देशभर भइरहेको समानुपातिकतर्फको मतगणना अनुसार निर्वाचन आयोगले उपलब्ध गराएको बिहीबार मध्यरातसम्मको नतिजा अनुसार अपडेट हेर्दा हिजोको हाम्रो अपडेट भन्दा सबैभन्दा ठूलो परिवर्तन जनता समाजवादी पार्टीको इन्ट्री रहेको छ। उसको इन्ट्रीसँगै हिजोभन्दा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र माओवादीको एक एक सिट घटेको छ भने राप्रपाको हिजोको जतिकै सिट रहेको छ।
समानुपातिकमा सिट जित्नका लागि कुनै पनि पार्टीले देशभर पाएको मतलाई एउटा निर्वाचन क्षेत्र जस्तै मानेर गणना गरिन्छ। हालसम्मको मतगणना अनुसार कसको कति सिट हुन्छ त ?
जसपाको इन्ट्री
हालसम्मको गणनालाई अन्तिम मान्ने हो भने उपेन्द्र यादव नेतृत्वको जसपाले चार सिट पाउनेछ। उपेन्द्र यादवले सिके राउतसँग चुनाव हारे पनि समानुपातिक मतले थ्रेसहोल्ड कटाएको छ। जबकि सिके राउतको जनमत पार्टीले भने अझै थ्रेसहोल्ड कटाउन बाँकी छ।
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन अनुसार कूल सदर मतको तीन प्रतिशत मत ल्याउनेले मात्र समानुपातिक सिट पाउँछन्। तीन प्रतिशत भन्दा कम मत ल्याउनेको मत समानुपातिक सिटका लागि गणना हुँदैन। अर्थात् ती मत बदर सरह हुन्छन्। किनभने तीन प्रतिशत मत ल्याउनेको मात्र कूल मत गणना हुन्छ।
यस अनुसार हालसम्मको मतगणनाका आधारमा एमालेले ३४ सिट पाउने छ भने कांग्रेसले ३२ सिट पाउने छ। राष्ट्रिय स्वतन्त्र पार्टीले १६ सिट र माओवादीले १५ सिट अनि राप्रपाले ९ सिट पाउनेछ।
(नोट : यो नै अन्तिम हैन, अझै धेरै ठाउँको मत गन्न बाँकी नै छ। मत थपिएसँगै सिट संख्या हेरफेर हुनेछ।)
हामीले यो गणना कसरी गर्यौँ ?
प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ मा समानुपातिक सिटका लागि यस्तो प्रावधान छ-
मत परिणाम विभाजक सूत्र अनुसार प्रत्येक दलको लागि खसेको मतलाई भाग गर्ने पद्वतिले श्रृङ्खलावद्ध रुपमा भाग गरिनेछ । यस अनुसार प्रत्येक दलले प्राप्त गरेको मत परिणामलाई धेरै भाजकहरुले भाग गरिन्छ । (उदाहरण: १, ३, ५, ७, ९ आदि) त्यसरी भाग प्राप्त हुने नतिजालाई दलको भागफल (क्योसेन्ट) भनिन्छ । भागफल प्राप्त भएपछि सीट सङ्ख्याहरु ठूलो भागफलबाट सानोलाई बाँडफाँट गर्दै सीट नसकिँदासम्म बाँडफाँट गरिनेछ । यसरी बाँडफाँट गर्दा कुनै दलले जतिसुकै मत प्राप्त गरेको भए तापनि त्यस्तो दलले बन्दसूचीमा सूचीकृत गरेको उम्मेदवार सङ्ख्यामा सीमित रही त्यस्तो राजनीतिक दलले प्राप्त गर्ने सीटको बाँडफाँट गरिनेछ ।
यही मतपरिणाम विभाजक सूत्र प्रयोग गरी समिर केसीले यो गणनाका लागि सघाएका हुन्।
हामीले यसअघि पहिलो संविधान सभा, दोस्रो संविधान सभा निर्वाचन र अघिल्लो निर्वाचनमा पनि यस्तो गणना गरेका थियौँ।
With FPTP vote counts coming to a close, many are eyeing on PR seats. PR system has its own drawbacks. In the days to come, there will be demand for:
1. Lowering 3% threshold required to become a national party (plus securing minimum of one seat under FPTP system.
2. The formation of electoral alliances has backfired. CPN (US) which contested in 21 constituencies had a lesser number of PR votes compared to RSP with 100+ constituencies. Even if the party do not win under FPTP system, contesting in more constituencies helps to collect PR votes. By this reasoning, I need to rethink on PR votes to be secured by RSP. CPN (UML) is securing more PR votes than Nepali congress. This is due to contesting in large number of constituencies 143 vs 91. Maoists had in 40+ constituencies.
3. There is already call for rethinking on PR system- Maoists demanding total PR system while others are demanding its abolition.
4. PR system is complicating an average Nepali voter. Even the reporting here has not presented, to the readers, in simple and clear manner the saint lock system of distributing PR seats.