Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

आगोमा रेकर्ड राख्‍न खोज्नेलाई सघाउँदा ज्यानै गयो

Posted on December 13, 2012December 19, 2012 by Salokya

अपडेट (बिहीबार): सुरुङभित्र आगो लगाउँदै गर्दा बाहिरबाट आगो लगाइदिएपछि घाइते भएका दुई जना युवकमध्ये एक जना तनहुँ घर भएका २८ वर्षका सुरेश पन्थको आज उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको छ। अर्का घाइतेको काठमाडौँमै उपचार भइरहेको छ। ********** यसरी पनि देशको नाम राखिन्छ कहीँ ! आजभोलि नेपालमा ‘देशको नाम राख्ने’ खुब लहर चलेको छ। कुरा… Continue reading

वर्ष दिनमा पनि बिकेन ‘स्टार मल’

Posted on December 13, 2012December 13, 2012 by Salokya

माइसंसारका पुराना पाठक हुनुहुन्छ भने तपाईँलाई याद होला, गएको जनवरीमा स्टार मल लिलामीमा राखिएको बारे एउटा ब्लग राखिएको थियो। तर आज डिसेम्बर हुँदासम्म यो किन्ने कोही ग्राहक फेला परेको छैन। यो भव्य मल किन्ने कुनै धनवान व्यक्ति वा समूह अहिलेसम्म नभेटिएकैले पुस ४ गतेसम्म लिलामको बोलपत्र हाल्न मिल्ने गरी म्याद थप गरिएको छ। भवनको लिलामीको… Continue reading

विकल्प के ?

Posted on December 13, 2012December 12, 2012 by mysansar

नेकपा (एमाले) केन्द्रीय कमिटीको १९ औं बैठक (०६९ मंसिर २५–२७) मा योगेश भट्टराईले प्रस्तुत गरेको वर्तमान राजनीतिक निकासका लागि विकल्प पहिलो विकल्प १. विघटित संविधानसभाका राजनीतिक दलको बीचमा गोलमेच बैठक। २. उक्त बैठकमा राष्ट्रपतिले संविधानको धारा ३८ (१) अन्तर्गत सहमतिको सरकार निर्माणका लागि गरेको आव्हानलाई समर्थन गर्दै नेपाली काँग्रेसका सभापतिलाई सहमतिको प्रधानमन्त्रीका रुपमा हाम्रो पार्टीका… Continue reading

बिहे गर्न नमान्दा जिउँदै जलाइएकीले प्राण त्यागिन्

Posted on December 12, 2012December 12, 2012 by Salokya

अपडेट ३ (बुधबार): बिहे गर्न भागौँ भन्दा नमानेको भन्दै शुक्रबार पेट्रोल छर्केर जिउँदै जलाइएकी बर्दियाकी १६ वर्षीया किशोरी शिवा हास्मीको आज बिहान ७ बजे उपचारकै क्रममा वीर अस्पतालमा मृत्यु भएको छ। ९० प्रतिशत शरीर जलेको भनेपछि बिचरीको स्थिति पहिलेदेखि नै गम्भीर नै थियो। शनिबारदेखि त बोल्न पनि छाडेकी थिइन्। जिल्ला अस्पताल बर्दियाबाट शुक्रबार भेरी अञ्चल… Continue reading

श्रद्धाञ्जलिको एउटा तरिका – बाला चतुर्दशी

Posted on December 12, 2012December 12, 2012 by Salokya

आज बाला चतुर्दशीको दिन परिवारका सदस्यको दिवंगत आत्माको चीर शान्तिका लागि सदबिज छर्ने परम्परा छ। देशका विभिन्न भागबाट आउँछन् सदबिज छर्न पशुपतिपरिसरमा मानिसहरु। त्यसैमध्ये केहीले दिनभर अखण्ड दीप जलाउँछन्। महादिप बाली पूजापाठ गरेर रातभर जाग्राम बसी धान, गहुँ, जौं, मास, मुगी, कागुन र सामा मिलाइएको सप्तधान्ययुक्त सतबीज छरे पीतृहरुले मोक्ष प्राप्त गरी आफ्ना सन्तानलाई सुख… Continue reading

सकियो पदम कुँवर प्रकरण

Posted on December 11, 2012December 11, 2012 by Salokya

प्रचण्ड झापड प्रकरण आजदेखि अन्त्य हुने भएको छ। र, यो यसअघिका झलनाथ, सुशील कोइराला प्रकरणभन्दा खासै फरक ढंगले टुंगिएन। झापडलगत्तै माओवादीले आधिकारिक रुपमा र अनौपचारिक रुपमा दिएका प्रतिक्रियाहरु हेर्दा त एउटा निर्धो कार्यकर्तामाथि सिङ्गै पार्टी जाइलाग्ने जस्तो देखिएको थियो। प्रतिगमनकारी, देशीविदेशी तत्वको षड्यन्त्रदेखि वैद्य पक्षसम्म कत्रा कत्रा ठूला कुरा गरेका थिए पार्टीले। अहिले बल्ल वास्तविक… Continue reading

यस्ता छन् पुरस्कार जित्‍ने कार्टुन

Posted on December 10, 2012December 10, 2012 by Salokya

भ्रष्टाचारविरोधी कार्टुन प्रतियोगितामा उत्कृष्ट ठहरिएका तीन कार्टुनहरु कस्ता छन् त ? आउनुस् हेरौँ।

प्रचण्ड पनि पत्रकार ?

Posted on December 10, 2012December 10, 2012 by mysansar

-नवराज न्यौपाने- त्यो फोटोमा पत्रकारहरुले मात्र लाउने ‘प्रेस’ लेखिएको चम्किएको ज्याकेट लाउने मान्छे कस्तो ठ्याक्कै प्रचण्ड जस्तो देखिने मान्छे रहेछ है, भनेर सोच्नुभएको हो ? हो भने तपाईँ गलत हुनुहुन्छ। उनी प्रचण्ड जस्तो देखिने मान्छे हैनन्, एमाओवादी अध्यक्ष प्रचण्ड नै हुन्। नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सधारणसभा उद्‌घाटन गर्न प्रमुख अतिथि बन्न पुगेका प्रचण्ड राजधानीको… Continue reading

तपाईँ नेपालको भाग्यमानी १०% मा पर्नुहुन्छ, ९०% का लागि केही गर्ने कि !

Posted on December 9, 2012August 24, 2013 by Salokya

नेताहरुलाई हामीले धेरै गाली गरिसक्यौँ। गाली गरेरै देशको विकास हुने भए नेपाल अहिले विकसित देशको हाराहारीमा पुगिसक्ने थियो होला। हामीले हाम्रो देशको विकास गर्न एकजुट हुनुपर्छ पनि निकै पटक भनिसक्यौँ। एकजुट त हुने, तर केका लागि ? देश त बनाउने तर कसरी ? घर बनाउने जस्तो त हैन देश बनाउने भन्ने कुरा। उपाय के त… Continue reading

इजरायली डेरीबाट नेपालले के सिक्ने?

Posted on December 9, 2012December 9, 2012 by mysansar

-प्रभात खनाल/ डेनमार्क- आफ्नो स्थापनाको छ दशक मात्र पुरा गरेको मध्यपुर्बी देश इजरायल पेलिस्टाइनसँगको लगातार द्वन्दको कारण अन्तरराष्ट्रिय मिडियाहरुमा नियमितजसो छाउने गर्छ। तर उमेरको हिसाबले तुलानात्मकरुपमा विश्वमाझ कान्छो र लगातार युद्दको बाब्जुद पनि यो देशले छोटो समयमा नै निक्कै प्रगती गरेको छ। बिशेष गरी इजरायलको कृषि प्रनाली संसारभर प्रशिद्द छ। कृषिका सबै जसो क्षेत्रहरु बिशेष… Continue reading

कथाः नीला जीवित फर्की

Posted on December 8, 2012December 8, 2012 by mysansar

-दीप्स शाह- इजरायलीहरु भेट हुँदा, बिदा हुँदा अङ्गालो मारेझैँ गरेर गाला जोड्दै चुप्पा गर्दारहेछन् एकअर्कासँग। उनीहरुको यस्तो संस्कारले छक्क मात्र परिन नीला, सुरुसुरुमा उकुसमुकुस समेत भई। घरको चौपट आर्थिक अवस्था र नवीन (उसको श्रीमान) को भाँचिएको गोडाले निम्त्याएको बेरोजगारीले गर्दा आहत भएर इजरायल उडेकी रहिछे नीला सन् २००८ मा। मायालु लोग्ने र दुई लालाबाला छोडेर… Continue reading

विश्व ध्वस्त पार्न आतुर हल्लाखोरहरु

Posted on December 7, 2012December 7, 2012 by Salokya

विश्व ध्वस्त हुने भविष्यवाणी यसअघि पनि कयौँ पटक नचलेका हैनन्। ती भविष्यवाणी साँचो भइदिएको भए यतिबेला न मैले यस्ता अक्षर टाइप गरिरहेको हुन्थेँ, न तपाईँले यो सब मुसुमुसु हाँसेर पढिरहनुभएको हुन्थ्यो। तैपनि त्यस्ता हल्लाहरु हुन छाड्दैनन्। पछिल्लो पटक डिसेम्बर २१ मा विश्व ध्वस्त हुने हल्ला व्यापक छ। हुँदाहुँदा अब त मिडिया पनि हल्लाखोर भएर मान्छे… Continue reading

सुरुमा आश देखायो, बीचमा फकायो…अन्त्यमा फँसायो

Posted on December 7, 2012December 6, 2012 by mysansar

हेलो नेपालमा सुमार्गीका तीन चरण -विरोध कट्टेल- चरण-१ शुरुमा आशा देखायो! जब माओवादी नयाँ शक्तिको रुपमा नेपाली राजनीतिमा आयो, शुरुवातको दिनदेखि नै अजय सुमार्गी माओवादीको इमान्दार ब्यापारीको रुपमा देखा परे। पार्टीका नेताहरुलाई आफ्नो अनुकूलमा प्रयोग गर्न यिनले हेलो नेपालको राम्रै प्रयोग गरे। शुरुमा हेलो नेपालको उद्‌घाटन नै तीन तिर (काठ्माण्डौ, दाङ र रोल्पा) बाट तीन… Continue reading

यस्तो अवस्थामा पक्राउ परेका थिए पारस

Posted on December 6, 2012December 6, 2012 by Salokya

परिवारलाई छाडेर थाइल्यान्डमा बसिरहेका पूर्व युवराज पारस शाहले एकपछि अर्को गर्दै आफ्नो पारा देखाइरहेको सार्वजनिक भइरहेको छ। फ्रेन्च कट दाह्री, लामो-लामो कपाल, सेतो टिसर्ट र कालो प्यान्ट- माथि तपाईँहरुले देखिरहनुभएको फोटो पारस पक्राउ परेको बेलाको फोटो हो। थाई पत्रिकाले पहिलो पेजमा छापेको यो फोटो उनी पहिलो पटक गाँजा राखेको अभियोगमा पक्राउ पर्दाको हो। गाँजा राखेको… Continue reading

अनिल अम्बानीको कम्पनी किन्ने संघाईको हालत

Posted on December 5, 2012December 5, 2012 by Salokya

अनिल अम्बानी भारतका मात्रै हैन, विश्वकै सबैभन्दा धनीहरुको सूचिमा पर्छन्। उनै अम्बानीको नेपालमा गरिएको लगानी भने फेल खाएको छ। लगानी लिएर अम्बानीको रिलायन्स इन्टरटेनमेन्ट ग्रुप फर्किसकेको छ। तपाईँहरुलाई कतिको याद छ, कमलपोखरीको सिटी सेन्टरमा भएको बिग सिनेमा अहिले ब्रान्ड परिवर्तन गरेर बिग मूभिज भएको छ। बिग सिनेमामा अम्बानीको रिलायन्स मिडिया वर्क्सको लगानी थियो। तर मल्टिप्लेक्समा… Continue reading

प्रधानमन्त्रीमा सुशील कोइराला

Posted on December 5, 2012December 5, 2012 by mysansar

कयौँ दिनसम्म नामै प्रस्ताव गर्न डराइरहेको कांग्रेसले आज बिहान बस्ने केन्द्रीय समितिको बैठकले बल्ल आफ्ना सभापति सुशील कोइरालालाई सहमतीय सरकारको प्रधानमन्त्रीको रुपमा प्रस्ताव गर्ने भएको छ। हिजोको तीन दलको बैठकमा एमाले र कांग्रेसले प्रधानमन्त्रीको नाम मागेपछि आज कांग्रेसले यस्तो निर्णय गर्न लागेको हो। तर नाम तोक्दैमा सहमति भइहाल्ने भने हैन। सहमति खोज्ने क्रममा हुने विमतिको… Continue reading

भ्रष्टाचारको विरोध यसरी पनि

Posted on December 5, 2012December 5, 2012 by Salokya

भ्रष्टाचार नेपाली समाजमा कति गढेको छ भन्ने त भुक्तभोगीहरुलाई मात्र थाहा हुन्छ। अरुले अनुमान मात्रै लगाउने हो। भ्रष्टाचारको विरोध सबै गर्छन्। तर कोहीकोही मुखले विरोध गर्छन्, परी आउँदा सुटुक्क भ्रष्टाचार गर्छन् वा गर्नेलाई प्रत्यक्ष/अप्रत्यक्ष सहायता पुर्‍याउँछन्। भ्रष्टाचारको विरोधमा भारतमा जति पनि विरोध अभियान नेपालमा हुन सकेको छैन। यसै सन्दर्भमा युएन एन्टी करप्सन डे (आइतबार, ९… Continue reading

सहमति

Posted on December 4, 2012December 4, 2012 by mysansar

-बासु श्रेष्ठ/उडव्रिज, भर्जिनिया- अहिले नेपालको राजनैतिक वातावरणको नारा बनेको छ सहमति। दाँया फर्क सहमति, बाँया फर्क सहमति, माथि हेर्‍यो सहमति, तल हेर्‍यो सहमति। उसँग उसको सहमति, अर्काको अर्कैसँग सहमति। दल दल विचको सहमति, अनि दलभित्रै गुट गुट विचको सहमति। तर सबैको विग्रेको मति। अर्थात असहमति। मति नमिलेपछि केहिलेपनि गति लिन्न। त्यसैले देशलेपनि गति लिएको छैन।… Continue reading

सुमार्गीले सताएपछि कर्मचारी वैद्यको शरणमा

Posted on December 4, 2012December 4, 2012 by Salokya

एनसेल साहुलाई कम्पनी बेचेपछि कर्मचारी निश्कासन प्रचण्डनिकट व्यापारी अजय सुमार्गीले सताएपछि उनको टेलिकम कम्पनी हेलो नेपालका कर्मचारीहरु वैद्य माओवादीको शरणमा पुगेका छन्। ‘नेपालका सबै पार्टी र नेताहरु मेरा खल्तीका हुन्, तिमीहरुलाई म जे चाह्यो त्यो गर्न सक्छु’ भन्दै खाली कागजमा जबर्जस्ती हस्ताक्षर गर्न लगाएर श्रम ऐनविपरीत निकालिएको भन्दै क्रुद्ध कर्मचारीहरुले वैद्य माओवादीको साथ लिएर आन्दोलन… Continue reading

तीन वर्षमा दुई सिएनएन हिरो नेपालबाट

Posted on December 3, 2012December 3, 2012 by Salokya

अमेरिकी टेलिभिजन संस्था केबल न्युज नेटवर्क (सिएनएन) ले ६ वर्षअघिदेखि सुरु गरेको ‘सिएनएन हिरोज’ शृङ्खला यस पटक नेपालकी पुष्पा बस्नेतले जितिन्। विगत तीन वर्षमा नेपाली महिलाले यो उपाधि जितेको यो दोस्रो पटक हो। यसअघि सन् २०१० मा माइती नेपालकी अनुराधा कोइराला पहिलो पटक उपाधि जित्ने नेपाली थिइन्। समाजमा अतुलनीय योगदान दिने व्यक्तिलाई सम्मान गर्न सिएनएनले… Continue reading

Posts pagination

  • Previous
  • 1
  • …
  • 266
  • 267
  • 268
  • 269
  • 270
  • 271
  • 272
  • …
  • 284
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2026 MySansar | Powered by Superbs Personal Blog theme