काठमाडौँ महानगरपालिकाको मतगणना बिहीबार छैटौँ दिन सकिएको छ। छैटौँ दिनको राति १० बजेसम्म ६३ हजार मत गनियो। अझै ६६ प्रतिशत मत गन्न बाँकी नै छ। अहिलेसम्म वडा नम्बर १, २, ३, ४, ५ र ३० वडाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। ३० वडामा कांग्रेसले पहिलो वडाध्यक्षसहित प्यानल जितेको छ। छैटौँ दिन सकिँदासम्म मेयरमा बालेन साह… Continue reading
तपाईँ पनि झुक्किनुभो कि? बालेनकी छोरी फेसबुक र मिडियामा मात्र जन्मिएकी हुन् है !
के तपाईँले बिहीबार केही अनलाइन मिडियामा र सोसल मिडियामा काठमाडौँ महानगरपालिकाका मेयर उम्मेदवार बालेन साहकी छोरी जन्मिएको खबर पढ्नु भएको थियो? त्यसो हो भने नझुक्किनु होला, यो गलत खबर हो। बालेनकी छोरी मिडिया र सोसल मिडियाले मात्रै जन्माइदिएका हुन्। यसबारे नेपालफ्याक्टचेकको तथ्य जाँच पढ्न छुटाउनु भएको भए यहाँ क्लिक गरी पढ्नुस्।
काठमाडौँ मतगणना : पाँचौँ दिन सकिँदा यस्तो छ मेयर र उपमेयरको दौड
काठमाडौँ महानगरपालिकाको मतगणना बुधबार पाँचौँ दिन सकिएको छ। पाँचौँ दिनको राति ९ बजेसम्म साढे ४६ हजार मत गनियो। अझै ७५ प्रतिशत मत गन्न बाँकी नै छ। अहिलेसम्म वडा नम्बर १, २, ३ र ५ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। पाँचौँ दिन सकिँदासम्म मेयरमा बालेन साह र उपमेयरमा सुनीता डंगोलले प्रतिस्पर्धीसितको मत अन्तर अझै फराकिलो… Continue reading
बालेनको विजयमा ‘कोर एरिया’को भोट : सम्भावित तीन परिस्थिति
बुधबार अपराह्न साढे २ बजे निर्वाचन आयोगले दिएको आधिकारिक तथ्याङ्क अनुसार काठमाडौँ महानगरपालिकामा करिब २१ प्रतिशत मतगणना सकिसक्दा स्वतन्त्र उम्मेदवार बालेन साहले मत अन्तर झन् फराकिलो पार्दै गएका छन्। सुरुवातदेखि नै उनले लिएको अग्रता कायम रहेको र अहिले आइरहेका भोटहरुको ट्रेन्ड हेर्दा उनी नै मेयर निर्वाचित हुने सम्भावना हुँदाहुँदै पनि अहिले काठमाडौँका कोर एरियाको मतले… Continue reading
काठमाडौँमा अघिल्लो चुनाव र यसपालिको चुनावको ‘ट्रेन्ड’ मा के फरक छ?
अघिल्लो पटक हावा चलेको थियो, अहिले हुरी चलेको छ। काठमाडौँ महानगरपालिकामा पाँच वर्षअघि भएको स्थानीय तहको चुनाव र अहिले भएको चुनावको मतपरिणामलाई सजिलो भाषामा बुझाउन यही उदाहरण उपयुक्त होला। अघिल्लो पटक दुई नयाँ दल विवेकशीलकी रञ्जु दर्शना र साझाकी किशोर थापाको हावा चलेको थियो। राम्रैसित हल्लाएको थियो त्यो हावाले पनि। यस पटक भने बालेन नामको… Continue reading
यसपालिको चुनावमा पत्रकारले गरेका पाँच ‘रमाइला’ गल्ती
चुनाव वैशाख ३० गते सकिसक्यो। तर नाङ्ग्लो जत्रो मत गन्न टाइम लाग्ने भएकोले अझै चुनाव लागिरहेकै अवस्था छ। पाठकलाई चुनाव लागेपछि मिडियालाई पनि लाग्ने भइहाल्यो। जतिसक्दो छिटो, अरुलाई उछिन्ने गरी समाचार राख्नु परिराछ। तर हतपतको काम कहिलेकाहीँ लतपत पनि हुन्छ। पत्रकारले हतार गर्दा कहिलेकाहीँ ‘रमाइलो’ पनि हुने गर्छ। खास त गल्ती हुँदा रमाइलो मान्न नहुने… Continue reading
गणना नै नभई फेसबुकबाट काठमाडौँको फेक मतगणना, यस्ता छन् गणनाअघिका प्रक्रिया
शुक्रबार राति साढे नौ बजेतिरबाटै फेसबुकमा एउटा पोस्ट भाइरल भयो। त्यसमा लेखिएको थियो, काठमाडौँ मतगणना अपडेटः बालेन शाह: 437, केशव स्थापित: 376, सिर्जना सिंह: 273 यसलाई फैलाएका थिए फेसबुकमा २ लाख ४६ हजारभन्दा बढी फलोअर्स भएका पूर्व सचिव भीम उपाध्याय, लामो समय टेलिभिजन पत्रकारिता गरेकी रमा सिंह अनि भीम उपाध्यायलाई समाचारको ठूलो स्रोत मान्ने विभिन्न फेसबुक पेजहरुले।… Continue reading
मतदान सकियो, अब के हुन्छ? यस्तो छ मतगणना सुरु हुनुअघिका प्रक्रिया
स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत आज देशभर मतदान निर्धारित समय अनुसार साँझ ५ बजे सकियो। मतदान सकिएपछि के के हुन्छ त? निर्वाचन आयोगले तयार पारेको निर्देशिका अनुसार अब हुने प्रक्रिया यस्ता छन्- मतदान गर्न तोकिएको समय समाप्त भएपछि मतदान अधिकृतले सो मतदान केन्द्रमा उपस्थित उम्मेदवार, निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधिको रोहबरमा मतपत्र रहेका सबै मतपेटिकाको… Continue reading
यस पटकको चुनावको परिणाममा हेर्न लायक आठ विषय
यो ब्लग लेख्दासम्म स्थानीय तह निर्वाचनका लागि मतदान जारी छ। नयाँ संविधान जारी भएपछि दोस्रो पटक स्थानीय सरकार चुन्न हामी मतदान गर्दैछौँ। देशभर एकै पटक मतदान हुनु यो निर्वाचनको विशेषता हो। अघिल्लो पटकको चुनावमा ‘रेल’को चर्चा र वाचा थियो, पाँच वर्षपछि त्यो ‘झेल’ हो भन्ने प्रष्ट भयो। झण्डै दुई तिहाई मत पाएको दलबीच ‘बेमेल’ भएपछि… Continue reading
निर्वाचन आयोगको नालायकी : चार जना उम्मेदवारका लागि ६४ चिह्नको मतपत्र किन?
स्थानीय तह निर्वाचन २०७९ का लागि भोलि वैशाख ३० गते देशभरका मतदाताहरुले मतदान गर्दैछन्। तर निर्वाचन आयोगले तयार पारेका मतपत्रहरु अवैज्ञानिक र अव्यवहारिक हुँदा धेरै मत बदर हुने देखिन्छ। बदर मतको यकिन तथ्याङ्क पनि आउनेवाला छैन। किनभने एउटा पदको मत बदर हुँदा अर्को मत सदर हुने हो त्यसलाई सदर मत मान्ने कि बदर भन्नेमा अन्यौल… Continue reading
नझुक्किनुस्, मतदाता नामावलीमा नाम नहुनेले नागरिकता हुँदैमा मत दिन पाउँदैनन्
वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा नागरिकता हुने सबैले मतदान गर्न पाउने आशयमा सामाजिक सञ्जाल र केही अनलाइनहरुमा समाचार आएका छन्। तर हाम्रो तथ्य जाँचले मतदाता नामावलीमा नाम नहुनेले नागरिकता हुँदैमा मत दिन पाउने नभएर मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचय पत्र नभएकाले नागरिकता देखाएर पनि मतदान गर्न पाउने व्यवस्था यसअघि गरिएको… Continue reading
कस्तो मत सदर हुन्छ, कस्तो मत बदर ? तपाईँलाई कति थाहा छ, जाँच्नुस्
वैशाख ३० गते देशभर स्थानीय तह निर्वाचनका लागि मतदान हुँदैछ। मतदाताहरुले आफ्नो स्थानीय तहका लागि प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडा अध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडा सदस्य र दुई खुला वडा सदस्य गरी सात पदाधिकारी चुन्दैछन्। सात जना चुन्नु पर्ने, धेरै उम्मेदवार र धेरै पार्टी रहेका कारण मतपत्र ठूलो रहेको छ। काठमाडौँ महानगरपालिकामा त ६४ लहरको… Continue reading
खारेज भइसकेको निर्देशिका अनुसार मदिरा बिक्रीवितरण रोक्न सिडिओको आदेश
मंगलबार रातिदेखि तीन दिनसम्म काठमाडौँमा मदिराजन्य पदार्थ बिक्री वितरण गर्न रोक लगाइएको समाचार तपाईँहरुले विभिन्न मिडियामा पढ्नु भएकै होला। तर के तपाईँलाई थाहा छ ? त्यो सूचना जुन निर्देशिका अनुसार जारी गरियो भनिएको छ, त्यो त गएको चैत १५ गते नै खारेज भइसकेको छ। खारेज भइसकेको निर्देशिका अनुसार कसरी सूचना जारी गरियो त? त्यो पनि… Continue reading
मतदानको दिन कोरोनाविरुद्धको खोप : चार दिनमै फेरिएको स्वास्थ्य मन्त्रालयको बोली
स्वास्थ्य मन्त्रालयले कति हचुवाका भरमा सर्वसाधारणलाई सूचना दिन्छ भन्ने कुरा यो चार दिनमा राम्रैसँग देखियो। के के भयो हेर्नुस्- वैशाख २१ – मे ४, बुधबार : वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदान केन्द्र नजिक खोप केन्द्र बनाई छुट भएको वा बुस्टर खोप लगाउने तयारी भइरहेको छ। मतदान गर्न जाँदा कोभिड-१९ को खोप कार्डसमेत… Continue reading
१९ वर्षपछि रस्सेन्द्र भट्टराई काण्डबारे उठेको प्रश्नमा के जवाफ आयो तत्कालीन सम्पादक र रिपोर्टरको?
नेपाली पत्रकारिताका अनेक काण्डहरुमध्ये रस्सेन्द्र भट्टराई नामको एउटा काण्डको चर्चा निकै हुन्छ। त्यो समाचार छापिएको १९ वर्ष भइसक्यो, तर अझै पनि त्यसबारे प्रश्न उठ्न छाडेका छैनन्। हिमाल मिडियाले आफ्नो २५ औँ वार्षिकोत्सवका अवसरमा शनिबार आयोजना गरेको हिमाल मिडिया मेला २०२२ मा एउटा सेसन थियो- नैतिक र जवाफदेही पत्रकारिता। जसमा सहभागी थिए सोना खटिक, युवराज घिमिरे… Continue reading
काठमाडौँ महानगरपालिकामा एमालेकै दुई जना उपमेयर उम्मेदवार- मैले हैन ‘सेतोपाटी’ले लेखेको
कुनै एउटा स्थानीय तहमा एउटै पार्टीका दुई जना उम्मेदवार कसरी हुनसक्छन्? तर यो कुरा मैले हचुवामा लेखेको हैन, अनलाइन न्युज पोर्टल सेतोपाटीले लेखेको कुरा देखाइदिएको हो। सेतोपाटीले ‘यी हुन् काठमाडौं महानगरको मेयरका ५५ र उपमेयरमा ३७ उम्मेदवार’ शीर्षकमा आज वैशाख २१ गते समाचार प्रकाशन गरेको छ। समाचारमा उम्मेदवारहरुको नाम र पार्टीगत विवरण अथवा स्वतन्त्र हुन्… Continue reading
मिडियाको काम अख्तियारमा उजुरी पर्दैमा समाचार मात्र बनाउने हो कि साँचो कुरा खोज्ने पनि?
काठमाडौँ महानगरपालिकाका उपमेयर उम्मेदवार सुनीता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको समाचार आज धेरै वटा अनलाइन मिडियाहरुमा आएका छन्। ती सबै अनलाइन मिडियाहरुले परेको उजुरीका आधारमा मात्र समाचार बनाएको देखिएको छ। चुनावको अगाडि ती समाचारहरु यसरी आएको छ, मानौँ उजुरी नै प्रमाणित भएर अख्तियारले छानबिन गरेर दोषीसमेत ठहर गरिसक्यो। खास कुरा के हो भनेर… Continue reading
काठमाडौँ जिल्लामा जम्मा ३६९ मतदाता- कसले भनेको? निर्वाचन आयोगले !
स्थानीय तहको निर्वाचनका लागि मतदान गर्ने दिन आउन अब ११ दिन मात्रै बाँकी भइसक्यो। तर मतदाताहरुलाई अझैसम्म आफ्नो स्थानीय तहमा को-को उम्मेदवार छन्, उनीहरुका चुनाव चिह्न के-के हुन्- थाहा छैन। मेरै कुरा गरौँ न। म काठमाडौँ महानगरपालिकाको वडा नम्बर १४ को मतदाता हुँ। यहाँको मेयरमा ५६ जना उम्मेदवार छन् भन्ने समाचार मिडियामा आएको पढेको हुँ।… Continue reading
क्राइम बिटका पत्रकारको नछापिएको एउटा ‘ डेन्जर कथा’
क्राइम बिटका पत्रकारले समाजमा भएका साना-ठूला क्राइमका घटनाहरुको समाचार लेख्छन्। क्राइम भनेको अपराध, त्यही भएर यो बिटको समाचार लेख्नेलाई ‘अपराधी पत्रकार’ भनेर साथीहरुले जिस्काएर हैरान बनाएपछि अचेल उनीहरु आफूलाई क्राइम बिटको हैन सेक्युरिटी बिटको पत्रकार भन्न रुचाउँछन्। सुरक्षा बिटको भन्दा असुरक्षित कोही हुँदैन भने ठीकै हो। तर, भर्खरको एउटा घटनामा सुरक्षा बिटका पत्रकारका कारण ‘असुरक्षा’… Continue reading
केशव स्थापित : गेम इज नट ओभर, ‘थुतुनो’ र ‘भ्रष्टाचार’को इस्युले तातियो माहौल
प्रमुख प्रतिपक्षी दल एमालेबाट काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएर फर्कँदै गर्दा मिडियासँग कुरा गर्ने क्रममा केशव स्थापितले आफूले जित्ने दावी गर्दै भनेका थिए- गेम इज ओभर। तर मतदान हुन अझै त्यत्रो दिन बाँकी छ, कसरी गेम ओभर हुनु, गेम त भर्खर पो सुरु भएको छ। बिहीबार एकै पटक दुई वटा विषयले चर्चा पायो। त्यसमध्ये एउटाले… Continue reading