Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

‘घण्टी’ र ‘हलो’को एक-एक सिट घट्दा ‘सूर्य’ र ‘रुख’लाई फाइदा [समानुपातिक अपडेट : शुक्रबार राति ११:२०]

Posted on November 25, 2022November 25, 2022 by Salokya

देशभर भइरहेको समानुपातिकतर्फको मतगणना जारी छ। निर्वाचन आयोगले उपलब्ध गराएको शुक्रबार राति ११:२० सम्मको नतिजा अनुसार ५७ लाख भोट गनिसकियो। १ करोड ९ लाख भोट खसेको हिसाबले भोट लगभग आधाभन्दा बढी गनिसकियो।

यो हिसाबमा गणना गरी हेर्दा हिजोको हाम्रो अपडेट भन्दा दुई सिट हेरफेर भएको छ। हिजो सबैभन्दा ठूलो परिवर्तन जनता समाजवादी पार्टीको इन्ट्री रहेको थियो। उसको सिट संख्या कायम छ। तर हिजोको तुलनामा भोट बढ्ने दर कम भएकोले घण्टी र हलोको एक एक सिट घटेको छ। उता ठूला दुई दल एमाले र कांग्रेसले भोट संख्या बढाएकाले उनीहरुको एक-एक सिट बढेको छ।

समानुपातिकमा सिट जित्नका लागि कुनै पनि पार्टीले देशभर पाएको मतलाई एउटा निर्वाचन क्षेत्र जस्तै मानेर गणना गरिन्छ। हालसम्मको मतगणना अनुसार कसको कति सिट हुन्छ त ?

घण्टी र हलोलाई घाटा, रास्वपा र माओवादी बराबर

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन अनुसार कूल सदर मतको तीन प्रतिशत मत ल्याउनेले मात्र समानुपातिक सिट पाउँछन्। तीन प्रतिशत भन्दा कम मत ल्याउनेको मत समानुपातिक सिटका लागि गणना हुँदैन। अर्थात् ती मत बदर सरह हुन्छन्। किनभने तीन प्रतिशत मत ल्याउनेको मात्र कूल मत गणना हुन्छ।

यस अनुसार हालसम्मको मतगणनाका आधारमा एमालेले ३५ सिट पाउने छ भने कांग्रेसले ३३ सिट पाउने छ। हिजोको भन्दा यो एक सिटले बढी हो। राष्ट्रिय स्वतन्त्र पार्टीको भने एक सिट घटेर १५ मा आइपुगेकोले उसको र माओवादीले पाउने सिट संख्या बराबर १५ पुगेको छ। त्यस्तै राप्रपाको पनि एक सिट घटेर ८ भएको छ।

(नोट : यो नै अन्तिम हैन, अझै धेरै ठाउँको मत गन्न बाँकी नै छ। मत थपिएसँगै सिट संख्या हेरफेर हुनेछ। तर आधा भन्दा बढी मत गन्न सकिएकोले त्यति धेरै फेरबदल हुने सम्भावना छैन। केही सिट तलमाथि हुनसक्छ।)

हामीले यो गणना कसरी गर्‍यौँ ?

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ मा समानुपातिक सिटका लागि यस्तो प्रावधान छ-

मत परिणाम विभाजक सूत्र अनुसार प्रत्येक दलको लागि खसेको मतलाई भाग गर्ने पद्वतिले श्रृङ्खलावद्ध रुपमा भाग गरिनेछ । यस अनुसार प्रत्येक दलले प्राप्त गरेको मत परिणामलाई धेरै भाजकहरुले भाग गरिन्छ । (उदाहरण: १, ३, ५, ७, ९ आदि) त्यसरी भाग प्राप्त हुने नतिजालाई दलको भागफल (क्योसेन्ट) भनिन्छ । भागफल प्राप्त भएपछि सीट सङ्ख्याहरु ठूलो भागफलबाट सानोलाई बाँडफाँट गर्दै सीट नसकिँदासम्म बाँडफाँट गरिनेछ । यसरी बाँडफाँट गर्दा कुनै दलले जतिसुकै मत प्राप्त गरेको भए तापनि त्यस्तो दलले बन्दसूचीमा सूचीकृत गरेको उम्मेदवार सङ्ख्यामा सीमित रही त्यस्तो राजनीतिक दलले प्राप्त गर्ने सीटको बाँडफाँट गरिनेछ ।

यही मतपरिणाम विभाजक सूत्र प्रयोग गरी समिर केसीले यो गणनाका लागि सघाएका हुन्।

हामीले यसअघि पहिलो संविधान सभा, दोस्रो संविधान सभा निर्वाचन र अघिल्लो निर्वाचनमा पनि यस्तो गणना गरेका थियौँ।

2 thoughts on “‘घण्टी’ र ‘हलो’को एक-एक सिट घट्दा ‘सूर्य’ र ‘रुख’लाई फाइदा [समानुपातिक अपडेट : शुक्रबार राति ११:२०]”

  1. Bijay Tamang says:
    November 26, 2022 at 5:32 am

    समानुपातिकमा ८ सिटमा मात्रै नाम पठाएको छ क्यारे रास्वपाले । बांकी सिटचाँही के हुने हो?

    Reply
    1. Salokya says:
      November 26, 2022 at 10:20 pm

      यस्तो हावा कुरा कसले भन्छ तपाईँलाई ? हो कि होइन भन्ने त निर्वाचन आयोगको साइटमा गएर आफैले हेर्न सकिन्छ नि।

      Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme