Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

दुई वटा ‘नेकपा’ निर्वाचन आयोगमा दर्ता : ‘एकीकृत’ र ‘लोकतान्त्रिक’

Posted on July 4, 2021July 4, 2021 by Salokya

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) लाई पुरानै अवस्थामा फर्काइदिएपछि नेपाली राजनीतिमा आएको हलचल अझै साम्य भएको छैन। झण्डै दुई तिहाईको सरकार अल्पमतमा झरिसक्यो र एउटा प्रदेशमा त सरकारसमेत परिवर्तन भइसक्यो। एमाले झण्डै झण्डै फुट्ने अवस्थामा छ। प्रतिनिधि सभा दोस्रो पटक विघटनको मुद्दा सर्वोच्च अदालतमा… Continue reading

संविधानमा प्रतिनिधिसभा विघटनको सकस : खोज्नुपर्ने ६ प्रश्नको उत्तर

Posted on July 2, 2021July 2, 2021 by mysansar

स्पन्दन अधिकारी नेपालमा ६ महिनामा एकै प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधि सभाको दुई पटक विघटन भएको छ। सर्वोच्च अदालतले पुनस्थापित गरेको प्रतिनिधि सभालाई तीन महिना पनि नपुग्दै र उही प्रधानमन्त्रीको सिफारिसमा मध्यरातमा भएको यो विघटन विश्वमै नयाँ रेकर्ड हुनुपर्छ। त्यसो त २०५९ साल जेठ ८ मध्यरातमा प्रतिनिधि सभा विघटन गराउने तत्कालीन प्रधानमन्त्रीले गत जेठ ८ को मध्यरातको… Continue reading

नेपाली फुटबलको वरीयता सुधार भएकै हो?

Posted on June 17, 2021June 17, 2021 by राजेन्द्र मगर

भर्खरै फिफा विश्वकप र एएफसी एसियन कपको संयुक्त छनोटमा नेपालले नयाँ प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको प्रशिक्षणमा राम्रो खेलेको भनेर तारिफ भयो । नेपाली फुटबल समर्थकको यो लागि खुशीको विषय बन्यो ।  यस्तैमा मंगलबार अर्को खुशीको विषय पनि आयो । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपालको फिफा वरीयता सुधार भएको भन्दै एउटा स्कृनसट… Continue reading

पतिका आठ प्रकार, तपाईँ कस्तो ?

Posted on June 15, 2021June 12, 2021 by Salokya

भगवान बुद्धले अनाथपिण्डिककी बुहारी सुजातालाई सत्मार्गमा ल्याउन पत्‍नीका सात प्रकार बारे वर्णन गरेको प्रसंगको ब्लग पढिहाल्नुभयो होला। नपढ्नुभएको भए यहाँ क्लिक गर्नुस्। बुद्ध नेपालमा जन्मिएको भन्ने बाहेक बुद्ध धर्म र बौद्ध ग्रन्थबारे केही थाहा नभएका कमेन्टकर्ताहरुले यस्तो हुनै नसक्ने पनि भनेको देखियो। उनीहरुलाई थेरवादी बौद्ध ग्रन्थ अंगुत्तारा निकाय अध्ययन गर्न बाहेक अरु सुझाव दिन सकिन्न।… Continue reading

पत्‍नीका सात प्रकार; तपाईँ/तपाईँकी पत्‍नी कस्ती ?

Posted on June 14, 2021June 12, 2021 by Salokya

तपाईँलाई थाहा छ पत्‍नी कति किसिमका हुन्छन्? बौद्ध ग्रन्थमा पत्‍नीका प्रकार बारे एउटा रमाइलो वर्णन भेटियो। भगवान गौतम बुद्ध आफैले सात किसिमका पत्‍नीहरुको बारेमा बयान गरेका हुन्। कुरा गौतम बुद्धले धर्म प्रचार गरिरहेको बेलाको हो। त्यस कालमा अनाथपिण्डिक नामका एक व्यक्ति थिए। उनी आफै, उनका छोरा र दुई छोरी साह्रै धर्मात्मा थिए। उनले आफ्ना छोराको… Continue reading

‘फिल्म समीक्षाले चरित्र हत्या हुँदैन’ : प्रनेश गौतमको मुद्दामा दुई तहको अदालतको फैसला

Posted on June 13, 2021June 13, 2021 by Salokya

दुई वर्षअघि एकदमै चर्चामा आएको एउटा विषय याद छ तपाईँलाई ? कमेडियन प्रनेश गौतमले ठट्यौलो पारामा वीर विक्रम २ फिल्मको समीक्षा गरेर युट्युबमा हालेका थिए। निर्देशक मिलन चाम्सले चलनचल्तीको भाषामा साइबर क्राइम (विद्युती कारोबार ऐन) को उजुरी प्रहरीलाई दिए। केही ‘चप’ (चलचित्र पत्रकारहरु) समेत निर्देशकको पक्षमा थिए। प्रहरीले थुन्यो, मुद्दा दायर भयो। देश विदेशमा यसको… Continue reading

जिउँदो खेलाडीलाई कान्तिपुर टिभीले मृत्यु भएको घोषणा गरिदिएपछि..

Posted on June 13, 2021June 13, 2021 by Salokya

फुटबल हेरिरहेका सबै दर्शक स्तब्ध हुने एउटा घटना भयो आज कोपनहेगनमा भइरहेको युरो कपको खेलका क्रममा। डेनमार्क र फिनल्यान्डबीच खेल भइरहेको थियो। मध्यान्तर हुन पाँच मिनेट जति बाँकी थियो। डेनमार्कका स्टार खेलाडी क्रिस्टियन एरिक्सन आफूकहाँ बल पास हुँदा एकाएक ढले। त्यसपछिका केही दृश्य साह्रै मार्मिक थिए। डेनमार्कका सबै खेलाडीहरुले चारैतिरबाट उनलाई घेरे। ताकि कुनै पनि… Continue reading

नाथुराम गोड्से प्रकरणले उठेका चार प्रश्न

Posted on June 12, 2021June 12, 2021 by Salokya

७२ वर्षअघि फाँसी दिइएका नाथुराम गोड्से अहिले एकाएक चर्चामा आएका छन्। यिनलाई चर्चामा ल्याउने काम गरेका हुन् नरोत्तम वैद्यले। वैद्य वाग्मती प्रदेश सभाका सांसद हुन्। शुक्रबारको प्रदेश सभाको बैठकमा उनले नाथुराम गोड्से बन्नुपर्ने बताएका थिए। उनले भनेका थिए, ‘यो समयमा खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । त्यसैले मेरो आग्रह, कोही… Continue reading

सरकारलाई अप्ठेरो पारिदिने सर्वोच्चका दुई आदेश

Posted on June 11, 2021June 11, 2021 by Salokya

सरकारलाई अप्ठेरो पार्ने गरी बिहीबारको दिन सर्वोच्च अदालतले दुई वटा छुट्टाछुट्टै आदेश गरेको छ। संविधानको धारा नतोकी गरिएको मन्त्रिपरिषद् पुनर्गठनविरुद्धको मुद्दामा सुनुवाई भइरहेको बेला प्रधानमन्त्री केपी ओलीले फेरि मन्त्रीहरु थपेर अर्को पुनर्गठन गरेकै दिन छुट्टाछुट्टै मुद्दाहरुमा सर्वोच्चका आदेश आएका हुन्। अप्ठेरो नम्बर १ : नागरिकता विधेयक कार्यान्वयन नगर्न अन्तरिम आदेश सरकारले जसपासित सहमति गरी ल्याएको… Continue reading

कान्तिपुरको मैदानमा हरि रोका Vs कनकमणि दीक्षित, भएको के हो ?

Posted on June 10, 2021June 10, 2021 by Salokya

राष्ट्रिय दैनिक कान्तिपुरको मैदानमा हरि रोका र कनकमणि दीक्षित बीच यो साता एउटा वादप्रतिवाद देखियो। यो विषयमा मलाई धेरै जानकारी थिएन। सामाजिक सञ्जालमा यसको चर्चा देखेर के भएको रहेछ यो भनेर खोजेको थिएँ। खासमा यस्तो रहेछ कुरा- जेठ २० गते कान्तिपुरको विचार पृष्ठमा हरि रोकाको ‘राजनीतिक प्रणालीमाथि दक्षिणपन्थी घात’ शीर्षकको लेख छापिएको रहेछ। लेखमा बंगलादेशी… Continue reading

खोप छैन, हल्ला बढी : डेनमार्कको १४ लाख, अमेरिकाको ५० लाख र बेलायतको २० लाख डोज हल्ला मात्रै

Posted on June 9, 2021June 9, 2021 by Salokya

नेपाललाई अहिले कोभिड १९ विरुद्ध खोपको एकदम खाँचो छ। कोभिशिल्डको एक डोज लगाइसकेकाहरुले दोस्रो डोज लाउन पाएका छैनन्। अग्रिम रकम भुक्तानी गरिसक्दा पनि भारतमा बनेको खोप नआउने भइसक्यो। अरु देशले प्रयोग नगरेका अस्ट्राजेनेकाको खोप पाए त्यो लाउन हुन्थ्यो। तर त्यो पनि आउने सुरसार छैन। तर हल्लामा भने ६४ लाख डोज खोप आइसक्यो। केही अघि मात्रै… Continue reading

बादल हुस्सु बन्दा : उही कुमार लामाका ६ व्यङ्ग्यचित्र

Posted on June 8, 2021June 8, 2021 by mysansar

उही कुमार लामा माइसंसारका पुराना व्यङ्ग्यकार हुन्। उनका फोटो व्यङ्ग्य माइसंसारमा धेरै प्रकाशित छन्। धेरै समयपछि उनले पुनः व्यङ्ग्यचित्र पठाएका छन्। हेरौँ नयाँ राजनीतिक परिस्थितिमा उनको व्यङ्ग्यवाण।

कथा : ऐंठन

Posted on June 5, 2021 by mysansar

– अनन्त लम्साल – पुसको एक निर्मम बिहान, प्रस्टै उज्यालो भइसकेको थिएन । सडक वरिपरिका मान्छेहरू देख्दा, म जस्तै सबै गरिबीको रापले भुट्भुटिएर झिसमिसेमैं शितलताका खातिर निस्किएका हुन् कि भन्ने पनि लाग्यो । कसैलाई वाहनले तानिरहेको थियो भने कोही आफ्नै दुई पयरका सहायतामा घस्रिरहेका थिए । कोही फोहोरको थुप्रोमा आगो लगाउने प्रयत्न गर्दै धुवाँको मुस्लोमा… Continue reading

भगवान संकट मै परेका हुन् त ?

Posted on June 5, 2021 by mysansar

हरेक वर्ष बडादशैंका अवसरमा तनहुँको बन्दीपुरमा अर्कै रौनक छाउँछ, अर्कै खुशीयालीको माहोल देखा पर्छ। बन्दीपुरस्थित खड्गदेवी मन्दिरमा कथित पानी चल्ने र नचल्ने जातजाती आपसमा मिलेर पूजापाठ गर्ने तथा सामुहिक–समावेशी तवरमा कल्याण मंगलको प्राथना गर्ने गर्छन्। मन्दिरको एउटै चुलोमा खाना खानेदेखि मन्दिरका चार कोणमा भिन्न जातीय पुजारीले खड्गदेवीको पुजा–आराधना गर्ने र नवमीका दिन खड्गदेवी तरवारलाई आलोपालो… Continue reading

हुँदै नभएको कुरा लेख्दा पनि माफी नमाग्ने नेपालका दुई मिडिया

Posted on June 5, 2021 by Salokya

बेलायतको एउटा ट्याब्ल्वाइड अखबार डेली मेलले कोरोना भाइरसको नेपाल भेरियन्ट भनेर सनसनीपूर्ण समाचार लेख्यो। यसको खण्डन नेपाल सरकार र डब्लुएचओको नेपाल कार्यालयले समेत गर्‍यो। यो कुरा त तपाईँहरुले थाहा पाइ नै सक्नुभयो होला। हाम्रो फ्याक्टचेक पनि छ यो विषयमा यहाँ क्लिक गरी पढ्नुस्।  बेलायती मिडियालाई मात्र के उडाउनु, नेपाली मिडिया पनि कम्ताको छ र। आज… Continue reading

मन्त्रिपरिषद्‍ पुनर्गठनमा संविधानको धारा नै गायब : मन्त्री हुने, हट्ने र कायम रहनेहरु को-को ?

Posted on June 4, 2021June 4, 2021 by Salokya

प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीको एक समूहलाई लिएर मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। आजै राति उनीहरुको राष्ट्रपति कार्यालयमा शपथ ग्रहण पनि भयो। यो विषयमा जानकारी दिन त्यहाँबाट जारी गरिएको विज्ञप्तिमा संविधानको धारा नै गायब छ। विज्ञप्तिमा ‘नेपालको संविधान बमोजिम’मात्र लेखिएको छ। संविधानको कुन चाहिँ धारा चाहिँ लेखिएको छैन। पहिले पहिले भए मन्त्रिपरिषद् पुनर्गठन हुँदा… Continue reading

यस्तो थियो दरबार हत्याकाण्डबारे पारस, हिमानी र कोमलको बयान

Posted on June 2, 2021 by Salokya

२० वर्षअघि दरबार हत्याकान्ड हुँदा पारस श्री ५ शाहज्यादा थिए अनि हिमानी श्री ५ शाहज्यादी। हत्याकान्डपछि उनका बुबा ज्ञानेन्द्र श्री ५ महाराजधिराज भए। आमा कोमल बडामहारानी भइन्। तर उनीहरुलाई युवराज/युवराज्ञी घोषणा गर्न भने दशैँसम्म कुर्नुपर्‍यो। देशमा गणतन्त्र घोषणा भएपछि दुवै पूर्व युवराज/युवराज्ञी भएका छन्। २०५८ जेठ १९ गते नारायणहिटी दरबारमा हत्याकान्ड हुँदा दुवै घटनास्थलमा थिए।… Continue reading

कोरोना लहर : परीक्षण घटेकोले संख्या घटेको हो कि साँच्चै संक्रमण दर घट्दैछ?

Posted on June 1, 2021 by Salokya

अहिले महामारीको अवस्था के हो? संक्रमण दर साँच्चै घटिरहेको हो कि सरकारले परीक्षण घटाएको कारण घटेको जस्तो मात्र देखिएको हो? मान्छेहरु मात्र हैन, मिडिया पनि अन्यौलमा देखिन्छ। नेपाललाइभले आइतबार लेखेको समाचारको शीर्षक छ- पीसीआर परीक्षण दोब्बरले घटाएर संक्रमित कम देखाउँदै सरकार, संक्रमणदर अझै उच्च विन्दुमा त्यस्तै शिलापत्रले पनि ‘कोरोना संक्रमणको दर घटेको होइन, ल्याबहरूले परीक्षणको… Continue reading

गणतन्त्र दिवसको अवसरमा एउटा प्यारोडी – हे बरै !

Posted on May 30, 2021 by mysansar

– उही कुमार लामा –   मदनले सोध्लान् नि खोइ हिही भन्लान् कीर्तेलाई सोध भन्दिए। अनि फेरि सोध्लान् नि खोइ जबज भन्लान् काजुसँग खायो भन्दिए। आश्रितले सोध्लान् नि खोइ तुक्के भन्लान् नागरिकता बाँड्दैछ भन्दिए। मधेसीले सोध्लान् नि खोइ नागरिकता भन्लान् बिहारीले पाउँछन् भन्दिए। हिहीवालीले सोध्लिन् नि खोइ मेरो सरकार भन्लिन् बयलगाडा चढ्यो भन्दिए।

गोरखापत्र दैनिक कति छापिने खुल्यो, हेर्नुस् नेपाली छापाको असली ‘हैसियत’

Posted on May 29, 2021May 29, 2021 by Salokya

आफूलाई राष्ट्रिय दैनिक दावी गर्ने पत्रिकाहरु दिनमा कति छापिन्छ? यो एकदमै गोप्य विषय हो। प्रेस र प्रकाशकबीच यति गोप्य रुपमा कोड भाषामा यो अङ्कबारे ‘कम्युनिकेसन’ हुन्छ कि विश्वविद्यालयमा ‘कम्युनिकेसन’ पढेकाहरु ट्वाँ पर्न बाध्य हुन्छन्। विज्ञापनदाताहरुका लागि उनीहरुले यति छापिन्छ, उति छापिन्छ भनेर दावी त गर्ने गर्छन्, तर त्यो अङ्क निकै नै बढाइचढाइ गरिएको हुन्छ। खासमा… Continue reading

Posts navigation

  • Previous
  • 1
  • …
  • 9
  • 10
  • 11
  • 12
  • 13
  • 14
  • 15
  • …
  • 268
  • Next

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2022 MySansar | Powered by Superbs Personal Blog theme