Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

समानुपातिकको गणना लगभग सकियो, सिट पाउन ‘कलम’लाई अझै पुगेन १५ हजार मत

Posted on December 1, 2022 by Salokya

समानुपातिक अपडेट : बिहान ८ बजे

प्रतिनिधि सभातर्फ समानुपातिक प्रणाली अन्तर्गत भएको निर्वाचनको मतगणना लगभग सकिएको देखिन्छ। बुधबार साँझ साढे सात बजेदेखि आज बिहीबार बिहान ८ बजेसम्म निर्वाचन आयोगको वेबसाइटमा ४ हजार ७ सय २२ मतको मात्र तथ्याङ्क थप गरिएको छ।

निर्वाचन आयोगले मतगणना प्रगतिको विवरणमा जम्मा मत भनेर राखेको विवरण कूल गणना मत हो कि सदर मत हो भन्नेमा धेरै झुक्किएको पाइन्छ। तर त्यो सदर मत नै भएको देखिन्छ। किनभने दलहरुले पाएको मत सबै जोड्दा त्यो नम्बरसित मिल्न आउँछ। यसको अर्थ कूल गणना भएको मत त्योभन्दा बढी हो भन्ने बुझ्न सकिन्छ। यसको अर्थ गणना भएको मत त्यो नम्बरभन्दा धेरै बढी छ।

ठ्याक्कै तथ्याङ्क नभए पनि निर्वाचन आयोगले अघिल्लो बुधबारसम्म एक करोड ९ लाख ७० हजार भोट खसेको तथ्याङ्क दिएको भनिएको थियो। यसमा सरदर ५ प्रतिशत मत बदरको हिसाब गर्ने हो भने हुन आउँछ झण्डै साढे ५ लाख मत बदर। निर्वाचन आयोगले आज बिहान ८ बजेसम्म वेबसाइटमा राखेको तथ्याङ्क हो- १,०१,७५,८९५। यो हेर्ने हो भने ठ्याक्कै हिसाब नभए पनि अब गणना भइरहेको मत र मतदान हुन बाँकी रहेका ठाउँको मतको संख्या निकै थोरै भएको देख्न सकिन्छ।

भोट गणना संख्या नै खासै धेरै नभएकोले सिट संख्यामा हिजोको अपडेट र अहिलेको अपडेटमा खासै केही परिवर्तन छैन।

हालसम्मको विवरण अनुसार कसले कति सिट पाउँछ त ?

जनमतले थप्यो एक सिट
जनमत पार्टीले हिजो एक सिट थप गरेको थियो। योसँगै जनमत पार्टीले समानुपातिकमा ५ सिट पाउने भएको छ। उसले एक सिट प्रत्यक्षमा पनि जितेको हुनाले पहिलो पटक प्रतिनिधि सभाको चुनाव लडेको यो पार्टी अब राष्ट्रिय दल हुने निश्चित भएको छ।

एमाले र कांग्रेस बीच एक सिटको अन्तर

गणना अनुसार पार्टी विभाजनका बावजुद एमालेले सबैभन्दा धेरै भोट ल्याएर सबैभन्दा बढी सिट जितेको छ। एमालेले ३३ सिट पाउनेछ। बिहानको अपडेट भन्दा अहिले एक सिटको अन्तर भएको छ। एमालेको सिट जनमतले लगेको छ। योसँगै कांग्रेस र एमालेको सिट अन्तर एक मात्र भएको छ। कांग्रेसले हालको गणना अनुसार ३२ सिट मात्र पाउनेछ।

माओवादी भोट संख्यामा राष्ट्रिय स्वतन्त्र पार्टीभन्दा थोरै अघि भए पनि सिट संख्या भने दुवैको बराबर हुनेछ। दुवैले १४-१४ सिट पाउनेछन्।

राप्रपाले ७ सिट पाउनेछ भने जसपाले ५। जनमत र जसपाको समान सिट भएको छ।

माधव नेपालको अझै भोट पुगेन

माधव नेपालको पार्टीले २,९०, १९९ भोट ल्याएको छ। हिजोको अपडेट भन्दा तीन भोट बढी। अर्थात् ४७ सय २२ मत गन्दा कलममा जम्मा ३ मत थपिएको छ। जबकि थ्रेसहोल्ड कटाउन गणना भएको सदर मत अनुसार ३ लाख ५ हजार २७६ मत ल्याउनु पर्थ्यो। अर्थात् अझै १५ हजार ७८ मत नपुगेर थ्रेसहोल्ड पार गर्न सकेन।

गणना भएको कूल सदर मत अनुसारको तीन प्रतिशत ल्याउनु पर्ने हुनाले ल्याउनु पर्ने मत संख्या अझै बढ्दै जान्छ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2025 MySansar | Powered by Superbs Personal Blog theme