Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

बन्दमा डिस्काउन्ट दिने चलन

Posted on September 14, 2012 by Salokya


तीन दिनभित्र दोस्रो बन्द थियो आज। बुधबार विद्यार्थीहरुले बन्द गरेका थिए। आज भने क्रान्तिकारी भनाउन रुचाउने वैद्य माओवादीको पालो रहेछ। कस्तो होला बन्द भनेको त कलंकीदेखि सुन्धारासम्म जाँदा कालिमाटी चोकमा मात्रै केही कार्यकर्ता थिए। जोश हराएका कार्यकर्ताहरु जस्ता देखिन्थे। फाट्टफुट्ट चलाइरहेका मोटरसाइकलहरु फर्काइरहेका थिए। कालिमाटी चोकबाहेक अरु कतै कार्यकर्ताहरुको नामोनिशान थिएन। बरु यसरी गाईवस्तुहरु सडकमा बसिरहेका थिए। मानौँ बन्दप्रति उनीहरुले समर्थन जनाइरहेका हुन्।


बन्दमा आजभोलि नयाँ चलन चलेको छ। पहिले जस्तो बिहानदेखि रातिअबेरसम्मै बन्द गर्नुको साटो अहिले केही घण्टाका लागि बन्द गरिन्छ। आज पनि त्यसैगरी बिहान ६ बजेदेखि १२ बजेसम्म बन्द थियो। यसरी डिस्काउन्ट दिँदा स्कूल कलेज त पूरै बन्द हुन्छन्, अफिस जानेहरुलाई पनि कम्ता दुःख हुँदैन।

अफिस जानेहरु पसिना पुछ्दै पैदलै गइरहेका देखिन्थे। महँगीले जनतालाई दुःख दियो भनेर फुटिसकेपछि पहिलो पटक बन्द गरेका थिए वैद्य माओवादीले। तर बन्दले पनि कम्ता दुःख दिएन जनतालाई। तर सहनै पर्‍यो! धन्न अहिले पूरै दिन बन्द गर्ने चलन हटेको छ। १२ बजेपछि जनजीवन सामान्य भएको छ मज्जैसित। अब फेरि कहिले, कसले बन्द गर्ने हुन् कुन्नि !

18 thoughts on “बन्दमा डिस्काउन्ट दिने चलन”

  1. nimesh, bkk says:
    September 15, 2012 at 5:19 pm

    जतिसुकै बन्द गरोस या टायर बालोस तर सरकारको एउटा रौँ पनि हल्लाउन सकिन भने बन्दको औचित्य नै के रह्यो भनेर बन्द गर्ने पार्टी र कार्यकर्ताहरुले कहिले बुझने ???

    Reply
  2. Suman bhote says:
    September 15, 2012 at 3:39 pm

    एमावोबादी, काग्रेस, एमाले ले बन्ध गर्यो भने गालि गर्न पाइने भयो, र तिनीहरु हाम्रो कमेन्ट बाट डराउछन् पनि….. तर बैध्य हरुलाई केहि फरक पर्दैन……
    के गर्ने हो अब????
    बरु एकचोटी यिनीहरुलाई पनि सरकार चलाउन दिनेकी??
    के गर्दा रहेछन हेरम यिनीहरुले?? देस यसै खत्तम छ, एकचोटी दिएर हेरम…

    Reply
  3. Bimal says:
    September 15, 2012 at 3:22 pm

    मेरो विचार मा बन्दहुनु भनेको हाम्रो नया पढीहरु को भविस्य अन्योल मा पर्नु हो! तसैले हामी सबै मिली यस देशव्यापी हिंसा लाई रोकौ! ~~~!!!जय नेपाल!!!~~~

    Reply
  4. Rabindra says:
    September 15, 2012 at 7:31 am

    जनताको नाममा जनतालाई नै दुख दिने यी पाजिहरुलाई के भन्नु खै ? हग्नेलाई भन्दा देख्नेलाई लाज भनेको यहि हो | यी स्वाँठहरुलाई त के छ र, बन्द भनिदिए पुगिहाल्यो | दु:ख कस्ट झेल्नु पर्ने त गरीब र सिधासाधा जनताले नै त हो | फेरी निहु चाहिं त्यहि निरिह सिधासिधा जनताको भलो हुने कुराको बनाउँछन् | बिडम्बना यहि नै छ | जसको नाम बेचेर राजनीतिको फोहोरी खेल खेल्छन, तिनीहरुको नै हात-खुट्टा बाँधेर तिनीहरुलाई नै सास्ती दिन्छन | अरु धेरै तरिका छन् नि बिरोध गर्ने | नेपालका नेतारुपी जन्तुहरु र तिनीहरुका स्वाँठ पुच्छरहरुलाई चाहिं बन्द बाहेक अरु केहि थाहा छैन | खोई के भन्नु | शब्द नै छैन यो मनको दु:ख ब्यक्त गर्न |

    Reply
  5. bishnu kapri says:
    September 15, 2012 at 7:21 am

    यो त हाम्रो नया नेपाल को चलन हो ,switzerland बनाउने भनौदा हरु लाई के नै फरक पर्छ र ?
    एस्तो बन्द ले ????

    Reply
  6. bkpandey says:
    September 15, 2012 at 3:41 am

    क्रान्ति ज्यु ले यो बन्द जनताको हितको लागि होइन ,जनता ‘बन्धक ‘बनाएर दुख सास्ती दिने काम मात्र हो.त्यसैले बाबुरामजी यस्ता बन्द को बिरुद्ध पनि गच्छेदार लाई लात हानी प्रहरी मुख्य बनाए जस्तै ,सहि थियो , बन्द गर्न नपाउने कानुन र त्यसको पालना गर्नको लागि सरकारी निकाय ,प्रहरी, सैनिक, लाई कानुन बमोजिम संचालन गर्यो भने १०/१५ गुन्डाले दुइटा टाएर बालेर लाखौ जनता लाई दुख सास्ती दिने बन्द लाई बन्द गरेमा आगामी चुनाब मा धेरै नेपाली जनता ले तपाई लाई धन्यबाद का साथ देस बिकासको लगाम तपाई को हात मा दिनेछन.मलाई यस्तो लाग्या छ .

    Reply
  7. manoz says:
    September 15, 2012 at 2:26 am

    मलाई एउटा पोलिटिकल पार्टी खोल्न मन लाग्यो, मेरो प्रोमिस एकदम सिम्पल छ, कहिलेइ बन्द आयोजना गर्दिन, जनतालाइ दुख दिने काम गर्दिन, सके सम्म सुख दिन्छु तर दुख दिन्न, मेरो नियत राम्रो भएर धेरै लामो भविस्यमा सुख पाउने नै भए पनि अहिले लाइ बन्द गरेर दुख चाही दिन्न.

    के एती प्रोमिस ले पार्टी चल्छ होला? के मेरो पार्टी लाइ समर्थन गर्नु हुन्छ?

    Reply
    1. Namdev Bhusal says:
      September 15, 2012 at 11:23 am

      मनोज जी अरुले त के गर्छन थाहा छैन तर मैले चाही तपाइको पार्टीलाई पूर्ण समर्थन गर्छु, नेपाली राजनीतिक पार्टी बाट राम्रो कुराको अपेक्छ्या गर्नु त बेकार हुन्छा , कम से कम जनतालाई दुख नदिए हुन्छा . ल पार्टी चाही छिट्टै खोल्नुस

      Reply
  8. mohan pun says:
    September 14, 2012 at 10:34 pm

    यो बन्द गर्ने चलन हटाउनु पर्यो, देशको दुर्दशा नगरौ, कसैको माग कसैले पुर्यौदैन भने तिमि आ-आफै कताकाट -मारमार गर तर जनतालाई बिचमा नल्याऊ,जनतालाई नउसकाउ र सरकारलाइ छेती नपुराउ/
    हामी जनताहरुपनि सचेत हुनुपर्यो, यिनी हरुको भासन सुन्न जानु भयन, विश्वास गर्नु भयन,आफ्ना छोरा-छोरीहरु माथि ध्यान दिनुपर्यो, बिधार्थीहरु या त एकजुट भयर यिनी हरुको सामना गर होइन भने आफ्नो पदैमा मात्र ध्यान दिनुस/
    हामीले हाम्रो विचार बदलेन भने आउदो १०० बर्समा पनि हामी यस्तै रहन्छौ र यिनीहरुले पालै पालो देश चलाउदै पेट मात्र भर्छन यसकारण गम्भीर भयर सोच्नु पर्यो….

    Reply
  9. deep says:
    September 14, 2012 at 9:15 pm

    जनता को लागि भने शब्द अगाडी सारेर नेता हरु आफ्नो सस्तो लोकप्रियता को लागि ,,राजनीतिक स्वार्थ पुरा गर्न को लागि फेरी तेही जनता लाई बिरोध को नाम मा आम जनता को दैनिक जीवनलाई नै अस्तव्यस्त बनैरको छ बन्द हड्ताल गरेर …..शान्ति को लागि भन्दै अशान्ति मच्चाउने हरु …..बिरोध गर्ने अरु तरिका हरु पनि त छ नि फेरी किन बन्द लाई नै हतियार को रुप मा प्रयोग गर्नु पर्यो ,,,,,अब बैध बा हरु जैले क्रान्ति को कुरा मात्र कुरा गर्नु हुन्छा लोकतान्त्रिक अभ्यास पनि गर्नुस न ,,,,,,

    Reply
  10. Durga Adhikari says:
    September 14, 2012 at 6:57 pm

    जनताको स्वोतंत्रता माथि जर्बरजस्ती बन्ध गर्ने जो सुकै पनि पशु हो/ बन्ध गर्न रहर गर्नेको बन्ध गर्ने अधिकार छ भने जसलाई बन्ध गर्ने रहर छैन, उनीहरुलाई पनि उनीहरुको अधिकारको उपयोग गर्न दिनु पर्छ/ प्रजातन्त्रमा हरेक बेक्तीलाई आफ्नो आफ्नो अधिकारको उपयोग गर्ने अधिकार हुन्छ/ यो अधिकार कसैले पनि आफ्नो तरिकाले उपभोग गर्न पाउनु पर्छ/ येस्मा कसैको पनि जबर्जस्ति हुनु हुदैन/

    Reply
  11. Nepali Ramesh says:
    September 14, 2012 at 5:59 pm

    देश मा भएका अनेक पार्टी र तिनका युवा संगठन हरु ले पालै पालो बन्द गरेर समय र शक्ति खेर फाल्नु भन्दा, पालै पालो देश बिकाश को लागि श्रम दान मात्र गरे पनि हाम्रो देश कति बिकशित हुन्थ्यो होला !!

    Reply
  12. Pradeep says:
    September 14, 2012 at 5:50 pm

    जनतालाई दुख दिनुको सट्टा महंगी गर्ने, कालोबजारी गर्ने र भ्रस्टाचार गर्ने लाई दुख दिए हुन्थ्यो नि ! जनताको नाम मा जनतालाई सास्ती अति भयो सबै बन्दकर्ता बाट !

    Reply
  13. kranti says:
    September 14, 2012 at 5:35 pm

    के को ‘बन्द’ नि यसलाई त ‘बन्धक’ भन्नुपर्छ | आजभोली जसले गर्ने गरेको भएपनि ती ‘बन्द’ होइनन | सरासर जनतालाई ‘बन्धक’ बनाइएको हो | उनीहरुकै खटन अनुसार यति बजे देखि यति बजे सम्म यो यो सडकमा हिड्न पाउने , यो यो साधन चलाउन पाउने त्यो चलाउन नपाउने , यो गर्न नपाउने त्यो गर्न नपाउने, यता मात्रै हिड्न पाउने, हामीले भनेजस्तो मात्रै गर्न पाउने … यस्तो व्यहोराका सार्बजनिक सुचना निकालिन्छन आजभोली पत्रिकामा | बिद्युत प्राधिकरणले लोडसेदिंगको तालिका निकालेजस्तो तालिका निकाल्छन बन्दकर्ताहरु | ‘बन्द’ त बिरोधका लागि आह्वान मात्र गर्ने कुरा हो जबर्जस्ति आफ्नो नियम अनुसार जनतालाई मान्न बाध्य पारिन्छ भने त्यो ‘बन्धक’ हो ‘बन्द’ होइन |
    म त सबै संचारकर्मीहरुलाई यो ‘बन्द’ होइन यसलाई ‘बन्धक’ भन्ने शब्द प्रयोग गरेर समाचार लेख्न आग्रह गर्छु | यदि सबै पत्रकारहरुले ‘बन्द’लाइ ‘बन्धक’ भनि नकारात्मक तरिकाले प्रस्तुत गर्दै जाने हो भने यीनीहरु लज्जित हुदै जान्छन र अहिले को आंशिक ‘बन्धक’ पनि हटेर जान्छ |

    बन्द गर्नु = बन्धक बनाउनु

    Reply
  14. achut says:
    September 14, 2012 at 5:22 pm

    मान्छे को आयु नै ‘डिस्काउन्ट’ दिने जात ले बन्द मा ‘डिस्काउन्ट’ दिनु राम्रै कुरा हो/

    Reply
  15. SURENDRA SUBEDI hongkong says:
    September 14, 2012 at 5:08 pm

    डिस्काउन्ट को चलन ले हाम्रो देस मा जरा नै गाडी सकेको जस्तोछ /सर्बोच्च अदालत ले सिकायो कि जस्तो छ यि बन्द कर्ता हरु लाई पनि/जे होस् नेपाली ले गर्ने नै बन्द बाहेक के पो जानेको छ र?जस लाई जे मन लाग्यो तेही गर्ने,के गर्नु र हामी निर्दो जनता ले जसो ,जसो सासु उसै,उसै बुहारी भने झैँ सहेर बस्नु को विकल्प नै कहा छ र?अब को पालो बन्द गर्ने खसी,बोका र बाख्रा हरु को होला नि?

    Reply
  16. Sisir says:
    September 14, 2012 at 4:11 pm

    गएको एक वर्षमा ५-७ चोटी petroleum product हरुको भाउ बडी सक्यो .. यो पनि बाबुरामको एउटा नया रेकोर्ड नै हो .. अब येही पारा हो भने जनताको मुख नै बन्द हुन्छ .. बन्द गर्ने लफडा नै हुदैन .. जनता प्रति कुनै सरकार उत्तरदाई हुन सकेन .. भासनले पेट नभर्दो रहेछ ..

    Reply
  17. Kusum says:
    September 14, 2012 at 3:25 pm

    आफु ५.३० मै अफिस आइयो . के गर्ने ? न आउँ भने ६.३० मा हाजिर हुनु पर्ने थियो. अनि बन्द सुरु नभई अफिस को गेट मा पुग्न परेन ?

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme