Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

फेरि निर्मलाको जस्तो घटना नहोस्, उही व्यक्तिले फेरि किशोरीलाई दुर्व्यवहार गरेको उजुरी

Posted on August 7, 2022August 7, 2022 by Salokya

पहिलोपोस्टमा हुँदा ३० अङ्कको #WhoKilledNirmala सिरिज टुङ्ग्याउने क्रममा हाम्रा निश्कर्षहरुसहित अन्तिममा लेखेको थिएँ- यदि, यी सबै नहुने हो भने निर्मलाको बलात्कार र हत्या गर्ने अपराधी कहिल्यै पत्ता लाग्ने छैन। सिवाय एक अवस्थामा। त्यो अपराधीले पुनः त्यस्तै कुकृत्य गर्‍यो र पक्राउ पर्‍यो भने। किनभने हामीले जानकारी पाएका छौँ, शंकित मध्ये एक खुला हिँडिरहेका छन् र ‘फलानीलाई गर्नुपर्छ…’ आशयका बोली बोलिरहेका छन्। के हामी चुप बसेर फेरि एक चेलीको जीवन बर्बाद पार्दैछौँ?

यो लेखेको तीन वर्षपछि फेरि एउटा त्यस्तै घटना त्यतिबेलाकै व्यक्ति अर्थात् उही मानसिक अवस्था ठीक नभएका भनिएका दिलिपसिंह विष्टबाट भएको खबरले चिन्तित बनायो।

मैले पाएको खबर अनुसार निर्मलाको शव भेटिएको स्थान नजिकै उसै गरी साइकल चलाएर घर फर्कँदै गरेकी एक १६ वर्षकी किशोरीमाथि दिलिपसिंह विष्टले दुर्व्यवहार गरेका थिए।

ती किशोरी निर्मला भन्दा एक ब्याच जुनिएर रहिछिन्।

किशोरीले होहल्ला गरेर प्रतिकार गरेपछि दिलिप भागेका रहेछन्।

दिलिप तिनै व्यक्ति हुन् जसलाई प्रहरीले निर्मलाको बलात्कार र हत्या गरेको अनुसन्धानबाट देखिएको भन्दै सार्वजनिक गरेको थियो। तर निर्दोषलाई फँसाउन खोजेको, शारीरिक रुपमा कमजोर, सेक्सप्रति ध्यानै नदिने गौतम बुद्ध जस्तो मान्छे भन्दै स्थानीयले आन्दोलन चर्काएका थिए। यही बीच डिएनए पनि नमिलेपछि अदालतमा मुद्दा दर्ता नहुँदै उनलाई रिहा गर्न प्रहरी बाध्य भएको थियो।

केही स्थानीय अझै पनि दिलिपलाई दोषी मान्न तयार छैनन्। अहिले कुरा गर्दा पनि उसले त गरेको हुनै सक्दैन, उसलाई त्यस्तो कुरामा रुचि नै छैन भन्छन्।

तर मैले दुई वर्षअघि दिलिपलाई नै भेटेर गरेको कुराकानीमा उनी यौनका कुरामा निकै आशक्त देखिएका थिए। घुमाएर सोध्दा उनले निर्मलालाई आफूले बोकेर खोलापारी लगेको समेत बताएका थिए।

हेर्नुस् त्यतिबेलाको ब्लग-

दिलिपसिंह विष्टले के के भने मसितको भेटमा?

हेर्नुस् त्यतिबेलाको भिडियो-

अहिले भएको के हो ?

निर्मलाको शव भेटिएकै ठाउँ नजिकै सुनसान बाटोमा साइकल चलाएर फर्कँदै गरेकी किशोरीलाई बाटोमा ढुकेर बसेका दिलिपले जबर्जस्ती गर्न खोजेको आरोप छ।

किशोरीले प्रतिकार गरेर होहल्ला गरेपछि दिलिप भागेको उनीहरुको भनाई छ।

किशोरीका बुबासहितका व्यक्तिहरु दिलिपविरुद्ध उजुरी गर्न प्रहरीकहाँ गए पनि प्रहरीले जाहेरी भने दर्ता गर्न नमानेका रहेछन्। हामी अनुसन्धान गर्छौँ, जाहेरी नदिनुस् भन्दै फर्काइदिएको कुरा छ।

यो विषयमा स्थानीय मिडियाले समेत समाचार बनाएका छन्।

समाचारमा कञ्चनपुरका प्रहरी पवक्ता चक्र ब. शाहले दिलिप विष्टले दुव्र्यवहार गर्न खोजेको भन्दै एक बालिकाको परिवारले प्रहरीमा सूचना दिएर गएको बताएको उल्लेख छ।

तर राष्ट्रिय मिडियालाई भने अस्ति साउन १० गते (त्यो घटना भएको दिन) सराद्दे समाचार लेखिसकेपछि खासै चासो छैन।

प्रहरीलाई पनि जाहेरी दर्ता गरेर निर्मलाको केसलाई समेत जोडेर यो विषयमा अनुसन्धान गर्ने खासै चासो छैन जस्तो छ।

त्यसो भए के फेरि पनि कसैको बलात्कार र हत्या गर्ने समय कुरेर बसेको हो त सबैले ?

1 thought on “फेरि निर्मलाको जस्तो घटना नहोस्, उही व्यक्तिले फेरि किशोरीलाई दुर्व्यवहार गरेको उजुरी”

  1. Sabinkshetri says:
    August 11, 2022 at 7:06 am

    This is really scary and I feel pity on our justice system at the same time. This case has been manipulated and our police knows this too. But they can’t do anything.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme