पछिल्ला केही दिनमा ब्लग अपडेट भएन। कारण- म देशका विभिन्न प्रदेशहरुको यात्रामा थिएँ। मनाङबाट सुरु भएको यो यात्रामा देखेका, भोगेका विषयलाई समेटेर ब्लगहरु लेख्ने क्रम अब थाल्नेछु। आइतबार सुर्खेत पुगेको थिएँ। दुई वर्षअघि लकडाउनका बेला रिपोर्टिङका क्रममा रुकुम पश्चिमबाट फर्कँदा सुर्खेतमा एक रात बास बसेको भए पनि खासै केही बुझ्न र घुम्न पाइएको थिएन। यस… Continue reading
रामकुमारी झाँक्रीको घर भन्दै भाइरल भएको फोटोको वास्तविकता यस्तो रहेछ
अहिले सामाजिक सञ्जालमा एउटा घरको फोटो भाइरल भएको छ। बन्दै गरेको जस्तो देखिने सो बहुतल्ले घरको फोटोसहित सामाजिक सञ्जालमा दावी गरिएको छ- सो घर नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)बाट मन्त्री भएकी रामकुमारी झाँक्रीको हो। एकीकृत समाजवादीले आफ्नो दलका मन्त्रीहरु परिवर्तन गर्न लागेको समाचार आइरहेको बेला यो फोटो भाइरल भएको हो। सामाजिक सञ्जालमा सामान्य मान्छेले मात्र… Continue reading
सरकारी न्युज एजेन्सी ‘रासस’लाई हेलिकप्टर/प्लेन साहुहरुको गम्भीर आरोप
हेलिकोप्टरमा दुई पाइलट राख्न असम्भव, हेलिकप्टरमा दुई पाइलट राख्न सम्भव छैन जस्ता हेडलाइनमा समाचारहरु तपाईँहरुले पनि केही दिनअघि पढ्नुभएकै होला। तारा एयरको ट्विनअटर विमान जोमसोम जाने क्रममा दुर्घटना भएपछि हवाई यातायातको सुरक्षा बारे अहिले सबैतिर चासो पनि छ। यो समाचार सरकारी अखबार गोरखापत्रको अनलाइनदेखि निजी अनलाइन मिडियाहरु अनलाइनखबरदेखि सेतोपाटीसम्मले हालेका थिए। सबैको स्रोत भने सरकारी… Continue reading
मुस्ताङमा अस्ति दुर्घटना भएको प्लेन चढेर विश्वकै सबैभन्दा डरलाग्दो एयरपोर्टमा ओर्लिएको त्यो दिन
पोखराबाट उडेको तारा एयरको ट्विनअटर विमान जोमसोम नपुग्दै हरायो। त्यो दिन जति खोज्दा पनि भेटिएन। भोलिपल्ट बल्ल विमान पहाडमा ठोक्किएर टुक्राटुक्रा अवस्थामा रहेको ह्रदयविदारक दृश्य सार्वजनिक भयो। हराइरहँदा आएको विवरण खोज्ने क्रममा थाहा भइसकेको थियो, यो त्यही विमान रहेछ जसमा चढेर दुई वर्षअघि हामी विश्वकै सबैभन्दा डरलाग्दो एयरपोर्टमध्ये एक मानिने लुक्ला विमानस्थलमा अवतरण गरेका थियौँ।
हरे दैव – बालेनमात्र चिनेका पत्रकारलाई केको बैठक बस्यो नै थाहा रहेनछ !
बालेन दाइले पिच गर्दिन्छन् रोड… भन्ने प्यारोडी गाना खुब चल्यो टिकटकमा। बालेनको सित्तैमा चुनाव प्रचार भो। मूलधारे मिडिया, सोसल मिडिया जताततै बालेनै बालेन लहर छायो। सब हेभिवेट भनिएका उम्मेदवारलाई ट्वाँ पार्दै बालेनले चुनाव पनि जिते। आज शपथ ग्रहणपछि त औपचारिक रुपमा कार्यभार पनि सम्हालिसके। बालेनले जादूको लौरो घुमाएर सब ठीक पार्दिन्छन् जस्तो भएको छ अहिले… Continue reading
कस्तो फटाहा : एभिन्युज टिभीले तारा एयर दुर्घटनाको भन्दै देखाएको फोटो भारतको
पोखराबाट जोमसोमका लागि आइतबार बिहान उडेको तारा एयरको एउटा विमान सम्पर्कविहीन भयो। यो ब्लग लेख्दासम्म विमान कहाँ छ, भेटिएको छैन। यस्तो खालको समाचारमा धेरैको चासो हुन्छ। त्यसैले मिडियाले हतारमा पहिलो समाचार दिन होडबाजी गर्ने गर्छन्। म पनि विभिन्न अनलाइन र टिभीमा यसबारे समाचार हेर्दै थिएँ। त्यसै क्रममा एभिन्युज खबर टेलिभिजनमा आइतबार दिउँसो ‘दुर्घटना भएको स्थलको… Continue reading
काठमाडौँ महानगरपालिका : एमाले खुम्चिँदा कांग्रेसलाई फाइदा; राप्रपा हरायो, एस एक ठाउँमा
काठमाडौँ महानगरपालिकाको मतगणना १३ औँ दिनमा बल्ल सकिएको छ। इतिहासमा पहिलो पटक स्वतन्त्र उम्मेदवारले मेयर जिते पनि वडा तहमा भने पार्टीकै उम्मेदवारहरु विजयी भए। वडा तहमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा भएको छ। अघिल्लो पटक एक सिट जित्न सफल राप्रपाले यस पटक काठमाडौँ महानगरपालिकामा कुनै सिट जित्न सकेन। बरु नयाँ पार्टी नेकपा एकीकृत समाजवादीले भने… Continue reading
‘सेतोपाटी’ले क्षमा मागेर हटाउन बाध्य भएको त्यो विवादास्पद कवितामा के थियो?
८ वर्षअगाडि ब्युटी कन्टेस्टको नाममा बेहोस बनाएर जबर्जस्ती गरेकोदेखि आफूमाथि भएका विभिन्न यौन दुर्व्यवहारको शृङ्खलालाई टिकटकबाट एक युवतीले सार्वजनिक गरेपछि अहिले सबैको ध्यान त्यसमा तानिएको छ। सडकदेखि संसदसम्म यो विषयमा कुरा उठेका छन्। बलात्कारसम्बन्धी मुद्दामा कुनै निश्चित समयभित्र उजुरी नदिए नलाग्ने खालको हदम्यादको प्रावधान हटाउन आवाज उठिरहेका बेला सेतोपाटीमा एउटा कविता छापियो शनिबार। जसलाई व्यङ्ग्यात्मक… Continue reading
काठमाडौँ मतगणना : छैटौँ दिन सकिँदा पनि ६६ प्रतिशत मत गन्न बाँकी
काठमाडौँ महानगरपालिकाको मतगणना बिहीबार छैटौँ दिन सकिएको छ। छैटौँ दिनको राति १० बजेसम्म ६३ हजार मत गनियो। अझै ६६ प्रतिशत मत गन्न बाँकी नै छ। अहिलेसम्म वडा नम्बर १, २, ३, ४, ५ र ३० वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। ३० वडामा कांग्रेसले पहिलो वडाध्यक्षसहित प्यानल जितेको छ। छैटौँ दिन सकिँदासम्म मेयरमा बालेन साह… Continue reading
तपाईँ पनि झुक्किनुभो कि? बालेनकी छोरी फेसबुक र मिडियामा मात्र जन्मिएकी हुन् है !
के तपाईँले बिहीबार केही अनलाइन मिडियामा र सोसल मिडियामा काठमाडौँ महानगरपालिकाका मेयर उम्मेदवार बालेन साहकी छोरी जन्मिएको खबर पढ्नु भएको थियो? त्यसो हो भने नझुक्किनु होला, यो गलत खबर हो। बालेनकी छोरी मिडिया र सोसल मिडियाले मात्रै जन्माइदिएका हुन्। यसबारे नेपालफ्याक्टचेकको तथ्य जाँच पढ्न छुटाउनु भएको भए यहाँ क्लिक गरी पढ्नुस्।
काठमाडौँ मतगणना : पाँचौँ दिन सकिँदा यस्तो छ मेयर र उपमेयरको दौड
काठमाडौँ महानगरपालिकाको मतगणना बुधबार पाँचौँ दिन सकिएको छ। पाँचौँ दिनको राति ९ बजेसम्म साढे ४६ हजार मत गनियो। अझै ७५ प्रतिशत मत गन्न बाँकी नै छ। अहिलेसम्म वडा नम्बर १, २, ३ र ५ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। पाँचौँ दिन सकिँदासम्म मेयरमा बालेन साह र उपमेयरमा सुनीता डंगोलले प्रतिस्पर्धीसितको मत अन्तर अझै फराकिलो… Continue reading
बालेनको विजयमा ‘कोर एरिया’को भोट : सम्भावित तीन परिस्थिति
बुधबार अपराह्न साढे २ बजे निर्वाचन आयोगले दिएको आधिकारिक तथ्याङ्क अनुसार काठमाडौँ महानगरपालिकामा करिब २१ प्रतिशत मतगणना सकिसक्दा स्वतन्त्र उम्मेदवार बालेन साहले मत अन्तर झन् फराकिलो पार्दै गएका छन्। सुरुवातदेखि नै उनले लिएको अग्रता कायम रहेको र अहिले आइरहेका भोटहरुको ट्रेन्ड हेर्दा उनी नै मेयर निर्वाचित हुने सम्भावना हुँदाहुँदै पनि अहिले काठमाडौँका कोर एरियाको मतले… Continue reading
काठमाडौँमा अघिल्लो चुनाव र यसपालिको चुनावको ‘ट्रेन्ड’ मा के फरक छ?
अघिल्लो पटक हावा चलेको थियो, अहिले हुरी चलेको छ। काठमाडौँ महानगरपालिकामा पाँच वर्षअघि भएको स्थानीय तहको चुनाव र अहिले भएको चुनावको मतपरिणामलाई सजिलो भाषामा बुझाउन यही उदाहरण उपयुक्त होला। अघिल्लो पटक दुई नयाँ दल विवेकशीलकी रञ्जु दर्शना र साझाकी किशोर थापाको हावा चलेको थियो। राम्रैसित हल्लाएको थियो त्यो हावाले पनि। यस पटक भने बालेन नामको… Continue reading
यसपालिको चुनावमा पत्रकारले गरेका पाँच ‘रमाइला’ गल्ती
चुनाव वैशाख ३० गते सकिसक्यो। तर नाङ्ग्लो जत्रो मत गन्न टाइम लाग्ने भएकोले अझै चुनाव लागिरहेकै अवस्था छ। पाठकलाई चुनाव लागेपछि मिडियालाई पनि लाग्ने भइहाल्यो। जतिसक्दो छिटो, अरुलाई उछिन्ने गरी समाचार राख्नु परिराछ। तर हतपतको काम कहिलेकाहीँ लतपत पनि हुन्छ। पत्रकारले हतार गर्दा कहिलेकाहीँ ‘रमाइलो’ पनि हुने गर्छ। खास त गल्ती हुँदा रमाइलो मान्न नहुने… Continue reading
गणना नै नभई फेसबुकबाट काठमाडौँको फेक मतगणना, यस्ता छन् गणनाअघिका प्रक्रिया
शुक्रबार राति साढे नौ बजेतिरबाटै फेसबुकमा एउटा पोस्ट भाइरल भयो। त्यसमा लेखिएको थियो, काठमाडौँ मतगणना अपडेटः बालेन शाह: 437, केशव स्थापित: 376, सिर्जना सिंह: 273 यसलाई फैलाएका थिए फेसबुकमा २ लाख ४६ हजारभन्दा बढी फलोअर्स भएका पूर्व सचिव भीम उपाध्याय, लामो समय टेलिभिजन पत्रकारिता गरेकी रमा सिंह अनि भीम उपाध्यायलाई समाचारको ठूलो स्रोत मान्ने विभिन्न फेसबुक पेजहरुले।… Continue reading
मतदान सकियो, अब के हुन्छ? यस्तो छ मतगणना सुरु हुनुअघिका प्रक्रिया
स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत आज देशभर मतदान निर्धारित समय अनुसार साँझ ५ बजे सकियो। मतदान सकिएपछि के के हुन्छ त? निर्वाचन आयोगले तयार पारेको निर्देशिका अनुसार अब हुने प्रक्रिया यस्ता छन्- मतदान गर्न तोकिएको समय समाप्त भएपछि मतदान अधिकृतले सो मतदान केन्द्रमा उपस्थित उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधिको रोहबरमा मतपत्र रहेका सबै मतपेटिकाको… Continue reading
यस पटकको चुनावको परिणाममा हेर्न लायक आठ विषय
यो ब्लग लेख्दासम्म स्थानीय तह निर्वाचनका लागि मतदान जारी छ। नयाँ संविधान जारी भएपछि दोस्रो पटक स्थानीय सरकार चुन्न हामी मतदान गर्दैछौँ। देशभर एकै पटक मतदान हुनु यो निर्वाचनको विशेषता हो। अघिल्लो पटकको चुनावमा ‘रेल’को चर्चा र वाचा थियो, पाँच वर्षपछि त्यो ‘झेल’ हो भन्ने प्रष्ट भयो। झण्डै दुई तिहाई मत पाएको दलबीच ‘बेमेल’ भएपछि… Continue reading
निर्वाचन आयोगको नालायकी : चार जना उम्मेदवारका लागि ६४ चिह्नको मतपत्र किन?
स्थानीय तह निर्वाचन २०७९ का लागि भोलि वैशाख ३० गते देशभरका मतदाताहरुले मतदान गर्दैछन्। तर निर्वाचन आयोगले तयार पारेका मतपत्रहरु अवैज्ञानिक र अव्यवहारिक हुँदा धेरै मत बदर हुने देखिन्छ। बदर मतको यकिन तथ्याङ्क पनि आउनेवाला छैन। किनभने एउटा पदको मत बदर हुँदा अर्को मत सदर हुने हो त्यसलाई सदर मत मान्ने कि बदर भन्नेमा अन्यौल… Continue reading
नझुक्किनुस्, मतदाता नामावलीमा नाम नहुनेले नागरिकता हुँदैमा मत दिन पाउँदैनन्
वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा नागरिकता हुने सबैले मतदान गर्न पाउने आशयमा सामाजिक सञ्जाल र केही अनलाइनहरुमा समाचार आएका छन्। तर हाम्रो तथ्य जाँचले मतदाता नामावलीमा नाम नहुनेले नागरिकता हुँदैमा मत दिन पाउने नभएर मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचय पत्र नभएकाले नागरिकता देखाएर पनि मतदान गर्न पाउने व्यवस्था यसअघि गरिएको… Continue reading
कस्तो मत सदर हुन्छ, कस्तो मत बदर ? तपाईँलाई कति थाहा छ, जाँच्नुस्
वैशाख ३० गते देशभर स्थानीय तह निर्वाचनका लागि मतदान हुँदैछ। मतदाताहरुले आफ्नो स्थानीय तहका लागि प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडा अध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्य र दुई खुला वडा सदस्य गरी सात पदाधिकारी चुन्दैछन्। सात जना चुन्नु पर्ने, धेरै उम्मेदवार र धेरै पार्टी रहेका कारण मतपत्र ठूलो रहेको छ। काठमाडौँ महानगरपालिकामा त ६४ लहरको… Continue reading