Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

एनसेलसँग सबै* दङ्ग (*=ग्राहक बाहेक)

Posted on September 17, 2012September 17, 2012 by mysansar

-मदनमणि अधिकारी-

एनसेल, सीम बिक्री संख्याको दृष्टिले देशको सबै भन्दा ठूलो जीएसएम मोबाइल सेवा प्रदायक हो। राज्यको लगानी रहेको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको भन्दा धेरै ग्राहक आधार छ एनसेलसँग। दूरसञ्चार नियामक नेपाल दूरसञ्चार प्राधिकरणको व्यवस्थापन सूचना रिपोर्टले पनि नेपाल टेलिकम भन्दा एनसेलको ग्राहक आधार धेरै रहेको देखाएको छ। तर यस्तो ठूलो कम्पनीले घोषणा गरेको पुरस्कार भने विश्वसनीय छैन। एनसेलको उपहार योजनाको विशेषता धेरै छन्। एनसेलकी कर्पोरेट कम्युनिकेसन म्यानेजर सन्जु कोइराला एनसेलले घोषणा गरेको सबै पुरस्कारको राशी जति हो त्यति नै विजेताले पाउने बताउँछिन्। पुरस्कार बापत सरकारलाई तिर्नुपर्ने कर एनसेलले नै तिरिदिन्छ। त्योसँगै एनसेलको उपहार योजनाको अर्को महत्वपूर्ण विशेषता पनि छ- त्यो कसैले पनि नपाउन सक्ने। किनभने यसभन्दा अगाडिको बम्पर पुरस्कार हुण्डाइको कार पनि कसैले पाएको थिएन।

नपाउन पनि सकिन्छ
भदौ ३१ बाट लागु हुने गरि एनसेलले १० साताको लागि नयाँ उपहार योजना र्सार्वजनिक गरेको छ। यसको विवरण यहाँ हेर्नुहोला। एनसेलले यस भन्दा अगाडि पनि साप्ताहिक ५० रुपैंया खर्च गर्नेका लागि बम्पर उपहार कार, १० लाख र मोटरसाइकल पर्ने गरि ‘एनसेलसँग सबै दंग’ उपहार योजना ल्याएको थियो। फेब्रुअरी २६ देखी अप्रिल १४ सम्म चलेको योजनामा सात साता सम्म लक्की ड्र भए। एनसेलले राखेका उपहारहरु विभिन्न नम्बरलाई परे। तर साँच्चिकै ती उपहार पाउने र बोक्ने हात भने निक्कै कम थिए। बानेश्वरको एरभेष्ट होटलमा गरिएको लक्की ड्रका क्रममा केहीले उपहार पाए। तर सोल्टी होटलमा धुमधडाकासँग खोलिएको बम्पर उपहार भने कसैको हात परेन। वैशाख ४ गते एनसेलले बम्पर पुरस्कार घोषणा गरेको थियो। लक्की ड्र गरेर घोषणा गरिएको बम्पर पुरस्कार पाउने नम्बर ०७००६१६६२९० थियो। जसले एनसेलले राखेको दँग पर्ने उपहार हुण्डाइ कार पाउनेवाला थियो। त्यस्तै ०७००३४९८९४२ नम्बर भएकाले मोटरसाइकल र ०७००१७२४४६६ ले १० लाख। तर एनसेलले घोषणा गरेको बम्पर पुरस्कार कसैले पाएन। एकलाख, एलसीडी टिभी, आइप्याड, ब्ल्याकबेरी फोन परेको विज्ञापनहरु पत्रिकामा देखिए। तर लामो समय सम्म पनि एनसेलले बम्पर पुरस्कार परेकाहरुलाई न पुरस्कार हस्तान्तरण गरेको गर्‍यो। न पत्रिकाहरुले नै कसलाई पर्‍यो भनेर नै फलोअप गरे।

त्यतिखेर एनसेलले सात साता सातामा ५० रुपैंया खर्च गर्ने ग्राहकलाई एसएमएस मार्फ एक विशेष नम्बर दिने गरेको थियो। जसलाई लक्की ड्र गरेर विजेता बनाउने नियम थियो। ६ साता सम्म एनसेलले लक्की ड्र गरेर नगद एक लाख, एलसीडी टेलिभिजन, आइप्याड, ब्ल्याकबेरी स्मार्टफोन साथै पाँचसय जनालाई मेन ब्यालेन्स एक हजार दिने गरेको थियो। तर बम्पर पुरस्कार परेको न कसैले दाबी गर्‍यो न एनसेलले नै पत्ता लगाएर बोलाउने चेष्टा नै। दँग पार्ने भनेको उपहार साँच्चि नै दँग पार्दै ‘खरायोको सिङ’ भयो।

के भन्छ एनसेल?
एनसेलले सँधै र सबै उपहार योजनामा एउटा सर्त राखेको हुन्छ, त्यो हो आफ्नै नाममा रजिस्टर भएको सिम हुनुपर्ने। दँग पार्ने योजनामा पनि एनसेलले उपहार पाउनका लागि आफ्नै नाममा रजिस्टर भएको सिम हुनुपर्ने बताएको थियो। सायद त्यही कारणले होला उपहार दाबी गर्न नै कोही आएन भन्छिन् एनसेलकी कर्पोरेट कम्युनिकेसन म्यानेजर सन्जु कोइराला। ‘सायद उहाँले अरुको नाममा रजिस्टर भएको सिम चलाउनु भएको थियो होला, त्यसैले दाबी गर्न आउनुभएन।’ उनले कोही पनि उपहार दाबी गर्न नआएका कारण बम्पर उपहारको कार कसैलाई नदिएको बताइन्।

कसैले छोड्छ कार पुरस्कार?
हुण्डाइ कारलाई कम्तिमा पनि १६ १७ लाख त पर्ला नै। एनसेलमा कार पर्ने मानिसले आफ्नो नाममा सिम छैन रहेछ भने पनि कारका लागि जसको नाममा सिम छ त्यसलाई त खोजेर ल्याउँथ्यो होला। तपाइँहरु आफै भन्नुस त्यत्रो कार नै परेपछि अरुको सिम चलाएको भन्दै मानिस घरमा बस्थ्यो होला?

[अधिकारीको दूरसञ्चार र सूचना प्रविधिसम्बन्धी वेबसाइट दूरसञ्चारडटकमबाट साभार]

17 thoughts on “एनसेलसँग सबै* दङ्ग (*=ग्राहक बाहेक)”

  1. roobin karki says:
    April 10, 2013 at 12:57 pm

    एनसेलसगँ “सवै दगँ, एनसेल नेपालकै लागी” आदि आदि । यी नारालाई यसो भन्दा के होला ? एनसेलसगँ सवै भगं , एनसेल लुट्नकै लागी ।

    Reply
  2. Bimal says:
    September 18, 2012 at 6:42 pm

    एनसेलले नेपाली जनताहरु लाई दङ्ग होइन भङ्ग बनाउदै छ ! यो कुरा बुझनु आज नेपली जनताहरु लाई आवस्कता छ ! Thanks You ….

    Reply
  3. Deepak says:
    September 18, 2012 at 1:55 pm

    के गर्नु ठगहरु को जमात मा यो अन्तरास्ट्रिय ठग हो , कारवाही गर्ने हरु पनि मिलेर ठगी गर्न खोछ्ना, यसो सेवका परयोग नगर्नु नै ठिक होला

    Reply
  4. aryal says:
    September 18, 2012 at 1:06 pm

    एनसेल संग सबै दङ्ग होइन एनसेल संग सबै झसङ्ग भन्नु राम्रो होला

    Reply
  5. bikash shrestha says:
    September 18, 2012 at 12:33 pm

    Ncell को उपहार भनेको नै जाली हो . जनता लाई झुक्याएर पैसा लुट्ने दाउ हो / कहिले न पर्ने उपहार हो . चिट्ठा कसरि खोल्छा जनता को सामु खोल्न लगाउनु पर्छ / दसैँ तिहार मा टोल टोल मा खोल्ने चिट्ठामा त साचै नै कसै न कसै लाई पर्छ / तर अहिले सरकार ले बन्द गराएको छ . खोइ सरकार ले Ncell चिट्ठा बन्द गराएको / कहिले नपर्ने उपहार चिट्ठा त बन्द गराउनु पर्यो नि /

    Reply
  6. yukta says:
    September 18, 2012 at 12:15 pm

    अर्कै को नाम मा भएको सिम चलाएको हुँदा पुरस्कार लिन नआएको होला भन्ने तर्क हाँसो उठ्दो छ प्रमाणित कागज पत्र ,फोटो र फारम मा पुरा आफ्नो व्यक्तिगत बिवरण भरेर बुझाए मात्र सिम कार्ड पाइन्छ ! एनसेल को पुरस्कार दिने नियत भए उनीहरु को आफ्नै मुख्य कार्यालय को कम्प्युटर डाटा मा खोज्यो भने जुन नम्बरलाई पुरस्कार परेको हो त्यहाँ बाट पुरस्कार परेको ग्राहक को त्यो मोबाइल नम्बर तुरुन्त पत्ता लगाउन सकिन्छ अनि त्यो मोबाइल नम्बर को सिम जसको नाम मा छ उसको तिन पुस्ते परिचय र फोटो सहित पुरै व्यक्तिगत बिवरण कम्प्युटर स्क्रिन मा देखिन्छ !पुरस्कार परेको ग्राहक लाई सम्पर्क गर्दा स्विच अफ छ भने नियत राम्रो भए कुनै पत्रिका मार्फत ग्राहक को फोटो र बिवरण सहित बिज्ञापन दिएर पुरस्कार परेको र लिन आउने सूचना जारी गर्न सकिन्न थियो र ? सब ठगि र ग्राहक लोभ्याउने स्किम हो !

    Reply
  7. कुसुम ज्ञवाली says:
    September 18, 2012 at 7:29 am

    ठग्छन यी बेइमान कम्पनीहरूले भनेर जानेपछि, त्यस्ता मुला कंपनीको विश्वास गर्ने हामी पनि त एक हदका मूर्ख हैा नी त… कि कसो ?

    Reply
  8. subash bista says:
    September 18, 2012 at 1:39 am

    बास्तबमा पान पसल देखि ठुला ठुला पसलहरु सम्म पाउने यो Ncell ले अनेक बहानामा बिगत ४/५ वर्ष अघिदेखि नेपाली ग्राहकहरुलाई ब्रम्हलुट गर्दै आइरहेको छ | उपहारको बहानामा हामीलाई झुक्काए रहेको छ र सरकार पनि राजस्व पाएर दङ्ग छ | यसरि बिदेशी कम्पनीले हामी जस्ता ग्राहक हरुलाई मनोमानी ढंगले लुटिरहनु यो सरासर अमान्य हुनेछ | समयमानै संबन्धित निकायको ध्यान जाओस|

    Reply
  9. gopal says:
    September 17, 2012 at 11:24 pm

    मलाई पुरानु एउटा कथाको याद आयो, एउटा जंगलमा सिकारीले जाल राखेर चारो छर्दो रहेछ, सुगाहरु चारो खान जादा जालमा थुनेर लैजाने गर्दो रहेछ| त्यहि समयमा एउटा साधु हिडिरहेका थिए, सुगाका परिवार हरु बिलौना गरिरहेका थिए| साधुलाई दया लागेछ, अनि सबैलाई भनेछन, ल मैले भनेको सिक, तिमीहरुलाई कसैले पनि त्यसरी लान सक्दैन| सुगा हरु खुसि भने, साधुले * जालारी आयो जाल हाल्यो, चारो छर्यो, हामी सबै भागौ * भनेर सिकायेछन| ल तिमीहरुलाई अब केहि हुन्न अब चारो चर्न जाउ भनेछ|
    सुगाहरु रुख बाट हेरी रहेका थिए, सिकारी आयो, जाल हाल्यो , अनि चारो छर्यो र एउटा कुनामा लुक्यो| सुगाहरु सबै देख्दा देख्दै जालारी आयो जाल हाल्यो, चारो छर्यो, हामी सबै भागौ भन्दै चारो खान गए| बाबाजी टाउकोमा हात राख्दै एकातिर लागो|
    हामी नेपालि सुगाजस्तै लाग्छ| सबै थाहा हुदा हुदै मिठो चारो खाना जाने ……

    Reply
  10. Tulsi says:
    September 17, 2012 at 8:17 pm

    सोझा साझा नेपाली जनता लाई सबै ले ठग्ने भय / हामी कति अभागी भयछौ सबै ले ठग्ने / नेता, ब्यापारी देखि देसि- बिदेसी कम्पनि सम्मले /

    Reply
  11. yam pun says:
    September 17, 2012 at 7:15 pm

    चोरको सय दाउ, झुक्याउनेको हजार दाउ
    किन कोट्याउनु पर्यो फेरी फेब्रुअरीको घाउ
    तेरो पुरुस्कार तै संग राख, मलाई चाहिन्न
    लिन आउछ होला, झोला बोकेर तेरो बाउ

    Reply
  12. nabin says:
    September 17, 2012 at 6:06 pm

    NCELL र यो देश का राजनीतिक पार्टी र नेता हरु उस्तै हुन् …जसो हुन्छ नेपाली लै ठग्ने लुट्ने

    Reply
  13. पुष्प says:
    September 17, 2012 at 4:57 pm

    अर्काको नाउँको सिम चलाएकोले … – ठग कम्पानीको ठग तर्क । कतिञ्ज्याल यसरी ठग्दा हुन्, हेर्नुबाहेक अरु के नै गर्न सकिन्छ ! न सम्बन्धित निकाय बोल्छ, न त सञ्चारमाध्यम – दानापानी गुम्ने जो भइहाल्छ । तर एकदिन पाप धुरीबाट कराउँछ-कराउँछ । एनसेलको हालत पनि यूनिटीकै नहोला भन्न सकिन्न । तर क्यार्नु विदेशीहरू भागिहाल्छन्; जालमा पर्ने नेपालीहरू नै हुन् । त्यसैले आफ्नो देशका नागरिकहरूलाई ठग्ने काम नगरौ‌ कोइराला नानी !

    Reply
  14. HARI UPRETI says:
    September 17, 2012 at 4:30 pm

    जनता झुकाउने खेल हो यो ,सोझा सिदा नेपाली जनता .

    Reply
  15. Bishnu Chapagain tanahun says:
    September 17, 2012 at 4:25 pm

    सबैले सोझा नेपाली जनतालाई मुर्गा बनाउने मात्र त हुन् नि ,

    Reply
  16. Rijal Mahesh says:
    September 17, 2012 at 3:04 pm

    बल्ल सामाजिक economic concern को कुरा पढ्न मौका मिल्यो, येस्तै अरु थुप्रै कुरा छन् Debate गरेर Corporate Houses हरुलाई ‘खै’ गर्न पर्ने जस्तै
    १. Restaurant/Coffee House तिर menu मा VAT /Service Charge बिना नै दिनु अनि खान खाएपछि चै बिल हुर्केर आउनु पनि cheating नै हो जस्तो मलाई लाग्छ.
    २. बिज्ञापन हरुमा यो drink खयोभाने taller ,stronger , भन्दै फुकछन् , सम्बंदित निकाय ले येस्को पनि छानबिन गर्न पर्छ कतिको सत्येता छ भनेर.
    ३.College हरुले आजकल खुबै बिदेशी डिग्री भन्दै प्रचार गर्छन, कुन बिदेशी university को हो त्यो भन्ने खुल्येको हुदैन.
    ४.Insurance कम्पनी /commerical बैंक को Intrest rates पनि Confusing नै छ, अन्तिम मा भन्छन ‘सर्त हरु लागु हुने छ ‘ सुन्दा पनि अचम्म लाग्छ.
    येस्ता थुप्रै कुरा छन् जहाँ कम्पनी हरु ले consumer हरुलाई उल्लु बनाउदै छन् .

    Reply
  17. Nishan Pokhrel Mount Olive School KTMKTM says:
    September 17, 2012 at 1:22 pm

    N Cel सोझा जनता लाइ लुट्न पल्किएको फटाहा कम्पनी हो / खसी को टाउको देखाएर कुकुर को मासु बेच्ने धुर्त कम्पनी हो / उपहार को पछाडी लाग्ने जनता पनि विद्वान त पक्का पनि होइन / उपहार को लोभ देखाउनु भन्दा गुणस्तर बृदी गर्न तिर लागे राम्रो / सोझा सिधा जनता को खिल्ली उडाउदै सिधै लुट्ने काम NCel ले गरेको समाचार धेरै अगाडी देखि आइरहेको छ / बेला बेला मा सहि जानकारी गराउदै आएको My Sansar लाइ धेरै धेरै धन्यबाद /

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme