वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका क्रममा वैशाख ११ र १२ गते उम्मेदवारको मनोनयन दर्ता सकिए लगत्तै केही मिडिया र सामाजिक सञ्जालमा पनि विभिन्न ठाउँमा निर्विरोध निर्वाचित भएको खबर आएका छन्। तर हाम्रो तथ्य जाँचमा ती खबर भ्रामक रहेको देखिएको छ।
के देख्नु पर्यो नि ! लाखौँ शुल्क लिएर चुनाव प्रचार लाइभ गर्ने अनलाइनको ‘अफर’
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको छ। त्यस अनुसार अधिकतम खर्च गर्न पाउने भनेका महानगरपालिकाका मेयर उम्मेदवारले हो। उनीहरुले साढे ७ लाख खर्च गर्न पाउँछन्। त्यसमा पनि छापा तथा विद्युतीय माध्यमबाट प्रचारका लागि त एक लाख पनि खर्च गर्न पाइँदैन। (९५ हजार रुपैयाँ मात्रै हो पाउने) तर नेपालगन्जको एउटा… Continue reading
थाई आर्टिस्टको चोरेर ललितकला अवार्ड जितेको पेन्टिङ प्रदर्शनीबाट हटाइयो
थाई आर्टिस्ट ราชัน แสงทอง (Rachan Saengthong) को गणेशको पेन्टिङ चोरेर नेपालमा राष्ट्रिय ललितकला प्रज्ञा प्रतिष्ठानको प्रादेशिक अवार्ड जितेको विषयमा मैले अप्रिल १६ मा नै माइसंसारमा ब्लग लेखिसकेको थिएँ। छुटाउनु भएको भए पढ्नुस्- थाई आर्टिस्टको नौ वर्ष पुरानो कला चोरेर नेपालमा ललितकलाको अवार्ड प्रतिष्ठानले प्रतियोगितामा समावेश हुन बनाएको नियममा कलाकृतिहरु एक वर्षभित्र रचना गरिएको, मौलिक हुनुका साथै… Continue reading
बजारमा अर्को ‘गठबन्धन’ : १५ वटा मिडियाको ‘एक नेपाल’
राजनीतिमा ५ दलीय गठबन्धनको समाचार पढिरहनुभएकै होला। स्थानीय रुपमा ठाउँ ठाउँमा गठबन्धन टुक्रिएर ‘मित्रवत् प्रतिस्पर्धा’भन्ने नयाँ शब्दलाई पनि खुबै चलाउन थालिएको छ। राजनीतिमा गठबन्धन मौलाइरहेकै बेला आज नेपालका केही प्रमुख मूलधारे मिडियाहरुमा एउटा विज्ञापन देख्नुभयो होला। केही ब्रोडसिट दैनिकहरुमा त ज्याकेट नै लगाइएको छ। १५ वटा मिडियाको गठबन्धन रहेछ यो। तर यसको विज्ञापन ध्यान दिएर… Continue reading
डा. शेरबहादुर पुनलाई दुई वर्षपछि फेरि तनाव दिने त्यो फेसबुक पोस्ट
मन्त्री र सचिवलाई गाली गरिएको एउटा पोस्ट अहिले फेसबुकमा भाइरल भएको छ जसमा लेखिएको छ, ‘मरी मरी पढेर डाक्टर बन्यो,स्थायी बन्न दशतिर चाकरी ठोक्नुपर्छ, करारमा बसेर काम गर्यो, अनि साँचो बोल्यो भनेर चोरेर बीए पास गर्ने मन्त्रीले थर्काउँछ, नेपाली घोकेर सचिव बन्नेहरुले पेल्छन्, अनि कोही कसरी नेपालमा टिकुन्।’ पोस्टमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका… Continue reading
अनलाइनखबरको समाचारबाट अर्थमन्त्री जनार्दन शर्मा किन गायब ?
अहिले अर्थमन्त्री जनार्दन शर्मा चर्चामा छन्। गभर्नरलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरकालीन अन्तरिम आदेश दिए लगत्तै कान्तिपुरले अर्थमन्त्री राजीनामा देऊ शीर्षकमा सम्पादकीय लेख्यो। रोचक कुरा, यही दिन अनलाइनखबरको समाचारबाट भने अर्थमन्त्री जनार्दन शर्मालाई लक्षित गरिएको एउटा समाचारको एङ्गलिङ नै गायब भयो। अनलाइनखबरमा आज बिहान प्रकाशित एउटा समाचारको शीर्षक थियो- अर्थमन्त्रीको बचाउमा परिसंघ,… Continue reading
थाई आर्टिस्टको नौ वर्ष पुरानो कला चोरेर नेपालमा ललितकलाको अवार्ड
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा राष्ट्रिय ललितकला प्रदर्शनी–२०७९ हिजो (वैशाख २ गते) उद्घाटन भयो। यो प्रदर्शनी मात्र होइन, प्रतियोगिता पनि थियो। त्यसैले विभिन्न पुरस्कारको पनि घोषणा गरियो। त्यसमध्ये एउटा थियो- प्रत्येक प्रदेशबाट १/१ जना पर्ने गरी ७ प्रदेशका कलाकारलाई दिइएको प्रादेशिक पुरस्कार अर्थात् प्रोभिन्सियल अवार्ड। प्रादेशिक अवार्ड पाउने एउटा कला हेरेर दङ्ग परियो। हाकाहाकी प्रतियोगियताको… Continue reading
नयाँ वर्षमा नेपाली मिडियामा भएका चार परिवर्तन : लेआउटदेखि सम्पादक फेरिनेसम्म
विक्रम संवतको २०७८ सकिएर २०७९ लागेर वर्ष परिवर्तन भए सँगै नेपाली मिडियामा केही परिवर्तनका घोषणाहरु भएको देख्न पाइयो। सरकारी स्वामित्वको गोरखापत्रदेखि निजी अनलाइन मिडियाहरुसम्ममा परिवर्तन हेर्न पाइयो। केही मिडियाका परिवर्तनहरु भने अकस्मात् घोषणा भएका हुन् कि जस्तो देखियो। सम्पादकले सामाजिक सञ्जालमा छाड्ने घोषणा गरिसक्दा पनि ती मिडियामा त्यसबारे न समाचार छ, न क्रेडिट लाइनमा परिवर्तन… Continue reading
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको भाइरल फोटोको तथ्य यस्तो छ
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको भनिएको एउटा फोटो अहिले फेसबुकमा भाइरल भएको छ। फोटोमा गरिएको दावी अनुसार अध्यक्ष लिङ्देनले दुर्घटनामा परेका व्यक्तिलाई आफ्नो गाडी रोकेर उद्दार गरेका हुन्। फोटोमा मान्छे नचिनिए पनि सडकमा दुई वटा मोटरसाइकल लडेको र घाइते जस्तो देखिएका एक व्यक्तिलाई दुई जनाले उठाउँदै गरेको देखिन्छ। हाम्रो तथ्य जाँचमा यो फोटो पुरानो… Continue reading
अनलाइनखबर, रातोपाटी, सेतोपाटीले भूकम्प गएको मिति नै एक वर्ष अगाडि सार्नुको रहस्य
तपाईँ हामीले भोगेको एउटा भयावह प्राकृतिक विपत्ति याद छ तपाईँलाई ? हो, त्यही गोरखाको बारपाक केन्द्रबिन्दू भएको भूकम्प। हामी भन्थ्यौँ पनि, यो कुरा त हामी जिन्दगी भर भूल्न सक्दैनौँ। तर सब गफै रहेछ। किनभने आज अनलाइनखबर, रातोपाटी, सेतोपाटी जस्ता प्रमुख अनलाइन मिडियाहरुले नै भूकम्पको मिति बिर्सेछन्। त्यो भूकम्प २०७२ साल वैशाख १२ गते गएको थियो।… Continue reading
त्यो राजतन्त्रका पारस अनि यी गणतन्त्रका ‘पारस’हरु
मिति : २०५७ साउन २२ गते व्यवस्था : राजतन्त्र घटना : नारायणहिटी दरबारको दक्षिणी गेटमा तीव्र गतिमा हुइँकिएको एउटा गाडीले मोटरसाइकललाई चालकलाई ठक्कर दिन्छ। मोटरसाइकल चालक प्रवीण गुरुङको घटनास्थलमै मृत्यु हुन्छ। पूर्व सैनिक सचिव विवेक शाहले आफ्नो पुस्तक ‘मैले देखेको दरबार’ मा त्यो घटनालाई सम्झँदै लेखेका छन्- आइजीपी अच्युतकृष्ण खरेलले गाडीको नम्बरसमेत दिएर निर्मल निवासमा… Continue reading
सरकारी पत्रकारले अङ्ग्रेजी नबुझ्दा नाम चलेकै मिडिया पनि बने उल्लु, फैलाए ‘फेक न्युज’
अपडेट : बिहीबार राति बल्ल पाकिस्तानको सर्वोच्च अदालतले संसद विघटनको निर्णय बदर गरेको छ। यो ब्लग लेख्दासम्म अर्थात् बिहीबार (अप्रिल ७) साँझ साढे ६ बजेसम्म पाकिस्तानको सर्वोच्च अदालतले संसद् विघटन सदर वा बदर गर्ने फैसला गरिसकेको थिएन। तर नाम चलेकै नेपाली मिडियाहरुले मंगलबारै विघटन बदर भएको फैसला गरिसकेका छन्। पाकिस्तानको सर्वोच्च अदालतले मंगलबारै संसद विघटन… Continue reading
१७ वर्ष पूरा भो माइसंसारको, यात्रा जारी छ…
आज अप्रिल ६। १७ वर्षअघि आजैको दिनदेखि माइसंसार ब्लगको रोमाञ्चक यात्रा सुरु भएको थियो। राजा ज्ञानेन्द्रले लागू गरेको संकटकाल जारी रहेको, सामाजिक सञ्जाल नै नभएको, महँगो र दोहोरो खर्च लाग्ने डायल अप इन्टरनेटको बेला अडियो र भिडियो ब्लगिङ कसरी गरियो, पछाडि फर्की हेर्दा कथा झैँ लाग्छ। निरन्तर यात्राका लागि प्रेरित गर्ने, हौस्याउने र साथ दिनेहरु… Continue reading
त्यो महराको मुद्दामा ‘होस्टाइल’ अनि यो अछाम मुद्दाको ‘होस्टाइल’
सबैभन्दा पहिला त यो होस्टाइल हुने भनेको के हो थाहा नहुनेहरुका लागि- ‘कुनै पनि व्यक्तिले सुरुमा प्रहरीसँग अनुसन्धानका क्रममा एउटा बयान दिएको हुन्छ। तर अदालतमा साक्षीका लागि बोलाइँदा आफ्नै बयानको विपरीत बयान दिनुलाई होस्टाइल हुनु भनिन्छ।’ यसका विभिन्न कारण हुनसक्छन्। साक्षीलाई दबाब, प्रभाव वा त्रासमा पारेर वा फकाएर अदालतमा विपरीत बयान दिन लगाएको हुनसक्छ। अथवा… Continue reading
अछाम : सहमतिमा ‘गरेर’ बलात्कार भन्ने किशोरीलाई अदालतले साढे ३ वर्ष जेल सजाय सुनाउनुको कारण यस्तो रहेछ
आज अछामको एउटा अनौठो केस मिडियामा आएको छ। धेरैले यसलाई हालैको चर्चित पल शाह प्रकरणसित पनि जोडेर हेरेका छन्। इकान्तिपुरमा प्रकाशित समाचार अनुसार घरमै आएका पाहुनासँग सहमतिमा यौनसम्बन्ध राखेर पछि बलात्कार आरोप लगाएकी एक किशोरीलाई अछामको जिल्ला अदालतले साढे तीन वर्षको जेल सजाय सुनाएको हो। यसमा खास के भएको हो भनेर बुझ्नका लागि मैले जिल्ला… Continue reading
यसरी निकालेँ मैले ‘भुस्याहा कुकुर’को नाममा पृथ्वी मल्लको जस्तो ‘लाइसेन्स’
मादक पदार्थ सेवन, लापरवाहीका साथ चलाइएको गाडी र त्यसैको ठक्करबाट सडक पेटीमा हिँडिरहेकी ३८ वर्षकी महिला लीला देवकोटाको मृत्यु। बुढानिलकण्ठमा दुई वर्ष अघि भएको यो घटनामा काठमाडौँ जिल्ला अदालतले गरेको फैसला अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। धेरै आश्चर्यचकित छन्। किनभने न्यायाधीश सूर्यप्रसाद अधिकारीको इजलासले गएको साता गरेको फैसलामा मात्र ६ महिना कैद र… Continue reading
लापरवाहीपूर्वक गाडी चलाउँदा ज्यान गयो, तर एक हजार रुपैयाँ जरिवानाको ‘न्याय’ !
२०७६ मंसिर २८ गते शनिबार। ३८ वर्षकी लीला देवकोटा त्यो दिन काठमाडौँको न्युरोड नजिकै रहेको संकट हटाउने देवीको रुपमा पुजिने संकटा मन्दिरको दर्शन गरेर घर फर्किरहेकी थिइन्। बूढानिलकण्ठ स्कूल नजिकैको दुई लेनको सीधा सडकमा बटुवाहरुका लागि छुट्याएको सडक पेटीमा पैदल हिँड्दै गर्दा बिहानको १० बजेर २० मिनेट गएको थियो। अचानक विष्णुमति पुलतिरबाट तीव्र गतिमा हुइँकिँदै… Continue reading
भएभरका अनलाइनहरुले एमाले अध्यक्षको नाम ‘पुष्पकमल दाहाल’ लेख्नुको रहस्य
हो, एकताका नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता भएर बनेको पार्टी नेकपाका अध्यक्ष दुई जना थिए, जसमध्ये एक पुष्पकमल दाहाल ‘प्रचण्ड’ थिए। तर सर्वोच्च अदालतले नेकपाको एकता खारेज गरिदिएकै एक वर्ष पूरा भइसक्यो। त्यसमाथि एमाले अध्यक्ष त दाहाल कहिल्यै हुँदै भएनन्। हुने कुरा पनि भएन- पार्टी नै अलग। तर नेपालमा रमाइलो हुन्छ हेर्नुस्। नाम… Continue reading
पल शाह किन जेलमा? कन्फ्युज हुनुहुन्छ भने बुझ्न सजिलो पार्ने नौ प्रश्न र उत्तर
कलाकार पल शाहलाई तनहुँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन र उनका म्यानेजर कृष्ण जोशीलाई एक लाख धरौटी लिएर पुर्पक्षमा राख्ने आदेश गरेको खबर सबैजसो मिडिया आइसके। तपाईँले पढी पनि सक्नुभयो होला। तर यो कस्तो आदेश हो र कहिलेसम्मका लागि थुनामा पठाइएको हो भन्ने कुरा चाहिँ कन्फ्युज रहेको देखियो। यो विषयलाई सजिलो ढंगमा बुझ्न केही… Continue reading
पल शाह प्रकरणमा युट्युबरमात्र हैन, मुख्य अनलाइन मिडिया पनि उस्तै : भ्रामक हेडलाइन र समाचार
पल शाह प्रकरणमा भ्रम फैलाएको भन्दै साइबर ब्युरोले युट्युबरहरुलाई तारो बनायो। हुन पनि अति नै गरेका थिए केही युट्युबरहरुले। नाबालिग किशोरीको नामै किटेर जथाभावी बोलेर अनुसन्धान भइरहेको विषय गिजोल्नु गिजोलेका थिए। तर भ्रामक हेडलाइन र समाचार दिनमा युट्युबर मात्र हैन, अनलाइन मिडियाहरु पनि अगाडि नै देखिए। भारेभुरे कपिपेस्ट अनलाइनको त के कुरा गराइ भो र,… Continue reading