Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले समानुपातिकमा सिट पाउला?

Posted on November 29, 2022 by Salokya

समानुपातिकतर्फ खसेको मत गन्ने काम अन्तिम चरणमा पुगेको छ। मंगलबार राति १० बजेसम्म निर्वाचन आयोगको वेबसाइटमा अपडेट भएको तथ्याँक अनुसार लगभग १ करोड मत गनिसकियो। अब अझै झण्डै १० लाख मत गन्न बाँकी छ।

हिजो सोमबार सिके राउत नेतृत्वको जनमत पार्टीले गणना भएको मतमध्ये तीन प्रतिशतको थ्रेसहोल्ड कटाएर कम्तिमा चार वटा समानुपातिक सिट सुरक्षित गरेको थियो। एउटा प्रत्यक्ष पनि सिट जितेकोले जनमत राष्ट्रिय पार्टी बन्ने निश्चित भइसक्यो। तर सत्तारुढ गठबन्धनमा रहेर १० सिट प्रत्यक्षमा जितेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले भने मंगलबार रातिसम्म समानुपातिक सिट सुरक्षित गर्न सकेको छैन। के उसले समानुपातिक सिट पाउला ?

कति भोट पुगेको छैन एकीकृत समाजवादीलाई?

मंगलबार राति १० बजेसम्मको तथ्याङ्क अनुसार गणना भएको मत ९९,८८,३९७ हो। एकीकृत समाजवादीले देशभरबाट पाएको कूल मत २,८१,२९४ हो।

निर्वाचन आयोगको तथ्याङ्क अनुसार धेरै भोट पाउने दलहरु मध्ये एकीकृत समाजवादी आठौँ नम्बरमा पर्छ। तर अझै पनि यसको समानुपातिक सिट सुरक्षित भइसकेको छैन।

किन ?

किनभने प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन अनुसार कूल सदर मतको तीन प्रतिशत मत ल्याउनेले मात्र समानुपातिक सिट पाउँछन्। तीन प्रतिशत भन्दा कम मत ल्याउनेको मत समानुपातिक सिटका लागि गणना हुँदैन। अर्थात् ती मत बदर सरह हुन्छन्। किनभने तीन प्रतिशत मत ल्याउनेको मात्र कूल मत गणना हुन्छ।

यो ब्लग तयार पार्दासम्म एकीकृत समाजवादीले २.८२ प्रतिशतमात्रै मत ल्याएको छ।

थप १८ हजार २९४ मत भएको भए उसको ३ प्रतिशत थ्रेसहोल्ड पूरा हुन्थ्यो।

गणना भएको मत संख्या बढेसँगै थ्रेसहोल्डका लागि आवश्यक मतको संख्या पनि बढ्दै जान्छ। हालसम्मको विवरण अनुसार कूल करिब १ करोड १० लाख मत खसेको छ। त्यसमा अनुमानित ३ लाख मत बदर भएको मान्ने हो भने १ करोड ७ लाख मत हुन आउँछ। त्यसको तीन प्रतिशत निकाल्दा ३ लाख २१ हजार हुन आउँछ। हालसम्मको मतगणना अनुसार उसले ३९ हजार ७ सयजति मत पायो भने मात्रै थ्रेसहोल्ड कट्छ।

के एकीकृत समाजवादीले अब बाँकी ९ लाख मतबाट यति मत ल्याउन सक्छ त?

यो प्रश्नको जवाफ पाउनुअघि विभिन्न जिल्ला र प्रदेशमा उसले कति मत ल्याएको छ, त्यो हेर्नु पर्छ।

सिङ्गो गण्डकी प्रदेशमा उसले हालसम्म ९१६३ भोट मात्रै ल्याउन सकेको छ। जबकि पहिलो नम्बरमा रहेको एमालेले ३ लाख मत पाएको छ।

निर्वाचन आयोगले कुन कुन जिल्लाको समानुपातिक मतगणना सकियो र कुनको बाँकी छ भन्ने तथ्याङ्क नराखेको हुँदा अनुमान लगाउन गाह्रो छ। तर पनि यसो अरु जिल्लाको ट्रेन्ड हेर्दा एकीकृत समाजवादीले अन्तिम समयमा बढी भोट ल्याएर थ्रेसहोल्ड कटाउने सम्भावना म देख्दिनँ।

तर अब भन्न सकिन्न। मतदान स्थगित भएका ठाउँमा पुनः मतदान हुँदा सत्तारुढ गठबन्धनका दलहरुले माधव नेपालको इज्जत जोगाउन समानुपातिकमा एक छापे कलममा मतदान गर्न निर्देशन दिएमा उसले थ्रेसहोल्ड कटाउन सक्ला कि।

अथवा त्यो नभए मतगणना जारी नहुँदै गठबन्धन सरकारले लाज पचाएर थ्रेसहोल्डको मापदण्डलाई ३ बाट घटाएर १.५% राखिदिए पनि एकीकृत समाजवादीले सिट पाउने निश्चित हुन्थ्यो। तर चुनावी सरकारले त्यतिसम्म नगर्लान् भन्ने सोच राखौँ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme