‘कम निष्ट’हरुले संसदीय व्यवस्थालाई खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने पसल हो भन्ने गर्छन्। कम्युनिस्ट प्रधानमन्त्रीले हाँकेकै देशमा चाहिँ ‘पिउने पानी हो, पिउने पानी’ भन्दै रक्सी बेचिँदैछ। त्यो पनि गुपचुप हैन, खुल्लमखुल्ला। विज्ञापन गरी गरी। सहरका मुख्य मुख्य ठाउँमा याँमानको होर्डिङ बोर्ड ठड्याएरै। त्यो माथिको होर्डिङ बोर्ड हेर्नुभयो ? के बुझ्नुभो तपाईँले त्यो पढेर ?… Continue reading
मंसिर ७ आयो, मंसिर ७ आयो – फुस्सा !
उहिले जेठ १४ आयो, जेठ १४ आयो भनेर देशमा खुबै हङ्गामा मच्चाइन्थे, केही अघिदेखि चाहिँ एक थरिले मंसिर ७ आउन लाग्यो, मंसिर ७ आउन लाग्यो भनेर हौवा मच्चाए। राष्ट्रपतिले मंसिर ७ गतेभित्र सहमति गर्नुस् नभए म ‘कदम’ चाल्छु भनेर अल्टिमेटम दिए रे भन्ने कुरा मिडियामा आयो। मिडियामा आउने कुरा र हुने कुरामा धेरै अन्तर हुन्छ।… Continue reading
यस्तो छ हार्वर्ड युनिभर्सिटी
-विमल नेपाल- हार्वर्ड युनिभर्सिटी अमेरिकाको सबैभन्दा पुरानो र ठूलो उच्च शैक्षिक संस्था हो। हार्वर्डको इतिहास, प्रभाव र यसको सम्पत्तिको हिसाबले यो संसार कै अति प्रसिद्ध यूनिभर्सिटीमा दरिन्छ। अमेरिकाको उत्तर पूर्वी राज्य म्यासाचुसेट्सको क्याम्ब्रिज सहरमा अवस्थित यो युनिभर्सिटी सन् १६३६ मा खुलेको निजी क्षेत्र बाट संचालित संस्था हो। गत वर्ष यसले ३७५ औं वार्षिक उत्सव मनायो।… Continue reading
प्रचण्डलाई पदमले किन खुवाए चड्कन च्युरा ?
एक दशक सशस्त्र क्रान्तिको नेतृत्व गरी सबैभन्दा शक्तिशाली नेता बनेका माओवादी अध्यक्ष प्रचण्डलाई पदम कुँवरले शुक्रबार हानेको थप्पडको गुञ्जन अझै धेरै ठाउँमा सुनिएको छ। बस, टेम्पो र चिया पसल गफमा अनि सोसल नेटवर्किङ साइटहरुमा यसैको चर्चा मानिसहरुले गरिरहेका भेटिन्छन्। तर यस्ता साइटहरुमा पदमबारे गलत जानकारीहरु पनि राखिएका छन्। जस्तो आज एक ठाउँमा पदमले पोल्यान्डकी केटीसित… Continue reading
विदेशमा चाडपर्वको सम्झना
-लेखनाथ गौतम,टेक्सास- सदा झै यस्पाली पनि दशैं तिहार आयो र गयो । यताबाट नेपालतिर जाने लहर चल्यो । कोहि गए, नसक्ने गएनन् । बर्षभरी काम गरेपनी दशैं तिहारमा आफ्नै गाऊ फर्किने धेरैको चाहना पुरा भएन । जो गए उनिहरु भाग्यमानी थिए । यता उपलब्ध इस्टमित्र र साथीभाइ बिच नेपालमा झै गरि घटस्थापनाको दिन भन्दा पनि… Continue reading
प्रचण्डले नि भेटे चड्कन प्रहार
माओवादी अध्यक्ष प्रचण्डले आज आफ्नै पार्टीले काठमाडौँको भृकुटीमण्डपमा गरेको चियापान समारोहमा एक २५ वर्षका युवकबाट झापड खाएका छन्। योसँगै नेपालका तीन प्रमुख पार्टीका तीनै जना शीर्ष नेताहरु समान हैसियतमा पुगेका छन्- तीनै जनाले सार्वजनिक कार्यक्रममा आक्रमण भोग्नुपरेको छ। यसअघि झलनाथ खनाललाई सुनसरीमा कार्यकर्ता देवीप्रसाद रेग्मीले दुई वर्षअघि माघमा झापड हानेका थिए। अनि कङ्ग्रेस सभापति सुशील… Continue reading
भाइटीकामात्र हैन अब बहिनीटीका पनि रे !
भाइटीका एउटा रमाइलो चाड हो। तर जसको दिदीबहिनी छैन वा दाजुभाइ छैन, उनीहरु यो चाडमा खिन्न हुन्छन्। दिदीबहिनी नहुने दाजुभाइहरुका लागि विकल्प अनेक छन्। त्यही मध्येको एक विकल्प हो रानीपोखरीको यमलेश्वर महादेवको मन्दिरमा आउनु र त्यहाँ रहेका अपरिचित दिदीबहिनीहरुको हातबाट टीका लगाउनु र उनीहरुलाई पनि लगाइदिनु। वर्षको एक दिन मात्र खुल्ने रानीपोखरीको मन्दिरमा जाने मौका… Continue reading
चुनाव नभई थोत्रा नेता फेर्न पाइएन
गाइजात्रा शैलिकै व्यङ्ग्य हानेर सिस्नुपानी नेपालले देउसी भैलो खेल्ने गरेको केही वर्ष अघिदेखि हो। सिस्नुपानीको यो व्यङ्ग्यात्मक देउसी भैलोले माओवादी, कङ्ग्रेस, एमाले, मधेसवादी, राजावादी कसैलाई छाड्दैन, सबैलाई भित्तैमा पुग्ने गरी दनक दिन्छ। यो वर्ष पनि विभिन्न मिडियामा यसले देउसी भैलो गायो। उनीहरुले सत्तारुढ माओवादी, विपक्षी पार्टीलाई बढी व्यङ्ग्य गरेका छन्। भङ्ग भइसकेको संविधान सभाका सभासदहरुलाई… Continue reading
शुभकामना नेपाल संवत् ११३३ नयाँ वर्षको !
आज नेपालको मौलिक संवत नेपाल संवतको नयाँ वर्षको दिन। सँधै झैँ काठमाडौँको वसन्तपुरमा सांस्कृतिक झाँकीसहित विशाल र्यालीले नगर परिक्रमा गर्यो। राष्ट्रिय विभूति शंखधर साख्वाले काठमाडौँका सबै बासिन्दाको ऋण चुक्ता गरी ऋणमुक्त बनाएको खुसियालीमा यो संवत् सुरु भएको हो। हेर्नुस् आज बिहान खिचेका केही फोटोहरु
झिलिमिली बत्ती बलेको, लक्ष्मी पूजा गरेको
तिहारको आज महत्त्वपूर्ण दिन- लक्ष्मी पूजा ! दीपावली ! तपाईँहरु सबैलाई दीपावलीको शुभकामना। सबतिरको अन्धकार हटोस्। केही फोटो खिचेर राखेको छु। तपाईँहरुको तिहार कस्तो भयो, लेख्नुस् है कमेन्टमा।
तिहारै आयो..
काठमाडौँको सुन्धारास्थित जेडिए कम्प्लेक्स भवनको छतबाट देखिएको काठमाडौँ। यी फोटो सोमबार खिचिएको हुन्। लक्ष्मीपूजाको दिनदेखि मात्रै धेरैले बत्ती बाल्न थाल्ने हुनाले फोटोका केही भाग अँध्यारै देखिन्छ। विद्युत प्राधिकरणले लक्ष्मीपूजाको दिनदेखि तीन दिनमात्रै लोडसेडिङ नगर्ने बताएकोले सोमबार लोडसेडिङ कायम थियो। फोटोमा बायाँतर्फ तलतिर देखिने दृश्य केन्द्रीय कारागारको हो।
सुशील दालाई गीत गाउने रहरले अझै छाडेन
जिब्रोको क्यान्सरका कारण प्रष्ट बोल्न नसक्ने नेपाली कङ्ग्रेसका सभापति सुशील कोइरालालाई अचेल भाका हाली-हाली गीत गाउने खुबै रहर लागेको छ। अस्ति बसन्तपुरमा भएको पार्टीको आमसभामा उनले गीत गाए। आज ट्रेड युनियनहरुको कार्यक्रम भएको थियो राजधानीमा। सबै दलका भ्रातृ संस्थाका रुपमा रहेका ट्रेड युनियनहरुको उपस्थिति थियो। अनि शीर्ष नेताहरु पनि। एमाले अध्यक्ष झलनाथ खनाल र एमाओवादी… Continue reading
तिहारको झिलिमिली
काठमाडौँको चाबहिलमा रहेको केएल टावरमा तिहारको झिलिमिली यस्तो देखिन्छ। अरु ठाउँको झिलिमिलीको फोटो पनि क्रमैसँग राख्नेछु है।
कथाः बाउको इज्जत
-लेखनाथ काफ्ले- पश्चिम नेपालको कुनै एक गाउँको ५०–५५ धुरीको सानो टोल। पहिले पहिले घरहरु खरका छानोले छाईएका हुन्थे, त्यसपछि जस्ताका छाना आए। खरका हुन वा जस्ताका धुरी चाहिँ हुन्थे, अब त ढलानका घर बन्न थाले तैपनि घर गन्तिमा धुरी कायम नै छ। सदरमुकाम जाने बाटो, त्यो पनि कालोपत्रे। गाढा निलो रंगका पहाडमा कालोपत्रे तरेली परेको… Continue reading
सुशील कोइरालाले गाएको गीत सुन्नुस्
हाम्रा नेताहरु पनि अचम्मैका छन्। माओवादी अध्यक्ष प्रचण्डले आन्दोलनका बेला रेखासँग कुममा कुम जोडी डान्स गरेका थिए। त्यतिबेला सत्तामा सुशील कोइरालाहरु थिए। अहिले स्थिति उल्टिएको छ। सुशील कोइरालाहरु सडकमा छन्, माओवादीहरु सत्तामा छन्। अब माओवादीलाई सत्ताबाट हटाउन सुशील कोइरालाहरु आन्दोलन गर्दैछन्। नयाँ जनआन्दोलनको घोषणा गर्नुअघिको रिहर्सल मात्र रे आज- नेपाली कङ्ग्रेसले बसन्तपुरमा गरेको आमसभा। यही… Continue reading
सावधान! एकै क्लिकले तपाईँको पैसा लुटिएला
के तपाईँ नेपाली बैँकहरुको इ बैँकिङ सेवा चलाउनु हुन्छ? त्यसो भए सावधान है। आजभोलि साइबर अपराधीहरुले तपाईँको इमेलमा बैँकको नाममा छद्म इमेलहरु पठाई तपाईँबाट पासवर्ड थुत्ने प्रयास गरिरहेका छन्। यो हप्तामात्रै मलाई इन्भेस्टमेन्ट बैँक र नबिल बैँकको नामबाट त्यस्ता इमेल आएका छन्। इमेलमा तपाईँको अकाउन्ट डिसेबल गरिएको, सस्पेन्ड गरिएको र पुनः चालु गर्नका लागि फलानो… Continue reading
पुराणवाचक कै कर्तुत पुराण पत्रिकामा
पण्डित दीनबन्धु पोखरेल अहिलेका सबैभन्दा चल्तीका पुराणवाचक हुन्। सेलिब्रिटी पुराणवाचक भन्दा फरक पर्दैन। उनले पुराण भन्दै भजन गाउँदा मान्छेहरु जुरुक जुरुक उफ्रेर नाच्न पुग्छन्। स्वदेशदेखि विदेशसम्म उनलाई पुराण लगाउनेहरुले बोलाउँछन्, उनी सशुल्क पुराण भनिदिन्छन्। कतै कुनै कामका लागि अर्थ संकलन गर्नुपर्यो भने उनैलाई धेरैले सम्झन्छन्। उनको पुराण वाचनपछि मान्छेहरु चन्दा दिन तँछाड मछाड गर्छन् रे।… Continue reading
निजी विद्यालयको सरकारले मापदण्ड तोक्नुको तुक छैन
-डा. डोलेश्वर भण्डारी- “अब किताबका भारी बोकाउन नपाइने” र “निजी विद्यालयमा भर्ना तथा परीक्षा शुल्कमा बन्देज” भन्ने एक पछि अर्को गरेर प्रकाशित कान्तिपुर दैनिकका समाचारले धेरैको ध्यान तानेको हुनु पर्छ । निजी क्षेत्रवाट संचालन गरिएका स्कुलहरुमा सरकारले मापदण्ड तोक्नु राम्रै उद्देश्यका साथ भएको हुन सक्छ तर राम्रो उद्देश्य वोक्दैमा यसवाट राम्रा परिणाम आउँछन् भन्ने छैन… Continue reading
माल पाएर चाल नपाएपछि..
काठमाडौँमा बेलायतको जस्तै ट्राफिक लाइट शीर्षकमा माइसंसारमै राखेको ब्लग तपाईँलाई याद हुनुपर्छ। खासमा यो पेलिकन लाइट pedestrian light controlled थियो। अर्थात् पैदल यात्रुहरुले रातो बत्ती बाल्ने नियन्त्रण गर्न सकिने ट्राफिक लाइट। तर ती बत्ती प्रयोगमा आउँदा पैदल यात्रुले नियन्त्रण गर्न नसकिने बनाइएको थियो- दुरुपयोग हुने डरले। त्यति गर्दा पनि, ल हेर्नुस् त अचम्म, एक महिना… Continue reading
मुस्ताङतिर मुन्टिँदा..
मुस्ताङ यात्रा अनुभव–१ “भोलि बिहान ५ बजे काठमाडौँ जाने, १० बजे पोखरामा खाना…” विजयादशमीको टीकाको भोलिपल्ट ऋषिकेशको एसएमएस आयो। द्वादशीका दिन हामीले मुस्ताङ जाने भनेका थियौँ। तर हामी आफै निश्चित हुन सकिरहेका थिएनौँ। दशैँअघि नै लाङटाङको केन्जिङ गुम्बा जाने हाम्रो योजना लज्जास्पद रुपमा असफल भइसकेको थियो। सहयात्रीहरुले धोका दिएपछि यात्रा त रद्द भयो नै, गएको… Continue reading