Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

रामकुमारी झाँक्रीको घर भन्दै भाइरल भएको फोटोको वास्तविकता यस्तो रहेछ

Posted on June 6, 2022 by Salokya

अहिले सामाजिक सञ्जालमा एउटा घरको फोटो भाइरल भएको छ। बन्दै गरेको जस्तो देखिने सो बहुतल्ले घरको फोटोसहित सामाजिक सञ्जालमा दावी गरिएको छ- सो घर नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)बाट मन्त्री भएकी रामकुमारी झाँक्रीको हो। एकीकृत समाजवादीले आफ्नो दलका मन्त्रीहरु परिवर्तन गर्न लागेको समाचार आइरहेको बेला यो फोटो भाइरल भएको हो। सामाजिक सञ्जालमा सामान्य मान्छेले मात्र हैन, राजनीतिक लेखसमेत लेख्ने प्रगतिशील साहित्यकार खगेन्द्र संग्रौलाले समेत सो फोटोसहित मन्त्री झाँक्रीको घर लेख्दै ट्विट गरेका रहेछन्। फेसबुकमा यो फोटो सयौँले सेयर गरेका छन्। तर हाम्रो तथ्य जाँचमा यो दावी मिथ्या सूचना भएको देखियो। यो फोटो हामीले थुप्रै विदेशी वेबसाइटहरुमा पनि भेट्यौँ।

कहाँ कसरी फैलियो?

प्रगतिशील साहित्यकारका रुपमा चिनिने खगेन्द्र संग्रौलाले सोमबार (जुन ६, २०२२) दिउँसो ‘आम्मामामा रामकुमारी झाँक्रीकाे घर!!’ लेख्दै अर्का ट्विटर प्रयोगकर्ता बिनी चाम्सले मन्त्री झाँक्रीको दावी गर्दै राखेको फोटो ‘कोट ट्विट’ गरेका छन्।

संग्रौलाले ट्विट गरेको तीन घण्टामै यसलाई १७ पटक रिट्विट, १६ कोट ट्विट र ११२ लाइक्स भएको देखिन्छ। हेर्नुस् अर्काइभ

फेसबुकमा पनि थुप्रैले यो फोटोलाई मन्त्री झाँक्रीको दावी गर्दै पोस्ट गरेको देखिन्छ।

सुशील खड्का नामका प्रयोगकर्ताले सोमबार बिहान पोस्ट गरेको यो फोटो साँझसम्म ३ सयभन्दा बढीले सेयर गरिसकेका छन्

त्यस्तै हेमराज थापा नामका प्रयोगकर्ताले सेयर गरेको यही व्यहोरासहितको फोटोमा पनि सोमबार साँझसम्म १७३ सेयर भइसकेको छ।

फेसबुकमा अरु थुप्रैले पनि यो फोटो यही व्यहोरासहित सेयर गरेका छन्। 

के हो तथ्य ?

यो फोटोको विषयमा तथ्य जाँच गर्ने क्रममा हामीले यसलाई गुगलमा रिभर्स इमेज सर्च गरी हेर्‍यौँ। त्यस क्रममा यही फोटो थुप्रै विदेशी वेबसाइटहरुमा पनि प्रयोग भएको देख्यौँ।

केन्याको रस्मिया होम डिजाइन लिमिटेडको वेबसाइटमा एक्सटेरियर होम डिजाइन्स अन्तर्गत विभिन्न डिजाइनका घरहरुको फोटोमा यही घरको फोटो समेत राखिएको छ। हेर्नुस् अर्काइभ लिङ्क

त्यसैगरी भारतको मेकमाइहाउस डट कम वेबसाइटमा पनि तीन तल्ले घरको डिजाइन भन्दै यही घरको फोटो राखेको भेटिएको छ। हेर्नुस् अर्काइभ लिङ्क

त्यसैगरी उज्बेकिस्तानको ओ‌एलएक्स डट युजे नामको वेबसाइटमा पनि तास्कन्द रिजनको भन्दै यही फोटो राखेको भेटिएको छ। हेर्नुस् अर्काइभ लिङ्क

मोरक्कोको वेबसाइट एभिटो डट एमएमा पनि मोरक्कोको माराकेचमा रहेको अपार्टमेन्ट दावी गर्दै यही घरको फोटो राखेको भेटिएको छ। हेर्नुस् अर्काइभ लिङ्क। 

इरानको वेबसाइट डिभार डट आइआरमा पनि यही फोटो प्रयोग भएको भेटियो। हेर्नुस् अर्काइभ लिङ्क। 

गुगलमा खोज्दा अरु पनि थुप्रै वेबसाइटहरुमा यही फोटो प्रयोग भएको देखियो-

हेर्नुस् अर्काइभ लिङ्क

तथ्य जाँच

दावी : सामाजिक सञ्जालमा भाइरल भएको तीन तल्ले बन्दै गरेको घर मन्त्री रामकुमारी झाँक्रीको हो।

तथ्य : मिथ्या सूचना। यो घर भारतदेखि केन्या, उज्बेकिस्तान, मोरक्को, इरानबाट सञ्चालित वेबसाइटहरुमा पनि भेटियो। गुगल सर्च गर्ने क्रममा हामीले सामाजिक सञ्जालमा भाइरल भएकै हुबहु फोटो थुप्रै वेबसाइटहरुमा पनि भेट्यौँ। तसर्थ यो घर मन्त्री झाँक्रीको भनी गरिएको दावी मिथ्या भएको देखिन्छ।

1 thought on “रामकुमारी झाँक्रीको घर भन्दै भाइरल भएको फोटोको वास्तविकता यस्तो रहेछ”

  1. Om Krishna says:
    June 16, 2022 at 7:44 am

    पक्का उखाने बुढोको काम होला | एउटा मात्रै किड्नी रहंदा पनि बदमासी छोडेको छैन त्यो संविधान मिचाहाले |

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme