Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

हरायो ! हरायो !! ‘अनलाइनखबर’को समाचारबाट ‘एनसेल’ हरायो !

Posted on July 6, 2022July 8, 2022 by Salokya

कर्पोरेट हाउसहरुका कारण पत्रकारितामा कस्तो असर परिरहेको छ र केसम्म हुनसक्छ भन्ने बारे एउटा राम्रो उदाहरण भेटिएको छ।

कुरा एनसेलको। एनसेल नेपालको ठूलो विज्ञापनदाता कम्पनी मध्ये एक हो। यसैसँग मुछिएको एउटा घटनामा नेपालकै अग्रणी अनलाइन अनलाइनखबरले छापेको समाचारसम्बन्धी ब्लग हो यो।

घटना निकै रोचक छ हेर्नुस्।

प्रेस स्वतन्त्रता दिवस कहिले हो तपाईँहरुलाई थाहा छ ? हरेक वर्ष मे ३ मा यो दिवस मनाइन्छ।

हो, यो वर्षको त्यही प्रेस स्वतन्त्रता दिवसको दिन अनलाइनखबरको अङ्ग्रेजी संस्करणमा एउटा सामग्री छापियो जसको शीर्षक थियो- Ncell’s Lainchaur green park in Kathmandu: A false hope

एनसेलले सामाजिक उत्तरदायित्व अन्तर्गत लैनचौरमा एउटा ग्रीन पार्क बनाएको थियो जसमा कृत्रिम घाँस राखिएको भन्दै वातावरणप्रेमीहरुले आपत्ति जनाएका थिए।

प्रेस स्वतन्त्रता दिवसका दिन स्वतन्त्र हुँदै यो सामग्री प्रकाशन त भयो तर राम्रै विज्ञापन पाइरहेको कम्पनीको विषयमा क्रिटिकल लेख्न मिल्ने गरी स्वतन्त्रता हुन्न भन्ने चाहिँ त्यो दिन सम्पादकहरुले बिर्से कि !

नतिजा ?

त्यही भयो जुन नहुनुपर्थ्यो। त्यो ‘समाचार’ अनलाइनखबरबाट गायब भयो। अर्थात् जुन लिङ्कमा त्यो समाचार छापिएको थियो, त्यसमा क्लिक गर्दा नखुल्ने बनाइयो।

ट्विटरमा यो बारे बहस सुरु भइहाल्यो।

Also, online Khabar deleted this news. What could be the reason? I think it’s not allowed to delete news. Correct me if I’m wrong. https://t.co/Qqs2aw1LCt pic.twitter.com/q2GpkYVLxt

— San Zin (@sanzinme) May 7, 2022

ट्विटरमा जस्तै हल्ला भए पनि त्यो समाचार अनलाइनखबरमा फेरि देखा भने परेन।

पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन २०७६) मा यसरी एक पटक राखिसकेको सामग्री हटाउन नमिल्ने उल्लेख छ-

असावधानीवश पोस्ट भयो होला भन्ने मानौँ। गम्भीर क्षति पुर्‍याउने खालको पनि मान्न सकिन्छ किनभने यसले मिडियाको आयमा नै असर पर्न सक्छ एनसेलले विज्ञापन दिन्नँ भन्यो भने। त्यस्तो अवस्थामा सामग्री हटाउँदा पनि प्रकृति खुलाई क्षमायाचना गर्नुपर्ने हुन्छ।

तर अनलाइनखबरले क्षमायाचना पनि गरेन, हटाइसकेको सामग्री फेरि राख्दा पनि राखेन। लामो समय यो यत्तिकै रह्यो।

कहानीमा ट्विस्ट त्यतिबेला आयो, जब ट्विटर प्रयोगकर्ताले फेरि त्यो सामग्रीमा सम्पादन भएको देखे।

त्यतिबेला हटाइसकेको त्यो सामग्रीको लिङ्कमा अहिले क्लिक गर्दा समाचार खुल्छ। तर त्यसमा शीर्षकदेखि भित्रका सामग्री, यहाँसम्म कि फोटोको क्याप्सन समेत परिवर्तन गरिएको छ।

नयाँ समाचारमा ‘एनसेल’ शब्द नै गायब छ।

समाचार हटाउन दबाब दिएको भए एनसेलले वा सम्बन्धित मिडियाको व्यवस्थापनले बुझ्नु पर्ने कुरा के हो भने एक पटक इन्टरनेटमा गइसकेको सामग्री पूर्ण रुपमा हटाउन सकिन्न। त्यो  कहीँ न कहीँ गएर बसिरहेको हुनसक्छ।

अनलाइनखबरको त्यो समाचार पनि अर्काइभमा उपलब्ध थियो।

यहाँ हेर्नुस् अनलाइनखबरको पुरानो समाचार।
अनि यहाँ हेर्नुस् अनलाइनखबरको नयाँ समाचार

पुरानो र नयाँ समाचारको तुलना हेर्नुस् (बीचको स्लाइडर सार्नुस्)-

पुरानो र नयाँ समाचारको तुलना हेर्नुस् (बीचको स्लाइडर सार्नुस्)-

पुरानो र नयाँ समाचारको तुलना हेर्नुस् (बीचको स्लाइडर सार्नुस्)-


पुरानो र नयाँ समाचारको तुलना हेर्नुस् (बीचको स्लाइडर सार्नुस्)-

नोट : आइन्दा स्वतन्त्र भएर प्रेस स्वतन्त्रता दिवस मनाइसकेपछि समाचार लेख्दा सप्पै कुरामा स्वतन्त्र भइन्न भन्ने हेक्का राखेर समाचार लेख्ने, सम्पादन गर्ने र छाप्ने गरौँ है ! नत्र अनलाइनखबरको एनसेल काण्ड दोहोरिएला। कालान्तरमा यसलाई अनलाइनखबर एनसेल काण्ड नामले चिनिनेछ 🙂

2 thoughts on “हरायो ! हरायो !! ‘अनलाइनखबर’को समाचारबाट ‘एनसेल’ हरायो !”

  1. Arjun Bhatta says:
    August 13, 2022 at 7:06 am

    सालोक्यकृत माइ सन्सारज्यु!
    अनलाइन खबरको के कुरा गर्नु!
    देख्नु भाछैन शिव गाउँलेको बा भक्ति स्तुति र इतरको भत्सर्ना वर्षा? कसरी बालकोट निर्वासित बालाई फ़ेरि बालुवाटारमा पुनर्स्थापना गर्ने भन्ने उनको एकसूत्रीय मिसन छ। कुलमान जस्तालाई बदनाम गर्नु, बालेन माथि हिलो छ्याप्नु, कर्पोरेटहरुसँग मिलेर विज्ञापन असुल्नु, गोकुल बास्कोटा, महेश बस्नेत जस्ताको प्रशंसामा लेखहरु छाप्नु यतिबेला शिव गाउँलेहरुको कर्तव्य नै भएको छ।

    Reply
  2. राम हुमागार्इ says:
    July 7, 2022 at 9:17 pm

    म गाेरखापत्र अनलाइनकाे जिम्मेवारीमा रहेका एनसेलकाे विज्ञापन वितरण गर्ने एउटा एजेन्सिका मित्रसँग विज्ञापनका विषयमा सामान्य परिचय भएकाे थियाे । उनले मलाइ प्रेस विज्ञप्ति पठाइ रहन्थे । तर विज्ञप्तिमा खासै समाचार हुने विषय हुँदैन थे । एक दिन ति मित्रले मलाइ फाेन गरेर विज्ञप्तिकाे एउटा पनि समाचार नछापिएकाे गुनासाे गरे । घुमाउराे पारामा एनसेलकाे विज्ञापन नदिने कुरा गर्न थाले । मैले उनलाइ मिडिया के हाे मिडियामा सम्पादककाे
    भूमिका के ? विज्ञापन हेर्ने विभागकाे भूमिका के ? विज्ञापन र समाचार वा सम्पादकीय स्वतन्त्रा के भन्ने कुरा थाहा छ नेकाे साथिलाइ थाह रहेनछ । मैले करीब एक घण्टा लेक्चर दिएँ । पछि अब फेरि यस्ताे कुरा अायाेभने त्यही विषय समाचार बन्छ भन्दिएकाे थिएँ । उनलाइ मैंले एनसेलका तर्फबाट गुनासाे भए मिडिया हेर्ने मान्छेलाइ मलाइ फाेन गर्न भन्नु भनेकाे थिएँ । पछि फाेन पनि गरेनन कचकच पनि बन्द ।

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme