडिया क्रिटिक्सहरुले पनि धेरै बोलिसके। तर मिडियाको वर्तमान अवस्थाबारे स्वयं मिडियाका सम्पादकहरु चाहिँ के सोच्दा रहेछन्? के भन्दा रहेछन्? आज नेपाल लिटरेचर फेस्टिभलको बिहानको सेसनमा अहिलेका चल्तीका ठूला मिडियाका सम्पादकहरुले यसबारे सार्वजनिक रुपमा विचार विमर्श गरे। सहभागीहरु थिए- कान्तिपुर दैनिकका सम्पादक सुधीर शर्मा, नागरिक दैनिकका सम्पादक किशोर नेपाल र दि हिमालयन टाइम्सका सम्पादक अजयभद्र खनाल। सञ्चालन नारायण वाग्लेले गरेका थिए। निकै तात्तातो र रोचक बहस भएको थियो। कार्यक्रमको पूरै अडियो मैले भित्र राखेको छु। भित्र क्लिक गरी अडियो सुन्न वा डाउनलोड गर्न सक्नुहुन्छ।
कान्तिपुरका सम्पादक सुधीर शर्मा र नागरिकका सम्पादक किशोर नेपाल।
अडियो तल सुन्नुस्-
अथवा डाउनलोड गर्न यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस्।
फोटोका लागि मदन चौधरीलाई धन्यवाद।
निष्पक्ष पत्रकारिता नेपालमा बिकसित होस् भन्ने चाहना छ
हाल सम्म यौटा पनि भेट्न गार्हो छ
सुरज नेपाली
लेख्नेहरुले बोलेछन… व्यवसायिकता तौलेछन्… दुइचार ठुला कुरा घोलेछन्… एक-आर्कालाई पोलेछन्… – म त भन्छु, ” मिडिया-हाउसले पत्रिका छाप्ने पसल खोलेछन् … पत्रकार भन्दा बढी राजनीतिक दलको झोले छन्…”
नेपाली मिडिया हरु किन आदर पुर्बक सम्मानजनक सब्द प्रयोग गर्न र भाषिक सुद्धता लाई ध्यान दिदैनन ? उदाहरणको लागि – प्रधानमन्त्री बाबुराम भट्टराईले यसो भने भन्नु भन्दा यसो भन्नु भयो भनेको भय अलि राम्रो हुन्थ्यो होला ! कमसे कम सुन्दा र पढ्दा भाषा राम्रो भय अलि राम्रो हुन्थ्यो होला !
संचार मध्यम एउटा यस्तो क्षेत्र हो जस्ले समाज र रास्ट्रलाइ ठिक दिशा तर्फ डोराउन सक्छ \ हरेक अध्यारो चिर्न सक्छ \ हरेक अपराधी र अपराधलाइ बाहिर ल्याउन सक्छ \ बजिरहेको बाजालाई अझ मिठो गरि बजाउन सक्छ \ बज्न नचाहने ,दाया बाया गरि ताल मा बज्न नखोज्ने बाजालाई रोक्न र ठोक्न सक्छ तर बिडम्बना यो क्षेत्र खिया लागेका ,बज्न छाडेका ,उल्टो हिडेका जमात बाट प्रभावित र संचालित छ र देशको यो गति भैरहेको छ \देश र जनता को भबिस्य अध्यारो बनाउने जमात संग हातोमालो गर्दै आफ्नो उज्वल भबिस्य बनाइरहेको छ र त देश निर्णयको बन्दि बनिरहेको छ \
वसंतजी , निर्णय पछी त सन्धि पो हुन्छ .
अनिर्णयको चाहिं बन्दि हुनेगर्छ यो देश !
बहस असाध्यै समसामयिक भएको पाईयो. पत्रिका ले राजनीति चलाउने पनि होइन र राजनीतिले पत्रिका चलाउने पनि होइन .यी दुबैका आआफ्नै फरक फरक कार्य क्षेत्र छन्. देशमा जे जस्ता घटना घटेका हुन्छन तिनीहरुलाई जस्ताको तस्तै जनता समक्ष्य राख्नु र आबस्यकता अनुसार बिस्लेसन गर्नु पत्रिका को काम हो भने जनताको र देशको भलो हुने खालको कार्यक्रम निस्वार्थ भावले संचालन गर्नु र देशलाई निश्चित दिशा निर्देश दिनु राजनीतिक नेता हरुको कर्तब्य हो.
यो गोष्ठीमा सहभागी र सक्रिय हुनेहरु आखिर चारैजना एउतै गोत्र र संस्कारमा हुर्केका रहेछन . वहाँहरुले आफ्ना जन्मजात संस्कारलाई तिलान्जली दिएर खुल्ला दिमाग र फराकिलो सोचले केहि गर्ने हिम्मत जुराएमा यो संगोष्ठीको शीर्षक ‘ जहाँ शब्दहरु जीवन्त खडा हुन्छन ‘ भने जस्तै सु-परिणाम हेर्न पाइने आशा सार्थक होला. होइन यो त नाटक र अभिनय मात्र हुन् भने , आज देशका तमाम जनताले धिक्कारे जस्तै नेपाली मिदियातंत्रमा मात्र उही एक वर्गको पकड छ , जसको कुल जनसंख्या १२% भन्दा बढी छैनन् . यी महानुभावहरुले पिछडिएका र दबिएका समुदायबाट प्रतिनिधित्व हुने गरी सबै प्रकारको लोक-संचारका साधनहरुमा उचित ढंगले समावेशी नीतिलाइ कार्य रुप दिने काम थाल्नु भएमा नेपाली समाजले अनुभूति गर्ने निश्चित छ कि – It is Nepalese media , where the words come alive.
हात्तिको देखाउने दात, अधिकांस पत्रकार बिकाउ अनि राजनैतिक पार्टी पुछार हरु हुन्