Skip to content

MySansar

A Nepali blog running since 2005. Seen by many as an antidote to mainstream media

Menu
  • Home
  • माइसंसारलाई पठाउनुस्
  • ट्विटर @salokya
  • मिडिया
  • Fact check
  • Useful Link
  • Donate
  • #WhoKilledNirmala
Menu

रवि लामिछाने : तेस्रोबाट पहिलो हुँदै फराकिलो अन्तरको जित, हेर्नुस् लाइन चार्ट रेस

Posted on November 24, 2022 by Salokya

यसपालिको चुनावमा राष्ट्रिय स्वतन्त्र  पार्टीको घण्टीले ल्याएको भूकम्पले काठमाडौँ र ललितपुरमा ठूला भनिएका दलहरुलाई क्षति पुर्‍याए पनि यसको इपिसेन्टर चितवन थियो जहाँ यसका सभापति रवि लामिछाने उम्मेदवार बनेका थिए।

सुरुवाती मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरुले अग्रता कायम गर्दैगर्दा नाम चलेका अनलाइनहरुले चितवन २ मा रवि लामिछानेले अग्रता लिएको खबर मंसिर ५ गते बिहान नै हालेका थिए। तर त्यतिबेला मतगणना नै सुरु भइसकेको थिएन। हेर्नुस्- नाम चलेका ५ अनलाइन एकैसाथ रवि लामिछानेको नाममा कसरी झुक्किए? गन्दै नगनेका मतको संख्या अपडेट ती अनलाइनहरुले दिएको समाचार अनुसार अग्रता कायम हुन २४ घण्टाभन्दा बढी समय लाग्यो। सुरुवाती मतगणनामा रवि लामिछाने तेस्रो नम्बरमा थिए। एमालेका कृष्णभक्त पोखरेल सबैभन्दा अगाडि थिए।

त्यतिबेला इच्छाकामना गाउँपालिकाको मतगणना भइरहेको थियो जुन एमालेको गढ मानिन्छ। मतगणना सुरु भएको भोलिपल्ट कालिका नगरपालिकाको गणना सुरु भएपछि रवि लामिछानेले अग्रता लिन थाले। त्यसपछि धेरै भोट रहेको भरतपुर महानगरपालिकाका वडाहरुको मत गन्न थालेपछि त उनले अग्रता निकै फराकिलो पारे र अन्ततः ३४ हजारभन्दा बढी मतको फराकिलो अन्तरले विजय हात पारे।

रोचक चाहिँ के रह्यो भने सुरुवाती गणनामा दोस्रो भएका नेपाली कांग्रेसबाट उम्मेदवार बनेका बहालवाला मन्त्री उमेश श्रेष्ठ मतगणना सकिँदा पनि दोस्रो नै भए। तेस्रो भएका रवि लामिछाने पहिलो बन्दा सुरुवाती गणनामा पहिलो भएका तेस्रो भए।

त्यसो त पहिलो हुने निर्वाचित हुने यो प्रणालीमा एक भोटको अन्तर भए पनि जित्ने विजयी र हार्ने पराजित नै हुन्छ। तर चितवन २ मा भने रवि लामिछाने एक्लैले ल्याएको भोट प्रतिस्पर्धी १५ उम्मेदवारहरुले ल्याएको भोट सबै जोड्दा पनि कम हुन्छ। सबै प्रतिस्पर्धीको भोट जोड्दा हुन आउँछ ३१ हजार ४४२। जबकि रवि एक्लैले पाएको भोट हो ४९ हजार २६४।

तेस्रोबाट पहिलो हुँदै कसरी रवि लामिछानेले फराकिलो अन्तरको जित हात पारे, हेर्नुस् लाइन चार्ट रेस। (यो इन्टर्‍याक्टिभ चार्ट हो, नाममा क्लिक गरेर तपाईँ त्यो उम्मेदवारलाई हाइलाइट गर्न सक्नुहुन्छ, सकिएपछि रिप्ले गर्न सक्नुहुन्छ, स्कोरबाट पाएको मत संख्याको साटो र्‍याङ्कमा क्लिक गरेर पहिलो,दोस्रो, तेस्रो कति बेला को भए हेर्न सक्नुहुन्छ)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

माइसंसारलाई सहयोग गर्नुस्

माइसंसार पाठकहरुलाई स्वेच्छिक सहयोगको आह्वान गर्छ। तपाईँ इसेवामार्फत् वा तलको क्युआर कोडमार्फत् सहयोग गर्न सक्नुहुन्छ। विस्तृत यसमा पढ्नुस्।

Links

  • गृहपृष्ठ (Home)
  • मेरो बारेमा (About me)
  • पुरानो ब्लग (Archives)
  • माइसंसार इमेल

यो साइटमा भएका सामाग्रीहरु व्यवसायिक प्रयोजनका लागि कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न स्वीकृति लिनुपर्नेछ। स्वीकृतिका लागि [email protected] मा इमेल गर्नुहोला।
© 2023 MySansar | Powered by Superbs Personal Blog theme