Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

सत्तारुढ गठबन्धन बहुमत नजिक : १३७ विरुद्ध एमाले गठबन्धनको १०२

Posted on November 26, 2022 by Salokya

१५३ सिटको परिणााम आइसक्दा र समानुपातिकतर्फ पनि धेरै मत गनिसकेर कसको कति सिट आउँछ भन्नेमा एक दुई सिट बाहेक अरु लगभग हिसाब मिल्ने स्थिति भइसकेको छ। तीन ठाउँमा गणना बाँकी छ।

२७५ सिटको प्रतिनिधि सभामा प्रत्यक्षतर्फ देशभरबाट १६५ जना निर्वाचित हुन्छन् भने देशभर पार्टीले पाएको सिटका आधारमा धेरै मत ल्याउने दलहरुले ११० सिट जित्छन्। सरकार बनाउन चाहिने बहुमत १३८ हो। शनिबार राति १० बजेसम्मको प्रत्यक्षतर्फको जित र अग्रता अनि लगभग आधा गणना भइसकेको समानुपातिकतर्फको मतगणना अनुसार पाउने सिट सम्भावनाको हिसाब गर्दा सत्तारुढ गठबन्धन बहुमतको नजिक पुगेको देखिन्छ।

हेर्नुस् चार्टहरु

नेपाली कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धनमा माओवादी, नेकपा एस, लोसपा र राष्ट्रिय जनमोर्चा छन्। एमाले नेतृत्वको विपक्षी गठबन्धनमा भने जसपा र राप्रपा छ। बिना गठबन्धन चुनाव लड्नेमा राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेमकिपा छन्।

सत्तारुढ गठबन्धनको कूल सिट १३७ पुगेको छ जुन बहुमतभन्दा मात्र एक कम हो। तर यसमा पनि स्वतन्त्र भनेर जितेकालाई हाललाई प्राविधिक कारणले बिना गठबन्धन समूहमा राखिएको छ। कांग्रेसबाट टिकट नपाएर स्वतन्त्र लडेर जितेका अमरेशकुमार सिंह (सर्लाही ४), एमाले छाडेका पूर्व माओवादी प्रभु साह (रौतहट ३) र उनी निकट किरणकुमार साह (रौतहट २) लाई पनि अन्ततः सत्तारुढ गठबन्धनमा नै राख्ने हो भने गठबन्धनको १४० सिट सजिलै पुग्छ।

तीन ठाउँको मतगणना अझै बाँकी छ। त्यहाँबाट पनि केही सिट गठबन्धनले ल्याउने सम्भावना बाँकी नै छ।

तलको चार्टमा देखिएका आकारले उनीहरुको सिट संख्या देखाउँछ। हरेक दलको नाममा क्लिक गर्नुभयो भने थप विवरण आउँछ।

अब आफै हिसाब गर्नुस्, सरकार बनाउन १३८ वा त्योभन्दा बढी कुन कुन दल मिलेर सम्भव होला ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme